परिचयः
जिल्ला प्रशासन मोरङका अनुसार मोरङ जिल्ला नेपालको प्रदेश नं. १ मा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ।प्राचीनकालमा विराट राजाको राजधानीको रुपमा रहेको तथ्य इतिहासले वर्णन गरेको पाइन्छ । कालान्तरमा यसै जिल्लामा “हाङ” नामक किराँती राजाले राज्य संचालन गरेको र प्रशासन क्षेत्रलाई “मावारङ” पछि सोही शब्द अपभ्रंश भई मोरङ भन्न थालिएको किम्वदन्ती रहेको पाइन्छ ।
महाभारतकालीन विराट राजाको दरवार, सुनवर्षि पोखरी, हरिश्चन्द्र गढी आदि जस्ता ऐतिहासिक स्थलहरु रहेको मोरङ जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । सांस्कृतिक रुपले समृद्ध, विभिन्न जातजातीको वसोवास भएकोले आ-आफ्नै भेषभुषा तथा रहन सहन देख सकिन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, हवाई र स्थलगत यातायातको सुगमताले र कृषि उत्पादनका लागि उर्वर भूमि भएकोले मानिसहरु ७६ वटै जिल्लावाट वसाई सरेर आउने क्रमले तिव्रता लिएकै छ ।
अधिकांश भू-भाग तराईले ओगटेको यो जिल्ला औद्योगिक क्षेत्रमा नेपालकै तेश्रो ठूलो वरियतामा रहेको छ । औद्योगिक नगरीको रुपमा परिचित, नेपालको पहिलो र ठूलो उद्योग “विराटानगर जुट मिल” यसै जिल्लामा पर्दछ । पूर्वी नेपालको औद्योगिक एवं व्यापारीक केन्द्रको रुपमा पनि परिचित छ । नेपालको राजधानी काठमाण्डौवाट पूर्व पट्टि ५०६ कि.मि.दुरीमा यस जिल्लाको सदरमुकाम विराटनगर रहेको छ ।
नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर विराटनगर हो।
भाैगोलीक अवस्थीति
– अवस्थिति : २६.२०/२६.५३ देखि ८७.१६/८७.४१ (दक्षिणतर्फ भारतको विहार)
– क्षेत्रफल : १८५५ वर्ग कि.मि.
– भाषिक अवस्था : विविध
– पूर्व तर्फ सीमाना : झापा र इलाम
– पश्चिम तर्फ सीमाना : सुनसरी
– उत्तर तर्फ सीमाना : धनकुटा, पाँचथर
– दक्षिण तर्फ सीमाना : भारतको विहार प्रान्तको अररिया जिल्ला
राजनीतिक/प्रशासनिक विभाजनः
प्रदेश नं.-१ अन्तरगत १४ जिल्ला मध्ये यस जिल्लामा ८ गाउँपालिका, ८ नगरपालिका र एउटा महानगरपालिका रहेका छन् । सदरमुकामवाट सवैभन्दा टाढा मिक्लाजुङ गाउँपालिका ७५ कि मि.छ भने सवैभन्दा नजिकको गाउँपालिकाहरु बूढीगंगा, कटहरी र ग्रामथान रहेका छन् । विराटनगर मनपा, जहदा गा.पा., धनपालथान गा.पा., सुनवर्षि न.पा., रंगेली नभारत सँग पा. र रतुवामाई न.पा. मिटर उचाईमा रहेको केरा १९७६सिमाना जोडिएका छन् । त्यस्तै समुद्र सतहवाट सबैभन्दा वढी वारी गाउँपालिका हो भने जहदा गाउँपालिका सवैभन्दा होचो स्थानमा पर्दछ ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १२ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार मोरङ जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीका उपमहानगरपालिकालाइ गाभेर जम्मा १७ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा १ वटा महानगरपालीका र ८ वटा नगरपालिका र ८ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | विराटनगर महानगरपालिका | विराटनगर उपमहानगरपालिका, बुधनगर (१,३,४,५) र बैजनाथपुर गा.वि.स. | १९ |
२ | बेलवारी नगरपालिका | बेलबारी नगरपालिका, डांगीहाट र बाहुनी गा.वि.स. | ११ |
३ | लेटाङ नगरपालिका | लेटाङभोगटेनी नगरपालिका(२-११), जाँते (१¸ २¸ ५-९) र वारङ्गी गा.वि.स. | ९ |
४ | पथरी शनिश्चरे नगरपालिका | पथरी शनिश्चरे नगरपालिका¸ हसन्दह गा.वि.स. | १० |
५ | रंगेली नगरपालिका | रंगेली नगरपालिका (१-८)¸ दर्वेशा र बबियाविर्ता गा.वि.स. | ९ |
६ | रतुवामाई नगरपालिका | इटहरा, महादेवा, झुर्किया, गोविन्दपुर (१¸३¸४¸७) र बरडंगा (१¸४¸५¸७) र सिजुवा गा.वि.स. | १० |
७ | सुनवर्षि नगरपालिका | रंगेली नगरपालिका (९¸१०¸११), अमरदह, गोविन्दपुर (२¸५¸६¸८¸९), वरडंगा (२,३,६,८,९) र डाइनिया गा.वि.स. | ९ |
८ | उर्लावारी नगरपालिका | उर्लावारी नगरपालिका, मधुमल्ला (७,८,९) राजघाट गा.वि.स. | ९ |
९ | सुन्दरहरैचा नगरपालिका | सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका | १२ |
१० | बुढीगंगा गाउँपालिका | टंकीसिनवारी, हात्तीमुडा, शिसवनी वडहरा र डंग्राहा गा.वि.स. | ७ |
११ | धनपालथान गाउँपालिका | दादरवैरीया, सोराभाग, अमाहिवरियाती, नोचा र कदमाहा गा.वि.स. | ७ |
१२ | ग्रामथान गाउँपालिका | झोराहट, मोतीपुर, तेतरीया, सिद्राहा, बनिगामा र लखन्तरी गा.वि.स. | ७ |
१३ | जहदा गाउँपालिका | भाथिगछ, मझारे, शि. जहदा, पोखरीया र बुधनगर (२,६¸७¸८¸९) गा.वि.स. | ७ |
१४ | कानेपोखरी गाउँपालिका | बयरवन, केरौन र होक्लावारी गा.वि.स. | ७ |
१५ | कटहरी गाउँपालिका | कटहरी, थलाहा, भौडाहा गा.वि.स. | ७ |
१६ | केरावारी गाउँपालिका | लेटाङभोगटेनी नगरपालिका (१) केरावारी, याङशिला, पाटीगाउँ र सिंहदेवी गा.वि.स. | १० |
१७ | मिक्लाजुङ गाउँपालिका | रमितेखोला, टाँडी, मधुमल्ला(१-६) र जांते(३, ४) गा.वि.स. | ९ |
जम्मा | १५९ |
१. नामः विराटनगर महानगरपा
केन्द्रः साविक विराटनगर उपमहान
जनसङ्ख्याः २४३९२७
क्षेत्रफलः ७७ (वर्ग कि.मि.)
वडा संख्याः १९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | विराटनगर(१) | १४४६३ | १.९९ |
२ | २ | विराटनगर(२,३) | ८३२८ | १.३१ |
३ | ३ | विराटनगर(४) | २११०० | ३.२३ |
४ | ४ | विराटनगर(५) | २१९४४ | ९.८३ |
५ | ५ | विराटनगर(६) | १७६०२ | ५.७४ |
६ | ६ | विराटनगर(७) | १९८९२ | ३.२७ |
७ | ७ | विराटनगर(८-१०) | ६५७१ | १.१७ |
८ | ८ | विराटनगर(११) | १८०७६ | ३ |
९ | ९ | विराटनगर(१२,१४) | ५७७६ | ०.५७ |
१० | १० | विराटनगर(१३) | १११८३ | १.५ |
११ | ११ | विराटनगर(१५) | १२८२७ | ३.५१ |
१२ | १२ | विराटनगर(१६) | १९००६ | ५.७८ |
१३ | १३ | विराटनगर(१७) | ७७७२ | १.५ |
१४ | १४ | विराटनगर(१८) | १३८५० | ९.२६ |
१५ | १५ | विराटनगर(१९,२१) | १२५३७ | १.०७ |
१६ | १६ | विराटनगर(२०) | ६८५६ | ४.१४ |
१७ | १७ | विराटनगर(२२) | ९३२७ | १.७६ |
१८ | १८ | बुधनगर(१,३-५) | ९६०९ | १०.०१ |
१९ | १९ | बैजनाथपुर(१-९) | ७२०८ | ८.३५ |
जम्मा | २४३९२७ | ७६.९९ |
विराटनगर महानगरपालिकाको नक्सा
२. नामः बेलबारी नगरपालिका
मोरङको बेलवारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र प¥यो । यसैगरी अझ पछि भने हरिहरसेनका नाति विधाता इनद्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान बिजयपुरको अभिन्न अंग बन्न पुग्यो । सेनकाल भन्दा अघिनै बेलबारीको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलवारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।
मोरङको बेलवारी लगायतको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी नदीदेखि पूर्वको मकवानपुर लोहांगसेनले भागीमा पाएको हुनाले यो भेग पनि मकवानपुरभित्र प¥यो । यसैगरी अझ पछि भने हरिहरसेनका नाति विधाता इनद्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्ग राज्य बनाएको हुँदा बेलबारी लगायतको स्थान बिजयपुरको अभिन्न अंग बन्न पुग्यो । सेनकाल भन्दा अघिनै बेलबारीको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि कसेनीमा रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले जान्ने गरिन्छ । कालान्तरमा धनपालगढीको पतन भयो र धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । यसै क्रममा वि.सं. १८३१ सालमा विजयपुर बृहत्तर नेपालमा गाभिएपछि भने बेलवारी पनि बृहत्तर नेपाभित्र पर्न पुग्यो । त्यसपछि बेलबारी भेग मोरङको एउटा भागका रूपमा रहन पुग्यो ।

ऐतिहासिक कालमा यो क्षेत्र घना जंगलले ढाकेको थियो । अहिले पनि राजमार्ग उत्तर क्षेत्र जंगलले नै ढाकिएको छ । पुराना बुढापाकाहरुको भनाई अनुसार त्यस समयमा यहाँको जंगल क्षेत्रमा प्रसस्त बेलको रुखहरु पाइने हुनाले कालान्तरमा यस क्षेत्रको नाम नै “बेलबारी” रहन गएको हो । अर्थात बेलै बेलको घारी भएको हुनाले यस भेगको नाम बेलबारी रहन गएको भन्ने भनाई रहिआएको छ । तर हाल भने यस भेगमा बेलको जंगल सामान्य मात्र रहेको पाईन्छ । नेपाल सरकारले २०७१ साल बैसाखमा साबिक बेलबारी र कसेनी गाउँ विकास समिति मिलाएर बनेता पनि पुन:२०७३ को राज्य पुर्नसंरचना पश्चात पुन यस नगरपालिकामा साबिक डाँगीहाट र बाहुनी गाउँ विकास समिति गाभिएर हालको संरचना बनेको हो । यस नगरपालिका हाल ११ वटा वडाहरुमा बिभाजन गरिएको छ । कुल १३२.७९ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ लेटाड. नगरपालिका र केरावारी गाउँपालिका पूर्वतर्फ कानेपोखरी गाउँपालिका, र लेटाङ नगरपालिका पश्चिम तर्फ सुन्दरहरैचा नगरपालिका र ग्रामथान गाउपालिका र दक्षिण तर्फ रंगेली नगरपालिका रहेका छन् ।
केन्द्रः साविक बेलबारी नगरपालि
जनसङ्ख्याः ८१७७१
क्षेत्रफलः १३२.७९ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बेलबारी(१¸२) | ८३५१ | १५.५४ |
२ | २ | बेलबारी(४) | ७४२२ | ४.५ |
३ | ३ | बेलबारी(३) | ७५४३ | ४.४९ |
४ | ४ | बेलबारी(५-७) | ९४६५ | २५.९९ |
५ | ५ | बेलबारी(८-१०) | ५८९० | १५.१६ |
६ | ६ | बेलबारी (११) र बाहुनी(२¸३) | ३९८५ | ७.८८ |
७ | ७ | बाहुनी(४-८) | ६१७९ | १२.७९ |
८ | ८ | बाहुनी (९) र डाँगीहाट(२¸३¸७) | ८१३० | २०.८ |
९ | ९ | बाहुनी (१) र डाँगीहाट(६¸८¸९) | ९२४३ | १५.५६ |
१० | १० | डाँगीहाट(१¸४) | ६७५९ | ५ |
११ | ११ | डाँगीहाट(५) | ८८०४ | ५.०७ |
जम्मा | ८१७७१ | १३२.७८ |
३. नामः लेटाङ नगरपालिका
लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी थियो । खासगरी लेटाङ बजारको पश्चिममा रहेको चिसाङ खोला तरेपछि केही उत्तरतिर जाँदा पुगिने राजारानी पोखरी भएको ठाउँमा धिमाल राजाको दरबार थियो भन्ने किंबदन्ति छ । त्यसैले यस क्षेत्रका पुराना बासिन्दाहरुको धिमालको भाषाबाट लेटाङ नाम रहन गएको भनाइ छ । यहाँका आदिबासी धिमालहरू हुन् । लेटाङको नामकरण धिमाल भाषाको लेटा शव्दबाट भएको मानिन्छ । प्राचीन धिमाल भाषामा लेटाको अर्थ पहाडबाट झरेको समथर भूभाग भन्ने हुन्छ । धिमाल पोखरी भनेर चिनिने राजारानी डाँडाबाट हेर्दा हालको लेटाङ पहाडसँग जोडिएको समथर भूभाग देखिन्छ । त्यसैले त्यसलाई धिमालहरूले लेटा भने । त्यति बेला लेटा जङ्गलले भरिएको थियो । त्यही बेलाको लेटा शव्द उच्चारण गर्दै जाँदा कालान्तरमा अपभ्रंश भई लेटाङ भएको हुनुपर्दछ । त्यही आधारमा त्यस भूमिलाई लेटाङ भन्ने गरियो । त्यही लेटा अहिलेको लेटाङ बनेको हो भन्ने बुझाइ छ ।
लेटाङ नगरपालिका क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोजी गर्दा यो क्षेत्र प्राचीन प्राग्ज्योतिष राज्यभित्र पर्दथ्यो । पछि गएर यसबाट मत्स्यदेश अलग हुँदा लेटाङ भेग मत्स्यदेशमा पर्न पुग्यो । यदाकदा मिथिला, पुण्ड्र र किरातहरूको अधीनमा पर्ने तथा यस भेगका स्थानीय शासकले शासन गर्ने कार्य गर्दै पछि यो क्षेत्र मुरेहांगको मोरङ भित्र पर्यो । यसैगरी विजयपुर राज्यको स्थापना भए पछि भने लेटाङ क्षेत्र विजयपुर कै अधीनमा रह्यो । तत्कालीन समयमा लेटाङ क्षेत्रलाई घना जङ्गलले ढाकेको थियो भन्ने गरिन्छ। यहाँका नदी किनारा भागमा केही जातजातिका मानिसहरूका ससाना वस्तीहरू थिए । घना जङ्गलका कारण मानिसले खोला या नदीको किनारा भाग तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । लेटाङ भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको सङ्केत गरेका छन् । लेटाङको आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरू पाइएका छन् । तिनीहरू कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् ।
केन्द्रः साविक लेटाङ भोगेटनी न
जनसङ्ख्याः ३८१५२
क्षेत्रफलः ११९.२३ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लेटाङभोगटेनी(२-४) | ३७२२ | ४८.४५ |
२ | २ | लेटाङभोगटेनी(५¸६) | ५२०२ | १०.१२ |
३ | ३ | लेटाङभोगटेनी(७) | ५६१५ | १७.६६ |
४ | ४ | लेटाङभोगटेनी(८) | २८४६ | ५.६६ |
५ | ५ | लेटाङभोगटेनी(९¸१०) | ५६६१ | १९.१४ |
६ | ६ | लेटाङभोगटेनी(११) | ३५७५ | ९.८ |
७ | ७ | वारङ्गी(१-९) | ३१६४ | ४३.६९ |
८ | ८ | जाँते(१,२,५-७) | ३८१३ | २०.११ |
९ | ९ | जाँते(८,९) | ४५५४ | ४४.६१ |
जम्मा | ३८१५२ | २१९.२४ |
४. नामः पथरी शनिश्चरे नगर
मोरङ जिल्लाको उत्तर पूर्र्वी क्षेत्रमा पूर्व पश्चिम राजमार्गसँग जोडिएका साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएरबि.सं. २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका गठन भएको थियो । नेपाल सरकारबाट स्थानीय तहको पुनःसंरचना गर्ने क्रममा साविक हसन्दह गा.वि.स.लाई समेत मिलाएर मिति २०७३ फाल्गुन २७ गते हालको पथरीशनिश्चरे नगरपालिका स्थापना भएको हो ।
केन्द्रः साविक पथरी शनिश्चरे न
भौगोलिक अवस्थिति
अक्षांश – दक्षिणमा २६°३६’ र उत्तरमा २७°३९’
- देशान्तर – पश्चिममा ८७°३1’ पू्र्बमा ८७°34’
- सिमाना पू्र्ब : उर्लाबारी नगरपालिका
- पश्चिम : कानेपोखरी गाउँपालिका
- उत्तर : लेटाङ नगरपालिका
- दक्षिण : सुनवर्षी नगरपालिका
जनसङ्ख्याः ७२४५१
क्षेत्रफलः ७९.८१ (वर्ग कि.मि.)
वडा संख्याः१०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पथरीशनिश्चरे(१) | १०६०५ | १.५८ |
२ | २ | पथरीशनिश्चरे(२¸३) | ८६०० | ६.४९ |
३ | ३ | पथरीशनिश्चरे(४-६) | ७३१९ | १२.२७ |
४ | ४ | पथरीशनिश्चरे(१४¸१५) | ७९२६ | ७.१६ |
५ | ५ | हसन्दह(१-३¸५¸९) | ६०९१ | १३.७४ |
६ | ६ | हसन्दह(४¸६-८) | ६८५९ | १२.११ |
७ | ७ | पथरीशनिश्चरे(७¸१३) | ५३९१ | ८.२६ |
८ | ८ | पथरीशनिश्चरे(११¸१२) | ५७८५ | ८.१९ |
९ | ९ | पथरीशनिश्चरे(९¸१०) | ६७४९ | ३.९३ |
१० | १० | पथरीशनिश्चरे(८) | ७१२६ | ५.८७ |
जम्मा | ७२४५१ | ७९.६ |
५. नामः रंगेली नगरपालिका
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ ।
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ ।
केन्द्रः साविक रंगेली नगरपालि
जनसङ्ख्याः ५७४९४
क्षेत्रफलः १११.७८ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बवियाविर्ता(१¸२¸५-९) | ७७५७ | १७.३ |
२ | २ | बवियाविर्ता(३¸४) | ८८५५ | २२.१२ |
३ | ३ | दर्वेशा(४¸७¸९) | ५६३१ | १७.१४ |
४ | ४ | रंगेली(३) | ३४१७ | ७.४८ |
५ | ५ | रंगेली(६-८) | ६३३७ | ११.१४ |
६ | ६ | रंगेली(२¸४) | ६९९४ | ६.५६ |
७ | ७ | रंगेली(१¸५) | ६३४५ | ३.३८ |
८ | ८ | दर्वेशा(१-३) | ५६२८ | १०.३८ |
९ | ९ | दर्वेशा(५¸६¸८) | ६५३० | १६.२८ |
जम्मा | ५७४९४ | १११.७८ |
६. नामः रतुवामाई नगरपालि
मोरंगको रतुवामाई नगरपालिका जिल्लाको दक्षिण पूर्वी भागमा पर्दछ । यो नगरपालिकाको सबै भूभाग सम्म परेको तराईको क्षेत्रमा अवस्थित छ । मोरंगको सिजुवा, वरडंगा (१,४,५,७), गोविन्दपुर(१,३,४,७), झुर्किया, महादेवा र इटहरा लगायतका क्षेत्रलाई मिलाएर यो नगरपालिका स्थापना गरिएको हो । यस भेगमा अघि धेरै पहिलादेखि मानिसहरुको बसोबास भएको देखिन्छ । अघि मोरंग भेगमा झाडीका रुपमा रहँदा पनि यस भेगका खोला किनाराहरुमा स्थानीय आदिवासीहरुको बसोबास थियो । यस नगरपालिका भित्रका विभिन्न भागमा अहिले पनि त्यस्तो पुरानो बसोबासको केन्द्रका अवशेषहरु पाउन सकिन्छ । रतुवा र बक्राहा खोलाको बीच तथा मोरंगको दक्षिणपूर्वी भागमा यो नगरपालिका अवस्थित छ ।
पहिले रतुवामाई क्षेत्र विभिन्न रजौटाहरुको अधीनमा थियो । अघि कुनै बेला यो स्थान प्राग्ज्योतिषपुरमा पर्दथ्यो भने पछि गएर यो भेग मत्स्यदेश भित्र पर्न पुग्यो । त्यस बेला रतुवामाई क्षेत्र विराटराजाको अधिनमा थियो । यसैगरी यो प्रदेश इसापूर्व कालमा नै पुण्ड्वर्धनको महत्वपूर्ण क्षेत्रका रुपमा रह्यो भने मध्यकालतामा यस भेगमा मुरेहांगको अस्तित्व रह्यो । त्यसपछि धनपाल, सुन्वर्षी महाराज र अन्य रजौटाहरुको अधिनमा पर्दै रतुवामाई क्षेत्र पाल्पाली सेनहरुको अधिनमा पर्न पुग्यो । पाल्पाली सेनहरुले विजयपुर लगायतका क्षेत्र एकीकरण गर्दा यो भेग तिनको अधीनमा परेको हो । नेपाल एकीकरणको अभियान पछि भने सम्पूर्ण विजयपुर बृहत्तर नेपालमा गाभियो र यो भेग पनि स्वतहनै बृहत्तर नेपालमा पर्न पुग्यो । त्यसपछि यो भेग केहि समयका लागि सांगुरिगढ़ीबाट प्रशासित भयो । कालान्तरमा यस नगरपालिका क्षेत्रको प्रशासन मोरंग गोश्वाराबाट गर्न लागियो । यसको केन्द्र रंगेली थियो । वि.सं १८७२ सालमा यस भेगको सदरमुकाम साँगुरीगढीबाट रंगेलीमा सारिएको हो। त्यसपछि पनि रतुवामाई नगरपालिका क्षेत्र निरन्तररुपमा मोरंगको सिमाभित्र पर्यो । पछि जिल्ला विभाजनका क्रममा रतुवा खोलालाई सिमाना बनाएर यो क्षेत्र मोरंग भित्र परेको हो।
केन्द्रः साविक सिजुवा गा.वि.स.
क्षेत्रफलः १४२.१५ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बरडंगा(१,४,५,७) | ५०२० | ११.५५ |
२ | २ | झुर्किया(१,३-६) | ५३२० | ११.०७ |
३ | ३ | महादेवा(१-९) | ५१८६ | १३.२२ |
४ | ४ | झुर्किया(२,७-९) | ७०४८ | १६.५७ |
५ | ५ | गोविन्दपुर(१,३,४,७) | ८२४० | २३.५१ |
६ | ६ | सिजुवा(४,५,७-९) | ६५०८ | १६.१९ |
७ | ७ | सिजुवा(१-३,६) | ५५४१ | १४.५१ |
८ | ८ | इटहरा(६,७,९) | ६७०१ | ११.६३ |
९ | ९ | इटहरा(३-५) | ५८०८ | १०.४७ |
१० | १० | इटहरा(१,२,८) | ५७६७ | १३.४२ |
जम्मा | ६११३९ | १४२.१४ |
७. नामः सुनवर्षी नगरपालि
मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।
२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।
केन्द्रः साविक डायनिया गा.वि.स
जनसङ्ख्याः ५६०३४
क्षेत्रफलः१०६.४ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | अमरदह(४-६) | ५१४५ | १२.६८ |
२ | २ | अमरदह(१-३) | ३९५८ | ६.७ |
३ | ३ | अमरदह (८) र गोविन्दपुर(२) | २८३० | ८.०९ |
४ | ४ | अमरदह (७,९) र रंगेली(११) | ७३९८ | १७.०६ |
५ | ५ | रंगेली(९¸१०) | ५६२८ | ९.०४ |
६ | ६ | गोविन्दपुर(५¸६¸८¸९) | ७५९० | १५.५ |
७ | ७ | वरडंगा(२¸३¸६¸८¸९) | ७०३३ | ११.०२ |
८ | ८ | डाइनिया(१-४) | ८२८५ | १६.९५ |
९ | ९ | डाइनिया(५-९) | ८१६७ | ९.३५ |
जम्मा | ५६०३४ | १०६.३९ |
८. नामः उर्लाबारी नगरपालि
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिकालाई नेपाल सरकारको मिति २०७१।०१।२५ गतेको निणर्यानुसार नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३।११।२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक उर्लाबारी नगरपालिकामा साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख रहेको यस नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँ पालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ ।
यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ । अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । सन्थाल भाषाको दुई शब्दहरु उर्ला (बाघ) र वाडि (ठाउँ) अथवा बाघ बस्ने ठाउँको रुपमा परिचित पुरानो जंगल क्षेत्र क्रमिक रुपमा मानिसको बसोवास वृद्धिसँगै नगर क्षेत्रको रुपमा विकसित भएको मान्न सकिन्छ । उर्लाबारी चौकदेखि उत्तर मधुमल्ला हुँदै पाँचथरको रविसम्म जाने बाटो एवं दक्षिणतर्फ सिधा सदरमुकाम पुग्ने बैकल्पिक सडक भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ । बेतिनी सिमसार, बुढा ठाकुर, लामपाते सिमसार हुनु र यसको प्रबद्र्धनमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले उर्लाबारी नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ ।
केन्द्रः साविक उर्लाबारी नगरपा
जनसङ्ख्याः ७०९०८
क्षेत्रफलः ७४.६२ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मधुमल्ला(७-९) | ८८०४ | १३.०१ |
२ | २ | उर्लाबारी(७-९) | ८४१३ | ८.३५ |
३ | ३ | उर्लाबारी(६) | ७३०२ | २.९९ |
४ | ४ | उर्लाबारी(१,५) | ९७९० | ८.६८ |
५ | ५ | उर्लाबारी(२) | ५५३५ | २.७३ |
६ | ६ | उर्लाबारी(३) | ५६७० | २.५५ |
७ | ७ | उर्लाबारी(४) | १०७१९ | २.८३ |
८ | ८ | राजघाट(१-४,९) | ७८५१ | २०.३९ |
९ | ९ | राजघाट(५-८) | ६८२४ | १३.०८ |
जम्मा | ७०९०८ | ७४.६१ |
९. नामः सुन्दरहरैंचा नगरपालिका
मोरङ जिल्लाको सदरमुकाम विराटनगर देखि करिब २० किलोमिटरको दुरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथाम गाउँपालिका सँग सिमाना जोडिएको छ । मिति २०७३ साल फाल्गुण २७ गतेको नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको गठन भएको हो । कुनै बेला हरैँचा मोरङ जिल्लाको सदरमुकाम समेत रहेको भन्ने विश्वास गरीएकोमा हाल आएर सुन्दरदुलारी नगरपालिका र कोसीहरैँचा नगरपालिकाको सुखद समायोजनबाट सुन्दरहरैँचा नगरपालिकाको निर्माण भएको हो । मोरङ जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा सुन्दरहरैँचा नगरपालिका त छदैँछ यसका अतिरिक्त सचेत राजनैतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । यस नगरपालिकामा १२ वटा वडा हरु रहेका छन् ।
अर्धसहरी क्षेत्रको रुपमा रहेको नगरपालिकामा आर्थिक गतिविधीका लागि पुर्वाञ्चलका मुख्य बजार मध्येकै एक बजार क्षेत्रको रुपमा रहेको सुन्दरहरैँचा व्यापार, उधोग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारीक आम्दानीमा वैदेशिक रोजगारीको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा व्यापार, कृषि तथा पशुपालन रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन्। स्थानीय जनशतिm मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बढिरहेको छ । नगरपालिका भित्र रमणीय हसिना सिमसार, बुढिगंगाको किनारमा रहेको नयाँ वृन्द्रावन गौशाला, किचमगढी, बाधझोडा लयागत विभिन्न धार्मिक स्थल तथा अवलोकन गर्न लायक कृषि पशुपालन क्षेत्रले सबैलाई मनमोहक तुल्याउन सक्ने देखिन्छ ।
यस नगरक्षेत्र भएर बग्ने बुढीगंगा नदी र गछिया खोलाले यस नगरपालिकाको सिचाई र आम्दानीको स्रोतवृद्धिका लागि सहयोग पुर्याएका छन् । यस नगरपालिकाको मध्यभागमा पर्ने विश्वविधालय क्षेत्र लगायतका स्थानहरु उतिकै रुपमा विकसित बजारमा परिणत हुदैँ गएका छन्। विकासका प्रशस्त सम्भावनाहरु बोकेको यस नगरपालिका आफुलाई पूर्ण खोप युक्त नगरपालिकाको रुपमा घोषणा गर्न सफल भएको र खुल्ला दिशामुतm नगरपालिका घोषणा हुने अन्तिम चरणमा पुगेको साथै वातावरण मैत्री, बालमैत्री र पूर्ण साक्षर नगरपालिका हुने गन्तब्यतर्फ अघि बढिरहेको छ । यस नगरपालिकामा आधारभूत देखि उच्च शिक्षा सम्म प्रदान गर्ने शैषिक संस्था उल्लेख्य मात्रामा रहेका छन् । उध्ययनका लागि यस नगरपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विधार्थीका अलावा अन्य छिमेकी गा.वि.स÷नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।
केन्द्रः साविक कोशीहरौचा नगरपा
जनसङ्ख्याः १२०२१३
क्षेत्रफलः ११०.१६ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कोशीहरैंचा(१३-१५) | ७३३५ | १३.०३ |
२ | २ | कोशीहरैंचा(८¸१०¸११) | ७६७१ | १२.४४ |
३ | ३ | सुन्दरदुलारी(८¸९) | ९३२४ | ७.८२ |
४ | ४ | सुन्दरदुलारी(१०¸११) | १०००८ | ६.३४ |
५ | ५ | सुन्दरदुलारी(५¸६) | १०३०४ | ८.७४ |
६ | ६ | सुन्दरदुलारी(३¸४¸७) | १०९१९ | १२.७५ |
७ | ७ | सुन्दरदुलारी(१¸२) | १०७८१ | १०.२२ |
८ | ८ | कोशीहरैंचा(९¸१२) | ८२०२ | ८.५९ |
९ | ९ | कोशीहरैंचा(२¸३) | १२४२३ | १०.१४ |
१० | १० | कोशीहरैंचा(१) | १४२३० | ६.०४ |
११ | ११ | कोशीहरैंचा(५-७) | १०१५४ | ११.४२ |
१२ | १२ | कोशीहरैंचा(४) | ८८६२ | २.६४ |
जम्मा | १२०२१३ | ११०.१७ |
१०. नामः बुढीगंगा गाउँपालिका
मोरङको बुढीगंगा गाउँपालिकाको बिराटनगर महानगरपालिकासँग सिमाना जोडिएको छ। विराटनगरबाट यो गाउँपालिका उत्तर तिर पर्दछ । तसर्थ बुढीगंगा र विराटनगरको बिचमा खासै अन्तर रहेको छैन । बुढीगंगा गाउँपालिकामा थुप्रै उद्योगधन्दा छन्, जसले विराटनगरमा भएको ख्याति पाएका छन् । विभिन्न उद्योगधन्दाको अवस्थितिका कारण यो स्थान विगतमा र वर्तमानमा पनि प्रख्यात स्थल हो । अघि वि।सं। १९७१ सालभन्दा अगाडी रंगेली विराटनगरको सदरमुकाम थियो । तर त्यस बेला पनि हात्तिमुडा र टंकि सिनवारी भेगमा मानिसको सामान्य वस्ती थियो । यसै गरी यही गाउँपालिकाबाट कोशी राजमार्ग पनि गयेको देखिन्छ । पछि १९७१ सालमा मोरङको सदरमुकाम विराटनगरमा सारिएको हो । त्यस पछि बुढीगंगा गाउँपालिका क्षेत्र विराटनगरको उत्तर तिरको महत्वपूर्ण गाउँको रुपमा परिचित रह्यो ।
अघि बुडीगंगा गाउँपालिका क्षेत्रको ठुलो भूभागलाई घना जंगलले ढाकेको देखिन्छ । यहाँका नदी किनारी भागमा केही जातजातीका मानिसहरुका स(साना वस्तीहरु थिए । घना जंगलका कारण मानिसले खोला या नदीको किनारी भागमा तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । बुढीगंगा गाउँपालिका भेगमा बेलाबेलामा पाईने पुराना बसोबासका अवशेषहरुले यसै कुराको संकेत गरेका छन् । डंग्राहा, सिसवनी बडहरा, हात्तिमुडा र टंकी सिनवारी आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरु पाईएका छन् । तिनीहरु कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् । अघि राणाकालमा मोरङको सदरमुकार रंगेलीतिर जाँदा यहींको बाटो हिडने चलन थियो । धरान र पहाडतिरबाट विराटनगर र भारतका विभिन्न स्थानतिर जाने बाटो पनि यहींबाट गएको थियो । यस अधारमा बुढीगंगाको सम्बन्ध विराटनगरसंगै गाँसिएको छ र यसको प्राचिनता विराटनगर जतिकै पुरानो मानिन्छ ।
ऐतिहासिक रुपमा मोरङको बुढीगंगा लगायतको विराटनगर भेग बिभिन्न राज्यको अधिनमा पर्ने र यदा कदा स्थानीय रजौटाहरुले शासन गर्ने स्थान भयो । अघि यो भेग मत्स्यदेश भित्र पर्दथो पछि गएर मत्स्यदेश टुक्रिन पुग्यो र यो क्षेत्र पुण्डबर्धनको एक महत्व पूर्ण केन्द्र बन्यो प्राचिनकालमा यो भेग बरागक्षेत्र नजिकमा पर्ने गर्दथो । त्यसै बेला यस स्थानमा मानिसहरुको बसोबास भएको संकेत पाईन्छ । प्राचिनकाल देखिनै यस वरपरको ठूलो क्षेत्रमा मानिसको बसिबास भएको अनुमान छ । मोरङको भेडियारी, कसेनीको धनपालगडी, हरैचा र राजघाट सहर नै बुढीगंगा क्षेत्रमा पनि मानिसहरुको बसोबास थियो । मध्यकालमा कुनै बेला बुढीगंगा भेग मोरङ राज्य भित्र पर्दथ्यो त्यसै त्यसै बेला यो स्थान पनि राजा धनपालको अधिनमा थियो भन्ने देखिन्छ । विजयपुर भेग बिभिन्न राजा र रजौटाका अधिनमा पर्ने र तिनबाट छुट्कारा पाउने क्रममा नै यस भेगमा विजय नारयण पछि पाल्पाली शेन राजा लोहान शेनले कब्जा गरे । यो भेग मोरङको महत्वपूर्ण क्षेत्रका रुपमा मधयकाल भर रहिरहयो ।
केन्द्रः साविक हात्तिमुडा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ५१४९७
क्षेत्रफलः ५६.४१ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | टंकिसिनवारी(१,३) | ९३८९ | ५.२९ |
२ | २ | टंकिसिनवारी(२,८,९) | ९०१६ | ७.०४ |
३ | ३ | टंकिसिनवारी(४-७) | ९१२५ | ६.२९ |
४ | ४ | हात्तीमुडा(५-८) | ६६७३ | ७.३२ |
५ | ५ | हात्तीमुडा(१-४,९) | ६१९६ | ११.९८ |
६ | ६ | डंग्राहा(१-३) र शिसवनी बडहरा(१,२,६-९) | ५५८१ | ९.४२ |
७ | ७ | शिसवनी बडहरा (३-५) र डंग्राहा(४-९) | ५५१७ | ९.४२ |
जम्मा | ५१४९७ | ५६.७६ |
११. नामः धनपालथान गाउँपालिका
मोरङको दक्षिण भागमा पर्ने धनपालथान गाउँपालिका नक्सामा हेर्दा त्रिकोनातमक आकारमा रहेको छ । यो गाउँपालिका साविकका नोचा,कदमाहा , दादरबैरिया,अमाही बरियाती र सोराभाग गाविसलाई मिलाएर बि.स. २०७३ सालमा गठन भएको हो । गाउँपालिका निर्माणका क्रममा साविकको नोचा गाविसलाई यसको वडा नं. १ ,अमाही बरियाती गाविसलाई वडा नं. २,सोराभाग गाविसलाई ३ र ४, दादरबैरिया गाविसलाई आधा जति वडा नं. ५ तथा आधा वडा नं. ६ तथा कदमाहा गाविसका केही भागलाई वडा नं. ६ मा नै राखेर बाँकी भागलाई वडा नं. ७ मा समावेस गरिएको छ । यसरी दक्षिणमा मोरङका यी पाँचवाटा गाविसलाई मिलाएर धनपालथान गाउँपालिका बनाइएको छ । यस गाउँपालिकाको नाम भने साविकको कदमाहा गाविसमा रहेको राजा धनपालथानको मन्दिरको नाममा रखिएको हो ।
धनपालथान गाउँपालिकाको सिमाना पूर्वमा रंगेली नगरपालिका, दक्षिणमा भारतको बिहार, पश्चिममा जहदा र कटहरी गाउँपालिका पर्दछन् । यसको उतरतिर पनि कटहरी गाउँपालिका र रंगेली नगरपालिकानै पर्दछन् । समुद्र तहबाट करिब ६७ मिटर उचाईमा रहेको यो गाउँपालिका झन्डै २६ डिग्री २२ मिनेट उतर अक्षान्स र 87°28” पूर्वी देशान्तरमा फैलिएर रहेको छ ।
केन्द्रः साविक सोराभाग गा.वि.स
जनसङ्ख्याः ४५३४८
क्षेत्रफलः७०.२६ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नोचा(१-९) | ४६८३ | ६.५ |
२ | २ | अमाहिवरियाती(१-९) | ७२५४ | १२.३९ |
३ | ३ | सोराभाग(६-९) | ६०३४ | १३.४८ |
४ | ४ | सोराभाग(१-५) | ७६५४ | ७.९४ |
५ | ५ | दादरवैरीया(१¸२¸४¸५,७) | ५४२२ | ११.४ |
६ | ६ | दादरवैरीया (३¸६¸८¸९) र कदमाहा(१-३) | ८११७ | ९.४ |
७ | ७ | कदमाहा(४-९) | ६१८४ | ९.४ |
जम्मा | ४५३४८ | ७०.५१ |
१२. नामः ग्रामथान गाउँपालिका
मोरंगको ग्राम्थान गाउँपालिका दक्षिण पश्चिमी भागमा पर्दछ| यसको सिमाना सुन्दर हरैचा नगरपालिका र विराटनगर महानगरपालिकासंग जोडिएको छ| तसर्थ यस गाउपालिकामा यी नगरहरुको प्रभाव रहेको छ| ग्राम्थानमा केहि उद्योगधन्दा पनि छन्, जसले यसको ख्याती बढाएका छन्|ग्राम्थानको नाम्करंका बारेमा अनेक प्रकारका तर्कहरु पाईन्छन्| हालको ग्राम्थान विभिन्न ६ वटा गविसहरु मिलेर बनेका छन्|यस गाउपलिका भेगमा आधिवासी तराई मुलका मानिसहरुको बसोबास रहेको छ| थारु, राजबंसी,बातर या सरदार लगायतका आधिबसी जनजातीक मानिसहरुको बाहुल्यता रहेको यस भेगमा ग्राम्थानमा राजाजिको तथा थानको पुजाआज गर्ने परम्परा निकै धेरै प्रचलित छ|
केन्द्रः साविक तेतरिया गा.वि.स
जनसङ्ख्याः ३६०२४
क्षेत्रफलः ७१.८४ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लखन्तरी(१-९) | ४७२३ | १०.४१ |
२ | २ | झोराहाट(१-९) | ६०१४ | ८.७७ |
३ | ३ | सिद्राहा(१-९) | ३९०८ | ७.२५ |
४ | ४ | मोतीपुर(१-९) | ५०३३ | १६.५६ |
५ | ५ | तेतरीया(१-९) | ६३४१ | १३.४९ |
६ | ६ | बनिगामा(१-३¸५) | ५२१० | ८.४९ |
७ | ७ | बनिगामा(४,६-९) | ४७९५ | ६.८७ |
जम्मा | ३६०२४ | ७१.८४ |
१३. नामः जहदा गाउँपालिका
जाहदा गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा कटहरी गाउँपालिका र दक्षिणमा भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज , मझारे , जह्दा , बुधनगर , माहादेवकोल , पोखरिया मिलेर संयुक्त रुपमा जहदा गाउँपालिकाको निर्माण वि.सं २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । यस गाउँपालिकाको कार्यालय लक्ष्मीनिय चौक स्थित (साबिक ५ नं वडा कार्यालय भवनमा ) अवस्थित छ ।
केन्द्रः साविक मझारे गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ४७६३९
क्षेत्रफलः ६२.३८ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुधनगर(२,६-९) | ७६५७ | ९.६५ |
२ | २ | भाथिगछ(५¸६¸८,९) | ७४०५ | १३.५२ |
३ | ३ | भाथिगछ(१-४,७) | ८०३२ | ८.२६ |
४ | ४ | शि.जहदा(१-८) | ७४७५ | ८.८९ |
५ | ५ | मझारे (१-५) र शि.जहदा(९) | ६९७० | ८.४६ |
६ | ६ | पोखरीया(१-९) | ३६३७ | ४.३८ |
७ | ७ | मझारे(६-९) | ६४६३ | ९.२२ |
जम्मा | ४७६३९ | ६२.३८ |
१४. नामः कानेपोखरी गाउँपालिका
केन्द्रः साविक बयरबन गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ४३१९३
क्षेत्रफलः ८२.८३ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | होक्लाबारी(१-९) | ५३४८ | ११.३६ |
२ | २ | केरौन(३¸४,६-९) | ६४९६ | १२.८ |
३ | ३ | वयरवन(१-५) | ५६४८ | १०.८५ |
४ | ४ | वयरवन(६,७) | ६४४६ | ९.८६ |
५ | ५ | केरौन(१,२,५) | ७३५२ | १२.३६ |
६ | ६ | वयरवन(८) | ६९७४ | ६.४८ |
७ | ७ | वयरवन(९) | ४९२९ | १८.५८ |
जम्मा | ४३१९३ | ८२.२९ |
१५. नामः कटहरी गाउँपालिका
कटहरी गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका अवस्थित छ । कटहरी ,भौडाहा र थलाहा मिलेर संयुक्त रुपमा कटहरी गाउँपालिकाको निर्माण वि.सं २०७४ सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । बिराटनगरबाट कालो पत्रे सडक (रंगेली रोड) कटहरी गाउँपालिका हुँदै पूर्वमा उर्लाबारी हुँदै पूर्व -पश्चिम राजमार्गमा जोडिएकोले कटहरी गाउँपालिकाका स्थानियवासीहरुलाई यस क्षेत्रका बिभिन्न शहरहरुमा सेवा सुबिधा लिन|दिन सहज भएको छ ।
केन्द्रः साविक कटहरी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ४८५१०
क्षेत्रफलः ५१.५९ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कटहरी(२,३) | ७१९४ | ५.७५ |
२ | २ | कटहरी(१,५) | ९४६५ | ५.७१ |
३ | ३ | कटहरी(४,६) | ६०१५ | ३.७९ |
४ | ४ | कटहरी(७-९) | ८३९७ | ७.३१ |
५ | ५ | भौडाहा(१-४,९) | ४२०६ | ६.४१ |
६ | ६ | भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९) | ७९३५ | ११.८९ |
७ | ७ | थलाहा(१-४,७) | ५२९८ | १०.७३ |
जम्मा | ४८५१० | ५१.५९ |
१६. नामः केराबारी गाउँपालिका
केन्द्रः साविक केराबारी गा.वि.
जनसङ्ख्याः ३४५०४
क्षेत्रफलः२१९.८३ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पाटीगाउँ(१-९) | १९९४ | २६.६६ |
२ | २ | सिंहदेवी(१-९) | २१९२ | ३२.४१ |
३ | ३ | लेटाङभोगटेनी (१) र केराबारी(४) | ३३९० | ३३.७३ |
४ | ४ | याङशिला(१-४,६,७) | १६८२ | २६.९६ |
५ | ५ | याङशिला(५,८) | ३८९२ | २०.१८ |
६ | ६ | केराबारी (७) र याङशिला(९) | ३९९१ | २९.२१ |
७ | ७ | केराबारी(६,८) | ४१६९ | ८.६८ |
८ | ८ | केराबारी(२,५) | ४०८८ | २४.५९ |
९ | ९ | केराबारी(९) | ५५६४ | १४.६४ |
१० | १० | केराबारी(१,३) | ३५४२ | २.७५ |
जम्मा | ३४५०४ | २१९.८१ |
१७. नामः मिक्लाजुङ गाउँपालिका
केन्द्रः साविक मधुमल्ला गा.वि.
जनसङ्ख्याः ३३१६७
क्षेत्रफलः १५८.९८ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | रमितेखोला(१-९) | ३०४२ | ४६.३३ |
२ | २ | टाँडी(१,६,७) | २७९२ | २३ |
३ | ३ | टाँडी(२,८,९) | ३९५६ | १७.०१ |
४ | ४ | टाँडी(३-५) | ३३४० | ११.८ |
५ | ५ | जाँते(३,४) | १६३९ | १४.४ |
६ | ६ | मधुमल्ला(४,५) | ६२०२ | ३४.५९ |
७ | ७ | मधुमल्ला(२) | ४७७८ | ५.१३ |
८ | ८ | मधुमल्ला(३) | २४४५ | १.१५ |
९ | ९ | मधुमल्ला(१,६) | ४९७३ | ५.५७ |
जम्मा | ३३१६७ | १५८.९८ |
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय माेरङ र जिल्ला समन्वय समिति मोरङ । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले मोरङ जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।
Its informatI’ve.