परिचय
कर्णाली प्रदेश अन्तरगत पर्ने १० जिल्लाहरु मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि इतिहाँसमा जुम्ला जिल्लाको माहत्त्वपुर्ण पहिचान रहेको छ । नेपाल अधिराज्यको एकिकरण हुनु पूर्व वाइसी राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र सस्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य इतिहास अध्ययनबाट प्रष्ट हुन्छ ।

जुम्ला जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडा, तिला र जवा दुई जुम्लाहा नादीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ ।

जुम्ला जिल्लाको भौगोलिक अवस्था
- अक्षांशः २८°५८’ देखि २९°३०’ उत्तरी अक्षांश
- देशान्तरः ८१°१८’ देखि ८२°१८’ पूर्वी देशान्तर
- क्षेत्रफलः २५३१ वर्ग कि.मी.
- सीमानाः पूर्व डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोट
- भौगोलिक विभाजनः हिमाल, पहाड र पहाडी तथा हिमाली उपत्यकाहरू
जुम्ला जिल्लामा रहेका प्रमुख नदी र ताल तलैयाहरू
तिला, हिमा, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन्।

जुम्ला जिल्लामा रहेका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू
श्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फारम् , कणालि प्राबिधिक, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्।
जुम्ला जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
जुम्ला जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार जुम्ला जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ नगरपालिका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः चन्दननाथ नगरपालि
नेपालको संबैधानिक र राजनैतिक विभाजन अनुसार ७७ जिल्ला मध्ये जुम्ला जिल्ला पनि एक हो । नेपाल सरकारको मिती २०७३ साल फागुन महिनाको २७ गते नेपाल राजपत्रमा सूचना प्रकासित गरि नेपालमा ७४४ स्थानिय तह रहने ब्याबस्था गरेको थियो । जस अनुसार जुम्लामा एक नगरपालिका र सात गाउँपालीका गठन भएकोमा सो मध्ये एक चन्दननाथ नगरपालिका पनि हो । यस चन्दननाथ नगरपालिका १० वटा वडामा विभाजित छ । यस नगरपालिकामा ५३६७ घरधुरी र २१०३६ जनसंख्या रहेको पाइन्छ । यसको नामाकरण चन्दननाथ मन्दिरको नामबाट राखिएको हो ।
देश संघियतामा गइ रहेको बेलामा भएका साबिकका चार ओटा गा बि स हरु बिगठन भइ हाल चन्दननाथ नगरपालिका गठन भएको हो । यस नगरपालिकामा क्षेत्रि, ब्रहामण, दलित, जनजाती तथा र अन्य जातिको बसोबास हरेको छ । सास्कृतिक परम्परामा यस चन्दननाथ नगरपालिकामा श्रावण पुर्णिमा देखि जात्रा पैठ लाग्ने गर्दछन र पैठ हेर्न कालिकोट मुगु दैलेख लगायत िबभिन्न ठाउँबाट आउँदछन् । मागी बिवाह भागि बिवाह गर्ने चलन छ । जात्राहरु धामि नाच देउडा गित प्रतियोगिताको पनि चलन छ ।
जुम्ला जिल्लामा रहेका एक नगरपालिका २६ गा बि स हरु मध्ये साविकको इलाका न १ मा पर्ने चन्दननाथ नगरपालिका पनि एक हो । यस नगरपालिकाको नामाकरण सम्बन्धमा बिभिन्न धारणा रहेको भएता पनि यस नगरपालिकाको नाम चन्दननाथ मन्दीरको नामबाट रहन गएको हो भन्ने भनाइ छ । यो नगरपालिका जुम्ला जिल्लाको सदरमुकाम हरेको छ । यस नगरपालिकाको पूर्वमा गुठीचैर¸ पश्चिममा तातोपानी, उत्तरमा पातारासी र कनकासुन्दरी गाँउपालिका र दक्षिणमा जाजरकोट जिल्लाको सिमाना सम्म फैलिएको छ ।
यो नगरपालिका बिश्वमान चित्रमा २९०१३‘ उतर देखि २९ ०१६‘ उतरी अक्षांस ८१० ५३‘ देखि ८१० ५५‘ पुर्वी देशान्तरमा फैलिएको छ । कुल जनसंख्या २०८८४ रहेको छ । यस नगरपालिकामा क्षेत्रि, ठकुरी, बाहुन, दलित , नेवार तथा अन्य जातजातिका बासोबास रहेको छ । यहाँ ६७ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् । यो नगरपालिका समुन्द्र सतह देखि सबै भन्दा २३५० मिटर उचाइमा अबस्थित छ ।
यस नगरपालिकामा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले काम गरेका भएपनि स्थानिय तहमा जिल्ला समन्वय समिति र नगरपालिकाको सहकार्यमा बिभिन्न संघ सस्थाहरुले कृषि स्वाथ्य शिक्षा र भौतिक पुर्वधारको क्षेत्रमा काम गरिरहेका छन । छुवाछुत, छाउपडि, धामिझाक्रि प्रथा, र अन्ध बिश्वास जस्ता सामाजिक कुरीतिहरु बिध्मान छन । यस नगरपालिकाका ५८.१९ प्रतिशत परिबार गरीबिको रेखा मूनि रहेका छन । ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिर, ठाकुरज्यु जस्ता धार्मिक, प्राकृतिक र साँस्कृतीक क्षेत्रहरु रहेको पाइन्छ ।
केन्द्रः साविक चन्दननाथ गा.वि.
क्षेत्रफलः१०२.०३ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
चन्दननाथ |
१,२ |
|
|
२ |
चन्दननाथ |
३ |
|
|
३ |
चन्दननाथ |
४ |
|
|
४ |
चन्दननाथ |
५ |
|
|
५ |
चन्दननाथ |
६ |
|
|
६ |
चन्दननाथ |
७ |
|
|
७ |
चन्दननाथ |
८,९ |
|
|
८ |
चन्दननाथ |
१०,११ |
|
|
९ |
चन्दननाथ |
१२,१३ |
|
|
१० |
चन्दननाथ |
१४,१५ |
|
|
२. नामः कनकासुन्दरी गाउँ
नेपालको संघिय संरचना अनुसार ७५३ स्थानिय तहहरु मध्य कनकासुन्दरी गाउँपालिका नेपालको खस भाषाको उदगम थलो मानिने जुम्ला जिल्लाको सिँजा क्षेत्रको केन्द्र विन्दुमा अवस्थित रहेको छ । यस गाउँपालिकाको नामाकरण गाउँपालिकाको प्रख्यात कनकासुन्दरी मन्दिरको नामबाट भएको हो । समुन्द्री सतह देखि २५१४ मिटर मिटर सम्मको उचाई मा रहेको कनकासुन्दरी गाउँपालिका भौगोलिक अवस्थितिका हिसावले २९ डिग्री २४ मिनेट ४९सेकेण्ड उतरि अक्षांश र ८२ डिग्री 0 मिनेट ५५ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका जुम्ला जिल्लाको सदरमुखकाम खलंगा देखि करिव ५५ किमि दुरीमा पश्चिम भागमा रहेको छ ।
यस गाउँपालिकको पुर्वमा पातारासी गाउँपालिका पश्चिममा कालिकोट जिल्लाको पलाता गाउँपालिका उतरमा मुगु जिल्लाको खत्याड गाउँपालिका र दक्षिणमा सिँजा गाउँपालिका सँग सिमाना जोडिएको छ ।जुम्ला जिल्लाको कुल भुभाग ८.११ प्रतिशल ओगट्ने यस गाउँपालिकाले २२५.३६ वर्ग कि.मि भु-भाग ओगेटेको छ । जुम्ला जिल्लामा अवस्थित कनकासुन्दरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गतको उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो साविक बुम्रमाडीचौर, मालिकाबोता कनकासुन्दरी विराट र पाण्डवगुफा गा.वि.स मिलेर बनेको यो गाउँपालिकामा ८ वडा कार्यालय सँगै यहाँको भौगोलिक अवस्थिति, ऐतिहाँसिक चिनारी र प्राकृतिक तथा सास्कृतिक उत्कृष्ठता विकासका प्रचुर सम्भावना रहेको छ ।
नामाकरणको सन्दर्भमा गाउँपालिको नामाकरण हाल वडा नं ४ मा रहेको प्रसिद्ध मन्दिर कनकासुन्दरी देविको मन्दिरको नाममा यस गाउँपालिकाको नामकरण भएको हो ।कनकासुन्दरी मन्दिर यस क्षेत्रकै प्रसिद्ध धार्मिक पिठक हो । यसका साथै यस गाउँ पालिकामा विभिन्न ८ वडा मा रहेका प्रकृतिक तथा पर्यटिकय स्थल रहेका छन ( पाण्डवगुफा, विराट दरवार, गरुडनुहनी, तिलिचौरमाई, कनकासुन्दरी मन्दिर, बुढुमस्टो मन्दिर, लामाथाडा, विष्णुदेविको मन्दिर, बुलबुले पाटन, रोत पर्यटकिय ताल, छेडे महादेव मन्दिर, जार्जगुफा ) आदि प्रख्यात पर्यटकिय स्थलहरु यस गाउँपालिकामा अवस्थित रहेका छन ।
गाउँपालिकाको कुल क्षेत्रफलको करिव ५५.३६% बनक्षेत्र, २६.२०% भु-भाग घाँसे मैदान वा चरण क्षेत्र र १५.१३% जमिन खेतियोग्य रहेको छ ।गाउँपालिकालाई मुल क्षेत्र बनाएर अविरल वगिरहने हिमा नदि महेन्द्रमल्लि खोला, छलसेरी खोला, धोविघाट खोला, लेतेगाड, जिउगाड, न्याउरिगाड खोलाहरु यहाँका प्रकृति सम्पदाको साथै सिचइ कुलो गर्न महत्वपुर्ण रहेका छन ।
जैविक विविधताको हिसावले उच्च पर्वतिय चिसो हावापानिमा पाइने जिव अर्ना, थार, कस्तुरी, सुगुर, झारल, घोडल, डाँफे, कालिज, क्याडेभ्याकुर, आदि जिवहरु मुख्य रुपमा रहेका छन ।जंगल क्षेत्रमा पाइने प्रमुख जडिबुटीहरु पाखनबेद, सतुवा,पाँचऔले, गुच्छिच्याउ, जटामसि, सिलाजित, बनलसुन, कुरिल्लो, खिरौलो, सुर्कील्लो,टिपलाइटच्याउ आदि रहेका छन । यस गाउँपालिकाको माथिल्लो भेगमा अधिकांस स्थानमा बन तथ खर्कहरु रहेका छन् । गाउँपालिको उतरम देखिने रमणिय हिमाली श्रृखलाहरुले यहाको सुन्दरता बढाएको छ ।
ऐतिहाँसिक महत्व सिँजा क्षेत्रको विशेषता बोकेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ ।क्षेत्री ब्राम्हण, दलित, जातिहरुको मिश्रित बसोबास रहेको यस गाउँपालिकामा मुख्य बोलिचालिको भाषा खस नेपाली भषा रहेको छ। धार्मिक रुपमा हिन्दु धर्मालम्बिको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने मुख्य चाडपर्वहरुमा दशै, तिहार, जनैपुर्णिमा, माघे संक्रन्ति,साउन पुर्णिमा, चैत्य दशै आदि रहेका छन । धार्मित तथा भाषिक रुममा एकरुपता रहेको यस गाउँपालिकामा साँस्कृतिक चाड पर्वको समयमा गरिने विभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछ । भेषभुषाका रुपमा पुरुषले मख्य रुपमा दौरा, सुरवाल,टोपि तथा कोट र महिलाले गुन्यु, चोलि र पटुकी लगाउने गर्दछन ।
केन्द्रः साविक विराट गा.वि.स.को कार्यालय
क्षेत्रफलः २२५.३९ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बुम्रमाडचौर |
१-९ |
|
|
२ |
मालिकावोता |
१-९ |
|
|
३ |
कनकासुन्दरी |
१-४ |
|
|
बिराट |
१,२ |
|
||
४ |
कनकासुन्दरी |
५-९ |
|
|
५ |
बिराट |
३,४,८,९ |
|
|
६ |
बिराट |
५-७ |
|
|
७ |
पाण्डवगुफा |
१-४ |
|
|
८ |
पाण्डवगुफा |
५-९ |
|
३. नामः सिंजा गाउँपालिका
नेपालमा खस भाषाकाे उद्गम स्थान जुम्ला जिल्लाकाे सिंजामा र २२ औं राज्यकाे शत्तीशाली राज्यकाे रूपमा परिचित सिंजा भएकाे हुदा यस गाउँपालिका लाई सिंजा गाउँपालिकाे नाम रहन गएकाे हाे । यस गाउँपालिकामा विभिन्न जातजाति मानिसहरूकाे बसाेवास रहेकाे, जसमा ब्राह्मण ,क्षेत्री , शुद्र र वैश्य मध्ये क्षेत्रीकाे बसाेवास बढी रहेकाे छ । जुम्ला जिल्लाका ८ ओटा स्थानीय तहहरूमध्ये सिंजा गाउँपालिका पनि हाे । यस गाउँपालिका साविक काे ३ वटा गा.वि.स. लाइ समायाेजन गरी बनेकाे गाउँपालिका लाई ६ वटा वडा हरू रहेकाे छ ।
धार्मिक , सास्कृतिक , ऐतिहाँसिक पर्यटकिय हिसावमा आफ्नै महत्व बाेकेकाे छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरकाे रूपमा देउली माई, मालिका बाँओ , राेप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि । पर्यटकिय रूपमा पनि उतिकै महत्व रहेकाे छ । चारैतिर पहाडले घेरी काे र विच सानाे उपत्येका मा रहेकाे यस सिंजा गाउँपालिका मा हिम नदि , दृश्य अवलाेकन गर्न सकिने पहाडहरू आदि । विभिन्न किसिमका जडिबुटी दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।
केन्द्रः साविक नराकोट गा.वि.स.
क्षेत्रफलः १५३.२९ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
धापा |
१-५ |
|
|
२ |
धापा |
६-९ |
|
|
३ |
शनिगाउँ |
१ |
|
|
नराकोट |
१-४,७ |
|
||
४ |
नराकोट |
५,६,८,९ |
|
|
५ |
शनिगाउँ |
२-५ |
|
|
६ |
शनिगाउँ |
६-९ |
|
४. नामः हिमा गाउँपालिका
कर्णाली प्रदेश अन्तर्गत् पर्ने कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाहरू मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हाे । भाैगाेलिक रूपमा विकट र दुर्गम भए तापनि नेपालकाे इतिहासमा जुम्ला जिल्लाकाे आफनै महत्वपुर्णा महिचान रहेकाे छ । नेपालकाे एकिकरणा हुनु पुर्व वाइसी राज्यहरूकाे मुख्य केन्द्रकाे रूपमा रहेकाे जुम्ला नेपाली भाषा र संस्कृतिकाे उदगम स्थल हाे । मध्यकालिन युगमा जुम्ला एक समृद्र एवं शत्तिशाली राज्यकाे रूपमा रहेकाे तथ्य इतिहास अध्यनबाट प्रस्ट हुन्छ । यस जिल्लाकाे सदरमुकाम रहेकाे खलंगामा सबभन्दा पहिले प्रfचीन कालमा भारतबाट आएका चन्दननाथ बाबा सहित दुर्इजना ब्रम्हचारीहरूले वस्ती बसाइ कृषि र शिक्षााकाे प्रचार प्रसार गरेका थिए भन्ने लाेकाेत्ति रहेकाे पाइन्छ ।
यातायात, संचार र आधुनिकिकरणकाे दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलाे हिमाली चुचुराहरू, तालहरू र मनमाेहक अनगिन्ती प्राकृतिक नदीहरूले सिँगारिएकाे जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिकाे धनी जिल्ला मान्न्न सकिन्छ । यस जिल्लाकाे सिंजा भेगमा पर्ने हिमा गाउँपालिका प्रfकृतिक सम्पदाकाे रूपमा धनी गाउँपालीका मानिन्छ । सिंजा क्षेत्र नेपाली भाषा र संस्कृतिकाे उदगम स्थानकाे रूपमा नेपाली इतिहांसमा प्रख्यात छ । यस प्रकारकाे एेतिहांसिक महत्व बाेकेकाे सींजा क्षेत्र भित्रकाे एक विशेष महत्व बाेकेकाे भाषिक, सांस्कृतिक, पर्यटकीय रूपले धनी हिमा गाउँपालिका हाे । नेपाल सरकारकाे निर्णयले नेपाल राजपत्रमा मिति २०७३/१/२७ काे प्रकासित सुचना अनुरूप स्थानीय तहकाे गठन भइ यस हिमा गाउँपालिकाकाे गठन भएकाेहाे । साविकका बड्की, कालिकाखेतु र महावैपाथरखाेला गाविस समाहित भइ हिमा गाउँपालिकाकाे गठन भएकाे छ ।
कर्णाली अञ्चलकाे दक्षिण भुभागमा अवस्थित जुम्ला जिल्ला भित्र प्रर्ने हिमा गाउँपालिकाकाे भाैगाेलिक स्वरूप अग्ला अग्ला डांडाहरू, पाटनहरू, जंगलहरू, झरना, नदी, खाेलानालाहरू र नदी किनारामा रहेका बेशीहरूले बनेकाे छ । विश्वमान चित्रमा यस गाउँपालिकाकाे भाैगाेलिक अवस्थिति २८० ५८ देखि २९० ३० उत्तरी अक्षांशसम्म र ८१० २८ देखि ८२० १८ पुर्वी देशान्तरसम्म रहेकाे छ भने यस गाउँपालिका पुर्वमा तिला गाउँपालिका, पश्चिममा कालिकाेट जिल्लाकाे पलांता गाउँपालिका, दक्षिणमा कालिकाेट जिल्लाकाे तिला गुफा नगरपालिका र उत्तरमा सिंजा गाउँपालिकाकाे सिमाना रहेकाे छ । यस गाउँपालिका समुद् सतहबाट ७०० फिट देखि २१०७७ फिट सम्मकाे उचार्इमा फैलिएकाे छ । कुल क्षेत्रफल १२८.०९ वर्ग किलाेमिटर अोगटेकाे छ । उत्तरी पश्चिमी भाग केही भिरालाे भएकाे कारणा वस्तिहरू धेरै उत्तर पश्चिमी पाखाहरूमा र नदी किनारका वेशीहरूमा रहेका छ । गाउँपालिकामा जम्मा सात वडा रहेकाछन् ।
केन्द्रः साविक कालिकाखेतु गा.वि.स.को कार्यालय
क्षेत्रफलः १३२.३२ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बड्की |
१२९ |
|
|
२ |
बड्की |
६८ |
|
|
३ |
बड्की |
३५ |
|
|
४ |
कालिकाखेतु |
१४ |
|
|
५ |
कालिकाखेतु |
५९ |
|
|
६ |
महावैपाथरखोला |
१५ |
|
|
७ |
महावैपाथरखोला |
६९ |
|
५. नामः तिला गाउँपालिका
केन्द्रः साविक रारालिही गा.वि.
जनसङ्ख्याः १४५३९
क्षेत्रफलः १७५.४९ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
रारालिही |
१-४ |
|
|
२ |
रारालिही |
५-९ |
|
|
३ |
कुँडारी |
१-३ |
|
|
४ |
कुँडारी |
४-७ |
|
|
५ |
कुँडारी |
८,९ |
|
|
६ |
घोडेमहादेव |
१-५ |
|
|
७ |
घोडेमहादेव |
६-९ |
|
|
८ |
मालिकाठाँटा |
१-३ |
|
|
९ |
मालिकाठाँटा |
४-९ |
|
६. नामः गुठीचौर गाउँपालि
गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका तथा नगरपालिकाहरु मध्येको एक स्थानीय तह हो। कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका देपालगाउँ , गोठिचौर र गर्ज्याङ्गकोट गरी ३ गा.वि.स. हरु मिलेर बनेको छ। करिब ४२७ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस गुठिचौर गाउँपालिकाको जनसंख्या २०७८ सालको जनगणना अनुसार जम्मा १०९२२ जनगणना र कुल घरपरिवार संख्या २४५१ रहेको छ।
यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका , उत्तरमा पातारासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। यस गाउँपालिका अन्तर्गत ५ वटा वडाहरु रहेका छन्। यस गुठिचौर गाउँपालिकाको केन्द्र गुठिचौर गाउँपालिकाको वडा नं ४ मा पर्ने धलमुडी भन्ने स्थानमा हरेको छ। यस गाउँपालिकाको नामाकरण यस गाउँपालिका अन्तर्गतको पर्यटकीय स्थल गोठिचौरको मानबाट नामाकरण गरिएको हो। यो गाउँपालिका भौगोलिक रुपमा अति सुन्दर र पर्यटकीय संभावना बोकेको गाउँपालिका हो। यस गाउँपालिका अन्तर्ग चिमारामालिका, गोठिचौर, दुधकुन्डली ताल, चोत्र नमुना बस्ती लगायत थुप्रै पर्यटकीय स्थलहरू रहेका छन्।
केन्द्रः साविक नर्कु गा.वि.स.को कार्यालय
क्षेत्रफलः ४२७ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
गुठीचौर |
१-५ |
|
|
२ |
गुठीचौर |
६-९ |
|
|
३ |
गर्ज्याङकोट |
१-३ |
|
|
४ |
गर्ज्याङकोट |
४-९ |
|
|
५ |
देपालगाउँ |
१-९ |
|
७. नामः तातोपानी गाउँपा
गुठिचौर गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका तथा नगरपालिकाहरु मध्येको एक स्थानीय तह हो। कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लामा पर्ने गुठिचौर गाउँपालिका साविकका देपालगाउँ , गोठिचौर र गर्ज्याङ्गकोट गरी ३ गा.वि.स. हरु मिलेर बनेको छ। करिब ४२७ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस गुठिचौर गाउँपालिकाको जनसंख्या २०७८ सालको जनगणना अनुसार जम्मा १५५७५ जनगणना र कुल घरपरिवार संख्या २४५१ रहेको छ।
यस गाउँपालिकाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा चन्दननाथ नगरपालिका , उत्तरमा पातारासी गाउँपालिका र दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। यस गाउँपालिका अन्तर्गत ५ वटा वडाहरु रहेका छन्। गुठिचौर गाउँपालिकाको केन्द्र गुठिचौर गाउँपालिकाको वडा नं ४ मा पर्ने धलमुडी भन्ने स्थानमा हरेको छ। यस गाउँपालिकाको नामाकरण यस गाउँपालिका अन्तर्गतको पर्यटकीय स्थल गोठिचौरको मानबाट नामाकरण गरिएको हो।
यो गाउँपालिका भौगोलिक रुपमा अति सुन्दर र पर्यटकीय संभावना बोकेको गाउँपालिका हो। यस गाउँपालिका अन्तर्ग चिमारामालिका, गोठिचौर, दुधकुन्डली ताल, चोत्र नमुना बस्ती लगायत थुप्रै पर्यटकीय स्ठलहरु रहेका छन्।
केन्द्रः साविक तातोपानी गा.वि.
क्षेत्रफलः ५२५.५६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
तातोपानी |
१-३ |
|
|
२ |
तातोपानी |
४-६ |
|
|
३ |
तातोपानी |
७-९ |
|
|
४ |
हाँकु |
१-९ |
|
|
५ |
लाम्रा |
१-५ |
|
|
६ |
लाम्रा |
६-९ |
|
|
७ |
ताम्ती |
१-५ |
|
|
८ |
ताम्ती |
६-९ |
|
८. नामः पतारासी गाउँपालि
केन्द्रः साविक छार्का गा.वि.स.
क्षेत्रफलः ८१४.०७ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पातारासी |
६-९ |
|
|
२ |
पातारसी |
१-५ |
|
|
३ |
छुमचौर |
१-९ |
|
|
४ |
डिल्लीचौर |
५-९ |
|
|
५ |
डिल्लीचौर |
१-४ |
|
|
६ |
पटमारा |
३,७-९ |
|
|
७ |
पटमारा |
१,२,४-६ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्ला। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । जुम्ला जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
सिन्जा क्षेत्रका बिराट दरबार, गरुडदानि(गल्डानि),देउली माइ, मस्टाे देवताका थानहरु, जिम्री गुम्बा, बिष्ट देवल, लछाल्या किर्ति पैकेलो हिड्दै अबरोध पन्छाको कनकासुन्दरी देखि खलंगा सम्मको सीता पाइला, छालाचौर, रागोले सिङ्ले चिरेको रुख,साप चरो देखि रगत जस्तो पानी नागबेली भइ बग्ने खोलो,गरुड खुंडाे(ढुङ्गाको टाउको चिनेको अबसेस गरुड), गाड्या माटाे, सुन्दर सिम्सार क्षेत्र जलजला, भदाली, बाघखुंडाे, चौरिखोला र च्यारे चौर हुँदै खलंगा बजार सम्मको पद्मार्ग किम्बदन्तिय कहानिको ऐतिहासिक पर्यतकिय महत्व छ।