लम्जुङ जिल्ला Lamjung District

परिचय

लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा  रहेको एक पहाडी जिल्ला हो ।”लमजुङ” शब्द मगर भाषाबाट आएको मानिन्छ। यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ। जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला महत्त्वपूर्ण र उर्वर क्षेत्र मानिन्छ । नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित मनाङ जिल्लामा जाने मोटरवाटो समेत यसै जिल्ला भएर  जान्छ । नदीनाला प्रशस्त भएको यो जिल्लामा जलविद्दुतको बढी सम्भावना रहेको छ । अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा लमजुङ जिल्लालाइ चिनिन्छ ।  लमजुङ जिल्ला शाहवंशको उद्गम जिल्ला पनि हो । शाहवंशले राज गरेको गाउँशहर दरबार यस लमजुङ जिल्लाको ऎतिहासिकरूपले महत्वपूर्ण स्थल हो । यो जिल्ला वीर भक्ती थापाको जन्मथलो भएको जिल्ला पनि हो । साथै राष्ट्रकवि माधव घिमिरे र संरक्षाणवीद डा. हर्क गुरूङको समेत यसै जिल्लामा जन्म भएको हो । सार्क नमुना गाउँ घलेगाउँले पनि यस जिल्लालाइ चिनाउन मद्दत पुर्याएको छ ।

घलेगाउँ लमजुङ
ऐतिहासिक चिनारी

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरूङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनैतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ। सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरूङ तथा घले जातिको सामाजिक तथा राजनैतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन। जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ।

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए। यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ। त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ। इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएको पाइन्छ। त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ।

लमजुङ मन्दिर

भाैगोलीक अवस्थिती

भौगोलिक अवस्थिति अनुसार यस जिल्ला २८० डिग्री ०३ मिनेट १८ सेकेण्ड देखि २८० डिग्री ३० मिनेट ३८ सेकेण्ड उत्तरी अक्षांससम्म तथा ८४० डिग्री ११ मिनेट २३ सेकेण्ड देखि ८४० डिग्री ३८ मिनेट १० सेकेण्ड पूर्वी देशान्तरसम्म फैलिएको छ ।  नया संरचना अनुसार यस जिल्लामा ४ वटा नगरपालिका र ४ वटा गाउपालिका रहेका छन | यस जिल्लाको पूर्वमा गोर्खा जिल्ला, पश्चिममा कास्की जिल्ला, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा तनहुँ जिल्ला पर्दछ ।

लमजुङ जिल्लाको भूगोल समुद्रि सतहदेखि ३८५ मिटर (नेपालको मध्य भाग,रम्घा) देखि विश्वका ८००० मिटरभन्दा अग्ला १४ अग्ला हिमालहरु मध्येमा पर्ने ८१६२ मिटर अग्लो मनास्लु हिमालसम्म फैलिएको छ । जिल्लाको कुल क्षेत्रफल १६९२ वर्ग किमी रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यो जिल्लाको विच भाग भएर बहन्छ । २०७८ को जनगणाना अनुसार लमजुङ जिल्लाको कुल जनसंख्या १ लाख ५५ हजार ८५२ रहेको छ जसमध्ये महिलाको संख्या ८१ हजार ७७५ (५२.५ प्रतिशत) र पुरूषको संख्या ७४ हजार ७७ (४७.५ प्रतिशत) रहेको छ ।

लमजुङ

लमजुङ जिल्लामा पाइने प्रमुख जडिबुटिहरू

लमजुङ जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन्।

लमजुङ जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरू

यस जिल्लामा दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकीय स्थलहरू रहेका छन ।

लमजुङ जिल्ला

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार तनहुँ  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  ४ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः बेसीशहर नगरपालिका

केन्द्रः साविक बेसीशहर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३८२३२

क्षेत्रफलः १२७.६४ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बेसीशहर

१,२

बेसीशहर

३-५

बेसीशहर

६,७

बेसीशहर

१७,१८

बेसीशहर

१५,१६

बेसीशहर

१३,१४

बागलुङपानी

३,४,७

बेसीशहर

११,१२

बेसीशहर

९,१०

बेसीशहर

बागलुङपानी

८-९

१०

बाँझखेत

१-९

हिलेटक्सार

११

चिति

१-९

 २.    नामः मध्यनेपाल नगरपालिका

नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको  यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.( जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा) लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट  ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका  गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र  भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ।

यस नगरपालिकामा मुख्य जातिको रुपमा गुरुङ्ग, ब्राह्मण, क्षेत्री, नेवार, मगर, दुरा, कामी आदि रहेका छन् भने नेपाली लोक संगीतमा दुर्लभ मानिने ठाडोभाका लोक गीतको जन्मथलो मानिने यस क्षेत्रमा बिभिन्न जातिय तथा परम्परागत नृत्यहरु पनि छन्। जसमा घाटु, चुड्का, कौरा र परम्परागत तिजका गित तथा नृत्यहरु यस नगरपालिकाका सर्वाधिक लोकप्रिय संकृतिहरु  हुन्।

नगरवासिहरु आंसिक रुपमा जागिरे, व्यापार र वैदेशिक रोजगारिमा संलग्न भयतापनि कृषि नै मुख्य आर्थिक स्रोत रहेको छ। खहरे, गोल्यङदि, रिस्ति, चर्दि, मिदिम, पिस्ति जस्ता खोलाका काखमा रहेका फाटहरु उर्भर र सदाबाहार छन्। हरेक बर्ष हिन्दुहरुको  महान पर्व शिवरात्रिको अवशर पारेर हजारौँ श्रदालु भक्तजनहरु हाम्रो यस नगरको काखमा रहेको प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरको दर्शन गर्नका निम्ति आउने गर्दछन्। यसै गरी नाग भैरवको मन्दिर, मालिका मन्दिर ,जल्पादेवी मन्दिर, जिता भयर थान मन्दिर आदि धार्मिक स्थलले आफनो छुटै अस्तित्व  बोकेका छन् ।

केन्द्रः साविक करापुटार नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २१९७१

क्षेत्रफलः ११३.८६ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मध्यनेपाल

१-३

मध्यनेपाल

४,५

मध्यनेपाल

६,७

मध्यनेपाल

१०-१२

मध्यनेपाल

८,९

करापुटार

३-५

करापुटार

६-८

करापुटार

९-११

करापुटार

१-२

१०

नेटा

१-९

 ३.    नामः राईनास नगरपालिका

नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७ गते साविकको तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्याराजुङ र राइनास मोहोरियाकोट गा.वि.स.हरुलार्इ समेटेर बनाएको हो । लमजुङ जिल्लाका ८ स्थानिय तहमा ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् जसमा भानुभक्त राजमार्गको नेपालडाँडाबाट करिब १ कि.मी. पूर्वमा पर्ने यस नगरपालिकाको अधिकांश भू-भाग पहाडी क्षेत्रले ढाकेको छ भने केही भाग टार बेसीले ढाकेको छ । यस नगपालिकाको आफैमा भौगोलिक विविधताले सम्पन्न त छदैछ यसका साथै यस नगरपालिकामा राइनासकोट, रुद्रदेवी मन्दिर, चक्रदेवी शिवालय धाम, महादेव मन्दिर, झाक्रिथान मन्दिर, कालिका मन्दिर, भैरवदेवी मन्दिर, सालमेडाँडा, सिमघारी गाउँ आदि रहेको छ ।

यस राइनास नगरपालिकालार्इ अनेकौ डाँडाकाडा, पहाड, लेक, वेसी, खहरे, नदीनाला, खोल्सा खोल्सी, उकाली ओराली, भज्याङ देउराली, थुम्काथुम्की, कोट गढी, मठ मन्दिर ,हरिया वन जंगल आदिले रोमाञ्चकता प्रदान गरिरहेका छन् । यिनै प्राकृतिक परिदृश्यमा यसले आ-आफ्नै मौलिकता अस्तित्व बोकेको छ । लमजुङ गार्खा भएर बग्ने पवित्र र स्वच्छ एंव निर्मल जलले बोराङ्खोला देखि साहिलीटार, टिमुरे, सातविसे, अल्कटार, तीनपिप्ले, स्याउली, धमिलीकुवा, गरमवेशी हुँदै चेपेघाट सम्म समथर खेतबारी र ठूला ठूला टारहरु सिंचित भएका छन् । यो फाँट तथा टारहरुमा बाह्रै महिना हराबरा बालीहरु लगाइरहेका हुन्छन् । यसकारण यस चम्पावती नदीलार्इ यस नगरपालिकाको महत्वपूर्ण गहनाका रुपमा लिन सकिन्छ । अझै उच्च तर्फ हेर्ने हो भने राइनासकोट र यसको अगलवगलमा जति हेरे पनि नअघाइने प्रकृति र विविध सँस्कृतिका गाँउ बस्तीहरु एंव हिमशृङ्खलाहरु देख्न पाइन्छ ।

केन्द्रः साविक राईनास नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १७४०२

क्षेत्रफलः ७१.९७  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

राईनास

१०

राईनास

राईनास

राईनास

राईनास

राईनास

४,५

राईनास

राईनास

१,२

राईनास

१३,१४

१०

राईनास

११,१२

 ४.    नामः सुन्दरबजार नगरपालिका

सुन्दरबजार नगरपालिका गण्डकी प्रदेशको  लमजुङ जिल्लामा पर्दछ । लमजुङ जिल्ला अन्तरगत पर्ने भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा , कुन्छा, चन्द्रेश्वर, दुराडाडाँ, ध्रुसेनि र सिन्दुरे गा वि स मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । ७२.०३ बर्ग किमि क्षेत्रफल रहेको यस नगरपालिकाको कुल जनसंख्या २७०४३ (जनगणना २०७८) छ । साविकमा सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेकाेमा हाल थप चार गा.वि.स. मिलाएर सुन्दरबजार नगरपालिका २०७३ मा धाेषणा भएकाे हाे ।

केन्द्रः साविक सुन्दरबजार नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २७०४३

क्षेत्रफलः ७२.०५ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सुन्दरबजार

१३,१४

सुन्दरबजार

११,१२

चन्द्रेश्वर

१-९

दुराडाँडा

१-९

सुन्दरबजार

९-१०

सुन्दरबजार

६,८

सुन्दरबजार

५,७

सुन्दरबजार

१,२

सुन्दरबजार

३,४

१०

धुसेनी

१-९

११

सिन्दुरे

१-९

 ५.    नामः कव्होलासोथार गाउँपालिका

गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत क्व्होलासोथार गाउँपालिका उत्तर-पूर्वमा मर्स्याङ्दी गाउँपालिका,पश्चिममा कास्कीको सिमाना,दक्षिण-पूर्वमा बेसीसहर नगरपालिका र दक्षिण-पश्चिममा मध्यनेपाल गाउँपालिकाको बीचमा अवस्थित रहेको छ। क्व्होलासोथार गाउँपालिकाको  स्थापना २०७३ साल मा भएको हो । यस गाउँपालिका अन्तर्गत हाल साबिकको बाग्लुङपानी गा.वि.सको वडा १,२,५ र ६ , मालिङ ,उत्तरकन्या,भुजुङ, पसगाउँ , भोजे र गिलुङ गा.वि.स लाई एक गरि क्व्होलासोथार गाउँपालिका बनेको हो। पसगाउँ र भोजे गा.वि.स लाइ दुई दुई वडामा विभाजन गरिएकाेले यस गाउँपालिकामा हाल नौ वटा वडा कायम भएको छ ।  जम्मा १७५.३७ वर्ग कि.म छेत्रफलमा फैलिएको यो क्षेत्र आन्तरिक एवम् बाहिरी पर्यटकको प्रमुख गन्तब्य बनेको छ।

 भौगोलिक बनावटले पनि सुन्दर अनि गुरुङ समुदायको बाहुल्यता भएको यस क्षेत्रमा एसिया महादेशको नमुना गाउँ घलेगाउँ र भुजुङ पनि पर्दछ। नेपालकै दोश्रो होम-स्टेको अवधारण पनि यसै गाउँपालिकाबाट सुरु भएको थियो। कृषि पर्यटन र आन्तरिक रीति-संस्कृतिले पनि क्व्होलासोथारको आफ्नै छुट्टै पहिचान बनाएको छ। गुम्बा,मठ-मन्दिर र  समुदायको भेष-भुषा, चाड-पर्बको बिषयमा अध्ययन गर्नेको लागि पनि एक गन्तव्य स्थलको रुपमा देखिएको छ । ल्होसार ,दशैँ, तिहार, बुद्ध पुर्णिमा यहाँको  प्रमुख चाडपर्ब हुन भने घाँटु सोरठि नृत्य पनि आकर्षणको रुपमा रहेका छन्। पर्यटन,चिया बगान,कफि बगान,आलैंची खेति र भेडा पालन यस भेगका आम सर्वसाधरण मानिसको प्रमुख आय आर्जनको स्रोत हो।

लमजुङ जिल्लाको मनोरम दृश्य, सेता हिउले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्य हेर्नको निम्ति भिउ-टावोर,गुरुङ समुदायको परा-पूर्ब कालदेखिको रिति संस्कृति र पहिचानको जगेर्ना गर्नका निमित निर्माण गरिएको संग्रालय साथ-साथै घले राजाको पार्कले पनि क्व्होलासोथारको सुन्दरता थपेको छ ।क्व्होलासोथार गाउँपालिकामा प्रविधिको पनि राम्रै उपभोग भएको क्षेत्र मान्न सकिन्छ, भुजुंङमा माल-सामान ओसार-पोसार गर्नक लागि रोप-वेको निर्माण, पयेटकको सुबिधाको लागि विभिन्न क्षेत्रमा नि-शुल्क इन्टरनेटको सुबिधा र सौर्य-उर्जाको प्रयोगका निम्ति सर्ब-सधारणलागि प्रोत्साहन गरिएको छ ।

केन्द्रः साविक मालिङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ७९६०

क्षेत्रफलः १७५.३७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

बाग्लुङपानी

१,२,५,६

मालिङ

१-९

उत्तरकन्या

१-९

भुजुङ

१-९

पसगाउँ

१-४

पसगाउँ

५-९

भोजे

१-५

भोजे

६-९

गिलुङ

१-९

 ६.    नामः दूधपोखरी गाउँपालिका

लमजुङकाे दूधपाेखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे दूधपाेखरी समूद्री सतहदेखि ४ हजार ३ सय मिटरकाे उचार्इमा रहेकाे दूधपाेखरी कुण्डकाे अाधारमा यस गाउँपालिकाकाे नाम “दूधपाेखरी गाउँपालिका” रहन गएकाे हाे । हिमालकाे काखमा रहेकाे दूधपाेखरी धाम लमजुङकाे मात्र नभइ देशकै पवित्र तीर्थस्थलकाे रुपमा प्रसिद्ध छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो ।

दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५.३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या ८५९२ रहेको छ ।भाैगाेलिक अवस्थितिः अाक्षांस २८.१८’ देखि उत्तर, देशान्तर ८४.५७’ पूर्व। यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।

केन्द्रः लेवरचोक

जनसङ्ख्याः ८५९२

क्षेत्रफलः १५३.३३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दूधपोखरी

१-९

विचौर

१-९

ईलमपोखरी

१-४

ईलमपोखरी

५-९

कोल्की

१-९

गौंडा

१-९

 ७.    नामः दोर्दी गाउँपालिका

केन्द्रः साविक नौथर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६०५०

क्षेत्रफलः ३५०.९३ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भरते

१-९

अर्चलेवोट

१-९

श्रीभन्ज्याङ

१-९

नौथर

१-९

पाचोक

१-९

ढोडेनी

१-९

फलेनी

१-९

बन्सार

१-९

हिलेटक्सार

१-८

 ८.    नामः मर्स्याङदी गाउँपालिका

नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मस्र्याङदी गाउँपालिका हो । यो  गाउँपालिका साविकका ७ वटा गा.वि.स (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) मिलेर बनेको हो जसमा वडाहरु (वडा नं. १ः घनपोखरा (२–४,९)ं,वडा नं. २ःघनपोखरा(१,५,६–८) ,वडा नं. ३ः खुदी(१–९) ,वडा नं. ४ःताघ्रिङ(१–९) ,वडा नं. ५ः घेर्मु(१–९) ,वडा नं. ६ः बाहुनडाँडा(१–९) ,वडा नं. ७ः भुलभुले(५–९) ,वडा नं. ८ः भुलभुले(१–४)  ,वडा नं. ९ःसिम्पानी(१–९) )। यसको क्षेत्रफल ५९७.२५ वर्ग कि.मि. छ ।

यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोथार गाउँपालिका ,दक्षिणःबेसिशहर नगरपालिका छ भने उत्तरी सिमानामा मनाङ जिल्लाको  नासोङ गाउँपालिका रहेको छ । घनपोखरा, हनीहन्टीङ् थाम्रोयु,सिउरुंग होम स्टे , विर भक्ती थापा पार्क, स्यागे झरना,जगत तातोपानी कुण्ड, रक गार्डेन,चिप्ला क्यानोनिङ्, बाहुनडाँडा तातोपानी कुण्ड,राष्ट्रकवी माधव प्रसाद घिमिरे जन्मस्थल, बराह पोखरी, डा.हर्क गुरुङ् समाधी स्थल, सुरुङ्मार्ग,भुस्मे तामाङ् होम स्टे, गाईखुरेश्वर महादेव,सिद्ध कोटकालीका पर्यटकिय केन्द्र समेटिएको  छ । ९ वटा वडा कार्यालय भएको यस पालिका केन्द्र ८ नं. वडा अन्तर्गत भुलभुलेमा रहेको छ।

केन्द्रः साविक भुलभुले गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७०८०

क्षेत्रफलः ५९७.२५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

घनपोखरा

२-४,९

घनपोखरा

१,५,६-८

खुदी

१-९

ताघ्रिङ

१-९

घेर्मु

१-९

बाहुनडाँडा

१-९

भुलभुले

५-९

भुलभुले

१-४

सिम्पानी

१-९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति लमजुङ र जिल्ला प्रशासन कार्यालय  लमजुङ। तस्विर सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । लमजुङ  जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *