परिचय
नेपाल सरकार जिल्ला समन्वय समिति नुवाकोटका अनुसार बाग्मती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्ला एक मध्ये पहाडी जिल्ला हो । कुल १,१२१ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर मा रहेको छ। कुनै पनि अन्तर्राष्ट्रिय सिमानालाई नछुने र भौगोलिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध–चन्द्राकार रुपमा पूर्व–पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडीक्षेत्रको पठार, हिमालको दक्षिणी ढाल, पहाडीक्षेत्रको विचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगायतका विविध भौगोलिक विशेषताहरु पाउँन सकिन्छ ।नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म “पश्चिम एक नम्वर” अन्तरर्गत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहनगएको ऐतिहासिक अनुश्रुति रहेको छ । भौगोलिक वनावटमा पहाडी भू–भागको अंश ७१ प्रतिशत, लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, वेसी र समथर भू–भागको अंश ११ प्रतिशत ररहेको छ ।

ऐतिहासिक चिनारी
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो।

नुवाकोट विजयपछि यसलाई दोस्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए। राजा पृथ्वीनारायण शाहको वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोट मै व्यतित भएको थियो।

भाैगोलीक अवस्थिती
उचाई: समुन्द्र सतहबाट ४५७ मी. देखि ५१४४ मी. सम्म
क्षेत्रफल: ११२१ व. कि.मि.
देशान्तर: ८५ डि देखि ८५ डि ४५” पूर्वसम्म
अक्षांस: २७ डि ४५” देखि २८ डि २०” उत्तरसम्म
आकार: अर्ध चन्द्राकार
धार्मिक तथा पर्यटकिय स्थलहरू
यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरूसमावेश छन्। प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो । बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंश देखिनै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुदै हालको नुवाकोट नामाकरण भएको हो ।

नुवाकोट जिल्लामा भैरवी, जालपादेवी, दुप्चेश्वर महादेव,पञ्चकन्या, राम मन्दिर, उग्रतारा, उत्तरगया, सुगतपुर विहार, बाराही, वासुकी, वाघ भैरव, भैरवकोट, जलेश्वरी, शिवालय आदि प्रमुख धार्मिक स्थलहरु र नुवाकोट दरवारक्षेत्र श्री ५ बडामहाराजाधिराज पृथ्विनारायण शाह स्मृती उद्यान, श्री ५ विरेन्द्र स्मृती उद्यान आदि ऐतिहासिक सम्पदाहरु रहेका छन ।जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित ककनी आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्वपुर्ण प्रस्थान मानिन्छ । नुवाकोट दरवारक्षेत्र, सागरकुण्ड, देविघाट, उत्तरगया, बोल्देहीताल, ककनी ,चिसापानी, शिवपुरी, पञ्चकन्यासुरुङ आदि अन्य ख्याति प्राप्त पर्यटकीय क्षेत्रहरु रहेका छन ।

नुवाकोट जिल्लामा रहेका प्रमुख नदी तथा तालहरू
विभिन्न स्थानहरुवाट वग्ने नदी तथा खोलाहरु र उच्च पहाडीक्षेत्रमा रहेका ताल तलैयाहरु नै जिल्लाका प्रमुख जलसम्पदाहरु हुन् । त्रिशुली र तादी जस्ता मुख्य नदीहरु र सलाखु, लिखु, कुमरी, फलाखु, सिन्दुरे, छत्रे, कोल्पु लगायतका अन्य साना नदीहरु लगायत सूर्य कुण्ड, सागर कुण्ड, बोल्देही ताल जस्ता ताल तलैयाहरुले जिल्लाको जलाधार क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेका छन् ।
नुवाकोट जिल्लामा रहेका प्रमुख टार तथा वेसि र फाँटहरु
उत्पादनको दृष्टिकोणले अत्यन्त उर्वर टार तथा वेसी र फाँटहरुले जिल्लाको खाद्यान्न आपूर्तिमा उल्लेखनिय योगदान पुर्याएका छन् । होचो भू–भागमा अवस्थित बट्टार, पिपलटार, गेर्खुटार, वागटार, खरानिटार, समुन्द्रटार, आँगुटार, कोल्पुटार, रातमाटेटार, तारुकाटार, दर्शनटार, मैरेटार, शहरेटार, ताप्केटार, रिट्ठेटार आदि टारहरु र थानसिङफाँट, लिखुफाँट, शेराफाँट, महादेवफाँट, सिमराफाँट, रैकरफाँट, चाउथेफाँट, फिर्केफाँट आदि यस जिल्लाका प्रमुख वेसी र फाँटहरु हुन् ।
नुवाकोट जिल्लामा मनाइने चाडपर्व एवंम मेलाहरु
जातिगत र साँस्कृतिक विविधता रहेको यस जिल्लाका वासिन्दाहरुले मनाउने प्रमुख चाडपर्व र मेलाहरुमा पनि विविधता पाउँन सकिन्छ । विजयादशमी, दिपावली, ल्होछार, रामनवमी, माघेसक्रान्ती, साउनेसक्रान्ती, तिज, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, वुद्धपूर्णिमा, ईद आदि प्रमुख चाडपर्वहरु र सिन्दुरेजात्रा, देवीयात्रा, लाखेनाच, गाईजात्रा, बैशाखपूर्णिमायात्रा, एकादशीयात्रा, विवाहपञ्चमी (त्रिशुली, देविघाट, नुवाकोट), माघेसंक्रान्तीजात्रा (साँढे जुधाउने, दुप्चेश्वरमेला आदि जात्रा तथा मेलाहरुले जिल्लाको साँस्कृतिक वैभवलाई उच्च राख्न मद्धत गरेका छन् ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार नुवाकोट जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र १० वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | विदुर नगरपालिका | विदुर न.पा., चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर र खड्कभञ्ज्याङ्ग (४-९) गा.वि.स. | १३ |
२ | बेलकोटगढी नगरपालिका | दुईपिपल, रातामाटे, कुमरी, बेलकोट, जिलिङ्ग, मदानपुर (१-६, गा.वि.स. | १३ |
३ | ककनी गाउँपालिका | ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ(८, मदानपुर (७, गा.वि.स. | ८ |
४ | किस्पाङ गाउँपालिका | साल्मे, भाल्चे, काउले, फिकुरी र मनकामना गा.वि.स. | ५ |
५ | तादी गाउँपालिका | खरानीटार, रालुकादेवी, उर्लेनी, सुन्दरादेवी र नर्जामण्डप गा.वि.स. | ६ |
६ | तारकेश्वर गाउँपालिका | गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग र खड्कभञ्ज्याङ्ग (१,२,३) गा.वि.स. | ६ |
७ | दुप्चेश्वर गाउँपालिका | घ्याङ्फेदी, राउतबेंशी, समुन्द्रटार, बेतिनी, गाउँखर्क, शिखरबेंशी र बालकुमारी गा.वि.स. | ७ |
८ | पञ्चकन्या गाउँपालिका | कविलास, पञ्चकन्या, चौघडा (३,४,, थप्रेक, भद्रुटार गा.वि.स. | ५ |
९ | लिखु गाउँपालिका | सूर्यर्मति, थानसिङ(१), खानिगाँउ, चौघडा १,२,५,६,७, र थानपती गा.वि.स. | ६ |
१० | म्यगङ गाउँपालिका | बर्सुन्चेत, किम्ताङ, देउराली,बुङताङ्ग र सामरी गा.वि.स. | ६ |
११ | शिवपुरी गाउँपालिका | छाप, लिखु, महाकाली, तलाखु, सिक्रे, समुन्द्रादेवी, सुनखानी र थानपति(१-४,६- गा.वि.स. | ८ |
१२ | सुर्यगढी गाउँपालिका | लच्याङ, बागेश्वरी, हल्देकालिका, र गणेशस्थान गा.वि.स. | ५ |
जम्मा | ८८ |
१. नामः विदुर नगरपालिका
विदुर नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ । नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो ।
प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरु समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ । जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ ।
१३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ । १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको हो । पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगपालिका पर्दछ ।
केन्द्रः साविक विदुर नगरपालिका
जनसङ्ख्याः ५९२२७
क्षेत्रफलः १३०.०१ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | विदुर(१,१०,११) | २८८५ | ४.६९ |
२ | २ | विदुर(२,३) | ५१९६ | ८.४४ |
३ | ३ | खड्कभञ्ज्याङ्ग(४-९) | ४८१५ | १२.५६ |
४ | ४ | विदुर(४) | ६८६९ | १.९२ |
५ | ५ | विदुर(५,७) | ६१०६ | ७.४४ |
६ | ६ | विदुर (६) र चारघरे(१,२) | ३९१७ | ५.९८ |
७ | ७ | तुप्चे(१-५,७) | ४०२७ | १३.४६ |
८ | ८ | विदुर (८) र तुप्चे(६,८) | ३८०७ | ७.९१ |
९ | ९ | विदुर (९ ) र तुप्चे(९) | ७३३४ | ६.१६ |
१० | १० | गेर्खु(३,४,७,९) | ३३९२ | १३.५८ |
११ | ११ | गेर्खु(१,२,५,६,८) | २२०६ | ९.०३ |
१२ | १२ | चारघरे(३-९) | ३५९० | १४.८४ |
१३ | १३ | कल्याणपुर(१-९) | ५०८३ | २४ |
जम्मा | ५९२२७ | १३०.०१ |
२. नामः बेलकोटगढी नगरपालि
साविक गा.वि.स. हरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर (१-६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो | यसको क्षेत्रफल १५५.६ वर्ग किलोमीटर, जनसंख्या ३९८८८ सहित १३ वटा वडामा विभाजन गरिएको छ | यसको पूर्वमा ककनी गा.पा. , पश्चिममा तारकेश्वोर गा.पा. र धादिङ जिल्ला उत्तरमा विदुर न.पा., लिखु गा.पा. र तारकेश्वोर गा.पा. र दक्षिणमा धादिङ जिल्ला रहेको छ | यस न. पा. मा कृषिलाई मुख्य पेशाको रुपमा अंगाल्दै आएका छन् | ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वोर महादेव जस्ता प्रशिद्ध तिर्थस्थल समेत यसै न.पा. मा अवस्थित रहेको छ | कृषि पर्यटन सहितको पूर्वाधार विकासको मुल आधार भन्ने मुख्य उद्देश्यको रुपमा निर्वाचित जनप्रतिनिधिहरुको सामुहिक एजेण्डा रहेको छ |
केन्द्रः साविक जिलिङ्ग गा.वि.स
जनसङ्ख्याः ३५२२४
क्षेत्रफलः १५५.६ (वर्ग कि.मि.)
वडा संख्याः १३
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बेलकोट(४,९) | १४६९ | ६.०१ |
२ | २ | कुमरी(६,८,९) | २४५४ | १०.२१ |
३ | ३ | कुमरी(१-४,७) | २९४३ | १६.८९ |
४ | ४ | कुमरी (५) रदुईपिपल(५,९) | २७८६ | १७.२ |
५ | ५ | दुईपिपल(३,४,६,८) | ३१८० | ९.६२ |
६ | ६ | दुईपिपल(१,२,७) | २५४७ | १४.२९ |
७ | ७ | रातमाटे(१-९) | ४५४७ | ११.५१ |
८ | ८ | जिलिङ्ग(१-५) | २८५८ | ११.३९ |
९ | ९ | जिलिङ्ग(६-९) | २५०४ | १०.२४ |
१० | १० | बेलकोट(१-३) | २८२१ | ८.७२ |
११ | ११ | बेलकोट(५-८) | २४०७ | १४.५६ |
१२ | १२ | मदानपुर(३-५) | १९९० | १०.०४ |
१३ | १३ | मदानपुर(१,२,६,९) | २७१८ | १४.९३ |
जम्मा | ३५२२४ | १५५.६१ |
३. नामः ककनी गाउँपालिका
ककनी गाउँपालिका एक पहाडी गाउँपालिका हो, जुन समुन्द्र सतह देखि १८२८ मि. को उचाईमा रहेको छ । यस गाउँपालिका २७.२५७ उत्तरी अक्षांस र ८५.२४६४ पूर्वि देशान्तरमा अवस्थित छ ।यसको पूर्वतर्फ काठमाण्डौ महानगरपालिका र शिवपुरी गाउँपालिका अवस्थित छ । त्यसैगरी पश्चिम तर्फ बेलकोटगडी नगरपालिका पर्दछ भने उत्तर तर्फ लिखु गाउँपालिका पर्दछ र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनिबेशी नगरपालिका पर्दछ ।
ककनी गाउँपालिका राज्यको पुन:संरचना अन्तर्गत ओखरपौवा साबिक गा.बि.स. का वडाहरु चाउथे, ककनी, मदानपुर, चतुराली र थानसिङ्घ गा.बि.स. का साबिक वडाहरुलाई एकिकृत गरी ककनी गाउँपालिका नयाँ स्थानिय संरचना निर्माण गरिएको हो । यस गाउँपालिकामा आठ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सदरमुकाम साविक ककनी गा.बि. स. रानीपौवामा रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती र धर्म सम्प्रदायको बसोबास रहेको छ ।
यहाँ ब्राह्रामण , क्षेत्री , गुरुङ्घ, नेवार, दलित, तमाङ्घ जातिको बसोबास छ जस मध्य आधी भन्दा बढी तमाङ्ग समुदायको बाहुल्य छ । त्यसैगरी यहाँ बस्ने मानिहरुले हिन्दु, मुश्लिम , ईसाइ, बौध्द धर्म मान्ने गर्दछन । आफ्नो धार्मिक आस्था अनुसार सामाजिक सदभाव राखि बिभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रमहरु मनाउँदै आएका छन ।यस गाउँपालिका नुवाकोट कै सुन्दर पर्यटकिय स्थलको रुपमा चिनिन्छ । यहाँ मल्लकालिन पुरातात्विक दरबार ( बसन्ती दरबार ), अबिरल बगिरहने फुङ्ग:फुङ्घे झरना , ककनी हाईटबाट देखिने हिमालका दृश्यहरुले पर्यटकहरुको मन लोभ्याएको छ ।
केन्द्रः साविक ककनी गा.वि.स.को
जनसङ्ख्याः २४५०४
क्षेत्रफलः ८७.९७ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | ओखरपौवा(१,७-९) | ३५५५ | ६.८९ |
२ | २ | ओखरपौवा(२-६) | ४६४९ | १२.९६ |
३ | ३ | चाउथे(१-९) | ३५७५ | १७.९२ |
४ | ४ | ककनी(१-४) | ३६६० | ११.५१ |
५ | ५ | ककनी(५-९) | २८६१ | १५.२ |
६ | ६ | मदानपुर(७,८) | २०७२ | ५.९५ |
७ | ७ | चतुराले(१-९) | २५७२ | ११.३३ |
८ | ८ | थानसिङ(८,९) | १५६० | ६.१९ |
जम्मा | २४५०४ | ८७.९५ |
४. नामः किस्पाङ गाउँपालि
किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको १२ वटा स्थानीय तहहरु मध्ये एक स्थानीय तह हो। किस्पाङ गाउँपालिका नुवाकोट जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित छ । यस गाउँपालिकाको नामाकरण वडा न. ३ मा रहेको एक प्रसिद्ध धार्मिक स्थल किस्पाङ पोखरीको नामबाट परिचित यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको संरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रूपमा घोषणा भइ नेपाल राजपत्रमा प्रकाशित मिति २०७३।११।२७ बाट संचालनमा आएको हो ।
यस गाउँपालिकाको पूर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको खनीयाबास गाउँपालिकाका साथै रसुवा जिल्लाको उत्तरगया गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ। यस गाउँपालिकाको क्षेत्रफल ८२.५७ वर्ग कि.मि रहेको छ। यस गाउँपालिका समुन्द्र सतहबाट करीव ६२५ मिटर देखि करीब ४२०० मिटर उचाईसम्म रहेको समग्र नुवाकोट जिल्लाको हावापानीको झलक दिने भौगोलिक विविधता रहेको स्थानीय तहको रुपमा चिन्न सकिन्छ।
केन्द्रः साविक काउले गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १४२३५
क्षेत्रफलः ८२.५७ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भाल्चे(१-९) | ३२५४ | २९.५७ |
२ | २ | फिकुरी(१-९) | २७५० | ७.९९ |
३ | ३ | काउले(१-९) | ३१०५ | ९.४१ |
४ | ४ | साल्मे(१-९) | १७३९ | २५.३४ |
५ | ५ | मनकामना(१-९) | ३३८७ | १०.२७ |
जम्मा | १४२३५ | ८२.५८ |
५. नामः तादी गाउँपालिका
नेपालको कुनै पनि अंचलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगोलिक बिभाजन अनुसार पहाडि प्रदेशमा अवस्थित तादी गाउँपालिका नेपालको मानचित्रको मध्यभागमा देखिन्छ । यो गाउँपालिका काठमाण्डौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको सुन्दर गाउँपालीका हो । यो गाउँपालिका साबिकको ५ वटा गा. बि. स ( उर्लेनि, रालुका देबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप) मिलाएर बनेको हो र यसको केन्द्र, साबिकको खरानीटार गा. बि. स मा रहेको छ ।
यस क्षेत्रमा सदावहार कञ्चन पानी बगिरहने प्रसिद्ध नदि तादिको नाम बाट यस गाउँपालिकाको नाम “तादि” नामांकरण गरिएको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाको पुर्वमा दुप्चेश्वर गाउँपालिका, पश्चिममा सुर्यगढि गाउँपालिका, उत्तरमा रसुवा जिल्ला र दक्षिणमा पञ्चकन्या गाउँपालिका पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ६९.८० बर्ग कि.मि रहेको छछ ।
प्राकृतिक रुपमा भौगोलिक तथा जैबिक बिबिधताले भरिपुर्ण यस गाउँपालिकाको हावापानी, बन्यजन्तु, बनस्पति, मानबिय रहनसहन तथा संस्कार सामाजिक संरचना लगायतका बिषयहरुमा बिबिधता रहेको पाईन्छ । बिबिध संस्कृति र रितिरिवाजको धनि यस गाउँपालिकामा तमाङ समुदायको बाहुल्यता रहेको छ ।
यस गाउँपालिका क्षेत्रमा जनताको मुख्य पेशा कृषि नै भएता पनि अन्य बिभिन्न पेशा तथा ब्यवशायमा मानीसहरु संलग्न भएको पाईन्छ । जलस्रोत, कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्थ्य, जस्ता क्षेत्र यस गाउँपालिकाको बिकासमा संभावना का क्षेत्रहरु हुन र यी क्षेत्रहरुको बिकाश मार्फत समृद्ध तादी निर्माणमा परिकल्पना समेत गरिएको छ ।
केन्द्रः साविक खरानीटार गा.वि.
जनसङ्ख्याः १५९३३
क्षेत्रफलः ६९.८ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | उर्लेनी(१-९) | २९८८ | २७.१४ |
२ | २ | रालुकादेवी(१-६) | २७४४ | १३.७६ |
३ | ३ | रालुकादेवी (७-९) रखरानीटार(१-९) | ३३९३ | ८.८७ |
४ | ४ | सुन्दरादेवी(१-९) | २४५३ | ६.२ |
५ | ५ | नर्जामण्डप(१-४) | २३३५ | ६.२ |
६ | ६ | नर्जामण्डप(५-९) | २०२० | ७.६२ |
जम्मा | १५९३३ | ६९.७९ |
६. नामः तारकेश्वर गाउँपा
नुवाकोट जिल्लाको पश्चीमि भागमा रहेको तारकेश्वर गाउँपालिका,उत्तरमा मेघाङ गाउँपालिका, दक्षिणमा बेलाकोटगढी नगरपालिका, पुर्वमा बिदुर नगरपालिका र पश्चिममा धादिङको निलकण्ठ नगरपालिकाले घेरिएको छ। त्रिशुलिको किनारमा रहेको र नेपाल चिन रेलमार्गको स्थलगत अवलोकन समेत यहिबाट भएको हुँदा अवसरलाई सही सदुपयोग गर्न सक्ने हो भने सम्रिद्दिको राम्रो सम्भावना देखिन्छ। राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सेमत परिचय बनाउन सफल गोरु जात्रा तेस्तै ढिकि जातो चुलो लगायतका ऐतिहासिक, सास्कृतिक एवम प्राकृतिक सम्पादकआ का कारण यसको पर्यटकिय सम्भावना पनि देखिन्छ।
केन्द्रः साविक दाङसिङ्ग गा.वि.
जनसङ्ख्याः १४१८४
क्षेत्रफलः ७२.६२ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुधसिङ्ग (९) ,गोर्स्यांङ्ग (१) र दाङसिङ्ग(१-९) | २७७१ | १५.८२ |
२ | २ | तारुका(१-४) | २२०० | ७.६७ |
३ | ३ | तारुका(५-९) | २५५३ | ९.३२ |
४ | ४ | बुधसिङ्ग(१-८) | २३५२ | १७.०१ |
५ | ५ | गोर्स्याङ्ग(२-८) | २६४४ | १५.८ |
६ | ६ | गोर्स्याङ्ग (९) र खड्कभञ्ज्याङ्ग(१-३) | १६६४ | ७ |
जम्मा | १४१८४ | ७२.६२ |
७. नामः दुप्चेश्वर गाउँपा
यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको दुप्चेश्वर महादेव मन्दिरको नामबाट यस गाउँपालिको नाम दुप्चेश्वर राखिएको हो । दुप्चेश्वर महादेव मन्दिरको उत्पत्ति सन्दर्भमा पनि विभिन्न प्रकारका पैराणिक जनश्रतिहरु रहेको पाइन्छ । पौराणिक कथन अनुसार करब चारसय वर्षअघि पक स्थानीय तामाङ्को दुहुनो गाई गोठालोमा हराएपछि सपनामा उनलाई गाई रहेको स्थानबारे एक जोगीले जानकारी गराएका र त्यसपश्चात् गाउँलेहरु ठाडो पहरोमा हेको उत्त स्थानमा लट्ठा चढी हेर्न जाँदा उत्त गाईले स्वउपत्ति भएका महादेवको मन्दिर आफ्नो चारवटै थुनबाट दूध वढाइरहेको भेटिएपछि “दूधेश्वर” बाट उपभ्रंश हुँदै “दुप्चेश्वर” नामकरण हुन गएको भनाइ छ । त्यसैगरि, अर्को एक जनश्रतिअनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुन्ड जाँदा दुप्चेश्वरमा आएको भनाइ रहेको पाइन्छ ।
दुप्चेश्वर गाउँपालिका पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको छ । यो गोसाइकुन्ड जाने पद्रमार्ग यो गाउँपालिका पर्दछ । दुप्चेश्वर गाउँपालिका स्थानिय तह पुनसंरचनापशचात् निर्माण भएको गाउँपालिका हो । यस गाउँपालिकाको सदरमुकाम समुन्द्रटारमा रहेको छ । नुवाकोट जिल्लाका साविकको इलाका नं १२ का केहि र १३ का सवै साविक गाविस हरुलाई मिलाएर बनाइएको हो । दुप्चेश्वर गाउँपालिका अन्तरगतका साविक गाविसहरुमा शिखरबेसी, समुन्द्रटार, राउतबेसी, गाउँखर्क, बालकुमारी, बेतिनी र घ्याङ्फेदी हुन् ।
केन्द्रः साविक समुन्द्रटार गा.
जनसङ्ख्याः २१००५
क्षेत्रफलः १३१.६२ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | घ्याङ्फेदी(१-९) | २६७४ | २८.८५ |
२ | २ | गाउँखर्क(१-९) | २९२८ | २२.४१ |
३ | ३ | राउतबेंशी(१-७) | २४७९ | ७.७३ |
४ | ४ | बेतिनी(१-९) | ४३२७ | ३४.०३ |
५ | ५ | बालुकमारी(१-९) | २४०२ | १३.२३ |
६ | ६ | राउतबेंशी (८,९) र समुन्द्रटार(१-९) | २९७२ | १०.७ |
७ | ७ | शिखरबेंशी(१-९) | ३२२३ | १४.६७ |
जम्मा | २१००५ | १३१.६२ |
८. नामः पञ्चकन्या गाउँपा
पुर्वमा दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी गाउँपालिकाले घेरेको पन्चकन्या गाउँपालिका भौगोलिक रुपमा लेक बेशी, पहाड, डाँडाँकाडाँ र हिमाली भूभाग मिलेर बनेको सुन्दर र रमणिय गाउँपालिका हो । यस गाउँपालिकामा प्रशस्त मात्रामा खेति योग्य भुमि रहेको पाईन्छ । जनजातिको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जातजाति, भाषा, धर्म रितिरिवाज परम्परा विविधतामा एकता रहेको पाइन्छ ।
विविध जातजाति रहन सहन धार्मिक सास्कृतिक एवं प्राकृतिक मनोरमका कारण यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । ऐतिहासिक, धार्मिक महत्व बोकेका पञ्चकन्या, सप्तकन्या, कपिलेश्वर, कात्तिकेश्वर लगायत अन्य मठ मन्दिरहरु तथा प्रसिद्ध गुम्बाहरु, कालीकाकोट, गोठवोएश्वर, नाट्येश्ष्री, घ्याङश्वारा पर्यटकिय पार्क, टोड्के भञ्ज्याङ तथा चमेरे गुफा यस क्षेत्रका कला सस्कुति झल्किने पर्यटकीय सम्पदा हुन् ।
यस गाउँपालिकाका मुख्य बजार केन्द्रहरु छहरे, बानियाटार, सहरेटार, बुढिसेरा, सातविसे, घलेभञ्ज्याङ आदि रहेका छन् । सिन्धुपाल्चोक चिसापानी बुढिसेरा छहरे हुदै विदुर देखि धादिङ जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गले यस गाउँपालिकालाई विचबाट छोएको हुनाले छिमेकी जिल्ला सँग भु मार्ग मार्फतको पहुचलाई सुविधाजनक बनाएको छ । पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गा.वि.स. हरु पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार, र चौघडा (३,४,९) समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो ।
स्थानिय तहको निर्वाचन भई सिंहदरवारको अधिकार घर घरमा भन्ने उद्देश्यका साथ साविक ५ वटा गा.वि.स हरु मिलेको पञ्चकन्या गाउँपालिकाको स्थायी केन्द्र लाकुरीभञ्ज्याङमा रहेको छ । काठमाण्डौबाट समेत नजिक रहेको यस गाउँपालिका विकास र समृद्धिको लागि प्रचुर सम्भावना रहेको तथा गाउँपालिका विकास र गाउँबासीको स्वर्णिम भविष्यका लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाईन्छ ।
काठमाण्डौबाट टोखा छहरे हुदै घलेभञ्याङ करिव ४१ कि.मि. सडक सञ्जालले जोडिएको पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाको सदरमुकामबाट १२ कोष पुर्वमा रहेको गाउँपालिका हो । नयाँ सडक संझालबाट जनताको घरघरमा यातायात सेवा पुगोस भन्ने हेतुले हामीले सडक पूर्वाधारमा धेरै लगानी गरेका छौ । सडक संजाल जस्तो खर्चिलो दिगो पूर्वाधार तयारी गर्नु वास्तवमै कम्ती चुनौती छैन तर पनि पाँच वर्षको दौडानमा हालै गरिएको Rural Municipality Transport Master Plan (RMTMP) सर्वेक्षण अनुसार मुल र भित्रि सडकहरु गरी जम्मा १०८ वटा सडकहरु यस गाउँपालिकामा रहेको छ ।
नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामाकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भए अनुसार राज्यको पुन संरचना गर्ने क्रममा नयाँ स्थानिय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३/११/२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो । ५३.४७ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा हालै गाउँपालिका स्तरबाट गरिएको घरधुरी सर्वेक्षण अनुसार ४७५१ घरधुरी रहेका छन।
केन्द्रः लाकुरीभञ्ज्याङ
जनसङ्ख्याः १३८१८
क्षेत्रफलः ५३.४७ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | चौघडा(३,४,९) | २०४५ | ६.२६ |
२ | २ | कविलास(१-९) | ३७७७ | ८.९५ |
३ | ३ | पञ्चकन्या(१-९) | २१७८ | ८.३१ |
४ | ४ | थप्रेक(१-९) | ३०९४ | १५.५१ |
५ | ५ | भद्रुटार(१-९) | २७२४ | १४.४४ |
जम्मा | १३८१८ | ५३.४७ |
९. नामः लिखु गाउँपालिका
लिखु गाँउपालिका नेपालको प्रदेश नं ३, नुवाकोट जिल्ला भित्रको सबैभन्दा सानो गाउँपालिका हो । नेपालको संबिधान अनुसार राज्य पुनसंरचना पछि साबिकको खानिगाँउ गविसको सबै वडा, सुर्यमति गाविसको सबै वडा, चौघडा गाविसको १,२,५,६,७,८ वडाहरु, थानसिंङ गाविसको १,२,३,४,५,६,७ वडाहरु र थानापति गाविसको वडा नं ५ समेटेर जम्मा ६ वडा बनाई लिखु गाउँपालिका घोषण गरिएको हो । यस गाउँपालिकाको क्षेत्रफल ४७.८८ वर्ग कि.मि रहेको छ । यस गाँउपालिकाको केन्द्र साबिकको सुर्यमति गाविस वडा नं १ डुँडेमा रहेको छ ।
केन्द्रः साविक सुर्यमति गा.वि.
जनसङ्ख्याः १७७२८
क्षेत्रफलः ४७.८८ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खानीगाँउ(१,२,३,४,८) | ३५२३ | ८.८४ |
२ | २ | खानीगाँउ(५,६,७,९) | २१९९ | ६.६३ |
३ | ३ | सुर्यमती(१-९) | ३२८२ | १०.८२ |
४ | ४ | चाघडा(१,२,५,६,७,८) | ३७७५ | ६.६४ |
५ | ५ | थानसिङ(५,६,७) | १९५५ | ५.२४ |
६ | ६ | थानापती(५) र थानसिङ(१,२,३,४) | २९९४ | ९.७२ |
जम्मा | १७७२८ | ४७.८९ |
१०. नामः मेघाङ गाउँपालिका
म्यागङ गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा रहेको एउटा स्थानीय तह हो । साविकका बर्सुन्चेत , किम्ताङ , देउराली , बुङताङ र सामरी गाविस मिलेर बनेको म्यागङ गाउँपालिकाको क्षेत्रफल ९७.८३ वर्ग किमि र जनसंख्या १२६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ ।
केही बेशी भुभाग समुन्द्र सतह बाट ३००० फिट देखी उच्च पहाडी भुभाग १२००० फिट सम्मको उचाई मा रहेको यहाँ समसितोष्ण र लेकाली हावापानी पनि पाईन्छ । तामाङ जातिको वाहुल्यता भएको यस गा.पा.मा व्राम्हण ,क्षेत्री नेवार ,घले ,गुरुङ, विश्वकर्मा ,मगर ,दर्जी आदि जात जाती हरुको बसोबास रहको छ । यहाँको यातायातमा मध्य पहाडी लोकमार्गले वडा नं.५ र ६ बाट धादिङको नेत्रावती गा.पा.हुदै गएको छ । साथै ग्रामीण सडक हात्तीगौडा भैरमकोट देउराली मेघाङ हुँदै किम्ताङ बाट धादिङको खनियाबास गा.पा. सम्म जोडिएको छ ।
वडा नं. ३ र ४ का शाखा बाटोहरुमा देउराली वुङताङ वडा ३ र २, मेघाङ मैवल वडा नं. ३ र ६, मेघाङ सामरी वडा नं. ३ र ५ छन् । अन्य शाखा मार्गमा देउराली डेउडी ३ (विदुुर न.पा.) रहेको छ । यहाँको अन्न बालीमा मकै प्रमुख बाली र कोदो,धान,गहँु आदि उत्पादन हुन्छ । तरकारी बालीमा आलु उत्पादन राम्रो रहेको छ । नगदे वालीमा चिया ,अलैची,भुईस्याउ, सुन्तला,तोरी ,किवी आदि रहेका छन् ।
विभिन्न प्रजातीका रुखहरु,चिलाउने,सल्ला,उतिस,वकाइनो साल आदि यहाँ पाइन्छन् । जडिबुटि उत्पादनको सम्भावना रहेको यस गा.पा. भित्र विभिन्न औषधि जन्य जडिबुटि का साथै टिमुर,चिराइतो,धुपि आदि पाइन्छन् । सामरी खोला,कुन्दल खोला,वर्चेत सलाँखु,शान्ती खोला,थम्बु खोला,घ्याप्रीङ खोला,तुम्जुङ खोला,वोल्देपोखरी,साप्चेत खोला,गोगने खोला,मिनी खोला,थोपल खोला,लुङमाचेत खोला,सलाखु खोला आदि प्रमुख खोलाहरु छन् । साथै यिनै खोलाहरुवाट साना जलविद्युत आयोजना सञ्चालनका लागी सम्भावना रहेका छन् ।
मेघाङ डाँडा, नाउर, लाम्डापाङ, क्रईपङ्ग, फइसिंमने, पोखरीगङ्ग, कल्लेरीगङ्ग, पासम्चोक, डुखङ, उरग्यान्पो, ताक्पा गाङ, लिङगरचो, कतोल्हा टुँडी डाँडा,वेकरनेन डाँडा पनेरा भन्ज्याङ डाँडा,थाङमाचोत,ग्युरमाने,थलागाङ,च्यारगाङ डाँडा,उचेनडाँडा,गोम्वोगाङ आदि उच्च डाँडाहरु छन् । जहाँ पर्यटकीय स्थल निर्माणका लागि सम्भावना छन् । स्थानीय बजारहरुमा सामरी भन्ज्याङ, देउराली बजार रहेको छन् । यातायातमा सवै कच्चि बाटो भएको र बस, आइचर आदिको सुविधा रहेको छ ।
कमलो माटो, भिरालो धरातल ,विकट स्थलहरुका कारण विकासको प्रतिफल प्राप्तीका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने तर यातायातमा सहज पुहुँच पु=याउन सकिएमा उपलब्धीका सम्भावनाहरु पनि प्रसस्त छन् । विशेष गरी यस गा. पा. क्षेत्र भित्र सहज सडक निर्माण हुन सकेमा स्थानीय जनथ्जीवनमा आर्थिक ,सामाजिक पूर्वाधारका सवै अन्य क्षेत्रको विकासमा समेत महत्वपूर्ण उपलब्धी हासील हुन सक्ने आशा गर्न सकिन्छ । कृृषि, पर्यटन शिक्षा, स्वास्थ्य ,सवै क्षेत्रको विकास यातायातको सहजीकरणमा निर्भर देखिन्छ ।
केन्द्रः वडा नं. ३ र ६ को बीचमा पर्ने मानेब्ले
जनसङ्ख्याः १२६६८
क्षेत्रफलः ९७.८३ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बर्सुन्चेत(१-९) | २६६ | ९.६१ |
२ | २ | बुङताङ(१-९) | २०६९ | १३.९३ |
३ | ३ | देउराली(१-९) | ३६३१ | १८.९६ |
४ | ४ | किम्ताङ(१-९) | २०५० | २६.१७ |
५ | ५ | सामरी(१,४,७,८,९) | २१७२ | १४.९२ |
६ | ६ | सामरी(२,३,५,६) | २४८० | १४.२५ |
जम्मा | १२६६८ | ९७.८४ |
११. नामः शिवपुरी गाउँपालिका
केन्द्रः साविक महाकाली गा.वि.स
जनसङ्ख्याः १७२०३
क्षेत्रफलः १०१.५ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तलाखु(१-९) | २१८७ | २०.३५ |
२ | २ | छाप(१-९) | १७३६ | ९.७३ |
३ | ३ | लिखु(१-९) | १८६० | १२.०९ |
४ | ४ | सिक्रे(१-९) | ११४५ | ८.२२ |
५ | ५ | महाकाली(१-९) | ३०२८ | १६.५२ |
६ | ६ | समुन्द्रादेवी(१-९) | २६९५ | १२.०६ |
७ | ७ | सुनखानी(१-९) | २१०३ | १०.४ |
८ | ८ | थानपति(१-४,६-९) | २४४९ | १२.१४ |
जम्मा | १७२०३ | १०१.५१ |
१२. नामः सूर्यगढी गाउँपालिका
केन्द्रः साविक बागेश्वरी गा.वि
जनसङ्ख्याः १४९१९
क्षेत्रफलः ४९.०९ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | लच्याङ(१-८) | ३६७१ | १४.०४ |
२ | २ | लच्याङ (९) र बागेश्वरी(१,२,५,६,८) | २१४६ | ९.६४ |
३ | ३ | बागेश्वरी(३,४,७,९) | २५३१ | ६.८२ |
४ | ४ | हल्देकालिका(१-९) | ३३३८ | ९.४६ |
५ | ५ | गणेशस्थान(१-९) | ३२३३ | ९.१२ |
जम्मा | १४९१९ | ४९.०८ |
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला समन्वय समिति नुवाकोट। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । नुवाकोट जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।