परिचय
जिल्ला समन्वय समिति रूपन्देहका अनुसार नेपालको लुम्विनी प्रदेश अन्तरगतका १२ जिल्लाहरु मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३o १२”१६” देखि ८३o ३८” १६” पूर्वी देशान्तर र २७o २०” ००” देखि २७o४७”२५” उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी(पश्चिम), पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । २०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या ११२१९५७ रहेको छ जसमध्ये ५५०४७८ पुरुष र ५७१४७९ महिला छन ।

महत्वपुर्ण धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको संवन्धमा भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनको रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको जनविश्वास रहि आएको छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।

रुपन्देही जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रहरु
रुपन्देही जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थानहरुमा लुम्विनी, मणिमुकन्द सेनको दरवार, फुलवारी उद्यान, देवदह, जितगढी किल्ला, (बुटवल), प्रकटेश्वर महादेव (गोनाहा), मर्चवारी देवी (बोगडी), बोलबम धाम (सैनामैना नपा), सैनामैना ऐतिहासिक स्थल (सैनामैना नपा), सिद्धवावा धाम (बुटवल), शिवालय मन्दिर, वसडिलवा र नारायण मन्दिर (सिद्धार्थ नगर), मन्ठारी वावा र काली माई (विष्णुपुरा), सतीया माई (पटखौली) आदि रहेका छन ।

रुपन्देही जिल्लाका प्रमुख नदी नालाहरु
रुपन्देही जिल्लामा तिनाउ, दानव, रोहिणी, घोडाहा, डण्डा, इड्डरिया, कञ्चन, कोठी, सुखरा,जबई आदि प्रमुख नदिहरु रहेका छन् । यी नदीहरुका अतिरिक्त अन्य ससाना नालाहरु पनि छन् जुन अस्थायी प्रकृतिका भएको हुनाले केवल वर्षामा मात्र यिनको अस्तित्व देखा पर्दछ । यस जिल्लामा वग्ने सबै नदीहरु उत्तरवाट दक्षिण तिर वग्ने गर्दछन् ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ५ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार रूपन्देही जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ उपमहानगरपालिका ५ नगरपालिका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | बुटवल उपमहानगरपालिका | बुटवल उपमहानगरपालिका | १९ |
२ | देवदह नगरपालिका | देवदह नगरपालिका र सिक्टन गा.वि.स. | १२ |
३ | लुम्बिनी सांस्कृतिक नगरपालिका | लुम्बिनी सांस्कृतिक नगरपालिका | १३ |
४ | सैनामैना नगरपालिका | सैनामैना नगरपालिका र सालझण्डी गा.वि.स. | ११ |
५ | सिद्धार्थनगर नगरपालिका | सिदार्थनगर नगरपालिका | १३ |
६ | तिलोत्तमा नगरपालिका | तिलोत्तमा नगरपालिका | १७ |
७ | गैडहवा गाउँपालिका | सुर्यपुरा, जोगडा, साडी र बिष्णुपुरा गा.वि.स. | ९ |
८ | कन्चन गाउँपालिका | रूद्रपुर र गजेडी गा.वि.स. | ५ |
९ | कोटहीमाई गाउँपालिका | सक्रोनपकडी, सिपवा, मझगांवा, बोगडी, मर्यादपुर र बैरघाट गा.वि.स. | ७ |
१० | मर्चवारी गाउँपालिका | रायपुर, बगोली, सिलोटिया र सेमरा मर्चवार गा.वि.स. | ७ |
११ | मायादेवी गाउँपालिका | गोनहा, धमोली, हाटीबनगार्इ र कम्हरिया गा.वि.स. | ८ |
१२ | ओमसतिया गाउँपालिका | छोटी रामनगर, पडसरी, हाटी फर्साटिकर, पटखोली र बसन्तपुर गा.वि.स. | ६ |
१३ | रोहिणी गाउँपालिका | धकधर्इ, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार गा.वि.स. | ७ |
१४ | सम्मरीमाई गाउँपालिका | करोता, थुम्हा पिपरहवा, फरेना, असुरैना, रोइनिहवा र बेतकुइयाँ गा.वि.स. | ७ |
१५ | सियारी गाउँपालिका | मैनहिया, हर्नैया, चिल्हिया, पश्चिम अमुवा र दयानगर गा.वि.स. | ७ |
१६ | शुद्धोधन गाउँपालिका | खड्वा बनगार्इ, मानपकडी, सौर्हवा फर्साटिकर र मानमटेरिया गा.वि.स. | ७ |
जम्मा | १५५ |
१. नामः बुटवल उपमहानगरपालि
तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ। लुम्बिनी अंचलको प्रशासनिक सदरमुकामको रुपमा रहेको बुटवल उप-महानगरपालिकाभित्रको जनसंख्या करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ। विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या १,९४,३३५ रहेको छ जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन्।
केन्द्रः साविक बुटवल उपमहा
जनसङ्ख्याः १,९४,३३५
क्षेत्रफलः १०१.६१ (वर्ग कि.मि.)
वडा संख्याः १९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुटवल(१-३) | ३३७७ | ३.२७ |
२ | २ | बुटवल(४) | ६७६० | ३.६७ |
३ | ३ | बुटवल(५) | ११२६८ | २.९४ |
४ | ४ | बुटवल(६) | ९११५ | ३.८९ |
५ | ५ | बुटवल(७) | ३४९३ | ०.४४ |
६ | ६ | बुटवल(८) | ७४७४ | २.२३ |
७ | ७ | बुटवल(९) | ११११३ | ५.९६ |
८ | ८ | बुटवल(१०) | ११०३७ | ०.९३ |
९ | ९ | बुटवल(११) | ९६६५ | ०.६ |
१० | १० | बुटवल(१२) | ६२६६ | ४.११ |
११ | ११ | बुटवल(१३) | ५४६९९ | ४.२५ |
१२ | १२ | बुटवल(१४) | १३५६७ | ३०.३१ |
१३ | १३ | बुटवल(१५) | १६७६२ | ६.६७ |
१४ | १४ | बुटवल(१६) | ५८०४ | ५.२७ |
१५ | १५ | बुटवल(१७) | ४६५२ | ३.३२ |
१६ | १६ | बुटवल(१८) | ३३७१ | ६.६९ |
१७ | १७ | बुटवल(१९) | ७९८४ | ४.९२ |
१८ | १८ | बुटवल(२०) | २८६१ | ५.५ |
१९ | १९ | बुटवल(२१,२२) | ५०६७ | ६.६६ |
जम्मा | १९४३३५ | १०१.६३ |
२. नामः देवदह नगरपालिकाः प्राचिन कोलीय राज्यको राजधानी देवदह नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ ।
नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्र अनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।
यस नगरपालिकामा २०७८ को जनगणना अनुसार ७२,४५७ जनसंख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा नवलपरासी जिल्ला पश्चिममा बुटवल उप महानगरपालिका र तिलोत्तमा नगरपालिका उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ओमसतिया गाउपालिका बिचमा पर्यटकीय नगरी को रुपमा रहेको छ ।१३६.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिकामा १२ वडा रहेका छन् ।
कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको , विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रुपमा रहेको छ ।
केन्द्रः साविक देवदह नगरपालिका
जनसङ्ख्याः ७२४५७
क्षेत्रफलः१३६.९५ (वर्ग कि.मि.)
वडा संख्याः १२
देवदह नगरपालिकाको विस्तृत विवरण
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | देवदह(१) | ५४८४ | ३.६५ |
२ | २ | देवदह(२) | ४३९० | ४.३४ |
३ | ३ | देवदह(३) | ४२७३ | ६.७७ |
४ | ४ | देवदह(४,५) | ४७४७ | ५.७६ |
५ | ५ | देवदह(६) | ८७३० | १२.०३ |
६ | ६ | देवदह(७) | ५१७२ | २५.८६ |
७ | ७ | देवदह(८) | ८८३३ | ५.४२ |
८ | ८ | देवदह(९) | ४२९८ | ३.८७ |
९ | ९ | देवदह(१०) | ५५०३ | १२.१२ |
१० | १० | देवदह(११) | ९०८३ | ३६.८५ |
११ | ११ | सिक्टन(१,७-९) | ६५९१ | १२.८९ |
१२ | १२ | सिक्टन(२-६) | ५३५३ | ७.३९ |
जम्मा | ७२४५७ | १३६.९ |
३. नामः लुम्बिनी सांस्कृतिक
सिद्धार्थ गौतम बुद्धको जन्म स्थल लम्बिनी क्षेत्र यस नगरपालिका परिसरमा पर्ने भएकोले यस नगरपालिकाको नामकरण लुम्बिनी साँस्कृतिक नगरपालिका रहेको हो । करीब ११२.२१ वर्ग.कि.मी. क्षेत्रपफ्ल रहेको यस नगरपालिकाको उत्तरमा गैडहवा गाउँपालिका, पश्चिमतिर कपिलवस्तु जिल्ला, दक्षिणमा सम्मरीमाई गाउँपालिका र भारत र पूर्वमा कोटहीमाई र मायादेवी गाउँपालिका रहेका छन्।
लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २०७१ बैसाख १५ गते नगरपालिका घोषणा गरिएको थियो । नगरपालिका घोषणा गर्दा साविकका भगवानपुर, लुम्बिनी आदर्श, तेनुहवा, एकला, खुदाबगर, मधुवनी र मसिना गा.वि.स. समावेश गरी जम्मा १८ वडाहरु रहेका थिए भने मिति २०७२ पुष २१ गते साविकको आमा गा.वि.स. समावेश गरि जम्मा २१ वडा कायम गरेको थियो। पफ्रेी मिति २०७३ पफल्गुन २२ गते नेपाल सरकारको निर्णय अनुसार साविकका वडाहरु २१ वडाहरुलाई घटाएर १३ वडाहरु कायम गरिएको छ ।
यस नगरपालिकामा ११ वटा माध्यामिक तह, ५० वटा आधारभूत तह र अन्य १४४ गरी जम्मा १८५ वटा शिक्षण संस्थाहरु संचालित छन्। रुपन्देही जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा लुम्बिनी साँस्कृतिक नगरपालिका रहेको छ । यसका अतिरीत्तफ् सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन्। यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्नेव्यत्तिफ्हरुको बसोबास रहेको छ ।
यस नगरपालिकामा १३ वडाहरु रहेका छन्। औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ भनेस्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन्। स्थानीय जनशत्तिफ् रोजगारी तथा अध्ययनका लागि विदेशिने त्रफ्म अत्याधिक बढिरहेको छ ।
यस नगरमा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था केहि मात्रामा रहेका छन्। अध्ययनका लागि यस नगरका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन्। अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन्।
लोमो समय सम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यत्रफ्म कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, त्रिफ्ष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।
केन्द्रः साविक लुम्बिनी सांस्
जनसङ्ख्याः ८७३८३
क्षेत्रफलः ११२.२१ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लुम्बिनी सांस्कृतिक(१) | ६००५ | ६.०२ |
२ | २ | लुम्बिनी सांस्कृतिक(२,३) | ७५१८ | ७.३२ |
३ | ३ | लुम्बिनी सांस्कृतिक(४) | ५३२१ | ४.४९ |
४ | ४ | लुम्बिनी सांस्कृतिक(५,६) | ६७१० | १२.३८ |
५ | ५ | लुम्बिनी सांस्कृतिक(७) | ६२८६ | ५.६१ |
६ | ६ | लुम्बिनी सांस्कृतिक(८,९) | ७९५५ | ९.०१ |
७ | ७ | लुम्बिनी सांस्कृतिक(१०) | ५७०० | ९.११ |
८ | ८ | लुम्बिनी सांस्कृतिक(१२) | ४३४४ | ६.१९ |
९ | ९ | लुम्बिनी सांस्कृतिक(१३,१४) | ६२९७ | ७.७९ |
१० | १० | लुम्बिनी सांस्कृतिक(१५,१६) | ८३५६ | १०.४२ |
११ | ११ | लुम्बिनी सांस्कृतिक(११,१७,१८) | १०१०७ | १४.९५ |
१२ | १२ | लुम्बिनी सांस्कृतिक(१९,२०) | ७४८७ | १०.७५ |
१३ | १३ | लुम्बिनी सांस्कृतिक(२१) | ५२९७ | ८.१७ |
जम्मा | ८७३८३ | ११२.२१ |
४. नामः सैनामैना नगरपालिका :
सैनामैना नगरपालिका नेपालको ५ नं प्रदेशको रुपन्देही जिल्लाको उत्तर पश्चिममा अवस्थित नगरपालिका हो । यो नगरपालिका विश्व शान्तिका अग्रदुत तथा महा मानव गौतम बुद्धको जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ ।
यस नगरपालिकाको पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका–कपिलवस्तु, उत्तरमा शितगंगा नगरपालिका–अर्घाखाँची, रैनादेवी छहरा र तिनाउ गाउँपालिका–पाल्पा, दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका रहेका छन् ।
साबिकको पर्रोहा रदुधराक्ष गा.बि.स. एक आपसमा गाभिन गई २०७१ साल बैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पृर्नस्संरचना पश्चात साबिकको सालझन्डी गा.बि.स. गाभिन गई वृहत सैनामैना नगरपालिका बनेको हो । सैनामैना नगरपालिकामा ११ वटा वडा रहेका छन् । यो नगरपालिका १६२.१८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या ७८,३९३ रहेको छ भने जनघनत्व ३४४.२ प्रति बर्ग कि.मि. छ । नगरपालिका भित्र सबै जातजाती, भाषा भाषी संस्कृति एवं परम्पराको समिश्रण रहेको छ । नगरवासीहरु वीच सुमधुर सम्बन्ध सहितको बसोबास छ ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना क्षेत्र नेपाल सरकारबाट नेपालको सयौ पर्यटकीय गन्तव्य मध्य एक सैनामैना नगरपालिका पनि २०७५ साल कात्तिक १५ गते पर्यटन गन्तव्यको रुपमा घोषणा भएको छ । यस नगरपालिकामा वसाई सराई गरी आउने क्रम बढ्दो रुपमा रहेको हुदाँ हालको अनुमानित जनसंख्या करीव ८० हजार रहेको छ ।
यस नगरपालिकाको दक्षिण भागमा वहुसंख्यक आदिवासी थारु जातिहरुको वसोवास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालको जातजातीहरुको वसोवास रहेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाको गहनाको रुपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वंय उत्पत्तिमान शिव ज्योतिलिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र आदि छन् ।
केन्द्रः साविक सैनामैना नगरपा
जनसङ्ख्याः ७८,३९३
क्षेत्रफलः १६२.१८ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सैनामैना(१,१३) | १२०७५ | १३.११ |
२ | २ | सैनामैना(२) | ५६६५ | १३.७४ |
३ | ३ | सैनामैना(३) | ६२०४ | ८.६५ |
४ | ४ | सैनामैना(४,५) | ९२७१ | ७.०५ |
५ | ५ | सैनामैना(६,७) | ८५१० | १६.०४ |
६ | ६ | सैनामैना(८,११) | ७६७८ | २२.३१ |
७ | ७ | सैनामैना(९) | ५५९६ | ८.३५ |
८ | ८ | सैनामैना(१०) | ५४८३ | ६.५४ |
९ | ९ | सैनामैना(१२) | ४५७२ | २१.४ |
१० | १० | सालझण्डी(१-४) | ६८८४ | ३६.९३ |
११ | ११ | सालझण्डी(५-९) | ६४५५ | ८.०६ |
जम्मा | ७८३९३ | १६२.१८ |
५. नामः सिध्दार्थनगर नगरपा
अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ । सिद्धार्थनगर नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” रहेको छ ।
सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ ।
सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यो नगरपालिका रहेको छ । वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ । वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो ।
वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका,उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारतले सिमाकंन गरिएको छ ।
केन्द्रः साविक सिध्दार्थनगर नग
जनसङ्ख्याः ७४,४३६
क्षेत्रफलः ३६.०३ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सिद्धार्थनगर(१) | ७६९६ | ४.३५ |
२ | २ | सिद्धार्थनगर(२) | ३७३२ | ३.१३ |
३ | ३ | सिद्धार्थनगर(३) | ९३०७ | २.८९ |
४ | ४ | सिद्धार्थनगर(४) | ५३३० | ४.७२ |
५ | ५ | सिद्धार्थनगर(५) | ८२९ | ०.२ |
६ | ६ | सिद्धार्थनगर(६) | १११४७ | १.३३ |
७ | ७ | सिद्धार्थनगर(७) | ३६२६ | ०.४६ |
८ | ८ | सिद्धार्थनगर(८) | १०५७२ | १.८२ |
९ | ९ | सिद्धार्थनगर(९) | ८३७० | ६.१३ |
१० | १० | सिद्धार्थनगर(१०) | २७८५ | ४.२ |
११ | ११ | सिद्धार्थनगर(११) | ३२२६ | ५.२९ |
१२ | १२ | सिद्धार्थनगर(१२) | ४२२३ | ०.८८ |
१३ | १३ | सिद्धार्थनगर(१३) | ३५९३ | ०.६३ |
जम्मा | ७४४३६ | ३६.०३ |
६. नामः तिलोत्तमा नगरपालिका
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका साविकका ६ वटा गा.वि.स. हरु (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ र मधवलिया) मिलेर २०७१/०१/२५ मा स्थापना भएको तिलोत्तमा नगरपालिकामा हाल गंगोलिया गा.वि.स समेत समायोजन भई सुन्दरता र सम्पन्नताको अनुपम नमुनाको रुपमा परिचित छ । रुपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो नगरपालिका लुम्विनी अञ्चल रुपन्देही जिल्लाको वीच भाग भएर वग्ने नदीको नामवाट नामाकरण गरिएको हो ।
महाभारतमा व्रम्हाजीले सवै रत्नहरुवाट तिलका गेडा(दाना) बरावरको सुन्दरता निकालेर तिलोत्तमा नदीको उत्पन्न गराएको किम्वदन्ती रहेको पाईन्छ ।भौगोलिक हिसावले २७ डिग्री ३३ मिनेट उत्तरदेखि २७ डिग्री ३९ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री २५ मिनेट पूर्वदेखि ८३ डिग्री ३३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यो नगरपालिका समुद्र सतहदेखि १६० देखि १७५ मीटर सम्म उचाईमा अवस्थित छ ।
पूर्वमा रोहणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सिमामा वुटवल उपमहानगरपालिका र दक्षिणमा ओमसतिया गाँउपालिका र सिद्धार्थनगर नगरपालिका सीमाना रहेको तिलोत्तमा नगरपालिकाको कूल क्षेत्रफल १२४.८ वर्ग किलोमिटर रहेको छ भने यो क्षेत्रमा उष्ण प्रदेशीय हावापानी पाईन्छ ।
सामाजिक, सास्कृतिक, प्राकृतिक, जैविक विविधताले भरिपूर्ण रहेको यस नगरपालिकामा व्राम्हण, क्षेत्री, थारु, मगर, विश्वकर्मा, गुरुङ्ग, यादव लगायत ५८ प्रकारका जातीहरुको वसोवास रहेको छ भने नेपाली, थारु, मगर, अवधि, भोजपुरी मैथली जस्ता थुप्रै भाषाहरु यस क्षेत्रमा वसोवास गर्ने मानिसहरुको मातृ भाषा रहेको छ । यो नगरपालिकामा फरक फरक जातजाती, धर्मसस्कृती र भेषभुषा भएपनि विविधता वीचको साझा वन्दन र आपसि सहिष्णुताले गर्दा अनेकतामा एकताको अनुकरणीय नमुनाको रुपमा स्थापित भएको छ ।
केन्द्रः साविक तिलोत्तमा नगरपा
जनसङ्ख्याः १४९,४७९
क्षेत्रफलः १२६.१९ (वर्ग कि.मि.)
वडा संख्याः १७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तिलोत्तमा(१,५) | १०१४९ | ५.४१ |
२ | २ | तिलोत्तमा(२) | १०२२७ | ५.९४ |
३ | ३ | तिलोत्तमा(३) | १२१८० | २.११ |
४ | ४ | तिलोत्तमा(४) | १०३०२ | २.६४ |
५ | ५ | तिलोत्तमा(६) | ८६६५ | २.९८ |
६ | ६ | तिलोत्तमा(७,८) | १२१०४ | ११.७३ |
७ | ७ | तिलोत्तमा(९,१०) | ११५९९ | ७.४६ |
८ | ८ | तिलोत्तमा(११) | ६५२० | ७.९७ |
९ | ९ | तिलोत्तमा(१२) | ८५३७ | ४.४२ |
१० | १० | तिलोत्तमा(१३) | ५१३६ | ७.९५ |
११ | ११ | तिलोत्तमा(१४,१६) | ११७४९ | १४.२२ |
१२ | १२ | तिलोत्तमा(१५) | ५०३९ | ६.११ |
१३ | १३ | तिलोत्तमा(१७) | ५७९९ | ७.७८ |
१४ | १४ | तिलोत्तमा(१८,१९) | ९४०२ | १३.५१ |
१५ | १५ | तिलोत्तमा(२०) | ७४४२ | ४.९२ |
१६ | १६ | तिलोत्तमा(२१) | ६४०९ | ७.२४ |
१७ | १७ | तिलोत्तमा(२२-२४) | ८२२० | १३.८ |
जम्मा | १४९४७९ | १२६.१९ |
७. नामः गैडहवा गाउँपालिकाः गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरुपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४ विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ ।
साविक ४ वटा गा.वि.स.हरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर र वडा संख्या ९ वटा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी साँस्कृतिक न.पा. पर्दछन् ।
यस गा.पा.को ९२५ हेक्टर क्षेत्रफल जमीनमा वनजंगल रहेकोमा ८१३.७६ हेक्टर वन समुदायबाट व्यवस्थापन छ । यहाँको साक्षरता ५५.५% जसमा पुरुष ६९.४% र महिला ४२ % रहेको छ ।
केन्द्रः साविक विष्णुपुरा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ५६,१४९
क्षेत्रफलः ९६.७९ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | साडी(१-९) | ७२१५ | १०.६५ |
२ | २ | जोगडा(१-९) | ६६६४ | १७.८२ |
३ | ३ | बिष्णुपुरा(४,५,८) | ७७८९ | १६.६ |
४ | ४ | बिष्णुपुरा(१,६,९) | ४९३९ | ८.६७ |
५ | ५ | बिष्णुपुरा(२,३,७) | ४६२५ | ७.९५ |
६ | ६ | सुर्यपुरा(३,४,८,९) | ७७२४ | १०.०१ |
७ | ७ | सुर्यपुरा(५-७) | ७०४५ | १०.४४ |
८ | ८ | सुर्यपुरा(२) | ५८३९ | ७.३९ |
९ | ९ | सुर्यपुरा(१) | ४३०९ | ७.२६ |
जम्मा | ५६१४९ | ९६.७९ |
८. नामः कन्चन गाउँपालिकाः साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिण २७.५४८८०१ पूर्वी देशान्तर र ८३.३१६८३३ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ ।
पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक्षिणमा गैडहवा गाउँपालिका सिमाना भित्र करिब विच भाग हुँदै उत्तरबाट दक्षिणमा बग्ने कञ्चन नदिसंगै प्राकृतिक, भौगोलिक, साँस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । खुल्ला दिशा मुक्त, पूर्ण खोपयूक्त र पूर्ण साक्षर यस गाउँपालिकाको उत्तरपश्चिम क्षेत्रमा बाक्लो जंगल र केही भागमा बुट्यान बाहेक अन्य क्षेत्रमा खेतीयोग्य जमीन रहेको छ ।
यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार,कार्मी, सार्की, दमाइ लगाएत पहाडी मूलका विभिन्न जातजाति र रैथाने थारु, यादव, लोध, कुर्मी, हरिजन, मुसलमान आदि लगाएत जातजातिका साथसाथै विभिन्न धर्म र संस्कृतिका ७,०८४ घर छन् जसमा महिला २३,१२० र पुरुष १९,४०८ गरि जम्मा ४२,५२८ जनसंख्या रहेको छ ।
केन्द्रः वडा नं. २ ब्यहोरी
जनसङ्ख्याः ४२,५२८
क्षेत्रफलः ५८.५१ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गजेडी(१-३) | ८६७४ | ८.१५ |
२ | २ | गजेडी(४-९) | ७३७५ | १२.६३ |
३ | ३ | रूद्रपुर(७-९) | ९२५३ | ५.७६ |
४ | ४ | रूद्रपुर(१,५,६) | ९६५८ | १०.९ |
५ | ५ | रूद्रपुर(२-४) | ७५६८ | २१.०७ |
जम्मा | ४२५२८ | ५८.५१ |
९. नामः कोटहीमाई गाउँपालिकाः कोटहीमाई गाउँपालिका, रूपन्देही जिल्लाको दक्षिण भागमा अबस्थित छ। साबिकका ६ गाउँ बिकास समितीहरू ( सिपवा, सक्रनपकडि, मर्यादपुर बैरघाट, मझगाँवा र बोगडि) लाइ मिलाएर बनार्इएको यस गाउँपालिकाको नामाकरण साबिकको बैरघाट गा.बि.समा अवस्थित कोटहीमाई भगवतिको मन्दिरबाट रहन गएको हो ।
कुल क्षेत्रफल ५८.२६ बर्ग किलोमिटर रहेको यस गा.पाको पुर्वमा छिमेकि राष्ट्र भारत, पश्चिममा लुम्बिनी सांस्कृतिक नगरपालिका, उत्तरमा मायादेबी गाउँपालिका र दक्षिणमा सम्मरी तथा मर्चवारी गाउँपालिका अवस्थित छन्।
७५३५ घरपरिवार बसोबास गर्ने यस गा. पा. को कुल जनसंख्या ४५९७५ रहेको छ जसमध्ये २३१३९ (५०.३%) पुरुष र २२८३६ (४९.७%) महिला हुन । यस गाउँपालिकामा अधिकांश मधेशी बसोबास गर्दछन् । प्राकृतिक सम्पदा ,धार्मिक बिबिधता तथा राजनैतिक रूपले परिचित यस गाउँपालिकाका अधिकांश मानिस कृषि पेशामा संलग्न रहेका छन् ।
केन्द्रः साविक मझगांवा गा.वि.स
जनसङ्ख्याः ४५९७५
क्षेत्रफलः ५८.२६ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सिपवा(१-९) | ७६०६ | ९.९ |
२ | २ | सक्रोनपकडी(१-९) | ६१०५ | १०.५३ |
३ | ३ | मर्यादपुर(१-९) | ६५०९ | ८.९९ |
४ | ४ | बैरघाट(१-९) | ६६६० | ६.६५ |
५ | ५ | मझगांवा(१-९) | ६६०५ | ८.२४ |
६ | ६ | बोगडी(१-३,६) | ५९५३ | ७.२१ |
७ | ७ | बोगडी(४,५,७-९) | ६५३७ | ६.७४ |
जम्मा | ४५९७५ | ५८.२६ |
१०. नामः मर्चवारी गा
केन्द्रः साविक रायपुर गा.वि.स.
जनसङ्ख्याः ४०८८०
क्षेत्रफलः (वर्ग कि.मि.) ५८.२६
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सेमरा मर्चवार(१-९) | ७५९९ | ९.७८ |
२ | २ | रायपुर(१-४) | ५३०६ | ५.८९ |
३ | ३ | रायपुर(५-९) | ७४८२ | ८.६६ |
४ | ४ | सिलोटिया(१-५) | ४९०८ | ६.१४ |
५ | ५ | सिलोटिया(६-९) | ४६५४ | ५.५ |
६ | ६ | बगोली(१-५) | ६९५६ | ५.८१ |
७ | ७ | बगोली(६-९) | ३९७५ | ६.७७ |
जम्मा | ४०८८० | ४८.५५ |
११.नामः मायादेवी गा
मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर बनाएको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ ।
यस गाउँपालिकाको सिमाना पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरतर्फ सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारत रहेको छ । यस गाउँपालिकालाई ८ वडामा विभक्त गरी प्रशासनिक विभाजन गरिएको छ ।
उत्तरबाट बग्ने तिनाउ र दानव नदीसँग प्राकृतिक, भौगोलिक तथा साँस्कृतिक मनोरमता एवम् कृषि क्षेत्रले हराभारा भई यो गाउँपालिका सजिएको छ । ६,८१० घर परिवार बसोवास गर्ने यस गाउँपालिकाको कुल जनसंख्या ५६१७० रहेको छ ।
केन्द्रः साविक कम्हरिया गा.वि.
जनसङ्ख्याः ५६१७०
क्षेत्रफलः ७२.४४ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | धमोली(१-९) | ७१६१ | ७.६३ |
२ | २ | कम्हरिया(१,२,४) | ७९७६ | ११.९४ |
३ | ३ | कम्हरिया(३,५,७) | ८३४८ | १३.६३ |
४ | ४ | कम्हरिया(६,८,९) | ६३६४ | ६.१३ |
५ | ५ | गोनहा(४,५,७-९) | ८५७४ | १२.०६ |
६ | ६ | गोनहा(१-३,६) | ७२९९ | ९.८३ |
७ | ७ | हाटीबनगार्इ(१,२,६-९) | ५४१३ | ७.८३ |
८ | ८ | हाटीबनगार्इ(३-५) | ५०३५ | ३.३९ |
जम्मा | ५६१७० | ७२.४४ |
१२. नामः ओमसतिया गाउँ
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा रुपन्देही जिल्लामा साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पटखौली र छोटी रामनगर गाउँ विकास समितिहरूलाई समेटेर ओमसतिया गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ४१,१४१ रहेको छ । यसको क्षेत्रफल ४८.५४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।
भगवान बुद्धको पावन जन्मस्थल लुम्बिनी र मावली गाउँ देवदह भएको नेपालको प्रदेश नं. ५ मा अवस्थित रुपन्देही जिल्लामा पर्ने एक गाउँपालिका हो ओमसतिया गाउँपालिका । यो गाउँपालिका नेपालका ७५३ वटा स्थानीय तहमध्येको एक स्थानीय तह हो । यो गाउँपालिका साविकका पडसरी, हाटी फर्साटिकर, बसन्तपुर, पट्खौली र छोटकी रामनगर गााँउ विकास समितिहरु समायोजन भई घोषणा भएको हो ।
साविकका ५ वटा गाविसहरुलाई समायोजन गरि नयाँ ६ वडाहरु बनाईएको हो । साविकको पडसरी गाविसका ५, ७, ८ र ९ वडालाई हालको १ नंम्बर वडा कायम गरेको छ भने, १, २, ३, ४, ६ वडाहरुलाई हालको २ नंम्बर वडा कायम गरिएको छ । यस्तै साविकका हाटीफर्साटिकर गाविसलाई ३ नम्बर वडा, साविकको बसन्तपुर गाविसलाई ४ नम्बर वडा, साविकको पट्खौली गाविसलाई ५ नम्बर वडा र साविकको छोटी रामनगरलाई हालको ६ नम्बर वडा घोषणा गरेको छ भने गाउँपालिकाको केन्द्र साविकको हाटी फर्साटिकर गाविसको कार्यालयमा राखिएको छ ।
कुल क्षेत्रफल ४८.५४ वर्ग किलोमिटर रहेको यस गाउँपालिकाको कुल जनसंख्या ३४ हजार १ सय ९१ रहेको छ । पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा सिद्धार्थ नगरपालिका, मायादेवी र सियारी गाउँपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका, उत्तरमा देवदह र तिलोत्तमा नगरपालिका र दक्षिणमा रोहिणी गाउँपालिका रहेको यो गाउँपालिकाको बनावट समथर रहेको छ ।
प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिमा अधिकांश मधेशी वर्गका विभिन्न जातीका मानिसहरु बसोबास गर्दछन । जस्तै यादव, कुर्मी, हरिजन, पासी , मुराव, बाह्मण, मुसलमान आदी । यहाँ मुख्य पेशा भनेका कृषि नै हो तर यहाँका मानिसहरु विभिन्न किसिमका व्यवसाय पनि गर्दै आईरहेका छन । यहाँको रहन सहन, लवाई, भेष भुषा र सामाजिक सास्कृतिक चालचलन भारतसँग मिल्दो जुल्दो रहेको छ ।
खानेपानीमा धेरै जसो घरपरिवारले घरमै रहेको चापाकल धाराको पानी प्रयोग गरेको पाईन्छ भने केहि परिवारले सार्वजनिक आटिजन बोरिङ्गको पानी खाएको पाइन्छ । पानीको क्षेत्रमा यस गाउँपालिका भित्र सुलभता पाईएको हुदा जमिन मुनिको पानीलाई विभिन्न क्षेत्रबाट उपयोगमा ल्याई कृषि क्षेत्रमा लगाउन सकेमा बर्षभरी नै हरियाली गाविसको रुपमा चिनाउन सकिन्छ ।
नेपाल चार जात छत्तिस वर्णको फुलवारी भएजस्तै यस गाउँपालिकाभित्र पनि विभिन्न धर्मालम्बिहरु बसोबास गरेको पाईन्छ । सबै धर्मलाई समानताका रुपमा उच्च मूल्यांकन गरिएको यस गाउँपालिकामा विभिन्न जातजातिहरु जस्तै थारु, बाह्मण, क्षेत्री, मगर, मधेशी, तराईवासी आदिहरु एकआपसमा आफ्नो अस्तित्वमा राखी बसेका पाईन्छ ।
केन्द्रः साविक हाटी फर्साटिकर
जनसङ्ख्याः ४११४१
क्षेत्रफलः ४८.५४ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पडसरी(५-८,९) | ५७३० | ३.९५ |
२ | २ | पडसरी(१-४,६) | ६६८६ | ५.६९ |
३ | ३ | हाटीफर्साटिकर(१-९) | ६२०३ | ९.८९ |
४ | ४ | बसन्तपुर(१-९) | १००२८ | ९.७१ |
५ | ५ | पटखोली(१-९) | ६४७७ | ९.८६ |
६ | ६ | छोटी रामनगर(१-९) | ६०१७ | ९.४४ |
जम्मा | ४११४१ | ४८.५४ |
१३.नामः रोहिणी गाउँ
कुल क्षेत्रफल ६४.६२ बर्ग किलोमिटर रहेको यस गाउँपालिको पूर्वमा नवलपरासी जिल्लाको सिमाना पश्चिममा सिद्घार्थनगर नगरपालिका उत्तरमा ओमसतिया गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् ।उत्तरबाट बग्ने रोहिणी नदीसंग प्राकृतिक, भौगोलिक, सांस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । ७५२६ घरपरिवार बसोबास गर्ने यस गाउँपालिको कुल जनसंख्या ४३३२७ रहेको छ । यस गाउँपालिका अधिकांश मानिस पशु पालन र कृषि पेशामा संलग्न रहेको छन् ।
केन्द्रः साविक धकधई गा.वि.स.को
जनसङ्ख्याः ४३३२७
क्षेत्रफलः ६४.६२ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बगाहा(१-९) | ६३७२ | ८.२१ |
२ | २ | पोखरभिण्डी(१-९) | ७५७८ | १०.४७ |
३ | ३ | धकधर्इ(१-९) | ८५८० | १२.१२ |
४ | ४ | छिपागढ(१-९) | ५९१९ | १०.७२ |
५ | ५ | बोदबार(३-७) | ४५५४ | ६.९९ |
६ | ६ | बोदबार(१,२,८,९) | ५०९५ | ८.७६ |
७ | ७ | पजरकट्टी(१-९) | ५२२९ | ७.३६ |
जम्मा | ४३३२७ | ६४.६३ |
१४. नामः सम्मरीमाई गा
साविक करौंता,बरवासी,थु.पिप्रहवा, फरेना, रोइनीहवा, असुरैना, बेतकुईंया गाविसलाई गाँभेर बनेको सम्मरीमाई गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम हुलाकी सडक अन्र्तगत भैरहवा लुम्विनी खण्डको बनगाईदेखि करीब २० किलोमिटर दक्षिण, २७.३८९७७० पूूर्वी देशान्तर र ८३.३०००८६ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ । ५०.७८ बर्ग किलोमिटर (श्रोतःसंघिय मामिला तथा स्थानीय विकास मन्त्रालय) क्षेत्रफल भएको यो गाउंपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ मा पर्दछ । पूर्वमा मर्चवारी गाउंपालिका, पश्चिममा लुम्विनी सांस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउंपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सिमाना भित्र उत्तर पश्चिम हुदै बग्ने दानव नदीसंगै प्राकृतिक, भौगोलिक, सास्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ ।
केन्द्रः साविक फरेना गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ४३०४४
क्षेत्रफलः ५०.७८ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | करोता(१-३,९) | ५१०३ | ५.५९ |
२ | २ | करोता(४-८) | ७१५६ | ५.७४ |
३ | ३ | थुम्हा पिपरहवा(१-९) | ४८७१ | ६.३१ |
४ | ४ | फरेना(१-९) | ५३३३ | ५.३४ |
५ | ५ | रोइनिहवा(१-९) | ६३३७ | ५.६५ |
६ | ६ | असुरैना(१-९) | ८३०० | १२.७७ |
७ | ७ | बेतकुइया(१-९) | ५९४४ | ९.३८ |
जम्मा | ४३०४४ | ५०.७८ |
१५. नामः सियारी गाउँ
केन्द्रः साविक हर्नैया गा.वि.स
जनसङ्ख्याः ४४९८५
क्षेत्रफलः ६६.१७ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चिल्हिया(१-९) | ६५६२ | ९.२६ |
२ | २ | मैनिहया(१-९) | ८४९० | ११.२ |
३ | ३ | हर्नैया(१-९) | ५५६३ | ११.२८ |
४ | ४ | दयानगर(३,४,६-८) | ६४५१ | ९.१४ |
५ | ५ | दयानगर(१,२,५,९) | ४६२३ | ७.६५ |
६ | ६ | पश्चिम अमुवा(१-३,९) | ६०५५ | ८.९५ |
७ | ७ | पश्चिम अमुवा(४-८) | ७२४१ | ८.८७ |
जम्मा | ४४९८५ | ६६.३५ |
१६. नामः सुध्दोधन गा
केन्द्रः साविक मानपकडी गा.वि.स
जनसङ्ख्याः ४१९०७
क्षेत्रफलः ५७.६६ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खड्वा बनगार्इ ३,४,९ मानपकडी (२,७) | ६४०१ | १०.३८ |
२ | २ | खड्वा बनगार्इ(१,२,५-८) | ५९६३ | ८.३३ |
३ | ३ | सौर्हवा फर्साटिकर(२,३,६,७) | ६२९२ | ७.१७ |
४ | ४ | सौर्हवा फर्साटिकर(१,४,५,८,९) | ६४९५ | ५.७७ |
५ | ५ | मानपकडी(१,३-६,८,९) | ६०२० | ९.५६ |
६ | ६ | मानमटेरिया(२,६,८,९) | ४९३६ | ७ |
७ | ७ | मानमटेरिया(१,३-५,७) | ५८०० | ९.३६ |
जम्मा | ४१९०७ | ५७.५७ |
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति रूपन्देही र जिल्ला प्रशासन कार्यालय रूपन्देही। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रूपन्देही जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।