परिचय
कर्णाली प्रदेश अन्तरगत पर्ने नेपालको सबै भन्दा ठुलो जिल्लाको रुपमा परिचित यस जिल्लाको आफ्नै भौगोलिक बिशिष्टता रहेको छ । यस जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको रुपमा पनि चिनिन्छ । साविक जुम्ला जिल्लाको तिब्रीकोट दराको रुपगार्ड, सुलीगार्ड खोला देखि पुर्व तर्फका २२ गाउँको क्षेत्र, साविक बाग्लुङको ८ हजार पर्वतका ९ गाउँको क्षेत्र र २९ गाउँको छार्का भोट क्षेत्र गरी बनेको डोल्पा जिल्लाको सम्पुर्ण क्षेत्रफलको ७५% छार्का भोट ओगटेको छ । यस क्षेत्रलाई १२ डाली ल्हागु पनि भनिन्छ । यसैको आधारमा बि.स.२०१८ सालमा जिल्ला कायम हुँदा यस जिल्लाको नाम डोल्पो रहेको थियो । त्यसै नाम परिवर्तन हुन गई हाल यस जिल्लाको नाम डोल्पा रहन गयो । नेपालको सबै भन्दा गहिरो शे-फोक्सुण्डो ताल, विश्वकै सबै भन्दा पछि जानकारीमा आएको बस्ती भिजेर गा.वि.स.को “कु” गाँउ विश्वकै सबै भन्दा अग्लो स्थानमा रहेको धो तराप बस्ती यसै जिल्लामा पर्दछन् ।

डोल्पा जिल्लाको भाैगोलीक अवस्थिती
टोपोग्राफिक नक्साका अनुसार यस जिल्लाको कुल क्षेत्रफल ७,८७९ वर्ग कि.मि. रहेको छ । जसमध्ये घाँसले ढाकेको क्षेत्र ३१.४७%, चट्टान, भिर,पहरा, हिमक्षेत्र आदीले ५९.२६%, बनले ढाकेको क्षेत्रफल ७.५९% रहेको छ भने बनले ढाकेको करिव ३०% भाग शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यस जिल्लाको कुन क्षेत्रफलको ०.७५ % जग्मा मात्र खेतीयोग्य जमिन रहेको छ । कुल क्षेत्रफलको ०.४६% झाडी, बुट्यानले ओगटेको छ । ६८% भू-भाग ४० डिग्रि भन्दा बढी भिरालोपना रहेको छ ।जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुशार यस जिल्लालाई निम्न लिखित चार भौगलिक क्षेत्र (Ge-ographic regions) मा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएको छ ।

१. भोट क्षेत्र: जिल्लाको सम्पूर्ण जसो उत्तरी भाग यस क्षेत्रमा पर्दछ । यस भू- भागको उचाई समुद्री सतहदेखि ३६६० देखि ४८७८ मिटर सम्म रहेको छ । तिब्बती सीमा र हिमाली क्षेत्रको बीचमा रहेको यो उच्च पठार (High plateau) नेपालको सबै भन्दा सुख्खा क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रमा रहेका बस्तीहरु संसारका सबैभन्दा उचाइमा रहेका बस्तीहरु मानिन्छन ।
२. हिमाली क्षेत्रः समुन्द्री सतहबाट ५००० मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र यस प्रदेशमा पर्दछ । यस जिल्लाको दुई महापर्वतीय हिमश्रृङ्खलाहरु (धौलागिरी र काञ्जिरोवा हिमश्रृङ्खला) पूर्व पश्चिम फैलिएर रहेका छन । पर्वतारोहण र ट्रेकिङको लागि महत्वपूर्ण मानिने यस क्षेत्रमा बर्षैभरि तापक्रम ऋणात्मक हुनेगर्छ । यस क्षेत्रमा धौलागिरी हिमाल (७७५४मि.),चुरेन हिमाल(७३७१ मि.), पुँठा हिमचुली(७२४९ मि.), माउन्ट पुथा हिमचुली(७२४६ मि.), मुकोट हिमाल (६६३८ मि.), काञ्जिरोवा हिमाल(६२२१ मि.), डाँफे शैल(६१०३ मि.) र अरनिको चुली(६०३४मि.) र नुमला बगला पास लगायतका ५,००० मिटर भन्दा अग्ला भाग तथा सधै हिउँले ढाकिरहने पर्वत श्रृखलाहरू पर्दछन् ।

३. अल्पाइन क्षेत्र :हिमाली भू-भागको एक मुख्य शाखाको रुपमा यो क्षेत्र रहेको छ । यस क्षेत्रमा उच्च पठार तथा श्रृङ्खला (High altitude plateau and ranges) रहेको छ । यस क्षेत्र हिउँदमा हिउँले ढाकिएको हुन्छ भने ग्रीष्ममा हिउँ पग्लिई घाँसे क्षेत्रको रुपमा रहन्छ । यस क्षेत्र चरण क्षेत्रको रुपमा अति महत्वपूर्ण रहेको छ । यस भेगका मानिसहरू मौसम अनुसार बसोबास गर्ने र गोठ तल माथि सार्ने गर्दछन् । यहाँका मानिसहरू न्यानोको लागि बख्खु र ऊनीका बाक्लो लुगा लगाउने गर्दछन् भने भेडाबाख्रा, चौरी आदि पालन गर्ने गर्दछन् । तुलनात्मक रुपमा यहाँको जनजीवन कठिन रहेको छ । विशेषत: यस क्षेत्रमा प्रसिद्ध जडिबुटी यार्सागुम्बा पनि पाइन्छ । विशेषगरी धो उपत्यका, तिन्जे उपत्यका, शे-गुम्बा, फोक्सुण्डो ताल, सुलीगार्ड झरना, दुधकुण्डली, जगदुल्ला ताल आदि यस क्षेत्रमा पर्दछन
४. पहाडी क्षेत्रः यस क्षेत्र अन्तरगत ठूला नदीहरुका किनारा एवं बेसीदेखि लिएर समुन्द्री सतहबाट १५२५ मिटरदेखि ३६६० मिटरसम्मको उचाईमा यस भू-भाग पर्दछ । यस जिल्लाको दक्षिण पश्चिम रहेका ठुलीभेरी र सानी भेरी नदीका किनार एवं साना पहाडी क्षेत्रमा अधिकांश बस्तीहरु रहेका छन । यस क्षेत्रमा घना बनजंगल एवं खेती योग्य उर्वर जमिन रहेको पाइन्छ । दुनै, जुफाल, माझफाल, त्रिपुराकोट, पाहाडा, लिकु, सुँ, ल्हाँ, कालिका, नर्कु, सर्मी, रिमी, काईगाउँ आदि यस क्षेत्रका प्रमुख स्थानहरू हुन । यहाँको जनजीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनता र उद्योग व्यापारको कमीले गर्दा जनताहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । अझैपनि खेतीपाती र पशुपालन यस जिल्लाका बासिन्दाहरूको मुख्य पेशा रही आएको छ ।

डोल्पा जिल्लाको हावापानी, तापक्रम र वर्षा
- हावापानी :- लेकाली र शितोष्ण
- सदर तापक्रम :- अधिकतम २०० , न्यूनतम -१००
- वर्षा :- वार्षिक सरदर ४९९ मि.ली.
डोल्पा जिल्लामा रहेका प्रमुख नदीनाला, ताल तथा पोखरीहरू
डोल्पा जिल्लाबाट बाहिर बगेर निस्कने नदीहरूमा ठुलीभेरी र सानीभेरी मुख्य छन् । ठुलीभेरीको उद्गमस्थल पुथा हिमाल हो भने सानीभेरीको उद्गमस्थल जगदुल्ला ताल हो । यस्तै अन्य खोलाहरूमा फोक्सुण्डो खोला, रिग्मो खोला रुपगार्ड खोला, छलगार्ड खोला, चुगार्ड खोला र अन्य स–साना खोलाहरू पनि असंख्य मात्रामा रहेका छन् । साथै यस जिल्लामा फोक्सुण्डो ताल, जगदुल्ला ताल, दुधकुण्डली ताल, छमकुनी तालका साथै स-साना दह तथा पोखरी रहेका छन ।

डोल्पा जिल्लामा रहेका धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक स्थलहरू
विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय र धर्मावलम्बीहरूको बसोबास रहेको यस जिल्लामा विभिन्न धार्मिक एवम् साँस्कृतिक रूपले महत्वपूर्ण मानिने तालतलैया, मठमन्दिर, गुम्बाहरू रहेका छन । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. १ स्थित त्रिपपुरासुन्दरी मन्दिर, शे-फोक्सुण्डो गाउँपलिकाको साल्दाङ्गमा रहेको शे-गुम्बा, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिकस्थलहरूको धरोहत यस जिल्लामा रहेका छन ।
डोल्पा जिल्लाका जात जाती र धर्मसंस्कृतिहरू
डोल्पा जिल्लामा मुख्य रुपमा व्राम्हण, क्षेत्री, गुरूङ, मगर, थकाली,डोल्पो, दमाई, कामी र नेवार जातिका मानिसहरू बसोबास गर्दछन । मुख्य बोलिने भाषाहरू नेपाली, तिब्बती खाम र काइके हुन । यस जिल्लामा बहुसंख्यक जाति क्षेत्री,ब्राम्हण दमाइ, कामी, नेवारले हिन्दु धर्म मान्दछन भने अल्पसङ्ख्यक जाति गुरुङ र मगर समुदायले बौद्ध धर्म मान्दछन र केही समुदायले क्रिश्चियन धर्म मान्दछन् ।

डोल्पा जिल्लाको जैविक विविधता
टुन्ड्रा, शितोष्ण, लेकाली हावापानी र थोरै दूरीमा उचाईको धेरै फरकपनले गर्दा यस जिल्लामा उष्णदेखि हिमाली भेगमा पाईने विभिन्न किसिमका जीव तथा वनस्पतिहरू पाईन्छन् । हावापानी र भू बनोटको विविधताको कारण १००० भन्दा बढी प्रजातिको वनस्पतिहरु मध्ये २१ प्रजातिका रैथाने ८०० भन्दा बढी प्रजातिका झ्याउ, ४६ भन्दा बढी प्रजातिका स्तनधारी जनावर, २५० भन्दा बढी प्रजातिका चरा, सरिसृप तथा उभयचर शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र यस जिल्ला वरिपरी पाईन्छ । खोटे सल्ला, चिलाउने, लालीगुराँस, उत्तीस, निलो सल्ला जिल्लाको पहाडी तथा बेंसीहरूमा पाईन्छ भने खस्रु, भोजपत्र, गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, धुपी सल्ला, चिमाल गुराँसका अन्य विभिन्न प्रजातिहरू, सुनाखरीका प्रजातिहरू लेकाली तथा हिमाली क्षेत्रहरूमा पाईन्छ । फूल नफुल्ने बिरुवामा पर्ने पतझड कोणधारी वनस्पतिहरु पनि यस क्षेत्रमा पाइन्छ ।

लौठ सल्ला, अतिष, कपासी फुल, पदमचाल, बिख, निरमसी, जटामसी, झिँगामारो विष, कुटकी, डालेचुक, पाँचऔले, सतुवा, बनलसुन, गन्धरानी, सुगन्धवाल, यार्सागुम्बा, गुछ्छीच्याउ जस्ता औषधीजन्य एवं संकटापन्न वनस्पतिहरू यस जिल्लाको सम्पत्ति हुन् । जैविक विविधताको धनी यस जिल्लाको अर्को चिनारी रेडपाण्डा (हाब्रे), हिउँचितुवा, हिमालयन थार,कस्तुरी मृग, खैरो ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बिरालो, फ्याउरो, तिब्बती खरायो हुन । ४,५०० मिटरसम्मको उचाईमा पाईने यि जनावरहरु नेपाल सरकारद्वारा संरक्षित जनावर हुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ ले संरक्षित जनावरको सूचीमा राखेको खैरो ब्वाँसो, हिउँ चितुवा, कस्तुरी मृग, तिब्बती खरायो, निलो भेडा (नाउर) त्यस्तै डाँफे, मुनाल, कालिज, च्याँखुरा जस्ता संरक्षित पंक्षीहरू यस जिल्लाका अन्य आकर्षण हुन । यस क्षेत्रमा गिद्ध, चील, डिकुरे भ्याकुर लगायत विश्वमै संकटापन्न तथा लोपोन्मुख अवस्थामा रहेका १२ प्रजातिका चराहरू पनि पाईन्छ । हाडखोर, हिमाली गिद्ध, कोङमा हिउँकुखुरा, हिमाली पिउरा जस्ता चराका प्रजातिका कारण यस जिल्ला चरा अध्ययन अनुसन्धान तथा चरा पर्यटनको लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ ।

डोल्पा जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
डोल्पा जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार डोल्पा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः ठुली भेरी नगरपालिका
सदरमुकाम सहित साबिकका ४ गा वि स दुनै ,रह,जुफाल र माझ्फाल मिलि ठुलिभेरी नगरपालीका ११ वटा वडामा विभाजित छ। कर्णाली प्रदेशको यस नगरपालिकाको जम्मा जनसंख्या ९८६१ छ भने क्षेत्रफल ४२१.३४ बर्ग कि मि रहेको छ ।जिल्लाको मध्य भागमा पर्ने ठुलिभेरी नगरपालिकाको उत्तरमा शे फोक्सुण्डो गाउपालिका , दक्षिणमा रुकुम जिल्लाको सिमाना ,पूर्वमा काइके गाउपालिका र पस्क्षीममा त्रिपुरासुन्दरी नगरपालिका पर्दछ । नगरपालिका हुदै ठुलिभेरी नदि बग्ने हुँदा नगरपालिकाको नाम ठुलिभेरी रहन गयको हो । क्षेत्री ,ब्राम्हण ,ठकुरी, दलित, जनजाति तथा अन्य जातिको बसोबास रहेको नगरपालिकामा आफ्नै किसिमको संस्कृति रहेको छ । सांकृतिक , धार्मिक , र भौगोलिक विविधता संगै चाडपर्व अनि जात्राहरु पनि आ आफ्नै तरिकाले मनाउने गरिन्छ।
केन्द्रः जुफाल
क्षेत्रफलः४२१.३४ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
दुनै |
६,७ |
|
|
२ |
दुनै |
८,९ |
|
|
३ |
दुनै |
१,४,५ |
|
|
४ |
दुनै |
२,३ |
|
|
५ |
माझफल |
१-५ |
|
|
६ |
माझफल |
६-९ |
|
|
७ |
जुफाल |
१-३ |
|
|
८ |
जुफाल |
४-६ |
|
|
९ |
जुफाल |
७-९ |
|
|
१० |
रह |
१-४ |
|
|
११ |
रह |
५-९ |
|
|
२. नामः त्रिपुरासुन्दरी नगर
डाेल्पा जिल्ला तत्कालिन नेपालकाे मध्यपश्चिम विकास क्षेत्र अन्तर्गत पर्ने र नेपालकाे संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनसंरचनाकाे हिसाबले कर्णली प्रदेशमा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे जिल्ला हाे । नेपालकाे हिमाली क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८ं२४ ” -२९ंं४३” उतरी अक्षांश र ८२ं२४” -८३ं३८” पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९ वर्ग कि.मि. रहेकाे छ, जुन नेपालकाे कुल क्षेत्रलफकाे ५.३८ प्रतिशत हुन आउन्छ ।
उच्च हिमश्रृंखला, लेक र खाेच वेशीहरूमा छरिएर रहेकाे छ । साविकका त्रिपुराकाेट, पाहाडा, लिकु, ल्हां, र सुं गा.वि.स संयाेजनमा हाल त्रिपुरासुन्दरी नगरपालीकाकाे निर्माणा भएकाे छ ।प्राकृतिक र भाैगाेलिकका हिसाबले सुहाउदाे किसिमकाे फलफुलका साथ साथै बहुमुल्य जडिबुटीकाे पाइने याे त्रिपुरासुन्दरी नगरपालीका प्राकृतिक रूपमा धनीका साथै उच्च हिम श्रिङंखला र लेक बेसिका कारण पर्यटकिय सम्भावना बाेकेकाे पाईन्छ ।
त्रिपुरासुन्दरी नगरपालिकाको राजनैतिक विभाजन
केन्द्रः साविक त्रिपुराकोट गा.
क्षेत्रफलः ३९५.५४ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
त्रिपुराकोट |
१-३,९ |
|
|
२ |
त्रिपुराकोट |
४-८ |
|
|
३ |
सुँ |
१-६ |
|
|
४ |
सुँ |
७-९ |
|
|
५ |
ल्हाँ |
१-५ |
|
|
६ |
ल्हाँ |
६-९ |
|
|
७ |
पहाडा |
१-५ |
|
|
८ |
पहाडा |
६-९ |
|
|
९ |
लिकु |
१-३ |
|
|
१० |
लिकु |
४,५ |
|
|
११ |
लिकु |
६-९ |
|
३. नामः डोल्पोबुद्ध गाउँपा
डोल्पो बुद्ध गाउँपालिकाको स्थापना वि.स.२०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र धो,डोल्पामा रहेको छ । यो गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेकोमा, डोल्पो बुद्ध गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल जनसंख्या २४२० (पुरुषको संख्या ११४८ र महिलाको संख्या १२७२) रहेको छ । घरपरिवार संख्या ५४३ रहेको छ । यस गाउँपालिकामा जम्मा ६ वडा रहेकोमा वडाअनुसारको जनसंख्या वडा नं. १ मा जम्मा ५२४, वडा नं. २ मा १०२, वडा नं. ३ मा ४०८, वडा नं. ४ मा ३०१, वडा नं. ५ मा ५०९ र वडा नं. ६ मा ५७६ जना रहेको छ । सबैभन्दा उच्च जनसंख्या वडा नं ६ मा ५७६ रहेको छ भने सबै भन्दा न्यून वडा नं २ मा १०२ रहेको देखिन्छ।
डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनाशैली निकैनै कष्टकर रहेको छ । यस क्षेत्रमा झारपात कुनै ठाउँमा बैश जातको बिरुवा बाहेक अन्य कुनै ठुला जातिका वृक्षा पाइदैन । यस गाउँपालिकामा जम्मा २ वटा प्रा.वि र १ मा.वि विद्यालयहरु रहेका छन् । यस गाउँपालिकाका प्रमुख पर्यटकिय स्थलहरुमा : धो तिन्जे गाउँका गुम्वा ,भेषाभुषा र हिमालयहरु रहेका छन ।
केन्द्रः साविक धो गा.वि.स.को का
क्षेत्रफलः ३७७.३८ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
धो |
१-४ |
|
|
२ |
धो |
५ |
|
|
३ |
धो |
६-९ |
|
|
४ |
तिन्जे |
१,२ |
|
|
५ |
तिन्जे |
३-५ |
|
|
६ |
तिन्जे |
६-९ |
|
४. नामः शे फोक्सुण्डो गाउँ
नेपालको सबैभन्दा ठूलो जिल्लाको रुपमा परिचित कणाली प्रदेश डोल्पा जिल्लाको उत्तरी पश्चिमी भूभागमा अवस्थित शे फोक्सुण्डो गाउँपालिकाका जिल्लाको उत्तर पश्चिम भूभागमा अवस्थित रहेको छ । साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभुमि संग जोडिएको छ। साल्दाङ भुभाग स्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।
शे फोक्सुण्डो गाउँपालिका २९ डिग्री २० मिनेट ० सेकेण्ड देखि २९ डिग्री ५१ मिनेट ० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ५९ मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ०९ मिनेट ० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ। समुन्द्री सतहदेखि करिव २३०० देखि ७४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको पूर्वमा डोल्पो बुद्ध गाउँपालिका, दक्षिणमा त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र काईके गाउँपालिका र पश्चिममा जगदुल्ला गाउँपालिका र मुगु जिल्ला उत्तरमा चीनको स्वशासीत क्षेत्र तिब्बतको भूभाग बिचमा अवस्थित रहेको छ । कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लमा विधमान २ नगरपालिका, ६ गाउँपालिका गरि ८ स्थानीय तह मध्ये शे फोक्सुण्डो एक हो ।
उच्च हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल र डाँडा पाखा र समथर घाँसे मैदान रहेको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञजको मध्यवत्ति क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्रहरु उच्च हिमाल र सुख्खा क्षेत्र रहेको छ । यहा ठूला ठूला रुख र बोटविरुवा नहुने भएका हुनाले यस क्षेत्रमा अक्सिजन न्यून हुनुका साथै बर्षानी बर्षातको कारण रापा, नाम्दो, किरथाङ, साल्दाङ, तिलिङ, निजाल लगायतका कटान प्रभावित क्षेत्रहरु हुन । जसका कारण उक्त क्षेत्रका उब्जनशिल भूभागहरु कटान भई वगरको रुपमा परिणत हुने गरेको छ ।
केन्द्रः साविक साल्दाङ्ग गा.वि
क्षेत्रफलः १२३.०७ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
साल्दाङ्ग |
१,२,९ |
|
|
२ |
साल्दाङ्ग |
३,४ |
|
|
३ |
साल्दाङ्ग |
५,६ |
|
|
४ |
साल्दाङ्ग |
७,८ |
|
|
५ |
भिजोर |
१-७ |
|
|
६ |
भिजोर |
८ |
|
|
७ |
भिजोर |
९ |
|
|
८ |
फोक्सुण्डो |
१-५ |
|
|
९ |
फोक्सुण्डो |
६-९ |
|
५. नामः जगदुल्ला गाउँपालि
केन्द्रः साविक काईगाउँ गा.वि.स
क्षेत्रफलः ८३.३ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
काईगाउँ |
१-३ |
|
|
२ |
काईगाउँ |
४-७ |
|
|
३ |
काईगाउँ |
८,९ |
|
|
४ |
रिमी |
७-९ |
|
|
५ |
रिमी |
१-३ |
|
|
६ |
रिमी |
४-६ |
|
६. नामः मुड्केचुलागाउँ गा
मुड्केचुला गाउँपालिका कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ ।यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा ५८०३ जनसंख्या रहेको छ जस मध्ये २९१८ पुरुष र २८८५ महिला रहेका छन् भने जम्मा घरधुरी संख्या ११९० रहेको छ। यस गाउँपालिकाको जम्मा जम्मा क्षेत्रफल २५०.०८ ( वर्ग कि.मी.) रहेको छ ।
केन्द्रः ईलनिलदह
क्षेत्रफलः २५०.०८ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
कालिका |
१,२,५ |
|
|
२ |
कालिका |
४,६,७ |
|
|
३ |
कालिका |
३,८,९ |
|
|
४ |
नर्कु |
६-९ |
|
|
५ |
नर्कु |
४,५ |
|
|
६ |
नर्कु |
१-३ |
|
|
७ |
सर्मी |
१-३ |
|
|
८ |
सर्मी |
४-६ |
|
|
९ |
सर्मी |
७-९ |
|
७. नामः काईके गाउँपालिका
काईके गाउँपालिका साबिक को शहरतारा र लावन गाबिस को यकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ शहरतारा बगर डोल्पा मा रहेको छ l यो काईके गाउँ पालिका जिल्ला सदरमुकाम दुनै, देखी २४ किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप प्रदेश न . ६ को केन्द्रमा पर्ने डोल्पा जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ८ वटा स्थानीय निकायहरु २ वटा नगरपालिका र ६ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ | काईके गाउँपलिका जिल्लाको पूर्वी क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक , श्रोत सम्पन्न साँस्कृतिक गाउँपालिका हो
केन्द्रः साविक शहरतारा गा.वि.स
क्षेत्रफलः ४६६.६ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
शहरतारा |
१,२ |
|
|
२ |
शहरतारा |
८,९ |
|
|
३ |
शहरतारा |
३-५ |
|
|
४ |
शहरतारा |
६,७ |
|
|
५ |
लावन |
१-५ |
|
|
६ |
लावन |
६,७ |
|
|
७ |
लावन |
८,९ |
|
८. नामः छार्का ताङसोङ गाउँपालिका
डोल्पा जिल्ला कर्णाली प्रदेशको १० जिल्लामध्ये तुलनात्मक रुपमा दुर्गम हिमाली जिल्लाको रुपमा रहेको छ । यो जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि अधिकतम ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको मध्य पश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरासुन्दरीको मन्दिर, छल मष्टा, गल्ली देउता, शे–गुम्बा, शे–फोक्सुण्डो ताल, शुलीगाडको झरना, तातोपानी मुहान, यार्सागुम्वा आदि हुन् । प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि ठुला–ठुला उद्योगधन्दा, कलकारखाना स्थापना भइनसकेको र पर्यटन क्षेत्रको विस्तार पनि हुन नसकेको हुँदा अन्य छिमेकी जिल्लाहरुको जस्तै यस जिल्लाको पनि जिविकोपार्जन मुख्य आर्थिक आधार कृषि र पशुपालन नै रहन गएको छ ।
नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको कर्णाली प्रदेशमा अवस्थित हिमाली जिल्ला डोल्पा एक हो । भौगोलिक विविधता हिमाल, पहाड, पाखा, पखेरा, खोल्सा, खोल्सी, खोंच र बेंसि तथा अन्य प्रकृति सम्पदाहरुले भरिएको यस जिल्लाको साविकका गा.वि.स.हरु मध्ये छार्का र मुकोट गाविसलार्ई समायोजन गरी छार्का ताङसोङ्ग गाउँपालिका गठन गरिएको हो ।
२०७३ सालमा गठित स्थानीय निकाय पूनंःसंरचना आयोगले गरेको सिफारिस बमोजिम डोल्पा जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजित भएको छ । ६ वटा गाउँपालिका मध्ये छार्का ताङसोङ गाउँपालिका पर्यटकिय सम्भावना भएको , यातायातका दृष्टिले दुर्गम, जातजातिको हिसावले केहि बढि गुरुङ जातीको बाहुल्यता तथा अन्य सबै भोटे जातीको बसोबास रहेको देखिन्छ ।
कुल क्षेत्रफल ३४५.५८ वर्ग कि.मि. रहेको यस छार्का ताङसोङ गाउँपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकिय गन्तब्य भएको पालिका हो । पर्यटकिय गन्तब्यहरुको विविधकरण गर्दै नयाँ पर्यटकिय स्थल र उपजहरुको पहिचान विकास तथा पर्यटकिय पुर्वाधारहरुको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रुपमा विकास गर्नपर्ने देखिन्छ ।
केन्द्रः साविक छार्का गा.वि.स.
क्षेत्रफलः ३४५.५७ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
छार्का |
१-५ |
|
|
२ |
छार्का |
६-७ |
|
|
३ |
छार्का |
८-९ |
|
|
४ |
मुकोट |
१-३ |
|
|
५ |
मुकोट |
४,५,७ |
|
|
६ |
मुकोट |
६,८,९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति डोल्पा र जिल्ला प्रशासन कार्यालय डोल्पा। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । डोल्पा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।