नेपालकाे ईतिहासमा घटेका मुख्य पर्वहरूकाे संक्षेपमा चिनारी

कोत पर्व : नेपालको ईतिहासमा कोत पर्वको त्यस समयमा महारानी राज्यलक्ष्मी र प्रधानमन्त्री फत्तेजंग शाह थिए । महारानी राज्यलक्ष्मीका प्रिय पात्र मन्त्रीपरिषदका सदस्य गगन सिंहको वि.स. १९०३ भाद्र ३ गते रहस्यमय हत्या भएको थियो  । सोही हत्या पत्ता लगाउन महारानी को आदेश बमोजिम वि.स. १९०३ असोज २ गते शनिबार राती सबै भारदारहरुलाई कोतको पटाङ्गिनीमा जम्मा हुने आदेश अनुसार कोतमा सबैजना भारदारहरु भेला भए ।

सोही भेलामा गगनसिंहको हत्यारा पत्ता लगाउने शिलशिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुरका मानिस युद्धविर अधिकारीद्धारा सर्वप्रथम अभिमान सिंह मारिएपछि स्थिती चर्किदै गयो र फलस्वरुप हात हालाहाल तथा गोली हानाहाना हुँदा अभिमानका साथ साथै भत्तेजंग चौतारीया, दलभञ्जन पाँडे लगायतका ४०० जनाको र्निमम तरिका वाट हत्या भएकोले कोतको पटाङ्गिीमा रगतको खोलो बग्यो ।

यति ठुलो विभत्स र दुख लाग्दो स्थिीतीको फाईदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने । नेपालमा यहि काेत पर्व पश्चात जंगबहादुरले शासन व्यवस्था सम्हाल्ने थालेपिछ राणासाशनको  उदय भयाे र नेपालमा राणाहरूले  १०३ वर्ष राणाशासन संचालन गरे ।

भण्डारखाल पर्व : राजा राजेन्द्र बिर बिक्रम शाहकी कान्छी रानी राज्यलक्ष्मी शाहले आफ्नो छोरालाई राजा बनाउने उदेश्यले युवराज सुरेन्द्र लाई तर्साउन रचीएको कोतपर्वमा चलाख जंगवहादुरले आफ्ना सत्रु सखाप पार्ने र आफु प्रधानमन्त्रि बन्ने समेत मौका पाए ।

महारानी राज्य लक्ष्मीले आफ्ना छोरालाई राजा बनाउने सपना पुरा हुन्छ भन्ने राज्यलक्ष्मीको सोँचाईको ठिक विपरीत जंगबहादुले युवराज सुरेन्द्रलाई नै राजा बनाउने अडान लिएपछि राजा रानी ले कोतपर्वमा मारिएकाहरुका आफन्तहरु समेत मिलेर जंगबहादुरलाई मार्ने गोप्य षड्यन्त्र गरे ।

तर सो षड्यन्त्रको पोल पण्डित विजयराजले जंगबहादुर सामु खोले पछि जंगबहादुर ले आफ्ना ४ वटा पल्टन तयार गरे भने उता राज परिवार र कोतपर्वमा मारिएकाहरुका आफन्तहरुले  जंगबहादुरकाे हत्या गर्न वि.स. १९०३ साल कार्तिक १२ गते भण्डारखालमा भोजको आयोजना गरे ।

सो आयोजनाको सबै नालीबेली थाहा पाएका जंगबहादुरले भण्डारखाल घेराउ गरी २३ जनाको र्निममतापुर्वक हत्या गरे भने केहीलाई कैदी समेत बनाए । जंगबहादुर ले आफ्ना शत्रुहरुलाई थरथरी बनाएर आफु झनै शत्तिशाली भए भने रानी राज्यलक्ष्मी निर्वासित हुनुपरयाे । नेपालको ईतिहासमा यस घटनालाई भण्डारखालपर्व भनेर भन्ने गरिन्छ ।

अलाै पर्व : तत्कालीन राजा राजेन्द्र भारतकाे तीर्थ वर्त गर्न गएका बेला श्री ३ महाराज समेत बन्न सफल जंगबहादुरलेे राजा राजेन्द्रलाइ विभीन्न षड्यन्त्र गरी राज्यच्युत गरेका थिए । भारतमा निर्वासित जिवन विताइरहेका चाैतारीया गुरू प्रसाद शाह, रंगनाथ पाैड्याल र अन्य व्यतीहरूले राजा राजेन्द्रलाइ नेपाल फर्की जंगबहादुरलाइ मारी राज्य चलाइबक्सनु पर्दछ यस काममा हाम्रो सहयाेग रहने छ भनी राजा राजेन्द्रले ४०० जना जति फाैज तयार गरे ।

४०० जनाकाे  फाैज र आफना समर्थककाे सहयाेगमा राजा राजेन्द्रले  वि.स. १९०४ मा बरेवा कब्जा गरी अलाै भन्ने ठाउँमा क्याम्प खडा गरे । यस कुराकाे सुइकाे जंगबहादुरले थाहापाएपछी जंगबहादुरले ककन सिंह र बमबहादुरकाे नेतृत्वमा राजा राजेन्द्रका फाैजसंग लड्न केही फाैज पठाए ।

राजा राजेन्द्र र जंगबहादुरका फाैजमा दुवैतिर घमासान युद्ध भयाे र आखिरीमा राजा राजेन्द्रका फाैजकाे पराजय भयाे । राजा राजेन्द्रलाइ राजबन्दिकाे रूपमा हनुमानढाेकामा राखियाे र वि.स. १९३८ मा बन्दि अवस्थामा नै उनकाे मृत्यु भयो । यसै घटनालाइ नेपालके इतिहासमा अलाै पर्व भन्ने गरिन्छ ।

३८ साल पर्व : वि.स. १९३८ सालमा प्रधानमन्त्री रणोद्धिप सिंह भारतमा तीर्थ वर्त गर्न गएका बखतमा नरेन्द्र बिक्रम शाहले रणोद्धिप सिंह, धिरसमशेर र उनका शाखा सन्तानहरु सखाप बनाउने योजना बनाए । यस योजनाको पोल चांडै खुलेकोले नरेन्द्र बिक्रम शाह, जगतजंग, बमविर सिंहलाई इलाहावादको चुनार जेलमा नजरबन्द गरियो ।

यसै गरी सुब्बा टंक नाथ र होमनाथ लगायत १० जना वाहुनलाई चारपाटा मुडी जातिच्युत गरियो भने ४१ जनाको हत्या र केही व्यक्तिको सर्वस्वहरण गरियो । यो घटनालाई नेपालको ईतिहासमा ३८ सालको पर्व भनिन्छ ।

४२ सालको पर्व : कोतपर्वमा पश्चात जंगबहादुरले आफ्ना सातभाई छोराहरुमा सत्ता सिमित राखेका थिए । त्यसैगरी यो पर्ववाट राणा परिवारका धीरसमशेरका १७ भाई छोराहरुमा सत्ता सिमित हुन गयो । विरशमशेरले आफुमा रहेको सैनिक शक्तिको फाईदा उठाई आफ्ना काका रणोद्धिप सिंहको र्निममतापूर्वक हत्या गेपछि जंगबहादुरका छोरा जगतजंगको पनि हत्या गरे ।

जंगबहादुरका भाईछोराहरु आफ्नो प्राण बचाउन कतिपय वाहिर भागे र उनिहरुको प्रधानमन्त्रि हुने रोलक्रम समाप्त भयो । यो घटना वि.स. २०४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भन्ने गरिन्छ । यो पर्वमा केवल राणा परिवारको मात्र हत्या भएको थियो र सो पश्चात विरसमशेर राण प्रधानमन्त्री भएका थिए ।

लाईब्रेरी पर्व  : निरंकुश राणा शासन अन्त्य गर्नको लागि लागी परेका राणा विरोधी उत्साही युवाहरुले काठमाण्डौमा पुस्तकालय खोली त्यसको माध्यमवाट जनतामा चेतना र जागृती अभिवृद्धि गर्ने उद्देश्यले काठमाण्डौमा पुस्तकालय खोली त्यसको माध्यमवाट जनतामा जनचेतना जागृत गरी अभिवृद्धि गर्ने प्रधानमन्त्री भिमसमशेरको पालामा वि.स. १९८७ मा एक पुस्तकालय खोल्ने प्रवन्ध मिलाए ।

जोगविर सिंह लक्ष्मी प्रसाद देवकोटा र्धमराज थपलिया, कृष्ण प्रसाद खतिवडा, बैगुण्ठ प्रसाद श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ जस्ता ४५÷४६ जना उत्साही युवाहरुको उक्त योजनाको राणाशाहिका पृष्ठ पोषण रामचन्द्र अधिकारीले पोल खोली दिनाले यस योजनामा संलग्न सबै व्यक्तिहरु पक्राउ परे ।

उनिहरुको यस प्रयासलाई प्रधानमन्त्रिको गाथगादी ताकेको आरोप लगाई मुद्दाको स्वरुप दिने प्रयत्न गरियो । तर पछि प्रत्येक हस्ताक्षरकारी हश्रलाई रु एक÷एक सय का दरले जरिवाना गरी छोडियो र जरिवाना वाट उठेको कुल रकमको आधा भाग सुराकी गर्ने रामचन्द्र अधिकारीलाई पुरस्कार स्वरुप दिईयो । यसै घटनालाई नेपालको ईतिहासमा लाईब्रेरी पर्व भन्ने गरिन्छ ।

मकै पर्व : वि.स. १९७७ मा तत्कालीन कौशिल अड्डाका सुब्बा कृष्णलाल अधिकारीले ूमकैको खेतीू नामक पुस्तक लेखेका थिए । त्यस पुस्तिकाको भुमिकामा “हामी आफ्ना देशी कुकुर भन्दा विदेशी कुकुरको मान गर्दछौँ तर चोर डाँकुवाट आफ्नो रक्षा गर्ने वेलामा गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुर नै काम लाग्छन “भन्ने कुरा लेखिएको थियो ।

यस कुरालाई लिएर तत्कालीन शासकहरुले श्री ५ को गाथ ताक्ने मुद्दा लागाई उनलाई पक्राउ गरी ९ वर्षको जेल सजाय दिएपछि जेलमै उनको मृत्यु भयो यसै घटनालाई नेपालको ईतिहासमा मकै पर्व भनिन्छ ।

प्रचण्ड गोरखा पर्व : राणा शासनको अन्त्य गर्ने उद्देश्यले १९८८ (वि.स.) मा उमेश विक्रम शाह, मैना बहादुर, रंगनाथ शर्मा आदि मिली प्रचण्ड गोरखा नामक संस्था खोलेका थिए । लक्ष्मण राजाले यसको भेद खोलेपछि आजिवन कारावासको सजाय दिईयो र यिनिहरु मध्ये केही जेलमै मरे । रंगनाथ शर्मा, खड्कमान सिहं २० वर्ष कारागार बसि वि.स. २००७ सात सालको क्रान्ती पछि मात्र छुटेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *