मानवीय मस्तिष्क, समाज र संस्कृतिको विकाससँगै गहनाकारुपमा स्थापित भएकाधरोहर, स्मारक, स्मारक स्थलहरु बहुमूल्य सम्पदाहरु हुन् । ती सम्पदाहरु विश्व मानव जातिका साझा सम्पदा हुन्, यसको संरक्षण गुर्न हामी सबैको दायित्व हो ।त्यस्ता स्मारकहरु नाश भएपछि पुनः स्थापना गर्न प्रायः असम्भव हुन्छ । तिनको नाश हुनु सम्पूर्ण मानव सम्पदाहरुको नास हुनु हो, तिनिहरुको संरक्षण गर्नु पर्दछ भन्ने उद्देश्यले UNESCO ले विश्व सम्पदा समिति अन्तर्गत विभिन्न साँस्कृतिक तथाप्राकृतिक सम्पदाहरुलाई Convention Concerning the Protection of World Cultural and Natural Heritage, 1972, (World Heritage Convention, 1972) विश्व सम्पदा महासन्धिको रुपमा स्थापित गरि यसको प्रावधान अनुरुप विश्व सम्पदाको रुपमा सूचीकृत गर्ने काम भईरहेको छ ।World Heritage Convention, 1972 सन् १९७५ देखि लागु भएको हो भने नेपालले सन् १९७८ मा यसको अनुमोदन गरेको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको साँकृतिक सम्पदा
क) काठमाण्डौं उपत्यकाः सन् १९७८ मा नेपाल पक्ष राज्य वा सदस्य बनेपछि काठमाण्डौं उपत्यकाका अद्धितिय, अनुपम साँस्कृतिक सरम्पदाहरुको विशिष्ट विश्वव्यापी महत्व, आधिकारिकता एवं अविच्छिन्नताको कारण तिनको संरक्षण एवं व्यवस्थापनका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपालले गरेको अनुरोधलाई अनुमोदन गरी UNESCO/WHC ले विश्व सम्पदामा समावेश गर्ने निर्णय ग¥यो (UNESCO/WHC, 1979) ।
यसरी काठमाण्डौं उपत्यकाका सात क्षेत्रहरुलाई एक रुपमा काठमाण्डौं उपत्यका विश्व सम्पदा स्थल भनी सूचीकरण गरिसकेपछि नेपाल सरकारले आफ्नो नैतिक दायित्व एवं उच्च स्तरीय सुरक्षा वा संरक्षणका लागि नेपालको सम्पदा संरक्षण सम्बन्धी प्रमुख कानूनको रुपमा रहेको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३अनुसार यी सात क्षेत्रहरुलाई चार किल्ला तोकी सीमाङ्कन गरी क्रमशः स्वयम्भू (वि.सं. २०३६), हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण तथा बौद्ध (वि.सं. २०४१), पशुपति (२०५५) लाई अलग अलग संरक्षित स्मारक क्षेत्र भनी घोषणा (नेपाल सरकार, २०३६, २०४१, २०५५) गरेको थियो । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।
👉काठमाडौं दरबार स्क्वायर (हनुमान ढोका दरबार)
👉पाटन दरबार स्क्वायर
👉भक्तपुर दरबार स्क्वायर
👉स्वयम्भूनाथ स्तुपा
👉बौद्धनाथ स्तुपा
👉पशुपतिनाथ मन्दिर
👉चाँगुनारायण मन्दिर
१) काठमाडौं दरबार स्क्वायरः
काठमाडौं दरबार स्क्वायर १२औं – १८औं शताब्दी को बीचमा मल्ल राजाहरूले निर्माण गरेका थिए। पछि शाह वंशका राजाहरूले पनि यसलाई विस्तार गरे। दरबार स्क्वायर राजनीतिक, प्रशासनिक, धार्मिक, र सांस्कृतिक केन्द्र को रूपमा विकास भएको थियो। नेपाल एकीकरणपछि राजा पृथ्वीनारायण शाह ले यस दरबारलाई आफ्नो प्रमुख निवासको रूपमा प्रयोग गरे। काठमाडौं दरबार स्क्वायर, जसलाई हनुमान ढोका दरबार क्षेत्र पनि भनिन्छ, काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक, र कलात्मक सम्पदामध्ये एक हो। यो दरबार मल्ल र शाह वंशका राजाहरूको दरबार भएको ऐतिहासिक स्थल हो। युनेस्को विश्व सम्पदा सूची मा सूचीकृत यो क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो।
मुख्य आकर्षणहरू
✅हनुमान ढोका दरबार
- दरबारको मुख्य प्रवेशद्वारमा भगवान हनुमानको मूर्ति रहेको छ, जसका कारण यसको नाम “हनुमान ढोका” रहन गएको हो।
- भित्र शाह वंशका राजाहरू बस्ने महल, ऐतिहासिक संग्रहालय, र दरबारका पुराना कोठाहरू छन्।
✅कुमारी घर (जीवित देवी कुमारीको निवास)
- यस स्थानमा कुमारी (जीवित देवी) बस्छिन्।
- कुमारी हिन्दू र बौद्ध दुवै धर्मका भक्तहरूले पूज्ने देवी मानिन्छिन्।
- कुमारी जात्राको बेला उनलाई रथमा राखेर सहर परिक्रमा गराइन्छ।
✅तालेजु भवानी मन्दिर
- मल्ल राजाहरूका इष्टदेवी तालेजु भवानीलाई समर्पित भव्य मन्दिर।
- वर्षको एक पटक दशैंको समयमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।
✅काष्ठमण्डप
- यसै मन्दिरबाट “काठमाडौं” नाम रहन गएको हो।
- किंवदन्ती अनुसार, यो मन्दिर एकै रुखको काठबाट निर्माण गरिएको थियो।
✅ नौतले दरबार
- यो प्राचीन मल्लकालीन दरबार हो, जहाँबाट राजा सहर नियाल्थे।
- भूकम्पले क्षति गरेपछि पुनर्निर्माण भइरहेको छ।
✅जगन्नाथ मन्दिर
- प्रसिद्ध कामुक कलाले भरिपूर्ण काठका मूर्तिहरू भएको मन्दिर।
- यो मन्दिर नेपालको मौलिक काठकला शैलीको उत्कृष्ट नमुना मानिन्छ।
२) कृष्ण मन्दिर पाटन
यो मन्दिर १६औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गराएका थिए। किंवदन्ती अनुसार, राजा सिद्धिनरसिंह मल्लले सपनामा भगवान कृष्णलाई यही स्थानमा देखेपछि मन्दिर निर्माण गर्ने निर्णय गरेका थिए। पाटन दरबार स्क्वायरमा अवस्थित कृष्ण मन्दिर नेपालकै एक महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो। यो मन्दिर भगवान कृष्णलाई समर्पित छ र नेपालमा शुद्ध पत्थरबाट बनेको पहिलो मन्दिर मानिन्छ। यो मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र तीर्थस्थल हो। कृष्ण जन्माष्टमीको दिन विशेष रूपमा ठूलो मेला लाग्छ, जसमा हजारौं भक्तजन भगवान कृष्णको पूजा गर्न यहाँ आउने गर्छन् र प्रत्येक दिन बिहान र बेलुका यहाँ विशेष आरती र भजन गाइन्छ।
मन्दिरको वास्तुकला र विशेषता
✅ शिखर शैली: यो मन्दिर भारतीय शिखर शैलीमा बनेको छ, जुन नेपालमा दुर्लभ मानिन्छ।
✅ २१ वटा गजुर (तले): मन्दिर तीन तले छ, जसमा २१ वटा शिखर छन्।
✅ पत्थरबाट निर्मित मन्दिर: नेपालमा पूर्ण रूपमा पत्थरबाट बनेको पहिलो मन्दिर हो।
✅ शिलालेखहरू: मन्दिरका भित्ताहरूमा महाभारत र रामायणका दृश्यहरू कुँदिएका छन्।
✅ हात्तीमाथि बसेका मूर्तिहरू: मन्दिरको मुख्य प्रवेशद्वारमा राजा सिद्धिनरसिंह मल्ल र उनकी रानीको मूर्ति हात्तीमाथि रहेको छ।
३) भक्तपुर दरबार स्क्वायर (भक्तपुर दरबार क्षेत्र)
भक्तपुर दरबार स्क्वायर नेपालका तीन प्रमुख दरबार क्षेत्रहरूमध्ये एक हो। यो भक्तपुर नगरको ऐतिहासिक, सांस्कृतिक, र कलात्मक केन्द्र हो। भक्तपुरलाई “मल्लकालीन कलाको जिवन्त संग्रहालय” पनि भनिन्छ। यहाँका प्राचीन दरबार, मन्दिर, मूर्तिहरू, तथा वास्तुकलाले नेपालका गौरवशाली कलासंस्कृति झल्काउँछन्। भक्तपुर दरबार स्क्वायर मल्ल राजाहरूको प्रमुख दरबार क्षेत्र थियो १३औं – १८औं शताब्दी बीच विशेष रूपमा राजा जयस्थिति मल्ल, राजा भक्तपुरेन्द्र मल्ल, र राजा भूपतिन्द्र मल्ल को शासनकालमा यसको विकास भयो र १७६९ मा नेपाल एकीकरणपछि यो क्षेत्र सांस्कृतिक सम्पदाको रूपमा मात्र रह्यो।

भक्तपुर दरबार स्क्वायरका मुख्य आकर्षणहरू
✅ ५५ झ्याले दरबार
- यो दरबार राजा भूपतिन्द्र मल्ल द्वारा निर्माण गरिएको हो।
- यस दरबारमा ५५ वटा कलात्मक काठका झ्यालहरू छन्, जसले नेपाली काष्ठकलाको उत्कृष्ट नमुना प्रस्तुत गर्छ।
- दरबार सन् १९३४ को महाभूकम्पमा क्षति पुगेपछि हाल पुनःस्थापना गरिएको छ।
✅ भैरवनाथ मन्दिर
- यो मन्दिर भगवान भैरव (शिवको तामसिक रूप) लाई समर्पित छ।
- तीन तले पगोडा शैलीको मन्दिर हो।
- यो मन्दिर विशेष रूपमा बिस्का जात्राको समयमा पूजाआजा र पर्वहरू मनाउन प्रयोग गरिन्छ।

✅ न्यातापोला मन्दिर
- यो नेपालकै अग्लो पगोडा शैलीको मन्दिर हो (५ तले)।
- १७०२ मा राजा भूपतिन्द्र मल्लले निर्माण गरेका थिए।
- यो सिद्धिलक्ष्मी देवीलाई समर्पित मन्दिर हो।
- मन्दिरको भर्याङमा हात्ती, सिंह, बाघ, र गोडा का मूर्तिहरू छन्, जसले सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ।
✅दत्तात्रेय मन्दिर
- भक्तपुरको पुरानो भागमा रहेको १५औं शताब्दीमा बनेको मन्दिर हो।
- यो मन्दिर त्रिदेव (ब्रह्मा, विष्णु, महेश्वर) लाई समर्पित छ।
- यसको छेउमा रहेको पाँचौँ शताब्दीको काठका तख्ताहरूमा कुँदिएको मूर्तिकला विश्वमै प्रसिद्ध छ।
✅सुनधारा (राजकुलो)
- यो मल्लकालीन जल व्यवस्थापन प्रणालीको उत्कृष्ट उदाहरण हो।
- भक्तपुर दरबार क्षेत्रमा धेरै कलात्मक ढुंगे धारा छन्, जसले तत्कालीन समयमा शुद्ध पिउने पानीको व्यवस्था मिलाएको देखिन्छ।
धार्मिक र सांस्कृतिक महत्व
बिस्का जात्रा, गौरा जात्रा, इन्द्र जात्रा जस्ता पर्वहरू यहाँ भव्य रूपमा मनाइन्छ।
मल्लकालीन वास्तुकला, काष्ठकला, र मूर्तिकलाका उत्कृष्ट उदाहरणहरू यहाँ भेटिन्छन्।
नेपालका हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण धार्मिक स्थलहरू छन्।
४) स्वयम्भुनाथः
स्वयम्भूनाथ स्तुपा करिब २,५०० वर्ष पुरानो मानिन्छ। किंवदन्ती अनुसार, काठमाडौं उपत्यका पहिले एउटा विशाल ताल थियो, जसलाई महर्षि मञ्जुश्री ले आफ्नो तरवारले चोभंर खोलेर पानी निकालेर बसोबास योग्य भूमि बनाएका थिए। जब ताल सुक्यो, त्यहाँ एउटा कमल फूल फुलेको थियो, जसको उज्यालो आफैंले उत्पन्न भएको जस्तो देखिन्थ्यो। यही ‘स्वयम्भू’ (आफैं उत्पन्न भएको) उज्यालो नै अहिलेको स्वयम्भुनाथ हो। स्वयम्भूनाथ, जसलाई “स्वयम्भु स्तुपा” वा “मंकी टेम्पल” (Monkey Temple) पनि भनिन्छ, काठमाडौं उपत्यकाको एक महत्वपूर्ण धार्मिक स्थल हो। यो काठमाडौंको पश्चिमी पहाडमा अवस्थित छ र बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै पवित्र स्थान मानिन्छ। स्वयम्भूनाथ स्तुपा एक विशाल गुम्बाजस्तो संरचना हो, जसको माथिल्लो भागमा बुद्धका आँखा चित्रित छन्। यी आँखा बौद्ध धर्मको ज्ञान र करुणा को प्रतीक मानिन्छन्। स्तुपाको वरिपरि धेरै गुम्बा, चैत्य, मूर्ति, र प्रार्थना चक्रहरू छन्।
मुख्य आकर्षणहरू
✅स्तुपा र बुद्धका आँखा: बुद्धको सर्वदृष्टि (Wisdom Eyes) जसले संसारलाई ज्ञानको प्रतीकस्वरूप हेरेको विश्वास गरिन्छ।
✅मंकी टेम्पल: यहाँ धेरै बाँदरहरू पाइन्छन्, जसले यो ठाउँलाई “Monkey Temple” भनेर चिनाउने बनाएको छ।
✅पारिपरिक दृश्य: स्वयम्भु स्तुपाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
✅प्राचीन मूर्ति र चैत्यहरू: बौद्ध र हिन्दू देवताका थुप्रै मूर्ति तथा प्राचीन कलात्मक संरचनाहरू यहाँ अवस्थित छन्।
५. बौद्धनाथ स्तुपा
विश्वकै विशाल बौद्ध स्तुपामध्ये एक बौद्धनाथ स्तुपा काठमाडौं उपत्यकाको उत्तरपूर्वी भागमा अवस्थित नेपालकै सबैभन्दा ठूलो स्तुपा हो। यो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा हो। बौद्ध धर्मावलम्बीहरूका लागि यो विशेष पवित्र तीर्थस्थल मानिन्छ। बौद्धनाथ स्तुपा लगभग ५औं शताब्दीमा निर्माण गरिएको मानिन्छ। किंवदन्ती अनुसार, कसैकाल नामक महिलाले चार छोराहरूको सहयोगमा यो स्तुपा निर्माण गराएको बताइन्छ। अर्काे कथा अनुसार, राजा अंशुवर्माको पालामा तिब्बती राजा सोङ्चेन गम्पोले यो स्तुपा बनाएको बताइन्छ। तिब्बती बौद्ध धर्मका लागि यो स्तुपा विशेष रूपमा महत्वपूर्ण स्थल हो।
वास्तुकला र विशेषता
✅ विशाल गोलाकार गुम्बज: स्तुपाको मुख्य भाग ठूलो गुम्बज (डोम) आकारको छ, जसले बुद्धको ज्ञान र ब्रह्माण्डलाई प्रतिनिधित्व गर्छ।
✅ १३ तहको गजुर: गुम्बजमाथि रहेको १३ तहले मोक्ष प्राप्त गर्नुपर्ने १३ चरणहरू जनाउँछ।
✅ बुद्धका आँखा: स्तुपाको चारै दिशामा बुद्धका आँखा छन्, जसले ज्ञान, करुणा, र सर्वदृष्टि जनाउँछ।
✅ श्वेत (सेतो) रङ: स्तुपाको सेतो रङले शान्ति, पवित्रता, र ज्ञान झल्काउँछ।
✅ ४ वटा दिशामा १०८ वटा साना स्तुपा: बौद्ध धर्ममा १०८ संख्या अत्यन्त पवित्र मानिन्छ।
✅ तामाको छाना र सुनको पत्र: स्तुपाको माथिल्लो भागमा तामाका पत्रहरूमा सुनको जलप लगाइएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व
✅बौद्ध धर्ममा सबैभन्दा महत्वपूर्ण स्थलहरू मध्ये एक हो।
✅तिब्बती बौद्ध परम्पराका अनुयायीहरूका लागि प्रमुख तीर्थस्थल हो।
✅यहाँ दैनिक रूपमा भिक्षुहरू (लामा) ले मन्त्र जप्ने, ध्यान गर्ने, र प्रार्थना गर्ने गर्छन्।
✅बुद्ध जयन्ती, ल्होसार (तिब्बती नयाँ वर्ष) जस्ता पर्वहरू यहाँ विशेष रूपमा मनाइन्छ।
मुख्य आकर्षणहरू
✅ प्रार्थना गर्ने घण्टी र मणि पाङ्ग्रा (Prayer Wheels)
✅बौद्ध धर्मका शिक्षाका विभिन्न प्रतीकहरू
✅तिब्बती शैलीका गुम्बाहरू र मोनास्ट्रीहरू
✅साँझमा दीप प्रज्वलन (Butter Lamps)
✅स्थानीय बजार र बौद्ध संस्कृतिसँग सम्बन्धित पसलहरू
६) पशुपतिनाथ मन्दिर
नेपालकै प्रमुख हिन्दू तीर्थस्थलपशुपतिनाथ मन्दिर नेपालकै सबैभन्दा महत्त्वपूर्ण र प्राचीन हिन्दू धार्मिक स्थल हो। यो मन्दिर भगवान शिव (पशुपति) लाई समर्पित छ र हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल मानिन्छ। पशुपतिनाथ मन्दिर युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो। किंवदन्तीअनुसार, भगवान शिवले पशुपतिको रूप धारण गरी यसै स्थानमा बस्न थालेपछि यहाँ मन्दिर स्थापना गरिएको मानिन्छ।
लिखित अभिलेखहरू अनुसार, ५औं शताब्दीमा लिच्छवी राजा सुपुश्पदेवले मन्दिर निर्माण गराएका थिए पछि विभिन्न राजाहरू, जस्तै जयस्थिति मल्ल, राजा भक्तपुरेन्द्र मल्ल, र राजा रणबहादुर शाह ले मन्दिरको पुनःनिर्माण र विस्तार गरेका थिए। पशुपतिनाथ क्षेत्रलाई “शिवका अनुयायीहरू (साधु, भक्त, र पुजारी) को आध्यात्मिक केन्द्र” मानिन्छ।
वास्तुकला र विशेषता
✅ पगोडा शैलीको मन्दिर: मन्दिर दुईतले छाना भएको परम्परागत नेवारी पगोडा शैली मा निर्मित छ।
✅ गजुरमा सुनको पत्र: मन्दिरको छानामा सुनको पत्र लगाइएको छ।
✅ चारमुखे शिवलिङ्ग: मन्दिरको भित्र चार मुख भएको शिवलिङ्ग छ, जसले भगवान शिवका चार रूपहरू (सत्यम, शिवम्, सुन्दरम्, र अनन्त) को प्रतीक जनाउँछ।
✅ चाँदीको ढोका: मन्दिरका प्रमुख ढोका चाँदीले बनेका छन्।
✅ बागमती नदीको किनारमा अवस्थित: मन्दिर बागमती नदीको किनारमा अवस्थित छ, जहाँ हिन्दू धर्म अनुसार अन्त्येष्टि (दाहसंस्कार) गरिन्छ।
✅ मुख्य प्रवेश द्वार: मुख्य मन्दिर क्षेत्रमा केवल हिन्दूहरूलाई मात्र प्रवेश अनुमति दिइन्छ।
धार्मिक र सांस्कृतिक महत्व
✅नेपालकै सबैभन्दा महत्त्वपूर्ण शिव मन्दिर हो।
✅महाशिवरात्रि पर्वमा लाखौं भक्तजनहरू दर्शन गर्न यहाँ आउँछन्।
✅तेजाबती आरती (बागमती आरती) प्रत्येक साँझ बागमती नदी किनारमा आयोजना गरिन्छ।
✅हिन्दू परम्पराअनुसार यो मन्दिरमा मृत्यु भएमा पुनर्जन्म नहुने विश्वास गरिन्छ।
✅यहाँ भारत, श्रीलंका, भूटान, बांग्लादेश लगायत अन्य देशका हिन्दू भक्तजनहरू दर्शन गर्न आउँछन्।
मुख्य आकर्षणहरू
✅ मुख्य मन्दिर र चारमुखे शिवलिङ्ग
✅ बागमती किनारका घाटहरू (आर्यघाट, गऊघाट, बटुवाघाट)
✅ पशुपति क्षेत्रका विभिन्न साना मन्दिरहरू (गोरखनाथ, भीमसेन, राम मन्दिर आदि)
✅ बागमती आरती (साँझको विशेष पूजाआजा)
✅ साधु-सन्तहरूको आश्रमहरू
७) चाँगुनारायण मन्दिर:
लिच्छवि काल (इ.सं. ४६४) मा राजा मानदेव द्वारा बनाइएको भनिन्छ। यस मन्दिरसँग एउटा प्राचीन कथा पनि जोडिएको छ। किंवदन्ती अनुसार, सुधर्शन नामक गोठालो ले आफ्नो गाईलाई हरेक दिन एक रूखले आफैं दूध चुसिरहेको देखेपछि त्यो रूख काटे। रूख काटेपछि त्यहाँबाट भगवान विष्णु प्रकट भए र गोठालोलाई आफूले अज्ञानतावश ऋषि सुदर्शनलाई मारेको बताउँदै भक्ति गर्नेहरूलाई आशिर्वाद दिने वचन दिए। त्यसपछि, सुधर्शनका सन्तानहरूले यो ठाउँमा विष्णुको मन्दिर स्थापना गरेका थिए। चाँगुनारायण मन्दिर नेपालकै सबैभन्दा पुरानो हिन्दू मन्दिर मध्येको एक हो। यो भक्तपुर जिल्लाको चाँगुनारायण पहाडमा अवस्थित छ। मन्दिर भगवान विष्णु लाई समर्पित छ र यो युनेस्को विश्व सम्पदा सूची मा सूचीकृत एक ऐतिहासिक र सांस्कृतिक महत्वको स्थल हो।

मन्दिरको वास्तुकला र संरचना
✅शिखर शैलीको मन्दिर: यो मन्दिर नेपालमा पाइने पगोडा शैलीको मन्दिरहरू भन्दा फरक छ।
✅कलात्मक ढुंगे मूर्तिहरू: मन्दिर परिसरमा रहेका मूर्तिहरू लिच्छवि कालका उत्कृष्ट मूर्तिकलाका नमुना हुन्।
✅राजा मानदेवको शिलालेख: मन्दिरमा नेपालकै सबैभन्दा पुरानो शिलालेख रहेको छ, जसले तत्कालीन समयको सामाजिक, राजनीतिक, र सांस्कृतिक इतिहास झल्काउँछ।
✅गरुड़ स्तम्भ: मन्दिरको अगाडि गरुड़को मूर्ति छ, जसले भगवान विष्णुको वाहनको रूपमा उभिएको देखाउँछ।
धार्मिक र सांस्कृतिक महत्व
✅भगवान विष्णुको प्रमुख मन्दिर: चाँगुनारायण नारायणस्थान चार नारायण मध्येको एक हो। अन्य तीन नारायण मन्दिरहरू विष्णुका अन्य रूपलाई समर्पित छन्।
✅विष्णुका विभिन्न अवतारहरूको मूर्ति: यहाँ त्रिविक्रम विष्णु, नरसिंह विष्णु, र अन्य अवतारका मूर्तिहरू भेटिन्छन्।
✅हरिबोधिनी एकादशी पर्व: प्रत्येक वर्ष कार्तिक महिनामा विशेष पूजा, मेला र भव्य उत्सव यहाँ मनाइन्छ।
मुख्य आकर्षणहरू
✅ विश्व सम्पदा सूचीमा सूचीकृत स्थल,
✅ नेपालकै सबैभन्दा पुरानो शिलालेख (इ.सं. ४६४),
✅ लिच्छवि कालका उत्कृष्ट मूर्तिकलाहरू,
✅ भगवान विष्णुको विभिन्न अवतारहरूको मूर्ति,
✅ शान्त वातावरण र काठमाडौं उपत्यकाको सुन्दर दृश्य ।
स्वयम्भुनाथको परिचयः स्वयम्भूनाथ स्तुपा करिब २,५०० वर्ष पुरानो मानिन्छ। किंवदन्ती अनुसार, काठमाडौं उपत्यका पहिले एउटा विशाल ताल थियो, जसलाई महर्षि मञ्जुश्री ले आफ्नो तरवारले चोभंर खोलेर पानी निकालेर बसोबास योग्य भूमि बनाएका थिए। जब ताल सुक्यो, त्यहाँ एउटा कमल फूल फुलेको थियो, जसको उज्यालो आफैंले उत्पन्न भएको जस्तो देखिन्थ्यो। यही ‘स्वयम्भू’ (आफैं उत्पन्न भएको) उज्यालो नै अहिलेको स्वयम्भुनाथ हो। स्वयम्भूनाथ, जसलाई “स्वयम्भु स्तुपा” वा “मंकी टेम्पल” (Monkey Temple) पनि भनिन्छ, काठमाडौं उपत्यकाको एक महत्वपूर्ण धार्मिक स्थल हो। यो काठमाडौंको पश्चिमी पहाडमा अवस्थित छ र बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै पवित्र स्थान मानिन्छ। स्वयम्भूनाथ स्तुपा एक विशाल गुम्बाजस्तो संरचना हो, जसको माथिल्लो भागमा बुद्धका आँखा चित्रित छन्। यी आँखा बौद्ध धर्मको ज्ञान र करुणा को प्रतीक मानिन्छन्। स्तुपाको वरिपरि धेरै गुम्बा, चैत्य, मूर्ति, र प्रार्थना चक्रहरू छन्।
ख) लुम्बिनीः भगवान बुद्धको जन्मस्थल, विश्व सम्पदा स्थल भगवान बुद्धको जन्मस्थलको रुपमा परिचित लुम्बिनीलाई नेपालल विश्व सम्पदा महासन्धि, १९७२ को अनुमोदन गरेको करीब १७ बष पछि सन १९९६ मा मात्र विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि युनेस्को विश्व सम्पदा समितिमा अनुरोध गरी पठाइएको र त्यसैको अर्को साल अर्थात सन १९९७ मा विश्व सम्पदा समितिले सुचीमा सूचीकृत गर्ने निर्णय गरेको थियो (UNESCO/WH 1997) । लुम्बिनी पवित्र उद्यान र वरपर भएका विभिन्न पुरातात्विक अवशेषहरुले यो क्षेत्र बौद्ध धर्म एवं दर्शनका प्रवर्तक भगवान बुद्धका जन्मसँग प्रत्यक्ष सम्बन्ध रहेको छ, जुन धर्म र दर्शन वर्तमान विश्वका अधिकतम मानव समुदायले अवलम्बन गरिरहेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत प्राकृतिक सम्पदाहरु
१) सगरमाथा राष्ट्रिय निकुन्ज
स्थापनाः २०३२ साल (सन् १९७६)
म.क्षे. स्थापनाः २०५८ साल (सन् २००२)
क्षेत्रफलः १,१४८ वर्ग कि.मि.
म.क्षे.क्षेत्रफलः २७५ वर्ग कि.मि.
पू्र्वी नेपालको प्रदेश नं. १ तत्कालीन सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.) लाई समेटेर फैलिएको छ । यसैगरी ६,००० मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
२) चितवन राष्ट्रिय निकुन्ज
स्थापनाः २०३० साल (सन् १९७३)
म.क्षे. स्थापनाः २०५३ साल (सन् १९९६)
क्षेत्रफलः ९५२.६३ वर्ग कि.मि.
म.क्षे. क्षेत्रफलः ७२९.३७ वर्ग कि.मि.

चितवन, मकवानपुर, पर्सा र पूर्वीनवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको यो राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल ९५२.६३ वर्ग कि.मि. रहेको छ । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका
मुख्य क्षेत्रहरूलाई समेटेको छ ।

निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जंगलले ढाकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
–स्रोतः नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
नेपालका सम्भावित विश्व सम्पदा स्थलहरु
नेपालले सन १९९६ र सन २००८ मा गरी दुई पटक विभिन्न राष्ट्रिय सम्पदाहरुलाइ सम्भावित विश्व सम्पदाका सुचीमा सूचीकृत गरिसकको छ, जसमध्ये सन १९९६ मा सम्भावित विश्व सम्पदाका सुचीमा सूचीकृत गरेको लुम्बिनी, भगवान बुद्धको जन्मस्थलाइ सन १९९७ मा नेपाल सरकारका आफनै पहलमा गरिएका अनुरोध अनुरुप प्रक्रियागत रुपमा न विश्व सम्पदा सुचीमा सूचीकृत गरिएका थिया । यसका अतिरिक्त देहायका राष्ट्रिय सम्पदा स्थलहरु हालसम्म पनि सम्भावित विश्व सम्पदा
सुचीमा सूचीकृत अवस्थामा रहेका छन्
Cave architecture of Muktinath Valley of Mustang (23/05/1996)
1. Khokana, the vernacular village and its mustard-oil seed industrial
heritage (23/05/1996)
2. Ramagrama, the relic stupa of Lord Buddha (23/05/1996)
3. The early medieval architectural complex of Panauti (23/05/1996)
4. The medieval palace complex of Gorkha (23/05/1996)
5. Tilaurakot, the archaeological remains of ancient Shakya Kingdom (23/05/1996)
6. Medieval Earthern Walled City of Lo Manthang (30/01/2008)
7. Medieval Settlement of Kirtipur (30/01/2008)
8. Nuwakot Palace Complex (30/01/2008)
9. Ram Janaki Temple (30/01/2008)
10. Bhurti Temple Complex of Dailekh (30/01/2008)
11. Rishikesh Complex of Ruru Kshetra (30/01/2008)
12. Sinja valley (30/01/2008)
13. The Medieval Town of Tansen (30/01/2008)
14. Vajrayogini and early settlment of sankhu (30/01/2008)
–स्रोतः नेपाल सरकार सुचना विभाग
नेपाल को पहिलो बिश्व सम्पदा सुचिमा सुचिकृत सम्पद कुन हो?
सगरमाथा राष्ट्रिय निकुञ्ज