परिचय
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बाग्मती प्रदेश अन्र्तगत १३ जिल्ला मध्यको ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमध्ये दक्षिणी भेगमा अवस्थित रहेको छ । हिन्दु तथा बौद्धहरुको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तूप, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी–पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन ददरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ ।
भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।ललितपुर काठमाडाै उपत्यकाका तीन जिल्लाहरू मध्ये ऐतिहासिक तथा पुरातात्विक रूपले सम्पन्न जिल्ला हो। नेपालको मानचित्रमा ७७ जिल्लाहरू मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ। यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन-जङ्गलको विविधता, नदी-नाला र ताल, विभिन्न जनजातिहरूको रहन-सहन, भेष-भुषा आदिको विविधताले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्व बोकेको छ।
पौराणिक कथन अनुसार एक समय उपत्यकामा १२ वर्षसम्म जलबृष्टि नभै सुख्खा परेको हुनाले त्यसबाट छुटकारा दिलाउन मत्स्येन्द्रनाथले मात्र सक्ने भन्ने निधो भएपछी भक्तपुरका राजा कान्तिपुरका आचार्य र ललितपुरका एक कृषक ज्यापू भारतका आसाम प्रदेशको कामारुकामक्षमा गई साधनाको बलले उपत्यकामा ल्याएको मत्स्येन्द्रनाथलाई कुन नगरमा स्थापित गर्ने भन्ने विषयमा तिनवटै नगर बिच मतभेद हुँदा तिन नगरको सबैभन्दा बयोवृद्ध जो छ त्यसलाई निर्णय गराउने निधो भएछ।
त्यस अनुसार ललितपुरका ललित भन्ने एक कृषक बढी उमेर भएकोलाई ७ ओटा ओखलमाथि चढाई उपस्थित जनसमूहलाई निर्णय सुनाउन लगाउँदा उनले भक्तपुरका राजा तथा कान्तिपुरका आचार्यको भूमिका समेत वास्ता नगरी मत्स्येन्द्रनाथ बोकेर ल्याउने मानिस ललितपुरको भएकोले सोही व्यक्तिको नगरमा स्थापित गर्नुपर्दछ भनी निर्णय दिएको हुंदा सातैवटा ओखल समेत उक्त वृद्ध भांसिएको हुनाले उक्त स्थानलाई ललितपत्तन भन्ने नामांकरण गरिएको थियो। कालान्तरमा सोही ठाउँको नामवाट ललितपुर तथा पाटन भन्ने नाम देखा परेको भनिन्छ। त्यस्तै गरी अर्को किम्बदन्ती अनुसार ललितारण्य भन्ने वन फाँडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको हो पनि भनिन्छ।
एतिहासिक चिनारी
काठमाडाै उपत्यकाको प्रसिद्ध तीन शहरहरू मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ। यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ। जस्तै यल, युपग्राम, ललितपत्तन, ललितपुरी, मानिङ्गल, पाटन आदी। साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर शहर किरातकालमा नै स्थापना भैसकेको थियो। उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम यल पहिलो किराती राजा यलम्बरकाे नामबाट राखिएको हो। जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरूको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ। क्वालखु स्थित पट्को डोँ (किरात दरवार ), ८०० किराती मारिएको ठाउँ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरू वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरू, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्वन्ध थियो भन्ने प्रष्ट हुन्छ।
यस शहरको प्राचीनताको बारेमा प्रमाणित रूपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरूको अभाव छ। तर केही वशावलीहरूले भारतका मौर्य सम्राट अशोक इ.पू. २५० तिर काठमाडाै उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुनाको चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन। हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपाहरू रहेका छन। जुन अशोक स्तुपाको नामले प्रख्यात छ। ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रूपमा विकास भैसकेको कुरामा दुइमत छैन।
लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो। यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मगलबजार रहेको बर्णन पाइन्छ। त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ। लिच्छवी कालका पुरातात्विक श्रोतहरू अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रूपमा विकास भै सकेको बुझिन्छ।
यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरूको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुँदै आएको बुझिन्छ। हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरू पाइएका छन।
आजसम्म प्राप्त शिलालेखहरू मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११को अभिलेखलाई पनि लिन सकिन्छ। त्यस्तै गरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७ को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ। यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो।
यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रूपमा रहेको थियो। मध्यकालको बाैद्ध धर्म र सँस्कृतिकाे केन्द्रको रूपमा विकास हुनुको साथै कला र सस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रूपमा रहि रह्यो। यसैले आज यस नगरलाई City of fine Arts को नामले चिनिन सफल भएको हो। ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरू नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरू हालसम्म पनि जीवित नै रहेका छन्। वशावली तथा अन्य केही स्रोतहरूले वरदेवको हजुरबाबुले (राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरू पाइएको छ।
भौगोलिक स्थिति
नेपालकाे मानचित्रमा ललितपुर जिल्लाको फैलावट २७ डिग्रि २२ मिनेट देखि २८ डिग्रि ५० मिनेट उत्तरी अक्षांश र ८५ डिग्रि १४ मिनेट देखि ८५ डिग्रि २६ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ। यस जिल्ला समुद्री सतह देखि ४५७ मिटर उचाई देखि २८३१ मिटरसम्म रहेको छ। यस जिल्लाले नेपालको करिब ०.२६६% भू-भाग ओगटेको छ। यस जिल्लाको भु-धरातल मध्ये करिब एक तिहाई भाग उपत्यका भित्र र दुई तिहाई पहाड तथा दुर्गम क्षेत्रमा पर्दछ। यस जिल्लाका दुर्गम स्थानहरूमा ठुलादुर्लुङ, कालेश्वर, प्यूटार, माल्टा, आश्राङ, गिम्दी, चन्दनपुर आदी पर्दछन्। ललितपुर जिल्लाको पूर्वमा काभ्रेपलाञ्चाेक, पश्चिममा काठमाडाै, उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लासँग सिमाना जोडीएको छ। यस जिल्लाको क्षेत्रफल ३८५ वर्ग कि. मी. रहेको छ।
श्रोतः जि.स.स., जि.प्र.का. ललितपुर
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार ललितपुर जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ वटा महानगरपालीका २ वटा नगरपालीका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | ललितपुर महानगरपालिका | ललितपुर उपमहानगरपालिका र कार्यविनायक (१-१३) नगरपालिका | २९ |
२ | गोदावरी नगरपालिका | गोदावरी, बज्रबाराही, कार्याविनायक(१४-१८) नगरपालिका र देवीचौर गा.वि.स. | १४ |
३ | महालक्ष्मी नगरपालिका | महालक्ष्मी नगरपालिका | १० |
४ | कोन्ज्योसोम गाउँपालिका | चौघरे, शंखु, दल्चौकि, नल्लु र भारदेउ गा.वि.स. | ५ |
५ | बागमती गाउँपालिका | घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, र्इकुडोल, आश्राङ, र गिम्दी गा.वि.स. | ७ |
६ | महाङ्काल गाउँपालिका | बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गा.वि.स. | ६ |
जम्मा | ७१ |
१. नामः ललितपुर महानगरपा
धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये र्सवप्राचीन नगर हो । अनुपम कलानगरीको रुपमा सुपरिचित यो नगर सफाई तथा अन्य कार्यहरु गर्न वि सं. १९७५ सालमा जारी भएको “पाटन सवाल” बाट “छेमडोल अड्डा”को नामबाट संचालन भई वि. सं. २००९ सालमा ललितपुर नगरपालिका, वि. सं. २०१८ सालमा ललितपुर नगर पञ्चायत, वि. सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि. सं. २०५२ सालमा ललिपुर उप-महानगरपालिकाको रुपमा कायम भएको छ र २०७३/१२/१० मा ललितपुर महानगरपालिकाकाे रुपमा कायम भएकाे छ । यसरी ललितपुर महानगरपालिका नेपालको जेष्ठ नगरपालिका हो ।
काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ । यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ । जस्तै यल, युपग्राम, ललितपत्तन, ललितापुरी, मानिङ्गल, पाटन आदी । साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर शहर किरातकालमा नै स्थापना भैसकेको थियो । उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम “यल” पहिलो किराती राजा यलम्वरको नामबाट राखिएको हो । जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरुको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ । कालखु स्थित पट्को डोँ (किरात दरवार ), ८०० किराती मारिएको ठाँउ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरु वर्षो एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्बन्ध थियो भन्ने प्रष्ट हुन्छ ।
यस शहरको प्राचीनताको बारेमा प्रमाणित रुपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरुको अभाव छ । तर केही वंशावलीहरुले भारतका मौर्य सम्राट अशोक इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन । हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरु रहेका छन । जुन अशोक स्तुपको नामले प्रख्यात छ ।
ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती वसिसकेको र एउटा केन्द्रको रुपमा विकास भैसकेको कुरामा दुइमत छैन । लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो । यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको बर्णन पाइन्छ । त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छवी कालका पुरातात्विक श्रोतहरु अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रुपमा विकास भै सकेको बुझिन्छ । यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरुको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ । हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरु पाइएका छन । आजसम्म प्राप्त शिलालेखहरु मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई पनि लिन सकिन्छ ।
त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७ को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ । यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो । यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रुपमा रहेको थियो । मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रुपमा विकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रुपमा रहिरह्यो । यसैले आज यस नगरलाई City of Fine Arts को नामले चिनिन सफल भएको हो । ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरु नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरु हालसम्म पनि जीवित नै रहेका छन् । बंशावली तथा अन्य केही स्रोतहरुले वरदेवको हजुरबाबुले -राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरु पाइएको छ।
केन्द्रः साविक ललितपुर उममहानग
जनसङ्ख्याः २९४०९८
क्षेत्रफलः ३६.१२ (वर्ग कि.मि.)
वडा संख्याः २९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ललितपुर(१) | ७२६५ | ०.४८ |
२ | २ | ललितपुर(२) | १५७४३ | १.११ |
३ | ३ | ललितपुर(३) | ११३७६ | १.६५ |
४ | ४ | ललितपुर(४) | १८१८८ | २.०४ |
५ | ५ | ललितपुर(५) | ३९७१ | ०.७६ |
६ | ६ | ललितपुर(६) | ५२७० | ०.२४ |
७ | ७ | ललितपुर(७) | ५३४७ | ०.२१ |
८ | ८ | ललितपुर(८) | ९९२६ | ०.४८ |
९ | ९ | ललितपुर(९) | १२९७२ | ०.७७ |
१० | १० | ललितपुर(१०) | ५७५८ | ०.७६ |
११ | ११ | ललितपुर(२२) | ९४९६ | ०.४५ |
१२ | १२ | ललितपुर(११,१२) | ६५५४ | ०.२३ |
१३ | १३ | ललितपुर(१३) | १४२३५ | ०.७५ |
१४ | १४ | ललितपुर(१४) | २२८४१ | १.७२ |
१५ | १५ | ललितपुर(१५) | १६४५४ | २.२८ |
१६ | १६ | ललितपुर(१६,१८) | ७७६६ | ०.२२ |
१७ | १७ | ललितपुर(१७) | १०९५४ | ०.६० |
१८ | १८ | कार्यविनायक(३-५) | १३७४६ | २.०१ |
१९ | १९ | ललितपुर(१९) | ५४५३ | ०.१६ |
२० | २० | ललितपुर(२०,२१) | ९२३९ | ०.२३ |
२१ | २१ | कार्यविनायक(६-९) | ५२७४ | ३.१७ |
२२ | २२ | कार्यविनायक(१०-१३) | ७८९४ | ३.८९ |
२३ | २३ | ललितपुर(२३) | ११९२८ | १.४७ |
२४ | २४ | ललितपुर(२४,२५) | ९१०४ | २.२० |
२५ | २५ | कार्यविनायक(१,२) | १६४६१ | २.११ |
२६ | २६ | ललितपुर(२६) | ७९०९ | १.५५ |
२७ | २७ | ललितपुर(२७) | ६२९० | १.४७ |
२८ | २८ | ललितपुर(२८,३०) | १०७७८ | १.८० |
२९ | २९ | ललितपुर(२९) | ५९०६ | १.३० |
जम्मा | २९४०९८ | ३६.११ |
ललितपुर महानगरपालिकाको नक्सा
२. नामः गोदावरी नगरपालि
नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर गोदावरी नगरपालिका स्थापना भएको हो | यस नगरपालिका ८५२४.५७ पुर्बी देशान्तर र २७३८.५ उतारी अशंसासम्म फैलिएको छ जसको छेत्रफल ९६.११ वर्ग किमी रहेको छ | यस नगरपालिकाको पूर्वमा काभ्रे जिल्ला , पश्चिममा काठमाडौँको दक्षिणकाली नगरपलिका र मकवानपुर जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछ | समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यस नगरपालिकामा समशितोसन किसमको हावापानी पाईनछ |
केन्द्रः साविक बज्रबाराही नगरपा
जनसङ्ख्याः ९७६३३
क्षेत्रफलः ९६.११ (वर्ग कि.मि.)
वडा संख्याः १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गोदावरी(१,२) | ६३६९ | ३.१३ |
२ | २ | गोदावरी(३,४) | ४९५४ | ६.९५ |
३ | ३ | गोदावरी(५-७) | १००५७ | १६.४८ |
४ | ४ | गोदावरी(८,९) | ४३०७ | ५.८५ |
५ | ५ | बज्रबाराही(१४,१५) | ५२३८ | ११.५८ |
६ | ६ | बज्रबाराही(१६,१७) | ४४७७ | १२.४९ |
७ | ७ | देवीचौर(१-९) | २८८१ | १२.५२ |
८ | ८ | कार्यविनायक(१७,१८) | २९६८ | ४.९१ |
९ | ९ | कार्यविनायक(१४-१६) | ६००७ | ५.५२ |
१० | १० | बज्रबाराही(११-१३) | ७३७९ | ४.६० |
११ | ११ | बज्रबाराही(८-१०) | १२०१० | २.६७ |
१२ | १२ | बज्रबाराही(४-७) | ११९२८ | ३.२६ |
१३ | १३ | बज्रबाराही(१-३) | ६७१८ | ३.८१ |
१४ | १४ | गोदावरी(१०-१२) | १२३४० | २.३४ |
जम्मा | ९७६३३ | ९६.११ |
गोदावरी नगरपालिकाको नक्सा
३. नामः महालक्ष्मी नगरपा
संघीय नेपालको बागमति प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाको प्रसिद्ध तीन जिल्लाहरुमध्ये ललितपुर जिल्लाको उत्तर पूर्व तर्फ महालक्ष्मी नगरपालिका अवस्थित छ । साविकका ५ गाविसहरु – ईमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर मिति २०७१ मंसिर १६ बाट यो नगरपालिका बनेको हो । ऐतिहासिक रुपमा हेर्दा पुरानो लुभु र सिद्धिपुर जस्ता साना शहरहरु नेवार संस्कृतिको नमुनाको रुपमा रहेका छन् । त्यसैगरी ईमाडोलमा रहेको अशोक स्तुपा, लुभुमा रहेको महालक्ष्मीको मन्दिर यस नगरका सम्पदा हुन् ।
महालक्ष्मी नगरपालिकाको हालको वडा नं. ८, लुभुमा रहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको महालक्ष्मी मन्दिरको नामबाट यस नगरको नामाकरण गरिएको छ । जनश्रुतिअनुसार प्राचिन कालमा श्रीपार्वतीले चतुषष्ठि लिङ्ग यात्राका क्रममा गौश्रृङ्ग तीर्थमा स्नान गरी गोभ्राटेश्वर देगः महादेवको दर्शन गरेको, श्रृङ्ग ऋषिले सिस्नेरी गुफामा बसेर तपस्या गर्दा श्रीमहालक्ष्मी र श्रीभैरवको उत्पत्ति गुण्डुमा भई पछि साधना गरेर ल्याई देविस्थानमा स्थापना गरेको र फेरि लुभुको लाछीमा स्थापना गरिएको बताइन्छ ।
अर्को जनश्रुतिअनुसार घाँसीहरु घाँस काट्न हालको देवीस्थान चौरमा पुग्दा धेरै देवदेवीहरु पङ्क्तिबद्ध रूपमा उभिएर नृत्य गरिरहेको देखेपछि सो दृश्य हेर्न गाउँलेहरुलाई बोलाए तर गाउँले त्यहाँ पुग्दा देवताहरु ढुङ्गाको मुर्तिमा परिणत भएका थिए । त्यसपछि गाउँलेले ती ढुङ्गाका मुर्तिहरुलाई श्रीमहालक्ष्मी र आकाशभैरव गणका रूपमा पूजा गरी आफ्नो ईष्टदेवीको रूपमा अर्चना गरेको पाइन्छ । महालक्ष्मी मन्दिर उपत्यकाका नौ वटा शक्तिपीठ मध्येको एक रहेको छ। महालक्ष्मी मन्दिरभित्र नेपाल सम्वत् ८४७ मा राखिएको ताम्रपत्रले यो मल्लकालीन धार्मिक महत्वको स्थल रहेको प्रष्ट पार्छ । महालक्ष्मीलाई ऐश्वर्य र समृद्धिकी देवीको रूपमा मानिने भएकोले नगर पनि ऐश्वर्य र समृद्धिले भरिभराउ होस् भन्ने उद्देशयले यस नगरपालिकाको नाम महाक्ष्मी नगरपालिका राखिएको देखिन्छ ।
करिब २६.५ वर्ग कि.मी. मा पूर्व-पश्चिम लाम्चो आकारमा फैलिएको यो नगरपालिका पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको, उत्तरमा भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासँग जोडिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौति हुदै वि. पि. लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको करिब मध्य भाग भएर गएको कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना रहेको छ ।
केन्द्रः साविक महालक्ष्मी नगरपा
जनसङ्ख्याः १२३११६
क्षेत्रफलः २६.५१ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | महालक्ष्मी(१६) | १४१६७ | ०.९५ |
२ | २ | महालक्ष्मी(१८) | ९९७४ | ०.४५ |
३ | ३ | महालक्ष्मी(१७) | १०८०४ | ०.६३ |
४ | ४ | महालक्ष्मी(१५,१९) | २६५४४ | १.९९ |
५ | ५ | महालक्ष्मी(९,१०) | १९२८२ | २.०८ |
६ | ६ | महालक्ष्मी(१२-१४) | ८१९४ | २.०१ |
७ | ७ | महालक्ष्मी(११) | ७५०६ | ०.९३ |
८ | ८ | महालक्ष्मी(५-८) | १५९३२ | ६.४० |
९ | ९ | महालक्ष्मी(२-४) | ९७७० | ६.५७ |
१० | १० | महालक्ष्मी(१) | ९४३ | ४.४९ |
जम्मा | १२३११६ | २६.५ |
महालक्ष्मी नगरपालिकाको नक्सा
४. नामः कोन्ज्योसोम गाउँपा
नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो – कोन्ज्योसोम गाउँपालिका । यो भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म र २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको पाइन्छ ।
यस गाउँपालिकाको कुल जनसङ्ख्या ९७०९ जसमा सबैभन्दा बढी तामाङ जाती (७५.७८ %) रहेको छ। यस गाउँपालिकामा ५ वटा वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ रहेका छन्। यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेसा कृषि रहेको पाइन्छ। यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु देख्न सकिन्छ।
केन्द्रः साविक चौघरे गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ८९८९
क्षेत्रफलः ४४.१६ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चौघरे(१-९) | १९४२ | ७.७४ |
२ | २ | शंखु(१-९) | १८०१ | १४.३२ |
३ | ३ | दलचोकी(१-९) | १०७५ | ६.२५ |
४ | ४ | नल्लु(१-९) | २१३४ | ८.०२ |
५ | ५ | भारदेउ(१-९) | २०३७ | ७.८३ |
जम्मा | ८९८९ | ४४.१६ |
कोन्ज्योसोम गाउँपालिकाको नक्सा
५. नामः बागमती गाउँपालिका
मिति २०७३ फाल्गुन २२ ललितपुर जिल्लाको क्षेत्र नं १ अन्तर्गतका साविक सातवटा गा.वि.स.हरु क्रमस घुसेल्, माल्टा, भट्टेडाँडा, प्युटार्, इकुडोल्, आश्राङ, गिम्दी (हाल क्रमस वागमती गाउँपालिका वडा नं १,२,३,४,५,६,७) मिलाएर वागमती गाउँपालिका घोषणा भएको थियो । १११.४९ कि.मि. स्क्वायर कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा महाङ्काल गाउँपालिका, पश्चिममा काठमाडौं जिल्ला, उत्तरमा गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका, दक्षिणमा मकवानपुर जिल्ला रहेका छन् ।
हिन्दू र बुद्ध धर्मको बहुल्यता रहेको यस गाउँपलिकामा विभिन्न जातजातीहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी ब्राम्हण (पहाडी) जाति, दोस्रोमा तामाङ र तेस्रोमा क्षेत्रीहरुको बसोबास रहेको छ भने यसका अलावा मगर, दमाइ, कामि, घले, ब्रह्मु लगायत जातीहरु पनि छन् । यहाँ नेपाली भाषा पछाडी बोलिने अन्य भाषाहरुमा तामाङ र मगर नै हुन् । दशै, तिहार, कृष्णजन्माष्टमी तीज्, बुद्ध पुर्णिमा, लोसार यहाँका प्रमुख चाडपर्व हुन् ।
औषत पारिवारिक आम्दानीमा कृषि र गाइवस्तु पालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगटेको यहाँ माल्टा फाँट, भट्टेडाँडाको राडर क्षेत्र, सिद्देस्वोर महादेव, महाङकालस्थान मन्दिर्, इकुडोलको माझखण्ड बुद्ध बिहार्, आश्राङको घ्याम्पे दह्, गिम्दीको चमेरो गुफा जस्ता पर्यटकिय सम्भावना बोकेका ठाउँहरुलाई प्रचार प्रसार गर्न सकेमा वागमती गाउँपालिका हुँदै काठमाडौं र हेट्टौडा जोड्ने छोटो दुरिको कान्ती लोकपथमा हिंड्ने मानिसहरुको प्रमुख पर्यटकिय गन्तव्यस्थल बिकास हुनेछ र पर्यटकिय व्यवसाय पनि आयआर्जनको प्रमुख स्रोत हुनसक्नेछ जसले गर्दा हाल उत्पादन भई आयात हुने दुध्, धान, गहुँ, मकै, भटमास, तोरि, फापर्, कोदो, दाल्, केराउ, सिमि, बोडि, फर्सि, काक्रोँ, कुखुराहरुले स्थानिय तहमानै उचित बजार मुल्य पाउनेछन् ।
शिक्षा नै समाजको चेतना बिकास गर्ने आधार भएकोले यस गाउँपलिका भरी आधारभुत एवम् मध्यामिक गरी कुल ५० वटा विद्यालयहरु सन्चालन भइरहेका छन् । स्वास्थ्य समस्याहरुलाई समाधान एवम् रोकथामका लागि प्रत्यक वडाहरुमा प्राथमिक स्वास्थ्य चौकीहरु रहेका छन् । भट्टेडाँडा प्राथमिक स्वास्थ्य चौकिमा चाहिं गाउँपलिका आफैँले स्वास्थ्य प्रयोगशाला सन्चालनमा ल्याइसकेको छ ।
केन्द्रः साविक भट्टेडाँडा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ११३५३
क्षेत्रफलः १११.४९ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | घुसेल(१-९) | १४०२ | १०.८४ |
२ | २ | माल्टा(१-९) | १६४७ | १९.७२ |
३ | ३ | भट्टेडाँडा(१-९) | १५७२ | १८.५५ |
४ | ४ | प्युटार(१-९) | २१३७ | १२.३८ |
५ | ५ | र्इकुडोल(१-९) | १४४३ | १२.४३ |
६ | ६ | आश्राङ(१-९) | ११९७ | १३.२५ |
७ | ७ | गिम्दी(१-९) | १९५५ | २४.३१ |
जम्मा | ११३५३ | १११.४८ |
बागमती गाउँपालिकाको नक्सा
६. नामः महाङ्काल गाउँपालि
नेपालको बागमती प्रदेशको ललितपुर जिल्लामा अवस्थित यस महाङ्काल गाउँपालिका भौगोलिक हिसाबले ८५०४०” पूर्वी देशान्तर र २७०५०” उत्तरी अक्षांशमा रहेको छ । करीब ८२.४४ व.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको उत्तरमा कोन्ज्योसोम गाउँपालिका, पश्चिमतिर कोन्ज्योसोम र बाग्मती गाउँपालिका, दक्षिणमा बाग्मती गाउँपालिका र मकवानपुर जिल्ला र पूर्वमा काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । महाङ्काल गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते गाउँपालिका घोषणा गरीएको थियो । महाङ्काल गाउँपालिकामा साविकका गाविसहरु बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङ गाविसहरु समेटेर जम्मा ६ वडाहरु कायम गरिएको छ ।
महाङ्कालको अधिकतम तापक्रम २६.४ डिग्री सेल्सीयस र न्युनतम तापक्रम २.३ डिग्री सेल्सीयस रहेको पाईन्छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ३ वटा उमावि तह, ४ वटा मावि, ५ वटा निमावि र १७ वटा प्रावि गरी जम्मा २९ वटा शिक्षण संस्थाहरु संचालित छन् । ललितपुर जिल्लामा नयाँ गठन भएका दुई गाउँपालिकाहरुमा धेरै सम्भावना बोकेको गाउँपालिकाको रुपमा महाङ्काल गाउँपालिका त छँदैछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँवासी समेत यो गाउँपालिकाका दरिलो अनि दीगो बिकासको श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ
केन्द्रः साविक गोटीखेल गा.वि.स
जनसङ्ख्याः ८१२२
क्षेत्रफलः ८२.४४ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुखेल(१-९) | १३२७ | १२.५९ |
२ | २ | मानिखेल(१-९) | १७७२ | १६.१२ |
३ | ३ | गोटिखेल(१-९) | १७७९ | ९.९५ |
४ | ४ | कालेश्वर(१-९) | १०२२ | १५.९१ |
५ | ५ | चन्दनपुर(१-९) | ८२५ | ९.५२ |
६ | ६ | ठुलादुर्लुङ(१-९) | १३९७ | १८.३५ |
जम्मा | ८१२२ | ८२.४४ |
महाङ्काल गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समिति ललितपुर। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । ललितपुर जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।