परिचय
प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाकाे किल्ला यस स्थानमा रहेकाे हुनाले यस जिल्लाको नाम ताप्लेजुङ रहन गएको विश्वास रहि आएको छ । ताप्लेजुङ जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिममिटर रहेको छ। यस जिल्लाको पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, उत्तरमा चीनको तिब्बत, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछन ।

ताप्लेजुङ जिल्लामा रहेका प्रमुख धार्मिक तथा प्राकृतिक सम्पदाहरू ।
१ पाथिभरा देवीको मन्दिरः ताप्लेजुङ बजार देखि पूर्वोत्तर करिब १७ किलोमिटरको दुरिमा याे मन्दिर पर्दछ ।अन्नले भरिएको पाथीको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकोले यो स्थललाई पाथीभरा भनिएको विश्वास रहेको छ । समुन्द्री सतहवाट ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र धार्मिक पर्यटकिय तथा जैविक विविधताको दृष्टिकोणले प्रसिद्ध छ। यो मन्दिर क्षेत्रबाट नेपालका धेरै हिमश्रृंखला र कंचनजंघा हिमश्रृंखलालाई अझ नजिकबाट अवलिकन गर्न सकिन्छ । यहाँबाट पुर्वी नेपालको धेरै भु – भाग र भारतको दार्जिलिङ समेत देख्न सकिन्छ । यो क्षेत्रमा २४/२५ प्रजातिको लालिगुरास, चिराइतो, बुढो ओखती, हङचुर जडिबुटि र हाब्रे (रेडपाण्डा), भालु, डाँफे, मुनाल, जस्ता वन्यजन्तु र चराचुरुङ्गी पाउन र अवलोकन गर्न सकिन्छ । यहाँ पुग्नको लागी सदरमुकाम फुङलिङबाट जिप बाट सुकेटार देउराली- भालुगौडा- काफ्लेपाटी सम्म र पैदल बाटाे माथिल्लाे फेदी हुँदै पाथीभरा मन्दिर करीव ७ घण्टामा पुग्न सकिन्छ ।

२ दिकि छ्योलिङ्ग गुम्बाः यो गुम्बा ओलाङचुङ गोलादेखि केहि माथि पहाडमा रहेको छ । ४०० वर्ष भन्दा पुरानो दिकि छ्योलिङ्ग गुम्बा पनि एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो। दिकि छ्योलिङ्ग गुम्बा आजभन्दा ४०० वर्ष पहिला लामा एसेले बनाएका थिए। यो गुम्बामा ऐतिहासिक बुद्धका मुर्तिहरु, अखण्ड बत्ती,चेरेसी च्याउ, जसमा बुद्ध मन्त्र “ऊँ माने पेमे हम्” तिबेतियन भाषामा कुँदिएकै अवस्थामा केही वर्ष अघि नजिकैको जंगलको एक रुखको टुप्पोमा पाइएको थियो। यो गुम्बा मात्र होइन ओलाङचुङ बस्ति नै पुरानो, प्राकृतिक सुन्दरता, वालुङ जातिको पृथक पहिचान, जिवन शैली, सांस्कृति, भेषभुषा, चालचलन आदिको कारणले गर्दा पनि ओलाङचुगोला पर्यटकीय र धार्मिक दृष्टकोणले महत्वपूर्ण र सुन्दर छ। यो ठाँउ चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने भएकोले व्यापारिक बजारको रुपमा पनि लिइन्छ।
३ तिम्बुङ पाेखरीः ताप्लेजुङ जिल्लामा रहेका ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरि कालिखोला गा.वि.स.मा पर्ने धर्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो। तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो। किरात लिम्बु भाषामा तिम्बु भन्नाले “पोखरीमा टिल-पिल हुने गरी पानि हुनुवा भरिनु” हो। उक्त पोखरि भरी पानी जमेको वर्ष गाँउघरमा अन्नपातको उब्जनी राम्रो हुने कुरामा स्थानीय बासिहरु गहिरो विश्वास राख्छन्। नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा पनि ताप्लेजुङ्गलाई चिनिन्छ।

ताप्लेजुङ जिल्लामा वसाेवास गर्ने जातजाति र तिनिहरूको संस्कृति
ताप्लेजुङ्ग जिल्लामा बहुजाति, बहुभाषी, बहुसांस्कृतिक भएका मानिसहरूकाे बसाेवास रहँदै आएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।
- ताप्लेजुङ जिल्लाको तल्लो भेगमा ब्राम्हण क्षेत्रि आदि जातजातिहरु बसोबास गर्ने गर्दछन् ।
- उच्च पहाडि भेग ओलाङचुङगोला, घुन्सा, याङमा, तोक्पेगोल, शेर्पा लगायतका जातजाति बस्ने गर्दछन् ।
- मध्य पहाडी भेगमा बसोबास गर्ने आदिम जातजाति बसोबास गर्ने गर्दछन् ।आदिम जातजाति मध्ये लिम्बु जाति ताप्लेजुङ्ग लगायत पूर्वी नेपालको मुख्य आदिवासी जनजाति हो।
- अन्य जातिहरुमा गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल, नेवार, कामी, दमाई, सार्की, क्षेत्री र ब्राम्हण आदि जातिहरु पनि प्रसस्तै रहेका छन् ।
ताप्लेजुङ जिल्लामा पाइने मुख्य वन्यजन्तु, चराचुरुङ्गीहरु र जडिबुटिहरू
यस जिल्लामा विश्वका दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे (रेडपाण्डा), कस्तुरी, मृग, चितुवा, भालु आदि मुख्य वन्य जन्तुहरू पाइन्छन् ।
त्यसैगरी चराचुरूङ्गीहरूमा डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिध्द आदि दुर्लभ चराचुरुङ्गीहरु पनि प्रसस्तै पाइन्छन् । ताप्लेजुङ्ग जिल्लालाइ दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइने जिल्लाकाे रूपमा पनि चिनिने गरिन्छ ।
त्यस्तै ताप्लेजुङ्ग जिल्लामा महत्वपुर्ण जडिवुटिहरु धेरै मात्रामा पाइने गर्दछन । पाँच औले, विख्मा, कुट्की, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, अलैची, चिराइतो आदि प्रमुख जडिबुटीहरु पाइन्छ। यस जिल्लाको मुख्य आयस्रोत र खेतीको रुपमा अलैची र चिराइतोलाई लिइन्छ ।
ताप्लेजुङ जिल्लामा रहेका प्रमुख हिमश्रृङखलाहरू ।
क्र.स. |
हिमश्रृङखलाहरूको नाम |
उचाइ |
१ | कंचनजंघा हिमाल | ८५८६ मिटर |
२ | काम्बाचेन | ७९०२ मिटर |
३ | जानु | ७७१० मिटर |
४ | जोसाङ | ७४८४ मिटर |
५ | टेन्ट पिक | ७३६५ मिटर |
६ | कावु | ७३५३ मिटर |
७ | यालुङ | ७३४२ मिटर |
८ | किरातचुलि | ७२१५ मिटर |
९ | प्यारामिड पिक | ७१२३मिटर |
१० | जनक (कुम्भकर्ण) | ७०९० मिटर |
११ | टुविन्स | ७००४ मिटर |
१२ | कंचनजंघा (पश्चिम) | ८५०५ मिटर |
१३ | कंचनजंघा (दक्षिण) | ८४७६ मिटर |
नाेट कंचनजंघा हिमश्रृंखला भित्र पर्ने ८५ ८६ मिटर उचाइ रहेको यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रहने स्थानीय तहहरु
– जिल्लाका सवै स्थानियतहहरू ।
प्रदेशसभा निर्वाचन क्षेत्र नंं १ मा रहेका स्थानीय तहहरु
· फुङ्लिङ नगरपालिका
· सिदिङ्वा गाउँपालिका
· याङवरक गाउँपालिका
· सिरिजङ्घा गाउँपालिका
· फक्ताङलुङ गाउँपालिका
प्रदेशसभा निर्वाचन क्षेत्र नंं २ मा रहेका स्थानीय तहहरु
· आठराई त्रिवेणी गाउँ
· मिक्वाखोला गाउँपालि
· मेरिङ्देन गाउँपालिका
· मैवाखोला गाउँपालिका
· फक्ताङलुङ गाउँपालिका
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार ताप्लेजुङ जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ वटा नगरपालीका र ८ वटा गाउँपालिकामा विभाजन गरिएको छ ।
१. नामः फुलिङ नगरपालिका
साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो l हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो l ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङ नगरपालिका नेपालको पुर्वान्चल विकास क्षेत्रको मेची अन्चलमा अबस्थित छ l यस नगरपालिकाको कुल क्षेत्रफ़ल १२५.५७ बर्ग किलोमिटर रहेको छ । ताप्लेजुङ जिल्ला २७*१५” देखि उत्तरी अक्षांश र ८७*३२”पूर्वी देशान्तर भित्र पर्दछ । नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड पाण्डा, कालो भालु हिउँ चितुवा,शिकारी भोटे काग, डाँफे, मुनाल, कालिज आदि दुर्लभ बन्यजन्तु र चराचुरंगीको वासस्थान, ८४४ प्रजातिका बनस्पति १६ प्रकारका जंगल २८ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभा, १३ प्रकारका रैथाने बिरुवा र १३७ प्रजातिका ग्रैह काष्ठ वन पैदावार पाउने, आदि जडीबुटी र सुन्दर फुलैफूलको बगैंचा जैविक विविधताले सम्पन्न/प्रकृतिको एक वरदान विश्वमा नै सबै भन्दा बढी गुराँस पाइने गुराँसको राजधानी रहेको यस ताप्लेजुङ जिल्ला वास्तबमै प्राकृतिक, जैविक,जातजाति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो ।
केन्द्र : साविक ताप्लेजुङ नगरपालिका कार्यालय
क्षेत्रफलः १२५.५७ (वर्ग कि.मि.)
जनसङ्ख्याः २८४४९
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
ताप्लेजुङ |
३ |
२ |
ताप्लेजुङ |
१ |
३ |
ताप्लेजुङ |
२ |
४ |
ताप्लेजुङ |
४ |
५ |
ताप्लेजुङ |
५ |
६ |
ताप्लेजुङ |
६ |
७ |
ताप्लेजुङ |
७ |
८ |
ताप्लेजुङ |
८, ९ |
९ |
हाङदेवा |
१-९ |
१० |
फुरूम्बु |
१-९ |
११ |
फावाखोला |
१-९ |
२. नामः अठराइ त्रिवेणी गाउँपालिका
आठराई त्रिवेणी गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुङ जिल्लाको दक्षिणपश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको फूलबारी, निघुरादीन,चाँगे र हाङपाङ गाउँ विकास समितिहरूलाई आठराई त्रिवेणी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल क्षेत्रफल ८८.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२२९६ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा पाथिभरा याङ्गवारक गाउँपालिका र पाँचथर जिल्ला पश्चिममा मैवाखोला गाउँपालिका उत्तरमा फुङ्लिङ नगरपालिका तथा दक्षिणमा तेह्रथुम जिल्ला सम्म फैलिएको छ ।
केन्द्रः साविक हाङपाङ गा.वि.स.को कार्यालय
क्षेत्रफलः ८८.८३ (वर्ग कि.मि.)
जनसङ्ख्याः १२२९६
वडा संख्याः ५
वडा नं. | समावेश भएका साविक
गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ | निधुरादिन | १-९ |
२ | फूलबारी | १-९ |
३ | हाङपाङ | १-९ |
४ | चाँगे | ५-९ |
५ | चाँगे | १-४ |
३. नामः सिदिङ्वा गाउँपालिका
ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू-भागमा अवस्थित २,०६ वर्ग कि.मी श्रेत्रफल फैलिएको सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको देखिन्छ । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गा.वि.स लाई समेटी निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १०९७९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थलहरु छ।
केन्द्रः साविक साव्लाखु गा.वि.स.को कार्यालय
क्षेत्रफलः २०६ (वर्ग कि.मि.)
जनसङ्ख्याः १०९७९
वडा संख्याः ७
वडा नं. | समावेश भएका साविक
गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ | कालिखोला | १-९ |
२ | सादेवा | १-९ |
३ | आंखोप | १-९ |
४ | साब्लाखु | १-९ |
५ | लिम्वुदिन | १-९ |
६ | मेहेले | १-९ |
७ | सुरुम्खिम | १-९ |
४. नामः फक्त्ताङलुङ गाउँपालिका
फक्ताङलुङ गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत ताप्लेजुंग जिल्लाको उत्तर पुर्व भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा ताप्लेजुंग जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन , खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र अोलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कूल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोहि अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ११७९१ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा ताप्लेजुंग जिल्लाको सिरीजंघा गाउँपालिका, पश्चिममा मिक्वाखोला गाउँपालिका , उत्तरमा चिन तथा दक्षिणमा फुङलिङ नगरपालिका सम्म फैलिएको छ ।
केन्द्रः साविक तापेथोक गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ११७९१
क्षेत्रफलः १८५८.५१ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. | समावेश भएका साविक
गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ | सावादिन | १-९ |
२ | खेजेनिम | १-९ |
३ | लिङखिम | १-९ |
४ | ईखावु | १-९ |
५ | तापेथोक | १-९ |
६ | लेलेप | १-९ |
७ | ओलाङचुङगोला | १-९ |
५. नामः मिक्वाखोला गाउँपालिका
नेपालको सुदुर पूर्वी सिमानामा पर्ने साविकमा मेची अञ्चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुबै देशसँग सीमाना गाँसिएको जिल्ला ताप्लेजुङका पश्चिमी भूभागमा चार गा.वि.स. हरु खोक्लिङ, लिवाङ, साँवा र पापुङको संयोजन भई हाल १ नं. प्रदेश अन्तर्गतका मिति २०७३/११/२७ गते गठित स्थानीय तहको रुपमा मिक्वाखोला गाउँपालिका एक रहेको छ । पौराणिक कालमा तिब्बतबाट आएका एक युवतीको आँसुबाट खोला बनेको र स्थानीय लिम्बु भाषामा मिक्वाको अर्थ आँसु भएकाले यस ठाउँको नामाकरण मिक्वाखोला रहन गएको जनश्रुति रहेको छ । मिक्वाखोला कालखण्डसँगै मेवा खोलाको नामले चिनिन थालेको भएतापनि राज्य पुनर्सरंचनाको क्रममा मेवा खोलालाई पुनः मिक्वाखोला नामाकरण गरी यसै ऐतिहासिकतालाई मध्यनजर गर्दै मिक्वाखोला गाउँपालिका भनी नामाकरण गरिएको हो। भौगोलिक रुपमा बिकट र दुर्गम भए तापनि मिक्वाखोला गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्ण पहिचान रहेको छ । मिक्वाखोला गाउँपालिका अलैंची खेती, पर्वतारोहण, अवलोकन भ्रमण र जडिबुटी संकलनको दृष्टिकोणबाट महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो ।
केन्द्रः वडा नं. ४ थलङ
जनसङ्ख्याः ७९६४
क्षेत्रफलः ४४२.९६ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. | समावेश भएका साविक
गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ | खोक्लिङ | १-४ |
२ | खोक्लिङ | ५-९ |
३ | लिवाङ | १-९ |
४ | साँवा | १-९ |
५ | पापुङ | १-९ |
६. नामः मेरिङदेन गाउँपालिका
केन्द्रः साविक सान्थाक्रा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ७९६४
क्षेत्रफलः २१०.३३ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. | समावेश भएका साविक
गा.वि.स. /न.पा.हरू |
साविक वडा नं. |
१ | थिङलावु | १-९ |
२ | सान्थाक्रा | १-९ |
३ | खाम्लुङ | १-९ |
४ | लिङतेप | १-९ |
५ | थुकिमा | १-९ |
६ | नाल्वु | १-९ |
७. नामः मैवाखोला गाउँपालिका
नेपालको सुदुर पूर्वी जिल्ला ताप्लेजुङको पूर्वमा आठराई त्रिवेणी गाउँपालिका,पश्चिममा संखुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका,उत्तरपुर्वमा ताप्लेजुङ जिल्लाकै मिरिङदेन गाउँपालिका र दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका चार किल्ला वीच अवस्थित साबिक तीन वटा गा.वि.स.हरू(ढुङ्गेसाँघु, साँघु र फाकुम्बा) समायोजन भई मैवाखोला गाउँपालिका नामाकरण भएको हो । यस गाउँपालिकामा जम्मा ६ वडा कार्यालयहरु रहेका छन् ।
जिल्लाको राजनीतिक विभाजनको हिसाबले ताप्लेजुङको निर्वाचन क्षेत्र “ख” अन्तर्गत यो गाउँपालिका पर्दछ। वर्तमान नेपालको संविधानमा व्यवस्था भए बमोजिमको स्थानीय तह अन्तर्गत एउटा स्थानीय तह वा सरकारको रुपमा स्थापित मैवाखोला गाउँपालिका जसको संचालन निर्वाचित जन प्रतिनिधिहरुबाट भइरहेको छ। यस गाउँपालिकाको कार्य तथा जिम्मेवारीहरु संविधानको अनुसूचीहरुमा उल्लेख भए अनुसार सञ्चालन भइरहेको छ। हाल यो स्थानीय सरकार संचालन ऐन, २०७४ बाट व्यवस्थित र संचालित छ। संघ र प्रदेश सरकारसंग यसको सम्वन्ध, सहअस्तित्व, समन्वय र सहकारीताको सिद्धान्तबाट निर्देशित र व्यवस्थित छ।
व्यवस्थापिकाको रुपमा गाउँसभा, न्यायपालिकाको रुपमा न्यायिक समिति र कार्यपालिकाको रुपमा गाउँकार्यपालिका जस्ता संरचनाहरु मार्फत यसले स्थानीय सरकारको रुपमा अभ्यास गरिरहेको छ। क्षेत्रफल १३८ वर्ग किलोमिटर रहेको छ ।
केन्द्रः साविक साँघु गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १०२१३
क्षेत्रफलः १३८ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. | समावेश भएका साविक
गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ | ढुङ्गेसाँघु | १-५ |
२ | ढुङ्गेसाँघु | ६-९ |
३ | साँघु | १-६ |
४ | साँघु | ७-९ |
५ | फाकुम्वा | १-४ |
६ | फाकुम्वा | ५-९ |
८ नामः पाथिभरा याङ्वरक गाउँपालिका
पाथीभरा याङवरक गाँउपालिका नेपालको कोशी प्रदेशको मेची अञ्चल अन्तरगत ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षत्रफल ९२.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सिमाना कावेली खोला रहेको छ।यस गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।
केन्द्रः साविक थेचम्वु गा.वि.स
जनसङ्ख्याः ११८०६
क्षेत्रफलः ९३.७६ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./ न.पा.हरू |
साविक वडा नं. |
१ |
नाङखोल्याङ |
१-९ |
२ |
थेचम्वु |
१-९ |
३ |
तिरीङगे |
१-९ |
४ |
डुमृशे |
१-९ |
५ |
चाक्सिवोट |
१-९ |
६ |
थुम्वेदिन |
१-९ |
९. नामः सिरीजङ्घा गाउँपालि
केन्द्रः साविक तेल्लोक गा.वि.स
जनसङ्ख्याः १४११४
क्षेत्रफलः ४८१.०९ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स. /न.पा.हरू |
साविक वडा नं. |
१ |
सिनाम |
१-९ |
२ |
अम्वेगुदीन |
१-९ |
३ |
सिकैचा |
१-९ |
४ |
तेल्लेक |
१-९ |
५ |
पेदाङ्ग |
१-९ |
६ |
मामंखे |
१-९ |
७ |
खेवाङ |
१-९ |
८ |
याम्फुदिन |
१-९ |
माथी उल्लेखित तथ्याङ्कहरू विभिन्न सरकारी website र लेखरचनामा आधारित रहेर चिनारी नेपालले प्रकाशन गरेको हो ।