नेपालमा प्रचलित काष्ठकला
लिच्छविकालीन काष्ठकला कृतिहरू उपलब्ध छैनन् । तर उक्त समयमा दरबार, मन्दिर, विहार घरहरूमा काठको प्रयोग हुन्थ्यो । कलाशास्त्रीहरूको भनाई अनुसार ६४ कला हुन्छन् । तिनीहरुमध्ये एक ललितकला विधामा समेटिएको कला काष्ठकला हो । नेपालमा काष्ठकला प्राचीनकालदेखि नै प्रयोग गरिदैं लिच्छवीकालमा निकै प्रचलित हुँदै मल्लकालमा यसको व्यापक विकास भएको देखिन्छ । पुराना पाटी, पौवा, सत्तल, मन्दिर, विहार, दरबार र घरहरुका झ्यालढोकाहरु, भित्ता तथा तिनमा कुँदिएका आकृतिक, थाम, टुँडाल, दलिन, निदाल, तोरण, मण्डल आदि पुराना काष्ठकलाका उत्कृष्ट नमूना हुन् । यस्ता अमर नमूनाहरु मल्लकालीन समयदेखि अहिलेसम्म पनि केही मात्रामा जीवित अवस्थामा रहेका छन् ।
लिच्छवीकाल तथा मल्लकालका काष्ठकलाहरु पूर्णतः धार्मिक भावनाबाट प्रेरित भएको पाइन्छ । त्यसवखत विकसित हुन पुगेका विभिन्न काष्ठकलाका नमूनाहरु शास्त्रीय शैली र धार्मिक घटनासँग सम्बन्धित भएर प्रकट भएका छन् । नेपाली काष्ठकलामा विभिन्न शैलीको प्रयोग भएको पाइन्छ । शिखर शैली, विहार शैली, आधुनिक शैली आदि विभिन्न मिश्रण पाइन्छ । विहार शैलीमा करुणामय मन्दिर र शिखर शैलीमा उग्रचण्डी भगवती मन्दिरलाई र आधुनिक शैलीमा यहाँ रहेका कलात्मक झ्यालहरु भएका घर तथा पाटीपौवाहरुलाई लिन सकिन्छ ।
झ्याल र ढोकाहरू
उपत्यकाका विभिन्न स्मारकहरूमा विभिन्न आकार प्रकारमा काठका कलात्मक झ्यालहरू पाइन्छन् । काष्ठकलाको अर्को नमूनाको रुपमा झ्यालहरुलाई लिन सकिन्छ । त्यसैगरी काष्ठकलाको उत्कृष्ट कारिगरी ढोकाको चौकोस, ठाम र खापाहरुमा पाइन्छ । मल्लकालमा गो झ्या, पासुका झ्या, सँ झ्या, टिकी झ्या, न्यापाः झ्या, कुँ झ्या, मयूर झ्या आदि झ्यालहरु मन्दिर बाहेक नै सर्वसाधारणका घरहरुमा पाइन्छ । नाला क्षेत्रमा यस्ता झ्यालहरु टोलैपिच्छे अनगिन्तीरुपमा पाइन्छ । मयूर झ्याल, देसेमरु झ्या, कुमारी घरको झ्यालहरू, ५५ झ्याले दरबारका झ्यालहरू आदि काष्ठ कलाकृतिका उत्कृष्ट नमुना हुन् ।

टुँडाल
पूर्वमध्यकालदेखिका काष्ठ कलाकृतिहरू प्राप्त भएका छन् । बाह्रौँ, १३ औँ शताब्दीतिरका पाटन क्षद्रवर्ग महाविहारका सालभजिका मुद्राका टुँडालहरू, ११ औं शताब्दीका काठमाडौँको इटुमवहालका टुँडाल, १२/१३ औं शताब्दीका पनौती इन्द्रेश्वर मन्दिरका टुँडाल आदि पूर्व मध्यकालीन काष्ठ कलाका विशिष्ट नमुना हुन् ।

मध्यकालीन तले शैलीका मन्दिरलगायतका स्मारकहरूमा प्रयोग भएका टुंडालहरू नै काष्ठ कलाका उत्कृष्ट उदाहरणहरू हुन् । स्मारकको छानालाई थाम्न ४५ को कोणमा राखिने साधा वा कलात्मक काठलाई टुँडाल भनिन्छ ।
टुँडालका सम्वन्धमा Onlinekhabar.com लेख्छ ललितपुर पाटन दरबार क्षेत्रको चार नारायण, हनुमान ढोका दरबारको विश्वनाथ, भक्तपुरको दत्तात्रय मन्दिर जस्ता मन्दिरमा जाँदा मूल मन्दिरको ढोका माथिको चारै तर्फ हेर्नुहोस् अनेकन यौन आसन देख्नुहुनेछ ।
विभिन्न कलाकृतिका अश्लील जस्ता लाग्ने अकृति माथि कल्पवृक्षका पात र लहरा समेत कताकतै देख्न सकिन्छ । त्यसको मुनी रासलीलामा मस्त भगवान वा जोगी जस्ता लाग्ने आकृति पनि देख्न सकिन्छ । यति मात्रै होइन । त्यही टुँडाल भरी नै सबै किसिमका यौन जीवनको पूर्ण कथा प्रस्तुत गरिएको हुन्छ ।
प्राचीन कला कौशलले सजिएका काठमाडौंका कैयौं मन्दिरमा पाइने यो कलाकृतिहरु प्राचीन समाज यौनको विषयमा संकुचित थिएन भन्ने प्रमाण पनि हो । जसरी विभिन्न अधिकरणहरुको गठन गरेर लिच्छविकालमा यौन जीवनलाई व्यवस्थित गराउने प्रयास गरिएको थियो, त्यस्तै ज्ञानको लागि यी मन्दिरका टुँडालहरुको प्रयोग गरिएको हुनसक्ने पनि मान्न सकिन्छ ।
मन्दिरमा विभिन्न किसिमका कलाकृतिहरु लिच्छविकालदेखि नै व्यापक मात्रामा हुने गरेको पाइन्छ । सुनको जलप लगाइएको पित्तलको गजुर, प्यागोडा शैलीको तीनतले मन्दिर, छानामा तामाले छाएका छन् । नेपालको लिच्छविकालका राजा मानदेवको पालाको मन्दिरहरुमा त्यतिबेलै पनि टुँडाल र झ्यालहरू कलात्मक काठबाट बनेको पाइन्छ । धातुले मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घण्टा र अन्य देवदेवीका मूर्तिले भरिपूर्ण पाइन्छ ।
तोरण
सोह्रौँ शताब्दीको इटुमवहालको तोरण, १७ औँ शताब्दीको भक्तपुर दरबारको मूलचोकको तोरण, प्रतापमल्लको समयको छुस्या वहालको तोरण, उपत्यकाका अरू मन्दिरहरूमा रहेका तोरण आदि प्रवेशद्वारमाथि रहने अर्ध वृत्ताकार तोरण हुन् ।

नेपालमा प्रचलित केही गीत, सङ्गीत र नृत्य कला
भौगोलिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समााजमा चाडपर्व, मौसम, खेतीपाती तथा अन्य अवसरहरूमा प्रचलित गीत तथा नृत्यहरू पाइन्छ । यिनमा अलग–अलग स्वर, भाका, मिठास र उमङ्ग भरिएका हुन्छन् । नेपालमा प्रचलित केही गीत सङ्गीत तथा नृत्यहरू देहायबमोजिम रहेका छन ।
मालसिरी | दोहोरी/जुहारी | मैथिली |
सिल | सोरठी | भोजपुरी |
तीज/गौरा | देउडा | मारुनी |
समला | चुस्का | कौडा |
भजन चुटका/ वालन | झोरा | बिरहीनी |
भैलो/देउसी | बाह्रमासे | असारे |
सङ्गीनी | झ्याउरे | ठाडोभाका |
घाटु | तामाङ सेलो | सेप्रु |
भक्ति किर्तन | च्याब्रुङ | झाँगर |
झिझिया | होली | गाइने गीत |
छिन्ताङ मई | रत्यौली | छ्याली |