परिचय
गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको बागलुङ जिल्ला एक पहाडी जिल्ला हो । । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाँजा दह, घुम्टेको लेक जस्ता महत्वपूर्ण सम्पदाले यसको पहिचानलाई अझ शिखरमा पुर्याएका छन् ।

बाग्लुङ जिल्लाको नामाकरणको सम्वन्धमा एक कहावत कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिड्दा पनि ताँती लागेर हिड्ने भएकाले जनजीवन भयभित भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानिय मगराती जातीमा ब्याक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काटने वा मास्ने काम गरेकाले यसै प्रसंगमा ठाउँको नाम ‘बाघलुञ’ वा ‘ब्याघलु’ हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । यसै प्रसंगमा ठाउँको नाम ‘बाघलुञ’ वा ‘ब्याघलु’ हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको जनविश्वास रहि आएको पाइन्छ ।

बाग्लुङ जिल्लामा चैते दशै मेला, हनुमान नाच, लाखे नाच जस्ता सांस्कृतिक पर्वहरु, रुद्र ताल, गाँजाको दह, नील दह जस्ता प्रमुख ताल एवं कुण्डहरु, यानीमाया, सालैजो, सोरठी नृत्य, घाँटु नाँच लगायतका लोकसंस्कृतिको धनी यस जिल्लाका प्रमुख व्यापारिक महत्वका ठाउँहरुमा बागलुङ बजार, बुर्तिबाङ बजार, हटिया बजार, शेरा बजार, खार बजार, हरिचौर बजार आदि हुन् । यस जिल्लामा मुख्य रुपमा ब्राह्मण, क्षेत्री तथा जनजातिहरुको बसोबास रहेको छ । मुख्य पेशा कृषि रहेको र यस जिल्लामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको हुँदा विप्रेषण भित्र्याउने प्रमुख जिल्लाहरुमध्ये मा पनि चिनिन्छ ।

भाैगोलिक अवस्थिती
बाग्लुङ जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रोल्पा, रुकुम, उत्तरमा म्याग्दी तथा दक्षिणमा प्यूठान र गुल्मी जिल्ला रहेका छन् । प्रतिनिधी सभा २ निर्वाचन क्षेत्र, प्रदेश सभा ४ निर्वाचन क्षेत्र, ४ नगरपालिका, ६ गाउँपालिका गरी १० वटा स्थानिय तह यस जिल्लामा छन् । यो अक्षांशीय हिसाबले २८ डिग्री १५ मिनेट उत्तरी अक्षांश देखि २८ डिग्री ३७ मिनेट उत्तरी अक्षांशसम्म र देशान्तरीय हिसाबले ८३ डिग्री पूर्वी देशान्तर देखि ८३ डिग्री ३६ मिनेट पूर्वी देशान्तरसम्म १७८४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ ।

वि.सं. २०७८ सालको जनगणना अनुसार बाग्लुङ जिल्लाको जनसंख्या पुरुष १,१६,१९४ र महिला १,३३,०१७ गरी कुल २,४९,२११ रहेको छ । त्यस्तै यस जिल्लामा उपोष्ण, समशितोष्ण, ठण्डा शितोष्ण, लेकाली र हिमाली प्रकारको हावापानि पाइन्छ भने वाषिर्क सरदर वर्षाः २२०० मि.लि., न्यूनतम वर्षाः १०.९ मि.लि., अधिकतम तापक्रमः ३७.५ डिग्री सेल्सियस, न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।
बाग्लुङ जिल्लामा रहेका प्रमुख धार्मिक स्थलहरू
धार्मिक स्थलकाे नाम | स्थान |
प्रसिद्ध कालीका भगवति मन्दिर | बागलुङ बजार |
भैरवस्थान मन्दिर | अमलाचौर |
जैमिनेश्वर मन्दिर | कुश्मीशेरा |
ढोरपाटनताल बराह मन्दिर | बोवाङ |
रामकोट मन्दिर | विहु |
थन्थापी माई भगवति मन्दिर | सर्कुवा र जैदी गा.वि.स.को माथिल्लो टापु |
देविस्थान मन्दिर | देविस्थान |
शिवालय मन्दिर | तित्याङ |
सत्यवति मन्दिर | बाटाकाचौर |
ज्ञानोदय वुद्ध विहार | वागलुङ नगरपालिका |
नृसिंह भगवती मन्दिर | राजकुत |
जङ्गेस्वर महादेव, निरहेघाट | वागलुङ नगरपालिका |
गणेश मन्दिर | वागलुङ नगरपालिका |
सिद्धेश्वर मन्दिर | घुम्टेको धुरी |

बाग्लुङ जिल्लाका प्रमुख पर्यटकीय स्थलहरु
कालीका भगवति मन्दिर, ढोरपाटन, गाजा दह, संसारकोट,भकुण्डे धुरी, हाडिकोट धुरी, पाञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक, लोङाको धुरी, भैरवस्थान, घोडा बाधे, फागुनेको धुरी, थाप्लेको धुरी र जैमिनेश्वर क्षेत्र आदि बाग्लुङ जिल्लाका प्रमुख पर्यटकिय गन्तब्य रहेका छन ।
बाग्लुङ जिल्लामा पाईने प्रमुख जडिबुटी र खनिज पदार्थहरू
आकासवेली, चिराइतो,जटामसी, यार्चागुम्बा, तालिसपत्र, सतुवा, अमला, विषम, पदमचाल, चुल्ठे, गोकुलधुप, काकुली जरा, मजिठो, झ्याऊ लगायत वहत्तर प्रजाती पहिचान भएका जडिबुटिहरू पाइन्छन। त्यसैगरी तामा, फलाम, सिसा, सुन र अभ्रक सम्भावित मुख्य खनिज पदार्थहरू हुन ।

बाग्लुङ जिल्लामा उत्पादन हुने खाद्यान्न, फलफूल र तरकारीजन्य उत्पादनहरू
खाद्यान्न तर्फः धान, गहु, कोदा, फापर, जौ, मकै र आलु ।
फलफूल तर्फः सुन्तला, केरा, अम्वा, स्याउ आदी ।
तरकारी तर्फः रायो, वन्दा, गोपी, सिमी, भटमास, केराऊ, वोडी आदी ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार बाग्लुङ जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः बागलुङ नगरपालिका
बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो । स्थापना कालमा १९०२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३/११/२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं. ६, ७, ८ र ९ समावेश गरी १४ वटा वडा सहितको हालको नगरपालिका घोषणा गरिएको हो ।
यस नगरपालिकाका वडा नं. १, २, ३ र ४ मुख्य बजार क्षेत्रमा रहेका छन् भने धौलागिरीको एकमात्र वलेवा हवाई मैदानसंगसंगै रहेको वडा नं. १४ (साविकको नारायणस्थान गाविस) शहरी विकासका लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र हो । बागलुङ नगर गण्डकी प्रदेशको दोस्रो ठूलो शहरी क्षेत्रको रुपमा रहेको छ । यो नगर भौगोलिक दृष्टिकोणले झण्डै झण्डै मध्य नेपालमा पर्ने पहाडी जिल्ला बागलुङको पूर्वी इलाकामा अवस्थित छ । कालीगण्डकीको तटवर्ती इलाकामा धौलागिरी हिमालको छविछाँयामा २८ डिग्री १६ मिनेट देखि २८ डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ३५ मिनेट देखि ८३ डिग्री ५८ मिनेट पूर्वी देशान्तरमा ९८ दशमलव ०१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित यस नगरको वडा नं. १ मा अवस्थित प्रसिद्ध कालिका भगवती मन्दीर वडा नं. ६ मा अवस्थित पञ्चकोट, वडा नं. ४ मा रहेको सालिकग्राम संग्रालय, वडा नं. १२ मा रहेको भैरवस्थान लगाएतका मठ मन्दीर लाखौ श्रद्धाजु भक्तजनहरुको आस्थाको केन्द्र रहदै आएका छन । यसैगरी बागलुङ नगरपालिका वडा नं. १ र कुश्मा नगरपालिका वडा नं. १ जोडने एसियाको सवैभन्दा लामो झोलुङ्गे पुल (लम्वाई ५६७ मि.), बागलुङ नगरपालिका वडा नं. १४ र कुश्मा नगरपालिका जोडने पन्जी पुल, वन्जी जम्प, स्काई साईक्लिनिङ, वराह ताल, कोटघरहरु यस क्षेत्रका मुख्य पर्यटकीय गन्तव्य रहेका छन ।
केन्द्रः साविक बागलुङ नगरपालि
क्षेत्रफलः ९८.०१ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बागलुङ |
१ |
|
|
२ |
बागलुङ |
२ |
|
|
३ |
बागलुङ |
३-५ |
|
|
४ |
बागलुङ |
१०,११ |
|
|
५ |
मालिका |
१-९ |
|
|
६ |
बागलुङ |
८,९ |
|
|
७ |
बागलुङ |
६,७ |
|
|
पाला |
६-९ |
|
|
|
८ |
सिगाना |
१-५,७-९ |
|
|
९ |
तित्याङ |
१-९ |
|
|
१० |
भकुण्डे |
१-९ |
|
|
११ |
रायडाँडा |
१-९ |
|
|
१२ |
अमलाचौर |
१-९ |
|
|
१३ |
पैंयुपाटा |
१-९ |
|
|
१४ |
नारायणस्थान |
१-९ |
|
|
२. नामः गल्कोट नगरपालिका
नेपालमा पहिलोचोटी संविधानसभाद्वारा संविधानको निर्माण भई जारी भएको छ । यसले देशलाई एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुककारूपमा रूपान्तरित गरेको छ । नेपालमा व्यवस्था गरिएको ७५३ स्थानीय तह मध्ये बागलुङ जिल्लामा ६ गाँउपालिका र ४ नगरपालिकाको व्यवस्था भएको छ । जसमध्ये एउटा नगरपालिका गल्कोट नगरपालिका पनि हो ।
यी दश स्थानीय तहहरू मध्ये गल्कोट नगरी एक सुन्दर र प्राकृतिक छटाले भरिपूर्ण साथै दरमखोला र गौदी खोलाको किनारमा, घुम्टे पहाडको काखमा रहेको प्रचुर सम्भावनायुक्त नगरपालिका हो । कालिलेक, निलुवा, ऐतिहासिक गलकोट दरवार र गोलकोत, निउरेको धुरी जस्ता प्राकृतिक छटाहरुले यसलाई झनै आकर्षक र विविधतायुक्त बनाउनुका साथै थप सम्भावनाहरू प्रदान गरेको छ ।
साविकका दुदिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेवास, पाण्डवखानी र रिघा गरि ८ वटा गाँउ विकास समितिहरु मिलि ११ वडाहरू मिलेर गल्कोट नगरपालिका बनेको छ । यस नगरमा खस (ब्राह्मण, क्षेत्री, ठकुरी), जनजाती (मगर,नेवार) अल्पसंख्यकहरु, दलितहरु र मुस्लिम जस्ता विभिन्न जात, जाति एवम् भिन्दा भिन्दै भाषा, धर्म र संस्कृति भएका मानिसहरूको बसोबास रहदै आएको छ ।
केन्द्रः साविक हरिचौर गा.वि.स.
क्षेत्रफलः १९४.३९ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दुधिलाभाटी |
१-९ |
|
|
२ |
नरेठाँटी |
१-९ |
|
|
३ |
हटिया |
१-५ |
|
|
४ |
हटिया |
६-९ |
|
|
५ |
हरिचौर |
२,४-७ |
|
|
६ |
हरिचौर |
१,३,८,९ |
|
|
७ |
मल्म |
६-९ |
|
|
८ |
काँडेबास |
१-९ |
|
|
९ |
मल्म |
१-५ |
|
|
१० |
पाण्डवखानी |
१-९ |
|
|
११ |
रिघा |
१-९ |
|
३. नामः जैमिनी नगरपालिका
जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ ।
पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल ११८.७१ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ ।
जैमिनी नगरपालिकामा बसाेवास गर्ने जातजातीहरू :-वाह्मण, क्षेत्री, सार्की, दमाई, कामी, नेवार, मगर, ठकुरी, मुसलमान, गुरुङ,चेपाङ ,बोटे आदि जनजाती यस क्षेत्रमा वसोवास गर्दछन । वाह्मण, क्षेत्री, मगर आदि जातिको वाहुल्यता रहेको छ ।
जैमिनी नगरपालिकामा बाेलिने भाषा:-वोलचालीको भाषा नेपाली भाषा र आ आफ्नो जात अनुसार विभिन्न जातजातीहरुले मातृभाषा प्रयोग गर्दछन ।
जैमिनी नगरपालिकामा रहेका जल सम्पादा:-कालिगण्डकी, ठेउले खोला टिमुर खोला, काभ्रे खोला, जुम्लीखोला, चौरीखोला, कालुङ्ग खोला, पालुङ खोला, वहिली खोला आदी जल सम्पदाहरु यस नगरपालिका भित्र पर्दछन ।
जैमिनी नगरपालिकामा महत्वपुर्ण उत्पादनहरू:-कृषि – धान, मकै, गहु, तोरी, मास, भटमास, कोदो, फर्सी, मूला साग, घिरौला, वन्दा, आलु, प्याज, काउली, गोलभेडा, सिमि, वन्दा, सुन्तला, केरा, कागती, लप्सी, निवुवा, पलम, सुरपानी, अम्वा, नासपती ।
औद्योगिक:- हस्तकलाका सामान, दुध, दहि, पाउरोट उद्योग, दुङ्गाखानी, राङ तामा खानी आदी ।
धार्मिक तथा पर्यटकीय स्थल एवँ सम्पदाहरु:-गाजाको दह, माइस्थान, जैमिनी घाट, भैरवस्थान, जैमिनी ऋषि शिव मन्दिर, राधाकृष्ण मन्दिर, हाडिकोट आदि धार्मिक तथा पर्यटकीय स्थल रहेका छन । मूख्य शहरी एरिया कुश्मीशेरा, वलेवा, रुम्टा, गाइथुने घाट, ठेउले ,जाडी, व्याडथला, नेपाने, चिलाउने खर्क, सतिदुङ्गा नाम्दुक, डाँडाखानी, देउराली, पुरानो देविस्थान गाँउ आदि पर्यटकीय स्थल रहेको छ । यहाँको खोलानाला वनजं∙गल जडीवुटी खनिज मठमन्दिर तथा ऐंतिहासिक पुरातात्विक स्थलले यहाँको पहिचान दिएको छ ।
केन्द्रः साविक कुस्मीसेरा गा.वि.स.को को कार्यालय
क्षेत्रफलः ११८.७१ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
कुश्मीसेरा |
१-९ |
|
|
२ |
दमेक |
१-६ |
|
|
३ |
दमेक |
७-९ |
|
|
४ |
सर्कुवा |
१-९ |
|
|
५ |
बिनामारे |
१-९ |
|
|
६ |
अर्जेवा |
१-९ |
|
|
७ |
जैदी |
१-९ |
|
|
८ |
छिस्ती |
१-९ |
|
|
९ |
पैयुथन्थाप |
१-९ |
|
|
१० |
राङखानी |
१-९ |
|
४. नामः ढोरपाटन नगरपालिका
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु (वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ) मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ ।
केन्द्रः साविक वुर्तिवाङ गा.वि
क्षेत्रफलः २२२.८५ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
वुर्तिवाङ |
१ |
|
|
२ |
वुर्तिवाङ |
२-५ |
|
|
३ |
वुर्तिवाङ |
६-९ |
|
|
४ |
खुङ्गा |
१-९ |
|
|
५ |
अधिकारीचौर |
१-२,७-९ |
|
|
६ |
अधिकारीचौर |
३-६ |
|
|
७ |
बोबाङ |
१-३ |
|
|
८ |
बोबाङ |
४-६ |
|
|
९ |
बोबाङ |
७-९ |
|
५. नामः वरेङ गाउँपालिका
नेपाल सरकारले २०७३/११/२७ गते राजपत्रमा प्रकाशित गरे अनुसार साविकका धुल्लुबास्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरि ५ गाविसलाई समावेश गरि गठन गरिएको वरेङ गाउँपालिकामा हाल जम्मा ५ वडाहरु रहेको छन् | साविकका ५ गाविसलाई नै अलग अलग ५ वडा बनाइएको छ | साविकका वडा नम्बर १ र २ को सिमानामा रहेको वरेङ बजारको नाम बाट यो गाउँपालिकाको नामकरण गरिएको हो | यो गाउँपालिका ७५.२९ वर्ग किलोमिटर क्षेत्रफ़ल मा फैलिएको छ |
पूर्वमा बागलुङ जिल्लाकै जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका रहेको यस वरेङ गाउँपालिकाको केन्द्र यसका ४ वडाहरु हुदै गुल्मी तर्फ बग्ने हुग्दिखोलाको किनारमा साविकका हुग्दिशिर गाविसको कार्यालय रहेको सुदला फाँटमा रहेको छ | मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ब्राहमण, क्षेत्री, थकाली तथा दलित जातिको पनि बाक्लो उपस्थिति रहेको छ |
यस गाउँपालिकामा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ | देवि बहिरी भएकोले चर्को स्वरमा मागेमा मनोकामना पुरा हुने बिश्वास गरिने यस मन्दिरमा विभिन्न जिल्लाबाट पुजा गर्न आउने गर्दछन् । यस मन्दिरमा पूर्णिमामा मेला लाग्ने गर्दछ | त्यस्तै पालिका भित्र भैसेखोला झरना, भातेपोखरा, काैडेको लेक, सिग्दी होमस्टे, भुमेथान, कालिलेख, देउराली, फुटबल खेलमैदान, वनभोज स्थल जस्ता विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना बोकेको ठाउँ रहेको छ ।
सवै वडामा विद्दुतको पहुँच पुगेको, मुख्य तथा शाखा मोटरबाटो टोलटोलमा पुगेको, मुख्य बजार बरेङ र पालिका परिसारमा सिसिटिभि, साैर्य बत्ति जडान भएको, दैनिक वुटवल, पाल्पा, बागलुङ, पोखरा यातयातमा सहजता भएको, एक सामुदायिक रेडियो र ८ वटा माध्यमिक विद्यालय र एउटा सर्वोदय क्माम्पस रहेको, ३० मिनेटको दुरीमा स्वास्थ्य सेवा प्रवाह भैरहेको छ ।
केन्द्रः साविक हुग्दिशिर गा.वि
जनसङ्ख्याः १११५८
क्षेत्रफलः ७५.२८ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
धुल्लुबाँस्कोट |
१-९ |
|
|
२ |
हुग्दिशिर |
१-९ |
|
|
३ |
बाटाकाचौर |
१-९ |
|
|
४ |
सल्यान |
१-९ |
|
|
५ |
सुखौरा |
१-९ |
|
६. नामः काठेखोला गाउँपा
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक काठेखोला गाउँपालिका साविकका ८ गा.वि.स हरु ( पाला (१-५), सिगाना (६), भिमपोखरा, धम्जा, तंग्राम, बिहुँकोट, रेश र लेखानी) मिलेर ८ वटा वडाको एउटा गाउँपालिका बनेको छ। मध्यपहाडी लोकमार्ग यस गाउँपालिकाको मध्य भाग बाट गएको र बागलुङ जिल्लाको सदरमुकाम बाट पनि नजिक रहेको छ।
केन्द्रः साविक विहुँकोट गा.वि.
क्षेत्रफलः ८२.८८ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पाला |
१-५ |
|
|
सिगाना |
६ |
|
||
२ |
भीमपोखरा |
१-९ |
|
|
३ |
धाम्जा |
१-९ |
|
|
४ |
तंग्राम |
१-९ |
|
|
५ |
बिहुँकोट |
५-९ |
|
|
६ |
बिहुँकोट |
१-४ |
|
|
७ |
रेश |
१-९ |
|
|
८ |
लेखानी |
१-९ |
|
७. नामः तमानखोला गाउँपालि
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गा.वि.स हरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ।
केन्द्रः साविक बोङ्गादोभान गा.
क्षेत्रफलः १७८.०२ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बोङ्गादोभान |
१-५ |
|
|
२ |
बोङ्गादोभान |
६-९ |
|
|
३ |
तमान |
१-६ |
|
|
४ |
तमान |
७-९ |
|
|
५ |
खुङ्खानी |
१-६ |
|
|
६ |
खुङ्खानी |
७-९ |
|
८. नामः ताराखोला गाउँपालि
नेपाल सरकारको मिति २०७३।११।२७ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम ताराखोला गाँउपालिका स्थानीय तहको रुपमा कायम भएको हो । नेपाल भित्रको नेपाल भनेर चिनिने जिल्ला बागलुङ हो । यस जिल्लाको मध्य भागमा ताराखोला गाँउपालिका अवस्थित रहेको छ । यस गाँउपालिकाको पूर्वमा काठेखोला गा.पा. र पश्चिममा ढोरपाटन नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला र दक्षिणमा गलकोट नगरापालिका पर्दछन् ।
पाँच वटा वडा रहेको यस गाँउपालिका साविकका अर्गल, अमरभूमी, हिल र तारा गा.वि.स मिलि बनेको छ । यस गा.पा को सबैभन्दा होचो भाग समुन्द्री सतहबाट करिब १४ सय मिटर देखि सबैभन्दा अग्लो भाग डुँडेलेकको धुरी करिब ३५ सय मिटर उचाईमा रहेको छ ।यसको औसत लम्बई १९०९१ मिटर र चौडाई ८६५३ मिटर रहेको छ भने कुल क्षेत्रफल समग्रमा १२८।९२८८ वर्ग कि.मि रहेको छ। विभिन्न भौगोलिक तथा सास्कृतिक रुपमा विविधता युत्त यस गाँउपालिकामा जनजाति हरुको बसोबास को बहुल्यता रहेको छ ।
केन्द्रः साविक अर्गल गा.वि.स.को कार्यालय
क्षेत्रफलः १२९.५३ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
अमरभूमि |
१-९ |
|
|
२ |
अर्गल |
१-९ |
|
|
३ |
हिल |
१-९ |
|
|
४ |
तारा |
३-५,९ |
|
|
५ |
तारा |
१,२,६-८ |
|
९. नामः निसीखोला गाउँपालि
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक निसीखोला गाउँपालिका साविकका ४ गा.वि.स हरु ( देवीस्थान, बोहोरागाउँ, निसी र राजकुत) मिलेर ७ वटा वडाको एउटा गाउँपालिका बनेको छ। समुन्द्रि सतहबाट ८८९ देखी ४००० मिटर सम्मको उचाईमा फैलिएको यस गा.पा. को कुल क्षेत्रफल २४४.३७ वर्ग कि.मी. रहेको छ । पुर्वि देशान्तर ८२ डिग्री ५३ मी देखी ८२३ डिग्री १० मी र उत्तर अक्षाशं २८ डिग्री २८ मी देखी २८ डिग्री १७ मी मा फैलिएको छ ।
केन्द्रः साविक देविस्थान गा.वि
क्षेत्रफलः २४४.३७ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
देवीस्थान |
१-५ |
|
|
२ |
देवीस्थान |
६-९ |
|
|
३ |
बोहोरागाउँ |
१-५ |
|
|
४ |
बोहोरागाउँ |
६-९ |
|
|
५ |
निसी |
१-४ |
|
|
६ |
निसी |
५-९ |
|
|
७ |
राजकुत |
१-९ |
|
१०. नामः वडिगाड गाउँपालिका
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३०,९०६ रहेको छ । यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ ।
यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठान र गुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक वडिगाड गाउँपालिका साविकका ७ गा.वि.स हरु ( दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालिचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ) मिलेर १० वटा वडाको एउटा गाउँपालिका बनेको छ।
केन्द्रः साविक ग्वालीचौर गा.वि
क्षेत्रफलः १७८.६८ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दगातुन्डाँडा |
१-५ |
|
|
२ |
दगातुन्डाँडा |
६-९ |
|
|
३ |
सीसाखानी |
१-९ |
|
|
४ |
जलजला |
१-९ |
|
|
५ |
ग्वालिचौर |
१-९ |
|
|
६ |
भीमगिठे |
२,८,९ |
|
|
७ |
भीमगिठे |
१,३-७ |
|
|
८ |
रणसिहकिटेनी |
१-९ |
|
|
९ |
दर्लिङ |
१-४ |
|
|
१० |
दर्लिङ |
५-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बाग्लुङ र जिल्ला प्रशासन कार्यालय बाग्लुङ। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । बाग्लुङ जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।