Nepali Sahitya Ko Chinari

नेपाली साहित्यको चिनारी

भाषाकै माध्यमबाट साहित्यको अभिव्यक्ति हुन्छ । साहित्य शब्दको क्षेत्र व्यापक वा विस्तृत रहेको छ । संस्कृतमा काव्यलाई नै साहित्य भनिएको पाइएता पनि वर्तमानमा चाहिँ काव्य र साहित्य अलग–अलग अस्तित्वमा रहेका पाइन्छन् । साहित्यले कथा, कविता, उपन्यास, निबन्ध, नाटक आदि सबैलाई समेट्छ । पूर्वीय विद्वान भामहका अनुसार “शब्द र अर्थको सहभाव नै साहित्य हो” । नेपालमा प्रचलित प्रमुख भाषाहरूमा साहित्य सिर्जना भएको छ । यद्यपि त्यस्ता साहित्यको पहिचान हुन नसकेको अवस्था रहेको छ । नेपाली साहित्यको विकास र विस्तारलाई तीन कालमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ ।

(क) प्राथमिक कालः प्रारम्भदेखि वि.स. १९३९ सम्म

सुरुदेखि मोतीराम भट्टको तथा श्रृङ्गारकाल सुरुआत हुनुपूर्वको समय आउँछ । यस अवधिमा निम्न तालिका नं. ७.२ मा उल्लेखित अभिलेखहरू (शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि) र प्राचीन हस्तलिखित ग्रन्थहरूसमेतको समय पनि पर्दछ ।  नेपाली भाषा र साहित्यको अध्ययनको क्रममा प्राचीन हस्तलिखित ग्रन्थहरू पनि  महइभ्वपूर्ण मानिन्छन् । १५ औँ शताब्दीदेखि पाइएका यस्ता प्राचीन ग्रन्थहरू निकै महइभ्वपूर्ण मानिन्छन् ।

जस्तो भास्वती, राजा गगनीराजको यात्रा, खण्डकाव्य, रामशाहको जीवनी, वाजपरीक्षा, ज्वरोत्पत्ति चिकित्सा, प्रायश्चित प्रदीप नृपश्लोकी ग्रन्थ र औषधी रसायन ग्रन्थ, आदि । नेपाली साहित्य लेखनको प्रारम्भ पृथ्वीनारायण शाहको नेपाल एकीकरणको  अभियानसँगै भएको थियो । त्यसैले साहस, पराक्रम, वीरता र पुरुषार्थको कवितात्मक अभिव्यक्तिबाट नेपाली साहित्यको सुरुवात भएको पाइन्छ । सुवानन्द दास नेपालका पहिला कवि मानिन्छ ।

(ख) माध्यमिक कालः वि.स. १९४० देखि १९७४ सम्म

यो समय विलासी राणाहरूको चकचकी युग भएकोले तत्कालीन साहित्यमा पनि यसको प्रभाव पर्न गई श्रृङ्गारिक काव्य तथा कविताहरूको सृजना भएको देखिन्छ । वीरगाथाबाट सुरु भएको नेपाली साहित्ययात्रा प्राथमिक कालमै भक्तिसाधनामा  प्रवेश गरिसकेको थियो । वास्तवमा नेपाली साहित्यको माध्यमिक काललाई मोतीराम भट्टकाल भने पनि हुन्छ । अल्प आयुमा मृत्यु भएका मोतीराम भट्टले छोटो समयमा नै नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका थिए ।

उनले यस कालमा छापाखाना खोली धेरै पुस्तकहरू छपाएका थिए । वि.स. १९४३ मा आफ्नै सम्पादकत्वमा गोरखा भारत जीवन नामक साहित्यिक पत्रिका प्रकाशन गरेका थिए । उनले श्रृङ्गारिक कविताको नेतृत्व गरेका थिए । माध्यमिक कालमा श्रृङ्गारिक कविताहरूमात्र रचिए भन्न मिल्दैन । राणकालको त्यस चरमोत्कर्ष समयमा पनि उत्कृष्ट रचनाहरू रचिएका थिए ।

यस कालमा मोतिरामलगायत शंभुप्रसाद ढुङ्गेल, गोपीनाथ लोहनी, चक्रपाणी चालिसे, सोमनाथ सिग्द्याल, गिरिशवल्लभ जोशी, रामप्रसाद सत्याल, पहलमान सिंह स्वाँर आदि पर्दछन् । माध्यामिक काललाई पूर्वमध्य काल (भक्ति साहित्य) र उत्तरमध्य काल (श्रृङ्गार साहित्य) गरी दुई भागमा विभाजन गरिएको पाइन्छ । भक्ति धारामा पनि कृष्ण भक्ति धारा, रामभक्ति धारा र निर्गुण भक्ति धारा गरी तीन प्रकारका साहित्यहरू पाइन्छ ।

(ग) आधुनिक कालः वि.सं. १९७५ देखि हालसम्म

कवि शिरोमणि लेखनाथ पौड्यालको आगमनसँगै नेपाली साहित्यमा आधुनिक कालको सुरुवात भएको मानिन्छ । उनको ‘ऋतुविचार’ काव्य (वि.सं.१९७३) मा प्रकाशित भएपछि नेपाली कवितामा आधुनिक कालको सुरुवात भएको मानिन्छ ।बालकृष्ण समको ‘मुटुको व्यथा’ नाटक, विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ कथा, पुष्करशमशेरको ‘लक्ष्यहीन’ एकाङ्की र बालकृष्ण समको ‘बोक्सी’लाई आधुनिक साहित्य मानिन्छ ।

नेपाली साहित्यले २००७ सालपछि तीव्र गति तथा उचाइ लिँदै आएको पाइन्छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, मदन पुरस्कारको स्थापनालगायतका  गतिविधिले पनि  हित्यको समृद्धिमा योगदान पु¥याएको पाइन्छ । नेपाली कवितामा थालिएको २०१६–२०१७ सालतिरका आयामेली आन्दोलनले नेपाली साहित्यलाई नयाँ मोड दिएको मानिन्छ । तीस दशकपछि नेपाली कविता दुरुहताको भासबाट  उठ्दै सहजता र कलात्मकतातर्फ उन्मुख भएको पाइन्छ ।

यसपछि कविता फाँटमा नयाँ–नयाँ शैली, प्रयोग र धाराहरू देखापर्न थाले । नेपाली साहित्य पछिल्लो दशकमा आएर उत्तर– आधुनिक चिन्तनबाट प्रभावित  भइरहेको छ । परम्परङ्गत साहित्यिक विधाका स्वरूप र शैलीमा विघटन आएको छ । चिन्तन, शैली र विषयलाई अत्याधुनिक तरिकाले साहित्यमा प्रयोग गरिँदै आएको छ । यसरी नेपाली साहित्य आधुनिक कालसम्म आइपुग्दा धेरै प्रकारका  साहित्यिक कृतिहरू प्रकाशित भइसकेको पाइन्छ ।

नेपाली भाषाका केही साहित्यकार र तिनका प्रमुख कृतिहरू
नाम/उपनाम प्रकाशित पुस्तकहरू
भानुभक्त आचार्य (आदिकवि) बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला,
मोतीराम भट्ट (युवा कवि, श्रृङ्गारिक कवि) पञ्चक प्रपञ्च, पिकदूत, गजेन्द्रमोक्ष, गुफाष्टक, कनक सुन्दरी, प्रियदर्शिका
शम्भुप्रसाद ढुङ्गेल (आशुकवि) शकुन्तला, वीरसिक्का
लेखनाथ पौड्याल (कवि शिरोमणि) ऋतु विचार, बुद्धिविनोद, तरूण तपसी, गंगागौरी, लक्ष्मीपूजा, गौरी गौरव
जयपृथ्वीबहादुर सिंह अक्षरमाला, भूगोल विद्या, पदार्थतइभ्व, शिक्षा दर्पण, व्यवहारमाला, तत्व प्रशंसा
पहलमानसिंह स्वाँर अटल बहादुर, एकलाख रूपैयाँको चोरी
सूर्यविक्रम ज्ञवाली द्रव्य शाह, रामशाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, नेपाली संक्षिप्त शब्दकोश
गुरुप्रसाद मैनाली नासो
बालकृष्ण समशेर राणा (बालकृष्ण सम, नाट्य सम्राट) मुटुको व्यथा, प्रल्हाद, मुकुन्द इन्दिरा, अन्धवेग, भक्तभानुभक्त, म, प्रेम पिण्ड, अमरसिंह, माटोको ममता, भिमसेनको अन्त्य, मोतिराम, ऊ मरेकी छैन, नियमित आकस्मिकता
लक्ष्मीप्रसाद देवकाटा (महाकवि) पहाडी पुकार, सुनको बिहान, छहरा, पुतली, मृत्यु शैयाबाट, आकाश बोल्छ, मैना, रावण जटायु युद्ध, शाकुन्तल, सुलोचना, महाराणा प्रताप, पृथ्वीराज चौहान, मुनामदन, चम्पा, लक्ष्मी कथा सङ्ग्रह, लक्ष्मी निबन्ध सङ्ग्रह
भिमनिधि तिवारी सहनशीला सुशिला, पुतली, चौतारा, लक्ष्मीनारायण, माटोको माया, कविता कुन्ज, विस्फोट
भवानी दास गुप्ता (भवानी भिक्षु गुनकेशरी, मैया साहेव, आवर्त, छायाँ, प्रकाश, आगत
चन्द्रप्रसाद प्रधान (हृदयचन्द्रसिं प्रधान) भूस्वर्ग, जुँगा, अफसोस, गंगालालको चिता, स्वास्नीमान्छे, एकचिहान
सिद्धिचरण श्रेष्ठ (युगकवि) कोपिला, मेरो प्रतिविम्ब, कुहिरो र घाम, उर्वसी, आँसु, भिमसेन थापा
गोपालप्रसाद रिमाल आमाको सपना, मसान, यो प्रेम
डायमन शमशेर राणा वसन्ती, सेतो बाघ, सत्प्रयास, अनिता गृह प्रवेश
गोविन्दबहादुर मल्ल (गोठाले कथैकथा, प्रेम र मृत्यु, भुसको आगो, च्यातिएको पर्दा, भोको घर
शिवकुमार राई फ्रान्टियर, खहरे, डाँक बंगला, डाँफेचरी
गोविन्दप्रसाद प्रधान (कृष्णचद्रसिंह प्रधान) भञ्ज्याङ निरै, शालिक, आगतमा पाइला टेकेर
माधवप्रसाद घिमिरे (राष्ट्र कवि) नवमञ्जरी, घामपानी, किन्नर किन्नरी, बाला लहरी, गौरी, राजेश्वरी, पापिनी आमा, राष्ट्र निर्माता, शकुन्तला, मालतिमंगले, आफ्नै बाँसुरी आफ्नै गीत
इन्द्रबहादुर राई विपना कतिपय, कथास्था, आज रमिता छ
कमलमणि दीक्षित
 
यस्तो पनि, कालो अक्षर, कागतीको सिरप, बुकी सुन, सग्लो अक्षर
भूपेन्द्रमान शेरचन (भूपि शेरचन) घुम्ने मेचमाथि अन्धो मान्छे, परिवर्तन, मैनबत्तीको शिखा
भैरव अर्याल जयभुँडी, काउकुती, गलबन्दी, दश औतार
वानिरा गिरी एउटा जिउँदो जंगबहादुर, कारङ्गार, निबन्ध
विष्णुकुमारी वाइवा (पारिजात) शीरिषको फूल, मैले नजन्माएको छोरो, पर्खाल भित्र र बाहिर, महत्ताहीन, वैशको मान्छे, अन्तर्मुखी, आकांक्षा
झमककुमारी घिमिरे जीवन काँडा कि फूल, सङ्कल्प, आफ्नै  चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, अवसान पछिको आगमन, झमक घिमिरेका कविताहरू
केदारमान सिंह (व्यथित) संगम, प्रणव, आवाज, त्रिवेणी, मेरो सपनामा हाम्रो देश र हामी
विश्वेश्वरप्रसाद कोइराला सुम्निमा, दोषी चस्मा, मोदी आइन, हिटलर र यहुदी, बुबा, आमा र छोरा, आफ्नो कथा
गणेशबहादुर थुलुङ (गणेश
रसिक)
क्षितिजलाई छुन खोज्दा, जब सिस्नुहरू टेक्दै
हिडेँ
तुलसीप्रसाद जोशी (तुलसी दिवस) नेपाली लोककथा संग्रह, तुलसी दिवसको कविता
महेन्द्र वीर विक्रम शाहदेव (म.वी.वि. शाह) उसैका लागि, फेरि उसैका लागि
तिलविक्रम नेम्वाङ (वैरङ्गी काइँला) वैरङ्गी काइँलाको कविताहरू
वासुदेव लुइटेल (भूतको भिनाजु ) वैरङ्गयशतक, भूत छैन, काकाका कुरा, भीमसेन पाती
मेघराज नेपाल (मञ्जुल) सम्झनाका पाइलाहरू, साँहिली मोरीलाई, गायक यात्री
मोदनाथ पौडेल (प्रश्रित) झाँसीकी रानी, केही सांस्कृतिक निबन्धहरू, मानव महाकाव्य, आमाको आसुँ, नारी बन्धन र मुक्ति
रामेश्वरप्रसाद शर्मा चालिसे (रमेश विकल) सिंगारी बाख्रो, लाहुरी भैँसी, नयाँ सडकको गीत, विरानो देशमा, उर्मिला भाउजू, एउटा बुढो भ्वाइलिनः आशावरीको धुनमा
चेतमानसिंह भण्डारी (मनु ब्राजाकी) भ¥याङ, अवमूल्यन, आकाशको फूल, तिम्री स्वास्नी र म, लाटा, अन्नपूर्णाको भोज
तारानाथ शर्मा भण्डारी (ताना शर्मा मेरो कथा, ओझेल पर्दा, सुली, झझल्को, नेपालदेखि अमेरिकासम्म
रमोलादेवी शाह (छिन्नलता) अन्तरभावना, अन्तर्तरङ्ग, अन्तस्र्पन्दन
अच्छा राई (रसिक) सप्तकोशी, भूँडी, लगन, दोभान
लोकनाथ पन्त (गुमानी पन्त) रामनाम पञ्चाशिका, गंगा शतक, कृष्णाष्टकम्
शम्भुप्रसाद ढुङ्गेल (आशुकवि) रत्नावली, शुकसागर, तोतामैनाको कथा
गोपाल पाण्डे (असीम) राष्ट्रभाषा र साहित्य (विवेचना)
गोपीनाथ मैनाली (पथिक) अवसाद अभिनयी, आँखाभरी रमिता मनभरी वेदना, युगकवि सिद्धिचरण ः कृति र प्रवृत्ति विश्लेषण
फणिन्द्रराज भट्टराई (खेताला) छाँगो र छायाँ, नागफनी र स्वास्नीमान्छे, मूर्ति बोल्छ
विष्णुराज आत्रेय (लाटोसाथी) हामीभित्रका म, ढाक्रे, कपिलवस्तु
मोहन राई (दुखुन) जलन, प्रेम एउटा अभिशाप, मन्दाकिनी
चुडामणि बन्धु उपध्याय (बन्धु भाषाविज्ञान, अनुसन्धान प्रवन्धको रूप र शैली
शंकर कोइराला खैरेनीघाट
नेत्रमणि सुवेदी नेत्र (एटम) उपन्यास सिद्धान्त र नेपाली उपन्यास
मञ्जु तिवारी (काँचुली) किरणका छालहरू, केही कथा केही परिधि
सत्यमोहन जोशी हाम्रो लोक संस्कृति, नेपाली राष्ट्रिय मुद्रा, कर्णाली संस्कृति
भक्तबहादुर श्रेष्ठ (सरुभक्त) कवि प्रेमी र पागल, युद्ध उही ग्याँस चेम्वरभित्र, इतिहासभित्रको इतिहास, इथर, तरुनी खेती, पागल बस्ती, समय त्रासदी
वासुदेव श्रेष्ठ (पासा) फिलिङ्गो, फर्केर हेर्दा , किसान, पर्दा, समाज
दयाराम श्रेष्ठ संभव सन्दर्भ र मूल्याङ्कन, भारतीय नेपाली कथा, वीरकालीन कविता
युवराज मैनाली मुर्दा बोल्यो, केही प्रतिभा केही प्रवृत्ति, भ्रष्टाचारको भाङ
मोहनराज ढकाल शर्मा (मोराश) च्याँखे धर्ना, रस चिनारी, कोर्रा, खैवरी
 नारायण वाग्ले पल्पसा क्याफे, मयुर टाइम्स
लिलाध्वज थापा मन
शङ्कर लामिछाने अब्स्ट्रयाक्ट चिन्तन र प्याज
दौलत विक्रम विष्ट चपाइएका अनुहार, ज्योति ज्योति महाज्योति
अमर न्यौपाने सेतो धरती
जगदीश घिमिरे अन्तरमनको यात्रा, सकस
कर्ण शाक्य सोच, खोज, मोज, म सक्छु र डोल्पो
ध्रुवचन्द्र गौतम अलिखित, तथाकथित, त्यो एउटा कुरा, अँध्यारो द्वीपमा
कृष्ण धाराबासी झोला, गेस्टापो, टुँडाल, शरणार्थी
मदनमणि दीक्षित माधवी, स्वेतकाली
शारदा शर्मा ताप
महेशविक्रम शाह छापामारको छोरो, सिपाहीकी स्वास्नी
राजन मुकारुङ दमिनी भीर
तारालाल श्रेष्ठ सपनाको समाधि
नयनराज पाण्डे लु, उलार, सल्लीपिर, घामकिरी, यार
धनुषचन्द्र गोतामे घामका पाइलाहरू, यहाँदेखि त्यहाँसम्म
केशवराज पिँडाली एकादेशकी महारानी, बाँच्ने एउटा जिन्दगी
राजेश्वर देवकोटा उत्सर्ग प्रेम
धूस्वाँ सायमी गंकी
वासु शशी फुल ओइलाएपछि
लीलबहादुर क्षेत्री बसाइँ, बह्मपुत्रको छेउछाउ
रुद्रराज पाण्डे रूपमती
परशु प्रधान सबै बिर्सिएका अनुहार, प्रतिनिधि कथाहरू
मनुजबाबु मिश्र स्वप्न सम्मेलन, काँडाका फुलहरू
ईश्वर वल्लभ आगोका फुलहरू हुन् आगोका फुलहरू हैनन्
मोहन कोइराला ऋतु निमन्त्रण
दिनेश अधिकारी अतिरिक्त अभिलेख, इन्द्रजात्रा
हरिवंश आचार्य चिना हराएको मान्छे, हरिबहादुर
मदनकृष्ण श्रेष्ठ महको म
कुन्दन शर्मा एउटी छोरीको कथा, मेरा कविताहरू, योमन
कृष्णप्रसाद पराजुली कलिलो घाम
कालीप्रसाद रिजाल के छर जिन्दगी बिताइदिन्छु, यो प्रश्न कोसित सोधौँ
क्षेत्रप्रताप अधिकारी गामबेसीका गीत, नपूmलेका पूmलहरू
श्रवण मुकारुङ जीवनको लक्ष्य
प्रह्लाद पोखरेल जीवन्त यात्रा, सारथि
श्यामदास वैष्णव नयाँ लहर
जगदीश शमशेर राणा नरसिंह अवतार
वासुदेव त्रिपाठी नवपल्लव
मुकुन्दशरण उपाध्याय प्राकृत पोखरा
हरिभक्त कटुवाल बदनाम मेरा यी आँखाहरू
कणाद महर्षि भतेर र आँखाहरू
राजेन्द्र थापा यसपाली त मनै फाट्यो
दैवज्ञराज न्यौपाने सिर्जनाको लहर
कृष्ण प्रधान सूर्य स्नान
भाउ पन्थी अद्यापि र अरू कथा
किशोर नेपाल अर्कै प्रस्तर
अशेष मल्ल अर्धविराम
पोषण पाण्डे आँखी  झ्याल, मानस
गोपाल पराजुली दिशाहीन आकास
कुमार ज्ञवाली बन्दी जीवन, भत्केको गुँड
लोकेन्द्रबहादुर चन्द विसर्जन, हिउँको तन्ना
अनिता तुलाधर सूर्य ग्रहण
विजयकुमार पाण्डे खुसी
बुद्धिसागर कर्णाली ब्लुज, फिरफिरे
सुरेश प्राञ्जली तुइन

श्रोतः नेपाल सरकार सुचना विभाग

Leave a Comment

Your email address will not be published.