Photo of Makwanpur

मकवानपुर जिल्ला Makwanpur District

परिचय

देशकै मध्य भागमा अवस्थित मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित रहेको छ ।मकवानपुर जिल्ला प्रदेश नं. ३ मा अवस्थित रहेको छ । उतरतर्फ करीब ६६ कि.मी. लामो महाभारत श्रृंखला र दक्षिणतर्फ ९२ कि.मी. लामो चुरे पर्वतको काखमा सानो उपत्यकाको झझल्को दिने खालको छ । यो जिल्लामा शिशिर याममा हिमपात हुने २५ सय ८४ मिटरको उच्च भू-भाग सिमभन्ज्याङ्ग र दक्षिणतर्फ समुद्री सतहदेखि १६६ मिटर उचाईको पूर्वी भागमा रहेको बागमती गाउँपालिकाको राईगाउँ, हात्तीढुङ्गाको भौगोलिक बनावटले यस जिल्लाको बिषम प्राकृतिक विविधताको झझल्को दिन्छ ।

Photo of Makwanpur

प्रदेश नं. २ र प्रदेश नं. ३ समेतका ९ जिल्लासँग  मकवानपुर जिल्लाको सीमाना जोडिएको छ । २,४२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको यो जिल्ला पूर्व साँगुरो हुदै पश्चिमतर्फ बेलुन फुलेझैं फुकेको र नेपाल राज्यको कुल क्षेत्रफलको १.६ प्रतिशत भाग ओगटेको छ । नेपालको पहिलो राजपथ त्रिभुवन राजपथको निर्माणले राजधानीलाई देशको अन्य भू–भागसँग जोड्ने एक मात्र द्वारको रुपमा परिचित यस जिल्लालाई एक समय तराई र पहाड जोड्ने सेतुको रुपमा समेत लिने गरिन्थ्यो ।

Photo of Makwanpur

प्रशासकीय दृष्टिकोणले यस जिल्लालाई २ निर्वाचन क्षेत्र, १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकामा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडा जसलाई औद्योगिक नगरीका रुपमा पनि चिनिन्छ । २०४३ सालमा हेटौंडालाई जिल्ला सदरमुकाम बनाईएको हो । नेपालको सबै भन्दा बढी तामाङ्ग जातिको बसोबास रहेको यस जिल्लामा ब्राह्मण, क्षेत्री, नेवार, मगर पिछडिएका चेपाङ्ग जाति लगायत अन्य जातिको पनि उल्लेखनीय बसोबास रहेको छ । लोपोन्मुख बनकरीया जातिको बासस्थान हाँडीखोला पनि यसै जिल्लामा पर्दछ ।

Photo of Makwanpur

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार मकवानपुर जिल्लाको स्थानियतहको विभाजन साविकका उपमहानगर, नगरपालीका  र गा.वि.स. का वडाहरूलाइ समेटेर १ उपमहानगरपालिका,, १ वटा नगरपालीका र ८ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः हेटौंडा उपमहानगरपालिका

महाभातकालीन किम्बदन्ती अनुसार पाण्डवहरु वनबासको क्रममा आमा कुन्तीको सहमतिमा भीमले राक्षस हिडिम्बासित विहे गरेपछि हिडिम्बाकाो कोखबाट जन्मेको पुत्र घटोत्कच र हिडिम्बाको वासस्थान यसै स्थानमा भएको नाताले उनीहरुकै नामबाट यस ठाउँको नाम हेटौडा रहेकाो भन्‍ने जनविश्वास छ ।  “हिडिम्बा” र शक्ति स्वरुपिणी माता भुटनदेवीको ऐतिहासिक तथा धार्मिक पृष्ठमूमिमा मानव बसोबासको लागि योग्य शहरको आधारभूत पूर्वाधार संरचना तथा भौतिक विकासको गतिमा अगाडि बढिरहेको हेटौंडा अधिराज्यका २ राष्ट्रिय राजमार्गहरु महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगमस्थलमा अवस्थित छ । नेपालको संविधान २०७२ अनुसारको नयाँ संरचना अनुरुप मकवानपुर जिल्लाका दश स्थानीय तह मध्येको एक हेटौडा उपमहानगरपालिका बागमति प्रदेशको राजधानीको रुपमा अवस्थित रहेको छ ।  नेपालको मध्य भागमा रहेको हेटौंडालाई वि.स. २०२६ सालमा नगर पञ्चायत घोषणा गरिएको थियो ।  २०७१ साल मंसिर १६ गतेको नेपाल सरकारको निर्णयबाट हेटौंडा  उपमहानगरपालिका स्थापना भयो ।

हेटौंडाका प्रमुख विशेषताहरुः

  • देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल,
  • राजधानीबाट नारायणगढ हदै २२४ कि.मि. नौबिसे दामन हुदै १३२ कि.मी. तथा राजधानी बाट जोड्ने द्रुतमार्ग हदै ७६ कि.मि को दक्षिण दूरीमा अवस्थित,
  • चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित, उष्ण तथा समशितोष्ण हावापानी,
  • मकवानपुर जिल्लाको सदरमुकाम,
  • देशको तेस्रो ठूलो औद्यौगिक नगर,
  • भारतसंगको प्रमुख नाका बीरजन्गसंग राजधानी जोड्ने एक मात्र द्वार ।

केन्द्रः साविक हेटौंडा उपमहानगरपालिकाको कार्यालय

जनसङ्ख्याः १९३५७६

क्षेत्रफलः २६१.५९ वर्ग कि.मि.)

वडा संख्याः १९

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हेटौंडा

१,२,६

हेटौंडा

२,३

हेटौंडा

२८

हेटौंडा

हेटौंडा

हेटौंडा

हेटौंडा

हेटौंडा

हेटौंडा

१०

हेटौंडा

१०

११

हेटौंडा

११

१२

हेटौंडा

१२,१३

१३

हेटौंडा

१४,१५

१४

हेटौंडा

१६

१५

हेटौंडा

१७,१८

१६

हेटौंडा

१९,२१

१७

हेटौंडा

२०,२२

१८

हेटौंडा

२३-२५

१९

हेटौंडा

२७,२९

 २.    नामः थाहा नगरपालिका

थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ ।  जनतालाई सुसुचित एवं जागरुक वन्न अभिप्रेरित गर्दे थाहा अभियान चलाउनु हुने स्वर्गीय श्री रुपचन्द विष्टको स्मरण गर्दे यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको हाे ।

यो नगरपालिका महाभारत श्रृखलाको मध्य भागमा उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि उच्च हिमशिखरहरुको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु रहेका कारण यस नगरलाई पर्यटकीय नगरिको रुपमा विकास गर्न सकिने ठुलो संभावना रहेको छ ।

प्रशस्त उर्वर कृषि भुमि यस क्षेत्रको अर्को वरदान सावित हुदै गएको देखिन्छ । यस क्षेत्रका किसानहरुले वार्षिक १ अर्व वरावरको तरकारी मात्र देशका प्रमुख शहरहरु र छिमेकी देश भारतमा समेत निर्यात गर्ने गर्दछन । मुलुकको सवै भन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरको करिव वीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाण्डौ जोडेकोछ । जिल्ला सदरमुकाम र राजधानी काठमाण्डौको करिव वीच भागमा पर्ने यो नगरकाे केन्द्रबाट दुवै शहरको सडक दुरी करिव ६५ कि.मि रहेको छ ।

केन्द्रः साविक थाहा नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३८८७०

क्षेत्रफलः १९१.१२ (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

थाहा

१,१२

थाहा

२-५

थाहा

६,७

थाहा

८,९

थाहा

१०,११

थाहा

१३-१५

आग्रा

२-६

आग्रा

१,७-९

चित्लाङ

१-५,८

१०

चित्लाङ

६,७,९

११

टिस्टुङ

१-३,५

१२

टिस्टुङ

४,६-९

 ३.    नामः ईन्द्रसरोबर गाउँपालिका

इन्द्रसरोवरको लिखित कुनै इतिहास तथा दस्तावेज नभएता पनि ऐतिहासिक दृष्टिकोणले महत्वपुर्ण रहेको मानिन्छ । राजा विरेन्दले आफ्नी आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा ईन्द्रसरोवर नामाकरण भएको भन्ने गरिन्छ । आमा ईन्द्रराज्य लक्ष्मी देवी शाहको नाम बाट ईन्द्र र सरोवरको अर्थ ताल, पोखरी, दह हुने हुनाले यस ठाँउलाई ईन्द्रसरोवर भनि नामाकरण गरिएको भन्ने भनाई रहेको छ । रानी ईन्द्रराज्य लक्ष्मी देवी शाहको सम्झनामा मानव निर्मित नेपालकै एक मात्र ईन्द्रसरोवर ताल २०३४ सालमा निर्माण सुरु गरि २०३८ सालमा सम्पन्न भएको थियो । राजा विरेन्द्र विक्रम शाह देव र प्रधानमन्त्री किर्तिनिधी विष्टको पालामा निर्माण भएको यस तालले आफ्नो बेग्लै इतिहास, पहिचान र महत्व बोकेको छ । साविकका गाभिएका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गा.वि.स.का राजनैतिक दलका प्रतिनिधीहरु, बुद्धिजीविहरु लगायत सरोकारवालाहरुको घनिभूत छलफल पश्चात यस गाँउपालिकालाई इन्द्रसरोवर गाँउपालिकाको नामवाट नामाकरण गर्ने भनि गरिएको निर्णय अनुसार नै ईन्द्रसरोवर गाँउपालिका बनाईएको हो ।

साविकको कुलेखानी गा.वि.स. तथा हालको वडा नं. २ को पनि आफ्नै महत्व र इतिहास रहेको पाईन्छ । विगतमा दैनिक ज्यालादारी गरि जिवन निर्वाह गर्ने मानिसहरुको वसोवासको बाहुल्यता रहेको यस ठाँउमा कुल्ली काम गरि खानेहरुको खानी नै रहेको हुदाँ कुलेखानी नामाकरण गरिएको भनाई पनि रहेको पाईन्छ । यस क्षेत्रमा प्रसस्त मात्रामा तामा, फलाम र किट खानीहरु रहेको कुरा स्थानीयवासीहरुको भनाईरहेको छ । त्यसै गरि साविकको सिस्नेरी गा.वि.स. तथा हालको वडा नं. ३ को पनि आफनै महत्व रहेको पाईन्छ । स्थानीय जानकारहरुका अनुसार यस ठाँउमा सिस्नुको घारीहरु अत्याधिक मात्रामा रहेकाले सिस्नेरी नाम रहेको भनाई छ ।

ईन्द्रसरोवर गा.पा. ऐतिहासिक तथा धार्मिक हिसावले पनि त्यतिकै महत्वपुर्ण रहेको मानिन्छ । यस गा.पा. मा रहेको मानव निर्मित इन्द्रसरोवर ताल, भालेश्वर महादेव, गुप्तेश्वर गुफा, लामवगरमा अवस्थित नाट्यश्वरी महादेव मन्दिर, धानेश्वर धनलक्ष्मी मन्दिर, खानीखेतमा अवस्थित पञ्चकन्या देवी मन्दिर, किटेनी स्थित सरस्वती मन्दिर, लुण्डुप हयोलिङ गुम्वा, धेचीन गुम्वा महाङ्कालथान, सुकौरा लुण्डुप छयौनिङ गुम्वा, पञ्चकन्या देवी मन्दिर, हुमाने डाँडा दृष्यावलोकन गर्ने ठाँउ, भैरवनाथ मन्दिर, सलेमले डाँडाँ, पुरानो खर्क, डाँडाखेल पौवा, जातीपोखरी, राकसखोलाको मानेडाँडा, महाङकाल मन्दिर, लक्ष्मीनारायण मन्दिर सिलाङ, शक्तेश्वर मन्दिर वज्रमाठ, ओखरडाँडा चैत्य र शिकारी गाँउ, छडधार लगायतका ऐतिहासिक तथा धार्मिक ठाँउहरु रहेका छन् ।

त्यसैगरि आजादेश्वर मन्दिर सिस्नेरी, लंकाधामी अदुवावारी, सुन्दरीदेवी ठुलोटार, कालीदेवी बल्छी भन्ज्याङ, सेतीदेवी दम्की, नारायणथान मन्दिर टेकर आदि स्थानहरु पनि धार्मिक हिसावले महत्वपुर्ण रहेका छन् । हाल यस गाँउपालिका क्षेत्रमा विभिन्न पार्कहरु जस्तै शान्ती बगैचा बाटिका कुलेखानी साविकको वडा नं. ९ हाल वडा नं.२, पिक्निक स्पट कुलेखानी साविकको वडा नं. ९ हाल वडा नं.२, आउटलेट रहेको स्थान, काशिचौर फाखेल साविकको वडा नं. ४ हाल पनि वडा नं.४ र पिक्निक स्पट मार्खु साविकको वडा नं. ८ हाल वडा नं.१ रहेका छन् । यसको वारेमा अध्ययन अनुसन्धान गरी ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सक्ने सम्भावना रहेको छ र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याई प्रसस्त आय आर्जन बढाउन सक्ने अवसरहरु पनि रहेका छन ।

केन्द्रः साविक कुलेखानी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १३५३४

क्षेत्रफलः ९७.३४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मार्खु

१-९

कुलेखानी

१-९

सिस्नेरी

१-९

फाखेल

१-४

फाखेल

५-९

 ४.    नामः कैलाश गाउँपालिका

केन्द्रः साविक कालिकाटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१८५६

क्षेत्रफलः २०४.४८  (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

डाँडाखर्क

१,४,६

डाँडाखर्क

५,७,९

कालिकाटार

१,३,६

कालिकाटार

२,४,५,७,९

गोगने

१-६

गोगने

७-९

भार्ता

१,४-६,८

भार्ता

२,३,७,९

नामटार

२,५,७

१०

नामटार

६,८,९

 ५.    नामः बकैया गाउँपालिका

बकैया गाउँपालिका ३९३‍.७५ बर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे छ । मकवानपुर जिल्लाकाे दक्षिण पूर्वि भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र बकैया-३, हात्तीसुँडेमा रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका  गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्र्तगतका साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । यो गाउँपालिकामा समुद्री सतहवाट २०० मिटरदेखि २१०० मिटरको उचाई सम्मको विविधता रहेको छ । ४६० वर्ग.कि.मी. क्षेत्रफल रहेको यस बकैया गाउँपालिकाको पूर्वमा बाग्मती गाउँपालिका, पश्चिममा हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिका, उत्तरमा ललितपुर जिल्ला र भीमफेदी गाउँपालिका तथा दक्षिणमा रौतहट र बारा जिल्ला पर्दछन्।

केन्द्रः हात्तिसुँढे

जनसङ्ख्याः ४०९०७

क्षेत्रफलः ३९३.७५ (वर्ग कि.मि.)

वडा संख्याः १२

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

धियाल

१,५,६

धियाल

२-४,७-९

छतिवन

१,२

छतिवन

३,५,६

छतिवन

७,८

छतिवन

छतिवन

शिखरपुर

१-४,९

शिखरपुर

५-८

१०

मन्थली

१-९

११

ठिंगन

१,२,५

१२

ठिंगन

३,४,६-९

 ६.    नामः बाग्मती गाउँपालिका

नेपालको पछिल्लो परिवर्तित संरचना अनुसार विभिन्न ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश राजधानीका रूपमा रहेको यस मकवानपुर जिल्लाको उत्तरतर्फ करिब ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फ करिव ९२ कि.मि. लामो चुरे पर्वत (शिवालिक पहाड)को काखमा यो गाउँपालिका अवस्थित छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो गाउँपालिका राजधानी काठमाडौं र ललितपुरजिल्ला सँग सीमाबद्ध भएर रहेको छ।

केन्द्रः वडा नं. ४ झुरझरे

जनसङ्ख्याः ३०४२५

क्षेत्रफलः ३११.७९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

राईगाउँ

१-३

राईगाउँ

४-७

राईगाउँ

८,९

फापरबारी

फापरबारी

फापरबारी

३,७,८

फापरबारी

४,५

फापरबारी

६,९

वेतिनि

१-९

 ७.    नामः भिमफेदी गाउँपालिका

भीमफेदी गाउँपालिका २४५.२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी  रहेकाे छ यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा.वि.स. हरु र १ गा.वि.स. का ३ वटा वडाहरुलाई मिलाएर बनाइएको हो यस गाउँपालिका अन्तर्गतका साविक गा.वि.स. हरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या, नामटार(१,३,४) रहेका छन् । तामाङ्ग, मगर, क्षेत्री जातको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ यस गाउँपालिकामा ९ वटा वडा रहेको छ 

यस गाउँपालिकाको सिमानामा पूर्व तर्फ ललितपुर जिल्ला,पश्चिम तर्फ कैलाश गाउँपालिका र हेटौडा उप-महानगरपालिका, उत्तर तर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिण तर्फ हेटौडा उप-महानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका रहेको छ ।

केन्द्रः साविक भिमफेदी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१५१६

क्षेत्रफलः २४५.२७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भैंसे

६-८

भैंसे

१-५,९

निवुवाटार

२-५

निवुवाटार

१,६-९

भिमफेदी

५-७,९

भिमफेदी

१-४,८

कोगटे

१-९

ईपापञ्चकन्या

१-९

नामटार

१,३,४

 ८.    नामः मकवानपुरगढी गाउँपालिका

पूर्व ठिंगन र छतिवन हाल वकैया गाउँपालिका, पश्चिम हेटौंडा नगरपालिका हाल उपमहानगरपालिका र साविक भैसी दोभान गाउँ विकास समिति हाल भिमफेदी गाउँपालिका उत्तर सामरी जलाधार क्षेत्र आम भञ्ज्याङ र सुकौरा गाउँ विकास समिति बाट हाल मकवानपुरगढी गाउँपालिका दक्षिण वडा २,५,६,७  हेटौंडा नगरपालिका वडा नं. २,५,७,६, हटिया, हर्नामाडी, छतिवन गा.वि.स.बाट हाल हेटौंडा उपमहानगर पालिकाको २,५,७,६, १६, १७ वडा र वकैया गाउँपालिका सिमानामा थियो ।

यो गाउँपालिका इलाका १३ मध्य ४ नं. इलाकामा पर्दछ । मकवानपुर राज्यको राजधानी मकवानपुरगढीको रुपमा परिचित राहेको थियो । त्यसै बाट जिल्लाको नामाकरण हुदै २०७३ साल फागुन २७ गते राज्य र स्थानीय तहका राजधानीको नाम कायम गर्दा मकवानपुरगढी गाउँपालिका नामाकरण भएको छ । ४३ गाउँ विकास समिति मध्ये एक मकवानपुरगढी गा.विस. थियो भने मकवानपुर जिल्लाको १० वटा स्थानिय तहको रुपमा घोषणा हुदा मकवानपुरगढी गाउँपालिका कायम भएको हो ।

मकवानपुरगढी गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्ज्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८.७३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यस क्षेत्रको भौगोलिक अवस्थिति ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकासका संभावनाहरुलाइ समेटिएको छ । भौगोलिक अवस्थिति समुन्द्री सतहबाट करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्डदेखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री २ मिनेट ३७ सेकेण्डदेखि ८५ डिग्री १३ मिनेट ८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ ।

यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौंडासँग सिमाना जोडिएर पूर्व तथा उत्तर भागमा रहेको छ । साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिममा हेटौंडा उपमहानगरपालिका भीमफेदी गाउँपालिका, उतरमा भीमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ ।

केन्द्रः साविक मकवानपुरगढी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २४४६१

क्षेत्रफलः १४८.७२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मकवानपुरगढी

१,२

मकवानपुरगढी

३,४

मकवानपुरगढी

५-७

मकवानपुरगढी

८,९

आमभञ्ज्याङ

१-४

आमभञ्ज्याङ

५-९

सुकौरा

१-९

बुढीचौर

१-९

 ९.    नामः मनहरि गाउँपालिका

परीचय

केन्द्रः मनहरी- ९ रजैया

जनसङ्ख्याः ४७३५३

क्षेत्रफलः १९९.५२  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

हाँडिखोला

१,२

हाँडिखोला

हाँडिखोला

३,५,६

हाँडिखोला

हाँडिखोला

८,९

मनहरी

१,२,५

मनहरी

३,६

मनहरी

४,९

मनहरी

७,८

१०.          नामः रक्सिराङ्ग गाउँपालिका

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको २५९९६ (राष्ट्रिय जनगणना, २०७८), ३०८३० (घरधुरी सर्वेक्षण २०७५, राक्सिराङ्ग गा.पा.) कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

केन्द्रः चैनपुर

जनसङ्ख्याः २५९९६

क्षेत्रफलः २२६.७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सरिखेत

८-९

सरिखेत

६-७

सरिखेत

१-५

रक्सिराङ्ग

१-७

रक्सिराङ्ग

८-९

काँकडा

१,५

काँकडा

६-९

काँकडा

२-४

खैराङ

१-९

Photo of Makwanpur

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला समन्वय समिति मकवानपुर। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । मकवानपुर जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *