काठमाण्डौं जिल्ला Kathmandu District

परिचय

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।

बाैध्दनाथ

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।

निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १० रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २० रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार काठमाण्डाै जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर १ वटा महानगरपालीका र १० वटा नगरपालीका विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

काठमाण्डौ जिल्लामा रहेका स्थानीय तहको विवरण
क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या
काठमाण्डौं महानगरपालिका काठमाण्डौं म.पा. ३२
कागेश्वरी मनोहरा नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका
कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका १०
गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वर नगरपालिका
चन्द्रागिरी नगरपालिका चन्द्रागिरी न.पा. १५
टोखा नगरपालिका टोखा नगरपालिका ११
तारकेश्वर नगरपालिका तारकेश्वर नगरपालिका ११
दक्षिणकाली नगरपालिका दक्षिणकाली नगरपालिका
नागार्जुन नगरपालिका नागार्जुन नगरपालिका १०
१० बुढानिलकण्ठ नगरपालिका बुढानिलकण्ठ नगरपालिका १३
११ शङ्खरापुर नगरपालिका शङ्खरापुर नगरपालिका
जम्मा १३८

१.      नामः काठमाण्डौं महानगरपालिका

काठमाडौं नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ । इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।

केन्द्रः साविक काठमाण्डौं महानगरपालिकाको कार्यालय

जनसङ्ख्याः ८६२४००

क्षेत्रफलः ४९.४५ (वर्ग कि.मि.)

वडा संख्याः ३२

काठमाण्डौं महानगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
काठमाण्डौं(१) ६२२५ १.३८
काठमाण्डौं(२) ११५४२ ०.८४
काठमाण्डौं(३) ३३८०५ ३.२
काठमाण्डौं(४) ४३३११ २.८६
काठमाण्डौं(५) १७६९८ ०.७१
काठमाण्डौं(६) ५९२४७ ३.४
काठमाण्डौं(७) ४२९०८ १.५५
काठमाण्डौं(८) ९७३८ १.८१
काठमाण्डौं(९) ३४६०६ ३.७६
१० १० काठमाण्डौं(१०) ३२३४९ १.५७
११ ११ काठमाण्डौं(११) १४३१३ १.७४
१२ १२ काठमाण्डौं(१२) १०९५६ ०.४९
१३ १३ काठमाण्डौं(१३) ३८४३९ २.१४
१४ १४ काठमाण्डौं(१४) ४७४१२ ३.२
१५ १५ काठमाण्डौं(१५) ५२६६८ २.९२
१६ १६ काठमाण्डौं(१६) ८५८४९ ४.११
१७ १७ काठमाण्डौं(१७) २२०६७ ०.३६
१८ १८ काठमाण्डौं(१८) ७८७१ ०.२
१९ १९ काठमाण्डौं(१९) ७७७७ ०.१३
२० २० काठमाण्डौं(२०) ८५१६ ०.१६
२१ २१ काठमाण्डौं(२१) ११२५७ ०.१३
२२ २२ काठमाण्डौं(२२,२४) ५५२६ ०.३७
२३ २३ काठमाण्डौं(२३) ६०९२ ०.१२
२४ २४ काठमाण्डौं(२५,२६) ४५२९ ०.२
२५ २५ काठमाण्डौं(२७,२८) ८९६७ ०.१३
२६ २६ काठमाण्डौं(२९) ३७५९९ १.९४
२७ २७ काठमाण्डौं(३०) ५५८८ ०.२३
२८ २८ काठमाण्डौं(३१) १०७७२ ०.९४
२९ २९ काठमाण्डौं(३२) २४९८६ १.३
३० ३० काठमाण्डौं(३३) २१६३७ ०.९२
३१ ३१ काठमाण्डौं(३४) ५४७६० २.३३
३२ ३२ काठमाण्डौं(३५) ८३३९० ४.३४
जम्मा ८६२४०० ४९.४८

काठमाण्डौं महानगरपालिकाको नक्सा

Kathmandu Metropolitian Map Kathmandu

 २.      नामः कागेश्वरी मनोहरा  गरपालिका

गणतन्त्र नेपालको बागमती प्रदेश को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।

विविध धार्मिक,  साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका  २७ ४१’ २०”  देखी २७  ४६’ ३३”  उत्तर अक्षांश र ८५ n२१’ ४५”  देखी ८५  २८’ १९”  पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र  उत्तर पश्चिममा  गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।

केन्द्रः साविक कागेश्वरी मनोहरा  नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः १३०४३३

क्षेत्रफलः २७.३८ (वर्ग कि.मि.)

वडा संख्याः १२

कागेश्वरी मनोहरा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
कागेश्वरी मनोहरा(१,२,१४) ६७९५ १०.७६
कागेश्वरी मनोहरा(३,१५) ३४४० १.४७
कागेश्वरी मनोहरा(४,१६) ३१९६ १.६७
कागेश्वरी मनोहरा(५,६) ९५०१ २.५८
कागेश्वरी मनोहरा(७) १२८४७ २.४
कागेश्वरी मनोहरा(९,१०) २५३४५ २.४१
कागेश्वरी मनोहरा(८,१२) २१५०० ३.०२
कागेश्वरी मनोहरा(११) १६६६४ १.९७
कागेश्वरी मनोहरा(१३) ३११४५ २.३२
जम्मा १३०४३३ २८.६

कागेश्वरी मनोहरा नगरपालिकाको नक्सा

Kageshwori Manahara Municipality Map Kathmandu

 ३.      नामः कीर्तिपुर  गरपालिका

नेपालको इतिहासमा कीर्तिपुर एउटा आफ्नो छुट्टै अस्तित्वमा अगाडि बढिरहेको ऐतिहासिक नगर हो । नेवार जातिहरुको मुख्य बसोबास रहेको ऐतिहासिक कीर्तिपुर नगर वि.सं २०५३ चैत्र १४ गते तत्कालिन आठ गा.वि.स. हरु (लायकु, चिठु बिहार, पालिफल, बाहिरी गाउँ, पाँगा विष्णुदेवी, पाँगा बालकुमारी, चोभार भुतखेल र चम्पादेवी) गाभेर नगरपालिका ऐन, २०४८ अनुसार गठन भएको हो । मल्ल कालदेखि नै कला र संस्कृतिले धनी यस कीर्तिपुर नगरले आधुनिक नेपालको निर्माण गर्ने क्रममा हरेक पाईलामा भाग लिंदै आईरहेको छ । अर्को तिर प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरले उल्लेखनिय भूमिका खेल्दै आएको छ ।

केन्द्रः साविक कीर्तिपुर नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः ८१५७८

क्षेत्रफलः १४.७६ (वर्ग कि.मि.)

वडा संख्याः १०

कीर्तिपुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
कीर्तिपुर(१) ६३७९ ०.४५
कीर्तिपुर(२) ८०२५ ०.५५
कीर्तिपुर(५,६) ५२४९ ०.३
कीर्तिपुर(७,८,१९) १०९५० ३.४१
कीर्तिपुर(११,१२) ११७६० १.२८
कीर्तिपुर(१३,१४,१५) १०८८२ ४.८७
कीर्तिपुर(१८) ५६९१ ०.३४
कीर्तिपुर(९,१०) ३७५२ ०.२३
कीर्तिपुर(१६,१७) ९१०८ १.७६
१० १० कीर्तिपुर(३,४) ९७८२ १.५७
जम्मा ८१५७८ १४.७६

कीर्तिपुर नगरपालिकाको नक्सा

Kirtipur Municipality Map Kathmandu

 ४.      नामः गोकर्णेश्वर  गरपालिका

राजधानी काठमाडौँको उतारापुर्वमा अवस्थित ५८.५० वर्ग कि.मी क्षेत्रफल् ओगटेको यस गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको मिति २०७१ मङ्सिर १६ गतेको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटि, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको नगरपालिका हो । यस नगरपालिकाको नामांकन हाल वडा नं. ४ माअवस्थित श्री गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको छ । शुरु घोषणा हुदाको बखत १६ वटा वडाहरुमा विभाजन गरिएको यस नगरपालिकाका वडाहरु नेपाल सरकारको मिति ०७३ फाल्गुन २६ गतेको स्थानीय तह घोषणा र पुनः संरचना पश्चात निम्न बमोजिम ९ वटा कायम भई यसको केन्द्र जोरपाटी तोकिएको हो ।

यस नगरपालिकाको पूर्वमा कगेश्वारी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला , पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाक्त र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाडौँ महानगरपालिका र कगेश्वारी मनोहरा नगरपालिका पर्दछन् । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या १.०७,३५१ रहेकोमा हालको वृद्धिलाई दृष्टिगत गर्दा यहाको जनसंख्या एक लाख पचास हजार भन्दा बढी भएको अनुमान गर्न सकिन्छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित यस नगरपालिकाको भू बनोटमा तर, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ।

केन्द्रः साविक गोकर्णेश्वर नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः १४९३६६

क्षेत्रफलः ५८.५ (वर्ग कि.मि.)

वडा संख्याः

गोकर्णेश्वर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
गोकर्णेश्वर(१-४) ७८७२ ३७.०८
गोकर्णेश्वर(५,६) ६८०९ ४.८८
गोकर्णेश्वर(७,८) ११५४२ ७.०१
गोकर्णेश्वर(९-११) १८४३२ ४.६९
गोकर्णेश्वर(१२) २५११२ १.०४
गोकर्णेश्वर(१३) २८६७९ ०.५६
गोकर्णेश्वर(१४) ९६३१ ०.६७
गोकर्णेश्वर(१५) ३२०७१ १.३१
गोकर्णेश्वर(१६) ९२१८ १.२
जम्मा १४९३६६ ५८.४४

गोकर्णेश्वर नगरपालिकाको नक्सा

Gokarneshwor Municipality Map Kathmandu

 ५.      नामः चन्द्रागिरी  गरपालिका

चन्द्रागिरी नगरपालिका नेपालको प्रदेश नं ३, काठमाडौं जिल्ला भित्रको सबभन्दा ठुलो नगरपालिका हो। नेपाल सरकारको निर्णय बमोजिम मिति २०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट,दहचोक,नैकाप नयाँभञ्ज्याङ,वाडभञ्ज्याङ,बलम्वु,महादेवस्थान,तीनथाना,सतुंगल,मातातीर्थ,मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो। नेपालको संबिधान अनुसार राज्य पुनसंरचना आयोगको पुनसंरचना पछि नेपाल सरकार, मन्त्रीपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुन:संरचनासम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भइ चन्द्रागिरी नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो ।

केन्द्रः साविक चन्द्रागिरी नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः ९७६३३ 

क्षेत्रफलः ४३.९२ (वर्ग कि.मि.)

वडा संख्याः १५

चन्द्रागिरी नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
चन्द्रागिरी(१,२) ७३२० ६.३५
चन्द्रागिरी(३,४) ५२९५ ४.८
चन्द्रागिरी(५) ९८२७ ३.२३
चन्द्रागिरी(६,७) ६२९४ २.९२
चन्द्रागिरी(८) ११४०७ ०.९८
चन्द्रागिरी(९) ९४५८ २.९७
चन्द्रागिरी(१०) ८५८२ ३.०७
चन्द्रागिरी(११,१२) ८७१६ ६.२
चन्द्रागिरी(१३,१४) ६०६९ ४.६६
१० १० चन्द्रागिरी(१५,२४) १०६४० १.२९
११ ११ चन्द्रागिरी(१६) ८१०० १.०४
१२ १२ चन्द्रागिरी(१७,१८) १२९७७ २.१२
१३ १३ चन्द्रागिरी(१९,२१) ७७३५ १.७४
१४ १४ चन्द्रागिरी(२०,२५) ११६६१ १.२५
१५ १५ चन्द्रागिरी(२२,२३) १२७७९ १.२९
जम्मा १३६८६० ४३.९१

चन्द्रागिरी नगरपालिकाको नक्सा

Chandragiri Municipality Map Kathmandu

 ६.      नामः टोखा  गरपालिका

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरु (साविक गा.वि.सहरुः झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोगंवु) समेटी यस टोखा नगरपालिकाको गठन वि.सं. २०७१ मार्ग १६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्वारा भएको हो । प्राचीन वैज्ञानिक वस्ती व्यवस्थापन भएको एतिहासिक शहर समेत यसै क्षेत्रमा रहेको छ । हाल यस नगरपालिकाको वडा नं. २ र ३ वडाहरु यस क्षेत्रमा रहेका छन् । यस नगरपालिकाको पूर्वमा बुढानिलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाको वडा नं. ३ र २९ पर्दछ । ११ वटा वडा रहेको यो नगरपालिकाको आकार उत्तर दक्षिण लामो र पूर्व पश्चिम केही सांघुरो प्रकृतिको भई शिवपुरी जंगलको छत्रछायाँमा १७.११ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ ।

यस नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा झोरमहाँकालको वौडेश्वर महादेव, टोखा चण्डेश्वरीको सपनतिर्थ, टोखा सरस्वतीको इन्द्रेणी (भुतखेल) चौर, धापासीको वसुन्धरादेवी, गोगंवुँको मनोहर तिर्थ, वीचविनायक प्रमुख रुपमा रहेका छन् । यस क्षेत्र भएर वग्ने प्रमुख नदीहरुमा विष्णुमति, साङ्गले खोला र सपनतिर्थ मुख्य रुपमा रहेका छन् । त्यसैगरि, मुख्य पोखरीहरुमा सरस्वती गहनापोखरी, गणेश पोखरी, सपनतिर्थ र स्नान कुण्ड मुख्य रुपमा रहेका छन् । यस नगरपालिका क्षेत्रमा अन्तराष्ट्रिय ख्याती प्राप्त ग्राण्डी अस्पताल, देउराली जनता फर्मास्युटिकल प्रा.लि. आदि समेत पर्दछन भने ९ वटा सामुदायिक विद्यालय र ८१ वटा संस्थागत विद्यालय सहित शिशु स्याहार केन्द्र देखि उच्च शिक्षा अध्ययन गराउने कलेजहरु समेत रहेका छन् । यस नगरपालिकामा ४ वटा स्वास्थ्य चौकी, २ वटा शहरी स्वास्थ्य केन्द्र र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् भने १११ वटा सहकारी संस्थाहरु रहेका छन् ।

केन्द्रः साविक टोखा नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः १३३७५५

क्षेत्रफलः १७.११ (वर्ग कि.मि.)

वडा संख्याः ११

टोखा नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
टोखा(१,२) ६१७८ ६.१६
टोखा(३,४) ६६९८ ४.४१
टोखा(५,६,११) २६६६० २.७९
टोखा(७) ७५३२ ०.५७
टोखा(८) ७९२७ ०.४१
टोखा(९) ११२०७ ०.६१
टोखा(१०) १११३४ ०.६५
टोखा(१२) १९३३४ ०.३३
टोखा(१३) १३७६० ०.५१
१० १० टोखा(१४) ११००३ ०.२९
११ ११ टोखा(१५) १२३२२ ०.३८
जम्मा १३३७५५ १७.११

टोखा नगरपालिकाको नक्सा

Tokha Municipality Map Kathmandu

 ७.      नामः तारकेश्वर  गरपालिका

पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार यस क्षेत्रका साविकका सांग्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुंग र मनमैजु गा.वि.स. समेटेर तारकेश्वर नगरपालिका घोषणा गरिएको हो । तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर ११ वटा वडामा समेटिएको छ ।

स्वस्थानी वर्त कथामा उल्लेख भए अनुसार पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति भई शक्तिपीठको रुपमा रहेको भनाई छ । सोही नामबाट यस नगरपालिकाको नाम तारकेश्वर नगरपालिका रहन गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक साँस्कृतिक तथा भाषिक विविधताले भरिपूर्ण छ । साँस्कृतिक शक्तिपीठका रुपमा श्री तारकेश्वर महादेव मन्दिर, पुरानो गुह्येश्व्री मन्दिर, मनमैजु ईन्द्रायणी मन्दिर, भुवनेश्वरी मन्दिर, शान्तिधाम, सिम्लेश्वर महादेव मन्दिर, महांकाल मन्दिर, नारायण देवी, कल्पेश्वर महादेव, नाखलडोल, बैखु, लोलाङ, पांचमाने, फेदी बजार, फुटुङ बजार, कुञ्चिप्वाकल जस्ता क्षेत्रहरु यस नगरपालिका धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेका छन्

केन्द्रः साविक तारकेश्वर नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः  १५१४७९

क्षेत्रफलः ५४.९५  (वर्ग कि.मि.)

वडा संख्याः ११

तारकेश्वर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
तारकेश्वर(१-३) ६७७२ ५.९८
तारकेश्वर(४-६) १३१५४ ८.५४
तारकेश्वर(७,८) ६९४६ ८.९५
तारकेश्वर(९) १८३२४ ०.९१
तारकेश्वर(१०-१२) १७७३२ ४.२४
तारकेश्वर(१३-१५) १३६२८ १.८६
तारकेश्वर(१६,१७) १२८२१ १.४२
तारकेश्वर(१८) १७५७३ ०.४४
तारकेश्वर(१९) १६९९५ १.७४
१० १० तारकेश्वर(२०) १४३३२ ०.४५
११ ११ तारकेश्वर(२१) १३२०२ ०.४२
जम्मा १५१४७९ ३४.९५

तारकेश्वर नगरपालिकाको नक्सा

Tarakeshwor Municipality Kathmandu

 ८.      नामः दक्षिणकाली  गरपालिका

काठमाडौं जिल्लाको दक्षिण क्षेत्रमा रहेको नवघोषित यस दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर, चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको यस दक्षिणकाली नगरपालिकाको घोषणा मिति २०७१ मंसिर १६ गते नेपाल सरकार, मन्त्रीपरिषद्‌को निर्णयानुसार साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.लाई समेटेर स्थापना भएको हो । देशको राजधानी काठमाडौं उपत्यकादेखि करिव १८ कि.मी.को दुरीमा यो नगरपालिकाको कार्यालय रहेको छ ।

यस नगरपालिकामा धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगाएत विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनको प्रचुर सम्भावना बोकेको छ । ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाले भरिपूर्ण संस्कृतिको अनुपम नमूना हो दक्षिणकाली नगरपालिका ।

जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास यस स्थानमा रहेको छ । एसियाकै दोश्रो तथा नेपालको प्रथम जलविधुत आयोजना चन्द्रज्योति जलविधुत गृह यस नगरपालिकामा अवस्थित रहेको छ । यस नगरपालिका धार्मिक, पर्यटकीय तथा आर्थिक रुपले आफैमा आमनिर्भर रहन प्रचुर सम्भावना बोकेको छ । सांस्कृतिक रुपमा मनाइने श्री हरिशंकर जात्रा तथा बज्रयोगिनी जात्रा यस नगरपालिकको प्रमुख पर्वहरुमा पर्दछन् ।

हिन्दुहरुको शक्तिपिठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर बौद्धमार्गीहरुका लागि पद्‌मशम्मभवले तपस्या गरेको असुरा गुफा तथा ह्याङलासी गुम्बा काठमाडौं जिल्लाकै सबै भन्दा अग्लो वाणासुर डांडा (२२७८ मि), पञ्जल गणेश, कटुवाल दह, पर्यटनको विकासका लागि चाल्नाखेलको बोसनडांडा, हात्तिवन डांडा,डाँडिखेल,छैमलेको जातीपोखरी, सेतिदेवी मन्दिर, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, पौराणिक फर्पिङको नेवारी बस्ती, झम्केश्वरी मन्दिर आदि क्षेत्रमा रहेका छन् ।

दक्षिणकाली नगरपालिकाको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि केलाउंदा दक्षिणकाली मन्दिर तथा प्राचिन बस्ती रहेको फर्पिङ शहर (शिखरापुर नगर) दुवैको आ आफ्नो महत्व रहेको छ । पौराणिक, धार्मिक इतिहास अनुसार भगवान श्री कृष्णबाट चरण स्पर्श भएको पुण्यभूमि तथा बौद्ध ग्रन्थ अनुसार बोधिसत्व पद्‌मशम्मभवको तपस्या स्थल तथा हिन्दुहरुको आध्यदेवी पवित्र धार्मिक तिर्थस्थल माता श्री दक्षिणकाली मन्दिरको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो ।

केन्द्रः साविक दक्षिणकाली नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः २६३७२

क्षेत्रफलः ४२.८६ (वर्ग कि.मि.)

वडा संख्याः

दक्षिणकाली नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
दक्षिणकाली(१,२) ४५०७ ५.२५
दक्षिणकाली(३) १८०३ १.५३
दक्षिणकाली(४) २१०१ १.९९
दक्षिणकाली(५) १५६५ २.६
दक्षिणकाली(६,७) ३८८९ ५.११
दक्षिणकाली(८,१०) ३६८१ १.७१
दक्षिणकाली(९) १५७३ २.८९
दक्षिणकाली(१३,१४,१५) ४३२३ ९.७१
दक्षिणकाली(११,१२) २९३० ११.८८
जम्मा २६३७२ ४२.६७

दक्षिणकाली नगरपालिकाको नक्सा

Dakshinkali Municipality Map Kathmandu

 ९.      नामः नागार्जुन  गरपालिका

नागार्जुन नगरपालिका नेपाल सरकारको मिति २०७१ मसिंर १६गतेको निर्णयानुसार काठमाँडौ जिल्ला साविक इचंगुनारायण ,सितापाईला,रामकोट,स्यूचाटार र भिमढुंगा गरी ५ वटा गा.वि.स. समेटेर स्थापना भएको हो । यसको पूर्वमा काठमाडौं महानगरपालिकाको वडा नं १४,१३,१५ र १६ पश्चिममा धादीङ्ग जिल्ला, उत्तरमा तारकेश्वर नगरपालिका र दक्षिणमा चन्द्रागिरी नगरपालिका रहेका छन् । भौगोलिक दृष्टिबाट योे नगरपालिका पुर्व देशान्तर ८५० १२’ देखि ८५० १७’ को विचमा र उत्तर आक्षांश २७० ४०’ देखि २७० ४४’ को विचमा पर्दछ । नगरपालिकाको क्षेत्रफल २९.८ वर्ग कि.मी. ,उत्तरी आक्षांश २७० ४०’ देखि २७० ४४’ , पूर्वी देशान्तर  ८५० १२’ देखि ८५० १७’ , औषत उचाई  समुद्र सतह देखि १३०० देखि २५०० मी. सम्म ।

अधिराज्यका अन्य भागबाट समेत क्रमिक रुपमा बसाई सर्ने प्रवृत्ति भईरहेको हुँदा यहाँ विभिन्न जाति तथा धर्मालम्विहरुको वसोवास पाईन्छ । नेवार, बाहुन मगर, सन्यासी तथा क्षेत्री जातिको बाहुल्यता रहेको यस नगरपालिकामा अधिकांश जनसंख्या हिन्दु र वौद्ध धर्म मान्ने गर्दछन् । नगर क्षेत्र भित्र रहेका केहि महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुमा- ईचङ्गुनारायण मन्दिर,  हल्चोक आकास भैरब,  रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाईट गुम्बा,बद्री नारायण धाम, गणेशमान स्मृती पार्क, सहिद पार्क , भिमसेनस्थान, भीमढुङ्गा, स्वीजरल्याण्ड चौर, पार्क, हसन्टार गुम्बा, भूवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर, विभिन्न स्थानमा रहेका होमस्टे जस्तै थाप्ले आदि |

केन्द्रः साविक नागार्जुन नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः ११५४३७

क्षेत्रफलः २९.८५ (वर्ग कि.मि.)

वडा संख्याः १०

नागार्जुन नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
नागार्जुन(१) १४६८७ ५.०३
नागार्जुन(२) १७९०१ २.२५
नागार्जुन(३) १२६३२ ४.५२
नागार्जुन(४) १७६१९ १.४२
नागार्जुन(५,६) ९९१५ २.०९
नागार्जुन(७,८) १५११५
नागार्जुन(९,१४) ६१२५ ४.४४
नागार्जुन(१०,११) ३५४८
नागार्जुन(१२) ६९०३ ०.३९
१० १० नागार्जुन(१३) १०९९२ ०.७१
जम्मा ११५४३७ २९.८५

नागार्जुन नगरपालिकाको नक्सा

Nagarjun Municipality Map Kathmandu

 १०.  नामः बुढानिलकण्ठ  गरपालिका

बागमती प्रदेश, काठमाडौँ जिल्लामा अवस्थित बूढानीलकण्ठ नगरपालिकानेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबूढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । नेपालको राजधानीमा अवस्थित काठमाडौं जिल्लाका ११ वटा स्थानीय सरकारमध्ये (महानगरपालिका बाहेक) जनसङ्ख्याको आधारमा नेपाल भरीको दोश्रो ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लासँग जोडिएको तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३,४,६,७ र टोखा नगरपालिकाको वडा नम्बर ४ धापासी रहेको छ । त्यस्तै पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ भने पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ सँग जोडिएको छ ।

काठमाडौँ उपत्यकाका थुप्रै धार्मिक स्थलहरूमध्ये बूढानीलकण्ठ नगरपालिका पनि महत्वपूर्ण मानिन्छ । उत्तरी भागमा शिवपुरीका फेदीमा रहेको यो स्थल शैव, वैष्णव, र बौद्ध धर्मालम्वीको आस्थाको क्षेत्र हो । आवासीय क्षेत्र धेरै रहेको यस नगरपालिकाको उत्तरतर्फ शिवपुरी पर्वत श्रृङ्खला लगायत हरियाली जङ्गल रहेको यस नगरपालिकामा भिरालो भूभाग पनि रहेको छ भने दक्षिणतर्फ समथर भूभाग रहेको र अधिकांश भूभाग बाक्लो बस्तीले ढाकेको छ । यस क्षेत्रबाट विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती, च्यानेखोला जस्ता नदीखोलाहरू बगेर गएका छन् ।

यस नगरपालिकाभित्र प्रसिद्ध बूढानीलकण्ठ मन्दिर चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेका छन् । बौद्धमार्गीहरूका चर्चित सार्वजनिक गुम्बा श्री डाङ्यूर झयाङ्गतेरा दाग्र्यालिङ गुम्बा, आनी गुम्बालगायत बौद्ध मठहरू रहेका छन् । त्यस्तै, विभिन्न धर्मालम्बीहरूका आस्थाका केन्द्रहरूसमेत रहेका छन् । विश्व मानचित्रमा यस बूढानीलकण्ठ नगरपालिकाको भौगोलिक अवस्थिति २७ डिग्री ४३ मिनेट १९सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यस नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग किमि रहेको छ ।

नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ को निर्णयलेसाविककै १९ वडालाई १३ वडा मा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । बूढानीलकण्ठ नगरपालिका एक प्रसिद्ध धार्मिक नामबाट नामकरण गरिएको हो । हाल यस नगरकार्यपालिकाको कार्यालय ८ नं.वडा हात्तीगौँडामा रहेको छ ।

केन्द्रः साविक बुढानिलकण्ठ नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः  १,७७,५५७

क्षेत्रफलः ३४.८ (वर्ग कि.मि.)

वडा संख्याः १३

बुढानिलकण्ठ नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
बुढानिलकण्ठ(१) ८०७८ ४.६७
बुढानिलकण्ठ(२,३) ११४०२ १.६
बुढानिलकण्ठ(४) ८००४ ४.२४
बुढानिलकण्ठ(५) ९४९७ १.९७
बुढानिलकण्ठ(६) ७४३२ ७.७७
बुढानिलकण्ठ(७) ११८०३ १.३१
बुढानिलकण्ठ(८) ६४३५ ०.८८
बुढानिलकण्ठ(९,१०) १९०१८ ३.४३
बुढानिलकण्ठ(११) ९९५० ०.६८
१० १० बुढानिलकण्ठ(१२) ३३६२३ ०.८९
११ ११ बुढानिलकण्ठ(१३,१८,१९) २२६४२ ३.४२
१२ १२ बुढानिलकण्ठ(१४) १९४२५ ०.३४
१३ १३ बुढानिकण्ठ(१५-१७) १०२४८ ३.६
जम्मा १७७५५७ ३४.८

बुढानिलकण्ठ नगरपालिकाको नक्सा

Budhanilkantha Municipality Map Kathmandu

 ११.  नामः शङ्खरापुर  गरपालिका

बागमती प्रदेश अन्तरगत काठमाण्डौ जिल्लाको पूर्वी क्षेत्रमा रहेको यस नगरपालिका २०७१ साल मंसिर १६ गते स्थापना हुँदा १५ वटा वडामा विभाजन गरिएको नगरपालिका २०७३ सालमा भएका स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको इन्द्रायणी, पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी, सुनटोल र नाङ्लेभारे गा.वि.स मिलाएर शंखरापुर नगरपालिका बनेको हो। हाल कुल ९ वटा वडामा वर्गीकरण गरिएको यस नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगत सम्बत १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामाकरण शंखरापुर नगरपालिका गरिएको हो। कुल ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्ला लगायत काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकासंग जोडिएको छ । नेपालको राजधानी रहेको जिल्लामा रहेको नगरपालिका भएता पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट रहेको यस नगरको मुख्य विशेषताको रुपमा ऐतिहासिक सांखु शहर लगायत बज्रयोगिनि र शालिनदी रहेका छन ।

तामाङ, नेवार,  ब्राम्हण, क्षेत्री गुरुङ लगायतका जातजाति बसोबास गर्ने यस नगरमा बज्रयोगिनी जात्रा, शालीनदी मेला,मणिचुड मेला, माधव नारायण स्वस्थानी वर्त, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा प्रमुख संस्कृति मानिन्छ । नगरपालिका भित्र प्रमुख चाडपर्वका रुपमा दसैँ, तिहार, माघेसङ्क्रान्ति, चैतेदसैँ, साउने सङ्क्रान्ति, जनैपूर्णिमा, हरितालिका, कृष्णाष्टमी, गाईजात्रा , योमरी पुर्णिमा, ल्होसार, मेनाङ मनाउने गरिएको छ।

‘साँ दयाँ क्वे’ अर्थात् तिब्बतमुनिको देश भनेर पहिले यस नगरपालिकाको साँखु सहरलाई चिनिन्थ्यो । ऐतिहासिक रुपमा  यो ठाउँलाई पहिले साँक्व भनिन्थो, पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेर बनाए भन्ने मान्यता रहेको छ । तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ । छैटौँ शताब्दितिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा बौद्धधर्म यहीँबाट लिएर गएको मान्यता रहदै आएको छ । साथमा कालिगड पनि लिएर गएका थिए । बाटोमा जुन ठाउँमा वास बस्यो, त्यहीँ गुम्बा बनाउँदै गएका थिए ।

साँखु बजारमा रहेका चार ढोकाको छुट्टै आफ्नै ऐतिहासिक महत्व रहेको छ ।साँखुमा चार ढोका छन् । हरेक ढोकाको फरक अर्थ र काम छन् । उत्तर पश्चिमको देव ढ्वाखा । यो ढोका देउता ल्याउन र लैजान मात्र प्रयोग हुन्छ । विशेषगरी, जात्राको समयमा देवता हिँडाइन्छ । उत्तरपूर्व सिढ्वाखा । यहाँबाट मुर्दा लैजानेबाहेक अरू काम गर्न बर्जित छ । दक्षिण पश्चिम, भौ ढ्वाखा । यसबाट दुलहीलाई स्वागत गरिन्छ । दक्षिणपूर्व म्हे ढ्वाखा । छोरी अन्माएर पठाइन्छ । चार ढोकाभित्रको बस्तीमा लगभग हजार घर छन् । यो ठाउँलाई हजार घरको देश पनि भनिने गरिएको यहाँका बुद्धिजीवीहरुको भनाइ छ । साँखुवासीको जात्रा मनाउने तरिका आफ्नै किसिमको छ । साँखुको परम्परा पाटन र भक्तपुरभन्दा फरक रहेको छ । जात्राका वेला ऋण उठाउन पाइन्न । झगडा गर्न पनि पाइन्न ।

 साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुको निर्माण विदुषी बज्रयोगिनीले गरेको विश्वास छ । जुन कुरा नेवारी मनिशैल महावदान (बज्रयोगिनीको उत्पत्तिको इतिहास)मा उल्लेख छ । मनिशैल महावदानमा भनिएको छ, ‘शंखरापुर बन्नुभन्दा अलिमाथि बज्रयोगिनी विदुषी बस्ने ठाउँमा एक मानसपुत्र जन्मिए । बज्रयोगिनीले राजालाई दिने सबै कुरा दिँदै आइन् र राज्य समृद्ध र मजबुत बनाउने काम पनि भयो ।’ त्यही समयमा बनेको राजकुलो अहिलेसम्म पनि छ । पृथ्वीनारायण शाहको समयमा कुलो हेर्नेलाई पनेरू भनिन्थ्यो । साँखुमा अहिले पनि कुलो हेर्ने कुलैया छन् । पानी पहिले हरेक घरको सामुन्ने पुग्थ्यो ।

साँखुमा आठको संयोग पनि गज्जबको छ । यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको विश्वास छ, शंखदेव एक भाइ मात्र थिए । उनका एक मात्र छोरा मानदेव भिक्षु बने । उनी बज्रयोगिनीमै गएर लीन भएको विश्वास गरिन्छ । त्यसपछि राजगद्दी खाली भयो । अहिले पनि साँखुवासी प्रधान चुन्छन् । माधवनारायण भगवानलाई जसले बोक्छ, उही प्रधान चुनिन्छ । राजाको प्रतिनिधि भएर बस्छ । माधव नारायण स्वस्थानी वर्त एक महिना सम्म सालिनदिमा चल्ने मेला हो । माधवनारायणलाई पानीमा डुबाएपछि व्रर्त सुरु हुन्छ । एक महिनासम्म माधवनारायण शालीनदीमा बस्ने विश्वासका साथी त्यहीँ राख्ने परम्परा छ ।

केन्द्रः साविक शङ्खरापुर नगरपालिकाको  कार्यालय

जनसङ्ख्याः २९,३१८

क्षेत्रफलः ६०.२१ (वर्ग कि.मि.)

वडा संख्याः

शङ्खरापुर नगरपालिकाको विस्तृत विवरण
क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.)
शङ्खरापुर(१,२) ३५४३ १५.९६
शङ्खरापुर(३) १६८९ ८.१८
शङ्खरापुर(५) २३५९ १०.१८
शङ्खरापुर(४) २१११ ४.२९
शङ्खरापुर(६,७) ३५४६ १०.९३
शङ्खरापुर(८,१०) ४७१३ २.२२
शङ्खरापुर(९,११) ४५५८ १.५५
शङ्खरापुर(१२,१३) २४६३ ४.१३
शङ्खरापुर(१४,१५) ४३३६ २.७७
जम्मा २९३१८ ६०.२१

शङ्खरापुर नगरपालिकाको नक्सा

Shankarapur Municipality Map Kathmandu

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डाै र जिल्ला समन्वय समिति काठमाण्डाै। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । काठमाण्डाै जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *