परिचय
कपिलवस्तु जिल्ला नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत प्रदेश नं. ५ मा पर्ने १२ जिल्लाहरुमध्ये तराईमा पर्ने एक जिल्ला हो । कपिलवस्तु जिल्लाको नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचीन कालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टि छोडिदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा पुगे । उनीहरुले आफ्नो बृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्ने सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ती हुन गएको र कपिवत्थु हुदै कपिलवस्तु नामाकरण हुन गयो ।
प्राचिन कपिलवस्तु नगरी भगवान बुद्धको २९ बर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधन को राजधानी शाक्य नगर कपिलवस्तु नगरपालिका – १२ स्थित तौलिहवा देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिवन ३५ विगाहा सरकारी स्वामित्व रहेको छ । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्षबिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो ।

नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, उत्तरमा अर्घाखाँची, दक्षिणमा भारतको उत्तर प्रदेश तथा पश्चिममा दाङ जिल्ला रहेका छन् । जिल्लाको पूर्व पश्चिम सरदर लम्बाई ५४ कि.मि. र उत्तर दक्षिण चौडाई ३२ कि.मि. रहेको पाइन्छ । २७°२५’ देखि २७°४९’ उत्तरी अक्षांश र ८२°४१’ देखि ८३°१४’ पुर्वी देशान्तर सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७३८ वर्ग कि.मि. रहेको छ ।
कपिलवस्तु जिल्लामा गर्मीमा तातो हावा (लु) चलेको बखत अधिकतम ४३ डिग्री सेल्सियससम्म पुग्दछ भने जाडोमा ४.५ डिग्री सेल्सियससम्म तापक्रम तल झर्ने गरेको पाइन्छ । साथै यस जिल्लामा औसत वार्षिक वर्षा १,५०० मिलिलिटर रहेको छ । चैत्र महिनादेखि असोजको प्रारम्भसम्म निकै गर्मी, असोज, कार्तिक र फाल्गुणमा समसितोष्ण तथा बाँकी तीन महिना (मंसिर, पुष र माघ) मा ठण्डी हुने गर्दछ । यसरी यो जिल्लाको हावापानी मौसम अनुसार विविध र विषम किसिमको रहेको छ ।

कपिलवस्तु जिल्लामा रहेका प्रमुख प्राकृतिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरू
यो जिल्ला विभिन्न जातजाति, धर्म र सम्प्रदायको संस्कृतिले भरिपुर्ण रहेको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसाबले यहाँ प्रशस्त तीर्थस्थलहरु रहेका छन् । विभिन्न नदीनाला र तालतलैयाले भरिपुर्ण यस जिल्लाका…..
मुख्य नदीहरुमाः वाणगंगा, अर्रा, अगिया, कोईली, सुराई, चिराई, गुडरुङ, जमुवार आदि ।
प्रमुख तालहरूमाः जगदिशपुर ताल, सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी ताल आदि ।
पुरातात्विक तथा ऐतिहासिक स्थलहरुमाः तिलौराकोट, कुदान, गोटिहवा, सगरहवा, निग्लिहवा, डेरवा, सारकुप, अरौराकोट, सिसहनिया आदि ।
सांस्कृतिक सम्पदाहरुमाः समयमाई, ताम्रेश्वरनाथ महादेव, शिवगढी, रामघाट, लक्ष्मणघाट आदि । यहाँ मनाइने
मुख्य चाडपर्वहरूमा: दशैं, तिहार, फाल्गुण पुर्णिमा, रामनवमी, शिवरात्री, चैते दशैं, तिज, मकर सक्रान्ति, मोहर्म, ईद, बकर ईद आदि रहेका छन ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार कपिलवस्तु जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ६ नगरपालिका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | कपिलवस्तु नगरपालिका | कपिलवस्तु नगरपालिका, धर्मपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. | १२ |
२ | बुद्धभुमी नगरपालिका | बुद्धबाटिका नगरपालिका, भृकुटी नगरपालिका, धनकौली, महुवा र मानपुर गा.वि.स. | १० |
३ | शिवराज नगरपालिका | शिवराज नगरपालिका, शिवगढी, लालपुर र थुनिया गा.वि.स. | ११ |
४ | महाराजगंज नगरपालिका | महराजगंज, सिसवा, उदयपुर, भलवारी, कुशवाह, कजरह्ववा, हर्दौना, बलरामवपुर र बरइपुर गा.वि.स. | ११ |
५ | कृष्णनगर नगरपालिका | कृष्णनगर नगरपालिका, भगवानपुर, बिद्यानगर, पुरुषोत्तमपुर, अजिगरा, बहादुरगंज, रामनगर र भिल्मी गा.वि.स. | १२ |
६ | बाणगंगा नगरपालिका | बाणगंगा नगरपालिका | ११ |
७ | मायादेवी गाउँपालिका | पकडी, अभिराव, फुलिका, पिपरा, बलुह्ववा, डुमरा, हरनामपुर र बिजुवा गा.वि.स. | ८ |
८ | यसोधरा गाउँपालिका | बसन्तपुर, बैदौली, गौरी, परसोहिया, रंगपुर, सिंहखोर, सोमदिह र तितिर्खी गा.वि.स. | ८ |
९ | सुद्धोधन गाउँपालिका | पिठुवा, पतरिया, नन्दनगर, लबनी, बासखोर र हथिहवा गा.वि.स. | ६ |
१० | विजयनगर गाउँपालिका | गुगौली, खुरहुरिया, पत्थरदेइय र गणेशपुर गा.वि.स. | ७ |
जम्मा | ९६ |
१. नामः कपिलबस्तु नगरपालिका
संक्षिप्त परिचयः
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ | २०३९ सालमा तौलिहवा गाउँ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ पञ्चायतको केहि भूभाग समेटिएको थियो | साविकमा १४ वडा रहेको यस नगरपालिका नेपाल सरकारको मिति २०७१/०७/२१ को निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो | स्थानीय तहको पुनर्संरचना संगै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् | हाल कपिलवस्तु नगरपालिका १२ वार्ड कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल अगोट्टेको छ |
सिमानाः पूर्वमा मायादेवी गा.पा. र बाणगंगा गा.पा. पश्चिममा महाराजगंज र बुद्धभुमी न.पा. उत्तरमा बुद्धभुमी र बाणगंगा न.पा. दक्षिणमा यशोधरा र मायादेवी गा.पा. रहेको यस नगरपालिकाको घरधुरी सर्वेक्षण २०७६ अनुसार ७६३९४ जनसंख्या रहेको छ |
केन्द्रः साविक कपिलबस्तु नगरपा
जनसङ्ख्याः ८८८७४
क्षेत्रफलः १३६.९१ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कपिलवस्तु(१-३) | ८५३० | ३.०५ |
२ | २ | कपिलवस्तु(५-८) | ७८५४ | १२.१६ |
३ | ३ | कपिलवस्तु(४,१०-१२) | १०५९८ | ११.१३ |
४ | ४ | कपिलवस्तु(९,१३,१४) | ७७४२ | १०.८७ |
५ | ५ | कपिलवस्तु(१५,१६) | ५७२० | ९.८१ |
६ | ६ | कपिलवस्तु(१७-१९) | ९९९३ | १६.६ |
७ | ७ | धर्मपनिया(१-९) | ५५२० | १५.२ |
८ | ८ | दोहनी(१-९) | ८१९२ | ११.६८ |
९ | ९ | निगलिह्वा(१-३,६,९) | ६२८६ | १८.८३ |
१० | १० | निगलिह्वा(४,५,७,८) | ६२३३ | ९.२२ |
११ | ११ | जहदी(१-९) | ७४३४ | ११.१८ |
१२ | १२ | सौराहा(१-९) | ४७७२ | ७.१८ |
जम्मा | ८८८७४ | १३६.९१ |
कपिलवस्तु नगरपालिकाको नक्सा
२. नामः बुध्दभूमि नगरपालिका
संक्षिप्त परिचयः
शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभुमी नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो ।
यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाको कुल क्षेत्रफल ३६६.६७ वर्ग किलोमिटर छ र कुल जनसंख्या २०६८ सालको जनगणन अनुसार ६४९४९ रहेको छ ।
यो नगरपालिका कपिलवस्तु जिल्लामा रहेको १० वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो । यस नगरपालिकाको कृषिमा ९३०८.२ हेक्टर, वनजंगलमा २४८९१.५ हेक्टर, जलीयमा १६०९.५ हेक्टर, आवासमा ४७२.५ हेक्टर क्षेत्रफल रहेको छ ।
सिमानाः यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका तथा दक्षिणमा महाराजगंज तथा कपिलवस्तु नगरपालिका रहेका छन् ।
केन्द्रः वडा नं. ४ बुड्ढी प्रतिक्षालय हनुमानचोक
जनसङ्ख्याः ७६५०७
क्षेत्रफलः ३६६.६७ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बुद्धबाटिका(१२-१६) | ८९४५ | ४८.४७ |
२ | २ | बुद्धबाटिका(१-५) | ९९३४ | ४५.२४ |
३ | ३ | बुद्धबाटिका(६-११) | ५७०७ | ७५.५९ |
४ | ४ | भृकुटी(६-८) | ६५१२ | १४.२७ |
५ | ५ | भृकुटी(९,१०) | ५३७५ | ९.३३ |
६ | ६ | महुवा(१-९) | ६५२५ | १०.२३ |
७ | ७ | मानपुर(१-९) | ४७२६ | १०.९२ |
८ | ८ | भृकुटी(१,२) | ७७६५ | १७.०७ |
९ | ९ | भृकुटी(३-५) | ११०३७ | १०९.२१ |
१० | १० | धनकौली(१-९) | ९९८१ | २६.३४ |
जम्मा | ७६५०७ | ३६६.६७ |
बुद्धभुमी नगरपालिकाको नक्सा
३. नामः शिवराज नगरपालिका
संक्षिप्त परीचयः
शान्तिका अग्रदुत गौतम बुद्धको गृह जिल्ला कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित ऐतिहासिक स्यूराज क्षेत्र तथा प्रशिद्ध धार्मिक स्थल शिवगढीका नामबाट नामाकरण गरिएको शिवराज नगरपालिका नेपाल सरकारको मिति २०७१।०१।२५ को निर्णयबाट साविकका शिवपुर, विरपुर, चनई, विसुनपुरर जवाभारी गा.वि.स.लाई समावेश गरि स्थापना गरिएको हो ।
नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयले साविकका शिवगढी, थुन्हिया र लालपुर गा.वि.स. गाभेर हालको शिवराज नगरपालिका विस्तार गरिएको हो । समुन्द्र सतहको ७०० फिट देखी १००० फिट सम्मको उचाईमा रहेको यस नगरपालिकाको क्षेत्रफल २८४.०८ वर्ग कि.मी. छ ।
सिमानाः पूर्वमा बुद्धभूमी नगरपालिका, पश्चिममा विजयनगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ल्ला र दक्षिणमा कृष्णनगर र महाराजगंज नगरपालिका रहेका छन् ।
केन्द्रः साविक शिवराज नगरपालि
जनसङ्ख्याः ८४८१०
क्षेत्रफलः २८४.०७ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | शिवराज(१,९) | ९७१२ | ७९.४६ |
२ | २ | शिवराज(११) | ५५७० | १० |
३ | ३ | शिवराज(२,३) | ९३२० | ४७.६७ |
४ | ४ | शिवराज(४,५) | ८१४१ | १०.७४ |
५ | ५ | शिवराज(६,१०) | १५५६६ | ८.४५ |
६ | ६ | शिवराज(७,८) | ७४०० | १६.५९ |
७ | ७ | शिवराज(१३) | ४०८० | ८.४८ |
८ | ८ | शिवराज(१२) | ५७४३ | ११.२८ |
९ | ९ | शिवगढी(१-९) | ७०१२ | ७२.४६ |
१० | १० | लालपुर(१-९) | ४५७३ | ७.२७ |
११ | ११ | थुनिया(१-९) | ७६९३ | ११.६७ |
जम्मा | ८४८१० | २८४.०७ |
शिवराज नगरपालिकाको नक्सा
४. नामः महाराजगंज नगरपालिका
संक्षिप्त परीचयः
महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ ।
कपिलवस्तु जिल्लाको महाराजगञ्ज, बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।
सिमानाः यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेकाे छ ।
केन्द्रः साविक महाराजगंज नगरपा
जनसङ्ख्याः ६४६४५
क्षेत्रफलः११२.२१ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | महराजगंज(१,२,८) | ६७७५ | ७.९६ |
२ | २ | महराजगंज(३-५) | ६९९३ | ९.२ |
३ | ३ | महराजगंज(६,७,९) | ४९०८ | ९.०१ |
४ | ४ | बरइपुर(१-९) | ३७१५ | ९.१२ |
५ | ५ | उदयपुर(१-९) | ५१४३ | १०.९८ |
६ | ६ | भलवारी(१-९) | ६११९ | १३.२ |
७ | ७ | कुशवाह(१-९) | ५७४२ | ९.८६ |
८ | ८ | कजरह्वा(१-९) | ५७२५ | १०.८ |
९ | ९ | शिसवा(१-९) | ८३८६ | ११.६४ |
१० | १० | हर्दौना(१-९) | ५६४३ | ८.६८ |
११ | ११ | बलरामपुर(१-९) | ५४९६ | ११.७६ |
जम्मा | ६४६४५ | ११२.२१ |
महाराजगंज नगरपालिकाको नक्सा
५. नामः कृष्णनगर नगरपालिका
संक्षिप्त परिचयः
कृष्णनगर नगरपालिका सामुद्रिक सतह देखि ९४ मिटर देखि ११७ मिटर सम्मको उचाइमा अवस्थित रहेको छ| भौगोलिक अवस्थितिका हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अकक्षांश र८२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ|
नगरपालिकाको नामाकरणको सन्दर्भमा यस क्षेत्रमा झंडे खाँ नामक व्यक्तिले बस्ति बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो| कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उँहाकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उँहा कै नामबाट नै त्यस बस्त्को नाम कृष्णनगर रहन गएको |
तत्यकालिन ३ वटा गा.वि.स. कृष्णनगर,शिवनगर र सिर्सिहवा गरि कृष्णनगर नगरपालिका स्थापना भएको २०७० सालमा र २०७४ सालमा आएर थप ७ वटा गा.वि.हरु भिल्मी,पुर्षोत्तमपुर,अजिगरा,बहादुरगंज,विद्यानगर,रामनगर र भगवानपुर सहित १० वटा गा.वि.स. मिलेर अहिले कृष्णनगर नगरपालिका बनेको छ|
सिमानाः यस नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका,दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ| नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पुर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थीत रहेको छ|
केन्द्रः साविक कृष्णनगर नगरपा
जनसङ्ख्याः ७०१११
क्षेत्रफलः ९६.६६ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कृष्णनगर(१-३) | ७५३७ | १२.४८ |
२ | २ | कृष्णनगर(४-६) | ६००१ | ०.९१ |
३ | ३ | कृष्णनगर(७,८) | ४७१४ | २.३८ |
४ | ४ | कृष्णनगर(९-११) | ४५१९ | ६.८८ |
५ | ५ | पुरुषोत्तमपुर(१-९) | ३५८१ | ६.३ |
६ | ६ | भिल्मी(१-९) | ५२३७ | ८.३३ |
७ | ७ | अजिगरा(१-९) | ६३१६ | ९.५४ |
८ | ८ | बहादुरगंज(२,६-९) | ८२७६ | ९.२ |
९ | ९ | बहादुरगंज(१,३-५) | ६४७० | १०.७९ |
१० | १० | विद्यानगर(१-९) | ५७७८ | ७.५३ |
११ | ११ | रामनगर(१-९) | ४९४३ | ७.५४ |
१२ | १२ | भगवानपुर(१-९) | ६७३९ | १४.७८ |
जम्मा | ७०१११ | ९६.६६ |
कृष्णनगर नगरपालिकाको नक्सा
६. नामः बाणगंगा नगरपालिका
संक्षिप्त परीचयः
बाणगङ्गा नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकिय र व्यापारिक दृष्टिकोणले सामरिक महत्व बोकेको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री ३५ मिनेट उत्तरी अक्षाश देखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षाश र ८३ डिग्री ०३ मिनेट पुर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पुर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ ।
कपिलवस्तु जिल्लाका साविक गा.वि.स हरु बाणगङ्गा, हथौसा, पटना, गजेहडा ,कोपवा, मोतिपुर र भलवाडलाई मिलाई नेपाल सरकारले २०७३/८/१६ मन्त्री परिषदको निर्णय बमोजिम बाणगङ्गा नगरपालिका घोषणा गरेको छ । मुख्यत बाणगङ्गा नदिको सिचित क्षेत्र भएकै कारण यस नगरपालिकाको नामाकरण बाणगङ्गा नगरपालिका हुन पनि स्वाभाविक र न्यायोचित देखिन्छ ।
प्राचिन भागिरथी नदिको प्रतिक मानिएको यो बाणगङ्गा नदिको ऐतिहासिक , धार्मिक तथा पर्यटकिय महत्व रहेको छ । भगवान रामचन्द्रले बनवासमा रहँदा पानीको समस्यादेखि बाण प्रहार गरि पानीको मुल फुटेर गंगाको रुपमा परिणत भई बाणगङ्गा नदिको नामाकरण भएको बुझिन्छ।
बाणगङ्गा नगरपालिका एक पावन भूमि जहाँ शाक्य दर्शनका प्रणेता महर्षी कपिलमुनिको तपोभूमि, श्रृङ्गिघाट ,मधुवनधाम, लक्ष्मणघाट, वर्गद्धीघाट आदि पवित्र तिर्थस्थलको सँगम रहेको यो नदि र यसको नामबाट पुकारिने यस नगरपालिकाको महत्व पनि ऐतिहासिक हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
१५८९४ घरधुरी रहेको बाणगङ्गा नगरपालिकाको कुल जनसंख्या ७५२४२ रहेको छ। जसमा महिला ४०३०९ र पुरुष जनसंख्या ३४९३३ छ । यस नगरपालिका भित्र बसोबास गर्ने जातजातिमा थारु ब्राह्मण ,क्षेत्री ,गुरुङ्ग, मगर ,दलित, यादव र मुसलवान लगायतका जातजाति रहेका छन ।
मिश्रीत जातजातिको बसोबास रहेको यस बाणगङ्गा नगरपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि व्यापार उद्योग नोकरी तथा ज्यालादारी आदि रहेको छ। यहाँ मुख्य गरी धान, मकै, गहुँ, तोरी, माछापालन, कुखुरा ,मौरी पालन अन्य पशुपालन लगायतका कृषि तथा पशुजन्य उत्पादनहरु बढी हुने गरेको छ।
सिमानाः यस नगरपालिकाको पूर्व तर्फ कोठीनदि सालझण्डी जंगल रुपन्देहीको रुद्रपुर गा.वि.स पश्चिममा बुद्धभूमि नगरपालिकाको कोइली नदि गोरुसिङ्गेको जंगल उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका र दक्षिणमा कपिलवस्तु नगरपालिकाको निग्लीहवा, जहदी र मायादेवी गाँउपालिकाको पतरिया रहेको छ । बाणगंगा नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि उत्तर तर्फ १५ कि.मी को दुरीमा अवस्थित रहेको छ।
केन्द्रः साविक बाणगंगा नगरपालि
जनसङ्ख्याः ९६७१४
क्षेत्रफलः २३३.६८ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाणगंगा(१) | ८५४४ | ५.७७ |
२ | २ | बाणगंगा(२,३) | १०३७० | ३०.१९ |
३ | ३ | बाणगंगा(८,९) | ६७८१ | १०.५७ |
४ | ४ | बाणगंगा(१०) | १०४२२ | १०.४३ |
५ | ५ | बाणगंगा(११) | ६५९३ | १०.३ |
६ | ६ | बाणगंगा(१२) | ५६०८ | ८.२१ |
७ | ७ | बाणगंगा(१३) | ७७८० | ७.०६ |
८ | ८ | बाणगंगा(१४,१५) | १३२४३ | ३४.९१ |
९ | ९ | बाणगंगा(१६,१७) | ६७६२ | ६१.१३ |
१० | १० | बाणगंगा(४,५) | १००२४ | ३६.४३ |
११ | ११ | बाणगंगा(६,७) | १०५८७ | १८.६८ |
जम्मा | ९६७१४ | २३३.६८ |
बाणगंगा नगरपालिकाको नक्सा
७. नामः मायादेवी गाउँपालिका
संक्षिप्त परीचयः
केन्द्रः साविक पकडी गा.वि.स.को
जनसङ्ख्याः ५५९७२
क्षेत्रफलः ८८.५३ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पकडी(१-९) | ९४६२ | १३.३ |
२ | २ | अभिराव(१-९) | ८१३४ | ९.४४ |
३ | ३ | फुलिका(१-९) | ८१७२ | १४.६७ |
४ | ४ | पिपरा(१-९) | ५३६८ | ७.२८ |
५ | ५ | बलुह्वा(१-९) | ६१८१ | १०.७४ |
६ | ६ | डुमरा(१-९) | ५८०५ | १०.८५ |
७ | ७ | हरनामपुर(१-९) | ५८२४ | १०.०४ |
८ | ८ | बिजुवा(१-९) | ७०२६ | १२.२१ |
जम्मा | ५५९७२ | ८८.५३ |
मायादेवी गाउँपालिकाको नक्सा
८. नामः यसोधरा गाउँपालिका
संक्षिप्त परीचयः कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका एक महत्वपुर्ण गाउँपालिका हो । यशोधरा गाउँपालिका कपिलवस्तुको जिल्लाको माध्य दक्षिणमा अवस्थित छ । यो गाउँपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा ब्राहमण मुस्लिम कुर्मी यादवपासी कलवार चमार मल्लाह धोबी गुप्त लगायतका जातजातीहरुको बहुल्यता रहेको छ ।
कपिलवस्तु जिल्लाको साविक गा.वि.स. तितिर्खी गौरी बसंन्तपुर परसोहिया बैदौली रंगपुर सोमडिह र सिहोखोर संमायोजन भई बनेको गाउँपालिका हो । यसको कुल क्षेत्रफल ६७७५ वर्ग किमी जनसंख्या ३८९५२ र केन्द्र बैदौली कपिलवस्तु रहेको छ ।
यस गाउँपालिकाको उत्तरमा अवस्थित गौतम बुद्धको पवित्र स्थल कुदान(लोरिक कुदान) जुन बौधधर्मालम्बीहरुको पर्टयकिय दृश्टीकोणले महत्तवपूर्ण दिएकाे छ साथै यसको पूर्वमा सिसहनीयाकोट एतिहासिक स्थलको दृश्टीकोणले महत्तवपूर्ण रहेको छ ।
सिमानाः यस गाउँपालिकाको पुर्वमा मायादेवी गाउँपालिका पश्चिममा महराजगंज नगरपालिका रहेकाछ भने उत्तरमा कपिलवस्तु नगरपालिका छ र दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ ।
केन्द्रः साविक बैदौली गा.वि.स.
जनसङ्ख्याः ४४९००
क्षेत्रफलः ६७.५६ (वर्ग कि.मि.)
वडा संख्याः ८
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | तितिर्खी(१-९) | ५५३५ | १०.१८ |
२ | २ | गौरी(१-९) | ५१२३ | ६.७९ |
३ | ३ | बसन्तपुर(१-९) | ३९५५ | ५.३८ |
४ | ४ | पर्सोहिया(१-९) | ४८५५ | ४.९८ |
५ | ५ | बैदौली(१-९) | ६५४४ | ११.५३ |
६ | ६ | रंगपुर(१-९) | ५९४३ | ९.१३ |
७ | ७ | सोमदिह(१-९) | ६६६२ | ९.५३ |
८ | ८ | सिंहखोर(१-९) | ६२८३ | १०.०४ |
जम्मा | ४४९०० | ६७.५६ |
यसोधरा गाउँपालिकाको नक्सा
९. नामः शुध्दोदन गाउँपालिका
संक्षिप्त परीचयः
गौतम बुद्धका पिता कपिलवस्तुका तत्कालिन राजा शुद्धोधनको नामबाट नामाकरण गरिएको शुद्धोधन गाउँपालिका कपिलवस्तु जिल्लाको पूर्वी भागमा अवस्थित छ |नेपालको पुनसरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका ६ गाउँ विकास समितिहरु पतरिया,नन्दनगर,लवनी,हथिहवा र बासखोरलाई मिलाएर यस गाउँपालिकाको स्थापनाभएको हो |
यो गाउँपालिका एतिहासिक तथा आर्थिक हिसावले परापुर्व काल देखि नै एक महत्वपूर्णविशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ | बुद्धको जन्मस्थल लुम्बिनी र प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जोड्ने राजमार्गको बिचमा रहेको यस गाउँपालिकाको भूभाग समथर तथा उब्जाउ छ |
सिमानाः यस गाउँपालिकाको पूर्वमा रुपन्देही जिल्ला,पशचिममा माया देवी गाउँपालिका ,उत्तरमा बाणगंगा नगरपालिका तथा दक्षिणमा भारत रहेको छ | यस गाउँपालिकाको क्षेत्रफ़ल ९१.९९ वर्ग किलोमिटर छ |
केन्द्रः साविक लबनी गा.वि.स.को
जनसङ्ख्याः ५२८६१
क्षेत्रफलः ९१.६९ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पतरिया(१-९) | १००२७ | १५.१३ |
२ | २ | नन्दनगर(१-९) | ८३७६ | १५.०९ |
३ | ३ | लबनी(१-९) | ८८६० | १२.५३ |
४ | ४ | पिठुवा(१-९) | ५२८१ | ९.६८ |
५ | ५ | हथिहवा(१-९) | ९३९१ | १७.४६ |
६ | ६ | बासखोर(१-९) | १०९२६ | २१.८ |
जम्मा | ५२८६१ | ९१.६९ |
सुद्धोधन गाउँपालिकाको नक्सा
१०. नामः विजयनगर गाउँ
संक्षीप्त परीचयः विजयनगर गाउँपालिका लुम्बिनी प्रदेश को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो ।
यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ। विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन्।
सिमानाः यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाँङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिमा कृष्णनगर नगरपालिका रहेको छन् ।
केन्द्रः साविक खुरहुरिया गा.वि
जनसङ्ख्याः ४३२९१
क्षेत्रफलः १७३.१९ (वर्ग कि.मि.)
वडा संख्याः ७
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | गुगौली(१-३) | ५५१३ | ९२.८३ |
२ | २ | गुगौली(४-९) | ६६०२ | १६.३३ |
३ | ३ | पत्थरदेइय(१-५) | ७३१६ | १६.४३ |
४ | ४ | पत्थरदेइय(६-९) | ५८१७ | ९.४८ |
५ | ५ | खुरहुरिया(१-३,५,९) | ५६९४ | १३.३५ |
६ | ६ | खुरहुरिया(४,६-८) | ५१३४ | १०.०५ |
७ | ७ | गणेशपुर(१-९) | ७२१५ | १४.७२ |
जम्मा | ४३२९१ | १७३.१९ |
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति कपिलवस्तु र जिल्ला प्रशासन कार्यालय कपिलवस्तु। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । कपिलवस्तु जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।