Photo of Rautahat

रौतहट जिल्ला Rautahat District

परिचय

मधेश प्रदेश अन्र्तगत रौतहट नेपालको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित एक जिल्ला हो । राैतहट जिल्लाको नामाकरणको सम्वन्धमा आदीवासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरु मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा अपभ्रंस भएर रौतहट बनेको विश्वास रहि आएको छ। खासगरी राउत भन्नाले  यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा अपभ्रंस भएर रौतहट बनेको हो । यसप्रकार रौतहट शब्दको अर्थ यादवहरुको वस्ती भएको ठाउँ भन्ने बुझीन्छ।

Photo of Rautahat
जंगे झरना राैतहट
ऐतिहासिक चिनारी

राैतहट जिल्लाको दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ । जहाँवाट नेपाली क्रान्तिको प्रथम शुरूवात भएको थियो । त्यो भन्दा पनि पहिले नेपाल एकिकरण हुनु पूर्व जय प्रकाश मल्ल द्वारा झिकाइएका बंगालका सुल्तानका फौजलाई लखेडदै आएका गोर्खाली सेना र वंगाली सेना बीच रौतहटको संग्रामपुरमा लाडाँइ भएको, समनपुरमा पुग्दा युद्व समाप्ती भएको, र विश्रामपुरमा पुगी नेपाली सेनाले विजयोत्सव मनाई ऐतिहासिक राजदेवी मन्दिरमा पूजापाठ बली भोग चढाई र्फिता भएको भन्ने कुरा प्रचलित रहेको छ ।

Nunthar
धार्मिक स्थल नुन्थर राैतहट
भाैगोलिक अवस्थिती

समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्ला १,१२६ वर्ग किलोमिटर क्षेत्रमा फैलीएको छ ।  रौतहट २६ डिग्री १४“ देखि २६ डिग्री १४“ अक्षांश र ८५ डिग्री १४“ देखि ८५ डिग्री ३०“ सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा २१२५ मिलिमिटरसम्म वर्षा हुन्छ । यस जिल्लालाई र्पूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ । पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ । रौैतहट जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा,उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्ला पर्दछ भने गौर रौतहट जिल्लाको सदरमुकाम हो ।

shree krishna pranami mandir
श्रीकृष्ण प्रणामी मन्दिर राैतहट
राैतहट जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरू

१.शिवनगर – श्रीपञ्चमी, महाशिवरात्री, बैशाख त्रयोदशी, श्रावण महिना, हरेक आइतबार भगवान शिवको लिङ्गको दर्शन गरी भाकल पुरा हुने विश्वास गरिन्छ ।

२.पौराई ब्रह्मस्थल -हरेक मंगलबार र शनिबार भाकल पुरा हुने भएकोले दर्शन गर्न प्रसिध्द रहेको छ ।

३.राजदेवी – विजयादशमी देवीको दर्शन गर्न प्रसिध्द रहेको छ ।

४. नुनथर  -कार्तिक पूर्णिमा र श्रावण महिनाभर  यस ठाउँमा नुहाउनाले रोगहरु निको हुन्छ भन्ने विश्वास रहेको छ ।

५. पुरेनवा दरबार – ऐतिहासिक दरबार

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार राैतहट जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १६ वटा नगरपालीका र २ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

रौतहट जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
चन्द्रपुर नगरपालिका चन्द्रपुर नगरपालिका १०
गरुडा नगरपालिका गरुडा नगरपलिका, रघुनाथपुर र पिपरीया दोस्तीया गा.वि.स.
गौर नगरपालिका गौर नगरपालिका
बौधीमाई नगरपालिका अजगैवी, इनर्वा, इनरवारी जिउताही, सरमुजवा र पिपरिया परोहा गा.वि.स.
बृन्दावन नगरपालिका विश्रामपुर, रमौली बैरिया, हर्दीया, गमहरिया विर्ता र सखुअवा धमौरा गा.वि.स.
देवाही गोनाही नगरपालिका देवाही, करुणिया, कर्कचकर्मैया, प्रेमपुर गोनाही र धरहरी गा.वि.स.
गढीमाई नगरपालिका समनपुर, मदनपुर, गम्हरीया पर्सा, संग्रामपुर, बरियारपुर र धर्मपुर गा.वि.स.
गुजरा नगरपालिका रंगपुर, कनकपुर, लक्ष्मीपुर दोस्तीया, प्रतापपुर पल्टुवा र सिमरा भवानीपुर गा.वि.स.
कटहरिया नगरपालिका बभसेडवा, हथियाही, बिर्ति प्रस्टोका, कटहरीया, बगही र पिपरा पोखरीया गा.वि.स.
१० माधव नारायण नगरपालिका खेसरहीया, सखुअवा, मिठुअवा, दिपही, माधोपुर, गढो भगवानपुर, विष्णुपुर मानपुर, र पिपरा राजवाडा गा.वि.स.
११ मौलापुर नगरपालिका सोनरनीया, मर्यादापुर, पतौरा र पथरा बुधराम गा.वि.स.
१२ फतुवाबिजयपुर नगरपालिका टेंग्राहा, सन्तपुर दोस्तीया, शितलपुर बैरगनिया, लक्ष्मीनिया र फतुहा हर्षाहा गा.वि.स. ११
१३ ईशनाथ नगरपालिका बन्जरहा, डुमरीया परेहा, औरैया, मठिया, जटहारा र जोकाहा गा.वि.स.
१४ परोहा नगरपालिका बसन्तपट्टी, नरकटिया, लौकाहा, तेजापकड, जिंगडवा वेलविछवा र रामपुरखाप गा.वि.स.
१५ राजपुर नगरपालिका राजपुर फरहदवा, अकोलवा, बौरिया, पतुहा महेशपुर र पिपरा भगवानपुर गा.वि.स.
१६ राजदेवी नगरपालिका झुन्खुनवा (१-५), हजमनिया, बसतपुर, राजदेवी, मुदबलावा, लक्ष्मीपुर बेल्बिछवा र ब्रह्मपुर
१७ दुर्गा भगवती गाउँपालिका पिपराभलोहीया,गंगापिप्रा, मत्सरी, पचरुखी र बडहर्वा गा.वि.स.
१८ यमुनामाई गाउँपालिका जेटरैया, भेडीयाही, राजापुर तुल्सी, सरुअठा र झुन्खुनवा (६-९) गाविस
जम्मा १५७

१.      नामः चन्द्रपुर नगरपालिका

चन्द्रपुर नगरपालिका साविकको पाँच वटा गाविसहरु चन्द्रनिगाहपुर, पौराइ, जुडीबेला, सन्तपुर र डुमरिया मिलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७०।०१।०१ को निर्णय अनुसार घोषणा गरिएको हो । पूर्वमा बाग्मती नदी र पश्चिममा धन्सार खोला, उत्तरमा चुरे लेक र त्यो माथि रहेको मकवानपुर जिल्ला तथा दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिका रहेको छ । यो नगरपालिका रौतहट जिल्लाकै जनसंख्या र क्षेत्रफलको आधारमा ठूलो नगरपालीका हो ।

चन्द्रसमशेर प्रधानमन्त्रि हुदाँ बस्नकाे लागी निगाहा (बक्सनु/दिनु) भएकोले यसको नाम चन्द्रनिगाहपुर रहन गएको भन्ने भनाई रहेको छ । त्यतिबेला राणाहरु तराई तीर सिकार खेल्न जादा यस क्षेत्रमा बस्ने गरेको पाईन्छ । जंग बहादुर तत्कालिन भिक्षाखोरी हालको अमलेखगञ्ज हुदै सिकार खेल्ने गरेको पाईन्छ । यस क्षेत्रमा २००७ सालको त्रान्ति पछि व्यापक रुपमा वन फँडानी भई मानव बस्ति बस्न थालेको पाईन्छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन भने क्षेत्रफल २४९.६ वर्ग कि.मि. रहेको छ ।

केन्द्रः साविक चन्द्रपुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ८१८०७

क्षेत्रफलः २४९.९६ (वर्ग कि.मि.)

वडा संख्याः १०

चन्द्रपुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
चन्द्रपुर नगरपालिका(८,९) ७१०८ २३.५८
चन्द्रपुर नगरपालिका(६,७) ८९२० ५७.८४
चन्द्रपुर नगरपालिका(२) ५६०७ ७२.३४
चन्द्रपुर नगरपालिका(१) ८६६७ २२.४५
चन्द्रपुर नगरपालिका(३) ७३९५ २.४६
चन्द्रपुर नगरपालिका(४,५) ८१९७ २८.५६
चन्द्रपुर नगरपालिका(११) ८३४५ ८.३
चन्द्रपुर नगरपालिका(१०,१२) ९४९८ १०.००२
चन्द्रपुर नगरपालिका(१४) ७३४९ ८.२३
१० १० चन्द्रपुर नगरपालिका(१३,१५) १०७२१ १६.१८
जम्मा ८१८०७ २४९.९४२

चन्द्रपुर नगरपालिकाको नक्सा

Chandrapur Rural Municipality Map Rautahat

 २.      नामः गरुडा नगरपालिका

भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश  प्रदेश  अन्तर्गत पर्ने तराई क्षेत्रको जिल्ला रौतहट सदरमुकाम गौर भन्दा उतर २२ कि.मी र चंद्रपुर भन्दा २० कि.मी दक्षिणमा रहेको रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा वृन्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका रहेको छ ।

विं. स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं. स.२०७१ पुस २१ गते औपचारिक रुपमा साविकको गा.बि.स.हरु गरुडा बैरिया , महमदपुर, जयनगर, गेडहीगुठी, मलाही, पोठियाही र बसबिट्टी जिगडिया समायोजन भै गरुडा नगरपालिकाको स्थापना भएको हो । यसपश्चात लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था पश्चात स्थानीय तह पूर्नसंरचनाका लागि गरिएको निर्णयानुसार साविक गा.बि.स. पिपरिया दोस्तिया र रघुनाथपुर् गाविसको समायोजन भइ ९ वटा वडा सहितको नगरपालिको प्रवद्धिकरण भएको हो । यस नगरपालिकाको क्षेत्रफल ४४ .४६ वर्ग कि.मी. रहेको छ ।

जातिय, धार्मिक, भाषिक, साँस्कृतिक, सामाजिक तथा राजनैतिक महत्व तथा विशेषता बोकेको यस गरुडा नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । सामाजिक अवस्था :- गरुडा न.पा. रौतहटकै प्रगति उन्मुख नगर हो । जहाँ बिजुली, बत्ती, खानेपानी, बाटो घाटो, पुल, अस्पताल, विद्यालय उच्चशिक्षा खेलकुद लगायत सम्पूर्ण दृष्टिले  सु सम्पन्न नगर हो ।यहाँ मुख्यत व्यापार ब्यबशाय ,कृषि मुख्य आम्दानीको स्रोत रहेको छ  ।

यहाँ मुस्लिम,यादव,कलवार लगायत बिभिन्न जातजातिको बसोबास रहेको छ l। यस नगरपालिकाको वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिर आकर्षण को केन्द्र रहेको छ ।बिभिन्न धर्म सस्कृती मान्ने व्यक्तिहरुको बसोबास रहेको  यस नगरपालिकामा एक अर्का प्रति सहयोग र अपनत्वको भावना देखिन्छ।बिभिन्न भाषाभाषी को बासोबास रहेको यस नगरपालिकामा मुख्यत बज्जिका भाषा बोलिन्छ ।

केन्द्रः साविक गरुडा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६०८५७

क्षेत्रफलः ४४.४६(वर्ग कि.मि.)

वडा संख्याः

गरुडा नगरपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गरुडा नगरपलिका(१३,१४) ७२२० ४.५१
गरुडा नगरपलिका(८,९) ५५३७ २.६७
गरुडा नगरपलिका(१०) ३३०४ २.६
गरुडा नगरपलिका(१,२) ६९५२ ३.४७
गरुडा नगरपलिका(३-५) ९१६६ ६.३३
गरुडा नगरपलिका(६,७) ७९२३ ४.६१
पिपरीया दोस्तीया(१-९) ५६५० ५.८३
गरुडा नगरपलिका(११,१२) ७६३१ ६.४८
रघुनाथपुर(१-९) ७४७४ ७.९६
जम्मा ६०८५७ ४४.४६

गरुडा नगरपालिकाको नक्सा

Garuda Municipality Map Rautahat

 ३.      नामः गौर नगरपालिका

गौर नगरपालिका नेपालको मधेश प्रदेश को रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको घोषणा  वि. स. २०४८ चैत्र ३० गते भएको थियो  र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो |  यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ |  जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन |

केन्द्रः साविक गौर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३९८४६

क्षेत्रफलः ५१.३ ( वर्ग कि.मि.)

वडा संख्याः १३

गौर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गौर(१,२) ३२४७ १.४४
गौर(३,४) ४४४५ ०.८७
गौर(५) ४७८६ १.४
गौर(६,७) ६०४३ ४.२६
गौर(८,९) ६७२१ ०.७
गौर(१०) ५३८९ ४.२५
गौर(११) २६८१ २.१४
गौर(१२) ३३८५ १.८६
गौर(१३) ३१४९ ४.६१
जम्मा ३९८४६ २१.५३

गौर नगरपालिकाको नक्सा

Gaur Municipality Map Rautahat

 ४.      नामः बौधीमाई नगरपालिका

केन्द्रः साविक सरमुजवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३९३२५

क्षेत्रफलः ३५.३४३ (वर्ग कि.मि.)

वडा संख्याः

बौधीमाई नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
अजगैवी(१-९) ४३१० ३.५८
इनर्वा(१-७) ४०७८ ४.०५
इनर्वा (८,९) र इनरवारी जिउताही(८,९) ३१९९ ५.६७
इनरवारी जिउताही(१-७) ५६१५ ३.७९
पिपरीया परोहा(६-९) ४८५७ ४.४३
पिपरीया परोहा(१-५) ४९४३ ५.५७
सरमुजवा(७,८,९) ४६५९ ३.९३
सरमुजवा(४-६) ३९२४ १.८६
सरमुजवा(१-३) ३७४० २.४८
जम्मा ३९३२५ ३५.३६

बौधीमाई नगरपालिकाको नक्सा

Boudhimai Municipality Map Rautahat

 ५.      नामः बृन्दावन नगरपालिका

केन्द्रः साविक विश्रामपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४९७४२

क्षेत्रफलः ९५.४  (वर्ग कि.मि.)

वडा संख्याः

बृन्दावन नगरपालिका को विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
रमौली बैरिया (१-७), विश्रामपुर(८) ८५१६ ५५.३७
विश्रामपुर(६,७,९) ५६३२ ५.६८
विश्रामपुर(१-५) ५३४७ १.३५
हर्दीया(१-९) ४९१५ ६.३९
रमौली बैरिया(८,९) १७८२ २.२५
सखुअवा धमौरा(६-९) ७४५२ ७.४८
सखुअवा धमौरा(१-५) ७२५४ ५.२१
गमहरिया विर्ता(२,३,७,८,९) ३८११ ६.४१
गमहरिया विर्ता(१,४,५,६) ५०३३ ५.२७
जम्मा ४९७४२ ९५.४१

 ६.      नामः देवाही गोनाही नगरपालिका

जनसङ्ख्याः ३८६९०

क्षेत्रफलः ३३.९९ (वर्ग .मि.)

वडा संख्याः

देवाही गोनाही नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
करुणीया(१-५) ४२३७ ३.७५
करुणीया(६-९) ५०९३ २.४७
देवाही(१,२,३,४,७) २७३५ १.९६
देवाही(५,६,८,९) ५५१२ २.७८
कर्कचकर्मैया(६-९) ३८६३ ७.१५
कर्कचकर्मैया(१-५) ४९९० ५.९१
प्रेमपुर गोनाही(१-४,८,९) ६०२३ ४.६३
प्रेमपुर गोनाही(५-७) २६५२ १.९३
धरहरी(१-९) ३५८५ ३.४१
जम्मा ३८६९० ३३.९९

देवाही गोनाही नगरपालिकाको नक्सा

Dewahi Gonahi Municipality Map Rautahat

 ७.      नामः गढीमाई नगरपालिका

गढीमाइ नगरपालिकाको स्थापना वि. स. २०७३ सालमा भएको हो । नेपालको दोस्रो ठुलो गढीमाई मन्दिर र मेला यसै न. पा. मा रहेको र सोही धार्मिक स्थलको नामबाट यस न. पा. को नाम गढीमाई नगरपालिका नामाकरण भएको हो । यस न. पा.को केन्द्र रौतहट जिल्लाकै पुरानो र नेपाल अंग्रेज युद्ध भएको युद्धस्थल  समनपुर बजारमा रहेको छ । जसको ऐतिहासिक नाम लडैया समनपुर पनि रहेको छ ।

यो नगरपालिका प्रसिद्ध बागमति नदिको किनारमा रहेको छ जसले सर्लाही जिल्ला र यस न.पा. लाई छुटयाउने सिमानाको पनि काम गरेको छ । यो नगरपालिका बागमती नदी को मिठो माछा तथा जिल्लाको विभिन्न ठाउँमा निर्माण सामाग्री निर्यातको लागि पनि चिनिने गरिन्छ । नेपाल अंग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले पनि यस न.पा.को आफनै एतिहासिक विशेषता रहेको छ ।

पाँच वर्षमा लाग्ने नेपालकै दास्रो ठुलो गढीमाई मेलाले पनि यस ठाउँमा लाखौ धार्मिक पर्यटकहरुको घुईचोले यस न.पा. को चिनारीलाई प्रष्टाएको छ । यस न. पा. को प्रमुख आन्तरिक आय स्रोत भनेको नदीजन्य निर्माण सामाग्रीको उत्खनन तथा बिक्री वितरण हो । यस नगरपालिका मा मुख्य गरी यादव, मुस्लिम, मलाह, कानु, ब्राम्हण, कायस्थ, थारु, बनियाँ, कुम्हाल, नेवार, चमार, दुसाध, मुस्हर, डोम आदि जात जातिहरुको बसोवास रहेको छ ।

केन्द्रः साविक समनपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४९१३५

क्षेत्रफलः ४९.४४ (वर्ग कि.मि.)

वडा संख्याः

गढीमाई नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
समनपुर(१,२,६-८) ५०९६ ६.२८
समनपुर(३-५,९) ३९२७ ३.७९
गम्हरीयापर्सा(४२७४४) ९३७० ९.१८
संग्रामपुर(४२७४४) ६७५४ ५.४६
मदनपुर(४२७४४) २५४२ ४,९७
धर्मपुर(१,२,६-९) ५९५० ४.८२
धर्मपुर(४२७९९) ६२१६ २.०६
बरियारपुर(४२७४०) ४४९४ ७.८
बरियारपुर(४२८९५) ४७८६ ५.०८
जम्मा ४९१३५ ४८.४७

गढीमाई नगरपालिकाको नक्सा

Gadhimai Municipality Map Rautahat

 ८.      नामः गुजरा नगरपालिका

गुजरा नगरपालिका नेपालको मधेश प्रदेश रौतहट जिल्ला भित्रको १६ नगरपालिका मध्ये को  दोस्रो ठुलो नगरपालिका हो। यो नगरपालिकाको बीच बाट बग्ने प्रमुख नदि गुजराको नामबाट यो नगरपालिकाको नाम गुजारा नगरपालिका राखिएको छ । रौतहट जिल्लाको उत्तर तर्फ अवस्थित यो नगरपालिका समुन्द्र सतह देखि ८२ मीटर उचाईमा रहेको छ । यो नगरपालिका ८५ﹾ१८’३३.७१”अक्षांस र २७ﹾ२.५६.६९” देशान्तर  बीच अवस्तिथ  रहेको छ । यस नगरपालिकाको पूर्वमा चंद्रपुर न.पा र वृन्दावन न.पा रहेको छ । पश्चिम मा फतुवा विजयपुर न.पा,कटहरिया नपा र  बारा जिल्ला पर्दछ । उत्तर मा चंद्रपुर नपा र मकवानपुर जिल्ला पर्दछ भने दक्षिण तर्फ कटहरिया र गरुडा न.पा पर्दछ । यस न.पा को कुल क्षेत्रफ़ल १५०.३३ बर्ग कि.मि.  रहेको छ ।

केन्द्रः साविक गुजरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५४०३३

क्षेत्रफलः १५०.३३ (वर्ग कि.मि.)

वडा संख्याः

गुजरा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
रंगपुर(१,२,६,७,८,९) ४१८२ १०.४६
रंगपुर(३-५) ६९१५ ६५.६४
कनकपुर(३-६) ५६५७ ३५.९७
कनकपुर(१,२,७,८,९) ५६१४ ४.९७
लक्ष्मीपुर दोस्तीया(१-९) ८९७७ ८.९६
प्रतापपुर पल्टुवा(३,६,७,८) ५३१० ६.९१
प्रतापपुरपल्टुवा(१,२,४,५,९) ५७५९ ५.८७
सिमरा भवानीपुर(१,६,७,८) ५९१६ ६.५९
सिमरा भवानीपुर(२,३,४,५,९) ५७०३ ४.९६
जम्मा ५४०३३ १५०.३३

गुजरा नगरपालिकाको नक्सा

Gujara Municipality Map Rautahat

 ९.      नामः कटहरिया नगरपालिका

केन्द्रः साविक कटहरिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४५८२१

क्षेत्रफलः ४०.६९ (वर्ग कि.मि.)

वडा संख्याः

कटहरिया नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
भसेडवा(१-९) ६६३९ ८.३२
हथियाही(१-९) ८५७४ ६.५३
बिर्तिप्रस्टोका(१-९) ४१२५ ५.९५
कटहरीया(१,२,३,७) ६०५० ५.०४
कटहरीया(४,५,६,८,९) ६२६२ २.५६
बगही(१-४) ३५७२ ४.३५
बगही(५-९) ३६२४ १.०६
पिपरा पोखरीया(१-५) ३८४१ ५.०६
पिपरा पोखरीया(६-९) ३१३४ १.८२
जम्मा ४५८२१ ४०.६९

कटहरिया नगरपालिकाको नक्सा

Katahariya Municipality Map Rautahat

 १०.  नामः  माधवनारायण नगरपालिका

केन्द्रः साविक माधोपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४०८९४

क्षेत्रफलः ४८.५३ (वर्ग कि.मि.)

वडा संख्याः

माधव नारायण नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
दिपही(४२७४४) ४५९८ ३.३४
खेसरहीया(४२७४४) ३६०० ४.३१
सखुअवा(४२७४४) ५४२५ ५.५
बिष्णुपुरमानपुर(४२७४४) ४६१० ५.६
मिठुअवा(४२७४४) ४६७२ ५.५३
माधोपुर(४२७४४) ८३३८ ४.८५
पिपराराजवाडा(४२७४०) ४९७३ ५.९९
पिपराराजवाडा(४२८९५) ३७३१ ३.१७
गढोभगवानपुर(४२७४४) ९४७ १०.२६
जम्मा ४०८९४ ४८.५५

माधव नारायण नगरपालिकाको नक्सा

Madhav narayan Rural Municipality Map Rautahat

११.  नामः  मौलापुर नगरपालिका

केन्द्रः साविक पतौरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३२३२५

क्षेत्रफलः ३४.७५ (वर्ग कि.मि.)

वडा संख्याः

मौलापुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मर्यादापुर(१,२,३,५,६) ४३३९ ४.१६
मर्यादापुर(४,७,८,९) २२३९ २.८९
पतौरा(४२९२५) ३८२४ ५.७६
पतौरा(४२७३८) २५१७ २.०४
पतौरा(४२८३१) ३६६४ २.७५
पथराबुधराम(४२७४१) ४६५५ ४.१३
पथराबुधराम(४२९२५) ३४३९ ४.८१
सोनरनीया(४२७४०) ३४४६ ३.९१
सोनरनीया(४२८९५) ४२०२ ४.३
जम्मा ३२३२५ ३४.७५

मौलापुर नगरपालिकाको नक्सा

Maulapur Municipality Map Rautahat

 १२.  नामः  फतुवाबिजयपुर नगरपालिका

केन्द्रः साविक लक्ष्मीनिया गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४२२१८

क्षेत्रफलः ६५.२४ (वर्ग कि.मि.)

वडा संख्याः ११

फतुवाबिजयपुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
शितलपुरबैरगनिया(५,६,८,९) ५३१९ ६.५२
शितलपुरबैरगनिया(१-४,७) ४१२८ २.९
टेंग्रहा(४२८९५) ३५८९ २.८
टेंग्रहा(४२७४०) ३६३२ ६.५२
सन्तपुरदोस्तिया(२-५,७) ५४८२ ५.५७
सन्तपुरदोस्तिया(१,६,८,९) ४०७३ ६.२१
फतुहाहर्षाहा(४२७४०) २०७४ २.३९
लक्ष्मीनिया(२,४) ३६४२ ५.९६
लक्ष्मीनिया(१,३,५) २८५७ ४.०४
१० १० फतुहाहर्षाहा(४२८९५) १८९९ ३.५५
११ ११ लक्ष्मीनिया(४२८९५) ५५२३ १८.७८
जम्मा ४२२१८ ६५.२४

फतुवाबिजयपुर नगरपालिकाको नक्सा

Fatuwa bijaypur Municipality Map Rautahat

 १३.  नामः  ईशनाथ नगरपालिका

ईशनाथ नगरपालिकाको नामाकारण वडा नं. ३ औरैया स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट ईशनाथ नगरपालिका नामकरण भएको देखिन्छ। ईशनाथ नगरपालिकाको स्थापना: २०७३ सालमा भएको हो । यस नगरपालिका अन्तर्गत कुल ९ वडा वडामा विभाजित गरिएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.) मा फैलिएको देखिन्छ । यहाको हवापानी उष्ण प्रदेशीय छ । यस नगरपालिकामा साविको गा.वि.स.: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा लाई समावेश गरिएको देखिन्छ ।

केन्द्रः साविक औरेयागा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५१८५५

क्षेत्रफलः ३५.१७ (वर्ग कि.मि.)

वडा संख्याः

ईशनाथ नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बन्जरहा(४२७४४) ३३९८ ३.०४
औरैया(४२७७२) ६७३४ ३.२५
औरैया(१,७-९) ६३९१ ४.०६
मठिया(४२७४४) ७२३४ ५.४७
जटहारा(१-२,७-९) ५७०४ २.८९
जोकाहा(१,४,८,९) ५९६६ ३.६८
जोकाहा(२,३,५-७) ५४१९ २.६८
जटहारा(४२८००) ५८१६ ५.२७
डुमरीया परेहा(४२७४४) ५१९३ ४.८३
जम्मा ५१८५५ ३५.१७

ईशनाथ नगरपालिकाको नक्सा

Ishanath Municipality Map Rautahat

 १४.  नामः  परोहा नगरपालिका

परोहा नगरपालिका नेपालको मधेश प्रदेश को रौतहट जिल्लामा अवस्थित छ। परोहा नगरपालिकाको घोषणा बि.स. २०७३ सालमा भई विधिवत रुपमा कार्यालय स्थापना भई संचालनमा आएको हो।यो नगरपालिका तत्कालिन छ वटा गा.वि.स.हरु मिलि बनेको र संघीय लोकतान्त्रिक गणतंत्र स्थापना पश्चयात नेपालको संविधानले परिकल्पना गरेको ३-तहको शासन व्यवस्था अन्तर्गत साबिकको गा.वि.स. र गाउँपालिका रूपान्तरण हुने व्यवस्था बमोजिम परोहा न.पा. ९-वडा बन्न पुगेको छ।

केन्द्रः साविक लौकाहा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४५७०२

क्षेत्रफलः (वर्ग कि.मि.)

वडा संख्याः ९

परोहा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जिंगडवावेलविछवा(४२८९५) ३६०३ १.३३
जिंगडवावेलविछवा(४२७४०) ३९०८ ४.१७
तेजापकड(४२७४४) ६६१३ ८.११
लौकाहा(४२७४४) ५६१५ ३.०९
बसन्तपट्टी(१,३,४,५) ३८४० ३.७५
बसन्तपट्टी(२,६,७,८,९) ६०५७ ६.०५
नरकटिया(२,५-८) ४६१० ४.९७
नरकटिया(१,३,४,९) ५३४४ २.०९
रामपुरखाप(४२७४४) ६११२ ३.८८
जम्मा ४५७०२ ३७.४४

परोहा नगरपालिकाको नक्सा

Paroha Municipality Map Rautahat

 १५.  नामः  राजपुर नगरपालिका

केन्द्रः साविक राजपुर फरहदवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५४०८३

क्षेत्रफलः (वर्ग कि.मि.)

वडा संख्याः९

राजपुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
पिपराभगवानपुर(४२७४४) ७८०१ ३.६९
फतुहामहेशपुर(४२७४४) ५८२७ ६.५६
राजपुरफरहदवा(८,९) ७५८७ ४.५७
राजपुरफरहदवा(४,५) ५१३० १.९५
राजपुरफरहदवा(४२७३८) ७१५५ १.९
राजपुरफरहदवा(६,७) ५३३८ १.४४
अकोलवा(४२७४०) ४९७७ १.७५
अकोलवा(४२८९५) ४१९३ ४.५७
वैरीया(४२७४४) ६०७५ ४.९७
जम्मा ५४०८३ ३१.४

 १६.  नामः  राजदेवी नगरपालिका

केन्द्रः साविक राजदेवी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३५६५८

क्षेत्रफलः २८.२१ (वर्ग कि.मि.)

वडा संख्याः

राजदेवी नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
झुन्खुनुवा(४२७४०) ४३८५ ३.६८
हजमनिया(२,३,५,६) ३७८७ १.९५
बसतपुर(२,३,८,९) ५१८६ २.२
बसतपुर(१,४-७) २३८३ ४.४९
हजमनिया(१,४,७-९) १८५० ०.५५
राजदेवी(४२७४४) ५२२५ ६.४९
मुदबलावा(४२७४४) ४७६९ २.५
लक्ष्मीपुरबेल्बिछवा(४२७४४) ३८८५ २.६
बर्मपुरी(४२७४४) ४१८८ ३.७५
जम्मा ३५६५८ २८.२१

राजदेवी नगरपालिकाको नक्सा

Rajdevi Municipality Map Rautahat

१७.  नामः दुर्गाभगवती गाउँपालिका

केन्द्रः साविक गंगापिपरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २२८६४

क्षेत्रफलः ३०.४१ (वर्ग कि.मि.)

वडा संख्याः

दुर्गा भगवती गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गंगापिप्रा(४२७४४) ३७४२ ४.५३
पिपराभलोहिया(४२७४४) ५०३७ ४.२४
मत्सरी(४२७४४) ४०८५ ३.४३
पचरुखी(४२७४४) ५२९७ ४.५
बडहरुवा(४२७४४) ४७०३ ३.१
जम्मा २२८६४ १९.८

दुर्गा भगवती गाउँपालिकाको नक्सा

Duraga Bhagwati Rural Municipality Map Rautahat

 १८.  नामः यमुनामाइ गाउँपालिका

केन्द्रः साविक सरुअठा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८४१५

क्षेत्रफलः १६.७ (वर्ग कि.मि.)

वडा संख्याः

यमुनामाई गाउँपालिकाको विस्तृत विवरण

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जेठरैया(४२७४४) ५५५६ ४.५४
भेडियाही(४२७४४) ३७८८ २.४८
राजपुरतुलसी(४२७४४) ७२१९ ३.२६
सरुअठा(४२७४४) ८९९७ ४.८७
झुन्खुन्वा(४२८९५) २८५४ १.५६
जम्मा २८४१४ १६.७१

यमुनामाई गाउँपालिकाको नक्सा

Yamunamai Municipality Map Rautahat

स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय  र जिल्ला समन्वय समिति राैतहट । याे लेखमा  कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले राैतहट जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *