janagadana 2078

नेपालका प्रमुख साहित्यिक पुरस्कार

मदन पुरस्कार
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरु भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम ४ हजार रहेकोमा स्वर्ण वर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २ लाख भएकोमा २०७५ सालदेखि पुरस्कार राशि ४ लाख रुपैयाँ बनाइएको छ। वि.सं. २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएको थिएन । मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा प्रकाशित भएका उत्कृष्ट कृतिहरूमध्ये एकलाई प्रदान गरिने पुरस्कार हो ।

मदन पुरस्कार पाउने केही कृति र स्रष्टाहरू

१)स्रष्टाको नाम -सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी
कृति – ‘हाम्रो लोकसंस्कृति’ ‘जनरल भीमसेन थापा’ र ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’
साल – २०१३ पहिलो पटक

२)स्रष्टाको नाम – राजन मुकारुङ
कृति – दमिनी भिर
साल- २०६९

३) स्रष्टाको नाम – राधा पौडेल
कृति – खलङ्गामा हमला
साल- २०७०

४) स्रष्टाको नाम – विजय कुमार
कृति -खुसी
साल- २०७१

५) स्रष्टाको नाम – रामलाल जोशी
कृति -ऐना
साल- २०७२

६) स्रष्टाको नाम – घनश्याम कँडेल
कृति – धृतराष्ट्र
साल- २०७३

७) स्रष्टाको नाम – निलम कार्की ‘निहारिका’
कृति – योगमाया
साल- २०७४

८) स्रष्टाको नाम – योगेश राज

कृति -रणहार
साल- २०७५

९)  स्रष्टाको नाम -चन्द्रप्रकाश बानियाँ
कृति -महारानी
साल- २०७६

१०) स्रष्टाको नाम – भगिराज इनाम

कृति – लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह संवत् १७१९-२०२०

साल – २०७७

११) स्रष्टाको नाम – डा. नवराज लम्साल
कृति – अग्नि
साल – २०७८

१२)स्रष्टाको नाम -विवेद ओझा
कृति – एैजन
साल – २०७९

१३) स्रष्टाको नाम -मोहन मैनाली

कृति – मुकाम रणमैदान
साल – २०८०

जगदम्बाश्री पुरस्कार
रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको १ लाख राशिको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रु. ४ लाख प्रदान गर्ने गरिएको छ। २०४५ सालमा नारायणगोपाल गुरुवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए । जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

जगदम्बाश्री पुरस्कार पाउने केही कृति र स्रष्टाहरू

१) स्रष्टाको नाम- नारायणगोपाल गुरुवाचार्य
साल-२०४५ (पहिलो पटक)

२) स्रष्टाको नाम- श्री लीलाबहादुर क्षत्री
साल- २०७२

३) स्रष्टाको नाम- श्री दुर्गा बराल (वात्स्यायन)
साल- २०७३

४) स्रष्टाको नाम-  श्री शान्तदास मानन्धर
साल-२०७४

५) स्रष्टाको नाम- वैरागी काइँला (तिलविक्रम नेम्वाङ)
साल- २०७५

६) स्रष्टाको नाम- शान्ति ठटाल
साल- २०७६

७) स्रष्टाको नाम- भैरवबहादुर थापा
साल-२०७७

८) स्रष्टाको नाम- दुर्गाप्रसाद श्रेष्ठ
साल- २०७८

९) स्रष्टाको नाम- टेकवीर मुखिया
साल- २०७९

साझा पुरस्कार
साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो । साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिन्छ। यस पुरस्कारको स्थापना वि.सं. २०२६ सालमा भएको हो । भूपी शेरचनद्वारा लिखित र साझा प्रकाशनले बजारमा ल्याएको ‘घुम्ने मेचमाथि अन्धो मान्छे ’ कवितासङ्ग्रह साझा पुरस्कार (२०२६) प्राप्त गर्ने पहिलो कृति हो । यस पुरस्कारको राशि ५१ हजार रहेको छ।

कृति वर्ष (वि.सं.) व्यक्ति
घुम्ने मेचमाथि अन्धो मान्छे २०२६ भूपी शेरचन
एक बाटो अनेक मोड २०२७ विजय मल्ल
सम र समका कृति २०२८ तारानाथ शर्मा
भीमसेनको अन्त्य २०२९ बालकृष्ण सम
मोहन कोइरालाका कविता २०३० मोहन कोइराला
वैरागी काइँलाका कविताहरू २०३१ वैरागी काइँला
आगत २०३२ भवानी भिक्षु
शाहकालीन कला र वास्तुकला २०३३ डा. जगदीशचन्द्र रेग्मी
प्रत्येक ठाउँ प्रत्येक मान्छे २०३४ पिटर जे. कार्थक
घामका पाइलाहरू २०३५ ध.च. गोतामे
देवकोटा २०३६ चुडामणि बन्धु
नेपाली उपन्यास र उपन्यासकार २०३७ कृष्णचन्द्रसिंह प्रधान
समान्तर २०३८ ईश्वरवल्लभ
हाम्रो समाजः एक अध्ययन २०३९ जनकलाल शर्मा
माधवी २०३९ मदनमणि दीक्षित
ऋतु निमन्त्रण २०४० मोहन कोइराला
सडकदेखि सडकसम्म २०४१ अशेष मल्ल
यहाँदेखि त्यहाँसम्म २०४२ ध.च. गोतामे
पूर्वकथा २०४३ राजेश्वर देवकोटा
सुवानन्ददासदेखि राजीवलोचनसम्म २०४४ गणेशबहादुर प्रसाईं
विशुदाइ २०४५ किशोर पहाडी
तिम्री स्वास्नी र म २०४६ मनु ब्राजाकी
पाइलाः आगतमा टेकेर २०४७ कृष्णचन्द्रसिंह प्रधान
आँसु त्यसै त्यसै छचल्किन्छ २०४८ दौलतविक्रम विष्ट
पृथ्वीराज चौहान २०४९ महाकवि लक्ष्मीप्रसाद देवकोटा
दिशाहीन आकाश २०५० गोपाल पराजुली
इन्द्रजात्रा २०५१ दिनेश अधिकारी
योजनगन्धा २०५२ विनोदप्रसाद धिताल
नफुलेका फूलहरू २०५३ क्षेत्रप्रताप अधिकारी
हिमालपारि हिमालवारि २०५४ माधवप्रसाद घिमिरे
मृत्यु-कविता २०५५ मञ्जुल
शब्दातीत शान्तनु २०५६ डा. बानिरा गिरी
राराको सौंराइ २०५७ पूर्णप्रकाश नेपाल ‘यात्री’
चारु चर्चा २०५८ माधवप्रसाद घिमिरे
तथाकथित २०५९ ध्रुवचन्द्र गौतम
अन्धकार २०६० ध्रुव सापकोटा
छेउको वधशाला २०६१ विमल निभा
समानान्तर आकाश २०६२ पद्मावती सिंह
हरि अधिकारीका कविता २०६३ हरि अधिकारी
साहित्य र समाज २०६४ ऋषिराज बराल
प्रेतकल्प २०६५ नारायण ढकाल
संक्रमणको साहित्य र समकालीनता २०६६ पुरुषोत्तम सुवेदी
अश्वमेध यज्ञका घोडाहरू २०६७ दुबसु क्षेत्री
मेरा जीवनका पाना २०६८ गौरा प्रसाईं
त्रासमा ईश्वर २०६९ ठाकुर बेलबासे
दोहाको सिधा उडान २०७३ जय छाङ्‌छा
व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोष २०७८ नीलमणि ढुङ्गाना

श्रोत विकिपिडीयावाट

प्रज्ञा पुरस्कार
प्रज्ञा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित पुरस्कार हो । यस प्रतिष्ठानको स्थापना तत्कालीन ने पाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो । वि.सं. २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्काे      ऐनद्वारा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा परि णत भयो । नेपालमा गणतन्त्रको स् थापना भएपछि साविक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा प्रतिष्ठानको गठन गर्ने व्यवस् था निम्न विधामा प्राज्ञिक कार्य गर्ने उत्तर दायित्वका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान ऐ न २०६४ द्वारा सङ्गठित ने पाल प्रज्ञा–प्रतिष्ठान हाल क्रियाशील रहेको छ । भाषा, साहित्य, संस् कृति, सामाजिक शास्त्र र दर्शनशास्त्र गरी नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रमुख पाँच विषय क्षेत्र रहेका छन् ।

पृथ्वी प्रज्ञा–पुरस्कार
१. श्री बालकृष्ण सम (साहित्य, कला, संस्कृति) २०३५
२. श्री सूर्यविक्रम ज्ञवाली (इतिहास, भाषा, साहित्य) २०४०
३. श्री सिद्धिचरण श्रेष्ठ (नेपाली भाषा, साहित्य) २०४५
४. श्री केदारमान व्यथित ( नेपाली भाषा, साहित्य) २०५०
५. श्री लैनसिंह बाङ्गदेल (साहित्य, इतिहास, कला) २०५५
६. श्री गोविन्दबहादुर मल्ल “गोठाले” (नाट्यविधा) २०६०
७. डा. मोदनाथ प्रश्रित २०६७
८. डा. तारानाथ शर्मा २०७१
९. वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी २०७५

त्रिभुवन प्रज्ञा–पुरस्कार
१. श्री नरबहादुर भारती (विज्ञान) २०१६
२. श्री इतिहासशिरोमणि बाबुराम आचार्य (इतिहास) २०२०
३. श्री चक्रपाणि चालिसे–मरणोपरान्त (साहित्य) २०२१
४. श्री धरणीधर कोइराला (साहित्य) २०२२
५. महाकवि श्री लक्ष्मीप्रसाद देवकोटा– मरणोपरान्त (संस्कृति) २०२३
६. पण्डितराज श्री सोमनाथ सिग्देल (भाषा, साहित्य, संस्कृति) २०२४
७ं. श्री पारसमणि प्रधान (साहित्य) २०२५
८. श्री कविशिरोमणि श्री लेखनाथ पौड्याल– मरणोपरान्त (साहित्य) २०२६
९. श्री सिद्धिचरण श्रेष्ठ (साहित्य) २०२७
१० श्री सूर्यविक्रम ज्ञवाली (इतिहास, भाषा, साहित्य) २०२८
११. श्री बालकृष्ण सम (साहित्य, कला, संस्कृति) २०२९
१२. श्री गोपालप्रसाद रिमाल (साहित्य) २०३०
१३. श्री माधवप्रसाद घिमिरे (साहित्य) २०३३
१४. श्री भवानी भिक्षु (साहित्य) २०३६
१५. श्री यज्ञराज शर्मा (सङ्गीत) २०३९
१६. श्री गोविन्दबहादुर मल्ल “गोठाले” २०४२
१७. श्री नयराज पन्त (इतिहास) २०४५
१८. डा. जगदीशचन्द्र रेग्मी (साहित्य) २०४८
१९. श्री बालकृष्ण पोखरेल (साहित्य) २०५१
२०. श्री केशवराज पिंडाली (हास्यव्यङ्ग) २०५४
२१. श्री सत्यमोहन जोशी (संस्कृति) २०५७
२२. श्री कृष्णचन्द्र सिहं प्रधान (साहित्य) २०६०

महेन्द्र प्रज्ञा–पुरस्कार
१. श्री दौलतविक्रम विष्ट (साहित्य) २०३२
२. श्री गोपाल पाण्डे “असीम” (भाषा, साहित्य) २०३४
३. श्री माधवप्रसाद देवकोटा (साहित्य) २०३६
४. श्री रमेश विकल (साहित्य) २०३८
५. श्री फणिन्द्रप्रसाद लोहनी (विज्ञान) २०४०
६. श्री हेमराज शाक्य (पुरातत्व) २०४२
७ं. श्री श्यामदास बैष्णव (साहित्य) २०४४
८. श्री नरराज ढकाल (संगीत) २०४६
९. श्री पोषण पाण्डे (साहित्य) २०४८
१० श्री श्यामप्रसाद शर्मा २०५०
११. पं. श्री छविलाल पोखरेल २०५२
१२. श्री कालिदास श्रेष्ठ (चित्रकला) २०५४
१३. श्री देवकुमारी थापा साहित्य २०५६
१४. श्री कमलमणि दीक्षित २०५८
१५. श्री डा. रामनिवास पाण्डेय (संस्कृति) २०६०

इन्द्रराज्यलक्ष्मी प्रज्ञा–पुरस्कार
१. श्री गणेशलाल श्रेष्ठ २०१६
२. श्री पारसमणि रन्जितकार २०२०
३. श्री कृष्णचन्द्र रेग्मी २०२१
४. श्री जननीदास दैवज्ञ २०२२
५. श्री चन्द्रमान सिंह मास्के २०२३
६. श्री नरराज ढकाल २०२४
७ं. श्री धर्मराज थापा २०२५
८. श्री सिद्धिमुनि शाक्य २०२६
९. श्री अमर चित्रकार २०२७
१० श्री रत्नदास प्रकाश २०२८
११. श्री माणिकमान चित्रकार २०२९
१२. श्री बृद्धरत्न बज्राचार्य २०३०
१३. श्री महानन्द सापकोटा (भाषा, साहित्य) २०३१
१४. श्रीमती नारायणदेवी प्रधान (नृत्य) २०३२
१५. श्रीमती तारादेवी (संगीत) २०३३
१६. श्रीमती शकुन्तला गुरुङ्ग (नाटक) २०३४
१७. श्री शशीविक्रम शाह (चित्रकला) २०३५
१८. श्री नातीकाजी (संगीत) २०३६
१९. श्री हरिहर शर्मा (नाटक) २०३७
२०. श्री अम्बर गुरुङ्ग (संगीत) २०३८
२१. श्री गणेश भण्डारी (वाद्य–संगीत) २०३९
२२. श्री नारायण गोपाल गुरुवाचार्य (संगीत) २०४०
२३. श्री गोपालनाथ योगी (वाद्य–संगीत) २०४१
२४ श्री हरिप्रसाद रिमाल (नाटक) २०४२
२५. श्री इन्द्र प्रधान (चित्रकला) २०४३
२६. श्रीमती विमला श्रेष्ठ (नृत्य) २०४४
२७. श्री वसन्त श्रेष्ठ (नृत्य) २०४५
२८. श्री कान्छाबुद्ध वज्राचार्य (नृत्य) २०४६
२९. श्री अली मिया (लोक गीत) २०४७
३०. श्री प्रचण्ड मल्ल (नाटक तथा रङ्गमञ्च) २०४८
३१. श्री बज्रराज शाक्य (काष्ठकला) २०४९
३२. श्री केशव दुवाडी (चित्रकला) २०५०
३३. श्री प्रेममान चित्रकार (कला) २०५१
३४. श्री झलकमान गन्धर्व ((सङ्गीत) २०५२
३५. श्री चतुर्भूज आशावादी (नृत्य) २०५३
३६. श्रीमती ज्ञानुराणा (गायन) २०५४
३७. श्री सुवी शाह (लोक संस्कृति गीत नाटक इत्यादि) २०५५
३८. श्री कृष्णभाइ महर्जन (नेपाली लोक (सङ्गीत) २०५६
३९. श्री हरि बहादुर थापा (नाटक) २०५७
४०. श्रीमती कोइलीदेवी माथेमा (नेपाली लोक गीत) २०५८
४१. श्री शशी कला तिवारी (कला) २०५९
४२. श्री रामशरण दर्नाल (सङ्गीत) २०६०

वीरेन्द्र प्रज्ञालंकार
१. प्रा. क्रिष्टोफारभोन फुरर हाइमनडोर्फ ( बेलायत) २०३२
२. प्रा. जोसेफ टुची (इटाली) २०३७
३. श्री टोनी हेगन (स्वीट्रजरल्याण्ड) २०४०
४. डा. ह्यू वनडि उड (संयुक्त राज्य अमेरिका) २०४५
५. ग्रिगोरी ग्याब्रियल मास्कारिनेक (अमेरिका) २०५१
६. डा. डेभिडएल स्नेल ग्रोभ (बेलायत) २०५४

मायादेवी प्रज्ञा–पुरस्कार (पुरस्कार स्थापना भएको तर वितरण नभएको)
१. श्री रामभरोस कापडी “भ्रमर” २०५२
२. डा. जनकलाल वैद्य २०५३
३. श्री दीपनारायण मिश्र २०५४

पासाङ्ग ल्हामु प्रज्ञा–पुरस्कार
१. डा. गणेशमान गुरुङ्ग २०५२
२. डा. रामावतार यादव २०५३
३. श्री काजीमान कन्दङवा २०५४

श्राेतः नेपाल प्रज्ञा प्रतिष्ठान

लेखन तथा संकलनः चिनारी नेपाल, श्राेत अनलाइन साइटहरू र नेपाल चिनारी

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *