परिचय
म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको गण्डकी प्रदेश मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ । धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ । “म्याग्दी” शब्दको उत्पत्तिको सन्दर्भमा विभिन्न भनाइहरू रहेका छन् । “मेङ” भनेको थापा र “दी” भनेको नदी मिलेर म्याग्दी शब्द बनेको भन्ने भनाइ रहेको पाइन्छ ।

एतिहासिक चिनारी
यहाँ पौराणिक तथा ऐतिहासिक थुप्रै महत्वपूर्ण स्थानहरू छन् । ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको क्षेत्र, “जड” जडभरत गुफाको नामले गलेश्वरमा रहेको छ । वर्तमानमा राखु नामले प्रचलित गाउँ नै राजा रहुगणको राजधानी थियो भनिन्छ । ऋषि पुलत्स्यको आश्रम “पुला” वर्तमान पुलाचौर गा.वि.स.मा रहेको छ । यस्तै मुनिवर पुलत्स्यको नाति विश्वका छोरा लंकाधिपति “रावण” को जन्मभूमि पनि यहीं हो भनिन्छ ।
लिच्छवी राजा मानदेवले गण्डकीपारी मल्लपुरीको बिद्रोह दमन गरेको कुरा इतिहासमा उल्लेख छ । मानदेव प्रथमको मुद्रा मानाङ्क बागलुङमा पाइएको हुनाले मल्लपुरी भनेको बागुलङ म्याग्दी यतै कतै हुनुपर्छ । प्रथम थापा राजा कालु थापा (वि.सं.१२४६) ले ताकममा राज्यको स्थापना गरेका थिए र थापाहरूको राज्यकाल ३०० वर्षसम्म रहेको थियो । बि.सं. १५४५ मा डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफ्नो राज्यमा गाभी वर्तमान धौलागिरि अञ्चलका सबै जिल्लाहरू समेटिएको विशाल पर्वत राज्यको स्थापना गरेका थिए ।

बम मल्लले बनाएको पर्वत राज्यको एक भाग रहँदासम्म म्याग्दीले आफ्नै विशेषता ओगटेको थियो । राजा कीर्ति बम मल्लले ढोलठानामा दरवार खडा गरी बसेको र बेनीमा ठाना राखेका थिए भनिन्छ । रणबहादुर शाहको राज्यकालमा बहादुर शाहले पर्वत राज्यलाई नेपालमा गाभेपछि म्याग्दी पनि नेपाल अधिराज्यको एक अभिन्न अंगको रुपमा रह्यो । एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो । पछि बाग्लुङ गौंडा स्थापना भएपछि त्यहाँबाटै यहाँको प्रशासनिक र न्यायिक काम संचालन हुन्थ्यो ।

भौगोलिक अवस्था
म्याग्दी जिल्लामा ८ % बेसी क्षेत्र ५६ % उच्च पहाडी क्षेत्र र ३६ % हिमाली क्षेत्रको भू-बनोट भएको म्याग्दी जिल्ला ८३ डिग्री ०८‘ देखि ८३ डिग्री ५३‘ पूर्वी देशान्तर र २८ डिग्री २०‘ देखि २८ डिग्री ४७‘ उत्तरी अक्षांशसम्म फैलिएको छ । समुद्र सतहबाट ७९२ मीटर (रत्नेचौर गाविस) देखि ८,१६७ मीटर (धौलागिरि हिमाल) सम्म फैलिएको यस जिल्लाको कूल क्षेत्रफल २,२९७ वर्ग किलो मिटर (२,२९,७०६ हेक्टर) रहेको छ । यहाँ अर्ध-उष्ण (१००० मीटर भन्दा कम उचाईंमा पाइने ) , सम-शितोष्ण (१००० देखि २००० मीटरको उचाईंमा पाइने ) , शितोष्ण ( २००० देखि ५००० मीटरको उचाईंमा पाइने ) र अल्पाइन (५००० मीटर भन्दा माथिको उचाईंमा पाइने ) गरी जम्मा चार प्रकारको हावापानी पाइन्छ।
वार्षिक न्युनतम ४०७ र अधिकतम २९६० मि.मि सरदर वर्षा हुने यस जिल्लामा वार्षिक औसत तापक्रम न्युनतम ३ डिग्री सेल्सियस र अधिकतम ३६ डिग्री सेल्सियस रहने गरेको छ । यस जिल्लामा सप्तगण्डकीको प्रमुख सहायक नदी कालीगण्डकीका साथै म्याग्दी तथा रघुगंगा नदी लगायत थुप्रै नदी तथा खोलानाला रहेका छन् । विश्वकै सबभन्दा गहिरो अन्धगल्छी (६९६७ मी), रुप्से छहरा, तातोपानी कुण्डहरु, धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल, निलगिरी हिमाल, गुर्जाहिमाल, पुठा हिमाल, जलजला क्षेत्र, धौलागिरि वेसक्याम्प, घोडेपानी, पर्यटकीय महत्व बोकेका स्थलहरु रहेका छन ।

सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्व
सामाजीक अवस्थाः बि.स. २०६८ को जनगणना अनुसार म्याग्दी जिल्लाको कुल जनसंख्या १ लाख १३ हजार ६४१ रहेको छ । हिन्दु र बौध्द धर्म मान्नेको बाहुल्यता रहेको यस जिल्लामा छिटपुट रुपमा इशाई र इश्लाम धर्म मान्नेहरु पनि भेटिन्छन् । यस जिल्लामा बहुसंख्यक मात्रामा मगर जातिको अतिरिक्त बाहुन, क्षेत्री, ठकुरी, नेवार, गुरुङ, गिरी, सार्की, कामी, दमाई, थकाली, छन्त्याल र अन्य जातिहरुको बसोबास रहेको पाइन्छ । मुख्य रुपमा नेपाली भाषा बोलिने यस जिल्लामा मगर, नेवारी, छन्त्याल, थकाली र केहि मात्रामा गुरुङ भाषा पनि बोल्ने गरेको पाइन्छ । दशैँ, तिहार, ल्होसार, माघेसंक्रान्ति, फागुपूर्णिमा, बैशाख पुर्णिमा, जनै पूर्णिमा, तिज आदि यहाँका प्रमुख चाडपर्वहरु हुन् ।
प्रमुख धार्मिकस्थलहरुः गलेश्वर धाम (घतान गाविस), पुलत्स्य आश्रम (पुलाचौर), बौध्द-गुम्बा (अर्थुङ्गे) आदि प्रमुख धार्मिकस्थलहरु रहेको यस जिल्लाका अन्य धार्मिकस्थलमा रिखार (कुइनेमंगले), बेनी शिवालय (अर्थुङ्गे), लक्ष्मीनारायण मन्दिर (अर्थुङ्गे), वरको रुख (अर्थुङ्गे), महारानिथान (अर्थुङ्गे), मालिकथान (वीम), गिध्देश्वर मन्दिर (हिस्तान), जगन्नाथ मन्दिर (पुलाचौर), ढोलठाना (पुलाचौर), भगवती मन्दिर (भगवती),ताकमकोट (ताकम), खोप्रा खरिवारह (शिख) आदि पर्दछन ।

प्रमुख ताल तथा कुण्डहरूः तातोपानी (सिंगा र भुरुङ), पुनहिल (घार), घोडेपानी (घार) अन्ध गल्छी (दाना), रुप्से झरना (दाना), धवलागिरी बेस क्याम्प (मुदी) आदि प्रमुख पर्यटकीय स्थलहरु रहेको यस जिल्लाका अन्य पर्यटकीयस्थलहरुमा मालिकाधुरी (देवीस्थान), टोड्केधुरी (झीं र कुहुँ), ढोरपाटन आरक्ष (गुर्जा र लुलाङ), मालिकधुरी (विम), पछात्र धुरी (चिमखोला), पेरी भरानी ताल (राम्चे), लालीगुराँस वन क्षेत्र (घार, शिख र अन्य क्षेत्र) दहबुकी वन क्षेत्र (चिमखोला), जलजला क्षेत्र (राम्चे) आदि पर्दछन ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार म्याग्दी जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः वेनी नगरपालिका
बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ। तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ ।यस नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग कि.मि. रहेको छ ।साविकका अर्थुङ्गे, घतान, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर, सिंगा ,भक्किम्ली ,पात्लेखेत गा.वि.स.हरुलाई समेटि मिति २०७१ बेशाख २५ गते घोषणा भई मिति २०७१ जेष्ठ ०९ गते यस नगरपालिकाको स्थापना भएको थियो ।
केन्द्रः साविक वेनी नगरपालिका
जनसङ्ख्याः ३२६९७
क्षेत्रफलः ७६.५७ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
बेनी |
१,२ |
|
|
२ |
बेनी |
३,४ |
|
|
३ |
भकिम्ली |
१-९ |
|
|
४ |
बेनी |
१३,१४ |
|
|
५ |
बेनी |
११,१२ |
|
|
६ |
बेनी |
५,८ |
|
|
७ |
बेनी |
६ |
|
|
८ |
बेनी |
७ |
|
|
९ |
बेनी |
९,१० |
|
|
१० |
पात्लेखेत |
१-९ |
|
|
२. नामः अन्नपूर्ण गाउँपालि
अन्नपूर्ण गाउँपालिका साबिकका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी जिल्ला रहेको छ उत्तरी सिमानामा मनंग तथा दक्षिणमा पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ | गाउँपालिकाको अग्रणी क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा,काँडे,नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपूर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर,घोडेपानी,घान्द्रुक,पन्चासे,इशरु,हिड्न ताल, नसिखर्क रहेका छन् ।
केन्द्रः वडा नं. ६ पोखरेबगर
जनसङ्ख्याः १२३२३
क्षेत्रफलः ५५६.४१ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
दोवा |
१-९ |
|
|
२ |
भुरुङ तातोपानी |
१-९ |
|
|
३ |
दाना |
१-९ |
|
|
४ |
नारच्याङ |
१-९ |
|
|
५ |
शिख |
१-९ |
|
|
६ |
घार |
१-९ |
|
|
७ |
हिस्तान |
१-९ |
|
|
८ |
राम्चे |
१-९ |
|
३. नामः धवलागिरी गाउँपालि
नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको म्याग्दी जिल्लामा १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो। धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्चिममा रहेको गाउँपालिका हो । यो गाउँपालिका साबिकको ७ वटा गाबिस ७ वटा वडामा परिणत भएको छ। जस मध्ये गुर्जा वडा न.१ , लुलााङ वडा न. २ , मुना वडा न.३ , मुदी वडा न. ४ , मल्कबाङ वडा न. ५ , मराङ वडा न. ६ र ताकम वडा न. ७ मा पर्दछन।
केन्द्रः धवलागिरी गा.पा.,३ सातमुले, घट्टेखोला
क्षेत्रफलः १०३७ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
गुर्जा |
१-९ |
|
|
२ |
लुलाङ |
१-९ |
|
|
३ |
मुना |
१-९ |
|
|
४ |
मुदी |
१-९ |
|
|
५ |
मल्कवाङ |
१-९ |
|
|
६ |
मराङ |
१-९ |
|
|
७ |
ताकम |
१-९ |
|
४. नामः मंगला गाउँपालिका
नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो। यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन , कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ। यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ।
केन्द्रः साविक बाबियाचौर गा.वि
क्षेत्रफलः ८९ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
कुहुँ |
१-८ |
|
|
२ |
वावियाचौर |
१-९ |
|
|
कुहुँ |
९ |
|
||
दरवाङ |
४ |
|
||
३ |
बरन्जा |
१-५ |
|
|
४ |
बरन्जा |
७-९ |
|
|
५ |
अर्मन |
१-९ |
|
५. नामः मालिका गाउँपालिका
मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ । यस मालिका गाउँपालिकाको दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ ।यस गाउँपालिका पूर्व रघुगंगा र मंगला गाउँपालिका, पश्चिममा वाग्लुङ जिल्ला, दक्षिण मंगला गाउँपालिका र वाग्लुङ जिल्ला र उत्तर धौलागिरी गाउँपालिका, अक्षांश २८ डिग्री २५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ४२ मिनेट उत्तरी अक्षांश र देशान्तर ८३ डिग्री २५ मिनेट पूर्वि देशान्तर देखि ८३ डिग्री ४१ डिग्री पूर्वि देशान्तर सम्म फैलियको छ।
यस मालिका गाँउपालिका, ७ वडा मिली बनेको छ, जस्मा तपसिल बमोजिमका वडा, जनसंख्या र क्षेत्रफल छ र गाँउकार्यापालिकाको कार्यालय म्याग्दी जिल्लाको दोस्रो ठुलो बजार दरवाङ्गमा स्थित छ। जस्मा वडा नं.१ निस्कोट, वडा नं. २ रुम, वडा नं. ३ डाँडागाँउ, वडा नं. ४ ओखरबोट, वडा नं.५ देविस्थान, वडा नं. ६ दरवाङ्ग र वडा नं.७ विम गरी कुल जनसंख्या १८३३२ र क्षेत्रफल १४७.१७ वर्ग कि.मी मा फैलिएको छ। त्यस्तै वडा नम्वर २ र ३ रुममा अवस्थित दुरु लेक , यिनै वडामा फैलिएको सुसज्जित वराह ताल, दरवाङमा अवस्थित नेपालमै ख्यातिप्राप्त भालेवास्ने ताल , ओखरवोटमा रहेको तामा खानी, रुममा रहेको ढुंगाखानी, विमको वाइन्नाफाट साथै सुन्तलाको पकेट क्षेत्र, विभिन्न वडाका विभिन्न तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुको संगमस्थल हो मालिका गाउँपालिका ।
सुन्दर पहाड, दुर–दुर इलाकामा देखिने सुन्दर हिमालहरु, पहाडी बस्तीमा गरिने आलु, धान, मकै, फापर, जौ, कोदो खेती र सुन्तला खेती त्यसमा देखिने सुन्दरता तथा शान्त, सफा र निर्मल वातावरणमा रमाउनेहरुका लागि उपहार जस्तै लाग्ने वातावरण मालिका गाउँपालिकाको आफ्नै विशेष पहिचान हो । सरल र सुन्दर हृदयले भरिएका गाउँपालिकावासी, नेपाली पाराको कला संस्कृति विविध भेषभुषा र धेरैजसो हिन्दु सम्प्र्रदायले भरिएको यो गाउँपालिका मानव मुल्यको दृष्टीकोणबाट पनि अत्यन्तै सुन्दर रहेको छ ।
केन्द्रः साविक दरवाङ गा.वि.स.को कार्यालय
क्षेत्रफलः १४७ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
निस्कोट |
१-९ |
|
|
२ |
रुम |
१-६ |
|
|
३ |
रुम |
७-९ |
|
|
४ |
अखरबोट |
६-९ |
|
|
५ |
देविस्थान |
१-५ |
|
|
६ |
दरवाङ्ग |
१-३, ५-९ |
|
|
७ |
विम |
१-९ |
|
६. नामः रघुगंगा गाउँपालिका
यस गाउँपालिकाको नाम यहाँ रहेको प्रसिद्ध रघुगंगा नदीको नाम बाट राखिएको हो । धौलागिरी हिमालबाट यस रघुगंगा नदिले यस रघुगंगा गाउँपालिकाको वडा नं.१ र २ बाहेकका सबै वडालाई छोएर बग्दछ । यस क्षेत्रमा यस नदीलाई सुनौली खोला, राहुघाट र रबरखोला नामले समेत चिनिने गर्दछ । यस गाउँपालिकाको केन्द्र वडा नंं.३ स्थित मौवाफाँटमा रहेको छ । तत्कालिन स्थानिय तह पुनःसंरचना आयोगले वडा नं.६ स्थित पाखापानीलाई अस्थायी मुकाम तोकेर सोही अनुसार स्थानिय निर्वाचन सम्पन्न गराएको थियो । २०७४ साल भाद्र ५ गते रघुगंगा–३, घुमाउनेतालमा रहेको कालिगण्डकी रिसोर्टमा बसेको दोस्रो गाउँसभा बैठकलेजम्मागाउँसभाका ४३ सदस्य मध्ये बहुमत अर्थात् २६ सदस्यले मौवाफाँटको पक्षमा हस्ताक्षर गरेपछि मौवाफाँटलाई गाउँपालिकाको केन्द्र बन्न पुगेको हो । यस ठाउँका साविकका गाविसहरु र हालका वडाहरुको आफ्नै नामले चिनिन्छ ।
केन्द्रः रघुगंगा-३ मौवाफाँट
जनसङ्ख्याः हाललाइ उपलब्ध भएन
क्षेत्रफलः ३७९ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
बेगखोला |
१-९ |
|
|
२ |
राखु भगवति |
१-९ |
|
|
३ |
राखु पिप्ले |
१-९ |
|
|
४ |
दग्नाम |
१-९ |
|
|
५ |
झीं |
१-९ |
|
|
६ |
पाखापानी |
१-९ |
|
|
७ |
चिमखोला |
१-९ |
|
|
८ |
कुईने मंगले |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति म्याग्दी । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । म्याग्दी जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।