नेपालमा वि.सं. १९६८ (सन् १९११) सालदेखि जनगणना गर्ने काम शुरू भएको र त्यसपछि लगभग प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको छ । पहिलो र दोस्रो जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा कमारी, बाँधाको सूची तयार गर्ने रहेको थियो । वि.सं. १९९८ सालसम्म सञ्चालन भएका जनगणना सामान्य मुड गन्ति (Head Count) का रुपमा मात्र सीमित थिए भने वि.सं. २००९/११ (सन् १९५२/५४) सालदेखि सञ्चालन भएका जनगणनाहरू अन्तर्राष्ट्रिय विधि र मापदण्डको प्रयोग गरि जनसंख्याका अन्य विशेषता समेत थपेर सञ्चालन गरिएका कारण आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छन् । वि.सं. २०१५ सालमा केन्द्रीय तथ्याङ्क विभागको स्थापना भए पछिका सबै जनगणना यस विभागले सञ्चालन गर्दै आएको छ । यस क्रममा वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र वि.सं. २०७२ सालमा जारी भएको नेपालको सविधान बमोजिमको संघीय प्रणाली पश्चातको पहिलो जनगणना हो ।
नतिजाको सार संक्षेप
१. जनसंख्या (Population): राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मसिर ९ गते) नेपालको जनसख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको सख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको सख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात (Sex Ratio) अर्थात प्रति १०० जना महिलामा पुरुषको सख्या ९५५९ रहेको छ। गत २०६८ सालमा कुल जनसंख्या २,६४,९४,५०४ र लैङ्गिक अनुपात ९४ १६ थियो ।
२. अन्य लिङ्गीको जनसंख्या (Other gender population): राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैडिक तथा यौनिक अल्पसंख्यक) को जनसख्या २,९२८ देखिएको छ जुन कुल जनसख्याको ००१ प्रतिशत हुन्छ । कुल अन्य लिङ्गी मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २८ प्रतिशत रहेको छ ।
३. वार्षिक जनसंख्या वृद्विदर” (Average annual population growth rate): जनगणना अवधिको ०. ९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणना अनुसार १३५ प्रतिशत प्रति वर्ष थियो। सबैभन्दा बढी बार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम बार्षिक औषत जनसख्या वृद्धिदर भएको जिल्ला रामेछाप (१६७ प्रतिशत) रहेका छन् ।
४. जनघनत्व (Population density): जनगणनाको नतिजा अनुसार जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० मात्र थियो। भौगोलिक क्षेत्रअनुसार हेदां सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना पतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौ जिल्लामा (५१६९ जना पति वर्ग किलोमिटर) र सबैभन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) रहेको छ ।
५ बृहत उमेर समूहअनुसार जनसंख्या (Population by broad age group): जनगणना अनुसार कुल जनसख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६.९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्या क्रमश २७८३ प्रतिशत र १०.२१ प्रतिशत रहेको छ ।
६. परिवार संख्या (Number of households): गत २०६८ सालको जनगणना अनुसार ५४,२७,३०२ परिवार संख्या रहेकोमा हाल उक्त संख्या करिव २३ प्रतिशतले बढेर ६६,६६,९३७ पुगेको छ । जसमध्ये व्यक्तिगत परिवार ६६,६०,८४१ र सस्थागत परिवार ६,०९६ रहेका छन् ।
७. परिवारका औसत आकार (Average household size): २०७८ सालमा पति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४ ८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रति परिवार हिमाली क्षेत्रमा ४ ३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ।
८. नगरपालिका तथा गाउँपालिकाको जनसंख्या (Urban/Rural municipality population): २०७८ सालको जनगणनामा नगरपालिकाहरूको जनसख्या ६६१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरूको जनसंख्या ३३८३ प्रतिशत रहेको छ। संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणको आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाहरूको जनसंख्या ६३१९ प्रतिशत र गाउँपालिकाहरूको जनसंख्या ३६ ८१ प्रतिशत रहेको थियो। गत २०६८ सालको जनगणनामा नगरपालिका क्षेत्रको लैङ्गिक अनुपात ९५.८९ रहेकोमा २०७८ को नतिजा अनुसार ९६.०६ कायम भएको छ भने गाउँपालिका क्षेत्रमा गत जनगणनाको ९१ २७ बाट बढेर ९४६८ पुगेको छ ।
९. सबै भन्दा धेरै र कम जनसंख्या भएका जिल्ला (Districts with highest and lowest Population): पाप्त नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा बढी जनसख्या काठमाडौं जिल्लामा २०,४१,५८७ जना र सबैभन्दा कम जनसख्या मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोवास रहेको छ। मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा पर्दछन् ।
१०. भौगोलिक क्षेत्रअनुसार जनसंख्या (Population by ecological belt): राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०. ३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६०८ प्रतिशत (१७,७२,९४८ जना) जनसख्या रहेको छ, जुन दश वर्ष अघि अर्थात २०६८ मा क्रमश तराईमा ५० २७ प्रतिशत (१,३३,१८,७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२ जना) रहेको थियो ।
११. प्रदेश अनुसार जनसंख्या (Population by province): राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशगत रूपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५७९ प्रतिशत रहेको छ। जुन गत २०६८ को जनगणनामा क्रमश २०.८७२५.९३ प्रतिशत रहेको थियो। यसैगरी मधेश प्रदेशमा दोस्रो ठूलो जनसख्या रहेको छ । २०७८ मा जनसंख्याको आकारको हिसाबले तेश्रो, चौथो, पांचौ र छैठौ क्रमश कोशी, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।
१२. मुख्य प्रयोग अनुसार घरको संख्या (Number of building structures by main use) : राष्ट्रिय जनगणना २०७८ मा मुख्य प्रयोग अनुसार देशभरका सम्पूर्ण घरहरूको विवरण संकलन गरिएको छ। घरको धेरैजसो भाग के कामका लागि प्रयोग भएको थियो सोको नतिजा अनुसार देशभर जम्मा ७५,५२,०६६ वटा घर सरचना रहेको छ, जसमध्ये मुख्यरूपमा आवासको लागि प्रयोग भएका घर ७१७ प्रतिशत, गोठ/धन्सार/मतान १० १ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५९ प्रतिशत, व्यापार ३१ प्रतिशत, शैक्षिक ११ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०४/०४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय सस्था ०१ प्रतिशत रहेका छन् । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५० प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशका ६८० प्रतिशत घरहरू मुख्य रूपमा आवासको लागि प्रयोग भएका छन् ।
१३. घर वा आवासीय एकाइको स्वामित्व (Ownership of house/housing unit): परिवारले आवासीय रूपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरू भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन् । गत !!१४. २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो। हालको गणनाअनुसार ०६ प्रतिशत परिवारहरू संस्थागत एकाइमा र ०७ प्रतिशत परिवार अन्य प्रकारको स्वामित्वको एकाइमा बसोबास गरेका छन् ।
१४. खानेपानीको मुख्य स्रोत (Main source of drinking water): राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल ६६,६०,८४१ परिवार मध्ये ५७.० प्रतिशत परिवारले धारा/पाइप (घरपरिसर भित्र र बाहिर समेत) बाट, २९.८ प्रतिशतले ट्युववेल/हाते पम्पबाट, १५ प्रतिशतले ढाकिएको इनार/कुवाबाट, ३९ प्रतिशतले मूल धाराबाट र ४६ प्रतिशतले जार/बोतलबाट पिउने पानी मुख्यरुपमा प्रयोग गर्ने गरेका छन् । खुला इनार/कुवाबाट पानीको प्रयोग गर्ने घरपरिवार २१ प्रतिशत, नदी/खोलाबाट पिउने पानी प्रयोग गर्ने परिवारहरू ० ४ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०६८ मा कल ५४ लाख २३ हजार २९७ परिवार मध्ये ४७८ प्रतिशत परिवारले धारा/पाइपबाट (घरपरिसर भित्र र बाहिर समेत) र ३५१ प्रतिशतले ट्युववेल/हाते पम्पबाट पिउने पानी मुख्य रुपमा प्रयोग गर्ने गरेका थिए ।
१५. खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन (Main source of cooking fuel): राष्ट्रिय जनगणना २०७८ को नतिजाले देशका कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । खाना पकाउन अक्सर एल पि ग्याँस, बिजुली, गुईठा/गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमश ४४३, ०५, २९, १२, ००५ २०.१ रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार ६४० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।
१६. बत्ती बाल्न अक्सर प्रयोग गरिने स्रोत (Main source of lighting): राष्ट्रिय जनगणना २०७८ अनुसार धेरैजसो घरपरिवारहरूले आफू बसोबास गरेको घर/आवासीय एकाइमा बत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेका छन्। गत जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ६७३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अशमा उल्लेख्य वृद्धि भई ९२२ प्रतिशत पुगेको छ ।बत्ती बाल्नका लागि अक्सर सोलार/सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार कमश ६.६,०६, २०६ प्रतिशत रहेका छन् । २०६८ मा बत्ती बाल्नका लागि अक्सर मट्टितेल, सोलार र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः १८.३, ७४ र ६१ प्रतिशत रहेको थियो ।
१७ परिवारले उपयोग गरेका साधन र सुविधा (Household assets/amenities): राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त नतिजाअनुसार ३.८८ प्रतिशत परिवारहरूमा जनगणनामा सोधिएका कुनै पनि साधन तथा सुविधाहरू उपलव्य नभएको पाइयो भने ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ। कुल परिवारमध्ये ४९ ३७ प्रतिशतमा टेलिभिजन, ३७ ७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५ २१ प्रतिशतमा साइकल उपलव्ध रहेको छ ।
१८. शौचालयको सुविधा (Toilet facility): राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका ६६,६०,८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४५ प्रतिशत परिवारहरूसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ। गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवार ३८ २ प्रतिशत थिए ।
१९. परिवारमा महिलाको नाममा रहेको घरजग्गा (Female ownership in house & land): जनगणना २०७८ को नतिजा अनुसार कुल २३८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ। परिवारमा ११८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो ।
२०. कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन गर्ने परिवारहरुको विवरण (Number of households operating small scale enterprises other than agriculture): जनगणनाको नतिजा अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र एक जना पनि तलबी कामदार नराखेका कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६,२७,८८७ (९४%) रहेका छन् । यस्ता साना घरेलु व्यवसाय सञ्चालन गर्ने कुल परिवारमध्ये घरेलु उद्योग १,३७,६४४ (२१९ %), व्यापार/व्यवसाय ३,१०,६५१ (४९५ %), यातायात ३४,६५६ (५.५%), सेवा ६९,१७७ (११०%) र ७५,५५९ (१२.०%) अन्य किसिमका व्यवसाय सञ्चालन गर्ने परिवार छन् । उल्लेखित साना घरेलु व्यवसाय मध्ये मुख्य रूपमा पुरुषले सञ्चालन गरेका ५५.० प्रतिशत र महिलाले सञ्चालन गरेका ४५० प्रतिशत रहेका छन् । यसैगरी प्रदेशगत रूपमा कुल साना घरेलू व्यवसाय मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १,५३,५२२ (२४.५%) र सबैभन्दा कम कर्णाली प्रदेशमा ३२,४६३ (५.२%) वटा परिवारले सञ्चालन गरेका छन् ।
२१. परिवारमा अनुपस्थित (विदेश गएका) व्यक्ति (Absentee abroad): राष्ट्रिय जनगणना २०७८का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरूबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरूष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।
२२. गत बाह्र महिनामा कम्तिमा एक जना मृत्यु भएको परिवार र मृतकको संख्या (Number of Households with deaths in the last 12 months preceding the census and number of deaths reported): राष्ट्रिय जनगणना २०७८ अनुसार कुल ६६,६०,८४१ परिवार मध्ये १,९२,१७८ परिवारमा जनगणना दिनको अघिको बाह महिनाको अवधिमा कम्तिमा एक जना व्यक्तिको मृत्यु भएको थियो। उल्लेखित १,९२,१७८ परिवारमा कुल १,९८,४६३ जनाको मृत्यु भएको थियो जसमा पुरूष ५७९ प्रतिशत र महिला ४२.१ प्रतिशत रहेका थिए । मृतक मध्ये नगरपालिका क्षेत्रबाट कुल १,३२,६०८ जना र गाउँपालिका क्षेत्रबाट ६५,८५५ जनाको मृत्यु भएको छ ।
२३. महिला परिवारमूली (Female household head): राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका कल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् जुन २०६८ को तुलनामा ५.८२ प्रतिशत बिन्दुले बढि हो ।
२४. वैवाहिक अवस्था (Marital status): प्राप्त नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३३.१ प्रतिशत व्यक्तिहरू अविवाहित रहेका छन् जसमा पुरुष ३८ २ प्रतिशत र महिला २८ ४ प्रतिशत छन् । त्यस्तै १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरू मध्ये ६१.८ प्रतिशत हाल विवाहित अवस्थामा छन् । हाल विवाहित पुरुष र महिलाहरू उनीहरूको कुल जनसङ्ख्याको क्रमशः ५९.१२६४३ प्रतिशत रहेका छन् ।
२५. पहिलो विवाह गर्दाको उमेर (Age at first marriage): राष्ट्रिय जनगणना २०७८ को नतिजाले धेरैजसो व्यक्तिहरू (३४४ प्रतिशत) को पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको देखाएको छ । दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरू २२.३ प्रतिशत छन् । दश वर्षमूनीको उमेरमा पहिलो विवाह भएका व्यक्तिहरू ०३ प्रतिशत छन् । यसैगरी १०-१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरू ७ प्रतिशत रहेका छन् । समग्रमा पहिलो विवाह गर्दाको औषत उमेर (Median age at first marriage) १९ वर्ष हुन आउँछ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ ।
२६. अपाङ्गता (Disability): राष्ट्रिय जनगणनामा २०७८ बाट प्राप्त नतिजाअनुसार कुल जनसख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ। अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् । २०६८ को जनगणनामा कुल जनसख्याको १.९४ प्रतिशत व्यक्तिमा कुनै एक वा एक भन्दा बढी प्रकारको अपाङ्गता रहेको थियो ।
२७. साक्षरता दर (Literacy rate): देशका ५ वर्ष वा सो भन्दा बढी उमेरका कल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७४ प्रतिशत रहेको थियो ।
२८ उत्तीर्ण गरेको शैक्षिक तह (Education level completed): राष्ट्रिय जनगणनामा २०७८ अनुसार कुल साक्षर जनसख्याको सबै भन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरू १९.९ प्रतिशत रहेका छन् । एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरू कुल साक्षर जनसंख्याको ९५ प्रतिशत छन्। यसैगरी एस एल सि भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १९५ प्रतिशत रहेका छन्। अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरू १८ प्रतिशत रहेका छन् ।
२९. जन्मस्थानको आधारमा जनसंख्या (Population by place of birth): राष्ट्रिय जनगणनामा २०७८ अनुसार जन्मस्थान र हालको बसोबास एउटै गाउँपालिका वा नगरपालिका भएका व्यक्तिहरू ६९.० प्रतिशत रहेका छन् । जसमध्ये पुरूष ७८ ३ प्रतिशत र महिला ६० प्रतिशत रहेका छन् । कुल जनसंख्याको ९ प्रतिशत व्यक्तिहरूको जन्मस्थान सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिका, १९.५ प्रतिशत जनसङ्ख्याको अर्को जिल्ला र २.५ प्रतिशतको जन्मस्थान विदेश रहेको छ ।
३०. पछिल्लो पटक बसाइँ सरेको स्थानको आधारमा जनसंख्या (Population by former place of residence for current migration): जनगणना अनुसार हाल अक्सर बसोबास गरिरहेको गाउँपालिका वा नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै पनि बसोबास नगरेका व्यक्तिहरू ६८.० प्रतिशत छन् जसमध्ये पुरुष ७७० प्रतिशत र महिला ५९.४ प्रतिशत रहेका छन् । कुल जनसङ्ख्याको १०८ प्रतिशत व्यक्तिहरूको यस अघिको बसोबास सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिकामा, १८.२ प्रतिशत जनसंख्याको अर्को जिल्लामा र ३.१ प्रतिशतको यस अघिको बसोबास विदेश रहेको छ ।
३१. पछिल्लो पटक बसाइँ सरेको अवधिको आधारमा जनसंख्या (Population at the current place of residence by duration of last migration): जनगणना अनुसार पछिल्लो पटक बसाई सरेको अवधिको आधारमा हेर्दा बसाइँ सरेका कुल ९३,४१,४०८ जना मध्ये सबैभन्दा बढी ३१.८ प्रतिशत व्यक्तिहरूको पछिल्लो पटक बसाइँ सरेको अवधि १०-२४ वर्ष रहेको छ भने सबैभन्दा कम ३.५ प्रतिशत व्यक्तिहरूको पछिल्लो पटक बसाई सरेको अवधि १ वर्ष भन्दा कम रहेको छ। पछिल्लो पटक बसाइँ सरेको अवधि ५० वर्षभन्दा बढी हुने व्यक्तिहरू ४० प्रतिशत रहेका छन् । यसैगरी लैङ्गिक हिसावले सबैभन्दा बढी २९.१ प्रतिशत पुरुषहरू र ३३.३ प्रतिशत महिलाहरूको पछिल्लो पटक बसाई सरेको अवधि १०-२४ वर्ष रहेको छ ।
३२. हाल बसाइँ सर्नुको कारण (Reasons for current migration): यस अघिको बसोबास गरेको स्थानबाट गणना भएको स्थानमा आउनुको मुख्य कारणमा सबैभन्दा बढी ३८२ प्रतिशत विवाह रहेको छ। हाल बसोबास गरेको स्थानमा आउनुका अन्य कारणहरू काम/रोजगारी १५ २ प्रतिशत, व्यापार/व्यवसाय २.८ प्रतिशत, अध्ययन/तालिम ७८ प्रतिशत, आश्रित १९.५ प्रतिशत, प्राकृतिक प्रकोप ० ७ प्रतिशत, कृषि ३९ प्रतिशत, घर फर्किएको ४१ प्रतिशत र अन्य ६६ प्रतिशत रहेका छन्। बसाइँसराइ गरी आएका पुरुषमध्ये सबैभन्दा बढी ३०६ प्रतिशत काम/रोजगारीको कारण र महिला ५८.२ प्रतिशत विवाहका कारण रहेका छन् ।
३३. महिलाको प्रजनन् अवस्था (Fertility Status): राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १५-४९ वर्षका विवाहित महिला (६१,४५,०३९ जना) मध्ये १२ प्रतिशतले गणनाको समयसम्म कुनै पनि जीवित बच्चा जन्माएका छैनन् भने २ जना जीवित बच्चा जन्माएका महिलाको सख्या सबैभन्दा बढी ३३ प्रतिशत रहेको छ। गणनाको समयसम्म १ जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३१ प्रतिशत रहेका छन् भने ९ वा सो भन्दा बढी जीवित बच्चा जन्माउने महिला ० १ प्रतिशत रहेको छ । १५-४९ वर्षका कुल ६१,४५,०३९ विवाहित महिलाले हालसम्म १,२७,९९,९६९ बच्चा जन्माएका छन्। जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत रहेको छ । कुल जीवित जन्मेका बच्चाहरूमध्ये ३.२ प्रतिशतको मृत्यु भएको थियो । मृत्यु भएका बच्चाहरूमध्ये छोरा ५७६ प्रतिशत र छोरी ४२४ प्रतिशत रहेको छ ।
३४. महिलाको हालको प्रजनन् अवस्था (Current Fertility Status): राष्ट्रिय जनगणना २०७८ अनुसार गणनाको दिनदेखि १२ महिना अघिको समयमा कुल ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएको थियो जसमध्ये २ लाख १८ हजार ७४ जना अर्थात ५२.८ प्रतिशत छोरा र १ लाख ९४ हजार ८ सय ६१ अर्थात् ४७२ प्रतिशत छोरीको जन्म भएको थियो । १ वर्षको अवधिमा जन्मेका बच्चाहरूमध्ये सबैभन्दा धेरै ३६.८ प्रतिशत बच्चाको जन्म २०-२४ बर्षका महिलाबाट भएको थियो ।
३५. मातृमृत्यु सम्बन्धी विवरण (Maternal mortality): राष्ट्रिय जनगगणना २०७८ को नतिजा अनुसार गणनाको सन्दर्भ अवधि (गणना भएको दिन देखि १२ महिना अघिको समयावधि) मा कुल प्रजनन् उमेर समूह (१५-४९ वर्ष) का १२,९७६ महिला मृत्युमध्ये ६५३ जना (पाँच प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्चित रहेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँगको सहकार्यमा गरिएको भर्वल अटप्सी (Verbal Autopsy) बाट उल्लिखित गर्भावस्थासँग सम्बन्धित मृत्युमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्चित रहेको छ। यसै अवधिमा उक्त उमेर समूहबाट कुल ४ लाख १२ हजार ९ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ, जसअनुसार मातृमृत्यु दर १५१ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ ।
३६. बालबालिकाको बसाइँको अवस्था (Status of living arrangement of children): अठार बर्ष भन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिकामध्ये सबैभन्दा बढी ७७९ प्रतिशत बालबालिकाहरू आमाबाबु दुबैसँग बस्ने गरेका छन् । आमासँग मात्र बस्ने बालबालिका १७१ प्रतिशत, बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत र अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेका छन् ।
३७. आर्थिक काम गरेको अबधि (Duration of economic activities performed): राष्ट्रिय जनगणना २०७८ अनुसार १० वर्ष वा बढी उमेरका २,३९,५८,८६८ जना व्यक्तिहरू मध्ये १,४९,८३,३१० जनाले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काम गरेका छन् जसमध्ये ४१० प्रतिशतले ६ महिना वा सोभन्दा बढी समय काम गरेको, २१.५ प्रतिशतले ६ महिनाभन्दा कम समय काम गरेको र ३७५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।
३८. आर्थिक क्रियाकलाप (Economic activities): आर्थिक रुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका २,३९,५८,८६८ जना व्यक्तिहरू मध्ये १,५६,८९,७७७ जना (६५५ प्रतिशत) आर्थिक रूपले सक्रिय र ८२,११,०१२ जना (३४ ३ प्रतिशत) आर्थिक रूपले निष्क्रिय रहेका छन् जबकी आर्थिक रूपले सक्रिय वा निष्क्रिय अवस्था नखुलेका व्यक्तिहरूको संख्या ५८,०७९ जना रहेका छन् ।
अक्सर आर्थिकरुपले सक्रिय जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १,५६,८९,७७७ जना आर्थिक रूपले सक्रिय व्यक्तिहरूमध्ये १,१०,३८,१०५ जना (७० ३५ प्रतिशत) अक्सर आर्थिकरूपले सक्रिय र ४६,५१,६७२ जना (२९.६५ प्रतिशत) अक्सर आर्थिक रूपले निष्क्रिय रहेका छन् । अक्सर रोजगार जनसंख्याः १० वर्ष वा सोभन्दा बढी उमेरका १,१०,३८,१०५ जना अक्सर आर्थिकरूपले सक्रिय व्यक्तिहरू मध्ये १,०२,७०,४४७ जना (९३.०५ प्रतिशत) अक्सर रोजगार र ७,६७,६५८ जना (६.९५ प्रतिशत) अक्सर बेरोजगार रहेका छन् ।
३९.आर्थिक कामको पेशागत वर्गीकरण अनुसारको जनसंख्या (Economically active population by main occupation): जनगणनाको नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपाल स्तरीय पेशागत वर्गीकरण अनुसार प्रस्तुत गरिएको छ । आर्थिक काम गरेका कुल जनसंख्या १,४९,८३,३१० मध्ये ५२६ प्रतिशत पुरुष र ४७४ प्रतिशत महिला रहेका छन् । आर्थिक काम गरेका जनसंख्या मध्ये पेशागत रूपमा सबैभन्दा बढी कृषि, वन र माछापालन कार्यका दक्ष कामदारहरू ५०१ प्रतिशत रहेका छन् । यसपछि क्रमश सामान्य वा प्राथमिक पेशाका कामदारहरू २३० प्रतिशत, सेवा तथा वस्तु बिक्री गर्ने कामदारहरू ५.८ प्रतिशत, शिल्पकला तथा कालिगढ र यस सम्बन्धी व्यापार गर्ने कामदारहरू ५६ प्रतिशत, व्यवस्थापकहरू ५१ प्रतिशत रहेका छन् ।
४०. आर्थिक कामको औद्योगिक क्षेत्र वर्गीकरण अनुसारको जनसंख्या (Economically active population by main industry): जनगणनाको नतिजा अनुसार १० वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले गरेको आर्थिक कामलाई नेपाल स्तरीय औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरी प्रस्तुत गरिएको छ। आर्थिक काममा संलग्न १,४९,८३,३१० मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७३ प्रतिशत रहेका छन्। यसपछि क्रमश थोक एव खुद्रा व्यापार, मोटरगाडी तथा मोटरसाइकल मर्मतका कार्यहरूमा १२.५ प्रतिशत, निर्माणमा ८१ प्रतिशत, अन्य सेवा प्रदान गर्ने क्रियाकलापहरूमा ३९ पतिशत, औद्योगिक उत्पादनमा ३८ प्रतिशत जनसंख्या सलग्न रहेका छन् ।
४१. आर्थिक काममा संलग्नताको प्रकार अनुसारको विवरण (Economically active population by employment status): राष्ट्रिय जनगणना २०७८ अनुसार गणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरू क्ल १ करोड ४९ लाख ८३ हजार ३ सय १० जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी आफ्नै काम गर्ने ५५.३ प्रतिशत, अरूको कामगर्ने २८.६ प्रतिशत, परिवारमा सघाउने मात्र १४५ प्रतिशत, रोजगारदाता १४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन् ।
४२. आर्थिक कामको संस्थागत क्षेत्र अनुसारको विवरण (Economically active population by institutional sector): राष्ट्रिय जनगणना २०७८ अनुसार गणना भएको १२ महिना अगाडिको समयमा आर्थिक काम गरेका व्यक्तिहरूको आर्थिक कामको संस्थागत क्षेव अनुसार सबैभन्दा बढी घरायसी क्षेत्रमा काम गर्ने ६१.८ प्रतिशत, गैर वित्तीय सस्था ३२७ प्रतिशत, सरकारी ३.९ प्रतिशत, वित्तीय सस्था १.१ प्रतिशत नाफा नकमाउने संस्था ०४ प्रतिशत र उल्लेख नभएको ०.१ प्रतिशत रहेका छन् ।
४३. आर्थिक काम नगर्नुको कारण (Reasons for not being economically active): दश वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिहरू मध्ये कुनै पनि आम्दानी हुने वा नहुने आर्थिक काम नगरेका व्यक्तिहरू मध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले आर्थिक काम नगरेको देखिन्छ । त्यसपछि अन्य कारणहरूमा क्रमशः घरधन्दा २१.९ प्रतिशत, बुद्ध अवस्था ११.० प्रतिशत, पारिवारिक हेरचाह ७५ प्रतिशत, अन्यमा ७४ प्रतिशत, अशक्त/बिरामी २५ प्रतिशत, पेन्सन/आयस्ता २.२ प्रतिशत र सामाजिक कार्य/स्वयसेवा ०.३ प्रतिशत रहेको छ ।
४४. बालबालिकाको जन्मदर्ता सम्बन्धी अवस्था (Birth registration status of children): राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार ५ वर्ष वा सो भन्दा कम उमेरका कुल ३० लाख ७ हजार ६४८ जना बालबालिका मध्ये ७४० प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २६ प्रतिशतको जन्मदर्ता नगरेको देखिन्छ। यसैगरी जन्म दर्ता गरेको संख्या हिमालमा ८१९ प्रतिशत, पहाडमा ७३.१ प्रतिशत र तराईमा ७३ ७ प्रतिशत देखिन्छ भने प्रदेशगत रूपमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ८७३ र कम बागमती प्रदेशमा ६७ प्रतिशत मात्र जन्म दर्ता गरेको देखिन्छ ।