नेपालका लागि हवाई सम्पर्कको मुख्य द्वारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को स्थापना सन् १९५५ (२०१२ साल) मा गरिएको थियो। आधुनिक हवाई सेवाको थालनी भने सन् १९६४ मा भारत सरकारको सहयोगमा पक्की धावनमार्ग (Runway) निर्माण भएपछि मात्र सम्भव भएको हो।
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानको नयाँ अध्याय सन् १९७२ मा पहिलो पटक बोइङ ७२७ विमान अवतरण गराएपछि सुरु भएको थियो। हाल यो विमानस्थल १,३८० मिटर (४,५२८ फिट) उचाइमा अवस्थित छ भने, ३,०५० मिटर (१०,००७ फिट) लम्बाइको एक मात्र धावनमार्ग रहेको छ, जसले दैनिक सयौं उडान तथा अवतरणलाई व्यवस्थापन गर्दै आएको छ।
हाल नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् भने १ वटा निर्माणाधीन अवस्थामा छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५२ वटा विमानस्थल रहेका भए पनि ३४ मात्र सञ्चालनमा छन्। बाँकी १८ विमानस्थलहरू निष्क्रिय अवस्थामा रहेका छन् भने ४ विमानस्थल हाल निर्माणाधीन छन्। हवाई सेवा विस्तार हुँदै गए पनि अव्यवस्थित संरचना, सीमित धावनमार्ग, भाैगोलीक विकटता र व्यवस्थापनका चुनौतीहरूले नेपालका विमानस्थलहरूलाई थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ। ✈
नेपालमा सञ्चालनमा रहेका विमानस्थलहरूको सूची
सञ्चालनमा नरहेका विमानस्थलहरू
क्र.सं. | अंग्रेजी नाम | नेपाली नाम |
---|---|---|
१ | Baglung Airport | बागलुङ विमानस्थल |
२ | Rukum Chaurjahari Airport | रुकुम चौरजहारी विमानस्थल |
३ | Darchula Airport | दार्चुला विमानस्थल |
४ | Dhorpatan Airport | धोरपाटन विमानस्थल |
५ | Lamidanda Airport | लामीडाँडा विमानस्थल |
६ | Gorkha Airport | गोरखा विमानस्थल |
७ | Rumjatar Airport | रुम्जाटार विमानस्थल |
८ | Jiri Airport | जिरी विमानस्थल |
९ | Kangeldenda Airport | काङ्गेलडाँडा विमानस्थल |
१० | Khiji Chandeshwori Airport | खिजी चण्डेश्वरी विमानस्थल |
११ | Langtang Airport | लाङटाङ विमानस्थल |
१२ | Mahendranagar Airport | महेन्द्रनगर विमानस्थल |
१३ | Manang Airport | मनाङ विमानस्थल |
१४ | Dolpa Masinechuar Airport | डोल्पा मसिनेचुवार विमानस्थल |
१५ | Meghauli Airport | मेघौली विमानस्थल |
१६ | Rolpa Airport | रोल्पा विमानस्थल |
१७ | Syangboche Airport | स्याङबोचे विमानस्थल |
१८ | Tikapur Airport | टिकापुर विमानस्थल |
निर्माणाधीन विमानस्थलहरू
क्र.सं. | अंग्रेजी नाम | नेपाली नाम |
---|---|---|
१ | Nijgadh International Airport (Proposed Airport) | निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (प्रस्तावित विमानस्थल) |
२ | Arghakhanchi Airport | अर्घाखाँची विमानस्थल |
३ | Kamal Bazaar Airport | कमल बजार विमानस्थल |
४ | Kalikot Airport | कालिकोट विमानस्थल |
श्रोतः caanepal