मुगु जिल्लाको परिचय
नेपालको कर्णाली प्रदेश अन्तरगत मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो ।ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा पौराणिक किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस जिल्लाको सदरमुकाम गमगढी रहेको छ । प्राय : मुगाली भनेर चिनिने यस क्षेत्रका बासिन्दाहरु रारा तालको मालिक भन्न रुचाउछन् । यस जिल्ला मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता नदीहरु त्यसैका छेउछाउमा बस्ने डाँफे, कालिज चराहरुको सुमधुर धुन र कस्तुरीहरुको नाचले मुगु जिल्लाको बिशेष परिचय दिन्छन् । पशुपालन, साना व्यवसाय र जडीबुटी प्रमुख रहेका छन । स्वास्थ्य, शिक्षा जस्तो सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको भएता पनि विस्तारै आफु र आफ्ना आवश्यकताहरुको पहिचान गर्नसक्ने यस क्षेत्रका बासिन्दाको चेतनामा बृद्धि हुँदै आएको पाईन्छ । सडक यातायातको अभावमा महंगो खाद्यान्न तथा औषधोपचारको सामना गरी रहनु परेको छ ।

मुगु जिल्लामा भौगोलिक बिबिधतासंग धार्मिक, सांस्कृतिक तथा भेष भुषामा पनि विविधता भएको जिल्ला हो । यहाँको सांस्कृतिक विविधता निकै अचम्म लाग्दो छ । त्यसैगरी यस जिल्लामा असुरो देखि यार्सागुम्वा र सिसौ देखि देवदार जस्ता काठ पाईने हुनाले यहाँको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाईन्छ । त्यसै गरी तराईको गर्मी हावापानीमा फल्ने आँप, केरा, उखु पहाडमा पाईने सुन्तला र हिमालमा पाईने स्याउ, नास्पती जस्ता फलफूलहरु पाईनुका अतिरिक्त बाबियो, घाँस देखि बुकी फूल सम्म पाईने यस जिल्लाको भौगोलिक विविधता पनि अचम्मको नै छ । पौराणिक किम्वदन्ती अनुसार विभिन्न भनाईहरु रहेता पनि यस जिल्लाको उत्तर भेगकोमा पर्ने मुगु गाँउको नामबाट यस जिल्लाको नाम रहन गएको छ ।

मुगु जिल्लाको भाैगोलीक अवस्थिती
क्षेत्रफल :– ३१०३ बर्ग किलो मिटर
उचाई :– १२०१ मिटर देखि ६७०७ मिटर सम्म
अक्षांस :– २२ डि.४० देखि २९ डि.५६.३० उत्तरी अक्षांस ।
देशान्तर :– ८१ डि.४६.४० देखि ८२ डि. ४९.५७ पूर्व
सदरमुकाम गमगढीको उचाई : – २२६६ मिटर
सीमाना पूर्व :- डोल्पा
पश्चिम :- बाजुरा
उत्तर :- हुम्ला देखि चीनको स्वशासित क्षेत्र तिव्वत
दक्षिण :- जुम्ला,कालिकोट
२०६८ सालको जनगणनाको प्रारम्भिक नतिजाको आधारमा । कुल जनसंख्या :– ५५१०० महिला :– २६५९२ पुरुष :– २८५०८ बृद्धिदर :– २.०९ % घर संख्या :– ९३०२ परीवार संख्या :– ९६७७ साक्षरता पुरुष :– ४९.५% साक्षरता महिला :– ९% जनसंख्या बृद्धिदर :– २.०९% रहेकाे छ ।
मुगु जिल्लाको हावापानी र तापक्रम
मुगु जिल्लाको समशितोष्ण, उष्ण, शितोष्ण र शीत प्रधान हिमाल (ठण्डा शितोष्ण) समेत जम्मा ४ किसिमका हावापानी पाईन्छ । तापक्रम हिउरेखा भन्दा तल न्यूनतम ८ डिग्री सेल्सियस देखि अधिकतम ३० डिग्री सेल्सियस हिउ रेखा भन्दा माथी ० डिग्री सेल्सियस । औसत बार्षिक बर्षा : ७०६ मि.मि. सम्म ।

मुगु जिल्लामा रहेका प्राकृतिक सम्पदाहरू
१) मूख्य नदी :– डोल्फु कर्णाली र मुगु कर्णाली ।
२) खोला :– खत्याड, गमगाढ आदी ।
३) प्रमुख ताल :– राराताल
मुगु जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
मुगु जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार मुगु जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः छाँयानाथ रारा नगरपालिका
केन्द्रः साविक गमगढी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २००७८
क्षेत्रफलः ४८०.६७ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
श्रीनगर |
१-४ |
|
|
२ |
श्रीनगर |
५,६ |
|
|
३ |
श्रीनगर |
७-९ |
|
|
कार्किबाडा |
९ |
|
|
|
४ |
कार्किबाडा |
१-४ |
|
|
५ |
कार्किबाडा |
५-८ |
|
|
६ |
पिना |
५-८ |
|
|
७ |
पिना |
१,२,९ |
|
|
८ |
पिना |
३,४ |
|
|
९ |
रारा |
८,९ |
|
|
१० |
रोवा |
१-४ |
|
|
११ |
रोवा |
५-६ |
|
|
१२ |
रोवा |
७-९ |
|
|
१३ |
रुगा |
१-५ |
|
|
१४ |
रुगा |
६-९ |
|
|
२. नामः मुगुमकार्मारोंग गा
केन्द्रः साविक पुलु गा.वि.स.को
जनसङ्ख्याः५३९६
क्षेत्रफलः २१०६.९१ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
डोल्फु |
१-९ |
|
|
२ |
मुगु |
१-९ |
|
|
३ |
किम्री |
६-९ |
|
|
४ |
किम्री |
१-५ |
|
|
५ |
पुलु |
४-९ |
|
|
६ |
पुलु |
१-३ |
|
|
७ |
मांग्री |
७-९ |
|
|
८ |
मांग्री |
५-६ |
|
|
९ |
मांग्री |
१-४ |
|
३. नामः सोरु गाउँपालिका
केन्द्रः साविक जिमा गा.वि.स.को
जनसङ्ख्याः १२२३८
क्षेत्रफलः ३६५.८ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
नाथर्पु |
१-४,९ |
|
|
२ |
नाथर्पु |
५-८ |
|
|
३ |
भिई |
१-९ |
|
|
४ |
फोतु |
१-५ |
|
|
५ |
फोतु |
६-९ |
|
|
६ |
जिमा |
३-९ |
|
|
७ |
जिमा |
१-२ |
|
|
८ |
रारा |
१-७ |
|
|
९ |
कालै |
१-९ |
|
|
१० |
धैनकोट |
१-५ |
|
|
११ |
धैनकोट |
६-९ |
|
४. नामः खत्याड गाउँपालिका
केन्द्रः साविक श्रीकोट गा.वि.स
जनसङ्ख्याः१७११६
क्षेत्रफलः २८१.१२ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सेरी |
१-३,५ |
|
|
२ |
सेरी |
४,६-९ |
|
|
३ |
श्रीकोट |
१-४ |
|
|
४ |
श्रीकोट |
५-९ |
|
|
५ |
खमाले |
१-९ |
|
|
६ |
गम्था |
१-४ |
|
|
७ |
गम्था |
५-९ |
|
|
८ |
सुकाढिक |
१-३ |
|
|
ह्याङ्लु |
७-९ |
|
||
९ |
सुकाढिक |
४-९ |
|
|
१० |
ह्याङ्लु |
१-६ |
|
|
११ |
कोटडाँडा |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति मुगु र जिल्ला प्रशासन कार्यालय मुगु। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । मुगु जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।