नेपालको [राष्ट्रिय गान]


रचनाकार : प्रदिप कुमार राई (व्याकुल माईला)

सङ्गीतकार : अम्बर गुरुङ

 

सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली

सार्वभौम भै फैलिएका, मेची महाकाली ।  

 

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल ।

 

ज्ञानभूमि, शान्तिभूमी तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल ।

 

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *