परिचय
रामेछाप जिल्ला प्रदेश नं. ३ मा अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको प्रदेश राजधानी हेटौडा हो भने रामेछाप प्रदेश नं. ३ को १३ वटा जिल्ला मध्ये एक हो। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८’ उत्तरी अक्षांशदेखि २७ डिग्री ५०’ उत्तरसम्म र ८५ डिग्री ५०’ पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५’ पूर्वसम्म छ। मध्य महाभारत पर्वत श्रृङ्खलादेखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएकोछ। यस जिल्लाको कुल क्षेत्रफल १,५४६ वर्ग कि.मि. रहेको छ भने वि.स. २०७८ सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या १,७०,३०२ रहेको छ । यसको पुर्वमा ओखलढुङ्रगा र साेलुखुम्बु, पश्चिममा काभ्रेपलाञ्चाेक र सिन्धुपाल्चाेक, उत्तरमा दाेलखा र दक्षिणमा सिन्धुली जिल्ला रहेका छन । यस जिल्लामा बसाेवास गर्ने प्रमुख जातजातिहरू तामाङ,नेवार,क्षेत्री,बाहुन आदि हुन ।

राजधानीले छोएको काभ्रेपलाञ्चोक जिल्ला चिनसँग सिमाना जोडिएको दोलखा र ओखलढुङ्गा जिल्ला र तराईले छोएको सिन्धुली जिल्लाको विचको १५४६ वर्ग कि.मि.को यो जिल्ला पर्याप्त स्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ । रामेछापलाई तीनलालको जिल्ला भनेर पनि चिनिने गरिन्छ ।
नेपाली साहित्यका प्रथम सहित सुब्बा कृष्णलाल अधिकारी, सहिद गंगालाल श्रेष्ठ र नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछापमै भएको हो । रामेछापले नेपाली राजनीतिक कला साहित्य उद्योगी व्यापारी विद्वान साँस्कृतिक कर्मी संचार कर्मी सबै प्रतिभा जन्माएको छ । भौगोलिक हिसाबमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्ये एक हो ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार रामेछाप जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | मन्थली नगरपालिका | मन्थली नगरपालिका, गेलु, चनखु, पुरानागाँउ र फुलासी गा.वि.स. | १४ |
२ | रामेछाप नगरपालिका | रामेछाप नगरपालिका, गोठगाँउ, देउरालि, साँघुटार, हिमगंगा र रामपुर गा.वि.स. | ९ |
३ | उमाकुण्ड गाउँपालिका | गुम्देल, बाम्ती, कुबुकास्थली, प्रिति, गुप्तेश्वर र भुजी गा.वि.स. | ७ |
४ | खाँडादेवी गाउँपालिका | राकाथुम, मझुवा, भिरपानी, पकरवास, माकादुम, गागलभदौरे, पिङ्खुरी र खाँडादेवी गा.वि.स. | ९ |
५ | गोकुलगङ्गा गाउँपालिका | चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फर्पु गा.वि.स. | ६ |
६ | दोरम्बा शैंलुङ गाउँपालिका | डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी ( ८-९) गा.वि.स. | ७ |
७ | लिखु तामाकोशी गाउँपालिका | दुरागाँउ, सैपु, बिजुलिकोट, नागदह, खिम्ती र तिल्पुङ गा.वि.स. | ७ |
८ | सुनापती गाउँपालिका | दिनिपोखरी, गुन्सी (१-७), बेथान, हिलेदेवी र खनियापानी गा.वि.स. | ५ |
जम्मा | ६४ |
१. नामः मन्थली नगरपालिका
नेपाल सरकारद्धारा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित मन्थली नगरपालिका तत्कालिन ७ वटा गाउँ विकास समितिहरु ( मन्थली,कठजोर, सालु, सुनारपानी, भलुवाजोर, भटौली र चिसापानी) लाई समायोजन गरेर १६वटा वडा रहने गरी २०७१ मसिर १६ गते घोषणागरियो । नेपालको सविधान वमोजिम राज्यको पुन: सरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित क्रमश: पुरानागाँउ, चनखु, गेलु र फुलासी गाँउ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रुपमा स्थापित भएको छ ।
यो नगरपालिका वागमती प्रदेश अन्तर्गत रहेको ११९ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल २११.७७ वर्ग किलोमिटरअर्थात (२११७७ हेक्टर) माफैलिएको छ । जसमध्ये कृर्षि भू उपयोगका दृष्टिले ७३३६ हेक्टर जमिन रहेको छ जसमा संचित जमिन १३५६ हेक्टर र असंचित जमिन ४५१३ हेक्टर रहेको छ ।
यस नगरपालिकाको औषत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ । गर्मी याममा अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियस रहने गर्दछ । यस नगरपालिकामा कम उचाइ भएका सुनकोशी नदी, तामाकोशी नदी, भटौली र रणजोर खोला आसपासका वस्तीहरुमा उष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू भागमा न्यानो समशीतोष्ण हावापानी पाइन्छ ।

यस नगरपालिकाको भौगोलिक स्वरुप निकै भिरालो रहेकोले वर्षायाममा भू-क्षय र पहिरो निकै जाने गर्दछ । रणजोर खोलाको सिरमा रहेको घ्याप्चे पहिरो ठूलो र अनौठो रुपमा रहेको छ । यो पहिरोवर्षायाममा रोकिने र सुख्खा याममा निरन्तर गइरहने गर्दछ । यस पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिम युक्त वनाएको छ ।
प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रुपमावामचुराको वैरामहादेव( थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको ऐराम्वास मन्दिर, सुनारपानीको थानपती मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रुपमा रहेका छन् ।
मन्थलीको नामाकरणको सन्दर्भमा स्थानीय माझी जातिसँग जोडिएको कथा गाँसिएको छ । विशेषगरी आदिमकालदेखि मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता गाउँ विकास समितिका भू भागहरुमा माझी जातिहरुको वसोवास रहेको पाइन्छ । सो जातिको छुट्टै राजा हुने चलन अनुसार एक जना मन नामक राजा रहेको र राजा वस्ने थलोलाई मनथलो भनिएको, पछि सो शव्द अप्रभ्रश भई मन्थली भएको मान्यता छ ।
त्यसैगरी प्राचिन किम्वदन्ती अनुसारविद्धत वर्गमा अर्को प्रसंग पनि पाईन्छ । आदिकालदेखि नै यस स्थानमा माझी जातिको वस्ती रहँदै आएको, जाडँ उनीहरुको मुख्य पेय भएको र माझी भाषामा मुन भनेको जाडँ र थलो भनेको खान बस्ने ठाउँ भन्ने बुझाउने भएकाले यसलाई जाडँ खाने र बस्ने स्थानको रुपमा पनि मन्थलो भन्न थालिएको र यसै शब्दको अपभ्रंशबाट मन्थली हुन गएको हो । मन्थली भन्ने स्थान खासगरी गाउँलाई जनाउने भएतापनि समयक्रममा त्यसभन्दा तल रहेको बेसी पनि मन्थली बेसी भनेर चिनिन थालियो ।
केन्द्रः साविक मन्थली नगरपालि
जनसङ्ख्याः ३९६९५
क्षेत्रफलः २११.७८ (वर्ग कि.मि.)
वडा संख्याः १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मन्थली(१,२) | ८७७९ | ७.९ |
२ | २ | मन्थली(३,४) | २१५४ | ६.६४ |
३ | ३ | मन्थली(५,६) | १९५४ | २३.०४ |
४ | ४ | मन्थली(७,८) | २८२५ | १९.८६ |
५ | ५ | मन्थली(९,१०) | १८६१ | १२.९४ |
६ | ६ | मन्थली(११,१२) | ३०२१ | ३१.५९ |
७ | ७ | मन्थली(१३,१४) | ३३८२ | २५.४८ |
८ | ८ | मन्थली(१५,१६) | २५५१ | १०.०२ |
९ | ९ | पुरानागाँउ(१-९) | २२३३ | ११.७२ |
१० | १० | चनखु(१-९) | १७७१ | १३.१६ |
११ | ११ | गेलु(५-९) | २३२३ | १८.३३ |
१२ | १२ | गेलु(१-४) | २०९० | ७.८५ |
१३ | १३ | फुलासी(१-५) | २५६४ | ११.७३ |
१४ | १४ | फुलासी(६-९) | २१८७ | ११.५२ |
जम्मा | ३९६९५ | २११.७८ |
मन्थली नगरपालिकाको नक्सा
२. रामेछाप नगरपालिकाः राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर तीन (३) रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो।

पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी. छ। यंहाकाे कुल जनसंख्या : २८६१२ छ। यस नगरपालिकाकाे केन्द़ रामेछाप बजारमा छ।
केन्द्रः साविक रामेछाप नगरपा
जनसङ्ख्याः २४९७१
क्षेत्रफलः २०२.४५ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गोठगाँउ(१-९) | २७५४ | १०.४१ |
२ | २ | देउराली(१-९) | ३०१४ | १७.१४ |
३ | ३ | साँघुटार(१-९) | १९४३ | ९.०५ |
४ | ४ | हिमगंगा(१-९) | ३३९९ | ३४.९५ |
५ | ५ | रामपुर(१-९) | ३१३५ | ३७.८६ |
६ | ६ | रामेछाप(१-३) | २८०१ | २५.६९ |
७ | ७ | रामेछाप(७-९) | ३०९१ | २८.८५ |
८ | ८ | रामेछाप(४,५) | ३५३८ | २४.५७ |
९ | ९ | रामेछाप(६) | १२९६ | १३.९३ |
जम्मा | २४९७१ | २०२.४५ |
रामेछाप नगरपालिकाको नक्सा
३. नामः उमाकुण्ड गाउँपालिका
रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिकाहो। जम्मा सात ओटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १६५९० रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ प्रिती को च्यादलुमा रहेको छ ।
उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला ,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिका उत्तरमा सोलुखुम्बु र दाेलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्दिमा निकै ठुलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानिय सरकार आए संगै विकास निर्माणले गति लिन थालेको छ ।
उमाकुण्ड गाउँपालिकाको समृद्दिको आधार भनेको कृषि ,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक ,एतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो ।धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी ,जट्टापोखरि लगायतका महत्वपुर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा एतिहासिक तथा धार्मिक स्थल ताँमेडाँडाक्षेत्र उमातिर्थ मन्दिर ,विभिन्न चण्डी मन्दिर लगाएत धेरै एतिहासिक तथा धार्मिक स्थलहरु रहेको छ भने गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण स्थलहरु रहेको छ।
जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिका मा धेरै सम्भावना छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावर हरु निर्माण भैरहेको छ भने अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगाएतको समेत काम भैरहेको छ।कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा न १ गुम्देल लगाएत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ ।उमाकुण्ड गाउँँपालिकामा कृषि मा आलु किवी अलैची ,चिया लगाएतका नगदे बालि को प्रशस्त खेति भैरहेको छ भने उमाकुण्ड गाउँपालिका बहुमुल्य जडिबुटीको भण्डार को रुपमा पनि परिचित गाउँपालिका हो।
केन्द्रः साविक प्रिति गा.वि.स.
जनसङ्ख्याः १६५९०
क्षेत्रफलः ४५१.९९ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गुम्देल(१-९) | २७६३ | ३३३.१४ |
२ | २ | बाम्ती(१-९) | ३१९४ | २०.२८ |
३ | ३ | कुबुकास्थली(१-९) | २२६३ | १९.५९ |
४ | ४ | प्रिती(१,४,७-९) | २७८१ | २२.४७ |
५ | ५ | प्रिती(२,३,५,६) | २०५८ | १३.७३ |
६ | ६ | गुप्तेश्वर(१-९) | १४०३ | २४.३ |
७ | ७ | भुजी(१-९) | २१२८ | १८.४८ |
जम्मा | १६५९० | ४५१.९९ |
उमाकुण्ड गाउँपालिकाको नक्सा
४. नामः खाँडदेवी गाउँपालिका
खाँडादेवी गाँउपालिका रामेछाप जिल्लामा अवस्थित छ। वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम , मझुवा , भीरपानी , पकरबास , माकादुम , गागल- भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो।
कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र १९३१२ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ। यस गाउँपालिका पूर्वमा मन्थली नगरपालिका , पश्चिममा सुनापति गाउँपालिका , उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासम्म फैलिएको छ।
केन्द्रः साविक माकादुम गा.वि.स
जनसङ्ख्याः १९३१२
क्षेत्रफलः १५०.७ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | राकाथुम(१-९) | २६०२ | २०.५६ |
२ | २ | मझुवा(१-९) | १४७६ | १७.१७ |
३ | ३ | भीरपानी(१-९) | २३७७ | २६.८३ |
४ | ४ | पकरवास(१-४) | ३१२८ | २२.५ |
५ | ५ | पकरवास(५-९) | १९४९ | ८.६४ |
६ | ६ | माकादुम(१-९) | १६०१ | ८.११ |
७ | ७ | खाँडादेवी(१-९) | ३००३ | २१.३४ |
८ | ८ | गागलभदौरे(१-९) | १७२२ | १५.६३ |
९ | ९ | पिङ्खरी(१-९) | १४५४ | ९.६९ |
जम्मा | १९३१२ | १५०.४७ |
खाँडादेवी गाउँपालिकाको नक्सा
५. नामः गोकुलगंगा गाउँपालि
गोकुगंगा गाउँपालिका नेपालको प्रदेश नं ३, रामेछाप जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको हो ।
यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा यस गाउँपालिका पर्दछ ।
केन्द्रः साविक रस्नालु गा.वि.स
जनसङ्ख्याः १७७९८
क्षेत्रफलः १९८.४ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चुचुरे(१-९) | २३२७ | ७७.६१ |
२ | २ | ठोसे(१-९) | २२७८ | २९.१६ |
३ | ३ | रस्नालु(१-९) | ३७६४ | ३२.२५ |
४ | ४ | बेताली(१-९) | ३५५७ | १७.३ |
५ | ५ | नामाडी(१-९) | ३७३२ | २७.९९ |
६ | ६ | फर्पु(१-९) | २१४० | १४.०९ |
जम्मा | १७७९८ | १९८.४ |
गोकुलगङ्गा गाउँपालिकाको नक्सा
६. नामः दोरम्बा गाउँपालिका
वि.सं. २०५६ को विकेन्द्रीकरण नियमावली अनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमा नै पर्दछ । यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८ उत्तरी आक्षंस देखी २७ डिग्री ५० उत्तरी सम्म र ८५ डिग्री ५० पूर्वी देशान्तर देखि ८६ डिग्री ३५ पूर्व सम्म फैलिएको छ । मध्य महाभारत पर्वत श्रृंखलादेखी उच्च हिमाली श्रृंखलासम्म विस्तारित रामेछाप जिल्लाको भु–बनोट समुद्रि सतह देखी ४२६ मिटरको उचाईदेखि ६९५८ मिटरको नुम्बुर हिमाल चुलीसम्म फैलिएको छ ।
नेपाल सरकारको मिति२०७३ फागुन २७गतेबाट लागु हुने गरी यस रामेछाप जिल्लालाई८वटा स्थानीय तहमा र२निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।साबिक ७ गाविस समेटेर बनेको गाउँपालिकाको कुल क्षेत्रफल १४०.८८ वर्ग कि.मि. रहेको छ । यस गाउँ पालिकाको केन्द्र दोरम्बा-३, थामचौर रहेको छ । यस गौपलिका को अध्यक्ष कमान सिं मोक्तान हुनुहुन्छ । यस गाउँपालिकाको सिमा उत्तर मा दोलखा जिल्ला दक्षिणमा सिन्धुलि , पश्चिममा काभ्रेपलान्चोक , पुर्बमा ओखलढुंगा र सोलुखुम्भु रहेको छ |
रामेछाप जिल्लामा विद्यमान ६ स्थानीय तहहरु मध्ये दोरम्बा गाउँपालिका जिल्लाको उत्तरी पश्चिम भागमा अवस्थित रहेको छ । साविक डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर र गुन्सी गरी ६ वटा गाविस मिलेर बनेको यो गाउँपालिका १४०.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । ३ नं. प्रदेश अन्तरगत पहाडी विशेषता बोकेको यो गाउँपालिको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकासका संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ|
केन्द्रः साविक टोकरपुर गा.वि.स
जनसङ्ख्याः १७६८६
क्षेत्रफलः १४०.८८ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | डडुवा(१-९) | ३९७४ | २९ |
२ | २ | दोरम्बा(१-९) | २५०५ | २०.४ |
३ | ३ | टोकरपुर(१-७) | १६०१ | १८.१६ |
४ | ४ | गोश्वारा(१-९) | २६९१ | ३६.७२ |
५ | ५ | गुन्सी (८,९) र टोकरपुर(८,९) | १९३५ | १०.१ |
६ | ६ | लखनपुर(१-५) | ३६३८ | १४.६३ |
७ | ७ | लखनपुर(६-९) | १३४२ | ११.८७ |
जम्मा | १७६८६ | १४०.८८ |
दोरम्बा शैंलुङ गाउँपालिकाको नक्सा
७. नामः लिखु तामाकोशी गाउँपालिका
लिखुतामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय बागमती प्रदेश जनकपुर अञ्चल रामेछाप जिल्लामा अवस्थित लिखुतामाकोशी गाउँपालिका जिल्लाको तत्कालिन छ वटा गाविसहरू समेटी २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट पारित भई स्थापना भएको हो । यस गाउँपालिकामा समेटिएका साविकका छ गाविसहरू क्रमशः दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ती र तिल्पुङ हुन् ।
रामेछाप जिल्लाका ८ स्थानीय तहमध्ये हाल ७ वटा वडामा विभाजित यो गाउँपालिका मन्थली र रामेछाप तथा १ खाँडादेवी गाउँपालिका पछि चौथो ठूलो गाउँपालिका हो भने क्षेत्रफलको आधारमा सातौँ ठूलो गाउँपालिका हो । यस लिखुतामाकोशी गाउँपालिकाको पूर्वमा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिका, पश्चिममा यसै जिल्लाको मन्थली नगरपालिका र दोलखा जिल्लाको तामाकोशी गाउँपालिका, उत्तरमा यसै जिल्लाको गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिका तथा दक्षिणमा मन्थली नगरपालिका र रामेछाप नगरपालिका यति चारकिल्ला सीमानाभित्र अवस्थित यो गाउँपालिका वनपैदावर, वन्यजडिबुटी, गिटी, ढुङ्गा, रोडा, बालुवा, स्लेट लगायतको प्राकृतिक स्रोत साधनले सम्पन्न रहेको छ भने कृषि क्षेत्रमा आलु, मकै, कोदो, धान, गहुँ, फापर, टिमुर, कागती, ओखर, कफी, सुन्तला, जुनार, तोरी लगायतका अन्नबाली तथा नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास र विस्तार गर्न सकिने अत्यन्तै उर्वर भूमि रहेको छ भने पशु पालनमा पनि उत्तिकै प्रचुर सम्भावना रहेको छ ।
उत्तर–पूर्व र दक्षिण तीनै दिशाबाट लिखु नदीले रामेछाप र ओखलढुङ्गाको सीमाना छुट्याएको अर्थात् लिखु नदीले तीनै तिरबाट फेरो हालेकोले यस स्थानीय तहको नाम लिखु मात्र सिफारिस गरिएको हुँदा २०७३ फागुन २७ गतेको नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयबाट सुरुमा यस गाउँपालिकाको नाम लिखु मात्र रहेको थियो । नुवाकोट, ओखलढुङगा र सोलुखुम्बु जिल्लाका स्थानीय तहको नाम समेत सोही लिखु गाउँपालिका नामकरण गरिएकाले लिखु नदी आसपासका अन्य उक्त ३ जिल्लामा स्थानीय तहको एउटै नाम जुध्न गएको र यसै गाउँपालिकाको उत्तरमा तामाकोशी नदीको शीतल जलप्रवाहले सिंचित गरेको हुँदा २०७४ असार ३० को गाउँसभा बैठकबाट लिखुतामाकोशी नामकरण गर्ने र यस गाउँपालिकाको केन्द्र साविक बिजुलीकोटबाट धोवीबजार सार्ने निर्णय भए बमोजिम यस गाउँपालिकाको नाम लिखुतामाकोशी गाउँपालिका र हाल केन्द्र धोवीबजार रहन गई यस गाउँपालिकाको कार्यालय धोवीबजारमा अवस्थित छ ।
केन्द्रः हालको वडा नं ३ र ५(पूर्वमा माने भन्ज्यांग,पश्चिममा चित्रे चौतारो,
उत्तरमा इलाका प्रहरी कार्यालय र दक्षिणमा धोबिचौर) मा पर्ने गरी
जनसङ्ख्याः १८३२५
क्षेत्रफलः १५३.०६ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | दुरागाँउ(१-९) | २५०९ | २९.९५ |
२ | २ | सैपु(१-९) | २५५३ | १६.५५ |
३ | ३ | बिजुलिकोट(१-४) | १८८४ | ११.०२ |
४ | ४ | बिजुलिकोट(५-९) | २१६२ | १५.१९ |
५ | ५ | नागदह(१-९) | २८७९ | १७.१७ |
६ | ६ | खिम्ती(१-९) | ३३५७ | २१.९६ |
७ | ७ | तिल्पुङ(१-९) | २९८१ | १२.६७ |
जम्मा | १८३२५ | १२४.५१ |
लिखु तामाकोशी गाउँपालिकाको नक्सा
८. नामः सुनपाती गाउँपालिका
मुलुकमा संघीय शासन व्यवस्था लागु भए पछि वि.सं. २०७३ फागुन २७ गने देखि सुनापति गाउँपालिका अस्तित्वमा आएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा खाँडादेबी गाउँपालिका पश्चिममा चौरीखोला उत्तरमा दोरम्बा गाउँपालिका र दक्षिणमा सुनकोशी नदी पर्दछ । यो गाउँपालिका साबिकको पांच गाउँ विकास समितिहरु (गुन्सी,दिमीपोखरी,हिलेदेबी, बेथान र खनियापानी) मिलेर बनेको हो । समुन्द्री सतहदेखि करीव ६०० देखि२३०० मिटर सम्मको उचाइमा अवस्थित यो पालिका विश्वमान चित्रमा २७.४७ उत्तरी अक्षांश र ८५.९०ड्ढ पूर्वी देशान्तरमा पर्दछ । जिल्ला नापी कार्यालय रामेछापका अनुुसार यस पालिकाको कुल क्षेत्रफल ८६.९८ वर्ग किलोमिटर रहेको छ ।
सुनापति डाडाँको नामबाट नै यस पालिकाको नामाकरण गरिएको हो । रामेछाप जिल्लामा सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकार समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो ।सुनापति डाडाँमा महादेवको मन्दिर र वौद्ध धर्मालम्वीहरुको करीव १०४ वर्ष पुरानो ऐतिहासिक माने(छ्योर्तेन) र १०८ वर्ष पुरानो लहरेमाने पनि छ जुन पुरातत्व विभागमा समेत सूचीकृत भइसकेको छ। यसरी सुनापति एक धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण एक पर्यटकीय गन्तव्य पनि हो ।
केन्द्रः साविक हिलेदेवी गा.वि.
जनसङ्ख्याः १४६५८
क्षेत्रफलः १८६.९८ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गुन्सी(१-७) | २६७७ | १४.९५ |
२ | २ | दिमिपोखरी(१-९) | २३६९ | १६.४९ |
३ | ३ | हिलेदेवी(१-९) | २४९९ | १४.६४ |
४ | ४ | वेथान(१-९) | ३८२६ | १८.०४ |
५ | ५ | खनियापानी(१-९) | ३२८७ | २०.९७ |
जम्मा | १४६५८ | ८५.०९ |
सुनापती गाउँपालिकाको नक्सा