परिचय
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सा नेपालको मधेश प्रदेश ( साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चल) मा पर्ने प्रमुख व्यापारिक नाका तथा औद्योगिक क्षेत्रको रुपमा परिचित तराई तथा मधेश क्षेत्रमा पर्ने एक प्रमुख जिल्ला हो । जिल्लाको नामाकरण झण्डै चराको ठुङ्ग आकारको भु— आकृतियुक्त पर्सा जिल्लाको महुवन गाउँमा रहेको पारसनाथ मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने ईतिहासकारहरुको कथन छ । सो मठ मकवानी राजा माणिक्य सेनले ईस्वी सन् १७०७ मा बनाएका थिए । नेपालको ढोका को नामले चिनिने प्रसिद्ध शंकराचार्यद्धार यहि जिल्लाको सदरमुकाम वीरगञ्ज शहरको दक्षिण भागमा पर्ने भारतसँगको सीमा रक्सौल नाका ) मा रहेको छ । त्यसैले वीरगञ्ज एक औद्योगिक एवं बाणिज्यद्धारको रुपमा परिचित रहँदै आएको छ ।
यो जिल्ला समुद्री सतहबाट १२२ देखि ९२५ मिटर सम्मको उचाइमा फैलिएको छ । यस जिल्लाको हावापानी उष्ण र समशितोष्ण प्रकृतिकोछ । जिल्लाको कुल क्षेत्रफल १३५३ वर्ग कि.मि.( १३८९४३ हेक्टर) छ । जसमा कृषि योग्य भुमि ५४७३२ हेक्टर, खेतीगरिएको भुमि ५००४६ हेक्टर, सिंचित क्षेत्र २३५६६.५ हेक्टर, वन जंगलले ढाकेको क्षेत्र करिब ७५८४३ हेक्टर, चरण क्षेत्र २८५६ हेक्टर, र अन्य ४२३१ हेक्टर पर्दछ ।
यस जिल्लाको जम्मा क्षेत्रफल मध्ये पर्सा बन्य जन्तु तथा आरक्ष क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जले लगभग छटड।घद्द वर्ग कि.मि. ढाकेको छ । उष्ण र समशितोष्ण हावापानी रहेको यस जिल्लाऔसत तापक्रम अधिकतम ४०० से. दखि न्यूनत्तम १८० से. सम्म रहने गरेको छ । जिल्लाको दक्षिणी भागमा रहेको समथर भुमि नै पर्सा जिल्लाको मुख्य खेतीयोग्य भुमि हो । यहि भागमा विभिन्न उद्योग तथा कलकारखानाहरु सञ्चालित छन् । जिल्ला सदरमुकाम वीरगञ्ज पनि यसै क्षेत्रमा अवस्थित छ ।
पर्सा जिल्लामा रहेका प्रमुख धार्मिक तथा पर्यटकिय स्थलहरु
जिल्लाको प्रमुख ऐतिहासिक तिर्थस्थल र पर्यटकीय स्थलका रुपमा अलौ, विन्ध्यवासिनी, वीरगंज, महुवन, बैरियाविर्ता, गादी, सेढवा, ठोरी, घडिआर्वा पोखरी, पारसनाथ मंदिर, गहवा माई मन्दिर, बिर्ता मन्दिर, बौद्ध भिस्वा चैत्य, रामभौरी भाठा, पर्सा वन्यजन्तु आरक्ष, शंकराचार्यद्धार, घण्टाघर आदि पर्दछन ।
पर्सा जिल्लामा रहेका प्रमुख नदीनाला तथा तालतलैयाहरु
उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि प्रमुख नदीहरु हुन। यीखोलाहरु चुरे क्षेत्रबाट उत्पत्ति भई दक्षिण तर्फ बग्ने गर्दछन् बर्षादको समयमा यी नदीहरुमा पानी बहने र प्रायजसो हिऊँदमा सुक्खा रहने गर्दछन् । भने पर्सा जिल्लामा बनजारी ताल र कामिनी दह प्रमुख तालका रुपमा रहेका छन् । यसका अतिरिक्त विरगञ्ज उपमहानगरपालिका भित्र घडीअर्वा पोखरी , नगवा पोखरी, मुर्ली पोखरीहरु रहेका छन् । साथै यस जिल्लामा थुप्रै निजि स्वामित्वका तलाउः र पोखरीहरु छन् । यी पोखरीहरु मुख्यतथा मत्स्यपालनका लागि प्रख्यात छन् । जिल्लाका यस्ता परम्परागत तलाऊहरुको धार्मिक तथा साँस्कृतिक महत्व पनि रहेको छ । पर्सा जिल्ला भएर बग्ने जम्मा १२५ नदीनाला र जम्मा पोखरीहरु १०९ वटा रहेको छ ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ८ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार पर्सा जिल्लाको स्थानियतहको विभाजन साविकका उपमहानगर, नगरपालिका र गा.वि.स. का वडाहरूलाइ समेटेर १ वटा उपमहानगर, ३ वटा नगरपालीका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः बिरगंज महानगरपालिका
वीरगंजको स्थापना भएको झन्डै ११६ वर्षभन्दा बढी भइसकेको छ । तत्कालीन श्री ३ वीर शम्शेरले वि.सं. १९४५ देखि १९५० को बीचमा वीरगंज बजार स्थापना गरेको अनुमान छ । वीर शम्शेरले स्थापना गरेको हुनाले यसको नाम वीरगंज रहन भएको हो भन्ने भनाइ रहेको छ । वीरगंज स्थापनाभन्दा अगाडि पर्सा जिल्लाको मुख्य केन्द्र अलौं थियो । वि.सं. १९०४ साउन महिनामा सुगौलीबाट राजा राजेन्द्रले पर्सा जिल्लाको अलौंमा सैनिक क्याम्प राखेको इतिहास छ ।वीरगंज बजारको स्थापनाभन्दा अगाडि यस आसपासका गाउँहरू बगही, अलौं, बरेवा, कलैया, प्रसौनी, इनरुवा, छपकैया, अस्तित्वमा आइसकेका थिए ।
कलैयाबाट प्रसौनी, इनरवा गाउँ हुँदै छपकैया भएर अलौं जाने सानो बाटो थियो, उक्त बाटोलाई रजैया सडक भनिन्थ्यो भन्ने तथ्य वीरगंजको ऐतिहासिक खोज पुस्तक वीरगंजको नालीबेलीमा उल्लेख छ । जंगलले ढाकेको स्थानमा वीरगंज बजार स्थापना गर्न श्री ३ वीर शम्शेरले आफ्ना विश्वासपात्र द्वय सिद्धवीर माथेमा र ध्वजवीर माथेमा (दुई दाजुभाइ) लाई क्रमशः माल अड्डा तथा काठ माल अड्डाको हाकिम बनाई वीरगंजमा खटाएका थिए । त्यसै सिलसिलामा सिद्धवीर माथेमाले निःशुल्क जग्गा तथा काठ वितरण गर्नुका साथै वीरगंजमा घर बनाउनेहरूलाई नगदको व्यवस्था गरी सहयोग पुर्याएका थिए । उक्त कार्यले पछि सिद्धवीर माथेमालाई मृत्युदण्डको सजायसमेत भुक्तान गर्नु पर्ने अवस्था आइसकेको थियो ।
वीर शम्शेरको स्वर्गबासपछि श्री ३ देवशम्शेर महाराज भए । तर चन्द्र शम्शेरले चलाखीपूर्ण चाल चली करिब तीन महिनाभित्रै देवशम्शेरलाई अपदस्त गरी आफैं श्री ३ महाराजा बने । स्व. वीरशम्शेर र देवशम्शेरका मान्छेहरूलाई चन्द्र शम्शेर देखी सहँदैनथे । वीर शम्शेरका खास मान्छे सिद्धवीर माथेमामाथि रिसइवी साँधी उनले सम्हालेको माल अड्डा जाँच गराउन लगाई माथेमामाथि तीन लाख अनियमितता गरेको आरोप लगाइयो ।
सिद्धवीरले वीरगंज बजार बसाल्नमा खर्च गरिएको हिसाब देखाउँदा त्यसलाई अमान्य ठहर गरियो र तत्काल रकम तिर्न आदेश जारी भयो । माथेमाले आफूले नखाएकाले रकम तिर्न नसक्ने जवाफ दिएपछि सजायस्वरूप छातीमा साइनबोर्ड टाँसेर बाजागाजासहित बजार परिक्रमा गराउँदै मच्छाखुशीमा लगेर काटेर हत्या गरिदिने मृत्युदण्डको मौखिक फैसला भयो । खाइ नखाई अहोरात्र खटेर वीरगंज बजार स्थापनामा वीर शम्शेरलाई सहयोग पुर्याउने माथेमामाथि मृत्युदण्डको फैसला भएको खबर सुनेपछि स्व. श्री ३ वीरशम्शेरकी महारानीले आफ्नो तर्फबाट रु. तीन लाख रकम तिरिदिएर माथेमालाई मृत्युदण्डको सजायबाट छुटकारा दिलाइन् ।
हाल नेपालको मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगंज शहरसँग जोडिएका नेपालकै प्रमुख मित्रराष्ट्र भारतको रक्सौल शहर पनि स्थापना भएको थिएन । त्यतिबेला भारतीय रेलहरू सुगौलीसम्म मात्र सञ्चालन थिए । सुगौलीबाट सामान ओसारपोसार गरी काठमाडौं लान गोरुगाडा प्रयोग गरिन्थ्यो । गोरुगाडामा सामान लोड गरी रक्सौल हुँदै छपकैया, सिमरा, अमलेखगंज हुँदै भीमफेदीसम्म पुर्याइन्थ्यो र त्यहाँबाट भरियाले पिठ्यूँमा बोकी काठमाडौंसम्म पुर्याउँथे । जसरी वीरगंज बजार बन्न पुग्यो त्यसरी नै भारतको रक्सौलमा पनि बजार बसेको हुनुपर्दछ । त्यतिबेला रक्सौल शहर फलेजरगंजको नामले चिनिन्थ्यो । तत्कालीन भारतमा ब्रिटिस साम्राज्यको चलनचल्ती भएकाले त्यहाँका प्रमुख व्यक्तिलाई फलेजर साहेब भनी सम्बोधन गरिन्थ्यो । पछि नेपालको सिमाना हुँदै रेल सेवा विस्तार गरी रेल स्टेशनको नाम रक्सौल रहन गएको बुझिन्छ ।
श्री ३ चन्द्र शम्शेरले आफ्ना दाइले स्थापना गरेको वीरगंज बजारलाई समेत विस्थापित गर्न चाहेका थिए । उनी वीरगंजको बजारलाई त्यहाँबाट हटाएर रौतहटको हजमिनियामा बसाल्न चाहन्थे । बजार विस्थापित गर्ने चाल अनुसार वि.सं. १९८० मा रक्सौलदेखि वीरगंजको मुख्य बजार अतिक्रमण गर्दै अमलेखगंजसम्म रेल लाइन सेवा विस्तार गरे । लिंकबाट रेल कुद्दा आसपासका घरहरू चर्कने, फुट्ने र बासिन्दाहरू आतंकित हुने गर्थे तर वीरगंजबासीहरू अनेक विन्ती भाउ गर्दै रेललाइन बजार बाहिर सार्न अनुरोध गर्नतर्फ लागे तर उनी हजमिनिया जान तयार भएनन् । पछि रेल्वे लिंक बजारको पूर्वतर्फ (बजार बाहिर) सारिएको थियो ।
केन्द्रः साविक बिरगंज उपमहा
क्षेत्रफलः १३२.०७ (वर्ग कि.मि.)
वडा संख्याः ३२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बिरगंज |
१ |
|
|
२ |
बिरगंज |
२ |
|
|
३ |
बिरगंज |
३ |
|
|
४ |
बिरगंज |
४,५ |
|
|
५ |
बिरगंज |
६ |
|
|
६ |
बिरगंज |
७,८,११ |
|
|
७ |
बिरगंज |
९ |
|
|
८ |
बिरगंज |
१० |
|
|
९ |
बिरगंज |
१२ |
|
|
१० |
बिरगंज |
१३ |
|
|
११ |
बिरगंज |
१४ |
|
|
१२ |
बिरगंज |
१५ |
|
|
१३ |
बिरगंज |
१६ |
|
|
१४ |
बिरगंज |
१७ |
|
|
१५ |
बिरगंज |
१८ |
|
|
१६ |
बिरगंज |
१९ |
|
|
१७ |
बिरगंज |
२० |
|
|
१८ |
बिरगंज |
२१ |
|
|
१९ |
बिरगंज |
२२ |
|
|
२० |
बिरगंज |
२३ |
|
|
२१ |
बिरगंज |
२४ |
|
|
२२ |
बिरगंज |
२५ |
|
|
२३ |
बिरगंज |
२६ |
|
|
२४ |
बिरगंज |
२७ |
|
|
२५ |
बिरगंज |
२८ |
|
|
२६ |
बिरगंज |
२९ |
|
|
२७ |
बिरगंज |
३० |
|
|
२८ |
बगही |
१-९ |
|
|
२९ |
बसडिलवा |
१-९ |
|
|
३० |
लालपर्सा |
१-९ |
|
|
३१ |
बेगवा |
१-९ |
|
|
३२ |
चोरनी |
१-९ |
|
२. नामः पोखरिया नगरपालिका
केन्द्रः साविक पोखरिया नगरपालि
क्षेत्रफलः ५६.८१ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पोखरिया |
१ |
|
|
२ |
पोखरिया |
७,८ |
|
|
३ |
पोखरिया |
५,६ |
|
|
४ |
पोखरिया |
२,३ |
|
|
५ |
पोखरिया |
४ |
|
|
६ |
पोखरिया |
९,१० |
|
|
७ |
पोखरिया |
१४,१५ |
|
|
८ |
बेरिया बिर्ता |
१-५ |
|
|
९ |
पोखरिया |
१३,१४ |
|
|
बेरिया बिर्ता |
६-९ |
|
||
१० |
पोखरिया |
११ |
|
३. नामः पर्सागढी नगरपालिका
केन्द्रः साविक हरपुर गा.वि.स.को कार्यालय
क्षेत्रफलः ९९.९६ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बगबन्ना |
७-९ |
|
|
२ |
बगबन्ना |
१-६ |
|
|
३ |
विरुवागुठी |
१,५,६ |
|
|
४ |
विरुवागुठी |
२-४,७-९ |
|
|
५ |
पञ्चरुखी |
१-९ |
|
|
६ |
बागेश्वरी तितरौना |
१,२,५,६ |
|
|
७ |
बागेश्वरी तितरौना |
३,४,७,८,९ |
|
|
८ |
हरपुर |
१-५,९ |
|
|
९ |
हरपुर |
६-८ |
|
४. नामः बहुदरमाई नगरपालिका
केन्द्रः साविक बहुबरीपिडारी गा
क्षेत्रफलः ३१.५५ (वर्ग कि.मि.)
वडा संख्याः९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
विश्रामपुर |
२-५ |
|
|
२ |
बैरिया विर्ता |
१-९ |
|
|
३ |
नगरदाहा |
१-९ |
|
|
४ |
वहुवरी पिडारी |
१-९ |
|
|
५ |
भौंराटार |
१,२,७-९ |
|
|
६ |
गम्हरिया |
१-९ |
|
|
७ |
भौंराटार |
३-६ |
|
|
८ |
रामनगरी |
१-९ |
|
|
९ |
विश्रामपुर |
१,६-९ |
|
५. नामः जगरनाथपुर गाउँपालि
केन्द्रः साविक जगरनाथपुर गा.वि
क्षेत्रफलः ४५.२९ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पिडारीगुठी |
१-९ |
|
|
२ |
जानकीटोल |
१-९ |
|
|
घोडदौडा पिप्रा |
८-९ |
|
||
३ |
बिजबानिया |
१-९ |
|
|
४ |
जगनाथपुरसिरा |
१-९ |
|
|
५ |
मसिहानी |
१-९ |
|
|
६ |
औरहा |
१-९ |
|
६. नामः धोबिनी गाउँपालिका
केन्द्रः साविक लङ्गडी गा.वि.स.
क्षेत्रफलः २४.४१ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
घोडदौडा पिपरा |
१-७ |
|
|
२ |
भिखमपुर |
१-९ |
|
|
३ |
हरिहरपुर |
१-९ |
|
|
४ |
लङ्गडी |
१-९ |
|
|
५ |
धोबिनी |
१-९ |
|
७. नामः छिपहरमाई गाउँपालिका
छिपहरमाई गाउंपालिका वडा नं ४ तुलसीवरवामा बर्षौ देखि मान्दै आएको छिपहरमाई देवीको नाममा यो गाउंपालिकाको नामाकरण गरीएको हो । पुर्वमा पकाहामैनपुर गाउंपालिका र कालिकामाई गाउंपालिका, पश्चिममा छिमेकी देश भारत, उतरमा धोबिनी गाउंपालिका र दक्षिणमा छिमेकि देश भारत रहेको छ । छिपहरमाई गाउंपालिका पर्सा जिल्लाको नयां गाउंपालिकाको रुपमा २०७३/११/०९ गतेको दिन निर्णय भइ २०७३/११/२७ मा राजपत्रमा प्रकाशित भइ विधिवत रुपमा स्थापना भएको गाउंपालिका हो । महा नगरपालिका विरगंज देखि २९ कि.मि दुरीमा रहेको छ । यस गाउंपालिकाको कार्यालय साबिक भिस्वा गा.वि.स हाल वडा ५ भिस्वामा रहेको छ । यहाका स्थानीयहरुको आम्दानीको मुख्य स्रोत भनेको खेतीपाती तथा ज्यालादारी रहेको छ ।
केन्द्रः साविक भिस्वा गा.वि.स.
क्षेत्रफलः २४.९० (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मिर्जापुर |
१-९ |
|
|
२ |
सम्झौता |
१-९ |
|
|
३ |
जयमङ्गलापुर |
१-९ |
|
|
४ |
तुलसीबरुवा |
१-९ |
|
|
५ |
भिस्वा |
१-९ |
|
८. नामः पकाहा मैनपुर गाउँपा
नेपाल अधिराज्यको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने नारायणी अञ्चलको पाँच जिल्लाहरु मध्येको एक पर्सा जिल्लाको सदरमुकाम बीरगंज देखि १५ कि.मी. पश्चिममा साविक पाँच गाउँ विकास समितिहरु धोरे, सुर्जाहा, पकहा मैनपुर, लहावरथकरी र सबैठवा संयोजन भई हाल २ नं. प्रदेश अन्तर्गत पकहा मैनपुर गाउँपालिका मिति २०७३/११/२७ गते गठित स्थानियतह हो। भौगोलिक रुपमा सुगम रहेको पकहा मैनपुर गाउँपालिकाको कृषि व्यवसायिक वातावरणिय लगायतका बिभिन्न बहुयामिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ ।
यस गाउँपालिकाको क्षेत्रमा पर्ने सबै भन्दा ठूलो नदी गंगोल सिकटा नदी भारतको सिमाना मा पुगी सिकराहना नदीमा मिसिन पुग्द छ भने यस गाउँपालिकाको क्षेत्रमा हिन्दु र मुश्लिम धर्मालम्बीहरुको मात्र बसोबास रहेको छ। यस क्षेत्रमा दशै, तिहार, छठ, माघे संक्रान्ति,होलि र इद,बक्रिद लगायतका पर्वहरु मनाईने गर्दछन् । यस क्षेत्रमा तत्वा, कुर्मी, तेली, चौहान, चौरसिया, यादव, माझी, मुसहर, चमार, डोम, मेस्तर, मुसलमान, क्षेत्री, बाहुन, दुसाद, बिन, मालाह, कमकर, तुरहा, कोहार आदि लगायतका जातिहरुको मिश्रित बसोबास रहेको छ। यस क्षेत्रमा बहुभाषिक, बहुसंस्कृति बहुजातिय बिषेशताले भरिएकोले धार्मिक सहिषुणता र सामाजिक सद्भाव यस क्षेत्रको अभिन्न चिनारी रहेका छन्।
केन्द्रः साविक पकाहा मैनपुर गा
जनसङ्ख्याः २२५८५
क्षेत्रफलः २१.२६ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
धोरे |
१-९ |
|
|
२ |
सुर्जाहा |
१-९ |
|
|
३ |
पकाहामैनपुर |
१-९ |
|
|
४ |
लाहाबरथकरी |
१-९ |
|
|
५ |
सबैठबा |
१-९ |
|
९. नामः बिन्दबासिनी गाउँपा
केन्द्रः प्रसौनीभाठ्ठा वडा नं. ५
क्षेत्रफलः २६.०४ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बहुअर्वा भाठा |
४,५,९ |
|
|
२ |
बहुअर्वा भाठा |
१,२,३,६,७,८ |
|
|
३ |
अमरपट्टी |
६-९ |
|
|
झौवागुठी |
२-६ |
|
||
४ |
अमरपट्टी |
१-५ |
|
|
झौवागुठी |
१,७,८,९ |
|
||
५ |
पर्सौनी भाटा |
१-९ |
|
१०. नामः सखुवा प्रसौ
केन्द्रः साविक सखुवा प्रसौनी गा.वि.स.को कार्यालय
क्षेत्रफलः ७४.२७ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मधुवन मथौल |
१-९ |
|
|
२ |
सखुवा पर्सौनी |
१-९ |
|
|
३ |
कौवावन कटैया |
१-९ |
|
|
४ |
देउरबाना |
२-९ |
|
|
५ |
महुवन |
१-९ |
|
|
देउरबाना |
१ |
|
||
६ |
लखनपुर |
१-९ |
|
११. नामः पटेर्वा सु
केन्द्रः साविक पटेर्वा सुगौली
क्षेत्रफलः १०३.११ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सोनवर्षा |
५,७,९ |
|
|
२ |
गादी |
१-९ |
|
|
३ |
सोनवर्षा |
१-४,६,८ |
|
|
४ |
पटेवा सुगौली |
१-९ |
|
|
५ |
निचुटा |
१-९ |
|
१२. नामः कालिकामाइ गा
‘कालिकामाई’ गाउँपालिका यहाँका प्रसिद्ध मन्दिर कालिकामाई कै नामबाट राखिएको छ । यो गाउँपालिका पर्सा जिल्लाको सदरमुकाम बिरगंज माहानगरपालिका देखी २० कि.मी. पश्चिममा अवस्थित रहेको छ यस गाउँपालिकाको चारकिल्ला हेर्दा पूर्व पोखरिया नगरपालिका, पश्चिममा धोब्नी गाउँपालिका, दक्षिणमा पकहामैनपूर र उतरमा जगरनाथपूर गाउँपालिका सिमाना संग जोडिएको छ ।
कालिकामाई नामबाट परिचित यो गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रुपमा घोषणा भई नेपाल राज्यपत्रमा प्रकाशित मिति २०७४।०४।२६ गते बाट संचालनमा आएको हो । लगभग २४.३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिका समथर भू-भागबाट मिलेर बनेको हुनाले यो गाउँपालिकाको मुख्य पेशा कृषि रहेको छ । यो गाउँपालालिका ५ वडामा विभाजित रहेको साथै यस गाउँपालिकाका साविक गाविसहरु क्रमश: मुडली, भेडिहारी, हरिहरपुर बिर्ता, प्रशुरामपुर र बिरंचिवर्वा मिलेर अवस्थित भएको हो ।
केन्द्रः वडा नं. ३ हरिहरपुर विर्ता
क्षेत्रफलः २४.३३ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मुडली |
१-९ |
|
|
२ |
भेडिहारी |
१-९ |
|
|
३ |
हरिहरपुर बिर्ता |
१-९ |
|
|
४ |
पर्शुरामपुर |
२-९ |
|
|
५ |
बिरन्चीबर्वा |
१-९ |
|
१३. नामः ठोरी गाउँपा
केन्द्रः वडा नं. ४ घ्याङ्ग डाडा
क्षेत्रफलः १२८.६७ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
ठोरी |
१-४ |
|
|
२ |
ठोरी |
५-९ |
|
|
३ |
निर्मलबस्ती |
१-४ |
|
|
४ |
निर्मलबस्ती |
५-९ |
|
|
५ |
सुवर्णपुर |
१-९ |
|
१४. नामः जीराभवानी गा
केन्द्रः साविक सेढवा गा.वि.स.को कार्यालय
क्षेत्रफलः५५.३९ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
महादेवपट्टी |
१-९ |
|
|
२ |
सेढवा |
१-९ |
|
|
३ |
जीतपुर |
१-९ |
|
|
४ |
सुपौली |
१-९ |
|
|
५ |
शंकर सरैया |
१-९ |
|
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला समन्वय समिति पर्सा । याे लेखमा कुनै प्रकारको कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले पर्सा जिल्लाका स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।