Everest-and-Ama-Dablam

मुस्ताङ जिल्ला Mustang District

परिचय

जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गका अनुसार मुस्ताङ्ग जिल्ला  गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो । धवलागिरी र निलगिरी दुइ अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली समुदायको वसोवास रहेकेा यस जिल्लाका अधिकांश मानिसहरु वौद्ध धर्मप्रति आस्थावान छन् । परापूर्व कालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेकेा यो क्षेत्रको सभ्यता पुरातात्विक उत्खननबाट समेत ३००० वर्षभन्दा अगाडिको रहेको हाल पुष्टि हुन आएको छ । तिब्बतीयन संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक, पर्यटकहरुको लागि, अनुसन्धानकर्ताहरुको लागि अतिनै महत्वपूर्ण तथा आर्कषणको केन्द्र रहेको छ ।

Nilgiri Himal Mustang
निलगिरी हिमाल मुस्ताङ
भाैगोलिक अवस्थिती

जिल्ला समन्वय समिति मुस्ताङ्गका अनुसार यस जिल्लाको भाैगोलीक अवस्थिती बिश्व मानचित्रमा मुस्ताङ जिल्ला २८ डिग्री ३३ मिनेट ५१ सेकेण्ड देखि २९ डिग्री १९ मिनेट ५२ सेकेण्ड उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट ५४ सेकेण्ड देखि ८४ डिग्री १४ मिनेट ५८ सेकेण्ड पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्वत र दक्षिणमा म्याग्दी जिल्ला पर्ने यस जिल्लाको कुल क्षेत्रफल ३५६.२१ वर्ग कि.मी. रहेको छ । जुन नेपालको कुल क्षेत्रफलको २.४२ प्रतिशत हो । जिल्लाको सदरमुकाम जोमसोम समुन्द्र सतहदेखि २,७१० मीटर उचाइमा रहेको छ । समुन्द्र सतहदेखि २०१० मी. (घाँसा) देखि ८१६७ मी.(धौलागिरी) उचाईमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुख्खा ठण्डा रहेको छ ।

Mustang
पर्यटकियक्षेत्र मुस्ताङ

जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भए तापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ । औषत बार्षिक बर्षा तल्लो भागमा २०० मी.मी. र माथिल्लो भागमा हिमपात हुन्छ । गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री से. र हिउँद महिनामा न्युनतम -९ डिग्री से. सम्म झर्दछ । हावापानी अनुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ । यस जिल्लाको वन क्षेत्र कुल क्षेत्रफलको ३.२४ प्रतिशत अर्थात १२,३२४ हेक्टर रहेको छ । जैविक विविधताले धनी यस जिल्लामा करिव १,२२६ प्रजातिका वनस्पति रहेको अनुमान छ । करिव ४७४ जातिको चरारुरुङ्गी रहनुको साथै जीव जन्तुमा हिमचितुवा, कस्तुरी मृग, जंगली घोडा आदि पाइन्छन् ।

mustang
पर्यटकियक्षेत्र मुस्ताङ
मुस्ताङ्ग जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैयाहरू

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, टिटी ताल, निलगिरी हिमाल, धौलागिरी हिमाल, ठिनी घरपझोङ गढी, कैसाङ क्याम्प (खम्पा क्याम्पु), ढुम्बा ताल, तिलिचो ताल, तिलिचो बेसक्याम्प, थारूघाङ्ग भ्युटावर, तातोपानी कुण्ड, रक क्लाइम्विङ, फुक्केलिङ पुरानो गाउँ आदि रहेका छन् ।

mustang3
पर्यटकियक्षेत्र मुस्ताङ
मुस्ताङ्ग जिल्लामा पाइने वन्यजन्तु, वन्यपक्षी, जडीवुटी र पाल्तु पशुपंक्षीहरू 

मुस्ताङ्ग जिल्लामा  हिउ चितुवाकस्तुरीखरायोघोरलबन भेडाभालुनाउरवाघ आदि जिल्लामा पाइने मुख्य वन्य जन्तुहरु हुन् । त्यसैगरी  डाँफे, मुनाल, च्याखुरा, कालीज आदि पनि यस जिल्लामा पाइने वन्यपंक्षीहरु हुन । यार्चागुम्वा, पाँचऔले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमानेा, कुकुर्को वीख, हारा, सोमलता, चुल्ठे अमिलो, कुरिलो, घोराङमार्चा, आदि जस्ता प्रशस्त वहुमूल्यवान र उपयोगी जडिवुटीहरु पाइन्छ । त्यसैगरी यस जिल्लामा पाल्तु पशुपंक्षीहरूमा याक, नाक, झोपा, चौरी, घोडा, लुलु, खच्चड, गधा, भेडा, च्याङग्रा, भैसी, गाई, वंगुर आदि हुन् भने पंक्षीमा कुखुरा र हाँस पनि पाल्ने गरेको पाइन्छ ।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार मुस्ताङ जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर ५ वटा  गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

मुस्ताङ जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
घरपझोङ गाउँपालिका जोमसोम, मार्फा र टुकुचे(८,९) गा.वि.स.
थासाङ गाउँपालिका टुकुचे(१-७), कोवाङ, लेते र कुन्जो गा.वि.स.
लो-घेकर दामोदरकुण्ड गाउँपालिका चराङ, घमी र सुर्खाङ गा.वि.स.
लोमन्थाङ गाउँपालिका छोसेर, छोन्हुप र लोमन्थाङ गा.वि.स.
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुक्तिनाथ, झोङ, छुसाङ र कागवेनी गा.वि.स.
जम्मा २५

१.    नामः घरपझोङ गाउँपालिका

घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा , टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । २०७४ को डाटा तथ्याङ्क अनुसार  गाउँपालिकको कूल जनसङ्ख्या ३,७१२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी जिल्लासम्म छ ।

केन्द्रः साविक जोमसोम गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३७१२

क्षेत्रफलः ३१६  (वर्ग कि.मि.)

वडा संख्याः

घरपझोङ गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मार्फा-१ र टुकुचे-८,९() २१७ ४९.४
मार्फा(२-४) ६८३ १६.७२
मार्फा(५-९) १०८५ ७२.०४
जोमसोम(५-८) १२१४ ६४.४१
जोमसोम(१-४,९) ५१३ ११४.३
जम्मा ३७१२ ३१६.८७

 २.    नामः थसाङ गाउँपालिका

मुस्ताङ जिल्ला परापुर्व कालदेखि नै केहि न केहि विशेषताले चर्चामा आएको पाइन्छ। उहिले मुस्ताङ हिन्दुहरुका लागि अति नै पवित्र र महत्वपूर्ण धार्मिकस्थल कर्ण सागर क्षेत्रको नाममे चिनिन्थो । अहिले पनि मुक्तिनाथ, दामोदरकुण्ड, कालीगण्डकी र गण्डकीमा पाउने शालिग्रामले यसको धार्मिक महत्वलाई कायम राखेको छ । मुस्ताङ अति नै महत्वपूर्ण व्यापारिक नाका पनि थियो । यस जिल्लाबाट हुने चामल-नुनको व्यापारलाइ नियन्त्रण गरेर आर्थिक र राजनितिक लाभ लिन स्थानीय र क्षेत्रिय शक्तिहरूको खिचातानी र चहलपहल सन् १९५० सम्म यथावत् थियो ।

चामल-नुनको व्यापार अहिले इतिहास भइसकेको छ तर व्यापार र वाणिज्यको दृष्टिकोणले मुस्ताङ नेपालको एउटा महत्वपूर्ण नाका हुन सक्ने यथार्थलाइ प्रस्तावित कालीगण्डकी कोरिडोर र केही बर्षयतादेखि खोल्न प्रयास गरिएको कोरला नाकाले बल पुर्याएको छ । इतिहासदेखि  नै यो जिल्ला तिब्बत, चीन र भारतमा भएका राजनीतिक र आर्थिक उथलपुथलको चपेटामा परिरह्यो । भारत सरकारको कृपा र अमेरिका सरकारको सहयोगले झन्डै १५ बर्ष यो र अरू हिमाली जिल्लाले प्रकाण्ड सहनुपर्यो । त्यसबेला जिल्लामा सरकारको खासै उपस्थिती थिएन । खम्पाहरूको उपस्थितिले होला सुरक्षाका लागि भन्दै माथिल्लो मुस्ताङ सन् १९९२ सम्म प्रतिबन्ध क्षेत्रको रूपमा रह्यो ।

यसबीच मुस्ताङमा आधुनिक शिक्षाले बाटो पक्डियो, गाउँगाउँमा स्कुल बन्ने, साक्षरता बढ्यो, पछी गएर निजी र सरकारी विधालय पनि बने, जिल्लाको सिमानामा फेरबदल भयो, साविक सदरमुकाम दानाबाट जोमसोम सर्यो, फलफुल बिकास र तरकारी खेतीको विस्तार भयो । थासाङ गाउँपालिका नेपालको गण्डकी  प्रदेश (नम्बर ४) को हिमाली जिल्लाकाे पनि तल्लो मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो । यस क्षेत्रमा थकालीहरूकाे बाक्लाे बासस्थान भएको कारण यस क्षेत्रलाई थाक सात्से अर्थात थासाङ पनी भन्ने गरिन्छ । काली गन्डकीको किनारामा अवस्थित टुकुचे देखी घाँसा सम्मको ठाउँलाई यस नामले पनि चिन्ने गरिन्छ।

यस क्षेत्रका मानिसहरू धेरै जसो किसानी र कोही भने होटल ब्यवसाय गरेर आफ्नो जिवन चलाइ रहेका छन् । सुन्दर हिमाल निलगिरी र धौलागिरीको काखमा रहेको यस ठाउमा धेरै रमणिय र धार्मिक स्थलहरू छन् । जस्तै: टुकुचे अवस्थित कूपर गुम्बा, मार्चे लेक,  याक खर्क, टुकुचे पिक, खन्ती अवस्थित नर्साङ गुम्बा, नौरिकोट अवस्थित गुरू साङ्बो गुफा, भुतर्छाे र सेकुङ ताल, कुन्जो अवस्थित टिटी ताल, आदी । यस गाउपालिका २९० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ

केन्द्रः साविक कोवाङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८५६

क्षेत्रफलः २८९  (वर्ग कि.मि.)

वडा संख्याः

थासाङ गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
टुकुचे(१-७) ६१० ८२.३५
कोवाङ(१-९) ७६६ ८०.१५
लेते(४-९) ५३६ २१.८८
लेते १-३ र कुन्जो ९() ४३१ ५९.२४
कुन्जो(१-८) ५१३ ४५.९१
जम्मा २८५६ २८९.५३

 ३.    नामः  लो-घेकर दामोदरकुण्ड गाउँपालिका

लो-घेकर दामोदरकुण्ड गाउँपालिका गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा अवस्थित उहेको छ। लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लाको उत्तरी भेगतिर रहेको छ। यस गाउँपालिकाको उत्तरमा लोमन्थाङ गा.पा., दक्षिणमा वारागाउँ मुक्तिक्षेत्र गा.पा., पूर्वमा मनाङ जिल्ला र पश्‍चिममा डोल्पा जिल्ला रहेको छ। वि.स. २०७३ सालमा सङ्‍घीय तथा स्थानीय विकास मन्‍त्रालयले ७५३ स्थानीय तह लागु गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिहरुलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरियो। यस गाउँपालिकालाई चराङ, घमी, घिलिङ, सुर्खाङ र ताङ्‍ग्या गरी ५ वडाहरुमा विभाजन गरिएको छ। २०७८ को जनगणना अनुसार गाउँपालिकाको कुल क्षेत्रफल १,३४४ वर्ग किलोमिटर र जनसङ्ख्या १,२९२ रहेको छ।

केन्द्रः साविक चराङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १२९२

क्षेत्रफलः १३४४  (वर्ग कि.मि.)

वडा संख्याः

लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
चराङ(१-९) ४१९ ३२३.८२
घमी(५-९) ३१४ २०२.८९
घमी(१-४) २३५ १८.४९
सुर्खाङ(१-६) १७९ २९८.१९
सुर्खाङ(७-९) १४५ ५००.७४
जम्मा १२९२ १३४४.१३

 ४.    नामः लोमन्थाङ गाउँपालिका

लोमन्थाङ गाउँपालिका  मुस्ताङ जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो ।लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,८९९ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा दालोमे गाउँपालिकासम्म छ ।

केन्द्रः साविक लोमन्थाङ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४३०

क्षेत्रफलः ७२७  (वर्ग कि.मि.)

वडा संख्याः

लोमन्थाङ गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
छोसेर(१-४) १७३ २९८.२८
छोसेर(५-९) २५४ ४७.६४
छोन्हुप(१-४) २८४ १७.९१
छोन्हुप(५-९) ३३५ ७९.९९
लोमन्थाङ(१-९) ३८४ २८३.०७
जम्मा १४३० ७२६.८९

 ५.    नामः वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

वारागुङ  मुक्तिक्षेत्र गाउँपालिका नेपालको गण्डकीप्रदेशको हिमाली जिल्ला  मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो ।बिश्व मानचित्रमा वारागुङ  मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५  मिनेट  उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७  मिनेट  पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग  रहेको  छ। समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ । यस गाउँपालिकाकाे हावापानी सुख्खा ठण्डा रहेको छ यस गाउँपालिकाको  तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भए तापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ। गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री से. र हिउँद महिनामा न्युनतम -९ डिग्री से. सम्म झर्दछ । हावापानी अनुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ।

केन्द्रः साविक कागवेनी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २०३६

क्षेत्रफलः ८८६  (वर्ग कि.मि.)

वडा संख्याः

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मुक्तिनाथ(१-९) ५५१ ५९.५५
झोङ(१-९) १८१ ५०.०१
छुसाङ(१-९) ४५२ ४९०.७८
कागवेनी(६-९) ५६० ५८.३
कागवेनी(१-५) २९२ २२७.१५
जम्मा २०३६ ८८५.७९

 

1 thought on “मुस्ताङ जिल्ला Mustang District”

  1. shree krishns kumal

    आहा कति सुन्दर र सान्त नेपाल तर अरुहरु कुराहरुले गर्दा खै के के भयकाे छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *