परिचय
नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ् र घलेहरुको वस्तीले पर्यटकहरुलाई आकर्षण गरिहरेको छ ।
गोरखा जिल्लाको नामाकरणको सम्वन्धमा गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट व गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ । यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँटहरु/खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको जनिवश्वास रहि आएको छ ।

ऐतिहासिक चिनारी
जिल्ला समन्वय समिति गोरखाका अनुशार नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिन सम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन ।
द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन । भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरवारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाढठह गोरखाका राजा भए ।

द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । तत्कालीन अवस्थामा नेपाल बाईसी, चौबिसी गरी ५२ भन्दा बढी स-साना राज्यमा विभाजित भएको थियो ।
यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो । भने अर्का तिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो । पृथ्वीनारायण शाह सानैदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरुलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दिक्षा दिईएको थियो । पिताको शासनकालमा उनले राज्य संचालन गतिविधिबारे नियालेर सुक्ष्म अध्ययन गरेका थिए ।

वि.सं. १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ने एकमात्र उद्देश्य जे जसरी हुन्छ टुक्रिएर रहेका स-साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए । तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाण्डौ बनाए । त्यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरुपमा ल्याईपुऱ्याए ।

यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ । गोर्खालीहरु वीर बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरुले पऱ्याएके ठूलो योगदान एवं नेपाल अंग्रेजबीज वि.सं. १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराए ।
पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो । गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले “म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासंग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।” भनेका छन् भने बेलायतकी महारानी एलिजवेथ दृतीयाले “गोरखा सैनिकले ईतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन् ” भनेकी छिन् ।

भाैगोलीक अवस्थिती
गोरखा जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन); उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०७८ (२०२३) को जनगणना अनुसार महिला १३२८७२ र पुरुष ११८१५५ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २५१०२७ रहेको छ।

गोरखा जिल्लामा रहेका महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थलहरू
गोरखम जिल्लामा गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदाहरू रहेका छन। त्यस्तै मनकामना मन्दिर, गोरखकाली मन्दिर यहाँका प्रमुद धार्मिक सम्पदाहरू हुन । कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु रहेका छन भने मनासलु, हिमालचुली जस्ता हिमचुचराहरु र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार गोरखा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ नगरपालिका र ९ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः गोरखा नगरपालिका
विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको छ । वर्तमान नेपालको एकीकरणको सुत्रपात भएको यस जिल्लाको ऐतिहासिक धरोहर मध्ये गोरखा दरबार, गोरखनाथ मन्दिर, कालिका मन्दिर एवं तल्लो दरबार आदि यसै नगरपालिकाभित्र पर्दछन् । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिने वीरवीरङ्गनाहरू मध्ये बीसे नगर्चीको जन्म यस यसै न.पा.मा भएको थियो ।
नेपालअधिराज्यको करिव मध्ये भागमा अवस्थित, प्रदेश ४ मा पर्ने गोरखा जिल्लाको एकमात्र ऐतिहासिक नगरी गोरखा नगरपालिकाको गठन वि.स.२०५३ साल माघ १५ गते साविक गोरखकाली, रानिश्वारा र तारानगर गा.वि.स.हरूलाई समेटेर गरिएको हो । साथै नेपाल सरकार को मिति २०७१ साल मसिंर १६ को निर्णय अनुसार साविक फिनाम र नारेश्वर गा.वि.स तथा मिति २०७३ मंसिर २० को निर्णय अनुसार ताप्ले र देउराली गाविस थप गरि यस न.पा.ले कुल १३१.८६ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ ।
राजधानी काठमाण्डौदेखि १४१ कि.मि. पश्चिम र अमर सिं राजमार्गको आँवु खैरेनी तनहुँबाट २४ कि.मि. उत्तरमा पर्ने यस न.पा. को अधिकाँश भू–भाग पहाडी क्षेत्रले ढाकेको छ भने केहीभाग टार बेसीले ढाकेको छ । यस नगरपालिका आफैँमा भौगोलिक विविधताले सम्पन्न त छँदैछ यसका साथै यस न.पा. को कुन्दुरटार, तेह्र कि.मि. घुम्ति बजार, मैदान, पस्लाङ्ग, सतिपिपल, गोरखकाली दरवार, उपल्लोकोट, भिमसेन स्मारक आदि क्षेत्रबाट यस जिल्लाको उत्तर तर्फ रहेकामनास्लु, हिउँचुली र लार्केका साथै पश्चिमतर्फ लमजुङ्ग जिल्ला अन्तर्गत पर्ने लमजुङ्ग र वौद्घ हिमालका मनोरम दृश्यहरू पनि अवलोकन गर्न सकिन्छ ।
केन्द्रः साविक गोरखा नगरपालिका
जनसङ्ख्याः ५२४६८ (२०७८ अनुसार)
क्षेत्रफलः १३१.८६ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
ताप्ले |
६-९ |
|
|
२ |
ताप्ले |
१-५ |
|
|
३ |
गोरखा |
१४,१५ |
|
|
४ |
गोरखा |
१२,१३ |
|
|
५ |
गोरखा |
४ |
|
|
६ |
गोरखा |
१,३ |
|
|
७ |
गोरखा |
२,५ |
|
|
८ |
गोरखा |
६,७ |
|
|
९ |
गोरखा |
८ |
|
|
१० |
गोरखा |
९ |
|
|
११ |
गोरखा |
१० |
|
|
१२ |
गोरखा |
११ |
|
|
१३ |
देउराली |
५-८ |
|
|
१४ |
देउराली |
१-४,९ |
|
|
२. नामः पालुङटार नगरपालिका
गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको मध्ये १ नगरपालिका हो पालुङटार नगरपालिका ।
२०७१ सालमा साविकको ४ वटा गा.वि.स (च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल) मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स (मिरकोट, धुवाकोट र खोप्लाब) थपिई बनेको नगरपालिका हो यसरी बनेको हालको नगरपालिकाको क्षेत्रफल (१५८.६२ बर्ग कि.मी) रहेको छ भने यस नगरपालिकाको पूर्वमा गोरखा न.पा र सिरान्चोक गा.पा, पश्चिममा तनहँु जिल्ला, उत्तरमा सिरानचोक गा.पा र लमजुब जिल्ला र दक्षिणमा गोरखा न.पा र तनहँु जिल्ला पर्दछ । यस नगरपालिकामा लिगलिगकोट जस्तो ऐतिहासिक सास्कृतिक सम्पदाले भरिपूर्ण भएको पर्यटकिय स्थल पनि रहेको छ जहाँ प्रत्येक वर्षको असोजमा लिग लिग दौड प्रतियोगिता द्धारा १ वर्षका लागि लिगलिगेराजा चयन गर्ने गरिन्छ ।
केन्द्रः साविक पालुङटार नगरपा
जनसङ्ख्याः ३७४०९ (२०७८ अनुसार)
क्षेत्रफलः १५८.६२ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
खोप्लाङ |
४-९ |
|
|
२ |
खोप्लाङ |
१-३ |
|
|
पालुङटार |
१२,१३ |
|
||
३ |
पालुङटार |
७,११ |
|
|
४ |
पालुङटार |
६,८,९ |
|
|
५ |
पालुङटार |
१० |
|
|
६ |
पालुङटार |
१,४,५ |
|
|
७ |
पालुङटार |
२,३ |
|
|
८ |
धुवाकोट |
१-६ |
|
|
९ |
धुवाकोट |
७-९ |
|
|
मिरकोट |
५,८ |
|
||
१० |
मिरकोट |
१-४,६,७,९ |
|
३. नामः बारपाक सुलिकोट गाउँपालिका
गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले ईद आदि मनाउने गर्दछन।
केन्द्रः साविक ताकुकोट गा.वि.स
जनसङ्ख्याः २२६३६ (२०७८ अनुसार)
क्षेत्रफलः १२३.८६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
बारपाक |
४,५ |
२ |
बारपाक |
१-३,६-९ |
३ |
स्वाँ |
१-९ |
४ |
सौरपानी |
१-९ |
५ |
ताँकुमाझलाकुरीवोट |
१-९ |
६ |
ताकुकोट |
१-९ |
७ |
पाँचखुवा देउराली |
१-९ |
८ |
पन्द्रुङ |
१-९ |
४. नामः सिरानचोक गाउँपालिका
सिरानचोक गाँउपालिका नेपालको प्रशासनिक विभाजन अनुसार गोरखा जिल्ला र गण्डकी प्रदेशमा पर्दछ l भौगोलिक रुपमा २८००’४४.३८” देखि २८०९’३०.९७” अक्षांश र ८४०३०’४०.६१” देखि ८४०३९’५८.९९” देशान्तर र समुन्द्रि सतहबाट ४३४ मि.को उचाई देखि १९७३ मि.को उचाई सम्म फैलिएको यो गाँउपालिका पहाडि भू-बनोट भएको गाउँपालिका हो । सिरानचोक गाउँपालिका गण्डकी प्रदेशमा अवस्थित गोरखा जिल्लाको मध्यभागको उच्च पहाडि भागमा अवस्थित छ । प्रशासकीय हिसाबमा यस गाउँपालिका तत्कालिन ७ वटा गाउँ विकास समिति (केरावारी, थालाजुङ, साविक छोप्राक, हर्मी, गाँखु, श्रीनाथकोट र जौवारी) समावेश गरिएको छ ।
ऐतिहासिक, पुरातात्विक गढी (जेठा कोट, माइला कोट, कान्छा कोट) एवं श्रीनाथ बाबा र श्रीनाथ मण्डली, जोगी गुफा भन्ने स्थानमा रहेको महादेव शिवालय समेत रहेको सिरानचोक गाँउपालिकाको नामाकरण सम्बन्धमा विभिन्न भनाईहरु रहेका छन् जसमध्ये एउटा प्रचलित भनाई अनुसार सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय अग्लो डाँडा भन्ने हुन्छ । वरिपरिका डाँडाहरु मध्ये, गोरखा देखि सबै भन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने यस क्षेत्र नेपाल एकिकरणको प्रारम्भिक स्थान र तत्कालिन अवस्थामा गोरखा राज्यको वाइसे चौविसे राज्यहरुको आक्रमण बाट बच्न र उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ ।
वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित भएता पनि गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको गढी सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरी गोरखा राज्यको सिमाना चेपे र मर्स्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ l बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्मस्थल सिरानचोकमा नै रहेको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना झागल गुरुङको जन्म स्थल समेत सिरानचोक हो भन्ने भनाई रहेको छ । त्यसैले यस गाँउपालिकाको नामाकरण ऐतिहासिक नामाकरण भएको हो l श्रीनाथकोटमा शिर रहेको सिरानचोक डाँडाले तत्कालिन, थालाजुङ, साविक छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारी गाँउ विकास समितिको सँगम स्थल रहेको भू-भाग हो ।
भौगोलिक अवस्थिति
केन्द्रः साविक छोप्राक गा.वि.स
जनसङ्ख्याः १९७१९ (२०७८ अनुसार)
क्षेत्रफलः १२१.६६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
केराबारी |
४,५ |
|
|
२ |
थालाजुङ |
१-३,६-९ |
|
|
३ |
हर्मी |
१-९ |
|
|
४ |
छोप्राक |
७-९ |
|
|
५ |
छोप्राक |
१-६ |
|
|
६ |
गाँखु |
१-९ |
|
|
७ |
श्रीनाथकोट |
१-९ |
|
|
८ |
जौवारी |
१-९ |
|
५. नामः अजिरकोट गाउँपालिका
संघीय गणतन्त्र नेपाल भए पश्चात नेपालमा संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको छ । यसै क्रममा गोरखा जिल्लामा एघार स्थानीय तहमा परिणत भएको छ । जसमा साविकको घ्याच्चोक, खरिबोट, हंशपुर, सिम्जुङ्ग र मुच्चोक गा.वि.स हरुलाई एकिकृत गरी अजिरकोट गाउँपालिकाको गठन भएको छ । जसको परिचय देहाय बमोजिम रहेको छ ।
आदिमकालमा यस ठाउँमा अजिरनाथ सिद्धबाबाले आएर योग साधना गरेको हुँदा अजिरनाथ सिद्धबाबाको नामबाटै अजिरनाथ भन्दा भन्दै अजिरकोट नाम रहन गएको पौराणिक तथ्य पाइन्छ । साथै बाईसे चौबिसे राज्यको समयमा यस राज्यलाई कसैले जित्न नसक्ने हुँदा यस कोटलाई अजिताकोट कसैले जित्न नसक्ने राज्य भनि चर्चा गरिएको यस कोटलाई अजिताकोट भन्दाभन्दै अजिरकोट भनि नामरहन गएको एैतिहासिक तथ्य रहेको छ ।
केन्द्रः साविक हंसपुर गा.वि.स.
जनसङ्ख्याः १२८३२ (२०७८ अनुसार)
क्षेत्रफलः १९८.०५ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
घ्याच्चोक |
१-९ |
|
|
२ |
खरिवोट |
१-९ |
|
|
३ |
हंसपुर |
१-९ |
|
|
४ |
सिम्जुङ |
१-९ |
|
|
५ |
मुच्चोक |
१-९ |
|
६. नामः आरुघाट गाउँपालिका
नेपाल सरकारको पछिल्लो प्रशासनिक विभाजन अनुसार गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाका ११ स्थानीय तहहरूमध्ये एक आरूघाट गाउँपालिका साविकका ५ वटा गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको हो । भौगोलिक हिसाबले ८४०४४’३१.९६” देखि ८४०५८’२०.०९” पूर्वी देशान्तर र २८०२’२१.५५” देखि २८०११’५६.१२” उत्तरी अक्षांशसम्म रहेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ ।
यो गाउँपालिका समुद्री सतहबाट ४७९ मिटर देखि ३७३५ मिटरको उचाइमा रहेको छ । १६०.७९ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस आरूघाट गाउँपालिकाको पूर्वमा धादिङ जिल्ला, पश्चिममा बारपाक सुलिकोट गाउँपालिका, उत्तरमा धार्चेगाउँपालिका तथा दक्षिणमा भिमसेनथापा गाउँपालिका पर्दछन् । प्रशासनिक तथा राजनैतिक दृष्टिले यस गाउँपालिकालाई १० वटा वडामा विभाजन गर्नुका साथै गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं.१, प्रदेशसभाको लागि निर्वाचन क्षेत्र १(ख) गण्डकी प्रदेश अन्तर्गत राखिएको छ ।
गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगल, पहाडी भूभागले ओगटेको खेतीयोग्य एवं उर्वरा जमीन, नदीनाला,जंगली जनावर र जडीबुटी पनि उल्लेख्य मात्रामा मात्रामा रहेका छन् । नेपालको मध्य पहाडी महाभारत पर्वत श्रृंखलामा अवस्थित गोरखा जिल्लाका ११ वटा स्थानीय तहहरूमध्येको एक आरुघाट गाउँपालिका भौगोलिक विविधताले भरिपूर्ण रहेको छ । बुढी गण्डकी नदीले बनाएको गहिरो आरुघाट खोँच देखि अग्ला हिउँदमा कहिलेकाहीँ हिउँ समेत पर्ने सतिडाँडा माथिल्लो धोरतडाँडा लगायत महाभारत पर्वत श्रृंखलासम्म फैलिएको यस गाउँपालिका प्राकृतिक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण रहेको छ ।
केन्द्रः साविक आरुचनौटे गा.वि.
जनसङ्ख्याः २१५७२ (२०७८ अनुसार)
क्षेत्रफलः १६०.७९ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मान्वु |
५-९ |
|
|
२ |
मान्वु |
१-४ |
|
|
३ |
थुमी |
४,६-८ |
|
|
४ |
थुमी |
१-३,५,९ |
|
|
५ |
आरु भर्माङ |
५,७-९ |
|
|
६ |
आरु भर्माङ |
१-३,४,६ |
|
|
७ |
आरुपोखरी |
१,२,५,९ |
|
|
८ |
आरुपोखरी |
३,४,६-८ |
|
|
९ |
अरुचनौटे |
१-३ |
|
|
१० |
अरुचनौटे |
४-९ |
|
७. नामः गण्डकी गाउँपालिका
साविकको फुजेल,दर्बुंङ,भुम्लिचोक,घ्याल्चोक,तान्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ विकास समितिलाई मिलाई पूर्वमा धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका रहेको यो गाउँपालिका प्राकृतिक रुपमा विविधता पूर्ण रहेको छ | साविकको मकैसिङ गाविसलाई हालको वडा नं.१,साविकको ताङलिचोक गाविसलाई हालको वडा नं.२, साविकको फुजेल गाविसलाई हालको वडा नं.३ र ४,साविकको दर्बुंङ गाविसलाई हालको वडा नं.५,साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं.६ र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिकाको निर्माण गरिएको हाे ।यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिका भित्र विभिन्न जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित बसोबास रहेको छ ।
केन्द्रः साविक भूम्लिचोक गा.वि
जनसङ्ख्याः २१३९४ (२०७८ अनुसार)
क्षेत्रफलः १२३.८६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मकैसि |
१-९ |
|
|
२ |
ताङ्लीचोक |
१-९ |
|
|
३ |
फुजेल |
४-८ |
|
|
४ |
फुजेल |
१-३,९ |
|
|
५ |
दर्भुङ |
१-९ |
|
|
६ |
भूम्लीचोक |
१-९ |
|
|
७ |
घ्याल्चोक |
१,५-७ |
|
|
८ |
घ्याल्चोक |
२-४,८,९ |
|
८. नामः चुमनुवी गाउँपालिका
गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू (समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास) मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ ।कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल (उचाइ ८१६३ मिटर) यसै गाउँपालिकामा अवस्थित छ ।
हिमचुली (७८९३ मिटर) र सृङ्गी (७१८७ मिटर) जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला यसै गापामा पर्दछन् । यस गाउँपालिकाको समग्र भाग मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । यो गाउँपालिका लार्के (५२०५ मिटर) र ग्या (५३७५ मिटर) जस्ता उच्च पास (ला) हरुका साथै काल ताल र वीरेन्द्र तालहरु जस्ता विभिन्न ताल तलैयाहरु रहेका छन् । विशिष्ट साँस्कृतिक, ऐतिहासिक गुम्बाहरु र असंख्य जडिबुटी, जैविक विविधताले यो गाउँपालिका भरिपूर्ण रहेको छ । बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ, मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भूपरिवेशले गर्दा यस गाउँपालिकाले पर्यटक आकर्षणको ठूलो सम्भावना बोकेको छ ।
केन्द्रः साविक सिर्दिवास गा.वि
जनसङ्ख्याः ५९३२ (२०७८ अनुसार)
क्षेत्रफलः १६४८.६५ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सामागाउँ |
१-९ |
|
|
२ |
ल्हो |
१-९ |
|
|
३ |
सिर्दिवास |
१-९ |
|
|
४ |
प्रोक |
१-९ |
|
|
५ |
विही |
१-९ |
|
|
६ |
चुम्चेत |
१-९ |
|
|
७ |
छेकम्पार |
१-९ |
|
९. नामः धार्चे गाउँपालिका
केन्द्रः वडा नं. ५ माछिखोला
जनसङ्ख्याः १४२६३ (२०७८ अनुसार)
क्षेत्रफलः ६५१.५२ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
केरौजा |
७-९ |
|
|
२ |
केरौजा |
१-६ |
|
|
३ |
उहिया |
१-९ |
|
|
४ |
लाप्राक |
१-९ |
|
|
५ |
गुम्दा |
१-९ |
|
|
६ |
काशीगाउँ |
१-९ |
|
|
७ |
लापु |
१-९ |
|
१०.नामः भिमसेनथापा गाउँपालिका
नेपालको संबिधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुन:संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो ।
भौगोलिक बिबिधता पाखा, पखेरा, जंगल, खोल्सा ,खोल्सी ,खोंच र बेशी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यस जिल्ला को साबिकका गा बि स हरु मध्ये मसेल, तान्द्राङ्ग , अश्राङ्ग ,धावा ,बगुवा र बोर्लाङ्ग लाइ समायोजन गरी भिमसेनथापा गाउँपालिका गठन गरिएको हो । यस गाउँपालिकाको साबिकमा रहेको ६ ओटा गा.बि.स मध्य साबिक तान्द्राङ्ग गा.बि.सलाई विभाजन गरी हालको २ र ३ वडा बनाइएको छ र साबिक बोर्लाङ्ग गा.बि.स.लाई विभाजन गरी हालको ७ र ८ वडा बनाइएको छ । नवगठित स्थानीय तह भिमसेन थापा गाउँपालिका को क्षेत्रफल १०१.३५ वर्ग कि मि , जनसंख्या १६,९८६ ( राष्ट्रिय जनगणना २०७८ को तथ्यांक) र वडा संख्या ८ रहेका छन् ।
केन्द्रः वडा नं. ५ खाञ्चोक
जनसङ्ख्याः १६९८६ (२०७८ अनुसार)
क्षेत्रफलः १०१.२५ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मसेल |
१-९ |
|
|
२ |
तान्द्राङ |
५-९ |
|
|
३ |
तान्द्राङ |
१-४ |
|
|
४ |
धवा |
१-९ |
|
|
५ |
बगुवा |
१-९ |
|
|
६ |
अश्राङ |
१-९ |
|
|
७ |
बोर्लाङ |
१,४,८,९ |
|
|
८ |
बोर्लाङ |
२,३,५-९ |
|
११. नामः शहीद लखन गा
केन्द्रः साविक धैरुङ गा.वि.स.को कार्यालय
जनसङ्ख्याः २३०७६ (२०७८ अनुसार)
क्षेत्रफलः १४८.९७ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बक्राङ |
१-९ |
|
|
२ |
मनकामना |
१,२,४,५ |
|
|
३ |
मनकामना |
३,६-९ |
|
|
४ |
ताक्लुङ |
१-४ |
|
|
५ |
ताक्लुङ |
५-९ |
|
|
६ |
धैरुङ |
१-९ |
|
|
७ |
बुङ्कोट |
१-४ |
|
|
८ |
बुङ्कोट |
५-९ |
|
|
९ |
नाम्जुङ |
१-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति गोरखा र जिल्ला प्रशासन कार्यालय गोरखा। तस्विरः सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । गोरखा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।