परिचय
जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हाे । यो जिल्ला २८ डिग्री ४९ मिनेट २२ सेकेन्ड देखि ८२ डिग्री ३४ मिनेट ४६ सेकेन्ड पूर्वी देशान्तरसम्म अवस्थित छ । समुन्द्र सतहबाट ६१० मि्. देखि ५४३५ मि. सम्म उचाईमा रहेको यो जिल्लाको सिमाना पूर्वमा रुकुम पश्चिम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पश्चिम पर्दछन । जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग कि.मि. छ भने २०७८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १,८९,३६० रहेको छ ।

नेपालको संघीय राज्य पुनःसंरचना अनुसार हाल यस जिल्लामा ७ वटा स्थानीय तह कायम गरिएको छ । जस मध्ये ३ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । यस जिल्लाको प्रमुख आर्थिक स्राेत कृषी रहेको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा काइनाईट र टुरमालिन जस्ता बहुमुल्य पत्थर पाईन्छन् । जाजरकोट जलस्राेतमा धनी जिल्ला हो । यँहा राष्ट्रियस्तरको नलसिंगाड जलविद्युत परियोजना संचालनको क्रममा छ । त्यस्तै जाजरकोट डोल्पा, जाजरकोट जुम्ला तथा मध्यपहाडी लोकमार्गको निर्माण पछी यो जिल्ला एउटा व्यापारिक केन्द्रको रुपमा विकास हुने देखिन्छ ।

पर्यटकिय धार्मिक स्थल, नदि तथा खोलाहरु र ताल तलैयाहरु
जाजरकोट जिल्लामा भेरी नदि, छेडागाड र नलसिङ्ग गाड नौधरी ताल, बेर पोखरी (खलंगा) नौमुली ताल (कामीडाँडा), पोखरा ताल (भुर) यहाँ रहेका नदि तथा तालतलैया हुन भने शिवालय, कालिका मन्दिर, सरुपैंकको मष्टो देवताको थान, दशेराको रुकमाला, बजुथान, सक्लाको पिनलेखी, चित्रलेखदेवी, शेषनारायण मन्दिर, भैनगाँउ, राँगा बाँचिलो देवताको स्थान, खातीगुर्ता भगवती मन्दिर, घोगीडाँडाको प्राचीन बौद्धस्तुप, ढिमेगाँउको माझदेव मन्दिर, ऐतिहासिक मन्दिर जगतीपुर, जोगीडाँडा, नलगाँडको चमेरे ओडार, ओगेनाको ओगेना ओडार, त्रिदेवी गुफा, थालाभिउसको बाबाकुटी, मालिका गुफा, मजकोटको भैरवस्थान, ठाकुरजीगाद, साईद्धार, पैंकको नदैडाव, खगेनकोट मैदे गाँउको दरवारको भग्नावशेष र रग्दा गाविसको तल्लुकोट भगवती खलंगा, बाहुनथाना आदि जाजरकोट जिल्लाका पर्यटकिय तथा धार्मिक स्थलहरू हुन ।

जाजरकाेट जिल्लाका प्रमुख धर्म, जातजाती र मातृभाषा
प्रमुख धर्म – हिन्दु, बौद्ध, क्रिश्चियन, मस्लिम
प्रमुख जातजाती – क्षेत्री, मगर,कामी, ब्राह्मण, ठकुरी
मातृभाषा – नेपाली, मगर, नेवारी, थारु

जाजरकोट जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
जाजरकोट जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार जाजरकोट जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः भेरी नगरपालिका
भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो ।
भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।
केन्द्रः साविक भेरीमालिका नगरपा
क्षेत्रफलः २१९.७७ (वर्ग कि.मि.)
वडा संख्याः १३
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
भेरीमालिका |
१ |
|
|
२ |
भेरीमालिका |
२ |
|
|
३ |
भेरीमालिका |
३ |
|
|
४ |
भेरीमालिका |
४ |
|
|
५ |
भेरीमालिका |
५ |
|
|
६ |
भेरीमालिका |
६ |
|
|
७ |
भेरीमालिका |
७ |
|
|
८ |
भेरीमालिका |
८ |
|
|
९ |
भेरीमालिका |
९ |
|
|
१० |
भेरीमालिका |
१० |
|
|
११ |
भेरीमालिका |
११ |
|
|
१२ |
भेरीमालिका |
१२ |
|
|
१३ |
भेरीमालिका |
१३ |
|
|
२. नामः छेडागाड नगरपालिका
कर्णाली प्रदेश अन्तर्गत अत्यन्तै पछाडी परेको जाजरकोट जिल्ला त्यसमा पनि जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा. वि. स. लाइ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ आफ्नो प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै आइरहेको छ ।
यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला आदीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । पूर्वमा भेरी नगरपालिका, पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, उत्तरमा कुशे गाउपालिका एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा छेडागाड नगरपालिका अवस्थित छ ।
केन्द्रः साविक कार्किगाउँ गा.वि.स.को कार्यालय
क्षेत्रफलः २८४.२ (वर्ग कि.मि.)
वडा संख्याः १३
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
साल्मा |
१,३,५,६ |
|
|
२ |
साल्मा |
२,४,७-९ |
|
|
३ |
दशेरा |
१-३ |
|
|
४ |
दशेरा |
४-६ |
|
|
५ |
दशेरा |
७-९ |
|
|
६ |
सुवानउली |
१-९ |
|
|
७ |
पजारु |
९ |
|
|
८ |
पजारु |
६-८ |
|
|
९ |
पजारु |
३-५ |
|
|
१० |
झाप्रा |
५-९ |
|
|
११ |
झाप्रा |
१-४ |
|
|
१२ |
कार्किगाउँ |
१-४ |
|
|
१३ |
कार्किगाउँ |
५-९ |
|
३. नामः त्रिवेणी नलगाड नगरपालिका
जाजरकोट जिल्ला कर्णाली प्रदेश को एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला हो भने यो जिल्लामा रहेका ३ वटा नगरपालिका र ४ गाउँपलिका सहित जम्मा ७ स्थानिय निकाय रहेका छन् । यस नगरपालिकाको संरचना साविकका डाँडागाउँ लहँ खगेनकोट रग्दा र भगवती गा.वि.स. लाई मिलाएर नलगाड खाेलाको नामबाट नामाकरण गरी नगरपालिकाको नाम नलगाड नगरपालिका रहन गएको हो । यस नगरपालिकाको क्षेत्रफल ३८७.४४ व.कि.मि. रहेको छ । जुन जाजरकोट जील्लामा रहेका नगरपालीका मध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालिका हो । यहाँको कुल जनसंख्या २८,९२२ रहेको छ । यस नगरपालिकामा जम्मा १३ वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय वडा नं.७ दल्लीमा रहेको छ भने सीमाना पूर्वमा रुकुम जिल्ला, पश्चिममा कुसे गा.पा., उत्तरमा बारेकोट गा.पा. र डोल्पा जिल्ला रहनुको साथै दक्षिणमा भेरी नगरपालिका रहेको छ ।
केन्द्रः वडा नं.७, दल्ली
क्षेत्रफलः ३८७.४४ (वर्ग कि.मि.)
वडा संख्याः १३
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
डाँडागाउँ |
१-३ |
|
|
२ |
डाँडागाउँ |
४-५ |
|
|
३ |
डाँडागाउँ |
६-९ |
|
|
४ |
लहँ |
३-५ |
|
|
५ |
लहँ |
६-८ |
|
|
६ |
लहँ |
१,२,९ |
|
|
७ |
खगेनकोट |
१-४ |
|
|
८ |
खगेनकोट |
५-९ |
|
|
९ |
रग्दा |
१-३ |
|
|
१० |
रग्दा |
४-६ |
|
|
११ |
रग्दा |
७-९ |
|
|
१२ |
भगवती |
१-५ |
|
|
१३ |
भगवती |
६-९ |
|
४. नामः कुसे गाउँपालिका
कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो ।
महत्वपूर्ण विभिन्न प्रजातिय जडिबुटी बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा को बास स्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन भएकोले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको हो । यो क्षेत्र विशेष गरी फलफूल उत्पादनको पकेट क्षेत्रको रूपमा लिइएको छ । साविक ढिमे गाविसमा सुन्तला र आलुको व्यवसायीक खेती गरिन्छ भने साविक टालेगाँउ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिन प्रशस्त मात्रामा पाइन्छ ।
केन्द्रः कुशे ६, थर्पु भार्मा
क्षेत्रफलः २७३.९७ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
पजारु |
१,२ |
|
|
टालेगाउँ |
९ |
|
||
२ |
टालेगाउँ |
१-८ |
|
|
३ |
अर्छानी |
१-४ |
|
|
४ |
अर्छानी |
५-९ |
|
|
५ |
ढिमे |
१,२,५ |
|
|
६ |
ढिमे |
३,४,६ |
|
|
७ |
ढिमे |
७-९ |
|
|
८ |
पैक |
१,४,६-९ |
|
|
९ |
पैक |
२,३,५ |
|
५. नामः जुनीचाँदै गाउँपालि
जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिका साविक मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाउँ विकास समिति समाहित गरेर नेपाल सरकारले २०७३ साल फाल्गुन २७ गते जुनीचाँदे गाउँपालिका घोषणा गरी ११ वटा वडामा विभाजन गरिएको हो । पूर्वमा कुशे गाउँपालिका पश्चिममा दैलेख जिल्ला उत्तरमा कालिकोट र जुम्ला जिल्ला दक्षिणमा छेडागाड नगरपालिकाको विचमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण जुनीचाँदे गाउँपालिकाको कुल क्षेत्रफल ३४६.२१ वर्ग किलोमिटर रहेको छ ।
केन्द्रः साविक मजकोट गा.वि.स.को कार्यालय
क्षेत्रफलः २४६.२१ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
मजकोट |
७-९ |
|
|
२ |
मजकोट |
५,६ |
|
|
३ |
मजकोट |
३,४ |
|
|
४ |
मजकोट |
१,२ |
|
|
५ |
गर्खाकोट |
१-४ |
|
|
६ |
गर्खाकोट |
५-९ |
|
|
७ |
दह |
१,२ |
|
|
८ |
दह |
३,४,९ |
|
|
९ |
दह |
५-८ |
|
|
१० |
कोर्ताङ्ग |
६-९ |
|
|
११ |
कोर्ताङ्ग |
१-५ |
|
६. नामः बारेकोट गाउँपालिका
कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो । यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ ।
भौगोलिक रुपमा अति विकट र दुर्गम भएतापनि बारेकोट गाउँपालिकाको पर्यटकीय, व्यवसायिक, वातावरणीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्त्वपूर्ण पहिचान दिएको छ । अवलोकन भ्रमण र जडिबुटी संकलनका दृष्टिकोणबाट महत्त्वपूर्ण सम्भावनाका साथै यहाँको ऐतिहासिक फलाम खानी र जल सम्पदाले महत्वपूर्ण सम्भावना बोकेको छ ।
केन्द्रः वडा नं. २ लिम्सा
क्षेत्रफलः ५७७.५ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
रमिडाँडा |
१-९ |
|
|
२ |
रोकायागाउँ |
५-९ |
|
|
३ |
रोकायागाउँ |
१-४ |
|
|
४ |
नायकवाडा |
२-४ |
|
|
५ |
नायकवाडा |
१,५-७ |
|
|
६ |
नायकवाडा |
८,९ |
|
|
७ |
सक्ला |
४-६ |
|
|
८ |
सक्ला |
१-३ |
|
|
९ |
सक्ला |
७-९ |
|
७. नामः शिवालय गाउँपालिका
शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम भागमा रहेको गाउँपालिका हो। नेपालको संघिय शासन प्रणाली अन्तर्गत राज्य पुनरसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरु सिमा, थालारैचर र जुंगाथापाचौर गाविसहरु मिलेर स्थापना भएको हो। यो गाउँपालिका जातिगत तथा सांस्कृतिक रुपमा बिशिष्टता र बिविधता बोकेको गाउँपालिका हो।यो गाउँपालिकाम मुख्य रुपमा क्षेत्री र त्यसपछि क्रमश कामी, ठकुरी, दमाई, वाहुन, मगर, सार्की र सन्यासी जातीको बसोबास रहेको छ।
स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत-साधन, पर्यटनको प्रचुर संभावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो। यो गाउँपालिकाको जिल्लाको कुल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटर मध्य १३४.२६ अर्थात १२% भु भाग ओगटेको छ। यातायातको हिसावले भर्खर मात्र यो गाउँपालिकामा मौसमी यातायात संचालन हुने गरी वाटो निर्माण कार्य भइरहेको छ।
एउटा मान्यता अनुसार सत्ययुगमा भगवान शिवजी आउने क्रममा एक ठाउँमा एक दिन बास बस्नु भयो। राती सपनामा सबैलाई त्यस ठाउँमा मन्दिर बनाउन भन्नुभयो। शिवजी बसेकै स्थानमा मन्दिर निर्माण भयो र उक्त स्थानको नाम शिवालय रह्यो। शिवालयमा सादु सन्तहरु आउने क्रम बढ्न थाल्यो। आश्रम घर निर्माण भयो। सो स्थानमा विवाह व्रतवन्ध गर्ने, माघी सक्रान्तिमा ५ दिनसम्म जात्रा लगाउने, माघी नुहाउने प्रचलन शुरु भयो। भगवान शिव र सत्यदेवीको तपस्या गरी एकजना बलिभद्र घर्ति नामका व्यक्तिले ५ क्वीन्टलको ढुंगा उठाएको कहावत चर्चा हुने गर्दछ। यसरी राज्यको पुन:संरचना पश्चात यसै शिवालय भन्ने स्थानको ऐतिहासिक र धार्मिक महत्वलाई आत्मसात गरी गाउँपालिकाको नाम समेत शिवालय राखिएको भनाइ छ।
शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम क्षेत्रमा रहेको गाउँपालिका हो। यो गाउँपालिकाको पुर्वमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका र दैलेख जिल्लाको भगवतीमाइ गाउँपालिका पर्दछ भने दक्षिण तर्फ सल्यान जिल्ला पर्दछ। यो गाउँपालिकाको तिन तर्फको सिमानामा फरक फरक ३ जिल्लाहरु रहेका छन। दोमट र रातो माटो प्रशस्त भएको यो गाउँपालिकामा चिसो लेक देखि वेसी सम्म पर्दछ।
केन्द्रः साविक सीमा गा.वि.स.को
क्षेत्रफलः १३४.२६ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
सीमा |
७-९ |
|
|
२ |
सीमा |
२,५,६ |
|
|
३ |
सीमा |
१,३,४ |
|
|
४ |
थालारैकर |
५,६ |
|
|
५ |
थालारैकर |
१,३,४ |
|
|
६ |
थालारैकर |
२,७-९ |
|
|
७ |
जुँगाथापाचौर |
५-८ |
|
|
८ |
जुँगाथापाचौर |
१-४ |
|
|
९ |
जुँगाथापाचौर |
९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय जाजरकोट । तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । जाजरकोट जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
Pingback: नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह) - चिनारी नेपाल