Tanahu Bazar

तनहुँ जिल्ला Tanahun District

परिचय

संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । गण्डकी नदीको जलप्रवाह क्षेत्रसंग आवद्ध यस जिल्लामा सीमा नदीको रुपमा पूर्वी दिशामा मस्र्याङ्गदी र त्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी बहन्छ भने जिल्लाको मध्य भागबाट मादी र सेती नदी प्रवाहित हुन्छ ।१० स्थानिय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ।

बन्दिपुर
तस्विरमाः बन्दिपुर
भाैगोलीक अवस्थिती

नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपरासी र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्वारा परिवेष्ठित छ । समुद्र सतहबाट १८७ मि. (देवघाट गा.पा.को कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३४ मि. (छिम्केश्वरी डाँडा) सम्मका – भागहरूमा फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग कि.मी. (४,६०० हे.) नेपालको कुल – भागकोभू १.०५% रहेको छ । साथै जिल्लाको – पश्चिमूर्व लम्बाई ६२.५ कि.मि. र उत्तर – दक्षिण चौडाई ४३.७ कि.मि. रहेकोछ ।

तनहुँ
तस्विरमा तनहुँ जिल्ला

जिल्ला सदरमुकाम दमौली समुद्र सतह देखि ३७० मि.को उचाइमा रहेको छ । औषत वर्षा २०५८ मि.मि. रहेको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म हुने गर्दछ । भौगोलिक दृष्टिले दक्षिणतर्फ चुरे(१.१५%) र उत्तर तर्फ मध्यपहाडी( ९८.८५%) क्षेत्रहरू मिली बनेको यो जिल्ला भू – उपयोगको दृष्टिले रुखयुक्त वन क्षेत्रले ७१,७१५.२२ हे. र झाडीयुक्त वन क्षेत्रले ६,३९६.० हे. गरी ७८,१११.२२ हे. ( ५०.५२%), कृषियोग्य क्षेत्रले ६५,०६१ हे. (४२.०८%), चरन क्षेत्रले ४,३०६ हे. (२.७८%) र अन्य क्षेत्रले ७,१२१.७८ हे. ( ४.६२%) ओगटेका छन् । हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली नदीहरूले पूर्व, कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरूले बीचमा चिरेर जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२१,१५३  रहेको छ ।

तस्विरमा तनहुँ जिल्ला
तस्विरमा तनहुँ जिल्ला
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार तनहुँ  जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर  २ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

तनहुँ जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
भानु नगरपालिका भानु, वसन्तपुर, मिर्लुङ्ग, रिस्ती (६), सतिस्वारा (१-५), तनहुँसुर (१-३), चोक चिसापानी र रूपाकोट गा.वि.स. १३
भिमाद नगरपालिका अरूणोदय, किहुँ, भानुमती, भिमाद, माझकोट (१-५, ७-९), ऋषिङ्ग रानीपोखरी (९), साभुङ्ग भगवतीपुर (२) र गजरकोट (९) गा.वि.स.
व्यास नगरपालिका व्यास नगरपालिका, केशवटार (२-७), क्यामिन, घाँसिकुवा (२-८), तनहुँसुर (४-९), रिस्ती (१-५, ७-९), श्याम्घा र सतिस्वाँरा (६-९) गा.वि.स. १४
शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी नगरपालिका, थप्रेक, राईपुर र फिरफिरे गा.वि.स. १२
आँबुखैरेनी गाउँपालिका आँबुखैरेनी नगरपालिका, छिम्केश्‍वरी र देउराली गा.वि.स.
ऋषिङ्ग गाउँपालिका कोटदरबार, भिरकोट, ऋषिङ्ग रानीपोखरी (१-८), काहुँशिवपुर, राम्जाकोट (१-८) र बैदी (१-३) गा.वि.स.
घिरिङ गाउँपालिका गजरकोट (१-८), घिरिङ्ग सुन्धारा, राम्जाकोट (९), साभुङ्ग भगवतीपुर (१, ३-९) र माझकोट (६) गा.वि.स.
देवघाट गाउँपालिका कोटा, छिपछिपे, देवघाट र बैदी (४-९) गा.वि.स.
म्याग्दे गाउँपालिका छाङ्ग, जामुने र मनपाङ्ग गा.वि.स.
१० वन्दिपुर गाउँपालिका बन्दिपुर नगरपालिका, घाँसीकुवा (१,९) र केशवटार (१,८,९) गा.वि.स.
जम्मा ८५

१.    नामः भानु नगरपालिका

आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/०६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको यस भानु नगरपालिका कार्यालयको विधिवत संचालन २०७२/०६/१५ गते शुक्रबार बाट भईआएकोमा मिति २०७३/११/२७ को नेपाल सरकारकोनिर्णय अनुसार स्थानीय तहको रुपमा पुर्नसंरचित यस भानु नगरपालिकामा साविकका भानु न.पा, वसन्तपुर गा.वि.स, मिर्लुङ गा.वि.स, रिस्ती गा.वि.स (वडा नं. ६), सतिस्वारा गा.वि.स (वडा नं. १ देखि ५), तनहुँसुर गा.वि.स (वडा नं. १ देखि ३), चोकचिसापानी गा.वि.स, रुपाकोट गा.वि.स र पुर्कोट गा.वि.स समावेश भएका छन् ।

साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४२,७९४ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।

केन्द्रः साविक भानु नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ४२७९४

क्षेत्रफलः १८४.२९  (वर्ग कि.मि.)

वडा संख्याः १३

भानु नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
भानु(१) ४३८५ ५.५१
भानु(२) ३२२७ १२.०३
भानु(३) ३९३३ ९.०७
भानु(४,५) ३११५ १८.०३
भानु(६,७,८) ३०२६ १९.१
तनहुँसुर (१-३) ,भानु (९) र सतिस्वाँरा (१) ३०६७ १६.३४
बसन्तपुर(१-९) २८१७ २०.५७
पुर्कोट(४,६-९) ३५३६ ११.३९
पुर्कोट(१-३,५) ३५५२ ७.६५
१० १० चोक चिसापानी(१-९) ३३२० १४.९
११ ११ रुपाकोट(१-९) ३५७७ १६.९
१२ १२ मिर्लुङ्ग(१-६) २७८६ १६.३३
१३ १३ मिर्लुङ्ग (७-९), रिस्ती (६) र सतिस्वाँरा (२-५) २४५३ १६.४७
जम्मा ४२७९४ १८४.२९

 २.    नामः भिमाद नगरपालिका

भिमाद नगरपालिकाको संक्षिप्त परिचय

नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णय अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारको मिति २०७३/११/२२ को निर्णय अनुसार नाम, वडा संख्या र सीमाना कायम गरिएको र नेपाल राजपत्रमा मिति २०७३/११/२७ को राजपत्रमा प्रकाशित भएपछि विधिवत रुपमा भिमाद नगरपालिकाको स्थापना भएको हो ।

भिमाद नगरपालिकाको नामाङ्‍कनका सम्बन्धमा प्राचीन महाभारत किंवदन्ती अनुसार पाण्डवका ५ भाई छोरा मध्ये भिमसेनले आफ्नो समयमा सेती नदीमा बाँधेको बाँधलाई भिमबाँध भनिन्थ्यो । इतिहासको विकासक्रम र परिवर्तनसँगै भिमबाँध शब्दको अपभ्रंश भई भिमाद भन्न थालियो । भिमाद शब्द जनजिब्रोमा लोकप्रिय भएकोले यस स्थानको नाम भिमाद रहन गएको भन्ने भनाई छ । साविक भिमाद गाउँ विकास समिति समेत गाभिएर यो नगरपालिका स्थापना भएकोले सोही गा.वि.स. को नामलाई कायम राख्दै यस ऐतिहासिक स्थलको महिमा झल्काउने गरी भिमाद नगरपालिका नामाकरण गरिएको हो ।

यस नगरपालिकाको क्षेत्रफल १२९ वर्ग किलोमिटर रहेको छ । यो नगरपालिका २७५४’९” उत्तरी अक्षाँश देखि २८०१’२५” उत्तरी अक्षाँशसम्म र ८३५८’२.३७” पूर्वी देशान्तर देखी ८४०९’४९” पूर्वी देशान्तरसम्म फैलिएको छ । समुन्द्र सतहदेखि न्यूनतम ३४१ मिटर (टुटुवा) देखि अधिकतम १३४७.०३ मिटर (कोटबाराही) सम्मको उचाईमा अवस्थित छ । यस नगरपालिकाको सिधा मापन दूरी सरदर पूर्व पश्‍चिम लम्बाई १९.४७ कि.मि. र उत्तरदक्षिण चौडाई ११.९६ कि.मि. रहेको छ ।

केन्द्रः साविक भिमाद नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २९२४८

क्षेत्रफलः १२९.२९ (वर्ग कि.मि.)

वडा संख्याः

भिमाद नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
किहुँ (१-९) गजरकोट (९) ३८५९ १९.२६
अरुणोदय(१-९) ३९७४ १८.७
माझकोट(७-८) १६२९ १५.४१
माझकोट(१-५) २१४० २३.३८
माझकोट (९), ऋषिङ्ग रानीपोखरी (९) र साभुङ्ग भगवतीपुर (२) ३४४४ १७.८२
भिमाद(१) ७२५३ ३.२७
भानुमती (७) र भिमाद (२,४,५,८,९) २३५१ ८.०१
भानुमती (१,३,९) भिमाद (३,६,७) २४९८ १०.५२
भानुमती(२,४-६,८) २१०० १२.९२
जम्मा २९२४८ १२९.२९

 ३.    नामः व्यास नगरपालिका

सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी  (कर्मक्षेत्र) रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा.वि.स.को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो । नेपाल सरकार मन्त्री परिषद्को मिति २०७१ मार्ग १६ गतेको को निर्णयानुसार पोखरीभन्ज्याङ गा.वि.स.लाई यस नगरपालिकामा गाभिएको थियो भने नेपाल सरकारको २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्याम्घा र क्यामिन गा.वि.स.को सम्पूर्ण भाग, तनुहँसुर गा.वि.स.को वडा नं.४–९, केशवटार गा.वि.स.को वडा नं. २–७, घाँसीकुवा गा.वि.स.को वडा नं.२–८, रिस्ती गा.वि.स.को वडा नं.१–५, ७–९ र सतिस्वाँरा गा.वि.स.को वडा नं.६–९ का वडाहरुलाई समावेश गरी व्यास नगरपालिका नगर कार्यापालिकाको कार्यालय नामाकरण गरी संघीय संरचना अनुसार पुर्नगठन गरिएको छ । काठमाण्डौंदेखि १५० कि.मी. पश्चिम तथा पोखराबाट ५० कि.मी. पूर्व पृथ्वी राजमार्गमा अवस्थित यो नगरपालिका नेपालको चार नम्बर प्रदेश अन्तर्गत तनहु जिल्लाको जिल्ला सदरमुकाम (दमौली) पनि हो । यस नगरपालिकालाई पूर्वमा भानु नगरपालिका र बन्दीपुर गाउपालिका, पश्चिममा म्याग्दे गाउपालिका र शुक्लागण्डकी नगरपालिका, उत्तरमा लम्जुङ र कास्की जिल्ला तथा रिषिङ र देवघाट गाउपालिकाले घेरिएको छ ।

२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा (२०७९ असार ३० गतेसम्म २४८ टोल) विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी   क्षेत्र, वडा नं.५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् । यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वार्षिक वर्षा १९६०.६ मि.मि. हुने गरेको छ ।

यस नगरपालिकाको जनसंख्यालाई हेर्ने हो भने २०५३ सालमा न.पा. बाट गरिएको एक सर्भेक्षण अनुसार २४२५९ कुल जनसंख्या रहेको थियो भने २०६८ सालको राष्ट्रिय जनगणना अनुसार पुरुष ३१,२६० र महिला ३९,०७५ गरी कुल जनसंख्या ७०३३५ रहेको छ भने २०७८ सालको राष्ट्रिय जनगणना २०७८ अनुसार यस पुरुष ३६१५७ र महिला ४२७८२ गरी कुल ७८९३९ रहेको छ भने घरधुरी संख्या २२५८५ रहेको छ । यस न.पा.को जनघनत्व प्रति वर्ग कि.मी. ३१८।३० हुन आउछ । यस नगरपालिकको  ७६ प्रतिशत जनसंख्या साक्षर रहेका छन् ।

 यस नगरपालिकामा मुख्य जाति समूहको रुपमा ब्राम्हण, मगर, क्षेत्री, दराई, नेवार, गुरुङ, कामी आदि रहेकाछन् । अधिराज्य भरिमानै दुर्लभ ठानिने दराई जातिको मुल थलोको रुपमा यसलाई लिइन्छ । चुड्का, घाटु र कौरा यहाका लोक दृष्य नृत्यहरु छन् । घाटु, भैलो, झ्याउरे र परम्परागत तीजका  गीतहरु तथा नृत्य पनि यस नगरपालिकाका र्सवाधिक लोकपृय संस्कृति हुन् । नगरवासीहरु आंसिक रुपमा जागिर, व्यापार व्यवसाय र वैदेशिक रोजगारमा संलग्न रहेतापनि कृषि नै जनजीवनको मुख्य आर्थिक स्रोत रहेको छ । सागे, बुल्दी, बोर्धन, रिस्ती, कलेस्ती र छाब्दी खोलाका काखमा रहेका फाटहरु उर्भर र  सदावहार छन् भने कुमालटारी, बैरेनी र भादगाउ जस्ता साना ठूला टारहरु सिंचाईको अभावले छट्पर्टाई रहेका छन् ।

दमौलीबाट करीब ७ कि.मी. पूर्वमा रहेको धार्मिक स्थलको रुपमा प्रख्यात मानिने छाब्दी बराहमा वर्षोनी हजारौं धार्मिक पर्यटक तथा शुभेच्छुकहरु आउने गर्दछन् । त्यसका अलवा यस नगरपालिकाको धार्मिक एवं ऐतिहासिक स्थलहरुमा घुटुक्दी वराह, निर्वु वराह, चम्रे ओडार, व्यास गुफा, शिवटाञ्चायन मन्दिर, पराशर गुफा, अनन्त गुफा, गलेखामकोट,मानुङकोट, क्यामिन कोट, पुलिमराङ र तनहुँसुर दरवार आदि पर्दछन् । त्यस्तै मनोरन्जन पार्केको रुपमा गणेशमान पार्क, बाल उद्यान पार्क, पानीको फोहरा, भानुघाँसी स्मारक पार्क र सहिद कालिका पार्क आदि रहेकाछन् ।

केन्द्रः साविक व्यास नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ७८९३९

क्षेत्रफलः २४८.३६  (वर्ग कि.मि.)

वडा संख्याः १४

व्यास नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
व्यास(१) १४५९४ ८.९२
व्यास(२) ७६११ ०.३४
व्यास(१०) ३८५१ ०.७४
व्यास(११) ८००० २.१२
व्यास(६-८) ८०८३ २०.१६
श्याम्घा(१-९) ४५२९ ३५.३४
क्यामीन(१,३,७-९) ३३४४ २१.२
क्यामीन (६) रिस्ती (१-५,७-९) १८१६ २०.०८
क्यामीन (२,४,५), तनहुँसुर (६,८) र सतिस्वाँरा (६-९) ३०६१ २५.०६
१० १० व्यास(५,९) ७१९४ १५.११
११ ११ व्यास (३,४), घाँसीकुवा (६) र तनहुँसुर (४,५,७,९) ६३१६ ३३.३३
१२ १२ घाँसीकुवा(२-५,७,८) ४७०३ १५.४
१३ १३ व्यास(१२-१४) ३५२५ २६.०७
१४ १४ केशवटार(२-७) २३१२ २४.४९
जम्मा ७८९३९ २४८.३६

 ४.    नामः शुक्लागण्डकी नगरपालिका

पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो।

देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

केन्द्रः साविक शुक्लागण्डकी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ५५६२०

क्षेत्रफलः  १६४.७५(वर्ग कि.मि.)

वडा संख्याः १२

शुक्लागण्डकी नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
थप्रेक(१-९) २३९४ २७.४
शुक्लागण्डकी(१,७) ५५८२ २०.१३
शुक्लागण्डकी(२,६) ४३५४ ९.५८
शुक्लागण्डकी(३) ४८०२ १.९६
शुक्लागण्डकी(४,५) ८६८४ ४.२९
शुक्लागण्डकी(८,१०) ४८५६ १०.१३
शुक्लागण्डकी(९,११) ५८७१ ५.६२
शुक्लागण्डकी(१३) ६२६६ १०.६१
शुक्लागण्डकी(१२,१६) ३११९ ११.२९
१० १० शुक्लागण्डकी(१४,१५,१७) ४२४९ २१.९७
११ ११ राईपुर(१-९) ३०३० १२.४८
१२ १२ फिरफिरे(१-९) २४१३ २९.२९
जम्मा ५५६२० १६४.७५

 ५.    नामः आँबुखैरेनी गाउँपालिका

पौराणिक कथनका आधारमा यस गाउँपालिकाभित्र ऋषि, महर्षि तपस्वीहरुको आँपको बृहत् बगैंचा भएकोले आँबु र आसपासमा खयरको समेत जङ्गल रहेकाले खैरेनीे भन्ने चलनबाट अपभ्रंम्सभई आँबुखैरेनी नाम रहन गएको भनाइ छ । त्यसैगरी संस्कृत भाषामा आ.व.को अर्थ पानी÷खोला रहेकोर छिम्केश्वरी मन्दिरलाई तीन तिरबाट खोलाले घेरेकाले आबु रहन गएको खैरेनी चौतारा आसपास खयरको जङ्गल रहेकाले यस ठाउँको नाम आँबुखैरनी रहन गएको भनाइ छ ।यस गाउँपालिका तनहुँ जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । भौगोलिकरुपमा लेक, वेशी, पहाड भू बनोटको विविधता पाईन्छ । यस गाउँपालिकामा खेतिपाती योग्य भूमी र प्रशस्तक्षेत्र वनजङ्गलले ढाकेको छ । यस गाउँपालिकामा मुख्यः मगर, गुरुङ, ब्राह्मण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ ।

जनजातिको बसोबासको बाहुल्यता रहेको यस गाउँपालिका भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति, रहनसहन, धार्मिक, सांस्कृतिक विविधता रहेको एवम् कौरा नाच, झ्याउरे नाच जस्ता विभिन्नसंस्कृतिले भरिपूर्ण रहेको छ । प्राकृतिक मनोरमका कारणसमेत यस गाउँपालिका पर्यटकिय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ ।साविकको सत्रसय आबु गाउँ पञ्चायत, आँबुखैरेनी गा.वि.स. हुँदै नेपाल सरकारको मिति २०७२ साल आश्विन १ गतेको निर्णयबमोजिम आँबुखैरेनी नगरपालिका घोषणा भएकोमा राज्य पुर्नसंरचनाअन्तर्गत आँबुखैरनी नगरपालिका, छिम्केश्वरी र देउराली गा.वि.स. समायोजन भई नेपाल सरकारको मिति २०७३÷११÷२७ गतेको निर्णयानुसार आँबुखैरेनी गाउँपालिकाको रुपमा गठन भई कार्यान्वयनमा आएको छ ।

गाउँपालिकाको केन्द्र आँबुखैरेनी बजार मिलनचोकमा रहेको छ । पृथ्वी राजमार्गले आँबुखैरनी गाउँपालिकालाई उत्तर तर्फबाट छिचोलेको, र गोरखा राजमार्गले पूर्वपट्टीबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यस गाउँपालिका विकास र सम्वृद्धिको लागि प्रचुर सम्भावना रहेको एवम् गाउँपालिका विकास र गाउँवासीको स्वर्णिम भविष्यको लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ । नेपालको गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित रहेको यस गाउँपालिकाको पूर्वमा चितवन र गोरखा जिल्ला पश्चिममा वन्दिपुर र देवघाट गाउँपालिका उत्तरमा बन्दिपुर गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा देवघाट गाउँपालिका र चितवन जिल्लाको बीचमा पर्दछ । गाउँपालिकाको स्थापना २०७३ साल फाल्गुन २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भएको हो ।

केन्द्रः साविक आँबुखैरेनी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः २२२५२

क्षेत्रफलः १२८  (वर्ग कि.मि.)

वडा संख्याः

आँबुखैरेनी गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
आँबुखैरेनी(१,२) ३८५४ १३.५
आँबुखैरेनी(३-५) ४०४२ २१.६३
आँबुखैरेनी(६) ९४४० १०.२४
आँबुखैरेनी(७-९) १७५७ २१.९३
छिम्केश्‍वरी(१-९) १५१० २६.०५
देउराली(१-९) १६४९ ३४.६५
जम्मा २२२५२ १२८

 ६.    नामः ऋषिङ्ग गाउँपालिका

नेपालको ७ प्रदेश मध्य गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला मध्ये तनहुँ जिल्ला पनि एक हो । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै एतिहासिक महत्व रहेको छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काहुशिवपुर, भिरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाविसलार्ई समायोजन गरी ऋिषिङ्ग गार्उँपालिका गठन गरिएको छ ।

मनोरम परेटकिय नगरी पोखरा देखी भिमाद बजार हुदै ऋषिङ पुग्न जम्मा 1 घण्टा लाग्दछ भने दमौली बजार हुदै पनि जान सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेकोले यस गाउँपालिकाको नामाकरण गिरिएको हो ।

केन्द्रः साविक कोटदरबार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७९१८

क्षेत्रफलः २१५.०६  (वर्ग कि.मि.)

वडा संख्याः

ऋषिङ्ग गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
काहुँशिवपुर(१-३,८) ४३८८ २८.३७
काहुँशिवपुर(४-७,९) १४११ ३०.१४
भिरकोट (८,९), बैदी (१-३) १८६६ ३३.९३
भिरकोट(२-७) १८५५ २७.३९
राम्जाकोट(१-८) २६७१ ३९.६६
भिरकोट (१) र कोटदरबार (१,३,८,९) २१२३ १८.१६
कोटदरबार(२,४-७) १७९७ २३.१४
ऋषिङ्ग रानीपोखरी(१-८) १८०७ १४.२७
जम्मा १७९१८ २१५.०६

 ७.    नामः घिरिङ गाउँपालिका

भिरालो धरातलिय स्वरुपले बनेको यस गाउँ देखि ३०० मीटर देखि १००० मिटर सम्मको उचाईमा फैलिएर रहेको छ । यस गा.वि.स. को कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । विश्व मानचित्रम यो गाउँ विकास समिति २७’ ७०’ ६” देखि २७’ ५८’ ४८” सम्मको उत्तरी अक्षांस र ८४’ ०१’ २१” देखि ८४’ ०५’ १.०४” पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ  ।यो पाश्र्वचित्र तयार गर्दा साविक गजरकोट गा.वि.स.को वडा नं. २,४,५,६,७ र घिरिङ्ग सुन्धारा गा.वि.स को वडा नं. ३ को तथ्यांकहरु संकलन गरि हालको वडा नं. १ निर्माण भएको छ, साविक गजरकोट गा.वि.स.को वडा नं. १,३,८ र घिरिङ्ग सुन्धाराको २,८,९ गरि हालको वडा नं. २ निर्माण भएको, साविक घिरिङ्ग सुन्धाराको वडा नं. ४,५,६,७ साभुङ्ग भगवतीपुरको ८ र माझकोटको ६ गरि हालको वडा नं. ३ निर्माण भएको, साविक घिरिङ्ग सुन्धारा १, राम्जाकोट ९ र साभुङ्ग भगवतीपुर गा.वि.स १,५,९ गरि वडा नं. ४ निर्माण भएको र साविक साभुङ्ग भगवतीपुर गा.वि.स.को वडा नं. ३,४,६ र ७ गरि वडा नं. ५ नयाँ वडाहरु निर्माण भएको हो ।

यसरी यो गाउँपालिका साविक गजरकोट गा.वि.सको ८ वटा वडा, साभुङ्ग भगवतीपुर गा.वि.स को ८ वटा वडा घिरिङ्ग सुन्धाराको ९ वडा, राम्जाकोट गा.वि.स.को १ वटा वडा, माझकोट गा.वि.स.को १ वटा वडा मिलि बनेको छ । यस गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पशिचममा पाल्पा र स्यांजा जिल्ला, उत्तर भिमाद ना.पा. र स्यांजा जिल्ला र दक्षिणमा नवलपरासी र पाल्पा जिल्ला पर्दछन् ।

राजनैतिक विभाजनका हिसाबले या गाउँ विकास समिति जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा र इलाका नं. ९ अन्तरगत रहेको छ । यस गाउँ विकास समितिको प्रशासनिक कार्य साविक वडा नं. ६ र हालको वडा नं. ३ मा रहेको गाउँ विकास समितिको कार्यालयबाट हुने गरेको छ ।

केन्द्रः पोखरीछाप

जनसङ्ख्याः १४३३४

क्षेत्रफलः १२६.३५  (वर्ग कि.मि.)

वडा संख्याः

घिरिङ गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गजरकोट (२,४-७) र घिरिङ्ग सुन्धारा (३) ३७५४ १९.२६
गजरकोट (१,३,८), घिरिङ्ग सुन्धारा (२,८,९) २३९८ ३१.३९
घिरिङ्ग सुन्धारा (४-७), साभुङ्ग भगवतीपुर (८) र माझकोट (६) २५३३ २२.६४
घिरिङ्गसुन्धारा (१), राम्जाकोट (९) र साभुङ्ग भगवतीपुर (१,५,९) ३१३८ ४१.२७
साभुङ्ग भगवतीपुर(३,४,६,७) २५११ ११.७९
जम्मा १४३३४ १२६.३५

 ८.    नामः देवघाट गाउँपालिका

नेपालको ७ प्रदेशहरु मध्ये गण्डकी प्रदेशमा पर्ने  तनहुँ जिल्ला पनि एक हो । समून्द्र सतहवाट न्यूनतम १८७ देखि २१३४ मिटरको उचाईसम्म  रहेको छ । नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनर्संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु कोटा, बैदी, छिपछिपे र देवघाट गाविसलार्ई समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरु मध्ये देवघाट गाविसलाई दुई वटा वडा, साविक कोटा गाविसको १, २, ३, ८ र ९ गरि एक वडा, साविक कोटा गाविसको वडा नं. ४, ५, ६ र ७ र साविकको वैदी गाविसको ४, ५, ६, ७, ८ र ९ वडा गरि एक वडा र साविक छिपछिपे गाविसलाई एक वडा गरि जम्मा ५ वटा वडामा विभाजन गरिएको छ । गाउँपालिकाको जम्मा क्षेत्रफल १५९ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा आँबुखैरेनी गा.पा. र चितवन जिल्ला, पश्चिममा ऋषिङ्ग गा.पा. र नवलपरासी जिल्ला, उत्तरमा ऋषिङ्ग, बन्दिपुर, आँबुखैरेनी गा.पा. र व्याँस न.पा. र दक्षिणमा नवलपरासी र चितवन जिल्ला रहेको छ ।

केन्द्रः साविक देवघाट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४५८४

क्षेत्रफलः १५९.४५  (वर्ग कि.मि.)

वडा संख्याः

देवघाट गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
कोटा(१-३,८,९) २३७७ ३१.९९
बैदी (४-९) र कोटा (४-७) २४४९ ४४.३३
छिपछिपे(१-९) १५१६ २७.९२
देवघाट(१,३,६-९) १४५४ २८.१
देवघाट(२,४,५) ६७८८ २७.११
जम्मा १४५८४ १५९.४५

 ९.    नामः म्याग्दे गाउँपालिका

तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायाेजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको नाम “म्याग्दे” कसरी रहन गयो भन्नेबारे ऐतिहासिक लिखित आधारहरु खासै भेटिएको छैन । जामुनेको दभुङ्गबाट शुरु भएर छाङ्ग र मनपाङ्ग दुई गाविसको सीमारेखा हुँदै शुक्लागण्डकी नगरपालिकाको दोभान पुगेपछि सेती नदीमा समाहित भएको एउटा प्रख्यात खोलाको नाम हो “म्याग्दे” । छाङ्ग, मनपाङ्ग र जामुने तीनै वटा गाविसको एउटा उर्वर भूमि वा फाँटको नाम हो म्याग्दे, यसैकारण यस गाउँपालिकाको नाम “म्याग्दे” गाउँपालिका राखिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

नेपालको स‌ंविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुन: संरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ साल फागुन २७ गतेबाट स्ठानीय तह लागू गर्ने निर्णयअनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छाङ्ग, जामुने र मनपाङ्ग गाविसलाई समायोजन गरी म्याग्दे गाउँपालिका गठन गरिएको हो ।

समावेश भएका साविकका गाविसहरुलाई विभाजन गरी जम्मा ७ वटा वडा बनाइएका छन् । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ११५ वर्ग किलोमिटर रहेको छ भने यसको सिमानामा पूर्वमा व्यास नगरपालिका, पश्चिममा भिमाद र शुक्लागण्डकी नगरपालिका, उत्तरमा शुक्लागण्डकी र व्यास नगरपालिका, दक्षिणमा भिमाद नगरपालिका र ऋषिङ्ग गाउँपालिका रहेका छन् ।

केन्द्रः साविक छाङ्ग गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३५७८

क्षेत्रफलः ११५.३५  (वर्ग कि.मि.)

वडा संख्याः

म्याग्दे गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
जामुने(१,२,९) ३४२२ १९.२८
जामुने(३-५,८) ३५८८ १६.२३
जामुने(६,७) ३४७१ ६.९
छाङ्ग(१-६) ३५२३ १४.४८
छाङ्ग(७-९) २८८१ १८.१२
मन.पा.ङ्ग(१-५,७) २९८० २६.१
मन.पा.ङ्ग(६,८,९) ३७१३ १४.२४
जम्मा २३५७८ ११५.३५

 १०.  नामः बन्दीपुर गाउँपालिका

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ। बन्दिपुर गाउँपालिका भित्र १० वटा सामुदायिक होमस्टेहरु र विभिन्न स्तरको १२४ होटेलहरु रहेका छन।

केन्द्रः साविक बन्दीपुर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १८५३२

क्षेत्रफलः १०१.५३  (वर्ग कि.मि.)

वडा संख्याः

वन्दिपुर गाउँपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बन्दिपुर (१) र घाँसीकुवा (१) ४७५८ १३.१२
बन्दिपुर(२,३) ३१४६ १८.०२
घाँसीकुवा (९) र केशवटार (१,८,९) २०१७ १५.५२
बन्दिपुर(४,६) ३९७८ १०.५
बन्दिपुर(५,७) २६१७ १३.९
बन्दिपुर(८-११) २०१६ ३०.४७
जम्मा १८५३२ १०१.५३

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति तनहुँ  र जिल्ला प्रशासन कार्यालय  तनहुँ । तस्विर सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । तनहुँ  जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *