परिचय
नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्विनी प्रदेश मा पर्ने पहाडी जिल्ला मध्ये प्यूठान एक हो । प्यूठान जिल्लाको नामाकरणको सम्वन्धमा कर्कपेट्रिकका अनुसार प्रार्थना (पूरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनका अनुसार पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्रार्थनाबाट प्यूठान नाम रहन गएको र योगी नरहरिनाथका अनुसार प्लुथानबाट प्यूठान रहन गएको उल्लेख गरेका छन् । अर्थात प्रतिष्ठाना– प्यूठाना–पिउठाना हुँदै प्यूठान रहन गएको हो । पृथ्वीनारायण शाहले समय समयमा लेखेको पत्रहरुमा पिउठानी, पिउठाना भनी उल्लेख गरेको पाइन्छ । सुरक्षा सम्बन्धी शब्द पिउठ बस्ने ठाना भएकोले पिउठानाबाट अपभ्रंश भई पिउठान् नाम रहन गएको थियो भन्ने तर्क आम रुपमा बलियो छ । पवित्र धार्मिक स्थल रहेको स्वर्गद्वारी तपोभूमि प्यूठान जिल्लामै रहेको छ ।

ऐतिहासिक चिनारी
ठाना राज्यको स्थापनाकाल निश्चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । वि.सं. १५१५ वा १५६० तिर चन्द वंशी राजाहरुले स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भएता पनि किटानी गर्न सकिने अवस्था छैन । प्यूठान राज्यको राजधानी भित्रीकोटमा रहेको र मोदिनर्वर्मनले वि.सं. १५१५ मा आफ्ना कान्छा जुवाई चन्द वंशका लटराज चन्द लाई राजा बनाएका प्रमाण भेटन सकिन्छ । प्यूठान भित्र थुप्रै रजौटाहरु रहेको कुरा पृथ्वीनारायण शाहले काजि कालुपाण्डेलाई लेखेको पत्रमा ”प्यूठाना पर्वत भित्र कति राजा छन….”. भनीनुले पनि पर्दछ । रोल्पाका ध्वज बहादुर चन संग रहेको वंशावली अनुसार प्यूठानका राजाहरुको नामावली निम्नानुसार थियो । लटराज, भुवराज, नरहरी राज, नरिन्द्र राज, गजिन्द्र राज, सुतान राज, दलपति राज, शंसाही राज, पृथ्वीपति राज, उदतराज, मोति चन्द राज, मानिक चन्द राज, दिप प्रताप चन्द राज र रुद्र प्रताप चन्द राज ।

एउटा राजाले २५ वर्षसम्म शासन गर्छन भन्ने इतिहासकारको मान्यतालाई आधार मान्दा यी चन्द राजाहरुले ३५० वर्षजति राज्य गरेको पाईन्छ । वि.सं. १८४३ मा श्रीनाथ सवुज वरख, श्री जङराणा भिम नयागोरख, श्री मेहर भवनी बक्स, दुर्गा बक्स, रामदलपति कंम्पनि र नेपालबाट पर्वत हान्न गएका काजि दामोदर पाण्डे, काजि जगजित पाण्डे, सुवेदार बदलसिंह थापा नयाँ श्रीनाथ समेत भएर धुर्कोट बाटो गरी प्यूठान हान्न आउँदा विना लडाई जित पश्चात नेपाल राज्य भित्र एकिकरण भएको थियो ।प्यूठान जिल्लाको नामाकरण सर्वप्रथम मगर जातिबाट गरिएको कुरा यहाँका स्थानहरुको नामाकरणबाट बुझिन्छ। भिंगृ, सारी, कोचीवाङ मर्कावाङ, तोरवाङ, खवाङ, स्याउलीवाङ आदि प्राचिन कालमा लिच्छवीकालहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औं शताव्दी सम्म रहयो ।

पाल्पाली राजा मुकुन्द सेनका समकालिन प्यूठानी राजा रुद्रसिंह पछि मोति चन्द्र (प्रथम) यहाँका राजा भए । यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन (प्रथम) का नाति कर्णसेनसंग भएको बताइन्छ । मोति चन्द्र पश्चात रुद्रचन्द्र गजेन्द्र चन्द्र गजकेशरी चन्द भएको बुझिन्छ । वि.स. १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ भने १८३२ मा राजा माणिक चन्दको ताम्रपत्र देखा पर्दछ । वि.स.१८३५ मा मोतिचन्द्र (द्धितीय) प्यूठानका राजा थिए । खुंग्री, भिंगृ, इश्मा र मुसिकोट, प्यूठानका अनुयायी भएको कुरा ध्यामिल्टनले उल्लेख गरेको पाइन्छ । मोतीचन्द्र प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकीकरण अभियानमा यहाँका राजा भागेबाट स्पष्ट हुन्छ । प्यूठानको एकिकरण गरिसकेपछि खुंग्री र उदयपुरका शासकहरु नेपाल नरेशको छत्र छाँयामा रजौटाको रुपमा रहे ।
खुंग्री र उदयपुरका राजालाई राज्य रजौटा ऐन २०१७ ले आजीवन राजाको प्रदान गरेकोमा हाल उक्त ऐन खारेज गरेपछि रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ ।२०१९ पूर्व प्यूठान भित्रीकोट, नारीकोट, उदयपुरकोट, माडीखोला, कालाशेष र वाइस्खुवागरी ६ थुममा विभाजित भएकोमा २०१९ मा कालाशेष र वाईसखुवा रोल्पा गाभिए । २०१५ सालमा महानिर्वाचन हुँदा प्यूठानमा निर्वाचन क्षेत्र नं.८३, ८४ र ८५ पर्दथ्यो ।२०१७ साल पौष २२ मा पंचायती व्यवस्थाको सुत्रपात पछि २०१९ साल पछि प्यूठान एक निर्वाचित क्षेत्र ९ इलाका, गा.प. ४९ केन्द्र रहेको थियो । जनआन्दोलन पश्चात २०४८ सालमा प्रशासनिक रुपमा यस जिल्लालाई २ संसदिय निर्वाचन क्षेत्र ११ इलाका ४९ गा.वि.स. मा विभाजन गरिएको छ । यस जिल्लाको सदरमुकाम खलंगा हो ।
भाैगोलिक अवस्थिती
प्यूठान जिल्ला २७ं ५२ं देखि २८ं २२ं अक्षांश र ८२ं ३६ं देखी ८२ं ०६ं देशान्तरमा अवस्थित यो जिल्ला विभिन्न धरातलीय बनावटले घेरिएर बनेको छ भने समुन्द्री सतहबाट ३०५ मिटरदेखि ३६५८ मिटरसम्मको उचाइमा रहेको छ । यस जिल्लाको कुल क्षेत्रफल १३२८९० हेक्टर रहेकोमा ७२६९४ हेक्टर वन, ४२७६६ हेक्टर कृषि, १२८९९ हेक्टर बुट्यान चरन र ४५३१ हेक्टर खोला नदी र अन्य क्षेत्रले ओगटेको छ । यस जिल्लाको पूर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्ला पर्दछन् ।

प्यूठान जिल्लाको भौगोलिक संरचना विषम्खालको भएकोले यहाँको हावापानी पनि भिन्दाभिन्दै खालको छ । तराईको हावापानीसँग मिल्ने खालको वांगेसालदेखि लिएर उच्च पहाडी भेगसँग मेलखाने हावापानी भएको स्याउलीवाङ पनि यसै जिल्लामा पर्दछ । यस जिल्लाको अधिकतम् तापक्रम ३२.५ डिग्री सेल्सियस सम्म रहेको छ । यो जिल्ला समुन्द्री सतहदेखि ३६५९ मिटरसम्मको उचाइमा अवस्थित छ । २०७८ सालमा गरिएको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या २३२०१९ रहेकोमा १२७८८७ महिला र १०४१३२ पुरुष रहेका छन ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार प्युठान जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः प्यूठान नगरपालिका
नेपालको ५ नं. प्रदेशमा पर्ने यस नगरपालिकामा झिमरुक नदीको वारिपारीका साविकका खलंगा, विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा र मरन्ठाना गाविसहरु मिलेर १९ वटा वडासहितको नगरपालिका बनेकोमा स्थानीय तहको पुनर्संचना पश्चात नेपाल सरकारले राजपत्रमा मिति २०७३ फागुन २६ को सुचना प्रकाशन गरेबमोजिम साविक प्युठान नगरपालिकाको वडा नं. ४, ६—१७, १९ तथा जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो । हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ ।
भौगोलिक हिसाबले राप्ती अञ्चल, प्युठान जिल्लाको मध्य भागमा ८२ डिग्री ४८ मिनेट ३० सेकेण्ड देखि ८२ डिग्री ५७ मिनेट ३०सेकेण्ड पुर्वी देशान्तर र २८ डिग्री ३ मिनेट ३० सेकेण्ड देखि २८ डिग्री ११ मिनेट उत्तरी अक्षांश सम्म फैलिएर रहेको छ । १२८.९६ व.कि.मी. क्षेत्रफल रहेको यस प्युठान नगरपालिका उत्तरमा नौबहिनि गा.पा. र रोल्पा जिल्ला, पश्चिमतिर स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपलिका, दक्षिणमा मल्लरानी गाउँपालिका र माण्डवी गाउँपालिका र झिमरुक गाउँपालिका रहेका छन ।
जातीय तथा धार्मिक सहिष्णुता र सद्भाब यहाँको विशेषता रही आएको छ । यहाँ बोलीने भाषामा नेपालीका साथै मगर, नेवार समुदायमा मातृभाषाको पनि प्रचलन छ । हिन्दु धर्मको बाहुल्यता रहेको यस क्षेत्रमा मठ, मन्दिर, शिला, भूमि, वृक्ष र जलमा आराधना र पुजा हुन्छ । पछिल्ला दिनमा बौद्ध प्रतिमूर्ति तथा क्रिष्चियन धर्मको चर्चहरु पनि फाटफुट रुपमा स्थापना हुदैगएका छन । चाडपर्बमा साउने सक्रान्ती नागपञ्चमी, गाईजात्रा, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, हरितालीका तीज, वडादशै, दिपावली, पन्ध्र पुष, माघेसक्रान्ती, चैते दशै, फागुपूर्णिमा, बुद्धजयन्ती यस क्षेत्रमा मनाइने जातीगत र सामुहिक चाडपर्व हुन । ऐतिहासिक धरोहर तथा सम्पदाको रुपमा कालिका मन्दीर, राजुराथान, शिवालय मन्दिर, भित्रीकोट, मरन्ठानाकोट, दाखाकोट, खैराकोट यस क्षेत्रकै प्रसिद्ध मन्दिर तथा ऐतिहासिक क्षेत्रहरु रहेका छन ।
केन्द्रः साविक प्यूठान नगरपालि
जनसङ्ख्याः ४२१३०
क्षेत्रफलः १२८.९६ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
प्यूठान |
११,१९ |
|
|
२ |
प्यूठान |
१०,१२ |
|
|
३ |
प्यूठान |
१३ |
|
|
४ |
प्यूठान |
४,६,७ |
|
|
५ |
जुम्रीकाँडा |
१-९ |
|
|
६ |
माझकोट |
१-९ |
|
|
७ |
प्यूठान |
८,९ |
|
|
८ |
प्यूठान |
१४,१५ |
|
|
९ |
प्यूठान |
१६ |
|
|
१० |
प्यूठान |
१७ |
|
|
२. नामः स्वर्गव्दारी नगरपा
स्वर्गद्वारी नगरपालिका नेपालकाे प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भाैगाेलिक हिसाबले ८००३६’००” देखि ८२०४८’३०” पूर्वी देशान्तर र २८०३०’०५” देखि २८०१२’३०” उतरी अक्षांश सम्म फैिलयर रहेकाे २२४,७० वर्ग. कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे यस नगरपालिकाकाे उतरमा राेल्पा जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र राेल्पा जिल्ला र दक्षिणमा दाङ जिल्ला र माण्डवी गाउँपालिका रहेकाे छ । साविकका गा.वि.स.हरू काेचिवाङ,स्वर्गद्वारी खाल, भिंगृ, सारी, वेलवास, वर्जीवाङ र गाेठिवाङ गाविसहरूलाइ समेटेर मिति २०७३ फाल्गुन २२ गते स्वर्गद्वारी नगरपालिका घाेषणा गरिएकाे थियाे ।
उष्ण, समशिताेष्ण र शिताेष्ण हावापानी भएकाे यस स्वर्गद्वारीकाे अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस, न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेकाे पाइन्छ । सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि., ८ वटा नि.मा.वि. र ४६ प्रा.वि. गरी जम्मा ६३ वटा शिक्षण संस्थाहरू र पि.एच.सि. सहित ७ वटा स्वास्थ्य संस्थाहरू संचालित छन । प्यूठान जिल्लामा अवस्थित २२४,७० वर्ग.कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे यस नगरपालिकाकाे जनसंख्या ३२०३७ रहेकाे छ ।
केन्द्रः साविक भृगु गा.वि.स.को
जनसङ्ख्याः ३२०३७
क्षेत्रफलः २२४.७० (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
कोचिवाङ |
१-९ |
|
|
२ |
स्वर्गव्दारी |
१-९ |
|
|
३ |
भिंग्री |
३-९ |
|
|
४ |
भिंग्री |
१-२ |
|
|
गोठीवाङ |
४-६ |
|
||
५ |
सारी |
१-९ |
|
|
६ |
वेलवास |
१-४ |
|
|
७ |
वेलवास |
५-९ |
|
|
८ |
वर्जीवाङ |
१-९ |
|
|
९ |
गोठीवाङ |
१-३,७-९ |
|
३. नामः गौमुखी गाउँपालिका
२०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको यस गौमुखी गाउँपालिकाले प्युठान जिल्लाको उत्तर–पूर्वी भागमा १३९.०४ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । अर्खा, रजवरा, पूजा, खुंग, लिवाङ र नारिकोट गा.वि.स. समेटेर बनेको यस गाउँपालिकाको जनसंख्या २५,९८० रहेको छ । यस गाउँपालिकाको उत्तरमा बाग्लुङ, पश्चिमतिर नौबहिनी गाउँपालिका, दक्षिणमा झिमरुक गाउँपालिका र पूर्वमा गुल्मी जिल्ला रहेका छन् । यस गाउँपालिकामा गौमुखी गुफा, झाँक्रिढुङ्गा, दियाल्नाचौर, बाइसमुल झरना, तामाखानी, इश्नादेवी जस्ता धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थल रहेका छन् ।
केन्द्रः साविक पुजा गा.वि.स.को
जनसङ्ख्याः २५,९८०
क्षेत्रफलः १३९.०४ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
अर्खा |
६-९ |
|
|
२ |
अर्खा |
१-५ |
|
|
३ |
रजवरा |
१-९ |
|
|
४ |
पूजा |
१-९ |
|
|
५ |
खुंग |
१-९ |
|
|
६ |
लिवाङ |
१-६ |
|
|
७ |
नरिकोट |
१-९ |
|
४. नामः माण्डवी गाउँपालिका
माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनी प्रदेशमा पर्दछ । माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । ११३.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका पश्चिमतर्फ दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । नेपाल सरकारको निर्णयअनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटेर माण्डवी गाउँपालिका घोषणा गरीएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या १५८६३ रहेको छ जसमा पुरुषको जनसंख्या ७०३९ र महिलाको जनसंख्या ८८२४ रहेको छ । यस गाउँपालिकामा जम्मा घरधुरी ३७९४ रहेको छ ।
यस गाउँपालिकामा ५ वडाहरु रहेका छन् । गाउँपालिकाको सहरी क्षेत्रको रुपमा विकसित भएका क्षेत्रहरुमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने बढिरहेको छ ।
यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस गाउँपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी नगरपालिका/उपमहानगरपालिका तथा जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।
माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ४९२ मिटर उँचार्ईदेखि १८८२ मिटर सम्मको उँचाईमा अवस्थित छ । प्यूठान जिल्लामा अवस्थित ११३.०८ व.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका, पश्चिमतिर दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरुमा बस्ती विकासको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी धेरै खोला तथा नदीहरु रहेका छन् ।
केन्द्रः वडा नं. ३ जस्पुर
जनसङ्ख्याः १५८६३
क्षेत्रफलः ११३.०८ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
तिराम |
१-४ |
|
|
२ |
मर्कावाङ |
१-९ |
|
|
३ |
नयाँगाउँ |
१-९ |
|
|
४ |
उदयपुरकोट |
१-९ |
|
|
५ |
रम्दी |
१-९ |
|
५. नामः सरुमारानी गाउँपालि
प्यूठान जिल्लाको सदरमुकाम देखि १७ कोष दक्षिणमा महाभारत श्रृखलाको तल्लो भागमा भित्री मधेश र चुरे पहाडि क्षेत्रमा यो सरुमारानी गाउँपालिका अवस्थित रहेको छ । धार्मिक हिसावले महत्वपुर्ण मानिने स्वर्गद्धारी जाने प्रवेशद्धारको रुपमा यो गाउँपालिका रहेको छ ।पुर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ्गको भालुवाङ्गबाट ८ कि.मी. उत्तर तिर यस गाउँपालिकाको सिमारम्भ हुन्छ । यो गाउँपालिका साविक बाङ्गेसाल, हंसपुर, ढङ्गेगढी गाविस पुरै र तिराम गाविसको वडा नं.५देखि९ र धुवाङ गाविसको वडा नं.७ र ८ गाभिएर हाल ६ वटा वडा बनेको छ भने यसको केन्द्र साविक ढुङ्गेगढी गाविसको बड्डाँडा र हालको ०४ नं वडामा रहेको छ ।
यस गाउँपालिकाको नामाकरण यहाँ रहेको भौगोलिक सबैभन्दा अग्लो पहाड सरुमारानीबाट रहेको हो , यो पहाड साविकको ढुंगेगढि र तिराम गाविसमा हालको सरुमारानी वडा नं ०४ , ०५ र ०६ को सिमानामा पर्दछ , सरुमारानी पहाडको नाम कसरी रहयो भन्ने विषयमा बाइसे चौविसे राज्यको समयमा त्यस ठाउँ कि रानी अग्लो पडाडको टुप्पा अर्थात शिरमा गएर नेपालको दक्षिणी तराई तथा भारतको मनोरम दृश्य हेर्न जानेहुदाँ त्यहाका जनताले शिरमा रानी गएकी छन् अर्थात शिरमा रानी शिरमा रानी भन्दा भन्दै अपभ्रंश भएर सरुमारानी नाम रहन गएको जनविश्वास रहेको छ ।
पुर्वमा प्युठान जिल्लाको ऐरावती गाउँपालिका र अर्घाखाँचि जिल्लाको सितगंगा नगरपालिका, पश्चिममा दाङ्ग जिल्लाको बंगलाचुली गाउँपालिका, उत्तरमा प्युठानको ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिका र दक्षिणमा दाङ्ग जिल्लाको राप्ती गाउँपालिका र अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका पर्दछ । चुरे पर्वतको काख र चुरे पर्वतदेखि उत्तर र माहाभारत श्रृखला देखि दक्षिणमा अवस्थित रहेको छ । मोक्ष प्राप्तीको लागी पवित्र स्थल मानीने ऐरावति नजिकै मिसिने राप्ती नदी यहाँको जल श्रोतको प्रमुख श्रोत को रुपमा रहेको छ । यस नदिमा बहुचर्चित नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना पनि यो गाँउपालिका बासिको सपना रहेको छ । यो नदि स्नान तिर्थको लागी भारतको गंगा नदी जस्तै पवित्र स्थलको रुपमा मानिन्छ ।
यो नदिको किनारमा रहेका वडा नं ०१ र ०२ को उर्वर भुमिमा सिंचाईको संभावना रहेको छ । यस क्षेत्रमा अत्याधिक सालको वनजंगल रहेको छ । यहाँको जंगलमा चितुवा, रतुवा, घोरल, बँदेल, दुम्सी, बाँदर ,खरायो आदी जनावर पाईन्छन भने मयूर , कालिज, चाखुरा, तित्रो लगायतका पंछिहरु पाईन्छन । यहाँका धार्मिक तथा ऐतिहासिक धरोहरहरु जस्तै ऐरावती, झक्रीदमार ,छहरे ,बराहथान, हंसपुर खड्ग भगवती मन्दीर ,सरुमारानी मंदिर ,गढिदरवार रानी कुवा ,मनोरम सरुमारानी पहाड आदी रहेका छन ।
यहाँ को मूख्य जातजातीहरु मगर , दलित समुदाय , क्षेत्री ,ब्रहामण, मुसलमान, कुमाल,धामी ,राउत,गुरुङ ,नेवार ,कुसुन्डा रहेका छन । यहाँको मुख्य भाषामा नेपाली भाषा रहेको भएपनि मगर भाषा ,मुस्लिम भाष र गुरुङ भाषा पनि बोल्ने गरेको पाईन्छ । यहाँका मुख्य पर्वहरु तिज , दशै , तिहार ,ईद ,तमुल्होसार ,माघे संक्रान्ति ,जनै पूर्णीमा रहेको र उक्त पर्वहरुमा विभिन्न ठाँउहरुमा मेलाहरु लाग्न गर्दछन् । यहाँको मुख्य धर्म हिन्दु रहेको छ भने मुस्लिम , बौद्ध र क्रिश्चीयन धर्म पनि मानिने गरेको पाईन्छ ।
केन्द्रः साविक ढुङ्गेगढी गा.वि
जनसङ्ख्याः १९७८३
क्षेत्रफलः १५७.९७ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
वांगेसाल |
१-५ |
|
|
२ |
वांगेसाल |
६-९ |
|
|
३ |
हंशपुर |
१-८ |
|
|
४ |
ढुङ्गेगढी |
१-५ |
|
|
हंशपुर |
९ |
|
||
धुवागं |
७-८ |
|
||
५ |
ढुङ्गेगढी |
६-९ |
|
|
६ |
तिराम |
५-९ |
|
६. नामः मल्लरानी गाउँपालिका
नेपालको मध्य भाग महाभारत श्रीङखलामा शीर भै दक्षिण हुदै बग्ने राप्ती नदीको सहायक नदीहरु झिमरुक,चुजा खोलाको विचमा सुन्दर मल्लरानी डाडाको काखमा मल्लरानी गाउपालिका रहेको छ । लुम्बिनी प्रदेशमा पर्ने यो मल्लरानी गाउँपालिकामा साबिकका चुजा,धरमपानी,रस्पुरकोटका वडा नं ६,७,८ र ९ सम्म,प्यूठान नगरपालिकाका वडा नं. १,२,३,५ र १८ मिलि बनेको छ । यो गाउँपालिकाको पूर्ब अर्घाखाचीको भुमिकास्थान न.पा.,मालारानी गा.पा. , दक्षिण प्यूठान न.पा. र एरावती गा.पा. पर्दछ भने पश्चिम प्यूठान न.पा. र उत्तर झिमरुक गा.पा. पर्दछ । ८२०४९ देखि ८३०११ पूर्वी देशान्तर र २८०२ देखि २८०७ अक्षाश बिच अवस्थीत मल्लरानी गाउपालिका करिव ८०.०९ वर्ग कि.मि. क्षत्रफलमा समुन्द्री सतह देखी करिव ४९२ देखी १८८२ मी सम्म फैलिएको छ ।
१५६४६ जनसंख्या रहेको यो गाउँपालिकामा पनि देशको अन्य क्षेत्रमा जस्तै बहुल, जाति धर्म र संस्कृतिको बस्ति छ । करिव २७% मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा कामी, दमाई, क्षेत्री, बाहुन, नेवार, सार्की, गुरुङ, घर्ति लगाएतकोे जातिगत मिश्रीत बस्तीहरु छन । जातीय तथा धार्मिक सहिष्णुता र सद्भाब यहाँको विशेषता रही आएको छ । आआफ्नो जाती संस्कृति अनुसार हुने बिवाहको अतिरिक्त अन्तर जातिय विवाह समेत स्वीकार्य छ । छुवाछुत प्रथा पनि हट्दै गएता पनी सामाजिक रुपमा विद्यमान छ । यहाँ बोलीने भाषामा नेपालीका साथै नेवार, समुदायमा मातृभाषा पनि प्रचलनमा छ ।
हिन्दु धर्मको बाहुल्यता रहेको यस क्षेत्रमा मठ, मन्दिर, शिला, भूमि, वृक्ष र जलमा परमेश्वरको आराधना र पुजा हुन्छ । परम्परादेखी आआफ्ना जातीय संस्कृति अनुसार घाटु,सोरठी, वालन, मालसोरी लोप हुनै लागेपनी मारुनी,पन्चेबाजा,सराय,झ्याउरे, चुड्का आदीले अस्तित्व सम्म धान्दैे आएको छ । आधुनिक प्रविधिको प्रयोगले बिगतको संस्कृतिलाई किनारा लगाउने क्रम यो क्षेत्रमा पनि अन्यत्र जस्तै छ । चाडपर्बमा साउने सक्रान्ती नागपञ्चमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, हरीतालीका तिज वडादशै दिपावली (तिहार), माघेसक्रान्ती चैते दशै (रामनवमी) शिवरात्री, नवबर्ष सक्रान्ती बुद्धजयन्ती यस क्षेत्रमा मनाइने जातीगत र सामुहिक चाडपर्व हुन । ऐतिहासिक धरोहर तथा सम्पदाको रुपमा झाक्रीस्थान यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल हो भने शिवालय,देवी कोट श्रद्धा र अस्थाका केन्द्र हुन ।
केन्द्रः साविक प्यूठान नगरपालि
जनसङ्ख्याः १५६४६
क्षेत्रफलः ८०.०९ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
चुँजा |
१-४ |
|
|
२ |
चुँजा |
५-९ |
|
|
३ |
धरमपानी |
१-९ |
|
|
रस्पुरकोट |
६-९ |
|
||
४ |
प्यूठान |
१-३,५ |
|
|
४ |
प्यूठान |
१८ |
|
७. नामः नौबहिनी गाउँपालिका
नौबहिनी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो ।नेपालको मानचित्रमा नौबहिनी गाउँपालिकाको भौगोलिक अवस्थिति २८००९’००” देखि २८०२१’००” उत्तरी अक्षांश देखि र ८२०४९’३०” देखि ८३००१’००” पूर्वी देशान्तरसम्म फैलिएको छ ।यसको स्थापना २०७३ फाल्गुन २२ नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयअनुसार भएको हो । २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३२६८२ रहेको छ जसमध्ये महिलाको जनसंख्या १७६४९ (५४प्रतिशत) र पुरुषको जनसंख्या १५०३३ (४६ प्रतिशत) रहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतव्यापार, साना घरेलु उद्योग, सेवामुलक व्यवसाय नोकरी साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो ।परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् ।
विगतमा स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ ।अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन ।गाउँपालिकाको शैक्षिक विकास हेर्दा यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शिक्षण संस्थाहरु रहेका छन् जसमा सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि, ७ वटा नि.मा.वि र २६ वटा प्रा.वि गरी जम्मा ४२ वटा शिक्षण संस्थाहरु संचालित छन् ।
यस गाउँपालिकामा आधारभूत देखि माध्यामिक शिक्षा सम्म प्रदान गर्नेविद्यालयहरु रहेका छन् भने उच्च शिक्षाको लागि स्थानीय विद्यार्थीहरु नजिकका नगरपालिका तथा जिल्ला बाहिर निर्भर हुनुपरेको देखिन्छ ।तसर्थ उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यवहारिक शिक्षा विकासको लागि नयाँ शिक्षा योजना ल्याउनुपर्ने देखिन्छ ।विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।जस्तै दशैँ, तिहार, माघि, होलि, कृष्णजन्माष्टमी आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाइन्छ ।
केन्द्रः साविक लुङ गा.वि.स.को
जनसङ्ख्याः ३२६८२
क्षेत्रफलः २१३.४१ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
स्याउलिवाङ |
१-९ |
|
|
२ |
लिघा |
१-९ |
|
|
३ |
खवाङ |
५६८९ |
|
|
४ |
खवाङ |
१-४७ |
|
|
५ |
डाम्री |
१-९ |
|
|
६ |
लुङ |
१-९ |
|
|
७ |
फोप्ली |
७-९ |
|
|
८ |
फोप्ली |
१-६ |
|
८. नामः झिमरुक गाउँपालिका
केन्द्रः वडा नं. ४,भ्यागुते
जनसङ्ख्याः २६१३०
क्षेत्रफलः १०६.९३ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बांगेमरोठ |
६-९ |
|
|
बादिकोट |
८,९ |
|
||
२ |
बादिकोट |
३-७ |
|
|
३ |
ओखरकोट |
५,६ |
|
|
बादिकोट |
१,२ |
|
||
४ |
वांगेमरोठ |
१-५ |
|
|
ओखरकोट |
८,९ |
|
||
५ |
ओखरकोट |
१-४,७ |
|
|
६ |
तोरवाङ |
१-९ |
|
|
७ |
तुषारा |
२-९ |
|
|
८ |
लिवाङ |
७-९ |
|
|
तुषारा |
१ |
|
९. नामः ऐरावती गाउँपालिका
नेपालको संविधान २०७२ ले घोषणा गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल कार्यान्वयनको महत्वपुर्ण खुड्किलोको रुपमा नेपाल सरकारले २०७३ फागुन २७ गते नेपाल राजपत्रमा सुचना प्रकाशित गरि संघीय संरचना अनुसारका ७५३ स्थानीय तह रहेको छ । सोही अनुसार ५ नं प्रदेश अन्तर्गत पर्ने प्युठान जिल्लाका ९ स्थानीय तह मध्येको एक गाउँपालिका हो ऐरावती गाउँपालिका। यस गाउँपालिकाको नाम माडि नदि र झिम्रुक नदीको संगम स्थलमा रहेको धार्मिक क्षेत्र ऐरावतीको नामबाट राखिएको हो। प्युठान जिल्लाको सदरमुकाम देखि पुर्व दक्षिण दिशामा पर्ने यो गाउँपालिकाको केन्द्र सम्म आइपुग्न करिव ३९ किलोमिटरको सडक यात्रा गर्नुपर्छ।
साविकका ६ वटा गाउँ विकास समितिहरु बरौंला, पकला, दाङबाङ, धुवाङ, रस्पुरकोट तथा बिजुली लाई समेटेर बनाइएको यो गाउँपालिकामा ६ वार्डहरु रहेका छन। साविक धुवाङ गा वि स का वडा नं ७ र ८ तथा रस्पुरकोट गा वि सका ६,७,८ र ९ नं वडाहरु भने क्रमशः सरुमारानी र मल्लरानी गाउँपालिकामा समाहित भएका छन। १५६.७५ वर्ग किमि क्षेत्रफल ओगटेको यस गाउँपालिकाको २०७८ को जनगणना अनुसार कुल जनसंख्या २०४२८ रहेको छ।पुर्वमा अर्घाखाँची जिल्ला पश्चिममा सरुमारानी र माण्डवी गाउँपालिका उत्तरमा मल्लरानी र माण्डवी गाउँपालिका र दक्षिणमा सरुमारानी र अर्घाखाँची पर्ने यो गाउँपालिकाको केन्द्र ऐरावती-२ ददेरीपाटामा रहेको छ।
यहाँ क्षेत्री, ब्राह्मण, गन्धर्भ, ठकुरी, वादी, मगर, गुरुङ, राउत, कुमाल लगाएतका जातजातीहरुको बसोबास रहेको छ। झिम्रुक र माडि नदिको जलाधार क्षेत्रको रुपमा रहेको यो गाउँपालिकामा ऐरावती, बिजुलीकोट, बरौंलाकोट, जाबुनेदह, आलमदेवी मन्दिर, पालुकाथान, काफलबुटा, लिपिकोट आदि मुख्य धार्मिक स्थलहरु रहेका छन। घाटुनाच, मारुनी नाच, सोरठी नाच, सराय नाच जस्ता नाचहरू यहाँका प्रचलित नाचहरु हुन। बिजुलीकोट, बरौंलाकोट, लिपिकोट, दाङबाङको द्वादशी र जाबुनेमा बडा दशैको अवसरमा मेला लाग्ने गर्दछ भने द्वारेघाटको तिहारे षष्टी मेला तथा ऐरावतीको माघे सक्रान्तीको मेला यहाँका चर्चित मेलाहरु हुन। धार्मिक तथा प्राकृतिक सुन्दरतामा सजिएको यो गाउँपालिका धेरै सम्भावना बोकेर अवसरको पर्खाइमा रहेको छ।
औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रूपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको वैज्ञानिक विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिका आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था मात्रामा रहेका छन् भने उच्च शिक्षा विकासको लागि विशेष पहल गर्नुपर्ने देखिन्छ । अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिकाबाट समेत आउने गरेका छन् ।
यस ऐरावती गाउँपालिकामा ६ वटा मा.वि, ५ वटा नि.मा.वि र ३३ वटा प्रा.वि (सामुदायिक र संस्थागत) गरी जम्मा ४४ वटा शिक्षण संस्थाहरू संचालित छन् । अधिकांश घरमा विद्युतीकरण भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । विगतमा स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, साउने र माघे सक्रान्ति, होली, महाशिवरात्री, चैते दशै, कृष्णजन्माष्टमी, ल्होसार, बुद्धजयन्ती आदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।
केन्द्रः साविक बरौला गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २०४२८
क्षेत्रफलः १५६.७५ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दाङवाङ |
१-९ |
|
|
२ |
बरौला |
१-९ |
|
|
३ |
पकला |
३-९ |
|
|
४ |
धुवाङ |
१-६,९ |
|
|
५ |
रस्पुरकोट |
१-५ |
|
|
पकला |
१-२ |
|
||
६ |
बिजुली |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति प्युठान र जिल्ला प्रशासन कार्यालय प्युठान। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । प्युठान जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
लेख्दा स्रोत खुलाउनु होला ।किनकि सारेकोमा जनाइएको पाइएन ।
प्रा.डा. गितु गिरी
तपाँइकाे अमुल्य सुझाव तथा सल्लाहको लागि धेरै धेरै धन्यवाद म्याम ।
लेख पठाउने छु…सर्बप्रथम स्वर्गद्वारीको ।
अवश्य पनी Reply दिन ढिलो भएकोमा क्षमा प्रार्थी छाैँ ।