Photo of Bhaktapur

भक्तपुर जिल्ला Bhaktapur District

परिचय

बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यकाको तीन जिल्ला मध्ये एक प्राचिन सहर  भक्तपुर (भादगाउँ वा ख्वःप) हो जुन काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ। भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो ।  भक्तपुर दरवार क्षेत्र र चाँगुनारायण जस्ता विश्वसम्पदा सूचीमा सूचिकृत सम्पदास्थलका साथै मल्लकालीन कला सँस्कृति अनि नेवारी जीवनशैलीले भक्तपुर सजिव संग्रहालयको रुपमा स्थापित छ । यो जिल्ला नेपाल अधिराज्यको सबभन्दा सानो जिल्ला पनि हो।  भक्तपुर जिल्ला भादगाँउले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ।

भत्तपुर जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा “खोपाङ्ग” ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा “खृपाङ्ग” ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ। भक्तपुरमा मनाइने गाईजात्रालाई देशकै विशिष्ट साँस्कृतिक पर्वको रुपमा लिइन्छ । वर्षदन भित्र मरेका आत्माले मोक्ष प्राप्त गरुन भन्ने उद्देश्यले मृतकका परिवारले यो जात्रा मनाउँछन् । घिंताघीसी नाच भक्तपुरमा मनाइने गाईजात्राको मुख्य आकर्षक मानिन्छ ।

Bisket Jatra
विस्केट जात्रा तस्विरः सामाजिक सञ्जाल
भाैगोलिक अवस्थिती

जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग कि. मि. छ(केतवि, २०५८)। जिल्लाको क्षेत्रफल जिविसको अभिलेख अनुसार १३८.४८वर्ग कि. मि. र LRMP को अभिलेख अनुसार १२७.३८ वर्ग कि. मि. रहेको छ। भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव कोखरी डाँडाको श्रृङखला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड, पश्चिममा मनोहरा नदी र दुर्गेखोला रहेको छ। यस जिल्लाको पूर्व र पूर्व-दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ भने उत्तर र पश्चिममा काठमाडौँ र पश्चिम दक्षिणमा ललितपुर जिल्ला रहेको छ।

Siddha Pokhari
सिध्द पोखरी भत्तपुर तस्विरः सामाजिक सञ्जाल
भत्तपुर जिल्लामा रहेका प्रमुख धार्मिक, पर्यटकिय तथा एतिहासिक स्थलहरू

भक्तपुर दरवार स्क्वायर क्षेत्र जिल्लाको मात्रै नभई राष्ट्रकै शानको रुपमा उभिएको छ । मल्ल्कालीन अदभुत कलाले सिंगिरिएको  ५५ झ्याले दरवार, स्वर्णद्वार लगायत शहरका भित्री भागमा रहेका टौमढी, दत्रात्रय यहाँका अन्य आकर्षाहरु हुन । त्यस्तै इशाको प्रारम्भीक सताब्दी देखिको अनेकौ कलाकृतिहरु संरक्षीत रहेको चाँगुनारायण भक्तपुरको अर्को पहिचान बनेको छ । सूर्यविनायक, गणेश मन्दीर, डोलेश्वर महादेव भक्तपुरका अन्य महत्वपूर्ण सम्पदास्थलहरु आदी रहेका छन।

जुजु धाै
जुजु धाै तस्विरः Almost Human सामाजिक सञ्जाल
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार भत्तपुर जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ वटा नगरपालीका विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.      नामः चाँगुनारायण गरपालिका

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित भक्तपुर जिल्ला भित्रका ४ वटा नगरपालिका मध्ये चाँगुनारायण नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गतेको स्थानिय तह घोषणाबाट साविक चाँगुनारायण नगरपालिका र नगरकोट नगरपालिकालाई समेटेर गठन भएको हो । मिति २०७१।८।१६ को मन्त्रीपरिषदको निर्णय अनुसार साविक चाँगुनारायण, झौखेल, छालिड, दुवाकोट गा.वि.स समेटेर चाँगुनारायण नगरपालिका तथा साविक नगरकोट बागेश्वरी, सुडाल र ताथली गा.वि.स समेटेर महामन्जुश्री नगरकोट नगरपालिका घोषणा भएको थियो । पछि महामन्जुश्री नगरकोट नगरपालिका मिलाएर नाम संशोधन भै नगरकोट नगरपालिका कायम भयो । चाँगुनारायण नगरपालिका र  नगरकोट नगरपालिका मिलाएर चाँगुनारायण नगरपालिका भए पछि ९ वटा वडा कायम भई नगरपालिकाको केन्द्र खरिपाटी, भक्तपुरमा रहेको छ ।

समुन्द्री सतहबाट १,३७२ देखी २,१९१ मीटर उचाईमा रहेको नगरपालिकाको पूर्वमा मण्डन देउपूर नगरपालिका, काभ्रे पश्चिममा कागेश्वरी मनोहरा नगरपालिका,काठमाण्डौँ र मध्यपुर ठिमि नगरपालिका,भक्तपूर,उत्तरमा शंखरापुर नगरपालिका,काठमाडौ र दक्षिणमा सुर्यबिनायक नगरपालिका र भक्तपुर नगरपालिका रहेको छ । जम्मा क्षेत्रफल ६२.९८ वर्ग कि मी रहेको यस नगरपालिका लिच्छवीकालीन धार्मिक, साँस्कृतिक ऐतिहासिक एवं पर्यटकिय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण र विश्व सम्पदा सुचीमा सुचीकृत श्री चाँगुनारायण मन्दिर रहेकोले सो मन्दिरको नामबाट नै नगरपालिका नामाकरण भएको हो ।

चाँगुनारायण मन्दिरको निर्माण इ.स ३२३ मा हरिदत्त वर्माले गरेको भन्ने भनाइ छ भने इ स ५२१ को अभिलेख अनुसार राजा मानदेवले गरुड ध्वज चढाएको र गुठीका लागि खेत दान गरेको भन्ने अभिलेख रहेको पाइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र विश्वभरका पर्यटक आर्कषित गर्ने मनोरम प्राकृतिक छटाले सुशजित पर्यटकीय दृष्टकोणले अत्यन्त महत्वपूर्ण नगरकोट यहाँको अकर्षणयुक्त प्रमुख क्षेत्रको रुपमा रहेको छ । उत्तर तर्फ रहेको सालीनदीवाट सुरु भै पश्शिम तर्फको सिमाना हुँदै वग्ने मनोहरा नदी छिमेकी जिल्ला र नगरपालिकाको सिमाना निर्धारण स्तम्भ मानिन्छ ।

नगरपालिका भित्र सामुदायिक रुपमा संचालनमा रहेको एक मात्र श्रीकृष्ण बहुमुखी क्याम्पस र संस्थागत रुपमा संचालनमा रहेको नेपाल इन्जिनियरीड  कलेज तथा काठमाडौ मेडिकल कलेज समेत गरी ३ वटा कलेजहरु रहेका छन् । नगरपालिका घोषणा भए पश्चात एकातिर गा.वि। स को सोचले नगरबासीको अस्तित्व वोध गर्न र नगरवासी भएको अनुभुती गर्न नपाई पर्याप्त सो्रत साधनको अभावमा समस्या झेलीरहेको अवस्थामा मिति २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प र तत्पश्रात वैशाख १३,वैशाख २९ गते लगाएतका विभिन्न पराकम्पनहरुबाट नगरबासीहरुले ठूलो धनजनको क्षति व्यहोर्नबाट समेत अछुतो रहन सकेनन् । त्यस अवस्थाको क्षति र पिडाको कारणले हालसम्म पनि व्यवस्थित बसोबासको समस्या समाधान उपलब्ध हुन सक्ने राहत रकम, सुविधाहरुको र्सवसुलभ प्राप्तीको लागि नगरपालिकाले समन्वयात्मक भुमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।

केन्द्रः साविक नगरकोट नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ८८०८३

क्षेत्रफलः ६२.९८ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चाँगुनारायण

१४-१६

चाँगुनारायण

१२,१३,१७

चाँगुनारायण

५-७

चाँगुनारायण

८-११

चाँगुनारायण

१-४

नगरकोट

११-१३

नगरकोट

८-१०

नगरकोट

४-७

नगरकोट

१-३

 २.      नामः भक्तपुर  गरपालिका

साँस्कृतिक नगर भक्तपुरको परिचयः

स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाण्डौ उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे जिल्ला उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मीटर माथि अवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मी. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, मुस्लिम र अन्यजातिहरु बसोबास गर्दछन् । वि.सं. २०७८ सालको जनगणना अनुसार ऐतिहासिकनगरी भक्तपुरमा ७९१३६ जनसंख्याबसोबास गर्दछन् । यहाँका सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ माविश्व सम्पदा सूचीमा सूचीकृत गरियो । नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायण बाट शुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदीले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउँछ ।

नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौ शताब्दीको लिच्छबीकालिन शिलालेखबाट प्रारम्भ भएको हो ।भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजाआनन्द देवले स्थापना गरेको थियो । यहाँको सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजायक्षमल्लको पालामा बनेको थियो । यो नगर बाह्रौं शताब्दी देखि पन्ध्रौं शताब्दीसम्म नेपालको राजधानीनगरको रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दी सम्म एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो । भक्तपुर नगर राजनैतिक रुपमा १० वडा र २४ वटा टोलहरुमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी.  लम्बाई र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगरभरी पोखरीहरु छरिएका छन् ।

भक्तपुर नगर काठमाण्डौ उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाण्डौ उपत्यकाको हावापानी संग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउँदमा न्युनतम –३ डिग्री सेल्सियस सम्म पुग्दछ । यहाँको औसत वर्षा १३६२.२ मिलीमीटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेष्ठ महिना देखि भदौ सम्म) हुन्छ ।

केन्द्रः साविक भक्तपुर  नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः ७९१३६

क्षेत्रफलः ६.८९ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भक्तपुर

१७

भक्तपुर

१०,१५

भक्तपुर

१३,१६

भक्तपुर

१२,१४

भक्तपुर

८,११

भक्तपुर

५,९

भक्तपुर

६,७

भक्तपुर

भक्तपुर

१,३

१०

भक्तपुर

 ३.      नामः मध्यपुर थिमी  गरपालिका

भक्तपुर जिल्ला, बागमती प्रदेश अन्तर्गत पर्ने मध्यपुर थिमि नगरपालिकाको गठन वि.स. २०५३ साल चैत्र १४ गते तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमाारी र दिव्यश्वरी गाउँ विकास समितिहरुलाई एक आपसमा गाभी बनाइएको हो । तत्कालीन अवस्थामा स्थानीय निकायको रुपमा रहेको यस मध्यपुर थिमि नगरपालिकामा १७ वटा वडा भएकोमा नयाँ संविधानको प्रावधान बमोजिम स्थानीय तहको रुपमा गठन हुँदा ९ वटा वडा कायम भएको छ । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौ महानगरपालिकाको सिनामंगल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सुर्यबिनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् ।

विश्व मान चित्रमा यो नगरपालिका २७०४०’ देखि २७०४२’ उत्तरी अक्षांशसम्म र ८१०२२’३०” पूर्व देखि ८५०२५’०” देशान्तरसम्म फैलिएर रहेको छ । ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुन्द्री सतहवाट १३२६ मिटरको उचाईमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग कि.मि.) ९.६ प्रतिशत भूभाग ओगटेको छ । यो शहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयससम्म पुग्ने गर्दछ । नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ  ।

केन्द्रः साविक मध्यपुर थिमी नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः ११९७५६

क्षेत्रफलः ११.४७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मध्यपुर थिमी

१६

मध्यपुर थिमी

१७

मध्यपुर थिमी

१५

मध्यपुर थिमी

१२-१४

मध्यपुर थिमी

९-११

मध्यपुर थिमी

७,८

मध्यपुर थिमी

४-६

मध्यपुर थिमी

१,२

मध्यपुर थिमी

 ४.      नामः सूर्यविनायक  गरपालिका

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण साविक सिपाडोल गा.वि.स मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपुर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छिवि कालमा शिखर शैलीमा निर्माण भएको पाईन्छ । काठमाँडौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा घुइचोका साथ यस गणेश मन्दिरको दर्शनार्थ आउने गरेको पाईन्छ । सूर्यविनायकको पुजाबाट भाग्य निर्माण हुने र सद्वुद्धि आउने आम धारणा रहेको छ । हरीयाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं पिकनीक स्थलको रुपमा प्रख्यात छ । सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चराचुरुङ्गी आबलोकन (Bird Watching) को लागी पनी क्रमशः प्रसिद्ध पाउदै आएको छ ।

यो नगरपालिका बागमती प्रदेश अन्तर्गत भक्तपुर जिल्लामा पर्दछ । भौगोलिक दृष्टिबाट यो नगरपालिका पुर्व देशान्तर ८५० २३’ देखि ८५० २९’ को विचमा र उत्तर आक्षांश २७० ३७’ देखि २७० ४०’ को विचमा पर्दछ । नगरपालिकाको क्षेत्रफल : ४२.४५ वर्ग कि.मी. उत्तरी आक्षांश : २७० ३७’ देखि २७० ४०’ पूर्वी देशान्तर : ८५० २३’ देखि ८५० २९’ उचाई : समुद्र सतह देखि १३७२ देखि २०२५ मी. सम्म ।

सिपाडोल पहाडी खण्डको पश्चिम कालीटारको पूर्व र चून देवीको दक्षिणी भेगलाई दक्षिणी पहाडी खण्डमा विभाजित गरिएको छ । यो पहाडी इलाकाको उचाइ चूनदेवीबाट बढ्दै गई गुण्डुको दक्षिणी भेगमा २०२५ मिटर सम्मको उचाईमा पुगेको छ । यस पहाडको लम्बाई करिब ४.८ कि.मि. छ । यसबाट उत्पत्ती हुने खोलामा पूर्वतिर सिपाडोल खोला र कल्का खोला दक्षिणबाट बगेर उत्तर तिर हनुमन्ते खोलामा मिल्न जान्छ । काठमाण्डौं उपत्यकाको दक्षिण पूर्वमा अवस्थित यो क्षेत्रको दक्षिण पश्चिममा गोदावरी र चारखण्डे खोलाको जलाधार रेखा तथा पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पश्चिमी सिमाना रहेको छ । यस क्षेत्रको जग्गाको भिरालो पन दक्षिण र पूर्वबाट क्रमशः पश्चिम तिर १–५ डिग्री सम्मको छ । त्यसैले यस क्षेत्रका सम्पूर्ण खोलाहरु पूर्व उत्तर र दक्षिणबाट पश्चिमतर्फ बग्ने गरेका छन् ।

केन्द्रः साविक सूर्यविनायक नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः १४००८५

क्षेत्रफलः ४२.४५ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

अनन्तलिङ्गेश्वर

६-९

अनन्तलिङ्गेश्वर

१-३

अनन्तलिङ्गेश्वर

४५

अनन्तलिङ्गेश्वर

१०-१२

सूर्यविनायक

१-४

सूर्यविनायक

अनन्तलिङ्गेश्वर

१३-१५

सूर्यविनायक

६-८

सूर्यविनायक

९-११

१०

सूर्यविनायक

१२-१४

Photo of Bhaktapurश्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भत्तपुर र जिल्ला समन्वय समिति भत्तपुर । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । भत्तपुर जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *