भाषा परिवार

भाषा परिवारलाइ भाराेपेली परिवार, द्रविड परिवार, भोट बर्मेली परिवार र आग्रेय परिवार  गरी ४ भागमा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार व्याख्या गरिएको छ ।

१) भारोपेली परिवार

भारापेली सम्पूर्ण भाषा परिवारहरूमध्येको सर्वाधिक समृद्ध भाषा परिवार हो । भारतीय उपमहाद्वीप र युरोप मुख्य क्षेत्र रहेकाले यसको नाम भारोपेली रहन गएको देखिन्छ । सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने तथा युरोप र एसिया महादेशका विभिन्न भूभागहरू मुख्य क्षेत्र रहे पनि संसारका सबैजसो क्षेत्रमा फैलिएको यस भाषा परिवारले साहित्य, सभ्यता, संस्कृति, ज्ञान, विज्ञान, राजनीति, आदि हरेक क्षेत्रको नेतृत्व लिएको छ ।

भाषा वैज्ञानिक दृष्टिले पनि यसको अध्ययनमा सर्वाधिक कार्य भएको छ । संस्कृत, अवेस्ता, ग्रिक, ल्याटिन, रूसी, जर्मन आदि विश्वका प्राचीन एवम् संवृद्ध भाषाहरू यसै परिवारका मानिन्छन् । भारोपेली भाषा परिवारको नामकरणका सम्बन्धमा विद्वानहरूबीच मतभेद पाइन्छ । यसलाई विद्वानहरूले इन्डो–जर्मनिक, इन्डो–युरोपियन, इन्डो–हिट्टेली, आर्य परिवार आदि भिन्न–भिन्न नाम दिएको देखिन्छ । जसले जे–जस्तो नामाकरणको प्रस्ताव गरेपनि भारोपेली (इन्डो–युरोपियन) नामले नै लोकप्रियता हासिल गरेको छ ।

भारोपेली भाषा परिवारको मूल थलो र मूल प्रयोक्ताका बारेमा कुनै ठोस निर्णय हुन सकेको देखिदैन । यद्यपि ई.पू. ४५०० वर्षअघि भारोपेली समुदायका मानिसहरू एकै ठाउँमा बस्थे र एउटै भाषा बोल्थे भन्ने अनुमान गरिएको छ । मूल थलो अज्ञात रहेपनि भाषा वैज्ञानिकहरूले तुलनात्मक अध्ययनका माध्यमबाट भारोपेलीको काल्पनिक मूल भाषाको निर्माण गरी तिनका प्रयोक्तालाई ‘विरोस’ नाम दिएको देखिन्छ । जसबाट भारोपेली भाषा परिवारका मूल प्रयोक्ताहरू ‘विरोस’ जाति थिए भन्ने निष्कर्ष निकालिएको पाइन्छ ।

२)द्रविड परिवार

द्रविड जातिद्वारा बोलिने भाषालाई द्रविड भाषा परिवारअन्तर्गत राखिन्छ । मुख्यतः भारतको तमिलनाडु राज्य तथा मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बर्मालगायत पूर्वी र दक्षिण अफ्रिका आदि क्षेत्रमा यस परिवारका भाषाहरू बोल्ने गरिन्छ । ई.पू. १५०० भन्दा पहिलेदेखि नै बोलीचालीमा आएको यस परिवारको मुख्य भाषा तमिल हो ।

साहित्य, सभ्यता र संस्कृतिका दृष्टिले तमिल भाषा अत्यन्त संवृद्ध देखिन्छ । तमिलबाहेक यस परिवारअन्तर्गत सेन्तमिल, मलयालम, कन्नाडा, तेलुगा, कोलामी आदि भाषा पर्दछन् । द्रविड भाषा परिवारको मुख्य विशेषता अन्तः योगात्मक हो । दुई वचन र तीन लिङ्गको व्यवस्था पाइने यस परिवारका भाषामा कर्मवाच्यको व्यवस्था पाँइदैन । मूद्र्धन्य ध्वनीको प्राधान्य पाइने यस परिवारका भाषामा स्वरान्त शब्दको प्रयोग अधिक रहेको पाइन्छ ।

विभक्तिको काम प्रत्ययबाट चलाइनु यस परिवारका भाषाहरूको विशेषता हो । त्यसबाहेक पर्याप्त आगन्तुक शब्दको प्रयोग हुनु, लिङ्ग निर्धारणका निम्ति आवश्यकताअनुसार नामिक शब्दसँग ‘पुरूष’ र ‘स्त्री’ वाचक शब्दहरू जोडिनुजस्ता विशेषताहरू पनि द्रविड भाषा परिवारका विशेषताका रूपमा देखिन्छन् । नेपालमा यस परिवारको झाँगड (धाँगड) भाषा बोल्ने गरिन्छ ।

३) भोट बर्मेली (चिनियाँ तिब्बती) परिवार

भाषिक वक्ताका दृष्टिले भारोपेली परिवारपछिको दोश्रो ठूलो भाषा परिवार हो । चिनियाँ तिब्बती । मुख्यतः चीन, तिब्बत र बर्मामा बोलिने यस परिवारका भाषाहरू बङ्गलादेश, थाइल्याण्ड, नेपाल, भुटान, भियतनाम आदि देशहरूमा पनि बोलिन्छन्।

यस परिवारलाई विद्वानहरूले भोट–बर्मेली र थाइ–चिनिया गरी दुई  र्गमा विभाजन गरेको पाइन्छ । नेपालमा यस  रिवारका तामाङ (मुर्मी , नेवारी, मगर, राई, किराँती, गुरूङ, लिम्बू, शेर्पा, चेपाङ, सुनुवार, थामी, धिमाल, तिब्बती, जिरेल आदि थुप्रै भाषाहरू बोलिन्छन् । यस परिवारका प्रमुख भाषिक विशेषताहरू निम्नानुसार छन ।

१) अयोगात्मक भाषा
२) एकाक्षरी भाषा
३) स्थानबाट शब्दको अर्थ निर्धारण हुने भाषा
४) तानका माध्यमबाट अर्थभेद हुने भाषा
५) अनुनासिक ध्वनिको बाहुल्य भएको भाषा
६) अलग–अलग शब्दका लागि अलग–अलग चिन्ह हुने (वर्णमा अक्षर नहुने भाषा

४) आग्नेय परिवार

आग्नेली भाषा परिवारलाई आग्नेसियाली÷आग्नेय वा अस्ट्रिक भाषा परिवार पनि भन्ने गरिन्छ । दक्षिण–पूर्व एसिया मुख्य थलो रहेको यस परिवारका भाषाहरू अन्नाम, कम्बोडिया, बर्मा, थाइल्यान्ड, भारत हुँदै निकोबार द्वीपसम्म फैलिएको देखिन्छ । नेपालमा पनि यस परिवारको सतार÷सन्थाल भााषाको प्रयोग हुने गर्दछ । यस भाषा परिवारका मुख्य तीन शाखा देखिन्छन्– मुन्डा या कोल, मोन– ख्येर र अन्नाम मुआङ । मोन–ख्मेर भाषा समूह यस परिवारको अपेक्षाकृत सशक्त देखिन्छ । यस भाषामा साहित्यको लेखन पनि भएको देखिन्छ । माने–ख्मेरबाहेक अन्य भाषाहरूमा साहित्य–सिर्जना भएको पाइँदैन ।
यस परिवारका प्रमुख भाषिक विशेषताहरू निम्नानुसार छन ।

१) मुख्यतः अश्लिष्ट योगात्मकता
२) विभक्तिको काम उपसर्गबाट लिइने भाषा
३) लिङ्ग निर्धारणका निम्ति मूल लिङ्ग निर्धारक शब्दको प्रयोग गरिने भाषा (जस्तै आँडिया कूलः बाघ, एङ्गा कूलःबघिनी)
४) तीनवटा वचन भएको भाषा
५) पुरूषअनुसार क्रियामा रूपभेद नपाइने भाषा आदि ।

नेपालमा बोलिने विभिन्न भाषापरिवारअन्तर्गतका भाषाहरू
क्र.सं   भाषा परिवार भाषाहरू
भारोपेली नेपाली, मैथिली, भोजपुरी, अवधि, थारू, राजवंशी, दनुवारी माझी, बोटे, दरै, कुमाल, चुरेटी, माडवारी, उर्दू ।
 

 

चिनियाँ तिब्वती

नेवारी, गुरूङ, तामाङ, लिम्बू, तिब्बती, शेर्पा, जिरेल, कागते,ल्होमे, ङोल्पा, छितुरीङ, ल्होके, लेप्चा, घले, थकाली, मनाङ, पूर्वी केके, छन्तेल, व्याँसी, मगर, राजी, राउटे, पश्चिमी तामाङ, बुजा, दुरा, खाम, चेपाङ, थामी, भ्रँमु, वायु (हायु , पहरी, धिमाल, मेचे, कुसुण्डा, राई, किराँती, सुनुवारी, पहारी ।
आग्ननेय सतार वा सन्थाली, अडिया ।
द्रविड झाँगड वा घाँगड ।
अन्य खालिङ, डोटेली , खस वा खस कुरा, उराउ ।

श्रोतः नेपाल सरकार सुचना विभाग

Leave a Comment

Your email address will not be published. Required fields are marked *