परिचय
प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको जनविश्वास रहि आएको छ । संघिय संरचना अनुसार हाल बाग्मती प्रदेश अन्तर्गत पर्ने यस जिल्लाको जिल्ला सदरमुकाम धुलिखेलमा रहेको छ । वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो ।
पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा रहेको छ ।

भाैगोलिक अवस्थिती
यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२१’ देखि २७०८५’उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।
यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक,दक्षिणमा सिन्धुपाल्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

प्रमुख धार्मिक तथा पर्यटकिय स्थलहरू
यस जिल्लाका महत्वपूर्ण धार्मिक स्थलहरूमा पलाञ्चाेक भगवती मन्दिर, नमाेबुद्ध, चण्डेश्वरी मन्दिर, पनाैती महादेव आदि रहेका छन भने पर्यटकिय स्थलहरूमा बनेपा, धुलिखेल (सदरमुकाम), पनौती, दोलालघाट, भकुण्डे वेंसी,तेमाल, पाँचखाल, ढांडखोला (सिपाघाट), लामीडाँडा, कुन्तावेसी, दाप्चा, मंगलटार, खोपासी, कात्तिके देउराली र नगरकोट आदि रहेका छन् ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार काभ्रेपलान्चोक जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ६ वटा नगरपालीका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः धुलिखेल नगरपालिका
राजधानी देखि ३० किमी पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको बाहुल्यता भएको पाईन्छ। पहाडी भूभागले ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी , बिजुली र सडकको सुविधा उपलब्ध छ । काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र कहि वर्ष यतादेखि बसोबासको चाप बढ्न गएको पाईन्छ।
धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ । हाल यस नगरपालिकाको वार्ड नं. ५ को मैनेभीरको डाॉडामा अत्याधुनिक साधन सम्पन्न धुलिखेल सामुदामयिक अस्पताल संचालनमा रहेको छ । यसले हजारौ स्वदेशी तथा विदेशीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै यसै नगरपालिकाको वार्ड नं. ४ भ्याण्डोलमा अन्तराष्ट्रिय स्तरको काठमाण्डौ विश्वविधालय संचालनमा रहेको छ।
नेपालकै नमूनाको रुपमा सञ्चालित खानेपानी कार्यक्रम तथा ढल प्रशोधन केन्द्रबाट नमूनाको रुपमा बायोग्याॉस उत्पादन समेत भएको छ । यस नगरपालिका भित्रमा खानेपानी , विधुत तथा अन्य विविध सुविधाहरु रहेको हुनाले विभन्न होटलहरु समेत संचालनमा रहेका छन । नगरको मध्यभाग भएर जाने अरनिको (कोदारी) राजमार्गका कारण यस नगर तिब्बती ब्यापारको केन्द्र विन्दु नै बनेको छ ।
केन्द्रः साविक धुलिखेल नगरपालि
जनसङ्ख्याः ३३७२६
क्षेत्रफलः ५५ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
देवीटार |
१-३,६-९ |
|
|
२ |
रविअपि |
१-५ |
|
|
३ |
धुलिखेल |
६ |
|
|
४ |
धुलिखेल |
७ |
|
|
५ |
धुलिखेल |
८,९ |
|
|
६ |
धुलिखेल |
४,५ |
|
|
७ |
धुलिखेल |
२,३ |
|
|
८ |
धुलिखेल |
१,१३ |
|
|
९ |
धुलिखेल |
१०,१२ |
|
|
१० |
शारदा बतासे |
१,२,५,६-८ |
|
|
११ |
पात्लेखेल |
१-९ |
|
|
१२ |
शङ्खपाटीचौर |
१-३,५-९ |
|
|
२. नामः बनेपा नगरपालिका
बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ‘बनेपा’ हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई ‘भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ‘चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ ।
‘ङ ग्राम’ भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ‘बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई ‘विनयापुरी’ उल्लेख गरिएको छ ।
गोपाल राजवंशावली’ मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो ।
अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे ।
जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे ।
जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।
केन्द्रः साविक बनेपा गा.वि.स.को कार्यालय
जनसङ्ख्याः ६७६९०
क्षेत्रफलः ५५ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
टुकुचा नाला |
१-५ |
|
|
२ |
टुकुचा नाला |
६-९ |
|
|
३ |
उग्रचण्डी नाला |
६-९ |
|
|
देवीटार |
४,५ |
|
||
४ |
उग्रचण्डी नाला |
१-५ |
|
|
५ |
बनेपा |
१,२ |
|
|
रविओपि |
६-९ |
|
||
६ |
बनेपा |
११ |
|
|
७ |
बनेपा |
८-१० |
|
|
८ |
बनेपा |
५-७ |
|
|
९ |
बनेपा |
३,४ |
|
|
१० |
उग्रतारा जनागल |
१-४,८ |
|
|
११ |
उग्रतारा जनागल |
५-७,९ |
|
|
१२ |
महेन्द्रज्योति |
१-९ |
|
|
१३ |
नासिकास्थान साँगा |
१-४ |
|
|
१४ |
नासिकास्थान साँगा |
५-९ |
|
३. नामः पनौती नगरपालिका
२०५३ साल माघ ११ गते घोषणा भएको पनौती नगरपालिका वि.सं. २०७३ फाल्गुन २७ मा साविकको अवस्थाबाट पुनः संरचित भई साविकको पनौती नगरपालिका तथा कुशादेवी ,रयाले विहावर,कलाती भुमिडांडा,बल्थली,शारदा बतासे(३,४,९) र शंखुचौर(४) गा.वि.स. लाई समावेस गरि हालको पनौती नगरपालिकाको रुपमा गठन भएको छ । यस नगरपालिकालाई १२ वडामा विभक्त गरिएको छ। आनन्द मल्लको शासन काल (इ.सं.१२७४-१३०१) मा प्राचीन पनौतीको स्थापना भएको विशवास गरिएसँगै देशको रुपमा छुट्टै अस्तित्व वि.सं. १८२० पछि नेपाल एकिकरणको क्रममा समाप्त भएको पाइन्छ।राजधानी काठमाण्डौबाट दक्षिण पूर्वमा पर्ने यस नगरको केन्द्रसम्म ३२ कि.मी. दुरी रहेको छ।
यो नगर पृथ्वीको २७˚ ३५’ उत्तरी अक्षांस र पूर्वी देशान्तर ८५˚ ३०’ मा पर्दछ। कूल ११८.०९ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको नगर समुन्द्री सतहबाट १,३४० मी. देखि २७८२ मी. को उचाईमा छ। पूर्वमाधुलिखेल न.पा, पश्चिम:ललितपुर र भक्तपुर जिल्ला, उत्तर:बनेपा न.पा र भक्तपुर जिल्ला, दक्षिण:बेथानचोक गा.पा र ललितपुर जिल्लापनौती नगरका सीमा हुन। समशितोष्ण हावापानी पाइने यो नगरमा अधिकतम् ३२˚ से. देखि न्युनतम ०˚ से. सम्म तापक्रम रहने गर्छ भने औसत वर्षा वार्षिक १२०० मि.मि. सम्म हुन्छ।
जातिगत रुपमा ब्राह्मण, क्षेत्री र नेवारको बाहुल्यता रहेता पनि ठकुरी, मिजार, परियार, विश्वकर्मा, घर्ती, पहारी, राई, तामाङ्ग, सन्यासी र मगर लगायतको बसोबस पनि रहि आएको छ। यस नगरमा जम्मा १०८४४ घरधुरी रहेको छ भने जम्मा जनसंखया ५६,३२९ रहेको देखिन्छ। ग्रामिण क्षेत्रको बाहुल्यता भएको यो नगरका अधिकांश नागरिकको प्रमुख आम्दानीको श्रोत कृषि उत्पादन नै हो। आलु, धान, सुन्तला र दुग्ध पदार्थ यहाँका प्रमुख उत्पादन हुन्। हालका वर्षहरुमा हरियो तर कारी उत्पादनले समेत व्यवसायिक रुप लिंदैछ। स-साना घरेलु उधोग, पसल वयवसाय र दुग्ध प्रशोधन केन्द्र लगायत प्लाइवुड/ काष्ट उधोग बाहेक नोकरी समेत यहाँका पेशा बनेको छ।
पनौती नगरपालिका ऐतिहासिक पुरातात्विक प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ। थुप्रै मौलिक संस्कृति र परम्पराको धनी पनौतीमा विभिन्न जात्रा, पर्व पूजा नियमित जसो चलिरहन्छन्। प्रत्येक बाह्र वर्षको माघ महिनामा त्रिवेणी घाटमा लाग्ने मकर मेला, १२ वर्षमा हुने हलसिद्धि देवताको जात्रा, प्रत्येक वर्ष हुने ज्या पून्हि (पनौती जात्रा) देवीनाच भद्रकाली नाच, विस्केट जात्रा, रंगनाथ (मन्दिर) जात्रा, माधवनारायण मेला लगायत अनगिन्ति मेला पर्वले पनौतीको सांस्कृतिक भव्यतालाई अझै उँचो बनाइ राखेको छ।
यहाँका इन्द्रेश्वर महादेव (राजकुमारी विरुमा देवीबाट वि.स. १३५१ मा निर्मित), भद्रकाली, बह्मायणी, बद्रिनाथ, केदारनाथ, तोलानारायण, उन्मत्त भैरवका मूर्ति एवं मन्दिरका कलात्मकताले प्राचीन युगको अद्दितीय शिल्पकारिताको नमुना प्रस्तुत गरि रहेको छ, बजार टोलका पुराना घरमा समेत पुराना शैली र कला प्रष्ट देखिन्छ। धनेश्वर महादेव मन्दिर र खोपासी स्थित रंथनाथ मन्दिर एवं द्रोपदादेवी मन्दिर यसका थप उदाहरण हुन्।प्राचीन कला, संसकृति र ऐतिहासिकतालाई ख्याल गरी सरकारले प्राचीन स्मारक संरक्षण ऐन बमोजिम पनौतीको खास क्षेत्रलाई प्राचीन स्मारक क्षेत्र तोकेको छ। यिनै महत्वलाई विश्वसामु पुर्याई यसको भविष्यलाई अझ सुनिश्चित गर्न प्राचीन पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रस्ताव यूनेस्कोमा विचाराधीन छ।
वि.स. १९७२ मा स्थापित पनौती पाठशाला (हालको पनौती नि.मा.वि.) बाट सुरु भएको पनौती क्षेत्रको संस्थागत शैक्षिक विकासले थुप्रै फड्को मारिसकेको छ। अनगिन्ति प्राथमिक तहका सामुदायिक तथा निजि विधालयका अलावा निमावि र मा.वि. तहका समेत त्यतिकै संख्यामा विधालयहरु चलिरहेका छन्। नेपालकै पहिलो सूचना प्रविधि पार्क अवस्थित पनौतीको प्राचीन पुरातात्विक, ऐतिहासिक धार्मिक महत्व लगायत प्राकृतिक छटाले परिपूर्ण, अग्ला हरियाली युक्त डाँडा कांडाले घेरिएको ऐतिहासिक एंव धार्मिक थलाका रुपमा परिचित नमोबद्धको गन्तब्य रहेको फुल्चोकी पर्यटन मार्गको गन्तब्य तय गर्ने स्थानका रुपमा अवस्थित पनौती साँच्चै सुन्दर छ।
केन्द्रः साविक पनौती नगरपालि
जनसङ्ख्याः ५१५०४
क्षेत्रफलः ११८ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
रयाले विहावर |
१-९ |
|
|
२ |
कुशादेवी |
४-८ |
|
|
३ |
कुशादेवी |
१-३,९ |
|
|
४ |
पनौती |
३,४ |
|
|
५ |
पनौती |
१,२ |
|
|
६ |
पनौती |
११ |
|
|
७ |
पनौती |
५-७ |
|
|
८ |
पनौती |
८,९ |
|
|
९ |
पनौती |
१० |
|
|
शारदाबतासे |
३,४,९ |
|
||
१० |
पनौती |
१२,१३ |
|
|
शङ्खपाटीचौर |
४ |
|
||
११ |
बल्थली |
१-९ |
|
|
१२ |
कलति भूमिडाँडा |
१-९ |
|
४. नामः पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्ला अन्र्तगतको एक नगरपालिका हो । यो नगरपालिका जिल्लाको मध्य भागमा अवस्थित छ । काठमाडौंबाट ४५ कि.मि. तथा धुलिखेल बाट १५ किलोमिटर टाढाको दुरीमा अवस्थित पाँचखाल काभ्रे जिल्लाको सबैभन्दा ठूलो समथर बेशी भाग ओगटेको क्षेत्र पनि हो । अरनिको राजमार्गले बिचबाट काटेर गएको यो बेशी समुन्द्र सतहबाट ९३७ मिटर अथवा ९२०७३ फिटको उचाइमा अवस्थित छ । यस नगरपालिकामा पाँचखाल उपत्यकाको उर्वर भूमिको साथै तत्कालिन अनैकोट, होक्सेबजार, साठीघर भगवती गाविसहरुका भिरालो जमिनहरु रहेका छन् । यहाँ कृषि उत्पादन र पशुपालनका साथै आन्तरीक पर्यटन उद्योगको समेत प्रचुर सम्भावना रहेको छ ।
प्रदेश न. ३ काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तत्कालिन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो । यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् ।
साथै मिति २०७३।११।२७ को नेपाल सरकारकोे निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरि सात ओटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ भने कुल जनसंख्या ३७७९७ रहेको छ । हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठुलो नगरपालिकाको रुपमा रहेको छ ।
यो नगरपालिकाको पूर्वमा भुम्लु गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लु गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन । पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यु टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ ।
केन्द्रः साविक पाँचखाल नगरपालि
जनसङ्ख्याः ३५५२१
क्षेत्रफलः १०३ (वर्ग कि.मि.)
वडा संख्याः १३
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पाँचखाल |
१२,१३ |
|
|
२ |
पाँचखाल |
१४,१५ |
|
|
३ |
पाँचखाल |
२ |
|
|
४ |
पाँचखाल |
३ |
|
|
५ |
पाँचखाल |
१ |
|
|
६ |
पाँचखाल |
४,५ |
|
|
७ |
पाँचखाल |
६ |
|
|
८ |
पाँचखाल |
७,८ |
|
|
९ |
पाँचखाल |
१६,१७ |
|
|
१० |
पाँचखाल |
११ |
|
|
११ |
खरेलथोक |
१-९ |
|
|
१२ |
पाँचखाल |
९,१० |
|
|
१३ |
कोशिदेखा |
१-९ |
|
५. नामः नमोबुध्द नगरपालिका
आज भन्दा करिब ६ हजार बर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे । उनका ३ भाई छोराहरु क्रमसः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेल्पो थिए । जेठा र माईला राजकाज एवं युद्धकलामा निपूर्ण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । उनै कान्छा छोरा सेमचेन छेल्पोले आफ्ना पाँच ओटा डमरु सहितकोबघिनीभोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको पाइन्छ ।
साथै उक्त राजकुमार नै पछि गएर गौतम बुद्ध बनेको र पाँचवटा बघिनीका बच्चाहरु शिष्य भएको साथैतिनै राजकुमारको नामबाट यस नगरपालिकाको प्रमुख धार्मिक स्थलको नाम नमोबुद्ध रहन गएको किम्बदन्ती छ । नेपालको वर्तमान संविधानमा भएको व्यवस्था बमोजिम प्रत्येक नगरपालिका एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ । नगरपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । नगरपालिकाले व्यक्ति सरह चल–अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न र बेच–विखन गर्न सक्नेछ ।
नगरपालिकाले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र सो उपरपनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ भन्ने उल्लेख गरे अनुसार नै यस नगरपालिका पनि सञ्चालन र व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा हाल छ वटा नगरपालिकाहरु गठन भएका छन् । गठन भएका मध्ये यस नमोबुद्ध नगरपालिका पाँचौ नगरपालिका हो । यो नगरपालिका साविकका ८ वटा गाविसहरु मथुरापाटी, फुलवारी, मेथिनकोट, कानपूर कालापानी, खनालथोक, पुरानोगाउँ दाप्चा, छत्रेबाँझ दाप्चा, डराउने पोखरी र श्यामपाटि सिमलचौर मिलाएर बनाईएको छ ।
यस नगरपालिकामा ऐतिहासिक स्थान नमोबुद्ध, दाप्चा, फुलवारी र भकुण्डेबेशीँ लगायतका अधिकांश क्षेत्रमाकृषि, व्यापार र व्यवसाय संग सम्वन्धित प्रचुर सम्भावनाहरु रहेका छन् । यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई मुख्य पेशाको रुपमा ऐतिहासिक कालबाटै अँगाल्दै आएका छन् ।
धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् ।
केन्द्रः साविक दाप्चाकाशिखण्ड
जनसङ्ख्याः २६१६०
क्षेत्रफलः १०२ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
दाप्चाकाशिखण्ड |
१ |
|
|
श्यामपाटी सिमलचौर |
१-३ |
|
||
२ |
दाप्चाकाशिखण्ड |
२,३ |
|
|
३ |
दाप्चाकाशिखण्ड |
४,५ |
|
|
४ |
दाप्चाकाशिखण्ड |
६ |
|
|
५ |
कानपुर कालापानी |
१-९ |
|
|
६ |
दाप्चाकाशिखण्ड |
७ |
|
|
७ |
दाप्चाकाशिखण्ड |
८,९ |
|
|
८ |
दाप्चाकाशिखण्ड |
१४,१५ |
|
|
९ |
दाप्चाकाशिखण्ड |
१२,१३ |
|
|
१० |
दाप्चाकाशिखण्ड |
१०,११ |
|
|
११ |
श्यामपाटी सिमलचौर |
४-९ |
|
६. नामः मण्डनदेउपुर नगरपालि
मण्डनदेउपुर नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित छ। नेपालको राजधानि काठमाडौंबाट उत्तर-पूर्वमा ५५ कि.मि. दुरीमा रहेको यस नगरपालिकाको क्षेत्रफल ८९ वर्ग कि.मि. रहेको छ। यस नगरपालिका साविक बालुवापाटी देउपुर, गैरीवीसौना देउपुर,नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डन र ज्याम्दि मण्डन (१-४ , ६) गा.वि.स गरी सात गा.वि.स मिलेर सम्वत २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशनपछि अस्तित्वमा आएको हो। यस नगरपालिकाको पूर्वमा भम्लु गाउँपालीका,पश्चिममा भक्तपुर र काठमाडौं, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा बनेपा र पाँचखाल नगरपालिका रहेको छ।मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ ।
यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ । यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ ।
भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । मण्डनदेउपुर काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति समग्र नगरवासी तथा सरकारी र गैरसरकारी निकायहरुको काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरुको न्यूनीकरण गर्ने क्रममा योजनावद्ध तवरबाट लाग्नु पर्ने आवश्यकता छ ।
केन्द्रः साविक महादेवस्थान मण्
जनसङ्ख्याः ३०३८१
क्षेत्रफलः ८९ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बालुवापाटी देउपुर |
१,३,५,६ |
|
|
२ |
बालुवापाटी देउपुर |
२,४,७-९ |
|
|
३ |
नयाँगाउँ देउपुर |
३,४,७-९ |
|
|
४ |
नयाँगाउँ देउपुर |
१,२,५,६ |
|
|
५ |
गौरीविसौना दउपुर |
२,६-९ |
|
|
६ |
गौरीविसौना दउपुर |
१,३-५ |
|
|
७ |
महादेवस्थान मण्डन |
७-९ |
|
|
८ |
महादेवस्थान मण्डन |
१,२ |
|
|
९ |
महादेवस्थान मण्डन |
३-६ |
|
|
१० |
चण्डेनी मण्डन |
१-९ |
|
|
११ |
जैसीथोक मण्डन |
१-९ |
|
|
१२ |
ज्याम्दी मण्डन |
१-४,६ |
|
७. नामः खानीखोला गाउँपालिका
यस काभ्रे जिल्ला खानीखोला गाउँपालिका साविक ७ वोटा वडा (फलामेटर-१, फलामेटर-२, डाँडागाउँ-३, डाँडागाउँ-४, सल्मेचाकल-५,साल्धरा-६, मिल्चे-७) गरि पवित्र खानीखोलाको नामवाट खानीखोला गाउँपालिका घोषणा गरिएको हो | आधुनिक नेपालको सन्दर्भमा चर्चा गर्दा काभ्रेको डाँडापरि भनेर चिनिने तराई झर्दा चाकलको नामले पहिचान बनाएको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथान गाउँपालिका र दक्षिणमा वागमती गाउँपालिकाको विच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानीबाट १२५ कि.मी.को दुरीमा अवस्थित एउटा शितल, शान्त, प्रदुषणरहित, हरियालीयुक्त खानीखोलाले घेरिएको वस्ती/गाउँ भनेर चिनिन्छ | २०७८ को जनगणनामा १२२०१ जनसंख्या रहेको र १३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिका एतिहासिक र पर्यटकीय आधारमा एउटा निकै नमुनाको रुपमा चिनियको पाहिन्छ | गाउँपालिका अन्तर्गत रहेका चुनौतिहरुलाई पन्छाउदै यस खानीखोला गाउँपालिका विकासको बाटो तिर तिब्र रुपमा लम्किरहेको पहिन्छ |
केन्द्रः साविक साल्मेचाकल गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १२२०१
क्षेत्रफलः १३२ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
फलामेटार |
४-६,९ |
|
|
२ |
फलामेटार |
१-३,७,८ |
|
|
३ |
डाँडागाउँ |
२,४-७ |
|
|
४ |
डाँडागाउँ |
१,३,८,९ |
|
|
५ |
साल्मेचाकल |
१-९ |
|
|
६ |
साल्धारा |
१-९ |
|
|
७ |
मिल्चे |
१-९ |
|
८. नामः चौरीदेउराली गाउँपा
काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत साविक ८७ वटा गा.वि.स. र ५ वटा नगरपालिकालाई पुर्नसंरचना गरी हाल निर्मित ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका सहित १३ वटा स्थानीय तहमध्येे पूर्वमा चौंरीखोला पारी रहेको रामेछापको सुनपाती गाउँपालिका र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका र दक्षिणमा सुनकोशी पारी रहेको तेमाल गाउँपालिका भित्रको ९९.५४ वर्ग कि.मि. क्षेत्रफल रहेको चौंरीदेउराली गाउँपालिका भित्र ०७८ को जनगणना अनुसार ४१५६ घरपरिवारमा १४०७६ जनसंख्या रहेको छ ।
साथै यस गाउँपालिकाको वडा नं. २ अन्तर्गत गगर्चे भन्ने गाउँमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे गरी ४ वटा जिल्लाको सिमाना सङ्गमस्थल (मिट प्वोइन्ट) रहेको छ । यस गाउँपालिका भित्र साविकका नाग्रे गगर्चे, सानो बाङ्थली, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौंरी, गोठपानी, कात्तिके देउराली, मादन कुँडारी र विर्ता देउराली सहित ९ वटा वडा गा.वि.स. हरु मिलाएर प्रत्येक गा.वि.स. लाई १ वडा नघट्ने गरी ९ वटा कायम भएको र परापूर्वकाल देखि साविकको सबै गाउँवस्तीहरुलाई चौंरी थुमका आधारमा, पुकारिँदै आएको ऐतिहासिक तथ्यका आधार र चार वटा मुख्य देउरालीहरु समेत रहेको हुँदा चौंरी र देउराली जोडेर यस गाउँपालिकाको नाम चौंरीदेउराली रहेको छ।
केन्द्रः ढाँडखर्क भन्ज्याङ्ग
जनसङ्ख्याः १४०७६
क्षेत्रफलः ९८ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सानोबङ्गथली |
१-९ |
|
|
२ |
नाग्रेगगर्चे |
१-९ |
|
|
३ |
माझिफेदा |
१-९ |
|
|
४ |
धुसेनी शिवालय |
१-९ |
|
|
गोठपानी |
१-७ |
|
||
५ |
पोखरीचौरी |
१-९ |
|
|
धुसेनीशिवालय |
८,९ |
|
||
६ |
कात्तिकेदेउराली |
१-९ |
|
|
७ |
मादनकुँडारी |
१-९ |
|
|
८ |
बिर्तादेउराली |
१-९ |
|
|
९ |
गोठपानी |
१-७ |
|
९. नामः तेमाल गाउँपालिका
केन्द्रः साविक फुल्पिङकट्टी गा
जनसङ्ख्याः १६९५७
क्षेत्रफलः ८९ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सर्स्युखर्क |
१,३,४ |
|
|
२ |
सर्स्युखर्क |
२,५-९ |
|
|
३ |
समरथली |
१-९ |
|
|
४ |
बोल्देफेदिचे |
१-९ |
|
|
५ |
पोखरी नरायणस्थान |
१-९ |
|
|
६ |
ठूलोपर्सेल |
१-९ |
|
|
७ |
कुरुबास चापाखोरी |
१-९ |
|
|
८ |
मेच्छे |
१-३,५,६ |
|
|
९ |
मेच्छे |
४,७-९ |
|
१०. नामः बेथानचोक गा
राजधानी देखि ४५ कि.मी दक्षिणमा रहेको यस बेथानचोक गाउँपालिकामा ६ वटा वडा कार्यालय रहेको छ । साविकको च्याम्राङ्गवेशी गा।वि।स। हालको वडा नं। १, ढुंखर्क गा।वि।स। वडा नं। २ र ३, चलालगणेस्थान गा।वि।स। वडा नं। ४, च्यासिंङ्गखर्क गा।वि।स। वडा नं। ५ र भुग्देउमहांकाल गा।वि।स। वडा नं। ६ मा राजनैतिकरुपमा रुपान्तरण भई ६ वटा वडा बनेको यस गाँऊपालिकाको कुल क्षेत्रफल १०१ वर्ग कि।मी। रहेको छ भने कुल जनसंख्या १४,९५९ रहेको छ । यसरी हेर्दा यस गाँऊपालिकाको जनघनत्व १६६ प्रति वर्ग कि।मि। रहेको छ । साविकको ढुंखर्क गा।वि।स।को कार्यालयलाई केन्द्र मानी यस गाँऊपालिकाको सिमांकन भएको छ । बेथानचोक गाँऊ पालिकाको उत्तरमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाँऊपालिका, पूर्वमा रोशी गाँऊ पालिका रहेको छ भने पश्चिममा ललितपुर जिल्लाको महांकाल गाँऊपालिका रहेको छ ।
यस गाँऊपालिकाको नामाकरण साविक ढुंखर्क गा।वि।स।को वडा नं। १ स्थीत समुन्द्री सतहबाट करिब ३०१८ मिटर अग्लो स्थानमा रहेको बेथाञ्चोक नारायण मन्दिरको नामबाट नामाकरण गरिएको हो । प्राकृतिक सुन्दरताले भरिपुर्ण महाभारत पर्वत श्रृंंखलामा पर्ने बेथानचोक गाँऊ पालिकामा धेरै महत्वराख्ने जडिबुटीहरु पाईन्छ । खासगरी ढुंखर्क, भुग्देउ, च्यासिंखर्क, चलालगणेस्थान क्षेत्रमा पाईने केही महत्वपूर्ण जडिबुटीहरुमा लौठसल्ला, ठिंग्रेसल्ला, विस्वामा, अर्घौली, झ्याउ, सुगन्धवाल, चिराईतो, मजिठो, कुरिलो आदी पर्दछन् । बाहुन, क्षेत्री, आदिबासी, जनजाती, दलित आदी सबै जातजातिहरुको सुन्दर संगमस्थलको रुपमा बेथानचोक गाँऊपालिकामा तामाङ्ग जातिको बाहुल्यता रहेको देखिन्छ ।
केन्द्रः साविक ढुङ्गखर्क गा.वि
जनसङ्ख्याः १४९५९
क्षेत्रफलः १०१ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
च्यामरङबेंशी |
१-९ |
|
|
२ |
ढुङ्गखर्क |
६-९ |
|
|
३ |
ढुङ्गखर्क |
१-५ |
|
|
४ |
चलाल गणेशस्थान |
१-९ |
|
|
५ |
च्यासिङखर्क |
१-९ |
|
|
६ |
भुग्देउ महाङ्काल |
१-९ |
|
११. नामः भुम्लु गाउँपा
भुम्लु गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित गाउँपालिका हो । यसको क्षेत्रफल ९१.४६ वर्ग कि.मि. रहेको छ ।विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लाका साविकका सापिङ‚ सिम्थली‚ बेखसिम्ले‚ चौवास‚ सल्ले भुम्लु‚ कोलाँती भुम्लु‚ फँलाटे‚ भुम्लुटार‚ दोलालघाट र ज्याम्दी (साबिकका ५‚७‚८ र ९ नं. वडा) गाउँ विकास समितिहरुलाई मिलाएर गरिएको हो । भौगोलिक रुपमा भुम्लु गाउँपालिका २७˚४१.३१ अक्षांश देखि २७˚३६.०४ उत्तरी अक्षांश सम्म र ८५˚३९.०७ देखि ८५˚४६.५१ पुर्बी देशान्तर सम्म फैलिएर रहेको छ ।
यस गाँउपालिकाको पुर्वमा चौरी देउराली गाँउपालिका‚ पश्चिममा मण्डनदेउपुर नगरपालिका र सिन्धुपालचोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका‚ उत्तरमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिका र दक्षिणमा पाचखाल नगरपालिका पर्दछन् । यो गाँउ कार्यपालिका कार्यालय रहेको केन्द्र वाट र जिल्ला सदरमुकाम धुलिखेलसम्मको दुरी लगभग ४० कि.मि रहेको छ । यस गाँउपालिकाको उत्तर वाट दक्षिण तर्फ सुनकोशी र ईन्द्रावती जस्ता पसिद्ध नदीहरु वगेका छन् । गाउँपालिकाका भूभागहरु सम्म तथा भिरालो तथा भिरहरु समेत रहेका छन् ।
केन्द्रः साविक सल्ले भुम्लु गा
जनसङ्ख्याः १५६७८
क्षेत्रफलः ९१ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सापिङ्ग |
१-४ |
|
|
२ |
सिम्थली |
५-९ |
|
|
३ |
बेखसिम्ले घर्तीगाउँ |
१-९ |
|
|
४ |
चौबास |
१-९ |
|
|
५ |
सल्ले भुम्लु |
१-९ |
|
|
६ |
कोलाती भुम्लु |
१-९ |
|
|
७ |
फलाँटे |
१-९ |
|
|
८ |
भुम्लुटार |
१-९ |
|
|
९ |
ज्याम्दी मण्डन |
५,७-९ |
|
|
१० |
दोलालघाट |
१-९ |
|
१२. नामः महाभारत गाउँ
काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । राष्ट्रिय जनगणना २०७८ काे प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाका कूल जनसंख्या १६,०७९ रहेको छ । जसमा पुरुषकाे संख्या ७८८० र महिला ८१९९ रहेकाे छ । महाभारत गाउँपालिका आर्थिक, राजनीतिक, सामाजिक दृष्टिले निकै पिछडिएको ठाउँ हो । भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यस ठाउँमा हालसम्म जिल्ला सदरमुकाम सम्म जोड्ने पक्की सडक सञ्जाल छैन । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यस गाउँपालिकामा विशेष रुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ ।
पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ । महाभारतको बीचमा बनखु केन्द्र अनि काभ्रेको अग्लो सामुन्द्रिक सतहबाट अन्दाजी ५००० हजार मि. उचाइमा रहेको ताराखासे लेक र भुमीचुली चैत्यपानी लेक यसै गाउँपालिकामा पर्दछ ।
दक्षिण सिमानामा कोखाजोर नदी, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोला नदीले यस गाउँपालिकालाई घेरिएको छ भने यस गाउँपालिकाको नामाकरण गरिएको महाभारत यसै गाउँपालिकाका प्राकृतिक सम्पदा एवं सौन्दर्य हुन् । पूर्णतः कृषिमा निर्भरता यहाँको जनताको मुख्य आर्थिक श्रोत कृषि नै हो । यसैबाट यहाँका जनताले दैनिक जीविकोपार्जन गर्दछन् ।
केन्द्रः वडा नं. ६ देविटार
जनसङ्ख्याः १६०७९
क्षेत्रफलः १८६ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
गोकुले |
१-३,८ |
|
|
२ |
गोकुले |
४-७,९ |
|
|
३ |
फोक्सिङ्गटार |
१-९ |
|
|
४ |
बुढाखानी |
२-६ |
|
|
५ |
बुढाखानी |
१,७-९ |
|
|
६ |
बनखुचौर |
१-६ |
|
|
७ |
बनखुचौर |
७-९ |
|
|
८ |
घर्तीछाप |
१-९ |
|
१३. नामः रोशी गाउँपा
काभ्रेपलाञ्चोक जिल्लामा भएका १३ गाउँपालिका मध्ये यस रोशी गाउँपालिका एक हो । यस गाउँपालिकाको पूर्बमा सुनकोशी गाउँपालिका(सिन्धुलि),पश्चिममा नमोबुद्ध नगरपालिका,उत्तरमा तिमाल गाउँपालिका र दक्षिणमा महाभारत र बेथानचोक गाउँपालिका रहेका छन्। यस गाउँपालिकाको कुल क्षेत्रफल १७६ वर्ग कि.मि रहेको छ र २०७८ को जनगणना अनुसार २३७९० जनसङ्ख्या रहेको छ। नेपालको संविधानमाले व्यवस्था गरे बमोजिम यस गाउँपालिका एक स्वशासित र संगठित संस्था हुनेछ । गाउँपालिकाको आफ्नो छुट्टै छाप हुनेछ । प्रति वर्ग कि.मि २२१ जनघनत्व रहेको यो गाउँपालिका महाभारत शृङ्खलाको उत्तरी मोहडामा पर्दछ। यो गाउँपालिका साविकका १० वटा गाविसहरु खहरेपाँगु, शिखरआम्बोटे, महादेवटार, सिसाखानी, सिपालीचिलाउने, कटुन्जेबेशी, खार्पाचोक, मंगलटार,वाल्टिङ र भिमखोरी मिलाएर बनाईएको छ ।
रोशी गाउँपालिका काभ्रे जिल्लाको एक ऐतिहासिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । डाँडाकाँडाले भरिएको यस गाउँपालिकामा रहेको रोशी खोला को नाम बाट गाउँपालिकाको नामाकरण गारिएको हो । यस गाउँपालिकामा विषेश गरी हिन्दु र बौद्ध धर्मावलम्बिको बसोबास रहेको छ। तामाङ जातिको वाहुल्यता रहेको यस गाउँपालिकामा ब्राम्हण, क्षेत्री, मगर, नेवार, ठकुरी , कामी, दमाईको बसोबास रहेको छ। यहाँका नागरिकहरुले कृषि , पशुपालन र ब्यापारलाई मुख्य पेशाको रुपमा अङ्गाल्दै आएका छन्। प्राकृतिक सुन्दरताले भरिपुर्ण यो गाउँपालिका स्रोत र साधन मा धेरै अगाडि छ।
केन्द्रः साविक कटुञ्जेबेंशी गा
जनसङ्ख्याः २३७९०
क्षेत्रफलः १७६ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
खहरेपाँगु |
१-९ |
|
|
२ |
शिखरआम्बोटे |
५-८ |
|
|
३ |
शिखरआम्बोटे |
१-४,९ |
|
|
४ |
महादेवटार |
१-९ |
|
|
५ |
शिसाखानी |
१-९ |
|
|
६ |
सिपालीचिलाउने |
१-९ |
|
|
७ |
कटुञ्जेबेशी |
१-९ |
|
|
८ |
खार्पाचोक |
१-९ |
|
|
९ |
मङ्गलटार |
१-९ |
|
|
१० |
बाल्टिङ्ग |
१-९ |
|
|
११ |
भिमखोरी |
१-६ |
|
|
१२ |
भिमखोरी |
७-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । काभ्रेपलाञ्चोक जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।