BHUMIDANCE

कर्णाली प्रदेश Karnali Province

कर्णाली प्रदेश – परीचय
कर्णाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश र ८० डिग्री५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्णालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् । यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६,८८,४१२ रहेको छ, जनसङ्ख्याको सम्बन्धी विस्तृत विवरणको लागि यहाँ जानुहोस ।

Salyan
तस्विरमा सल्यान जिल्ला

पश्चिममा सुदूरपश्चिमप्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । यस प्रदेशमा १० जिल्ला रहेका छन् ।यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १९ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशको सबैभन्दाठुलो जिल्ला डोल्पा (७,८८९व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) हुन् ।

dailekh
तस्विरमा दैलेख जिल्ला

कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको छ । यो प्रदेश क्षेत्रफलको हिसाबले सब भन्दा ठुलो र जनसङ्ख्याका आधारमा सानो प्रदेश हो । कर्णालीप्रदेशको भूबनावट मुख्यहिमाल, मध्यपहाड, महाभारत लेक, चुरेपर्वत र उपत्यका आदि मिली बनेको छ । यस प्रदशको सबैभन्दा अग्लो भाग चुरेन हिमाल (७३४८ मि.) हो । कर्णाली प्रदेशको धरातलीय स्वरूप र उचाइले हावापानीमा विविधताल्याएको छ ।

Raute jssti
तस्वीरमाः लोपउन्मुख राउटे जाती

यस प्रदेशको उत्तरी क्षेत्रमा लेकाली र टुन्ड्रा, पहाडी क्षेत्रमा समशीतोष्ण र भित्रीमधेसमा उपोष्ण हावापानी पाइन्छ । यहाँको औसत वार्षिक तापक्रम २६ डिग्री. सम्म पुग्छ भने न्यूनतम तापक्रम ०डिग्री भन्दा कम हुन्छ । यहाँको हिमाली जिल्लाहरूमा हिउँदमा हिउँ पर्छ । यहाँ सालाखाला वार्षिक वर्षा १४७९ मि.मी. भन्दा बढीहुन्छ ।

kalikote
तस्वीरमा कालीकोट जिल्ला

कर्णाली प्रदेशमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठुली भेरी, सानी भेरी, तिला आदिनदी बहन्छन् ।कर्णाली प्रदेश ताल तलैयामा पनि धनी छ । रारा ताल, फोक्सुन्डो ताल र कुपिन्डे दह यस प्रदेशका मुख्य हुन् । सामाजिक, सांस्कृतिक र भाषिक विविधताकर्णाली प्रदेशकोसम्पत्ति हो । यस प्रदेशमा क्षेत्री, ब्राह्मण, ठकुरी, मगर, थारु, राउटे, राजी, बादी, गुरुङ आदि जातजातिहरूको बसोबास छ ।

मुगु
तस्विरमाः रारा ताल मुगु

त्यस्तै यस प्रदेशमा लोपन्मुख तथा सीमान्तीकृत समूहका थारु, बादी, राउटे, राजी आदिको पनि बसोबास रहेको छ । कर्णाली प्रदेशमा हिन्दु धर्म मान्ने मानिसहरूको बाहुल्य (९५%), रहेको छ । यहाँ बौद्ध, इसाई र अन्यधर्मालम्बीहरू पनि रहेका छन् । यहाँ नेपाली भाषा बोल्नेहरूको बाहुल्य रहेको छ । खस भाषा, काइके मगर भाषा पनि यहाँ बोलिन्छन् ।कर्णाली प्रदेशको साक्षरता दर (५८.४९) पतिशत रहेको छ ।

तस्विरमाः से फोक्सुण्डो ताल

सन् २०१९ को युएनडिपीको प्रतिवेदनअनुसार यस प्रदेशको मानव विकास सूचकाङ्क ०.५३ रहेको छ । यो प्रदेश दोस्रो कम मानव विकास सूचकाङ्क भएको प्रदेश हो । यस प्रदेशमा ल्होसर, दसैँ तिहार, जनैपूर्णिमा, साउने सक्रान्ती चाडपर्व मनाइन्छ । चन्दननाथ, शे गुम्बा, देउती बज्यै, त्रिपुरासुन्दरी, पञ्चदेवल यहाँका यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् ।

Deuti Bajaiko Mandir
पवित्र धार्मिक स्थल देउती बजैको मन्दिर सुर्खेत

यस प्रदेशमा मस्टो देवताको पूजा गर्ने समुदाय पनि छन् । यहाँको डोल्पो जातीमा लासलाई काटेर गिद्धलाई खुवाउने अनौठो परम्परा रहेको पाइन्छ । यसरी यो प्रदेश सामाजिक सांस्कृतिकरूपमा समुन्नत छ । कर्णालीप्रदेशको मुख्य आर्थिक केन्द्र सुर्खेत हो । यस प्रदेशमा जलविद्युत्, खानी, कृषि र वन सम्पदाको क्षेत्रमा राम्रो सम्भावना रहेको छ ।

तस्विरमा राउटे वालवालिका

कर्णाली प्रदेशका करिव ७५ प्रतिशतमानिसहरू कृषि पेसामा संलग्न छन्। यस प्रदेशको जिविकोपार्जनको प्रमुख आधार खेतिपाती र पशुपालन रहेको छ । मार्सी धान, कोदो‚ फापर‚ चिनो‚ उवा, स्याउआदि यहाँका मुख्यउपादन हुन् । सल्यानको कपुरकोट पश्चिमी क्षेत्रको एक मुख्य तरकारी उत्पादन निकासी गर्ने केन्द्र हो ।

यस प्रदेशमा प्रशस्त घाँसे मैदानहरू रहेका छन् । ऋतुप्रवास पशुपालनव्यवसाय कर्णाली प्रदेशमा परम्परादेखि चल्दैआएको छ । यहाँ पशुपालन व्यवसायलाई पैतृक व्यवसायको रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने चलन कहिकहि अझै पनि हुँदै आएको छ । कर्णाली प्रदेशमा थोरै मात्रउद्योगहरू छन् ।रोजगारीमा यी उद्योगहरूको योगदान नगण्य छ । यसप्रदेशमा साना तथा घरेलु उद्योगहरू धेरै छन् ।

कर्णाली प्रदेशको प्रमुख व्यापारिक केन्द्र विरेन्द्रनगर हो । यसका साथै जुम्ला खलङ्गा, छिन्चु, चौर झारी, दुनै आदि व्यापारिक केन्द्रहरू छन् । यो प्रदेशबाट सूर्खेत नेपालगञ्जहुँदै भारतसँग व्यापार हुँदै आएको छ । कर्णाली प्रदेशमा पर्यटन उद्योगको विकासको प्रशस्त सम्भावना रहेको छ । यस प्रदेशमा काँक्रेविहार, सेफोकसुन्डो ताल, राराताल, चन्दनाथ, मानसरोवर पदयात्रा आदिलाई एकीकृत रूपमा विकास गर्नसके कर्णाली प्रदेश पर्यटक गन्तव्यको केन्द्र हुन सक्छ ।

तस्विरमाः मुगु जिल्ला

कर्णाली प्रदेशमा जलविद्युत् उत्पादनको पनि प्रशस्त सम्भावना रहेको छ । भेरी डाइभर्सन बहुद्देश्यीय परियोजना यसै प्रदेशमा पर्छ । ठुली भेरी, सानी भेरी, कर्णाली, तिला, हुम्ला कर्णालीलगायत थुप्रै नदीहरूबाट विद्युत् उत्पादन गर्न सकिन्छ । कर्णालीप्रदेशमा सडक पूर्वाधारकोविकास त्यति राम्रो भएको छैन तर हवाई यातायात भने धेरै जिल्लाहरू चालु छ । नेपालगञ्ज र प्रदेश राजधानी सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला आदि जिल्लामा हवाईयातायात चालु छ ।यस प्रदेशमाहुम्ला बाहेक सबै जिल्ला सदरमुकामलाई सडक यातायातले छोएको छ ।

कर्णाली  प्रदेश अन्तरगतका जिल्ला तथा स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।

१) रुकुम (पश्चिम भाग) २)  सल्यान ३) सुर्खेत ४) दैलेख ५) जाजरकोट ६) डोल्पा ७) जुम्ला ८) हुम्ला ९) कालिकोट १०) मुगु

कर्णाली  प्रदेशअन्र्तगत रहेका जिल्लाहरुको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्धारित क्षेत्र संख्या –
निर्वाचन क्षेत्र विवरण

कर्णाली  प्रदेश अन्तर्गतका जिल्लाहरूको नक्सा (स्थानीयतह सहित)
नक्सा विवरणका लागि यहाँ जानुहोस

कर्णाली  प्रदेश अन्तरगतका स्थानिय तहहरूको विस्तृत विवरण तल उल्लेख गरीएको छ ।

नगरपालीका – २५

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेव पोर्टल
मुसिकोट नगरपालिका रुकुम (पश्चिम भाग) नगरपालिका musikotmunrukum.gov.np
चौरजहारी नगरपालिका रुकुम (पश्चिम भाग) नगरपालिका chaurjaharimun.gov.np
आठबिसकोट नगरपालिका रुकुम (पश्चिम भाग) नगरपालिका aathbiskotmun.gov.np
शारदा नगरपालिका सल्यान नगरपालिका shaaradamun.gov.np
बागचौर नगरपालिका सल्यान नगरपालिका bagchaurmun.gov.np
बनगाड कुपिण्डे नगरपालिका सल्यान नगरपालिका bangadkupindemun.gov.np
बीरेन्द्रनगर नगरपालिका सुर्खेत नगरपालिका birendranagarmun.gov.np
भेरीगंगा नगरपालिका सुर्खेत नगरपालिका bherigangamun.gov.np
गुर्भाकोट नगरपालिका सुर्खेत नगरपालिका gurbhakotmun.gov.np
१० पञ्चपुरी नगरपालिका सुर्खेत नगरपालिका panchapurimun.gov.np
११ लेकवेशी नगरपालिका सुर्खेत नगरपालिका lekbeshimun.gov.np
१२ नारायण नगरपालिका दैलेख नगरपालिका narayanmun.gov.np
१३ दुल्लु नगरपालिका दैलेख नगरपालिका dullumun.gov.np
१४ चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेख नगरपालिका chamundabindrasainimun.gov.np
१५ आठबीस नगरपालिका दैलेख नगरपालिका aathabismun.gov.np
१६ भेरी नगरपालिका जाजरकोट नगरपालिका bherimun.gov.np
१७ छेडागाड नगरपालिका जाजरकोट नगरपालिका chhedagadmun.gov.np
१८ नलगाड नगरपालिका जाजरकोट नगरपालिका tribeninalgaadmun.gov.np
१९ ठूली भेरी नगरपालिका डोल्पा नगरपालिका thulibherimun.gov.np
२० त्रिपुरासुन्दरी नगरपालिका डोल्पा नगरपालिका tripurasundarimundolpa.gov.np
२१ चन्दननाथ नगरपालिका जुम्ला नगरपालिका chandannathmun.gov.np
२२ खाँडाचक्र नगरपालिका कालिकोट नगरपालिका khandachakramun.gov.np
२३ रास्कोट नगरपालिका कालिकोट नगरपालिका raskotmun.gov.np
२४ तिलागुफा नगरपालिका कालिकोट नगरपालिका tilagufamun.gov.np
२५ छायाँनाथ रारा नगरपालिका मुगु नगरपालिका chhayanathraramun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गाउँपालीका – ५४

क्रस स्थानीय तहको नाम जिल्ला स्थानीय तह वेव पोर्टल
बाँफिकोट गाउँपालिका रुकुम (पश्चिम भाग) गाउँपालिका banphikotmun.gov.np
त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम भाग) गाउँपालिका trivenimunrukum.gov.np
सानी भेरी गाउँपालिका रुकुम (पश्चिम भाग) गाउँपालिका sanibherimun.gov.np
कालिमाटी गाउँपालिका सल्यान गाउँपालिका kalimatimun.gov.np
त्रिवेणी गाउँपालिका सल्यान गाउँपालिका trivenimunsalyan.gov.np
कपुरकोट गाउँपालिका सल्यान गाउँपालिका kapurkotmun.gov.np
छत्रेश्वरी गाउँपालिका सल्यान गाउँपालिका chhatreshworimun.gov.np
सिद्ध कुमाख गाउँपालिका सल्यान गाउँपालिका siddhakumakhmun.gov.np
कुमाख गाउँपालिका सल्यान गाउँपालिका kumakhmalikamun.gov.np
१० दार्मा गाउँपालिका सल्यान गाउँपालिका darmamun.gov.np
११ चौकुने गाउँपालिका सुर्खेत गाउँपालिका chaukunemun.gov.np
१२ बराहताल गाउँपालिका सुर्खेत गाउँपालिका barahatalmun.gov.np
१३ चिङ्गाड गाउँपालिका सुर्खेत गाउँपालिका chingadmun.gov.np
१४ सिम्ता गाउँपालिका सुर्खेत गाउँपालिका simtamun.gov.np
१५ भगवतीमाई गाउँपालिका दैलेख गाउँपालिका bhagawatimaimun.gov.np
१६ गुराँस गाउँपालिका दैलेख गाउँपालिका guransmun.gov.np
१७ डुंगेश्वर गाउँपालिका दैलेख गाउँपालिका dungeshwormun.gov.np
१८ नौमुले गाउँपालिका दैलेख गाउँपालिका naumulemun.gov.np
१९ महावु गाउँपालिका दैलेख गाउँपालिका mahabumun.gov.np
२० भैरवी गाउँपालिका दैलेख गाउँपालिका bhairabimun.gov.np
२१ ठाँटीकाँध गाउँपालिका दैलेख गाउँपालिका thantikandhmun.gov.np
२२ बारेकोट गाउँपालिका जाजरकोट गाउँपालिका barekotmun.gov.np
२३ कुसे गाउँपालिका जाजरकोट गाउँपालिका kushemun.gov.np
२४ जुनीचाँदे गाउँपालिका जाजरकोट गाउँपालिका junichaandemun.gov.np
२५ शिवालय गाउँपालिका जाजरकोट गाउँपालिका shibalayamun.gov.np
२६ डोल्पो बुद्ध गाउँपालिका डोल्पा गाउँपालिका dolpobuddhamun.gov.np
२७ शे फोक्सुन्डो गाउँपालिका डोल्पा गाउँपालिका shephoksundomun.gov.np
२८ जगदुल्ला गाउँपालिका डोल्पा गाउँपालिका jagdullamun.gov.np
२९ मुड्केचुला गाउँपालिका डोल्पा गाउँपालिका mudkechulamun.gov.np
३० काईके गाउँपालिका डोल्पा गाउँपालिका kaikemun.gov.np
३१ छार्का ताङसोङ गाउँपालिका डोल्पा गाउँपालिका chharkatangsongmun.gov.np
३२ कनकासुन्दरी गाउँपालिका जुम्ला गाउँपालिका kankasundarimun.gov.np
३३ सिंजा गाउँपालिका जुम्ला गाउँपालिका sinjamun.gov.np
३४ हिमा गाउँपालिका जुम्ला गाउँपालिका himamun.gov.np
३५ तिला गाउँपालिका जुम्ला गाउँपालिका tilamun.gov.np
३६ गुठिचौर गाउँपालिका जुम्ला गाउँपालिका guthichaurmun.gov.np
३७ तातोपानी गाउँपालिका जुम्ला गाउँपालिका tatopanimun.gov.np
३८ पातारासी गाउँपालिका जुम्ला गाउँपालिका patarasimun.gov.np
३९ पचालझरना गाउँपालिका कालिकोट गाउँपालिका pachaljharanamun.gov.np
४० सान्नी त्रिवेणी गाउँपालिका कालिकोट गाउँपालिका sannitrivenimun.gov.np
४१ नरहरिनाथ गाउँपालिका कालिकोट गाउँपालिका narharinathmun.gov.np
४२ शुभ कालीका गाउँपालिका कालिकोट गाउँपालिका kalikamunkalikot.gov.np
४३ महावै गाउँपालिका कालिकोट गाउँपालिका mahawaimun.gov.np
४४ पलाता गाउँपालिका कालिकोट गाउँपालिका palatamun.gov.np
४५ मुगुम कार्मारोंग गाउँपालिका मुगु गाउँपालिका mugumkarmarongmun.gov.np
४६ सोरु गाउँपालिका मुगु गाउँपालिका sorumun.gov.np
४७ खत्याड गाउँपालिका मुगु गाउँपालिका khatyadmun.gov.np
४८ सिमकोट गाउँपालिका हुम्ला गाउँपालिका simkotmun.gov.np
४९ नाम्खा गाउँपालिका हुम्ला गाउँपालिका namkhamun.gov.np
५० खार्पुनाथ गाउँपालिका हुम्ला गाउँपालिका kharpunathmun.gov.np
५१ सर्केगाड गाउँपालिका हुम्ला गाउँपालिका sarkegadmun.gov.np
५२ चंखेली गाउँपालिका हुम्ला गाउँपालिका chankhelimun.gov.np
५३ अदानचुली गाउँपालिका हुम्ला गाउँपालिका adanchulimun.gov.np
५४ ताँजाकोट गाउँपालिका हुम्ला गाउँपालिका tajakotmun.gov.np

तथ्याङकको श्राेतः नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

श्राेतः नेपाल सरकारका आधिकारीक वेव पोर्टल तथा अन्य अनलाइन संस्करण, तस्विर सामािजक संजाल ।

लेखन तथा संकलन – लाेकराज भट्ट चिनारी नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *