महोत्तरी जिल्ला Mahottari District

परिचय

मधेश प्रदेश अन्र्तगत पर्ने महोत्तरी जिल्ला नेपालको तराइ भेगमा अवस्थित छ।  महोत्तरी जिल्लाको नामाकरणको सन्दर्भमा  प्राचीन इतिहास अनुसार नेपाल एकीकरण हुनुभन्दा अगाडि यो मिथिला प्रदेशको एक स्वतन्त्र राज्य थियो । त्यसै समयमा “महोदरी” नामक एक ब्राह्मणले ५० बिघा जग्गामा एक विशाल पोखरी निर्माण गरी आफ्‍नो नामबाट उक्त पोखरीको नामाकरण गराएका थिए ।  समयान्तरमा महोदरी शब्दको अपभ्रंश हुँदै महोत्तरी हुन गएको जनविश्वास रहि आएको छ ।भाैगोलिक हिसाबमा महोत्तरी जिल्ला १,००२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २६ ३६’ देखि २८ १० उत्तरी अक्षांशमा र ८५ ४१ देखि ८५ ५७’ पूर्वी देशान्तरसम्म फैलिएको यस जिल्लाको औसत लम्बाइ (उत्तर- दक्षिण ) ५८ किलोमिटर तथा औसत चौडाई (पूर्व –पश्चिम) १८ किलोमिटर रहेको छ ।

Photo of Mahotari
स्थानिय छठपर्व मनाउँदै

 यस जिल्लाको पूर्वमा धनुषा जिल्लाको मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनिया गाउँपालिका, जनकपुरधाम उपमहानगरपालिका, नगराइन गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका उत्तरमा बाग्मती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका पश्चिममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका, हरिपूर्वा नगरपालिका, ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका तथा दक्षिणमा भारतको विहार राज्यको सितामढी जिल्लासँग सिमाना जोडिएको छ । यस जिल्लाको ३८.४६ किलोमिटर भूभाग भारतसँग जोडिएको छ ।

२०७८ को जनगणना अनुसार यस जिल्लामा ३,४९,१५९ पुरुष र महिला ३,५७,८३५ महिला गरी कुल ७,०६,९९४ रहेको छ । लैङ्गिक अनुपात ९७.५८ रहेको यस जिल्लामा जम्मा घरधुरी संख्या १,३७,९०२ छ । यस जिल्लाको साक्षरता दर ५९.८ प्रतिशत रहेको छ जसमध्ये पुरुषको साक्षरता प्रतिशत ६८.४ र महिलाको ५१.५ प्रतिशत रहेको छ । ७०६ प्रति वर्ग कि.मी. जनघनत्व रहेको यस जिल्लाको औसत घरधुरी सदस्य संख्या ५.६४ रहेको छ ।  हिन्दु र मुस्लिम धर्मालम्बीको बाहुल्यता रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको वसोवास रहेको पाइन्छ । यस जिल्लामा बोलिने मुख्य मातृभाषाहरु मैथिली (८०.७४%), उर्दु (७.२६%), नेपाली (५.५७%), मगर (१.९४%), तामाङ (१.४%) हुन् ।

महोत्तरी जिल्लामा रहेका  धार्मिक तथा प्राकृतिक सम्पदाहरू

यस जिल्लामा जलेश्वरनाथ महादेव मन्दिर, मटिहानी मठ, टुटेश्वरनाथ मन्दिर, पडौल स्थान, सोनामाईस्थान, पञ्चधुरा माइस्थान, गेरुवास्थान, मंगलनाथ महादेव मन्दिर, कञ्‍चनवन, ध्रुवकुण्ड जस्ता प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन् । त्यस्तै मुस्लिम समुदायको रौजा मजार पनि प्रसिद्ध स्थल हो ।त्यसै गरी यस जिल्ला भएर बग्‍ने मुख्य खोलाहरु रातु, मरहा, जँघा, बाँके, बिग्ही, भब्सी, अँकुसी आदी हुन् । डुबान यस जिल्लाको एक मुख्य समस्या हो ।

श्राेतः जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला समन्वय समिति महोत्तरी

महोत्तरी जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ वटा, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र – ८ वटा रहेका छन ।त्यसैगरी १५ वटा स्थानियतहहरू रहेका छन । जसमा १० वटा नगरपालिका वटा र ५वटा गाउँपालिका  रहेका छन् । स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरिएको छ ।

महोत्तरी जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
जलेश्वर नगरपालिका जलेश्वर नगरपालिका, पर्सापटौली, नैन्ही, पिगौना गा.वि.स. १२
बर्दिबास नगरपालिका बर्दिबास नगरपालिका, हाथिलेट, खयरमारा, पशुपतिनगर र विजलपुरा गा.वि.स. १४
गौशाला नगरपालिका गौशाला नगरपालिका, बेलगाँछी, लक्ष्मीनिया, भरतपुर र फुल्काहा गा.वि.स. १२
लोहरपट्टी नगरपालिका लोहरपट्टी, बगडाहा, खुटापिप्‍राडी, भ्रमरपुरा र महदैया तपनपुर गा.वि.स.
रामगोपालपुर नगरपालिका रामगोपालपुर, बासविट्टि, सहसौला र खोपी (१,६-९) गा.वि.स.
मनरा शिसवा नगरपालिका मनरा, ईटहर्वाकट्टी, सोनौल, सांढा, सरपल्लो, बथनाहा र शिसवाकटैया गा.वि.स. १०
मटिहानी नगरपालिका मटिहानी, धिरापुर, मझौरा विसनपुर र सिमरदही गा.वि.स.
भँगाहा नगरपालिका भँगाहा, हातीसरवा, सिंग्याही, मेघनाथ गोरहन्नाह, धरमपुर र हरियारपुर हरिनमरीन गा.वि.स.
बलवा नगरपालिका बलवा, पडौल, बदिया बञ्चौरी, बनौटा र धमौरा गा.वि.स. ११
१० औरही नगरपालिका औरही, श्रीपुर, सोनामाई र खोपी (२-५) गा.वि.स.
११ एकडारा गाउँपालिका एकडारा, भटौलीया, हलखोरी र कोल्हवा गा.वि.स.
१२ सोनमा गाउँपालिका सोनमा, रघुनाथपुर, खैरबन्नी र सुन्दरपुर गा.वि.स.
१३ साम्सी गाउँपालिका साम्सी, पर्सादेवाड, बैरगिया लक्ष्मीनिया, गैढाभेटपुर र पोखरभिण्डा संग्रामपुर गा.वि.स.
१४ महोत्तरी गाउँपालिका महोत्तरी, गोनरपुरा र डाम्हीमरै गा.वि.स
१५ पिपरा गाउँपालिका पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया गा.वि.स.
जम्मा १३८

१.      नामः जलेश्वर गरपालिका

जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो। सात ग्रामीण बस्तीलाई गाभेर वि.सं. २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो। सिङ्गो जनकपुर भेगकै प्रसिद्ध तीर्थस्थल रहेको जलेश्वरनाथ महादेवको नाउँले उक्त ठाउँको नामकरण भएको हो। जिल्लाका एकडारा गाउँपालिका भन्दा पूर्व, मटिहानी नगरपालिका भन्दा पश्चिम, मित्रराष्ट्र भारतको सीतामढी जिल्ला अर्थात् भारतसँगको साँध दशगजादेखि उत्तर एवं महोत्तरी देखि दक्षिण चार किल्लामा अवस्थित नगरको क्षेत्रफल ४४ दशमलव २६ वर्ग कि.मी.छ। नगरमा १८ साबिक वडा हाल १२ वडा छ।जलेश्वर नगरपालिकाको  कुल जनसंख्या ६३,८०२ छन्। जलेश्वर नगरपालिकामा समाबेश भएका साबिक गा.वि.स.पिगौना,नैंन्ही र पर्सा पतैली छन। खासै ठूलो व्यापारिक कारोवार नरहेको जलेश्वर बजारको व्यापारिक सम्बन्ध जनकपुर र सीमावर्ती भारतीय बजार सीतामढीसँग रहेको छ।

केन्द्रः साविक जलेश्वर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५८५४९

क्षेत्रफलः ४४.७२(वर्ग कि.मि.)

वडा संख्याः १२

जलेश्वर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जलेश्वर(१-३) ४२२० १.३४
जलेश्वर(४,५) ५७१९ १.९४
नैन्ही(४,५) र जलेश्वर(११,१२) ६३४४ ४.९२
जलेश्वर(१५,१६) ६७९८ ४.६२
पर्सापदैली(१-९) ३६१२ ५.१२
नैन्ही (१,९) र जलेश्वर(६,१३) ४९७८ ३.१८
जलेश्वर(१४) ५६७१ ३.५५
जलेश्वर(७-९) ३१६१ ३.२८
जलेश्वर(१७,१८) ६९३९ ६.३६
१० १० जलेश्वर(१०) २०७८ २.४१
११ ११ पिगौना(१-९) ३५९३ २.५
१२ १२ नैन्ही(२,३,६,७,८) ५४३६ ५.५
जम्मा ५८५४९ ४४.७२

जलेश्वर नगरपालिकाको नक्सा

Jaleshwor  Municipality Map

२.      नामः बर्दिबास गरपालिका

वि.सं. २०७१ साल मंसिर १६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार घोषण भएको हो । साविकका ४ (चार) वटा बर्दिबास, माइस्थान, गौरीबास र किसाननगर गा.वि.स. एकिकृत भइ २०७१ मंसिर १६ मा  बर्दिवास नगरपालिका घोषण गरिएको मा २०७३ फाल्गुन २७ गते देश संघीय संम्रचनामा गए संगै थप ४ वटा गाविसहरू , हाथिलेट, पशुपती नगर, खयरमारा, र विजलपुरा समाहित भइ हालकाे बर्दिबास नगरपालिका कायम भएकाे छ। यो महोत्तरी जिल्लाको उत्तर पूर्वको चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । यहीबाट बर्दिवास–सिन्धुली–बनेपा सडक शुरु भएर काठमाडौं जाने हुदाँ काठमाडौं प्रवेशका लागि यो पूर्वकै ढोकाको रुपमा रहेको छ ।

बर्दिबासको नामाकरण सम्वन्धमा महोत्तरीको दक्षिणवर्ती गाविसहरु औरही, गौशाला, रामगोपालपुर लगायतका गा.वि.स. र दोश्रो मुलुक भारतीय क्षेत्रबाट पनि मानिसहरु चुरे क्षेत्रबाट काठ ढुवानी गर्दा विश्राम स्थलको रुपमा हाल बर्दिबास नगरपालिकाको वडा नम्बर २ मा अवस्थित कामेश्वरनाथ महादेव मन्दिर तथा पोखरी रहेकै स्थान वरिपरिको स्थानलाई  प्रयोग गर्दथें । त्यस समयमा काठ ओसारपसार गर्नका लागि सवारी साधनको रुपमा गोरुगाडा प्रयोग हुन्थ्यो ।  पोखरी वरिपरि मानिस तथा गोरुहरुलाई पनि रात्री बास गराइन्थ्यो । मैथिली भाषामा गोरुलाई ‘बरद’ भन्ने चलन रहेको हुदाँ बरद वास बसेको हुदा ‘बरदबास ’भन्ने चलन रह्यो । पछि जनमानसमा बरदबासको अपभ्रंस भई ‘बर्दिबास’  भन्ने चलन स्थापित भएको जनविश्वास रहेको छ भने कतिपयले भारतबाट जागिरको क्रममा घर फर्कने सिपाहीहरुले बर्दि खोलेर बास बसेको कारण यसको नाम “बर्दिवास” रहन गएको हो भन्ने भनाई रहेको छ। तर पनि यी नामहरुको वारेमा खोजीकै विषय रहेको छ ।

केन्द्रः साविक बर्दिबास नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६६३५८

क्षेत्रफलः ३१५.५७ (वर्ग कि.मि.)

वडा संख्याः १४

बर्दिबास नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बर्दिबास(१) ५७४३ ४.४४
बर्दिबास(३) ५२२७ ५.८६
बर्दिबास(४-६) ६३२१ ५५.२७
बर्दिबास(१०) ४१७९ १७.५५
बर्दिबास(११,१२) ५८४३ ६६.७९
बर्दिबास(७,९) ४७५० १४.५४
बर्दिबास(८) ३०७१ ६.७४
हाथिलेट(१-९) ५३१६ २७.७८
पशुपतिनगर(१-९) ४९४१ ७.४६
१० १० खयरमारा(३,५,७,९) ४०४३ ४६.४६
११ ११ खयरमारा(१,२,४,६,८) ४६७६ ४६.६६
१२ १२ बिजलपुरा(१,२,४,७) ४३१२ ६.८४
१३ १३ बिजलपुरा(३,५,६,८,९) ३८७६ ५.०७
१४ १४ बर्दिबास(२) ४०६० ४.११
जम्मा ६६३५८ ३१५.५७

बर्दिबास नगरपालिकाको नक्सा

BArdibas Municipality Map

 ३.      नामः गौशाला गरपालिका

मधेश प्रदेशको महोत्तरी जिल्ला २०७१ सालमा स्थापित भएको नगरपालिका गौशाला नगरपालिका हो । नेपाल सरकारको मिति २०७१/०१/२५ को निर्णय अनुसार साबिकको गौशाला, निगौल र रामनगर गाविसहरु समायोजन भई घोषणा भएको गौशाला नगरपालिका मिति २०७१/०२/०३ गते देखि कार्यान्यनमा आएको हो । पछि यस न.पा.मा समायोजन भएका  फुलकाँहा, भरतपुर र बेलगाछी गाविस हुन । गौशाला नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लामा अवस्थित एक नगरपालिका हो । गौशालाबजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । नगरपालिका घोषणा गर्दा गौशाला, निगौल र रामनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा गौशाला पनि नगरपालिका बनेको हो ।

बम्ह्स्थान, जलपा माई मन्दिर, रामजानकी मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर, सल्हेस मन्दिर, महादेव मन्दिर, विश्वकर्मा मन्दिर, निगौल ठाकुर पोखरी, पचाईन माई, सोनिया माई, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, पूर्णेश्वर महादेव, शंकर महादेव मन्दिर टुटेश्वर रोड आदि प्रमुख धार्मिक, ऐतिहासि एवं पर्यटकिय स्थलहरू हुन भने पूर्वमा : बर्दिवास र औरही नगरपालिका, महोत्तरी पश्चिममा  ईश्वरपुर् नगरपालिका, सर्लाही, उत्तरमा बर्दिवास नगरपालिका, महोत्तरी, र दक्षिणमा सोनमा गाउँपालिका. र औरही नगरपालिका, महोत्तरी यस नगरपालिकाका सिमानाहरू हुन ।

केन्द्रः साविक गौशाला नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ६५६७३

क्षेत्रफलः १४४.७३ (वर्ग कि.मि.)

वडा संख्याः १२

गौशाला नगरपालिकाको विस्तृत विवरण 
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गौशाला(१-३) ७२११ १८.६५
गौशाला(९-११) ७८१४ १४.०८
गौशाला(४) ३६५५ ५.२७
गौशाला(५,६) ७६७६ ६.४८
गौशाला(७,८) ५७५५ १.६५
फुल्काहा(१-५) २१२२
फुल्काहा(६-९) ४०४४ ८.९७
बेलगाँछी(१-९) ६१५९ ३०.५७
भरतपुर(१-४,६) ५६१९ ९.६५
१० १० भरतपुर(८) र लक्ष्मीनीया(१,३,४,६) ५३८६ १२.७८
११ ११ भरतपुर(५,७) र लक्ष्मीनिया(२,५,८) ५४७८ ९.७३
१२ १२ भरतपुर (९) र लक्ष्मीनिया(७,९) ४७५४ २३.९
जम्मा ६५६७३ १४४.७३

गौशाला नगरपालिकाको नक्सा

Gaushala Municipality Map

 ४.      नामः लोहरपट्टी नगरपालिका

केन्द्रः साविक लोहरपट्टी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४५,७७३

क्षेत्रफलः ५०.०८(वर्ग कि.मि.)

वडा संख्याः ९

लोहरपट्टी नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बगडाहा(१-५) ३६८४ ३.९८
बगडाहा(६-९) २७३५ ७.१३
महदैया तपनपुर(१-९) ५६०१ ८.३३
खुटापिप्‍राडी(१-७) ७४६२ ९.०३
लोहरपट्टी(१,२,७-९) ४४०९ ३.५६
लोहरपट्टी(३-६) ३८३७ ४.४९
भ्रमरपुरा(१-५) ४९३६ ३.६१
भ्रमरपुरा(६-९) ४५२२ ४.८९
खुटापिप्‍राडी(८-९) २३९३ ५.०६
जम्मा ३९५७९ ५०.०८

लोहरपट्टी नगरपालिकाको नक्सा 

Loharpatti Ekdara Municipality Map

 ५.      नामः रामगोपालपुर नगरपालिका

केन्द्रः साविक रामगोपालपुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३६२०१

क्षेत्रफलः ३९.५४ (वर्ग कि.मि.)

वडा संख्याः ९

रामगोपालपुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बासविट्टी(१-५) ३४१६ ४.९२
बासविट्टी(६-९) ४१४७ २.४८
रामगोपालपुर(१,२) २९८९ ३.९९
रामगोपालपुर(३,४,५) ३५०१ २.५२
रामगोपालपुर(६,७) ५३८० ३.८
रामगोपालपुर(८,९) ३२०५ ३.८७
सहसौला(१-४) ३६७१ २.८५
सहसौला(५-९) ४४१९ ६.०७
खोपी(१,६-९) ५४७३ ९.०४
जम्मा ३६२०१ ३९.५४

रामगोपालपुर नगरपालिकाको नक्सा

Ram Gopal Pur Municipality Map

 ६.      नामः मनरा सिसवा नगरपालिका

मनराशिस्वा नगरपालिका मधेश प्रदेश अन्तरगत महोत्तरी जिल्लामा पर्दछ । यस जिल्लामा रहेको १० वटा नगरपालिका र ५ वटा गाउँपालिका मध्ये यो पनि एउटा स्थानीय तह रहेको छ । साबिकको गा.बि.स. हरु क्रमशः शिसवा कटैया, बथनाहा,साढाँ, सरपल्लो,मनरा, ईटहर्वा कटी र सोनैल समेत गरि ७ वटा गा.बि.स. हरु समेटी यो नगरपालिका बनेको छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन् । यो नगरपालिका महोत्तरी जिल्लाको सदर मुकाम जलेश्वर देखि १२ किलो मिटर पश्चिम दक्षिणमा रहेको यो नगरपालिकामा जम्मा १००,५० घरपरिवार अवस्थित रहेको छ । महोत्तरी जिल्लाको कुल क्षेत्तफल १००२ वर्ग किलो मिटर मध्ये यस नगरको कुल क्षेत्रफल ४९.७२ब.कि.मी. रहेको छ अर्थात ४९७८ हेक्टर (७४६७ बिघा) रहेको छ ।

केन्द्रः साविक मनरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५२१९१

क्षेत्रफलः ४९.७२(वर्ग कि.मि.)

वडा संख्याः १०

मनरा शिसवा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
मनरा शिसवा(१-९) ३६१३६ ६.०८
ईटहर्वाकट्टी(१-९) ३६१३६ ८.८
सोनौल(१-९) ३६१३६ ६.६५
सांढा(१-९) ३६१३६ ६.४२
शिसवाकटैया(१,२,३,५,६) ३६१३६ २.७३
सरपल्लो(१-४,६) ३६१३६ ३.७९
सरपल्लो(५,७-९) ३६१३६ ४.५३
शिसवाकटैया(४,७-९) ३६१३६ ३.७४
बथनाहा(१-५) ३६१३६ २.६५
१० १० बथनाहा(६-९) ३६१३६ ४.३३
जम्मा ५२१९१ ४९.७२

मनरा शिसवा नगरपालिकाको नक्सा

Manara Sisawa Rural Municipality Map

 ७.      नामः मटिहानी नगरपालिका

मटिहानी नेपालको मधेश प्रदेशको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। मटिहानी नगरपालिकामा रहेको नेपालको लक्ष्मीनारायणमठएक प्रसिद्ध मंदिर को रुपमा रहेको छ।यस मठकाे अगाडी एउटा ठुलो पोखरी लक्ष्मीसागर पोखरी रहेको छ। रामायणको अनुसार सीता माताकाे मटकाेर यही पाेखरीमा भएको थियो तथा  विहेमा वेदी वनाउनकाे लागी यहि पाेखरीवाट  माटाे लगिएकाे थियाे ।महोत्तरी जिल्लाका एक प्रसिद्ध स्कुल “श्री राम उच्च मा. वि.-८ “.तथा सबभन्दा पुराना संस्कृत कलेज यज्ञवालक्या क्याम्पस मटिहानी नगरपालिकामा पर्छ । हाल मटिहानी नगरपालिकाको कार्यालय साविक धिरापुर गा.वि.स.को कार्यालयमा रहेको छ। मटिहानी नगरपालिकामा हाल धिरापुर, मझौरा बिसनपुर, सिमरदही र मटिहानी गरी ४ वटा गाउका क्षेत्रहरु समावेश गरिएको छ।

केन्द्रः साविक धिरापुर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३६१३६

क्षेत्रफलः २९.०३(वर्ग कि.मि.)

वडा संख्याः ९

मटिहानी नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
धिरापुर(१,२,८) १७६६ ३.७२
धिरापुर(३,४,५,७) ५४४१ ३.६३
धिरापुर(६,९) ३६४० ५.९५
मझौरा विसनपुर(१-४) ३६३४ ३.९६
मझौरा विसनपुर(५-९) ४०२५ ३.४२
मटिहानी(१,२) ३३८६ २.०६
मटिहानी(३-६) ३९८१ ०.८३
मटिहानी(७-९) ३८१७ ०.५६
सिमरदही(१-९) ६४४६ ४.९
जम्मा ३६१३६ २९.०३

मटिहानी नगरपालिकाको नक्सा

Matihani Rural Municipality Map

 ८.      नामः भँगाहा नगरपालिका

मधेश प्रदेश अन्तर्गत  महोत्तरी जिल्लाका १० वटा नगरपालिका मध्ये यो भंगहा नगरपालिका पनि एक हो । यो वि.सं. २०७४ साल भाद्र १ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम घोषणा भएको हो । हालको राजनैतिक विभाजन अनुसार नेपालको मधेश प्रदेश को महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा पर्ने साविकका ६ (छ) वटा ग.वि.स. भंगहा, सिंग्याही,धर्मपुर, हतिसर्वा, मेघनाथगोरहन्ना र हरिहरपुर हरिनमरी एकिकृत गरि यो भंगहा नगरपालिका घोषणा गरिएको छ ।

सिमाना :-

पूर्व :- धनुषा जिल्ला बटेश्वर गाउपालिका

पश्चिम :- औरही नगरपालिका र रामगोपालपुर नगरपालिका

उतर :- बर्दिबास नगरपालिका र धनुषा जिल्ला बटेश्वर गाउपालिका

दक्षिण :-  लोहारपट्टी नगरपालिका र बलबा नगरपालिका

केन्द्रः साविक भँगाहा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ५५,३५४

क्षेत्रफलः ७७.२(वर्ग कि.मि.)

वडा संख्याः ९

भँगाहा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सिंग्याही(१-४) ४३४७ ५.१३
सिंग्याही(५-९) ४८६२ ६.०२
भँगाहा(१,२,५,७) ४९९७ ९.०९
भँगाहा(३,४) ४९९८ ७.२२
भँगाहा(६,८,९) ५५३३ ९.२९
हातीसरवा(१-९) ८०३९ १३.३४
मेघनाथ गोरहन्ना(१-९) ६९०५ ९.११
धरमपुर(१-९) ७६४५ ६.२१
हरियारपुर हरिनमरिन(१-९) ८०२८ ११.७९
जम्मा ५५३५४ ७७.२

भँगाहा नगरपालिकाको नक्सा

Bhangaha Municipality Map

 ९.      नामः बलवा नगरपालिका

केन्द्रः साविक बलवा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४९४७३

क्षेत्रफलः ४४.०८(वर्ग कि.मि.)

वडा संख्याः ११

बलवा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बदिया बञ्चौरी(२-६) ४१३८ ३.३५
बदिया बञ्चौरी(१,७-९) ३१०४ ४.५६
पडौल(१-४) २८४० २.२९
पडौल(५-९) ४५०७ १.९८
बलवा(६-८) ३३९७
बलवा(१-५,९) ६२८६ ५.६
बनौटा(१-४,७) ३५४२ ४.५२
बनौटा(५,६,८,९) ४२३८ २.७२
धमौरा(१,२,३) ५९१९ ६.४७
१० १० धमौरा(४,५,८) ४३९९ ५.७९
११ ११ धमौरा(६,७,९) ७१०३ ४.८
जम्मा ४९४७३ ४४.०८

बलवा नगरपालिकाको नक्सा+

Balawa Municipality Map

 १०.  नामः औरही नगरपालिका

केन्द्रः साविक औरही गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३७३६१

क्षेत्रफलः ३५.७६ (वर्ग कि.मि.)

वडा संख्याः ९

औरही नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
औरही(१-४) ५१३८ ५.४२
औरही(५-९) ४८९३ ४.३५
श्रीपुर(२,३) ४९९० ४.५३
श्रीपुर(१,७,८,९) ५०९२ २.७९
श्रीपुर(४,५,६) २९३५ १.७९
खोपी(२-५) ३३०४ ३.०१
सोनामाई(१-३) २९८० ४.१३
सोनामई(४-६) ३८५७ २.७५
सोनामई(७-९) ४१७२ ६.९९
जम्मा ३७३६१ ३५.७६

औरही नगरपालिकाको नक्सा

Aurahi Municipality Map

 ११.  नामः एकडारा गाउँपालिका

केन्द्रः साविक एकडारा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३१७७०

क्षेत्रफलः २३.९९(वर्ग कि.मि.)

वडा संख्याः

एकडारा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
एकडारा(१-४,६) ४७०३ ३.०५
एकडारा(५,७-९) ५३९१ ३.५९
भटौलिया(४२७४४) ५०२० ४.९२
हलखोरी(४२७४४) ७२६० ५.८३
कोल्हुवा(१-४,९) ४८३१ ३.१२
कोल्हुवा(५-८) ४५६५ ३.४८
जम्मा ३१७७० २३.९९

एकडारा गाउँपालिकाको नक्सा

Ekdara Rural Municipality Map

 

 १२.  नामः सोनमा गाउँपालिका

केन्द्रः साविक सोनमा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४३०८२

क्षेत्रफलः ५७.७७ (वर्ग कि.मि.)

वडा संख्याः

सोनमा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
सोनमा(१,२,३,४,६) ५७७४ ४.४५
सोनमा(५,७,८,९) ५१८३ ३.७३
रघुनाथपुर(१-९) ७३८८ ९.५४
खैरबन्नी(१-५) ५३९८ १४.५२
खैरबन्नी(६-९) ४७९९ ४.२३
सुन्दुरपुर(१-३) ४९७२ ११.८२
सुन्दुरपुर(४-६) ५५३६ ५.४
सुन्दुरपुर(७-९) ४०३२ ४.०८
जम्मा ४३०८२ ५७.७७

सोनमा गाउँपालिकाको नक्सा

Sonama Rural Municipality Map

 १३.  नामः साम्सी गाउँपालिका

केन्द्रः साविक साम्सी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३३७९१

क्षेत्रफलः २१.५८ (वर्ग कि.मि.)

वडा संख्याः

साम्सी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
पर्सादेवाड(१-४) ३६८९ २.७४
पर्सादेवाड(५-९) ७७३५ ३.३५
बैरगिया लक्ष्मीनिया(१-९) ३६१० २.०७
गैढाभेटपुर(१-९) ५२५० ५.३३
पोखरभिण्डा संग्रामपुर(१-९) ५२७० ४.२३
साम्सी(१-४) ४५१८ १.४७
साम्सी(५-९) ३७१९ २.३९
जम्मा ३३७९१ २१.५८

साम्सी गाउँपालिकाको नक्सा

Samshi Rural Municipality Map

 १४.  नामः महोत्तरी गाउँपालिका

केन्द्रः साविक महोत्तरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २८८०७

क्षेत्रफलः २८.०८  (वर्ग कि.मि.)

वडा संख्याः ६

महोत्तरी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
महोत्तरी(१,२,८,९) ६००४ ६.०१
महोत्तरी(३,४,५,६,७) ५४६७ ५.३३
डाम्हीमरै(१-७) ६६२९ ६.१३
डाम्हीमरै(८,९) ३२२९ ३.२८
गोनरपुरा(५,७-९) ३६५५ २.९३
गोनरपुरा(१-४,६) ३८२३ ५.३९
जम्मा २८८०७ २९.०७

महोत्तरी गाउँपालिकाको नक्सा

Mahottari Rural Municipality Map`

 १५.  नामः पिपरा गाउँपालिका

केन्द्रः साविक पिपरा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४०५३५

क्षेत्रफलः ३९.९७८(वर्ग कि.मि.)

वडा संख्याः

पिपरा गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
एकरहिया(१-६) ७८९८ ५.२७
एकरहिया(७-९) ४११८ ३.४७
पिपरा(१,७,८,९) ४३१६ १.१३
पिपरा(२-६) ५३०५ ७.६७८
सहोडवा(१-९) ६८५५ ८.५५
रतौली(१-९) ७३२८ ८.७७
बनौली दनौली(१-९) ४७१५ ५.११
जम्मा ४०५३५ ३९.९७८

पिपरा गाउँपालिकाको नक्सा

Pipara Rural Municipality Map

 यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा वा कनै सुझाव सल्लाह भएमा  कमेन्ट बक्समा राखिदिनुहोला । साथै यस जिल्लाको कुनै पनि  स्थानमा  रहेका धार्मिक सांस्कृतिक र पर्यटकिय लेख प्रकाशन गर्न चाहेमा हामीसंग सहकार्य गर्न सक्नुहुने छ। जसकोलागी info@localhostअथवा chinari2020@gmail.com मार्फत सम्पर्क गर्नसक्नुहुनेछ ।

आफ्नो ठाउँ आफै चिनाउँ, आजै चिनाउँ ।

चिनारी नेपाल काठमाण्डाै

Leave a Comment

Your email address will not be published. Required fields are marked *