janagadana 2078

नेपालको सामाजिक जीवन तथा संस्कृति

क्षेत्रफलको हिसाबले नेपाल विश्वको मध्यम आकारको मुलुक मानिन्छ । यद्यपि नेपाल विविधताले भरिपूर्ण छ । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो ।

क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङ जस्ता जनसङ्ख्याको आकारका हिसाबले ठुला जनजातिलगायतका १४२ जातजातिका मानिसहरू यहाँ बस्छन् । यिनीहरूको मातृभाषाको रूपमा आ–आफ्नै भाषा छन् ।

यहाँ १० ओटा धर्म मान्ने मानिसहरू बस्छन् । हिन्दू धर्म मान्ने मानिसहरू शिव, गणेश, विष्णु, दुर्गा आदिको पूजा गर्छन् । यिनीहरूमध्ये धेरै जसो मस्टोलाई कुलदेवता मान्दछन् । बुद्ध धर्मका अनुयायीहरूले भगवान् बुद्धलाई पूजा गर्छन् । इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई अल्लाह भन्दछन् । इसाई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टको प्रार्थना गर्दछन् ।

किराँत धर्म मान्नेहरू पारुहाङ र सुङनिमा (सुम्निमा) लाई मान्दछन् । नेपाल संस्कृतिमा धनी राष्ट्र हो । बहुभाषी, बहुजाति र बहुधर्मका मानिसका आ–आफ्नै भेषभूषा र संस्कृति छन् । व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हुन्छ । समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषाभाषी, भेषभूषा, खानपान, रहनसहन, चाडपर्व, उत्सव आदि भएका मानिसहरू बसोवास गर्दछन् ।

यसैअनुरूप समाजमा विभिन्न गतिविधि हुने गर्दछ । समाजमा हुने विभिन्न राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक गतिविधिदेखि लिएर ज्ञान–विज्ञान, साहित्य, कला, मनोरञ्जन आदि जस्ता सम्पूर्ण गतिविधि राष्ट्रलाई पहिचान गराउने तत्वहरू हुन् ।

 

Nepali Jat Jati
फोटो श्रोत नेपाल परिचय

नेपालका सूचीकृत आदिवासी जनजातिहरू
नेपाल सरकारले ५८ आदिवासी जनजातीहरू सूचीकरण गरेको छ । नेपालमा आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले पिछडिएका जाति जनजातिहरूको उत्थान गर्ने उद्देश्यले वि.सं. २०५४ असारमा राष्ट्रिय जनजाति विकास समिति गठन गरिएको छ । साझा भूगोल, साझा भाषा तथा आफ्नै प्रकारको धर्म, संस्कृति मूल्य मान्यतासहितको विशिष्ट पहिचान बोकेका आदिवासी जनजातिहरूको सङ्ख्या निकै ठुलो रहेको छ ।

बसोवास, रहनसहन र भेषभूषा
नेपालको धरातलीय विविधता र हावापानीको विविधताबीच गहिरो र सीधा सम्बन्ध छ । धरातलीय विविधता र हावापानीको विविधताका कारण नै त्यहाँ बस्ने मानिसहरूको बसोवास, रहनसहन र भेषभूषामा पनि विविधता रहेको छ । धरातली विभाजनअनुसार तराई, पहाड र हिमालको बसोवास, रहनसहन र भेषभूषामा भएको विविधतालाई तल चर्चा गरिएको छ ।

पछिल्लो जनगणना २०७८ अनुसार जातिगत जनसङ्ख्या विवरण 

क्र.सं. जातजातिहरू जम्मा जनसंख्या जम्मा %
क्षेत्री Kshatri ४७९६९९५ १६.४५
ब्राह्मण-पहाडी Brahman – Hill ३२९२३७३ ११.२९
मगर Magar २०१३४९८ ६.९
थारू Tharu १८०७१२४ ६.२
तामाङ Tamang १६३९८६६ ५.६२
विश्वकर्मा Bishwokarma १४७००१० ५.०४
मुसलमान Musalman १४१८६७७ ४.८६
यादव Yadav १२२८५८१ ४.२१
१० राई Rai ६४०६७४ २.२
११ परियार Pariyar ५६५९३२ १.९४
१२ गुरुङ Gurung ५४३७९० १.८६
१३ ठकुरी Thakuri ४९४४७० १.७
१४ मिजार Mijar ४५२२२९ १.५५
१५ तेली Teli ४३१३४७ १.४८
१६ याक्थुङ/लिम्बू Yakthung/Limbu ४१४७०४ १.४२
१७ चमार/हरिजन/राम Chamar/Harijan/Ram ३९३२५५ १.३५
१८ कोइरी/कुशवाहा Koiri/Kushwaha ३५५७०७ १.२२
१९ कुर्मी Kurmi २७७७८६ ०.९५
२० मुसहर Musahar २६४९७४ ०.९१
२१ धानुक Dhanuk २५२१०५ ०.८६
२२ दुसाध/पासवान/पासी Dusadh/Pasawan/Pasi २५०९७७ ०.८६
२३ ब्राह्मण-तराई Brahman – Tarai २१७७७४ ०.७५
२४ मल्लाह Mallaha २०७००६ ०.७१
२५ सन्यासी/दसनामी Sanyasi/Dasnami १९८८४९ ०.६८
२६ केवट Kewat १८४२९८ ०.६३
२७ कानू Kanu १५२८६८ ०.५२
२८ हजाम/ठाकुर Hajam/Thakur १३६४८७ ०.४७
२९ कलवार Kalwar १३४९१४ ०.४६
३० राजबंशी Rajbansi १३२५६४ ०.४५
३१ शेर्पा Sherpa १३०६३७ ०.४५
३२ कुमाल Kumal १२९७०२ ०.४४
३३ तत्मा/तत्वा Tatma/Tatwa १२६०१८ ०.४३
३४ खत्वे Khatwe १२४०६२ ०.४३
३५ घर्ती/भुजेल Gharti/Bhujel १२०२४५ ०.४१
३६ माझी Majhi १११३५२ ०.३८
३७ नुन्निया Nuniya १०८७२३ ०.३७
३८ सुन्डी Sundi १०७३८० ०.३७
३९ धोवी Dhobi १०१०८९ ०.३५
४० लोहार Lohar १००६८० ०.३५
४१ बिन/बिन्दा Bin/Binda ९६९७४ ०.३३
४२ कम्हर Kumhar ९५७२४ ०.३३
४३ सोनार Sonar ९३३८० ०.३२
४४ चेपाङ/प्रजा Chepang/Praja ८४३६४ ०.२९
४५ रानाथारू Ranatharu ८३३०८ ०.२९
४६ दनुवार Danuwar ८२७८४ ०.२८
४७ सुनुवार Sunuwar ७८९१० ०.२७
४८ हलवाई Haluwai ७१७९६ ०.२५
४९ बरई Baraee ६८०११ ०.२३
५० बाँतर/सर्दार Bantar/Sardar ६१६८७ ०.२१
५१ काहर Kahar ५९८८२ ०.२१
५२ सन्थाल Santhal ५७३१० ०.२
५३ बानियाँ Baniya ५३६५५ ०.१८
५४ खतबनियन Kathabaniyan ५२४६६ ०.१८
५५ बाधी Badhaee ५२४३७ ०.१८
५६ उराँउ Oraon/Kudukh ४६८४० ०.१६
५७ राजप्त Rajput ४६५७७ ०.१६
५८ अमत Amat ४६४७१ ०.१६
५९ गनगाई Gangai ४१४४६ ०.१४
६० लोध Lodh ३९८७२ ०.१४
६१ गडेरी/भेडियार Gaderi/Bhediyar ३५४९७ ०.१२
६२ घले Ghale ३५४३४ ०.१२
६३ मारवाडी Marwadi ३३८०३ ०.१२
६४ कायस्थ Kayastha ३३५०२ ०.११
६५ कुलुङ Kulung ३३३८८ ०.११
६६ थामी Thami ३२७४३ ०.११
६७ भूमिहार Bhumihar ३२१९९ ०.११
६८ राजभर Rajbhar २९२४० ०.१
६९ रौनियार Rauniyar २७२५८ ०.०९
७० धिमाल Dhimal २५६४३ ०.०९
७१ खवास Khawas २२५५१
७२ ताजपुरिया  Tajpuriya २०९८९ ०.०७
७३ कोइरी Koiri २०६७० ०.०७
७४ डोम Dom १९९०१ ०.०७
७५ माली Mali १९६०५ ०.०७
७६ दराई Darai १८६९५ ०.०६
७७ याक्खा Yakkha १७४६० ०.०६
७८ भोटे Bhote १५८१८ ०.०५
७९ बान्तवा Bantawa १५७१९ ०.०५
८० राजधोब Rajdhob १५३९१ ०.०५
८१ धोनिया Dhunia १५०३३ ०.०५
८२ पहरी Pahari १५०१५ ०.०५
८३ ब‌ङ्गाली Bangali १३८०० ०.०५
८४ गोंड Gondh/Gond १२२६७ ०.०४
८५ चाम्लिङ Chamling १२१७८ ०.०४
८६ छन्त्याल/छन्तेल Chhantyal/Chhantel ११९६३ ०.०४
८७ थकाली Thakali ११७४१ ०.०४
८८ बादी Badi ११४७० ०.०४
८९ बोटे Bote ११२५८ ०.०४
९० पुन Pun ९८२७ ०.०३
९१ ह्योल्मो/ह्योल्मोपा Hyolmo/Yholmopa ९८१९ ०.०३
९२ खतिक Khatik ९१५२ ०.०३
९३ याम्फु Yamphu ९१११ ०.०३
९४ केवारत Kewarat ८८०९ ०.०३
९५ बराम/बरामू Baram / Baramu ७८५९ ०.०३
९६ देव Dev ७४१८ ०.०३
९७ नाछिरिङ Nachhiring ७३०० ०.०३
९८ गाइने Gaine ६९७१ ०.०२
९९ बाहिङ Bahing ६५४७ ०.०२
१०० थुलुङ Thulung ६२३९ ०.०२
१०१ जिरेल Jirel ६०३१ ०.०२
१०२ खालिङ Khaling ५८८९ ०.०२
१०३ आठपहरिया Aathpahariya ५८७८ ०.०२
१०४ डोल्पो Dolpo ५८१८ ०.०२
१०५ सररिया Sarbaria ५७९३ ०.०२
१०६ मेवाहाङ Mewahang ५७२७ ०.०२
१०७ व्यासी/सौका Byasi/Sauka ५७१८ ०.०२
१०८ १०८ दूरा ५५८१ ०.०२
१०९ मेचे Meche ५१९३ ०.०२
११० राजी Raji ५१२५ ०.०२
१११ साम्पाङ Sampang ४८४१ ०.०२
११२ चाइ/खुलौत Chai/Khulaut ४८०५ ०.०२
११३ चुम्बा/नुव्री Chumba/Nubri ४४१४ ०.०२
११४ धनकर/धरीकर Dhankar/Dharikar ४०९० ०.०१
११५ मुन्डा Munda ३५८९ ०.०१
११६ लेप्चा Lepcha ३५७८ ०.०१
११७ पत्थरकट्टा / कुश्वादिया

Pattharkatta/ Kushwadiya

३३४३ ०.०१
११८ हाय Hayu ३०६९ ०.०१
११९ बेल्दार Beldar ३०३७ ०.०१
१२० हल्खोर Halkhor २९२९ ०.०१
१२१ नत्वा Natuwa २८९६ ०.०१
१२२ लोहारुङ Loharung २५९८ ०.०१
१२३ कमार Kamar २५३२ ०.०१
१२४ धन्दी Dhandi २३३९ ०.०१
१२५ दोने Done २१२५ ०.०१
१२६ मुगल/मुगुम Mugal/Mugum २१२४ ०.०१

श्रोतः नेपाल परिचय, नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय  र राष्ट्रिय तथ्याङ्क कार्यालय

पछिल्लो अध्याविधक २०८१ पाैष २० गते

 

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *