नदीको आधारमा नेपालको विभाजन तिन प्रकारले गरिएको छ
१) कोशी प्रदेश
२) गण्डकी प्रदेश
३) कर्णाली प्रदेश
१) कोशी प्रदेश
पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान)बीचको क्षेत्रलाई कोशी
प्रदेश भनिन्छ । तमोर, अरुण, लिखू, दूधकोशी, तामाकोशी,सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी
नदी बनेको छ । यो नेपालको सबैभन्दाठूलो नदी हो । यो नदी ७२० की.मी. लामो छ भने जलप्रवाह
क्षमता औसत १,५६४क्यूविक मिटर प्रति सेकेण्ड रहेको छ । यस नदीबाट २२,००० मेघावाटसम्मविद्युत्
निकाल्न सकिने अनुमान गरिएको छ । कोशी प्रदेशको प्रभाव क्षेत्र झण्डै६० हजार वर्ग की.मी. रहेको छ ।
सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायकनदी अरुण हो भने सबैभन्दा सानो नदी लिखू हो ।
२) गण्डकी प्रदेश
पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धौलागिरी हिमालसम्मको गण्डकी नदीप्रभावित क्षेत्रलाई
गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदीका सात प्रमुख सहायकनदीहरू त्रिशुली, बुढीगण्डकी, दरौदी,
मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन् । गाण्डव ऋषिको नामबाट नामाकरण गरिएको मानिएको
यस नदीलाई चितवनजिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ ।
यो नदी मध्यनेपालमा बहन्छ, जसको प्रवाह क्षेत्र करिब ३८,००० वर्ग कि.मि रहेकोछ । करिब ३३८ की.मी
. लामो यस नदीको विद्युत् क्षमता करीब २१,००० मे.वा.रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये
कालिगण्डकी सबैभन्दा ठूलो र दरौँदी सबैभन्दा सानो हो । नेपालको सबैभन्दा गहिरो यो नदीले प्रतिसेकेण्ड
औषत १७१३ क्यु.मी. पानी प्रवाह गर्दछ ।
३) कर्णाली प्रदेश
पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास हिमालबीच कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली
प्रदेश भनिन्छ । कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली
भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेतीनदी हुन् । यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ ।
यो नदीमध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा बहने नदी हो, जुन भारतमा पुगेपछि घाघँरा र कहीँकहीँ सरयू
नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० व.की.मी.क्षेत्रफल समेटेर बग्दछ । करिब ५०७ की.मी.
लामो यस नदीको विद्युत् उत्पादनक्षमता ३२,००० मे.वा.रहेको मानिएको छ । यो नदीको औषत जलप्रवाह क्षमताप्रतिसेकेण्ड १३१६ क्यु.मी. रहेको छ ।