परिचय
जिल्ला समन्वय समिति धादिङका अनुसार धादिङ जिल्ला उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित रहेको छ । धादिङ जिल्ला बागमति प्रदेशमा अवस्थित छ भने धादिङबेशी यो जिल्लाको जिल्ला सदरमुकाम हो । कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहाँको सवैभन्दा अग्लो हिमाल हो ।

बि.स.२०७८ को जनगणना अनुसार ८३,६४२ घरधुरी संख्या र ३,२५,७१० जनसंख्याले बसोबास गर्ने यो जिल्ला मनोरंजन हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई जिल्लाको लगभग बीच भागमा अविरल बग्ने त्रिशुली, आंखु र बुढी गण्डकी को सौन्दर्यता, चरण क्षेत्र, टारहरुको मनमोहक स्थितिले धादिङ जिल्ला प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ।
प्राकृतिक सुन्दरता धादिङ जिल्ला
भू आकृतिमा झन्डै बुटको आकारमा रहेको धदिङ जिल्ला को भौगोलिक फैलावट पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ नगरपालीका र ११ वटा गाउपालिका को रुपमा प्रशासनिक एबं राजनीतिक ईकाइहरुमा विभाजित छ ।

२०३२ साल भन्दा पहिला सुनौलाबजार मा रहेको सदरमुकाम हाल निलकण्ठ नगरपालिका मा स्थित धादिङबेंसी मा रहेको छ । यस जिल्लाका मुख्य बजारहरुमा धादिंगबेंसी, आरुघाट, किन्तांगफेदी, गजुरी, मलेखु, बैरेनी, आदमघाट,चरौदी, बेनिघाट, जोगीमारा, महादेवबेंसी, कटुन्जे, रीग्ने, खाहरेबजार आदि रहेका छन् ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार धादिङ जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र ११ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | धुनीबेंशी नगरपालिका | नौविसे, छत्रेदेउराली र जीवनपुर गा.वि.स. | ९ |
२ | निलकण्ठ नगरपालिका | निलकण्ठ नगरपालिका, धुवाँकोट, खाल्टे र ज्यामरुङ्ग गा.वि.स. | १४ |
३ | खनियाबास गाउँपालिका | झार्लाङ्ग, दार्खा र सत्यदेवी गा.वि.स. | ५ |
४ | गजुरी गाउँपालिका | गजुरी, पिडा र किरानचोक गा.वि.स. | ८ |
५ | गल्छी गाउँपालिका | बैरेनी, कल्लेरी र गोगनपानी (१-४,९) | ८ |
६ | गङ्गाजमुना गाउँपालिका | री, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गा.वि.स. | ७ |
७ | ज्वालामूखी गाउँपालिका | खरी, ढोला, मैदी र चैनपुर गा.वि.स. | ७ |
८ | थाक्रे गाउँपालिका | भूमेस्थान, तसर्पु, थाक्रे, केवलपुर र गोगनपानी (५-८) गा.वि.स. | ११ |
९ | नेत्रावती डबजोङ गाउँपालिका | मार्पाक, सेम्जोङ्ग र कटुञ्जे गा.वि.स. | ५ |
१० | बेनीघाट रोराङ्ग गाउँपालिका | जोगिमारा, बेनिघाट, धुषा र महादेवस्थान गा.वि.स. | १० |
११ | रुवी भ्याली गाउँपालिका | लापा, सेर्तुङ्ग र तिप्लिङ्ग गा.वि.स. | ६ |
१२ | सिद्धलेक गाउँपालिका | कुम्पुर, नलाङ्ग र सलाङ्ग गा.वि.स. | ७ |
१३ | त्रिपुरासुन्दरी गाउँपालिका | सल्यानटार, मूलपानी, सल्यानकोट, आगिञ्चोक र त्रिपुरेश्वर | ७ |
जम्मा | १०४ |
१. नामः धुनिबेंशी नगरपालिका
धुनिबेशी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको छ ।
यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मी. रहेको छ | साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिका मा नौ(९) वटा वडाहरु रहेका छन् | यस नगरपालिकाको कुल जनसंख्या ३१,०२९ रहेको छ | धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको को दोस्रो नगरपालिका हो |
केन्द्रः साविक नौविसे गा.वि.स.
क्षेत्रफलः ९६.३ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | छत्रेदेउराली(६-९) | ३४४० | १५.९१ |
२ | २ | छत्रेदेउराली(१-५) | ३२१९ | १३.०२ |
३ | ३ | जीवनपुर(५-७) | २४५२ | ७.८६ |
४ | ४ | जीवनपुर(१-४) | २२६० | ६.३४ |
५ | ५ | जीवनपुर(८,९) | ३२३६ | १२.३८ |
६ | ६ | नौविसे(१,९) | २९०२ | ११.५३ |
७ | ७ | नौविसे(७,८) | ३७०० | १६.०५ |
८ | ८ | नौविसे(२,६) | ३७५९ | ६.३४ |
९ | ९ | नौविसे(३-५) | ४१८१ | ९.१९ |
जम्मा | २९१४९ | ९८.६२ |
धुनीबेंशी नगरपालिकाको नक्सा
२. नामः नीलकण्ठ नगरपालिका
उत्तरमा हिमालय देखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको देशको एक मात्र जिल्ला धादिङमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णयअनुसार नीलकण्ठ, साङ्कोष, सुनौलाबजार र मुरलीभञ्ज्याङ गा.वि.स.लाई समेटेर स्थापना भएको हो ।देशको पुनसंरचना संगै २०७३ सालमा साबिकको ज्यमरुंग, खाल्डे र धुवाकोट गाबिस समेत यस नगरपालिकामा समाबेश गरिएको हो।
देशको राजधानी काठमाडौं देखि ८९ कि.मी मा अवस्थित यस नगरपालिकाको क्षेत्रफल १९९.८७ वर्ग कि.मि. रहेको छ भने नगरपालिकालाई १४ वडामा बिभाजन गरिएको छ। साविकको नीलकण्ठ गा.वि.सको नामलाई नै कायम गरी यो नगरपालिकाको नामाकरण नीलकण्ठ गरिएको छ । जसको अर्थ भगवान शिवले विष सेवन गरि आफ्नो कण्ठमा राख्नु भएको र कण्ठ नीलो भएकोले नीलकण्ठ नामाकरण भएको किम्बदन्तीमा उल्लेख छ । साथै थोपल खोला नजिक रहेको “ढाँडदेवी मन्दिरलाई नीलकण्ठ बनाइएको भन्ने पनि इतिहासमा उल्लेख छ ।
केन्द्रः साविक नीलकण्ठ नगरपालि
जनसङ्ख्याः ५८८२८
क्षेत्रफलः १९७.७ (वर्ग कि.मि.)
वडा संख्याः १४
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | खाल्टे(१,७-९) | २१३१ | १२.३२ |
२ | २ | निलकण्ठ(१,२) | ४८२६ | २०.४३ |
३ | ३ | निलकण्ठ(३) | १२७६१ | ३.०१ |
४ | ४ | निलकण्ठ(४) | ५९५८ | ११.२ |
५ | ५ | खाल्टे(२-६) | ३५९८ | २०.८८ |
६ | ६ | निलकण्ठ(५,६) | २५२८ | १२.२१ |
७ | ७ | निलकण्ठ(७) | ३०१८ | १०.५ |
८ | ८ | निलकण्ठ(८) | ४७०४ | १०.५ |
९ | ९ | निलकण्ठ(९,१०) | ३२६९ | १२.०७ |
१० | १० | ज्यामरुङ्ग(४-७) | २५२४ | १५.८२ |
११ | ११ | ज्यामरुङ्ग(१-३,८,९) | ३३२२ | १९.६२ |
१२ | १२ | निलकण्ठ(१२) | ४४१० | ८.१६ |
१३ | १३ | निलकण्ठ(११,१३) | २२७० | १९.१५ |
१४ | १४ | धुवाँकोट(१-९) | ३५०९ | २४ |
जम्मा | ५८८२८ | १९९.८७ |
निलकण्ठ नगरपालिकाको नक्सा
३. नामः खनियाबास गाउँपालिका
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस खनियाबास गाउँपालिका साविकका तिनओटा गाउँ विकास समितिहरु क्रमश: दार्खा, झार्लाङ र सत्यदेवी मिलेर बनेको हो । यस गाउँपालिकाको पुर्बमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र नुवाकोट जिल्ला अवस्थित छन् ।
कुल १२०.८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको ५.५२% भूभाग ओगटेको छ । यस गाउँपालिकाको केन्द्र वडा नं.०४ स्थित दार्खामा रहेको छ, जून जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ३६ कि.मि. दुरीमा रहेको छ । खासगरि तामाङ समुदायको वाहुल्यता रहेको यस गाउँपालिकामा गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाई, कामि आदि जातजातिको समेत बसोबास रहेको पाईन्छ ।
केन्द्रः साविक ककनी गा.वि.स.को
जनसङ्ख्याः १०२८७
क्षेत्रफलः १२०.८ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | झार्लाङ्ग(१,२) | १२९३ | ६.७४ |
२ | २ | झार्लाङ्ग(३-९) | २०५४ | ६१.१३ |
३ | ३ | दार्खा(२-६) | २४०० | ९.९ |
४ | ४ | दार्खा(१,७-९) | १७९६ | ९.८९ |
५ | ५ | सत्यदेवी(१-९) | २७४४ | १७.५२ |
जम्मा | १०२८७ | १०५.१८ |
खनियाबास गाउँपालिकाको नक्सा
४. नामः गजुरी गाउँपालिका
बागमती प्रदेश , धादिङ जिल्लामा अवस्थित गजुरी गाउँपालिका नेपालको संविधान (२०७२) बमोेजिम साविकका गजुरी, पिडा र किरानचोक गरी तीन वटा गाँउ विकास समितिलाई समायोजन गरी गजुरी गार्उँपालिका गठनगरिएकोे छ । यस गाउँपालिकालाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ । ऐतिहासिक भनाई अनुसार तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समयमा गोरखाबाट नुवाकोट जाने क्रममा आफ्नो शिरको गजुर बिसाएकोले यस ठाउँको नाम गजुरी हुन गएको हो । सोही साविकको गजुरी भन्ने स्थान पछिल्लो समयमा गजुरी गाउँ विकास समिति हुँदै हाल गजुरी गाउँपालिका बनेको हो ।
करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा गल्छी गाउँपालिका, पश्चिमा बेनिघाट रोराङ गाउ“पालिका, उत्तरमा त्रिशुली नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ । यो गाउँपालिका समुद्री सतहबाट करिब ३०० देखि १३०० मिटर सम्मको उचाईसम्म फैलिएर रहेको छ । विश्व मानचित्रमा २८ डिग्री ७३ मिनेट उत्तरी अक्षांश र ८४ डिग्री ९८ मिनेट पूर्वी देशान्तरमा अवस्थित यो गाउँपालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, मगर, नेवार लगायतका जातजातिको बसोबास भएकोले यहा“को कला, संस्कृति, रीतिरिवाज र परम्परामा पनि विविधता पाइन्छ । यहाँका जनताको मुख्य पेशा कृषि भए तापनि व्यापार, वैदेशिक रोजगार, उद्योग व्यवसाय यहा“का अन्य पेशाहरु हुन् ।
साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउ“पालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गमा पर्ने मलेखु, गजुरी, घाटबेसी, आदमघाट यहाँका मुख्य बजार क्षेत्र हुन् । भद्रकाली, सिद्धेश्वर, ओडारे महादेवस्थान, पिण्डेश्वरी, ईन्द्रायणी, सानो पशुपतिनाथ आदि यहाँका मुख्य मन्दिरहरु हुन् । माछा पाइने प्रख्यात ठाउँ मलेखु बजार पनि यसै गाउँपालिकामा पर्दछ ।
केन्द्रः साविक गजुरी गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २८६३४
क्षेत्रफलः १३८.६६ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गजुरी(१,३) | ५३२३ | ९.६३ |
२ | २ | गजुरी(२,४,८) | ४२१९ | १५.९३ |
३ | ३ | गजुरी(५-७,९) | २००८ | १६.८७ |
४ | ४ | पिडा(७-९) | २९२९ | २१.६९ |
५ | ५ | पिडा(२,४,५) | ३८९७ | १७.६५ |
६ | ६ | पिडा(१,३,६) | ४७८६ | १४.०४ |
७ | ७ | किरानचोक(६-९) | २२५२ | १०.७ |
८ | ८ | किरानचोक(१-५) | ३२२० | ३२.७७ |
जम्मा | २८६३४ | १३९.२८ |
गजुरी गाउँपालिकाको नक्सा
धादिङ जिल्लामा अवस्थित गल्छी गाउँपालिका नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको धादिङ जिल्लाको साविकका गाविस कल्लेरी (सबै), बैरेनी (सबै) र गोगनपानी (१,२,३,४ र ९) गरी तीन वटा गाविसलाई समायोजन गरी गल्छी गार्उँपालिका गठन गरीएको छ । उक्त गाउपालिका लाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ ।
यस गाउँपालिकाको नाम “गल्छी” कसरी रहन गयो भन्ने प्रसङ्गमा राणाकालिन समयमा श्री ३ महाराज जंङ्ग वहदुर राणा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा सेना परिचालन गरी धादिङ्ग जिल्लाको गल्छी खोलालाई गल र छिनोले काटेर खोलालाई अर्को क्षेत्रवाट वगाई साविकको खोला वगेको ठाउँमा वस्ती वसाएको हुँदा त्यस ठाउँको नाम गल्छी रहन गएको भनाई रहेको छ । त्यसै नामवाट नै यस गाउँपालिकाको नाम गल्छी गाउँपालिका राखिएको हो । नेपाल सरकारले धादिङको बैरेनी र गल्छीलाई मध्य पहाडीलोक मार्गका प्रमुख १० शहरहरु मध्येको एक शहरको रुपमा छनोट गरेको र नेपाल सरकारले प्राथमिकताको आयोजना मध्येको शहरी विकास योजना भएकोले बैरेनी गल्छीलाई जिल्लाकै प्रमुख बजार र व्यापारिक केन्द्र बन्ने सूचीमा राखेको छ ।
गल्छी गाउँपालिकाको जम्मा क्षेत्रफल १२९.०८ वर्ग किलोमिटर रहेको छ । पूर्वमा थाक्रे गा.पा.र नुवाकोट जिल्ला, पश्चिममा गजुरी र सिद्धलेक गा.पा., उत्तरमा निलकण्ठ न.पा. र नुवाकोट जिल्ला तथा दक्षिणमा गजुरी, थाक्रे गा.पा. र मकवानपुर जिल्ला पर्दछ। राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जम्मा घरधुरी ५९७५ र जम्मा जनसंख्या २३७३३ मध्ये पुरुष ११,६२७ र महिला १२,१०६ रहेको छ ।
केन्द्रः साविक बैरेनी गा.वि.स.
जनसङ्ख्याः २३,७३३
क्षेत्रफलः १२९.०८ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कल्लेरी(१-३) | ३५६४ | १४.१२ |
२ | २ | कल्लेरी(४-६) | २९९० | १४.८४ |
३ | ३ | कल्लेरी(७-९) | १२३८ | १०.७१ |
४ | ४ | बैरेनी(१,७,३) | ३४३१ | १७.१४ |
५ | ५ | बैरेनी(२,४-६) | २९८८ | २१.७९ |
६ | ६ | बैरेनी(९) | २८३९ | ७.५४ |
७ | ७ | बैरेनी(८) | ३५५० | ९.४६ |
८ | ८ | गोगनपानी(१-४,९) | ३१३३ | २३.२२ |
जम्मा | २३७३३ | ११८.८२ |
गल्छी गाउँपालिकाको नक्सा
६. नामः गङ्गाजमुना गाउँपालि
गङ्गाजमुना गाउँपालिका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वागमती प्रदेश स्थित धादिङ जिल्लामा उत्तर पश्चिमा पर्दछ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये यस गाउँपालिका जिल्लाको सदरमुकामदेखि ५४ कि.मि.को दुरीमा पर्दछ । संघीय शासन प्रणाली अनुसार स्थानीय तह पुनसंरचना प्रक्रियामा धादिङ जिल्लाको साविक रि, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गरी ५ वटा गाउँ विकास समिति समायोजन भएर २०७३ सालमा यो गाँउपालिका स्थापना भएको हो ।
यस गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी. रहेको छ । यस परिच्छेदमा गाउँपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी र नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकासका संभावनाहरूलाई देहायबमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ ।
केन्द्रः साविक फूलखर्क गा.वि.स
जनसङ्ख्याः १९,२६५
क्षेत्रफलः १५२.७२ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | री(४,५,७,९) | २४३६ | ३५.४९ |
२ | २ | री(१-३,६,८) | २६०७ | १४.७१ |
३ | ३ | गुम्दी(१-५) | १९७० | १३.३५ |
४ | ४ | गुम्दी(६-९) | २११४ | १२.५ |
५ | ५ | फूलखर्क(१-९) | ३७४० | ३५.५९ |
६ | ६ | बसेरी(१-९) | ३२५५ | १६.५५ |
७ | ७ | बुढाथुम(१-९) | ३१४३ | १५.४४ |
जम्मा | १९२६५ | १४३.६३ |
गङ्गाजमुना गाउँपालिकाको नक्सा
७. नामः ज्वालामुखी गाउँपालि
संघिय गणतान्त्रिक नेपालको वागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङ बेशी देखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरि, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामूखि गाउँपालिकाको राष्टि्य जनगणना २०७८ जनसंख्या अनुसार २१,३३८ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।साथै कुल घरभुरी संख्या करिब ६०७९ रहेको छ।
भौगोलिक हिसाबले सदरमुकाम देखि निकट रहेको यस गाउँपालिका क्षेत्र भित्रको कुनै पनि भु–भाग विकट अबस्थामा रहेको देखिदैन । भुगोलका हिसाबले यस गाउँपालिकाको नक्सा गोलाकार रहेको छ । गाउँपालिका स्तरीय कुनै पनि सडक कालो पत्रे भएको नभएता पनि गाउँपालिका अन्तरगतका सबैवडा कार्यालयहरु सम्म कच्ची मोटर बाटोको सुबिधा पुगेको छ । पशुपालन ब्यबसायका दृष्टिले बाख्रा पालन ब्यबसायको सम्भावना मजबुत देखिन्छ भने अन्य पशुपालनको पनि सम्भावना त्यत्तिकै रहेको देखिन्छ । कृषि ब्यबसाय तर्फ खाद्य बालिमा धान, मकै, कोदो र गहु उत्पादन हुन्छ भने अन्य बाली तर्फ अदुवा, पिडालु र मौरी पालनको पनि उत्तिकै सम्भावना रहेको छ ।
राजनैतिक हिसाबले जिल्लाका विर्वाचन क्षेत्र मध्ये यस गाउँपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछ ।यस गाउँपालिकाको सामिप्यमा रहेरका नेत्रावति र बुढिगण्डकीको अविरल बहावका कारण बुढिगण्डकीको सौदर्यता, चरन क्षेत्र,पर्यटकीय हिसाबले निकटबाट नियाल्न सकिने पाविल हिमाल, गणेश हिमाल र टारहरुको मनमोहक दृश्य तथा संस्कृतिका रुपमा रहेका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको छ । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार मानिन्छ । साथै अत्याधुनिक प्रविधि एबं जलासययूक्त राष्टिय गौरबको बुढिगण्डकी जलविधुत आयोजनाले प्रबाभित एबं डुवान मध्ये यस ज्वालामूखी गाउँपालिकाको वडा नं. १ , ५ र ७ पर्दछन ।
केन्द्रः साविक चैनपुर गा.वि.स.
जनसङ्ख्याः २१,३३८
क्षेत्रफलः ११४.०४ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मैदी(८,९) | २९६७ | १३.०९ |
२ | २ | मैदी(४-७) | २४४८ | १४.३२ |
३ | ३ | मैदी(१-३) | २८३४ | १२.८४ |
४ | ४ | ढोला(१-९) | ३४३० | १८.३९ |
५ | ५ | खरी(१-९) | ३६५० | ३०.२२ |
६ | ६ | चैनपुर(५-९) | ३१६० | ८.११ |
७ | ७ | चैनपुर(१-४) | २८४९ | १५.९१ |
जम्मा | २१३३८ | ११२.८८ |
ज्वालामूखी गाउँपालिकाको नक्सा
८. नामः थाक्रे गाउँपालिका
नेपाल सरकारको मिति २०७३।११।९ को निर्णय अनुसार मिति २०७३।११।२७ मा राजपत्रमा प्रकाशन भएपछि थाक्रे गाउँपालिका गठन भएको हो । स्थानिय तह पुर्न संरचना हुँदा धादिङ जिल्लाका साविक केवलपुर, थाक्रे, तसर्पु, भूमेस्थान र गोगनपानिका वडा नं. ५, ६, ७ र ८ मिलाएर थाक्रे गाउँपालिका निर्माण भएको छ । हाल यस गाउँपालिकामा ११ वटा वडाहरु छन् ।
यसरी निर्माण भएको थाक्रे गाउँपालिकाको क्षेत्रफल ९६.४१ वर्ग कि.मी. रहेको छ । यसको सिमाना पूर्वमा धुनिबेशी न.पा, पश्चिममा गल्छी गा.पा, उत्तरमा गल्छी गा.पा. र नुवाकोट जिल्ला र दक्षिणमा मकवानपुर जिल्ला रहेको छ । काठमाण्डौबाट यस गाउँपालिका ३२.५ कि.मी. दूरीमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या ३२,३७४ रहेको छ ।
केन्द्रः थाक्रे गाउँपालिका वडा नं. ६ महादेववेशी
जनसङ्ख्याः ३२,३७४
क्षेत्रफलः ९६.४१ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भुमेस्थान(८,९) | २६८६ | ९.७६ |
२ | २ | भूमेस्थान(४,६,७) | ४७९६ | १०.४४ |
३ | ३ | भूमेस्थान(१-३,५) | ३०४४ | १६.०९ |
४ | ४ | तसर्पु(१-४,८) | २७४८ | १०.६३ |
५ | ५ | तसर्पु(५-७,९) | २१६४ | ५.६५ |
६ | ६ | थाक्रे(३) | ३४३१ | ३.१५ |
७ | ७ | थाक्रे(४-८) | ४१३१ | ९.४८ |
८ | ८ | थाक्रे(१,२,९) | २८९५ | ४.१३ |
९ | ९ | केवलपुर(१,२,८,९) | १६१७ | ५.५७ |
१० | १० | केवलपुर(३-७) | २१९९ | ११.०६ |
११ | ११ | गोगनपानी(५-८) | २६६३ | ११.०७ |
जम्मा | ३२३७४ | ९७.०३ |
थाक्रे गाउँपालिकाको नक्सा
९. नामः नेत्रावती डबजोङ गाउँपालिका
परापुर्वकाल देखि वाइवा राजाकाे नामबाट चिनिएकाे डबजाेङ दरबारकाे नाम र मार्पाककाे बेसि हुदै बगेकाे नेत्रावति खाेलाकाे नामलाई जाेडेर यस गाउपालिकाकाे नाम नेत्रावती डबजाेङ गाउपालिका रहन गएकाे हाे । यस गाउँपालिकामा ५ वटा वडाहरु निर्माण गरिएकाे छ । जसमा पुर्वमा नुवाकाेटकाे मेघाङ गाउँपालिका पश्चिममा त्रिपुरासुन्दरी र गंगा जमुना गाउँपालिका रहेका छन् भने उत्तरमा खनियाबास गाउँपालिका र दक्षिणमा निलकण्ठ नगरपालिका रहेका छन् ।
नेत्रावति डबजाेङ गाउँपालिका भित्र साविककाे सेमजाेङ मार्पाक र कटुन्जे गाउँ विकास समितिहरु रहेका छन् । यस गाउँपालिकामा जातिय हिसाबले विशेष गरी तामाङ गुरुङ नेवार घर्ति मगर तथा दलित समुदायकाे बसाेबास रहेकाे छ । यस गाउँपालिका भित्र धार्मिक महत्वका क्षेत्रहरु जस्तै विन्दुकेशर महादेव स्थान कुण्डला देवी मन्दिर बाराही मन्दिर र दाेश्राे नव बुद्द क्षेत्र वाकाराहा रहेकाे छ ।
केन्द्रः साविक सेमजोङ गा.वि.स.-५ सेमजोङ
जनसङ्ख्याः ११,३१०
क्षेत्रफलः १८१.७८ (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | मार्पाक(२-८) | २३२७ | १४.४४ |
२ | २ | मार्पाक (१,९) र सेम्जोङ्ग(७-९) | १५८५ | १५.२३ |
३ | ३ | सेम्जोङ्ग(१-६) | २२७७ | १२.५४ |
४ | ४ | कट्ञ्जे(१-४) | २५२१ | १५.३३ |
५ | ५ | कटुञ्जे(५-९) | २६०० | १२.९४ |
जम्मा | ११३१० | ७०.४८ |
नेत्रावती डबजोङ गाउँपालिकाको नक्सा
१०. नामः बेनिघाट रोरा
धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन । कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा ३३,८५४ जनाको वसोवास रहेको छ ।
केन्द्रः साविक बेनिघाट गा.वि.स
जनसङ्ख्याः ३३,८५४
क्षेत्रफलः २९.१७ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | महादेवस्थान(६-९) | १९८८ | १५.०६ |
२ | २ | महादेवस्थान(१-५) | ५३०३ | ४९.४७ |
३ | ३ | बेनीघाट(१,२,९) | ४६९३ | १०.८९ |
४ | ४ | बेनीघाट(३-५) | २३१० | १८.९९ |
५ | ५ | बेनीघाट(६-८) | ३१५५ | ११.२१ |
६ | ६ | धुषा(७-९) | २५८६ | २०.७३ |
७ | ७ | धुषा(१,२) | २९७९ | ९.५२ |
८ | ८ | धुषा(३-६) | २४३० | २३.४४ |
९ | ९ | जोगिमारा(६-९) | ३५६७ | १९.०५ |
१० | १० | जोगिमारा(१-५) | ४८४३ | २८.१७ |
जम्मा | ३३८५४ | २०६.५३ |
बेनीघाट रोराङ्ग गाउँपालिकाको नक्सा
११. नामः रुवी भ्याली
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । साविकको तिप्लिङ गा.वि.स सेर्तुङ गा.वि.स र लापा गा.वि.स को नामलाई कायम गरी यो गाउँपालिकाको नामाकरण रुवी भ्याली गाउँपालिका गरिएको छ कारण विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ ।
विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाके नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो। भू आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ ।
पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंजन हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, ताताे पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ।
केन्द्रः साविक सेर्तुङ्ग गा.वि
जनसङ्ख्याः १०७८१
क्षेत्रफलः ४०१.८५ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तिप्लिङ्ग(६-९) | १८९८ | १३०.६६ |
२ | २ | तिप्लिङ्ग(१-५) | १६५१ | ५.०४ |
३ | ३ | सेर्तुङ्ग(५-८) | १५७० | ४.७४ |
४ | ४ | सेर्तुङ्ग(१-४,९) | १७०१ | ११६.४५ |
५ | ५ | लापा(१-६) | २८१९ | १०८.६३ |
६ | ६ | लापा(७-९) | ११४२ | ५९ |
जम्मा | १०७८१ | ४२४.५२ |
रुवी भ्याली गाउँपालिकाको नक्सा
१२. नामः सिध्दलेक गा
परापूर्वकालदेखि यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको सिद्धबाबाको मन्दिरको नामबाट यस गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो भन्ने यहाँको बुद्धिजिविहरुको छ । स्थानिय निकाएको पुनर्संरचना अनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा. वि. स हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ । यहाँको कुल क्षेत्रपल १०६.०९ वर्ग किमी रहेको छ जसमा पूर्वमा निलकण्ठ न.पा. र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ न.पा. तथा दक्षिणमा गजुरी र बेननिघाट रोराङ गाउँपालिका रहेको छ ।
केन्द्रः साविक सलाङ्ग गा.वि.स.
जनसङ्ख्याः २२,२१४
क्षेत्रफलः १०६.०९ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | नलाङ्ग(६-९) | ३६६१ | १२.५४ |
२ | २ | नलाङ्ग(१-५) | ३५८९ | १४.७८ |
३ | ३ | सलाङ्ग(१-५) | २६०५ | १७.१२ |
४ | ४ | सलाङ्ग(६-९) | २६६३ | १७.५५ |
५ | ५ | कुम्पुर(२,८,९) | २६०२ | १०.२७ |
६ | ६ | कुम्पुर(१,३,४) | २९८५ | १८.७९ |
७ | ७ | कुम्पुर(५-७) | ४१०९ | १५.३ |
जम्मा | २२२१४ | १०६.३५ |
सिद्धलेक गाउँपालिकाको नक्सा
१३. नामः त्रिपुरासुन्
त्रिपुरासुन्दरी गाँउपालिका वाग्मती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा पर्दछ। यस गाउँपालिका को नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो| त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्।जिल्ला सदरमुकाम धादिङ्गबेशि बाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स. २०७३ सालमा साबिकको जम्मा पांच ओटा गाविसहरु (सल्यानटार ,आगिन्चोक,मुलपानी ,सल्यानकोट ,र त्रिपुरेश्वर) समाबेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका को रुपमा स्थापना भएको हो, भने गाउँ कार्यपालिकाको कार्यालय साबिकको सल्यानटार गाबिस भवनमा रहेको छ। यस गाउँकार्यपालिकाको पूर्वमा नेत्रावती र गंगाजमुना गाउँपालिका, पश्चिममा गोर्खा जिल्ला उत्तर मा गंगाजमुना गाउँपालिका ,र दक्षिणमा ज्वालामुखी ,नेत्रावती गाउँपालिका तथा निलकण्ठ नगरपालिका पर्दछ । यस गाउँपालिकाको जम्मा जनसंख्या २१,९३७ रहेको छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेका छन् भने केहि मात्रामा सरकारी सेवा, व्यपार व्यवसाय, वैदेशिक रोजगार ,सिकर्मी तथा डकर्मीमा निर्भर छन् ।
केन्द्रः साविक सल्यानटार गा.वि
जनसङ्ख्याः २१,९३७
क्षेत्रफलः १०६.०९ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | सल्यान्टार(१-५) | ४४५९ | १०.२८ |
२ | २ | सल्यान्टार(६-९) | ४५२६ | ७.७ |
३ | ३ | मूलपानी(१-९) | २५५३ | १९.२८ |
४ | ४ | सल्यानकोट(५-९) | २४३९ | ११.१३ |
५ | ५ | सल्यानकोट (१-४) र आगिञ्चोक(८,९) | २१७९ | ८.२६ |
६ | ६ | आगिञ्चोक(१-७) | २६९८ | १४.७३ |
७ | ७ | त्रिपुरेश्वर(१-९) | ३०८३ | १२.९८ |
जम्मा | २१९३७ | ८४.३६ |
त्रिपुरासुन्दरी गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला समन्वय समिति धादिङ । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । धादिङ जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।