बझाङ जिल्ला Bajhang District

बझाङ जिल्लाको परिचय

जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेश नं. ७ को उत्तरी भागमा यो हिमाली जिल्ला बझाङ्ग अवस्थित रहेको छ । नेपालकै शिक्षामा अग्रणी भुमिका निर्वाह गर्ने  बझाङ्ग जिल्ला जयपृथ्वी बहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षाप्रेमी तथा पत्रकारका कारणले पनि प्रख्यात छ ।यस जिल्लाको नाम कसरी बझाङ्ग रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ । बझाङ्गी राजाका पूर्वजले साविकको व्याँसी गा.वि.स.मा हाल छ वसपाथिभेरा गाउँपालिका पर्ने एउटा शिखरमा दरवार(कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला(ढुङ्गा)  फेला परेछ । उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरवको रुपमा स्थापित गरी पुजा गरे । अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा वज्र परेछ । तर कालभैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरवारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ ।

चौविसे राज्यमध्ये बझाङ्ग पनि एउटा राज्य थियो । जसका अन्तिम राजा ओमजङ्ग बहादुर सिंह थिए । बझाङ्ग मात्रै नभई सम्पुर्ण देशकै शैक्षिक इतिहासमा अग्रणी मानिएका सु-प्रख्यात मानवतावादी राजा श्री जयपृथ्वी बहादुर सिंहले नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षरांश लेखि नेपालकै शैक्षिक इतिहासमा ठुलो योगदान पुर्‍याएका थिए ।यस जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपुर्ण रहेको छ  यो जिल्ला विशेष गरी पहिरो, आगलागी, मौषमको विषमता, महामारीको प्रकोपबाट उच्च जोखिममा रहेको छ । यस प्रकारका विपदको समयमा प्रभावकारी रुपमा मानवीय सहायता परिचालन, प्रकोपबाट हुने क्षति न्यूनीकरणमा पूर्व तयारी गर्ने र सम्बन्धित निकायको जिम्मेवारीलाई प्रष्ट किटान गर्नका लागी विपद पूर्वतयारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

Photo of Bajhang
तस्विरमा बझाङ जिल्ला
बझाङ जिल्लाको भौगोलिक अवस्थिति 

पूर्व : बाजुरा र हुम्ला जिल्ला
पश्चिम : बैतडी र दाचुर्ला जिल्ला
उत्तर : हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत
दक्षिण : बैतडी र डोटी जिल्ला

अक्षांश : २९° २९’ उत्तर ३०° ९’ उत्तर
देशान्तर : ८०° ४६’ पूर्व ८१° ३४’ पूर्व
उचाई : ९०० मि. देउरा देखि ७,०७७ मि. साईपाल हिमालसम्म ।

बझाङ जिल्लाका प्रमुख हिमालहरुसाइपाल हिमाल, आर्या हिमाल, जेठी-बहुरानी हिमाल, नाम्पा हिमाल, योगा हिमाल, व्याँस हिमाल, उरइ-भञ्ज्याँग हिमाल, राक्से हिमाल, दुवै- भञ्ज्याँग हिमाल, राइढुंगी- भञ्ज्याँग हिमाल।

बझाङ जिल्लाका प्रमुख नदीनालाहरु
सेती, कालंगा, बाहुलीगाड, तारुगाड, सुनीगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुतेगाड, लिस्तीगाड, घाटगंगा, डिलगाड, विडीगाड, गनईगाड।

बझाङ जिल्लाका प्रमुख तालहरु
सूर्मा सरोवर, खप्तड ताल, तिमा दह, लोकुन्डा ताल, नीलसिरी कुन्ड, उराइ ताल, माझा ताल, खपर दह।

बझाङ जिल्लाका प्रमुख झरनाहरुः
दाँतोला, गोर्खाली, चनकेली ढुँगा, कोइरालाकोट-छडिगाड, सुनकुडा,पाल्तीछडा, वारिलछडो, चिडकाको झरना, धदिवन झरना, गुरायल झरना।

बझाङ जिल्लाका प्रमुख पर्यटकीय स्थलहरू
साइपाल हिमाल क्षेत्र, सुर्मासरोवर क्षेत्र, खप्तड क्षेत्र, बित्थड क्षेत्र, तपोवनज्वाला, तातोपानी, खापरदह, ऋषिकुण्ड, कैलाशगुफा।

बझाङ जिल्लाका प्रमुख धार्मिक क्षेत्र तथा मठमन्दिरहरू
सुर्मादेवी मन्दिर, माइकाथान, खप्तडबाबा कुटी, सहस्रलिंग, खापरमाणु, मष्टामाणु, नवादेवमाणु, कालिका, नाननदेव, वडीज्यावल बाह्रदेउ मन्दिर।

Photo of bajhang

बझाङ जिल्लाको  निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

बझाङ जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार बझाङ  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर   २ नगरपालिका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः जयपृथ्वी नगरपालिका

भुपरिवेष्टीत देश नेपालको सुदूरपश्‍चिम देशको उत्तरी भागमा अवस्थित रहेको बझाङ जिल्लाको दक्षिणी-पुर्व क्षेत्रको पहाडी भागमा यो जयपृथ्वी नगरपालिका अवस्थित रहेको छ । यो नगरपालिका २०७१ साल बैशाख २५ गते नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार साविकको ५ ओटा गा.वि.स.हरु चैनपूर,रिठापाटा,सुवेडा,हेमन्तवाडा र लुयाटा लाई मिलाएर गठन भएको हो । पहाडी जिल्ला बझाङको भुभागमा अवस्थित यस नगरपालिकालाई पुनः स्थानिय तह निर्धारण आयोगको प्रतिवेदन बमोजिम साविकको कैलाश गा.वि.स. र जयपृथ्वी नगरपालिका वडाहरु मिलायर हाल जयपृथ्वी नगरपालिका कायम रहेको छ ,जसको केन्द्र साविक जयपृथ्वी नगरपालिकको वडा नं ४ र हालको वडा नं १० चैनपूर रहेको छ । मिति २०७३/११/२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६,संख्या ५८,नेपाल राजपत्र भाग ४ को पृष्ट नं ३५८ प्रकाशित राज्य पुनसंरचनाको प्रतिवेदन अनुरुप यस नगरपालिकामा जम्मा ११ वटा वडा कायम गरएको छ । यस भुमिमा जन्मेका मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले पुर्याएको योगदानलाई सम्मान गर्देै उहाँको नाममा यस नगरपालिकाको नामाकरण गरिएको हो ।

केन्द्रः साविक जयपृथ्वी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः२१९३३  (२०७८ अनुसार)

क्षेत्रफलः १६६.७९ (वर्ग कि.मि.)

वडा संख्याः ११

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कैलाश

१-९

जयपृथ्वी

जयपृथ्वी

७,९

जयपृथ्वी

१०

जयपृथ्वी

११,१२

जयपृथ्वी

१३

जयपृथ्वी

१४,१५

जयपृथ्वी

१,२

जयपृथ्वी

१०

जयपृथ्वी

११

जयपृथ्वी

५,६

 २.    नामः बुंगल नगरपालिका

नेपालको सुदुपश्चिम प्रदेशको बझाङ्ग जिल्ला भित्र पर्ने  दुईवटा नगरपालिका मध्येकै २०७३ सालमा स्थापित एक हो हाम्रो बुङ्गल नगरपालिका जुन भौगोलिक हिसाबले अति बिकट पुर्वमा सुर्मा गाउँपालिका र केदारस्यु गाउँपालिका, पश्चिममा बैतडी जिल्लाको पुर्चौडी नगापालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउपालिका तथा दक्षिणमा बित्थडचिर गाउँपालिका पर्दछन् । भौगोलिक हिसाबले २९०.२९o देखि ३००.९o उत्तरी अक्षांस र ८००.४६o  देखि ८१०.३४o पूर्वि सेशान्तरका बिच अबस्थित बुङ्गल नगरपालिकाको कुल क्षेत्रफल ४४७.५९ बर्ग कि. मि. रहेको छ । यस हाम्रो नगरपालिका लाई ११ वटा वडाहरुमा बिभाजन गरी नगरपालिका कार्यपालिकाको कार्यालय वडा नं. ४ अन्तर्गत हाटकोटमा यसै आ. ब. देखि बन्ने तयारिमा रहेको छ ।

केन्द्रः साविक खिरातडी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३३८१२  (२०७८ अनुसार)

क्षेत्रफलः ४४७.५९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दहबगर

१,२,४,५,९

दहबगर

३,६,७,८

खिरातडी

४,६,७

खिरातडी

१,२,८

पीपलकोट

खिरातडी

३,५,९

पीपलकोट

१,३,४,५,६,७,८,९

कफलसेरी

१-४

कफलसेरी

५-९

 ९

देउरालीकोट

१-३

१०

देउरालीकोट

७,८

११

देउरालीकोट

४,५,६,९

 ३.    नामः तलकोट गाउँपालिका

बझाङ जिल्लाको पुर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविककामेलबिसौना, दाँतोला, धमेना र सुुनिकोट गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा प्रदेश नं ७ अन्तर्गत पर्दछ । यो गाउँपालिका ३३५.२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँकोभौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ।

समुन्द्री सतहको १२००. मिटर देखि ४००० मिटर सम्मको उचाईमा रहेको तलकोट गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ३२मिनेट ३८ सेकेन्ड उत्तरी अक्षांश देखि २९ डिग्री ४९ मिनेट ३१ सेकेन्ड उत्तरी अक्षांश सम्म र ८१ डिग्री७मिनेट ३३ सेकेन्ड देखि ८१ डिग्री २८ मिनेट ८ सेकेन्डसम्म पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका बझाङ जिल्लाको जिल्ला सदरमुकाम चैनपुरदेखि करीब ७किमीको दुरीमा दक्षिण पश्चिम भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला,पश्चिममा सुर्मा गाउँपालिका र बुंगल नगरपालिका, दक्षिणमा मष्टा गाउँपालिका, जय पृथ्वी नगरपालिका र बाजुरा जिल्ला र उत्तरमा काँडा गाउँपालिकासँग सिमाना जोडिएको छ ।  जिल्लाको कुल क्षेत्रफलको करीब १० प्रतिशत भुभाग ओगट्ने यस गाउँपालिकाको कुल क्षेत्रफल ३३५.२६ वर्ग किमी रहेको छ ।

तलकोट गाउँपालिकाऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो । नामाकरण सन्दर्भमा गाउँपालिकाको नामाकरण हालको वडा नं. ५ वा साविकको मेलबिसौना गाविसमा रहेको तलकोट भन्ने स्थानमा जहाँ बाइसे चौबिसे राज्यहरुमध्ये एक राज्य रहेको थियो । त्यो राज्यको दरबार रहेको ठाँउ तलकोटकेै नामबाट यस गाउँपालिकाको नामाकरण रहन गएको स्थानीय जानिफकारहरु बताउँछन् । तलकोटी दरबार हालसम्म पनि यथावत रहेको छ । यसका अतिरिक्त ऐतिहासिक महत्व बोकेका लाँगा देवताको मन्दिर, छडाखेत मन्दिर, लोकन्ड मालिका, मसानिमाडु, कैलाश तथा भैरव मन्दिर जस्ता स्थलहरु यस गाउँपालिकामा रहेका छन् ।

केन्द्रः साविक मेलविसौना गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ११७१९  (२०७८ अनुसार)

क्षेत्रफलः ३३५.२६ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सुनिकोट

१-९

धमेना

५-९

धमेना

१-४

मेलविसौना

१,२,३,५

मेलविसौना

४,६-९

दाँतोला

३-६,८,९

दाँतोला

१,२,७

 ४.    नामः मष्टा  गाउँपालिका

समुन्द्री सतहको १२०० मिटर देखि २५०० मिटर सम्मको उचाईमा बझाङ जिल्लाको पुर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो ।मष्टा गाउँपालिकाको नामाकरण हालको वडा नं ३ मा अवस्थित मष्टा मन्दिर बाट गरिएको हो र यस क्षेत्रमा मुख्य कुल देवताको रुपमा पुजिन्छ । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका कोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्दछ ।  यो गाउँपालिका १०९.२४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको  भने वि. सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १३२६५(महिला ७१५०र पुरुष ६११५) रहेको छ ।

केन्द्रः साविक भातेखोला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १३२६५  (२०७८ अनुसार)

क्षेत्रफलः १०९.२४  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कोटदेवल

१-९

मष्टा

१-९

भातेखोला

२,३,४,५,८

भातेखोला

१,६,७,९

रीलु

८,९

रीलु

५,६,७

रीलु

१,२,३,४

 ५.    नामः खप्तडछान्ना गाउँपालिका

खप्तडछान्ना गाउपालिका बझाग‌ं जिल्लाका १२ वटा  स्थानियतह मध्ये एक हाे । बझाग‌ंकाे तमैल बाट दक्षिण तिर सेति नदिकाे पुल तरेर याे गाउँपालिकामा पुग्न सकिन्छ । याे गाउँपालिकाकाे पूर्व तिर बाजुराकाे दाेगडि रहेकाे छ , पश्चिम तिर थलारा गाउँपालिका छ त्यसै गरी उत्तर तिर जयपूथ्वि नगरपालिका रहेकाे छ भने दक्षिण तिर खप्तडराष्टिय निकुञ्ज रहेकाे छ । जम्मा सात वटा वडा कार्यलय भएकाे याे गा‌उँपालिकाे काे केन्द्र विन्दु वडा नं ४ काे घाटखाेलामा रहेकाे छ ।

केन्द्रः साविक माझीगाउँ गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १३४१९ (२०७८ अनुसार)

क्षेत्रफलः ११३.५२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पौवागढी

१-९

लामातोला

१-९

माझीगाउँ

१-५

माझीगाउँ

६-९

कालुखेती

१-९

पटादेवल

१-९

गडराय

१-९

६.    नामः थलारा गाउँपालिका

केन्द्रः साविक कोटभैरब गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५९५८  (२०७८ अनुसार)

क्षेत्रफलः १०५.५१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दंगाजी

१,४,५,७

दंगाजी

१,३,६,८,९

पाराकाट्ने

१,६-९

पाराकाट्ने

२,३,४,५

कोटभैरव

१,३,७,८,९

कोटभैरव

२,४,५,६

कोइरालाकोट

१,२,३,६

कोइरालाकोट

४,५,७,८,९

मालुमेला

१-९

 ७.    नामः वित्थाडचिर गाउँपालिका

भूपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको बझाङ्ग जिल्लाको दक्षिणी क्षेत्रको पहाडी भागमा यो वित्थडचिर गाउँपालिका अवस्थित रहेको छ। साविकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर हाल वित्थडचिर गाउँपालिका बनेको छ। रहनसहन, लवाईखवाई देखि रितिरिवाज-परम्परा, भाषा सम्पूर्ण कुरा यी तीन गाविस बिच मिलने भएकाले, यी तीन गाविस समावेश गरी एक गाउँपालिकाको रुपमा सिफारिस गरिएको थियो।मिति २०७३।११।२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६, संख्या ५८, नेपाल राजपत्र भाग ४ को पृष्ठ नं. ३६० र ३६१ मा प्रकाशित रज्य पुनर्संरचनाको प्रतिवेदन अनुरुप यस वित्थडचिर गाउँपालिकाको जम्मा ९ वडा कायम गरी साविक देउलेख गाविस कार्यालयलाई केन्द्रका रुपमा प्रस्तावित गरिएको छ। (विस्तृत प्रतिवेदन अनुसूचि- मा रहेको छ।)

धार्मीक  प्रर्यटकिय दृष्टिले अति महत्त्वपूर्ण क्षेत्रको रुपमा परिचित,साविक स्याँडी गाविस अन्तर्गत पर्ने, ‘वित्थड क्षेत्र’ तथा साविक सुनकुडा गाविसको ‘चिर क्षेत्र’ र देउलेखको चिरासैनी भगवती लाई  आधारमानी यस गाउँपालिकाको नामाकरण ‘वित्थडचिर’ गरिएको हो। १३ वर्ग कि.मी. क्षेत्रमा फैलिएको यस गाउँपालिकाको कूल जनसंख्या १७,८१२ जना रहेको छ। समुद्र सतहबाट २६५०फिट देखि ८०५० फिटको उचाईमा रहेको यसवित्थडचिर गाउँपालिका,बझाङ्ग जिल्ला प्रवेश मार्ग, (जयपृथ्वी मार्ग) को २१ कि.मी. मोटरबाटोयसै गाउँपालिकाभएर प्रवेश हुन्छ।

केन्द्रः साविक देउलेख गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७८१२ (२०७८ अनुसार)

क्षेत्रफलः८६.१५ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

स्याँडी

६-८

स्याँडी

१,३,४

स्याँडी

२,५,९

देउलेख

१,३,४,५

देउलेख

२,६,७

देउलेख

८,९

सुनकुडा

सुनकुडा

६-८

सुनकुडा

३,४

सुनकुडा

१,२,९

 ८.    नामः सूर्मा गाउँपालिका

बझागं जिल्ला सूदुरपश्चिमाचंल विकास क्षेत्रको सेेती अंचलमा पर्ने हिमाली जिल्ला हो । जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा वैतडी र डोटी जिल्ला पर्दछन् । जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ । जिल्लाको भुगोल २९ ड्रिग्री २९ मिनेट उत्तर देखि ३० ड्रिग्री  ९ मिनेट उत्तरी अक्षांश र ८० ड्रिग्री  ४६ मिनेट पूर्व देखि ८१ ड्रिग्री ३४ मिनेट पर्ुर्वी देशान्तरमा फैलिएको छ । समुन्द्रि सतहबाट ९०० मिटर देउरा देखि ७०७७ मिटर अग्लो हिमाल र्साईपाल सम्मको उचाईमा जिल्लाको भुगोल अवस्थित छ । राजनैतिक एवं प्रशासनिक विभाजनलाई हेर्दा जिल्लामा २ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । जिल्लाको सदरमुकाम चैनपुर गाउँ विकास क्षेत्र तोकिएको छ भने चैनपुरको प्रशासनिक एवं व्यपारीक केन्द्र पूर्व र दक्षिणमा सेती र पश्चिममा बाउलीगाड बाट घेरीएको अवस्थामा प्रायद्धिपको स्वरुपमा रहेको यस जिल्लामा ४७ वटा गाउँ विकासहरु रहेका छन् ।यसैगरी यस सुर्मा गाउँपालिकामा जम्मा वडा सँख्या ५ वटा छन् ।

केन्द्रः साविक दौलीचौर गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ११०८२ (२०७८ अनुसार)

क्षेत्रफलः १७०.८  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

दौलीचौर

१,२,३

दौलीचौर

७,८,९

दौलीचौर

४,५,६

सूर्मा

१-६

सूर्मा

७,८,९

 ९.    नामः छबिसपाथीभेरा गाउँपालिका

सुदुर पश्चिम प्रदेशमा रहेकाे सेती अञ्चलकाे बझाङ जिल्लाकाे मध्य क्षेत्रकाे पहाडी भागमा छबिसपाथिभेरा गाउँपालिका अवस्थित रहेकाे छ। बि.सं २०७३ सालमा सङ्गीय मामिला तथा स्थानिय विकास मन्त्रालद्धारा ७५३ स्थानिय तह लागु गरेपछी बझाङ जिल्लामा साविकका ४ वटा गा.वि.स (मटेला ,ब्याँसी,कँडेल,लेकगाउँ) मीलेर छबिस पाथिभेरा गाउँपालिका बनेकाे हाे।यस गाउपालिकाकाे कुल क्षेत्रफल ११६.१५ वर्ग कि.मी रहेकाे छ। हाल याे गाउँपालिका ७ वटा वडामा विभाजन गरिएकाे छ र यस गाउँपालिकाकाे केद्र ब्याँसी रहेकाे छ। जम्मा ११६.१५ वर्ग कि.मी क्षेत्रफल रहेकाे यस गा.पा.काे जनघनत्व १४०.३० प्रति वर्ग कि.मी रहेकाे छ।

समुद्रि सतहबाट ३६०० फिट देखि ९९८१ फिटकाे उचाईमा रहेकाे र यस गा.पा काे भाैगलिक अवस्थिति पूर्वमा जयपृथ्वी नगरपालिका र खप्तडछान्ना गाउपालिका ,पश्चिममा बुंगल नगरपालिका ,उत्तरमा सुर्मा गाउपालिका र दंक्षिणमा थलारा गाउपालिका रहेकाे र २९डीग्री २९ मिनेट उत्तरदेखि २९ डीग्री ४१ मिनेट उत्तरि अक्षांश र ८० डीग्री ५९ मिनेट देखि ८९ डीग्री ५ मिनेट पूर्वी देशान्तर सम्म फैलिएकाे छ। पर्यटकिय दूष्टिका‍णले अति नै सम्भावना वाेकेकाे यस गा.पा मा एेतिहासिक/पर्यटकिय स्थल जयपूथ्वि बहादुर सिंहकाे दरबार ,माैभेरा झरना , पाथिभेरा हिमाल ,काेट दरबार,माटेसाँगु ,बाईसधारा मन्दिर, बान्निमष्टा मन्दिर ,आदी विभिन्न पर्यटकिय स्थलहरु यस गाउपालिका रहेका छन।

केन्द्रः साविक व्याँसी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४४७४ (२०७८ अनुसार)

क्षेत्रफलः ११६.३४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

मटेला

१-९

कँडेल

२,७,८

कँडेल

१,३,४,५,६,९

व्याँसी

१,२,४,६,९

व्याँसी

३,५,७,८

लेकगाउँ

१,२,७,८,९

लेकगाउँ

३,४,५,६

 १०. नामः दुर्गाथली गाउँपालिका

दुर्गाथली गाउँपालीका निर्माण हुदाँ राज्य संघियतामा गए पश्चात जिल्लामा तत्कालिन जिल्ला विकास समितीमा सर्वदलिय संयन्त्र र बझाङ्ग जिल्लाको निर्वाचित माननियहरुको राय सल्लाह बमोजिम जिल्लामा सिमा निर्धारण तथा कति वटा स्थानिय तह बनाउने भन्ने प्राविधिक समिती थियो । सो समितीले जनसंख्या, भौगोलिकता तथा अन्य मापनका आधारमा तत्कालीन इलाकाका आधारमा साविकका ३ वटा गाउँ विकास समिती चौधारी, मौलाली र सैनपसेलालार्इ दुर्गाथली गाउँपालीकाको सिफारिस भएको थियो ।

त्यसमा बझाङ्गका विभिन्न स्थानिय तहहरुको नामाकरण एतिहासिक, नदी, धार्मिक, पौराणिक तथा पहिलेको दरा भन्ने शब्दबाट सबै गाउँपालीका तथा नगरपालीकाको  नाम राख्ने क्रममा हाम्रो पनि धार्मिक कारणले त्यतीबेलाको नामाकरण समिती तथा प्राविधिक समितीले साबिकको सैनपसेला गा.वि.स.को थली जिउलोमा अवस्थित दुर्गादेवीको मठको आधारमा दुर्गाथली नाम राखेको बुझिन्छ । हाल दुर्गाथली गाउँपालीकामा ७ वटा वडाहरु रहेका छन् । यसको सिमाना पूर्वमा छविसपाथीभेरा गाउँपालीका, पश्चिममा केदार स्यु र बुगंल नगरपालीका , उत्तरमा बुगंल नगरपालीका र छविसपाथीभेरा र सेती नदी र थलारा गाउँपालीका रहेको छ । हाल यस गाउँपालीकाको केन्द्र साविकको चौधारी गा.वि.स.को वडा नं.३ मा अवस्थित छ ।

केन्द्रः साविक चौधरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ११३१८ (२०७८ अनुसार)

क्षेत्रफलः६१.८३  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चौधरी

१-५

चौधरी

६-९

मौलाली

१,२,४

मौलाली

३,५,६,७,८,९

सैनपसेला

१,२,३,४

सैनपसेला

७,९

सैनपसेला

५,६,८

११.नामः केदारस्युँ गाउँपालिका

बझाङ जिल्लाको दक्षिण तथा पश्चिमी भागमा अवस्थित केदारस्यूँ गाउँपालिका जिल्लाको मुख्य सडकखण्डसँग जोडिएको गाउँपालिका हो। उच्च पहाडी जिल्लाको रूपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका रायल, बाँझ, भामचौर र भैरवनाथ ४ (चार) वटा गा.वि.स.मिलेर बनेको छ । यो गाउँपालिका हालको संधीय संरचना अनुसार प्रदेश नं. ७ अन्तर्गत पर्दछ । जिल्लाको कुल क्षेत्रफलको ३.३ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको कुल क्षेत्रफल ११३.९१ वर्ग कि.मि रहेको छ ।

वडागत क्षेत्रफल अनुसार यस गाउँपालिकाको वडा नं. १ को क्षेत्रफल १५.४० वर्ग कि.मि रहेको छ जुन कुल क्षेत्रफलको १३.६% रहेको छ । त्यसैगरी वडा नं. २ को क्षेत्रफल ४.४४ वर्ग कि.मि (कुल क्षेत्रफलको ३.९%), वडा नं. ३ को क्षेत्रफल १३.७४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.२%), वडा नं. ४ को क्षेत्रफल १५.७९ वर्ग कि.मि (कुल क्षेत्रफलको १४%), वडा नं. ५ को क्षेत्रफल ११.९९ वर्ग कि.मि.(कुल क्षेत्रफलको १०.६%), वडा नं. ६ को क्षेत्रफल १५.९६ वर्ग कि.मि.(कुल क्षेत्रफलको १४.१ %), वडा नं. ७ को क्षेत्रफल १३.८४ वर्ग कि.मि.(कुल क्षेत्रफलको १२.१%), वडा नं. ८ को क्षेत्रफल १४.८९ (कुल क्षेत्रफलको १३.२%) र वडा नं. ७.८३ वर्ग कि.मि.(कुल क्षेत्रफलको ६.९%) रहको छ।

केन्द्रः साविक रायला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१३१२ (२०७८ अनुसार)

क्षेत्रफलः ११३.९१ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रायल

१,२,३

रायल

४,५,६

रायल

७,८,९

बाँझ

५,६,७,८

बाँझ

१,२,३,४,९

भाँमचौर

३,४,६,७

भाँमचौर

१,२,५,८,९

भैरवनाथ

६,७,८,९

भैरवनाथ

१,२,३,४,५

१२.   नामः साइपाल गाउँपालिका

केन्द्रः साविक काँडा गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २६२५  (२०७८ अनुसार)

क्षेत्रफलः १४६७.२७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

काँडा

१,३

काँडा

काँडा

४,५

काँडा

६,७

काँडा

८,९

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति बझाङ र जिल्ला प्रशासन कार्यालय बझाङ। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । बझाङ जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

 
Yagya Raj Bhatta को सहयाेगमा ।

2 thoughts on “बझाङ जिल्ला Bajhang District”

  1. बझाङ जिल्ला काे हाल केदारस्युँ गा पा वडा नं ५ काे साविक बांझ गा वि स वडा नं १,२,३,४,९ हुनुपर्नेमा अन्यथा भएकोले सच्याउन अनुरोध छ ।

    1. तपाइको सुझाव अनुसार हामिले हाम्राे पोष्टमा परिमार्ज्नन गरेका छाैँ अमुल्य सुझाव र सल्हाकाे लागि आभारी छाैँ ।
      चिनारी नेपाल काठमाण्डाै नेपाल।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *