परिचय
गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको एक जिल्ला कास्की आफ्नै किसिमको सांस्कृतिक, भौगोलिक, पर्यटकीय एवं पर्यावरणीय दृष्टिले पनि बिशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो । कास्कीको नामाकरणको सर्न्दर्भमा ऐक्य मत हुन सकेको छैन । अर्थात् यस सर्न्दर्भमा विविध मतहरु अघि सारिएको पाईन्छ । यसै सर्न्दर्भमा कास्यप ऋषिले कास्कीकोटमा बसी काश्यप संहिता नामक अमूल्य आयर्र्वेदिक ग्रन्थ रचना गरेका र उनैको नाम अन्ततः अपभ्रंश भई कास्यपबाट कास्की नाम रहन गएको उल्लेख गरिएको पाईन्छ । यस जिल्लामा गुरुङ, ब्राह्मण, क्षेत्री, मगर, नेवार, थकाली, विश्वकर्मा, परियार, मिजार आदि जातका मानिसहरु मुख्य रुपमा बसोबास गर्दछन् । अन्नपुर्ण तथा माछापुच्छ्रे जस्ता हिमश्रृंखलाहरु, फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल (पातले छाँगो), महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक निधिले युक्त पोखरा उपत्यका वास्तवमा कास्की जिल्लाको महत्वपर्ण निधि तथा गहना हो ।

कास्की जिल्ला तालैताल गुफैगुफा तथा मनोरम हिम श्रृंखलाले युक्त उपत्यकाले सुशोभित बन्ने अवसर प्राप्त यो कास्की जिल्ला विविध जात-जाति, भाषा-भाषी, वेषभुषा तथा समग्रमा विविधता र रोचक संस्कार संस्कृतिले पनि त्यत्तिनै विशेषतायुक्त छ । यस जिल्लाका विभिन्न स्थानहरुमा अवस्थित एवं विशेषगरी उपत्यकाभित्र अवस्थित विविध मठमन्दिर गुम्बा, विहार स्तूप आदि पनि कास्की जिल्लाको थप आकर्षण एवं महत्वपुर्ण निधि मानिन्छन् । यिनै विशेष विशेषता एवं आफ्नै किसिमको पहिचानयुक्त प्राकृतिक तथा साँस्कृतिक निधिहरु र शुद्घ पर्यावरणीय वातावरणको कारण कास्की जिल्ला विश्वकै पर्यटकका लागि एक महत्वपुर्ण आकर्षाको केन्द्र बन्न पुगेको छ । यसैको प्रतिफल स्वरुप राजधानी पछि पर्यटकीय दृष्टिले दोस्रो स्थान ओगट्न सफल भएको छ यो जिल्ला र यो जिल्ला भित्रको सुन्दर नगरी पोखरा उपत्यका ।

कास्की जिल्लाको भौगोलिक अवस्थिती
विश्व मानचित्रमा यस जिल्लाको अवस्थिति २८ °०६” उत्तरी अक्षांशदेखि २८ °३६” उत्तरी अक्षांशसम्म र ८३०४०” पूर्व देशान्तरदेखि ८४०१२” पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको सिमानामा पूर्वमा तनहुँ र लमजुङ, पश्चिममा पर्वत र म्याग्दी, उत्तरमा मनाङ्ग र मुस्ताङ, दक्षिणमा स्याङ्जा जिल्ला पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल २,०१,७०० हेक्टर रहेको छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ।

उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ। उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन् । २०७८ सालको राष्ट्रिय जनसंख्या अनुसार यस जिल्लामा जम्मा घरसंख्या १६०६५१ र कुल जनसंख्या ६००,०५१ छ जसमा पुरुष २९२७९१ र महिला ३०७२६० रहेको छ । यस जिल्लाको जनसंख्या वृद्धिदर १.९० प्रतिशत रहेको छ भने जनघनत्व २९८ प्रति वर्ग कि.मि. रहेको छ ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार कास्की जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ महानगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः पोखरा लेखनाथ महानगरपालिका
वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा भएको पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ (राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा) छ । महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ । पोखरा महानगरपालिका, पोखरा उप-महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९ ), कास्कीकोट माझठाना ( १,४,९ ) कालिका ( १,५ ) र पुरन्चौर गा. बि .स. मिली कुल ३३ वटा वडामा विभाजित छ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ ।
केन्द्रः साविक पोखरा उपमहा
क्षेत्रफलः ४६४.२४ (वर्ग कि.मि.)
वडा संख्याः ३३
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
पोखरा |
१ |
|
|
२ |
पोखरा |
२ |
|
|
३ |
पोखरा |
३ |
|
|
४ |
पोखरा |
४ |
|
|
५ |
पोखरा |
५ |
|
|
६ |
पोखरा |
६ |
|
|
७ |
पोखरा |
७ |
|
|
८ |
पोखरा |
८ |
|
|
९ |
पोखरा |
९ |
|
|
१० |
पोखरा |
१० |
|
|
११ |
पोखरा |
११,२१ |
|
|
१२ |
पोखरा |
१२ |
|
|
१३ |
पोखरा |
१३,२२ |
|
|
१४ |
पोखरा |
१४,१८ |
|
|
१५ |
पोखरा |
१५ |
|
|
१६ |
पोखरा |
१६,२८ |
|
|
१७ |
पोखरा |
१७ |
|
|
१८ |
पोखरा |
२६ |
|
|
१९ |
पोखरा |
१९ |
|
|
पुरन्चौर |
१-९ |
|
|
|
२० |
पोखरा |
२० |
|
|
मौजा |
१-९ |
|
|
|
२१ |
पोखरा |
२३,२४ |
|
|
२२ |
पोखरा |
२५ |
|
|
२३ |
चापाकोट |
१-९ |
|
|
भदौरे तमागी |
३-९ |
|
|
|
२४ |
कास्कीकोट |
१-९ |
|
|
२५ |
पोखरा |
२७,२९ |
|
|
२६ |
लेखनाथ |
३-५ |
|
|
२७ |
लेखनाथ |
२,६,७ |
|
|
२८ |
माझठाना |
१,४-९ |
|
|
कालिका |
१-५ |
|
|
|
२९ |
लेखनाथ |
१ |
|
|
३० |
लेखनाथ |
८,१२ |
|
|
३१ |
लेखनाथ |
९-११ |
|
|
३२ |
लेखनाथ |
१३-१५ |
|
|
३३ |
लेखनाथ |
१६-१८ |
|
|
२. नामः अन्नपूर्ण गाउँपालि
अन्नपूर्ण गाउँपालिका साबिकका ढिकुरपोखरी, भदौरेतमागी(१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गा वि स मिलि कुल ११ वडामा विभाजित छ । अन्नपूर्ण गाउँपालिकाको पूर्वी सिमानामा माछापुच्छ्रे गाउँपालिका, पश्चिममा म्याग्दी सिमानामा मनांग तथा दक्षिणमा पर्वत र पोखरा-लेखनाथ महानगरपालिका रहेको छ। गाउँपालिकाको अग्रणी क्षेत्रहरुमा पर्यटन, कृषि र पशुपालन रहेको छ । नौडाँडा,काँडे,नयाँपुल, बिरेठाँटि र स्याउलि बजार यस गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको छ । मुख्य पर्यटकीय क्षेत्रमा अन्नपृर्ण अाधार शिविर, माछापुच्छ्रे आधार शिविर,घोडेपानी,घान्द्रुक,पन्चासे,इशरु,हिड्ने ताल,नसिखर्क रहेका छन् ।
केन्द्रः वडा नं. ३ माछापोखरी
क्षेत्रफलः ३३.३३ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
ढिकुरपोखरी |
१-३ |
|
|
२ |
ढिकुरपोखरी |
४,९ |
|
|
३ |
ढिकुरपोखरी |
५-८ |
|
|
४ |
भदौरेतमागी |
१,२ |
|
|
सल्यान |
१-४,६-८ |
|
||
५ |
सल्यान |
५,९ |
|
|
६ |
लुम्ले |
४-६ |
|
|
७ |
लुम्ले |
१-३,७-९ |
|
|
८ |
दाङसिङ |
१-६ |
|
|
९ |
दाङसिङ |
७-९ |
|
|
१० |
घान्द्रुक |
१-५ |
|
|
११ |
घान्द्रुक |
६-९ |
|
३. नामः माछापुच्छ्रे गाउँपा
नेपाल सरकारको स्थानीय तह गठन आदेश, २०७३ बमोजिम गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लामा गठन भएका पाँच स्थानीय तह मध्ये यो तेस्रो ठुलो स्थानीय तह हो। यस माछापुच्छ्रे गाउँपालिका समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइ देखि अधिकतम माछापुच्छ्रे हिमाल ६९९८ मिटर उचाइ सम्म उत्तर–दक्षिण फैलिएर रहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ।
माछापुच्छ्रे हिमाल यसै गाउँपालिकामा रहेकाले यस गा.पा. को नाम माछापुच्छ्रे गाउँपालिका रहेको हो। कूल क्षेत्रफल ५४४.५८ वर्ग कि.मि. रहेको यस गाउँपालिका विश्व मानचित्रमा ८३ डिग्री ४३’ देखि ८३ डिग्री ९२’ पूर्वी देशान्तर र २८ डिग्री १८’ देखि २८ डिग्री ३९’ उत्तरी अक्षांशमा रहेको छ । साविकका निम्न ८ (आठ) वटा गाउँ विकास समितिलाई मिलाएर बनेको यस माछापुच्छ्रे गाउँपालिकाको पूर्वमा मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला र दक्षिणमा पोखरा लेखनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका रहेको छ ।
केन्द्रः साविक लहाचोक गा.वि.स.
क्षेत्रफलः ५४४.५८ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
माछापुच्छ्रे |
१-९ |
|
|
२ |
सर्दिखोला |
१-९ |
|
|
३ |
घाचोक |
१-९ |
|
|
४ |
लाहाचोक |
१-९ |
|
|
५ |
रिभान |
१-९ |
|
|
६ |
धिताल |
१-९ |
|
|
७ |
धम्पुस |
१-९ |
|
|
८ |
ल्वाङघलेल |
१-५ |
|
|
९ |
ल्वाङघलेल |
६-९ |
|
४. नामः मादी गाउँपालिका
कास्की जिल्लाको उत्तर पूर्वमा अबस्थित मादी गाउँपालिका साविकका नामार्जुङ, पार्चे, सिल्दजुरे, थुमाकोडांडा, भाचोेक, मिजुरेडाँडा, सैमराङ, कालिका ६–९ वडाहरु, माझठाना २ र ३, हंसपुर गाविसका ५ र ८ समेटी १२ वटा वडाहरु कायम हुने गरि नेपाल सरकारले मिति २०७३ फाल्गुण २७ गते नेपाल राजपत्रमा प्रकाशन गरी आधिकारिक रुपमा मादी गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका उत्तर तर्फको प्रसिद्ध अन्नपूर्ण हिमश्रृंखलाको काखमा अबस्थित छ ।
अन्नपूर्ण दोस्रो र चौथो हिमालको दक्षिणी ढालबाट उत्पत्ति भएको सप्तगण्डकी नदीको सहायक नदीको रुपमा रहेको मादी नदी यस गाउँपालिकाको समृद्धिको प्रमुख आधार रहेकाले यसै नदीको नामबाट मादी गाउँपालिका नाम रहन गएको हो । वि.सं. २०३२ अगाडि हाल मादी गाउँपालिकाका मादी नदी पूर्वका बरालडांडा गाँउबाहेक सबै भाग लमजुङ जिल्ला अन्तर्गत रहेका थिए ।मादी गाउँपालिका नेपालकै मध्य विन्दु रहेको गाउँपालिका हो ।
अक्षांश र देशान्तर दुबै रेखाबाट काटिदा कायम भएकोे मध्यबिन्दु यसै गाउँपालिकाको कोरी क्षेत्रमा रहेको छ । त्यस्तै हिमालय श्रृङ्खलाकै सबैभन्दा कम उचाई (२४३५ मी.) मा निर्मित १०.०४ हेक्टर क्षेत्रफल ओगटेको र १८,८६,३०० मीटर क्यूविक पानी भएको क्हफुचे हिमताल (Kahphuche Glacial Lake) प्रकृतिको एउटा आफैमा अनौठो विशेषता बोकेको हिमताल हो (GeoNet & Geog. Dept, 2016) । त्यसैगरी यस गाउँपालिकाको अर्को विशिष्टता क्होलासाेंथर गुरुङहरुले अन्नपूर्णको दक्षिणी भागमा बसोबास शुरु गर्दा पहिला वस्ती बसालेकोे ऐतिहासिक आदिम बस्ती क्षेत्र हो ।
गुरुङको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा उनीहरुको मौलिक संस्कृति र चालचलनको अनुभव गर्न सकिन्छ । साथै समुन्द्रसतहबाट ५२० मी. देखि ७९३७ मी. सम्मको उचाइमा ३६.५ कि.मी. को हवाई दुरीमा अबस्थित यस गाउँपालिकामा प्रायः सबै प्रकारका धरातलीय स्वरुप, हावापानी र जैविक विविधताहरु रहेका छन् । अन्नपूर्ण हिमश्रृङ्खला पार गरी मनाङ जिल्ला जाने नामुन भञ्याङ (Namun Pass) यसै गाउँपालिकाको उत्तरपूर्वी भागमा पर्दछ ।
केन्द्रः साविक थुमडाँडा गा.वि.
क्षेत्रफलः ५६३ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
पार्चे |
१-९ |
|
|
२ |
नामार्जुङ |
१-९ |
|
|
३ |
थुमाकोडाँडा |
१-५ |
|
|
४ |
थुमाकोडाँडा |
६-९ |
|
|
५ |
कालिका |
६-९ |
|
|
६ |
सिल्दजुरे |
१-५ |
|
|
७ |
सिल्दजुरे |
६-९ |
|
|
८ |
मिजुरेडाँडा |
१-४ |
|
|
९ |
मिजुरेडाँडा |
५-९ |
|
|
१० |
भाचोक |
१-९ |
|
|
११ |
सैमराङ |
१-९ |
|
|
१२ |
माझठाना |
२,३ |
|
|
हंसपुर |
५,८ |
|
५. नामः रुपा गाउँपालिका
वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो । संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४। ०१।३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ । ०२।०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ ।०२ ।१६ मा पदबाहाली गरेका थिए । यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ ।
रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा.वि .स हरुको सबै र साविक हंसपुर गा.वि स.का (वडा नं. ५ र ८ बाहेकका)ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित छ । भैगोलिक भएको, विविधतामा एकता कायम रहेको,प्रकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो ।
केन्द्रः साविक रुपाकोट गा.वि.स
क्षेत्रफलः ९४.८१ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
थुम्की |
१-५ |
|
|
२ |
थुम्की |
६-९ |
|
|
३ |
सिध्द |
१,२,८,९ |
|
|
४ |
सिध्द |
३-७ |
|
|
५ |
देउरालि |
१-९ |
|
|
६ |
रुपाकोट |
१-९ |
|
|
७ |
हंसपुर |
१-४,६,७,९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति कास्की र जिल्ला प्रशासन कार्यालय कास्की। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । कास्की जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।