कञ्चनपुर जिल्लाको परिचय
कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा समावेश रहेको थियो । सन् १८१४ देखि १८१५ सम्म अंग्रेजसँग भएको युद्धपछि सन् १८१६ मा गरिएको सुगौली सन्धिबाट काली नदी पश्चिमको सम्पूर्ण भू–भागसँगै तरार्ईको कञ्चनपुर पनि इस्ट इण्डियामा गाभिएको थियो ।
सन् १८६० को प्रत्यावर्तन सन्धि भएपछि कैलाली, कञ्चनपुर, बाँंके र बर्दियासम्मको तरार्ई भूखण्ड नयाँ मुलुकको रुपमा नेपाललाई प्राप्त भएको थियो । नेपालमा आवद्ध भइसकेपछि मात्र कैलाली र कञ्चनपुर छुट्टाछुट्टै जिल्ला बन्न पुगेका हुन् । कञ्चनपुर नयाँ जिल्लाको रुपमा स्थापित हुँदा यसको सदरमुकाम हालको बेलौरी नगरपालिकाको बेलौरी बजारमा रहेको र सोही बेलौरी नजिकको कञ्ज नामक ग्रामबाट कञ्चनपुर जिल्लाको नामकरण हुन गएको भन्ने इतिहासका अध्येताहरुको भनाई रहेकोपाइन्छ । यस जिल्लाको हालको सदरमुकाम २०१९ सालपछि कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरमा सारिएको थियो ।

कञ्चनपुर जिल्लाको भौगोलिक अवस्थिती
भौगोलिक विभाजनको आधारमा यस जिल्लालाई चुरे भूभाग भावरको भूभाग र तराईको मैदान गरी ३ भागमा विभाजन गरी हेर्न सकिन्छ । महाकाली , जोगबुढा, चौधर, मोहना, स्याली, बनारा, डोडा, सोनवरा नदीहरु यस जिल्ला भएर बग्ने प्रमुख नदीहरु हुन । महाकाली बाहेक अन्य सबै नदिहरुको मुहान महाभारत पर्वत श्रृङ्खला र चुरे पर्वत श्रृङ्खला रहेका छन् । यस जिल्लाको पूर्वमा कैलाली, पश्चिम तथा दक्षिणमा भारत र उत्तरमा डडेलधुरा जिल्ला पर्दछ ।

यो जिल्ला २८० ३२’ उत्तरीदेखि २९० २८’ उत्तरी अक्षांश र ८०० ३’ पूर्वदेखि ८०० ३३’ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको क्षेत्रफल १,६१० वर्ग कि.मि.मध्ये ३७ प्रतिशत भूभाग खेतीयोग्य, ५५ प्रतिशत भूभाग वन जंगल र ८ प्रतिशत भूभाग खोलानालाले ओगटेको छ । भूतलीय उचाईको हिसाबले हेर्दा यो जिल्ला समुद्री सतहदेखि दक्षिणमा १६० मिटरदेखि उत्तरमा १,५२८ मिटर सम्मको उचाईमा अवस्थित छ । जिल्लाको पूर्व पश्चिम औसत लम्बाई ४४ कि.मि. र उत्तर – दक्षिण औसत चौडाइ ३४ कि.मि. रहेको छ ।

कञ्चनपुर जिल्लामा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रहरू
कंचनपुर जिल्ला प्राकृतिक सुन्दरताले सजिएको जल्ला हो। हिन्दुहरुको पवित्र एवं प्रशिद्ध विष्णु मन्दिर, शिवधाम मन्दिर, घटालबाबा मन्दिर, ब्रहमदेव सिद्धनाथ मन्दिर, बैजनाथ मन्दिर, निङ्लासैनी भगवती मन्दिर, कोटीहोम क्षेत्र लगायत विभिन्न मठमन्दिर, पाटी-पौवा, स्तम्भहरु एवं शुक्लाफाँटा आरक्ष, बेदकोट ताल, झिलमिला ताल, महेन्द्रपार्क, कालीकिँच ताल जस्ता पर्यटकीय क्षत्र रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालका साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ।

कञ्चनपुर जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ३ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ६ रहेको छ।
कञ्चनपुर जिल्लाको नक्सा
कञ्चनपुर जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार कञ्चनपुर जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ७ नगरपालिका र २ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
क्र.सं. | स्थानीय तहको नाम | समावेश गाविस / नगरपालिका | वडा संख्या |
---|---|---|---|
१ | भीमदत्त नगरपालिका | भिमदत्त नगरपालिका | १९ |
२ | पुर्नवास नगरपालिका | पुनर्वास नगरपालिका, बाइसेबिचुवा (५-९) गा.वि.स | ११ |
३ | वेदकोट नगरपालिका | बेदकोट नगरपालिका | १० |
४ | दोधारा चादँनी नगरपालिका | दोधरा चाँदनी नगरपालिका | १० |
५ | शुक्लाफाँटा नगरपालिका | देखतभुली गा.वि.स. (४,६) र झलारी पिपलाडी नगरपालिका | १२ |
६ | बेलौरी नगरपालिका | बेलौरी नगरपालिका | १० |
७ | कृष्णपुर नगरपालिका | कृष्णपुर नगरपालिका देखतभुली (९), रैकवार विचवा गा.वि.स. | ९ |
८ | बेलडाडी गाउँपालिका | बेलडाँडी नगरपालिका | ५ |
९ | लालझाडी गाउँपालिका | बाइसे विचवा (१-४), शंकरपुर, देखतभुली (१-३,७-८) | ६ |
जम्मा | ९२ |
१. नामः भीमदत्त नगरपालिका
वि.सं. २०३४ सालमा भूजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पुर्ण भू-भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको तत्कालीन महेन्द्रनगर पञ्चायत, वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मान स्वरुप) भीमदत्त नगरपालिका नामाकरण गरियो । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा नेपाल सरकारले वि.सं. २०७३ चैत्र देखि भीमदत्त नगरपालिकाका साविकका वडालाई कायम गरी स्थानीय सरकारको रुपमा कार्य गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लामा यो नगरपालिका अवस्थित छ । यस भीमदत्त नगरपालिकामा १९ वडा कायम रहेका छन् । वि.सं. २०७४ साल देखि यस नगरपालिकाले सार्वजनिक सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्यले सबै वडाहरुमा वडा कार्यालय स्थापना गरि प्रभावकारी रुपमा कार्य गरिरहेको छ ।
भीमदत्त नगरपालिका २८०५२’ देखि २९००८’ उत्तरी अक्षांश र ८०००६’ देखि ८००१५.५’ पूर्वी देशान्तर सम्म १७१.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।समुद्री सतहबाट १०० मिटर देखि १००० मिटर सम्म उचाइमा अवस्थित यो नगरपालिका तराईको नगरपालिका भएकाले यहाँको हावापानी उष्ण तथा उपोष्ण प्रकारको छ । नगरपालिका क्षेत्रको अधिकतम तापक्रम गर्मी याममा ४३० सेल्सियस देखि जाडो याममा न्युनतम ६.९६० सेल्सियस सम्म रेकर्ड गरिएको छ । यहाँ वार्षिक सरदर १५७५ मि.मि. सम्म वर्षा हुने गर्दछ । यस नगरपालिकाको अधिकांश भू – धरातल समतल रहेको पाइन्छ । उत्तरी सीमा तर्फको जमिन भने समुद्र सतहबाट करिब १००० मिटर सम्मको उचाई रहेको हुनाले अधिकांश भू-भाग उत्तरबाट दक्षिणतर्फ पानीको बहाव हुने समतल किसिमको पाइन्छ ।
केन्द्रः साविक भीमदत्त नगरपालि
जनसङ्ख्याः १२२३२० (२०७८ अनुसार)
क्षेत्रफलः १७१.८२ (वर्ग कि.मि.)
वडा संख्याः १९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | भिमदत्त(१) | ३९६५ | ६.१८ |
२ | २ | भिमदत्त(२) | ७९८२ | ८.६८ |
३ | ३ | भिमदत्त(३) | ७४८४ | १९.६१ |
४ | ४ | भिमदत्त(४) | ६२८२ | २.८९ |
५ | ५ | भिमदत्त(५) | ५५९४ | ३.३९ |
६ | ६ | भिमदत्त(६) | १०२६३ | ४.४ |
७ | ७ | भिमदत्त(७) | ५५५१ | ४.०४ |
८ | ८ | भिमदत्त(८) | ५२२८ | ७.४१ |
९ | ९ | भिमदत्त(९) | ८१९८ | ४४.८५ |
१० | १० | भिमदत्त(१०) | ११२०२ | २२.०६ |
११ | ११ | भिमदत्त(११) | ४२५० | ६.४९ |
१२ | १२ | भिमदत्त(१२) | ३५८० | ६.१ |
१३ | १३ | भिमदत्त(१३) | ५३९१ | ६.३९ |
१४ | १४ | भिमदत्त(१४) | ३१३३ | ३.६ |
१५ | १५ | भिमदत्त(१५) | ४६३५ | ४.१३ |
१६ | १६ | भिमदत्त(१६) | ३२२८ | ३.८६ |
१७ | १७ | भिमदत्त(१७) | २१८४ | २.८५ |
१८ | १८ | भिमदत्त(१८) | १९१६९ | ७.७१ |
१९ | १९ | भिमदत्त(१९) | ५००१ | ७.१८ |
जम्मा | १२२३२० | १७१.८२ |
भीमदत्त नगरपालिकाको नक्सा
२. नामः पुनर्वास नगरपालि
कंचनपुर जिल्लाको दक्षिण-पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो|जिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।
केन्द्रः साविक पुनर्वास नगरपा
जनसङ्ख्याः ६१७४८ (२०७८ अनुसार)
क्षेत्रफलः १०३.७ (वर्ग कि.मि.)
वडा संख्याः ११
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | पुनर्वास(१४,१५) | ७६२३ | १५.४ |
२ | २ | पुनर्वास(११,१३) | ६६४३ | ६.३५ |
३ | ३ | पुनर्वास(१२) | २३३८ | ३.७२ |
४ | ४ | पुनर्वास(८) | ४४३९ | ४.४७ |
५ | ५ | पुनर्वास(९,१०) | ७०४८ | ९.३ |
६ | ६ | पुनर्वास(६,७) | ५४८४ | ५.८४ |
७ | ७ | पुनर्वास(५) | ३३०४ | १२.३८ |
८ | ८ | पुनर्वास(२,४) | ४९२३ | १२.०१ |
९ | ९ | पुनर्वास(१,३) | ७२८९ | १३.७३ |
१० | १० | बाइसे विचवा(५,६) | ६५२७ | ७.२३ |
११ | ११ | बाइसे विचवा(७-९) | ६१३० | १३.२७ |
जम्मा | ६१७४८ | १०३.७ |
पुर्नवास नगरपालिकाको नक्सा
३. नामः बेदकोट नगरपालिका
नेपालको सुदूर पश्चिचम प्रदेश अन्तरगत महाकाली अञ्चल, कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर स्थित भिमदत्त नगरपालिकाको पूर्वी सिमाना संग जोडिएको सुडा गा.वि.स. र दैजी गा.वि.स.को कुल क्षेत्र भित्र पर्ने सम्पूर्ण क्षेत्र प्रस्तावित बेदकोट नगरपालिका हो । कञ्चनपुर जिल्लाको सदरमुकाम देखि ३ कि.मि.१३ कि.मि. पूर्व सम्म रहेको र महेन्द्र राजमार्ग तथा जोगबुढा डडेल्धुरा सडक समेत रहेको नगर उन्मुख क्षेत्रको रुपमा विकासशिल क्षेत्र हो । यस नगरपालिकाको सिमाना अन्तरगत पूर्व तर्फ शुक्लाफाटा वन्यजन्तु आरक्ष अर्जुनी पोष्ट(झलारी पिपलाडी न.पा.), पश्चिम तर्फ भिमदत्त नगरपालिका, उत्तर तर्फ चुरे श्रृंखला (डडेल्धुरा जिल्ला) तथा दक्षिण तर्फ शुक्लाफांटा आरक्ष रहेको छ भने यसको कुल क्षेत्रफल सुडा गा.वि.स.को ५८.५ वर्ग कि.मि.तथा दैजी गा.वि.स.को १०० वर्ग कि.मि. गरी जम्मा १५८.५ वर्ग कि.मि. रहेको छ । यस नगरपालिका अन्तरगत २८.३२ मिनेट उत्तर देखी २९.०८ मिनेट उत्तरी अक्षांश र ८०.०३ मिनेट पश्चिम देखी ८०.३३ मिनेट पश्चिमी देशान्तर सम्म फैलिएको छ ।
यस न.पा. भित्र शैक्षिक विकास, खानेपानी, स्वास्थ्य, संचार, कृषि, यातायात तथा विधुतका साथै चार वटा कृषि सम्बन्धि क्षेत्रीय कार्यालय आदिको विकास भईरहेको र आैधोगिक क्षेत्रको समेत पहल भईरहेको छ । यस नगर पालिकाको उत्तरी भेकमा रहेको चुरे श्रृंखलाको मध्यमा रहेको विशाल, स्वच्छ एवं सुन्दर बेदकोट ताल, वण्ड ताल, सिद्ध सरोवर, बैद्यनाथ धाम, बृद्धाश्रम, शिवलिङ्गाकृती भम्केश्वर महादेव स्थान लगायतका सम्पदाहरुलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गरिएमा विकासको मुख्य स्रोत बन्न सक्ने प्रवल सम्भावना रहेको र यस क्षेत्रमा रहेका हराभरा वन जंगलले प्रकृतिक सुन्दरता र वातावरणीय स्वच्छता दिनुका साथै वन पैदावारको सदुपयोगिता भएमा स्रोतको आधार बन्न सक्दछ । विविध धार्मिक, सांस्कृतिक, भेषभुसा रहेको यस न.पा.मा मिश्रित वस्तीहरु रहेको र राजमार्ग सहित मुख्य सडकहरु संगै बजार एवं घनावस्तीको विकासका संगसंगै ग्रामिणबाट नगर तर्फ उन्मुख भई व्यवस्थित शहरीकरण गर्न यस क्षेत्रको बृहत्तर हितका लागि नगरपालिका गठन समय सापेक्ष आवश्यक रहेको छ ।
केन्द्रः साविक बेदकोट नगरपालि
जनसङ्ख्याः ५७६८० (२०७८ अनुसार)
क्षेत्रफलः १५९.९२ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बेदकोट(१) | ४११९ | १२.८१ |
२ | २ | बेदकोट(२) | ४५१६ | १०.१५ |
३ | ३ | बेदकोट(३,१३) | ७७१२ | १८.६१ |
४ | ४ | बेदकोट(४) | ५३९९ | ३६.७५ |
५ | ५ | बेदकोट(५) | ६१९० | १८.५५ |
६ | ६ | बेदकोट(६) | ४७७४ | ३३.०९ |
७ | ७ | बेदकोट(७,९) | ८३८५ | ८.३४ |
८ | ८ | बेदकोट(८) | ४१४० | ५.३६ |
९ | ९ | बेदकोट(१०) | ४९७३ | ५.७ |
१० | १० | बेदकोट(११,१२) | ७४७२ | १०.५६ |
जम्मा | ५७६८० | १५९.९२ |
वेदकोट नगरपालिकाको नक्सा
४. नामः माहाकाली नगरपालिका (दोधारा चाँदनी न
माहाकाली नगरपालिका नेपालको ७ नं प्रदेश अन्तर्गत कञ्चनपुर जिल्ला मा पर्दछ । यो नगरपालिका नेपालको महाकाली नदी भन्दा पारी रहेका २ मात्र साविकका चाँदनी र दोधारा गा.वि.स. समावेश गरि स्थापना भएकोहो । मिती २०७१ पौष २८ गते नेपाल सरकारको निर्णय अनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको थियो । मिती २०७३ फाल्गुन २२ को निर्णय अनुसार नगरपालिकाको नाम परिवर्तन गरि माहाकाली नगरपालिका नामाकरण गरि १० वडा कायम गरिएको छ ।
यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएकोछ । त्यसैगरी ५६.८४ वर्ग.कि.मी.क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिका र शुक्लाफाँट बन्यजन्तु आरक्ष रहेका छन्। माहाकाली नगरपालिकाको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ । यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यामिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरु संचालित छन्।
यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।
केन्द्रः साविक दोधारा चाँदनी न
जनसङ्ख्याः ४२९७४ (२०७८ अनुसार)
क्षेत्रफलः ५६.८४ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | दोधारा चाँदनी(१) | ५११८ | १३.५६ |
२ | २ | दोधारा चाँदनी(२) | ४१७४ | ४.०८ |
३ | ३ | दोधारा चाँदनी(३) | ५०५४ | ७.३२ |
४ | ४ | दोधारा चाँदनी(४) | ४७१८ | ३.७१ |
५ | ५ | दोधारा चाँदनी(५) | २५३० | ३.४४ |
६ | ६ | दोधारा चाँदनी(६) | ३९७३ | ३.७३ |
७ | ७ | दोधारा चाँदनी(७) | ५७४९ | ७.६ |
८ | ८ | दोधारा चाँदनी(८) | ३५५९ | ४.२१ |
९ | ९ | दोधारा चाँदनी(९) | ३९८५ | ४.०४ |
१० | १० | दोधारा चाँदनी(१०) | ४११४ | ५.१५ |
जम्मा | ४२९७४ | ५६.८४ |
दोधारा चादँनी नगरपालिकाको नक्सा
पालको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा पर्ने यो नगर पालिका नेपाल सरकारको मिति २०७१।०८।१६ गतेको निर्णयानुशार देशभरी गठन भएका ६१ नगरपालिकाहरु मध्ये एक नगरपालिका हो । यस क्षेत्रमा नगरपालिका हुन पुर्व झलारी, पिपलाडी र देखतभुलीका वडा न ६,४ गरी तिन वटा गा.वि.स थिए र ती तिन वटा गा.वि.सका वडाहरु समायोजन भै शुक्लाफाँटा नगरपालिका बनाईएको हो ।
नेपाल सरकारको मन्त्रीपरिसदको मिति २०७३/११/०९ निर्णयबाट स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको अादेश २०७३ अनुसार यो शुक्लाफाँटा नगरपालिकामा जम्मा १२ वटा वडा मिलेर बनेको छ । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २० कि.मि टाढा पश्चिम तर्फ रहेको यस नगरपालिकाले आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस नगरपलिकाक्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।
कन्चनपुर जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत मध्यविन्दुमा रहेको १६२.५७ वर्ग किमि. क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा नगरपालिका अन्तरगत ४६८३४ जनसख्या रहेको छ । यस नगरपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस नगरपलिकाको पुर्वमा कृष्णपुर नगरपालिका, पश्चिममा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र वेदकोट नगरपालिका , उत्तरमा डडेल्धराको चुरे पर्वत र दक्षिणमा लालझाडी गा.पा र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ । यस नगरपालिकाको अधिकतम तापक्रम ३८ डिग्रि र न्युनतम तापक्रम ९ डिग्रि रहको पाईन्छ ।
केन्द्रः साविक झलारी पिपलाडी न
जनसङ्ख्याः ५३९६९ (२०७८ अनुसार)
क्षेत्रफलः १६२.५७ (वर्ग कि.मि.)
वडा संख्याः १२
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | झलारी पिपलाडी(१) | ५५५९ | ११.३२ |
२ | २ | झलारी पिपलाडी(२) | २१८९ | ७.५८ |
३ | ३ | झलारी पिपलाडी(३) | २३७४ | ३.७२ |
४ | ४ | झलारी पिपलाडी(४) | ३७२५ | ४.८७ |
५ | ५ | झलारी पिपलाडी(५) | ५५७५ | ५.८२ |
६ | ६ | झलारी पिपलाडी(६) | २१९१ | २.७५ |
७ | ७ | झलारी पिपलाडी(७) | ५७६२ | ३२.८४ |
८ | ८ | झलारी पिपलाडी(८) | ६१७६ | ४८.७ |
९ | ९ | झलारी पिपलाडी(९) | २७४८ | ५.९९ |
१० | १० | झलारी पिपलाडी(१०) | ५११८ | ५.५२ |
११ | ११ | झलारी पिपलाडी(११) | ७२९२ | १८.५ |
१२ | १२ | देखतभुली(४,६) | ५२६० | १४.९६ |
जम्मा | ५३९६९ | १६२.५७ |
६. नामः बेलौरी नगरपालिका
संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अनुसार कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । विगतको प्रशासनिक विभाजन अनुसार सेती र महाकाली अन्चल अन्र्तगतका ९ जिल्ला रहेको यो प्रदेशको कञ्चनपुर जिल्ला महाकाली अञ्चलमा पर्ने तराइको जिल्ला हो । राज्य पुर्नसंरचना अनुसार यस जिल्लामा ९ स्थानीय तह रहेका छन जसमा ७ नगरपालिका र २ गाँउपालिका रहेका छन । यस जिल्ला अन्तर्गतका ७ नगरपालिका मध्ये बेलौरी नगरपालिका एक हो ।
कञ्चनपुर जिल्लाको दक्षिणी भागमा अवस्थित यो नगरपालिका कञ्चनपुरको प्रथम सदरमुकाम पनि हो । बेलौरी नगरपालिका वि.स. २०७१|०१|२५ मा श्रीपुर, रामपुर विलासिपुर र लक्ष्मीपुर गा.वि.स समावेश गरि नेपाल सरकार द्वारा स्थापित गरिएको हो । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो ।
केन्द्रः साविक बेलौरी नगरपालि
जनसङ्ख्याः ५३९१० (२०७८ अनुसार)
क्षेत्रफलः १२३.३७ (वर्ग कि.मि.)
वडा संख्याः १०
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बेलौरी(१) | ३१२५ | ६.११ |
२ | २ | बेलौरी(२,३) | ५६२८ | १७.१९ |
३ | ३ | बेलौरी(४) | ४५०१ | ५.५८ |
४ | ४ | बेलौरी(६) | ५५७० | ६.९२ |
५ | ५ | बेलौरी(७) | ६२१५ | १८.२६ |
६ | ६ | बेलौरी(५,८) | ६७९४ | १५.१७ |
७ | ७ | बेलौरी(९) | ३५६५ | १५.२१ |
८ | ८ | बेलौरी(१०,११) | ५९२७ | १५.३६ |
९ | ९ | बेलौरी(१२,१५) | ५८२३ | ७.९७ |
१० | १० | बेलौरी(१३,१४) | ६७६२ | १५.६ |
जम्मा | ५३९१० | १२३.३७ |
बेलौरी नगरपालिकाको नक्सा
७. नामः कृष्णपुर नगरपालि
कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर नगरपालिका नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो ।
केन्द्रः साविक कृष्णपुर नगरपा
जनसङ्ख्याः ७१५०० (२०७८ अनुसार)
क्षेत्रफलः २५२.७४ (वर्ग कि.मि.)
वडा संख्याः ९
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | कृष्णपुर(१) | ९२४० | ७२.१२ |
२ | २ | कृष्णपुर(२) | १२३६२ | १७.७५ |
३ | ३ | देखतभुली(९) | ३४६६ | ५.८ |
४ | ४ | कृष्णपुर(३,४) | ११२४१ | ५७.४२ |
५ | ५ | कृष्णपुर(५,६) | ९४९२ | ९.३८ |
६ | ६ | कृष्णपुर(७-९) | ५९७८ | ९.४१ |
७ | ७ | रैकवार विचवा(३-५) | ८५६० | २१.९ |
८ | ८ | रैकवार विचवा(१,२,६) | ४४३८ | २८.०८ |
९ | ९ | रैकवार विचवा(७-९) | ६७२३ | ३०.८८ |
जम्मा | ७१५०० | २५२.७४ |
कृष्णपुर नगरपालिकाको नक्सा
८. नामः बेलडाँडी गाउँपा
नेपालको सूदुर पश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा पर्ने बेलडाँडी गाउँपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन गरिएका ७५३ स्थानिय तहहरु मध्येको एउटा हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित यो गाउंपालिका साविक रौतेली विचवा गा.वि.स.का ७ ८ र ९ वडाहरु,साविक बेलडाँडी गा.वि.स.का पुरै (१–९) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो ।
यस गाउंपालिकामा जम्मा ५ वटा वडाहरु रहेका छन । जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि २९ कि.मि टाढा दक्षिण तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र वर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । पहिले यो डाँडामा बेलका रुखहरुको जंगल रहेकोले सोहि जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।
यस गाउँपालिकाको कुल क्षेत्रफल ३६.५४ वर्ग कि मी रहेको छ । बेलडाँडी गाउँपालिका कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र न. १ मा पर्दछ तथा ईलाका न. २ मा पर्दछ । बेलडाँडी गाउँपालिका २८.४६ उत्तरी अक्षांस तथा ८०.१६ पूर्वी देशान्तरमा अवस्थित रहेको छ । समुन्द्र सतह देखि २८० मिटर देखि ५०० मिटर उचाईमा रहेको यस गाउँपालिकामा उपोष्ण हावापानी भएको पाइन्छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पूर्वमा बेलौरी नगरपालिका र पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ । बेलडाँडी गाउँपालिका अधिकांश समतल भू-भागले बनेको छ ।
कञ्चनपुर जिल्लाको दक्षिण भेगमा अवस्थित ३६.५४ वर्ग कि मी क्षेत्रफलमा फैलिएको बेलडाँडी गाउंपालिकाको भु–आकृति स्वरुप करिब सबै जसो समतल रहेको छ । यस गाउँपालिकाको उत्तर दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुन्ज , पुर्वमा बेलौरी नगर पालिका र भारतको केहि भू-भाग , पश्चिममा भारत को उत्तर प्रदेश को पिलिभित रहेको छ ।
केन्द्रः साविक बेलडाँडी नगरपा
जनसङ्ख्याः २१८८८ (२०७८ अनुसार)
क्षेत्रफलः ३६.७० (वर्ग कि.मि.)
वडा संख्याः ५
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बेलडाँडी(१,४) | ४६९९ | ७.८२ |
२ | २ | बेलडाँडी(२,३,५) | ६८०२ | ८.८३ |
३ | ३ | बेलडाँडी(६,७) | ४६०९ | ५.६३ |
४ | ४ | बेलडाँडी(८) | १८८० | २.४४ |
५ | ५ | बेलडाँडी(९-११) | ३८९८ | ११.९८ |
जम्मा | २१८८८ | ३६.७ |
बेलडाडी गाउँपालिकाको नक्सा
९. नामः लालझाडी गाउँपालि
नेपालको सुदुर पश्चिम प्रदेश अन्र्तगत महाकाली अञ्चल कञ्चनपुर जिल्लामा पर्ने यो लालझाडी गाउंपालिका नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार देशभरी गठन भएका ७५३ स्थानीय तह मध्येको एउटा स्थानीय तह हो । जिल्लाको पुर्वि भेगमा अवस्थित यो गाउंपालिका साविक शंकरपुर गा.वि.स.का पुरै (१–९)वडाहरु,साविक बाइसे बिचवा गा.वि.स.का (१–४) वडाहरु र साविक देखतभुलि गा.वि.स.का (१–३, ५–७ र ८) वडाहरु समायोजन भइ गठन भएको एक गाउंपालिका हो । यस गाउंपालिकामा जम्मा ६ वटा वडाहरु रहेका छन ।
जिल्लाको सदरमुकाम भीमदत्तनगर देखि ४६ कि.मि टाढा पुर्व तर्फ रहेको यस गाउंपालिकाको आफ्नै खालको धार्मिक, राजनैतिक, सामाजिक महत्व र विशेषता रहेको छ । यस गाउंपलिकामा आदिवासी थारु समुदाय र पहाडबाट बसाइसराइ गरी आएका विविध जातजाती,धर्म र बर्णका मानिसहरुको मिश्रित बसोवास रहेको छ । यो गाउंपालिका र कृष्णपुर नगरपालिकाको बिचमा रहेको लालझाडी जंगलको नामबाट यस गाउंपालिकाको नाम रहन गएको हो ।
कञ्चनपुर जिल्लाको पुर्वि भेगमा अवस्थित १५४.६५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको लालझाडी गाउंपालिकाको भु–आकृति स्वरुप करिव सवैजसो समतल रहेको छ । यस गाउंपलिकाको पुर्वमा कृष्णपुर र पुनर्वास नगरपालिका, पश्चिममा शुक्लाफांटा र बेलौरी नगरपालिका , उत्तरमा शुक्लाफांटार कृष्णपुर नगरपालिका र दक्षिणमा बेलौरी र पुनर्वास नगरपालिका रहेको छ ।
केन्द्रः साविक शंकरपुर गा.वि.स
जनसङ्ख्याः २५०३७ (२०७८ अनुसार)
क्षेत्रफलः १५४.६५ (वर्ग कि.मि.)
वडा संख्याः ६
क्र.सं. | नयाँ वडा | समावेश गाविस / नगरपालिका | जनसंख्या | क्षेत्रफल(वर्ग कि.मी.) |
---|---|---|---|---|
१ | १ | बाइसे विचवा(१-४) | ५०३६ | ५३.६४ |
२ | २ | शंकरपुर(१-४) | ३७८६ | २३.६८ |
३ | ३ | शंकरपुर(५-९) | ४०६० | ११.७१ |
४ | ४ | देखतभुली(२,३,७) | ५७८१ | ५५.०९ |
५ | ५ | देखतभुली(८) | ३२३७ | २.८७ |
६ | ६ | देखतभुली(१) | ३१३७ | ७.६६ |
जम्मा | २५०३७ | १५४.६५ |
लालझाडी गाउँपालिकाको नक्सा
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति कञ्चनपुर र जिल्ला प्रशासन कार्यालय कञ्चनपुर। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । कञ्चनपुर जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।