परिचय
भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा “भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा “रहन गएको भन्ने भनाई पनि छ ।
त्यस्तै मल्लकालीन समयमा काठमाण्डौका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा काजी भीम मल्ललाई ओखलढुङ्गामा पठाएका र उनको फौजले पूर्व विजय गर्दै यस ठाउँमा आई यहाँ राज्य चलाइरहेका किरातहरूलाई लखेटी लुटेको धान यहाँको ठूलो ओखल जस्तो ढुंगामा कुटी खाएकाले यस ठाउँको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने जनश्रुति पाइन्छ। उक्त ढुंगाको ओखल हालको ओखलढुङ्गा जिल्ला अन्तर्गत सिध्दिचरण नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित सिध्दिचरण पार्कसँगै अवलोकन गर्न सक्ने गरी सुरक्षित रूपमा राखिएको छ ।ओखलढुंगा जिल्ला युगकवि सिद्धिचरण श्रेष्ठ र नेपालको राष्ट्रगानका रचयिता ब्याकुल माईलाको जन्मभूमि पनि हो ।
समुन्द्री सतह देखि करिव ३ सय ९० मि.(जोतिर्घाट) देखि ३ हजार ६ सय २७ मि.(लाम्जेडांडा) सम्मको उचाईमा अवस्थित यस जिल्ला विश्वमानचित्रमा अक्षांश २७º८’ उत्तरदेखि २७º३२’ उत्तर र देशान्तर ८६º११’ पूर्ब उत्तरदेखि ८६º४१’ पूर्ब सम्म फैलिएको छ । डाँडाकाँडा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टार,बेसी आदि विविधतायुक्त धरातलीय स्वरूप भएको यस जिल्लालाई मुख्य रूपमा बेसी क्षेत्र ,मध्य पहाडी क्षेत्र, लेकाली क्षेत्र गरी तीन भागमा विभाजन गरिएको छ। कुल १०७४०० हेक्टर क्षेत्रफल ओगटेको यस जिल्लाका मुख्य बजारहरु ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभन्ज्याङ, कोशहाट, घोराखोरी आदि हुन् ।यस जिल्लाको पूर्वमा खोटाङ पश्चिममा रामेछाप उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्ला पर्दछन् ।यस जिल्लाको सदरमुकाम ओखलढुंगा बजार हालको सिध्दिचरण नगरपालिकामा पर्दछ ।
ओखलढुंगा जिल्लामा रहेका प्रमुख नदीनालाहरू
यस जिल्लामा रहेका प्रमुख नदिहरूमा दूधकोशी नदी, सुनकोशी नदी, लिखू नदी, मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला आदि यहाँका प्रमुख नदीनालाहरु हुन् ।
ओखलढुंगा जिल्लामा रहेका प्रमुख झरनाहरु
ओखलढुङ्गा जिल्लामा रहेका प्रमुख झरनाहरूमा पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर), प्रमुख रूपमा रहेका छन । त्यसै गरी अन्य झरनाहरूमा सेप्ली, ढिकुरे, सेर्ना, सेलेले, न्याउले आदि पर्दछन।
ओखलढुंगा जिल्लामा रहेका प्रमुख धार्मिक क्षेत्रहरू
ओखलढुङ्गा जिल्लाको विलन्दू गाविस वडा नम्बर ९ मा रहेको ककनी (श्री चम्पादेवी)को मन्दिर, चिसङ्खु गढीमा रहेको कोटकी कालिकादेवीको मन्दिर, सल्लेरी गाविसको लगलगेमा रहेको ककनीस्थान, दियालेमा रहेको जोगेश्वर महादेव मन्दिर, मोलीको तीनकन्या देवीको मन्दिर, पोखरे गाविस वडा नम्बर १ मा रहेको पोखरा देवीको मन्दिर, दियाले गाविसमा रहेको भैरवस्थान, कुइभीर गाविस वडा नम्बर ५ मा रहेको सिंहदेवीको मन्दिर, नर्मदेश्वर महादेवको मन्दिर, कुइभीर गाविसको ठूलीवंशीमा रहेको महादेवको मन्दिर र खोदम्पाका कुन्तादेवीको मन्दिर, सरस्वतीस्थान, बर्नालू गाविस वडा नम्बर ९ मा रहेको सपनावती देवीको मन्दिर, ओखलढुङ्गा बजारमा रहेको रघुविरेश्वर महादेवमन्दिर, सरस्वतीस्थान, कालिकादेवी, जाल्पादेवी, भिमसेनस्थान, वटुक भैरव, गणेश मन्दिर¸थाक्ले र मानेभन्ज्याङ गाविसको सिमानामा रहेको किरातेश्वर झाँक्री गुफा आदि ओखलढुङ्गा जिल्लाका प्रमुख धार्मिक क्षेत्रहरू हुन ।
ओखलढुंगा जिल्लामा रहेका प्रमुख पर्यटकीय स्थलहरू
ओखलढुङ्गा जिल्लाको पोकली गाविसमा रहेको पोकली झरना, थामडाँडा र लगलगेडाँडा (दृश्यावलोकनको लागि), सिध्दिचरण नगरपालिकामा पर्ने ऐतिहासिक ओखल आकारको ढुंगा (ओखलढुंगा), युगकवि सिध्दिचरण श्रेष्ठको जन्मस्थल (सिध्दिचरण पार्क), रुम्जाटार (राडीपाखी, भेडापालन, गुरुङ संस्कृति र विमानस्थलको लागि प्रसिध्द) आदि यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन् । त्यस्तै देम्बाडाँडा पनि पर्यटनको ठूलो सम्भावना बोकेको स्थल हो । पोकलीबाट देम्बा हुँदै सोलुखुम्बुको पिके डाँडा जाने पदमार्ग छ । पर्यटकहरु यो रुट भएर सगरमाथा सम्म जाने गरेका छन् ।यसका अलावा ओखलढुंगा जिल्ला स्थलमार्ग भएर विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आधारशिविर पुग्ने प्रवेशद्वार मानिन्छ ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार ओखलढुङ्गा जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा ८ वटा स्थानीयतह निर्माण गरेको छ । जसमा १ वटा नगरपालीका र ७ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
१. नामः सिध्दिचरण नगरपालि
पिता विष्णुचरण श्रेष्ठ आफ्नी पत्नी कुमारी श्रेष्ठका साथ तत्कालीन माल अड्डाका जागिरे भई यहाँ आएको अवस्थामा युगकवि सिद्धिचरण श्रेष्ठको वि.सं १९६८ साल जेठ ९ गतेका दिन (साविक ओखलढुङ्गा गा.वि.स. वडा नं. ६ हाल सिद्धिचरण गरपालिकाको वडा नं. १२ मा) जन्म भएको थियो उनी जन्मिएको सो स्थानको कि.नं. ३५ क्षेत्रफल ०–८–०–२ को जग्गा समेत हालसम्म उनकै नाममा नापी दर्ता कायम रहेको छ ।
तत्कालीन श्री ५ पृथ्वी नारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३२ जिल्ला मध्ये पूर्व ३ नं. को जिल्ला हालको ओखलढुंगा सदरमुकाममा पर्दथ्यो र वि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालको सोलुखुम्वू र खोटाङ्ग दिक्तेल जिल्ला समेत पूर्व नं. ३ ओखलढुंगामै पर्दथे ।
किम्वदन्ति अनुसार १७ औं शताव्दीतिर काठमाण्डौका मल्ल राजा लक्ष्मीनरसिंह मल्लको पालामा तत्कालीन राज्यको पूर्वीक्षेत्रको रक्षार्थ काजी भीम मल्लको नेतृत्वमा आएको सेनाले साविक ओखलढुङ्गा गा.वि.स. वडा नं.६ हाल सिद्धिचरण नगरपालिकाको वडा नं. १२ स्थित ओखल आकारको खोपिल्टोमा धान कुटी भात पकाएर खाएका थिए । सोही आधारमा यस ठाँउको नाम ओख्लीढुङ्गा भनिने गरिएकोमा पछि आएर यसलाई सुधारी ओखलढुङ्गा भनिएको र सोही ऐतिहासिक स्थानको आधारमा यस जिल्लाको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने किम्वदन्ती रही आएको छ ।
भौगोलिक अवस्थिति र हावापानी : समग्र नेपालको मानचित्रमा २७० ६’ देखि २७० ३२’ उत्तरी अक्षांश देखि ८६० १०’ देखि ८६० ३२’ पूर्वी देशान्तर र समुद्री सतहदेखि सरदर १८४१ उचाईमा अवस्थित यस ओखलढुङ्गामा जिल्लाको सदरमुकाम र नगरपालिकाको केन्द्र रहेको छ ।
केन्द्रः साविक सिध्दिचरण नगरपा
जनसङ्ख्याः २७३५१
क्षेत्रफलः १६७.८८ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
तलुवा |
१-९ |
|
|
२ |
ठूलाछाप |
१-९ |
|
|
३ |
सिध्दिचरण |
१०,११ |
|
|
४ |
सिध्दिचरण |
१२,१३ |
|
|
५ |
सिध्दिचरण |
१,२ |
|
|
६ |
जन्तरखानी |
१-९ |
|
|
७ |
विगुटार |
१-९ |
|
|
वरुणेश्वर |
९ |
|
||
८ |
सिध्दिचरण |
८,९ |
|
|
९ |
सिध्दिचरण |
६,७ |
|
|
१० |
वेतिनी |
१-९ |
|
|
११ |
सिध्दिचरण |
३,४ |
|
|
१२ |
सिध्दिचरण |
५ |
|
२. नामः खिजीदेम्बा गाउँपा
खिजीदेम्बा गाँउपालिका” नेपालको कोशी प्रदेश अन्तर्गत ओखलढुंगा जिल्लाको जिल्ला सदरमुकाम देखी उत्तर पश्चिममा अवस्थित एक गाँउपालिका हो । ओखलढुंगा जिल्लाको ८ वटा स्थानिय तह मध्ये अति दुर्गम गाँउपालिकाको रुपमा रहेको यो गाँउपालिकाको कुल क्षेत्रफल १७९.७७ वर्ग कि.मि मा फैलिएको यो गाँउपालिका साविकका ६ वटा गा.वि.स हरु साथै साविकका पात्ले र पोकली गा.वि.स का केहि वडाहरु सामावेश भई निर्माण भएको यो गाँउपालिकामा जम्मा ९ वटा वडाहरु रहेका छन् ।
भूगोल र जनसंख्याको असमान वितरण रहेको यो गाँउपालिकाको अधिकांश भूभाग पातलो बस्ती रहेको छ । वि.स २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या १५८७८ रहेको छ भने घरधुरी संख्या ३४६१ रहेको छ । जसमध्ये शेर्पा, तामाङ, सुनुवार, क्षेत्री, नेवार, ब्राम्हन जातका मानसहरु यहाँका वासिन्दाहरु हुन् । विभिन्न जातहरुले आ–आफ्नो धर्म संस्कार मान्दै आएको यो गाँउपालिकामा हिन्दु, बौद्ध, किराँत, क्रिष्चियन धर्मको बाहुल्यता रहेको छ ।
पेशागत रुपमा कृषीलाई प्रमुख पेशाको रुपमा अवलम्बन गर्ने यो गाँउपालिकाका बासिन्दाहरुले स्थानिय होटल, व्यापार व्यवसाय तथा पर्यटन क्षेत्रमा कार्य गरेर आय आर्जन गर्ने गर्दछन भने विभिन्न जडीबुटी प्रशोधन तथा उत्पादन गर्ने देखी काष्ठजन्य र परम्परागत घरेलु हस्तकलाका सामाग्रीहरु समेत निर्माण गरी परम्परागत सीपको संरक्षण र संवर्धन गर्ने कार्य गर्दै आय आर्जन गर्ने कार्य यहाँका मानिसहरु गर्दछन् ।यसरी कृषी प्रणालीलाई परम्परागत रुपमा उत्पादन गर्नै आएका यहाँका कृषकहरु हालका दिनहरुमा आधुनिक व्यावसायिक कृषी प्रणाली बाट कृषी उत्पादन प्रणलीलाई अवलम्बन गरेर आफ्नो कृषी व्यवसाय गर्ने गर्दछन भने प्रसस्त मात्रामा आलु उत्पादन गरी ठूलो मात्रामा निर्यात गर्ने गरेको पाइन्छ ।
केन्द्रः साविक खिजीफलाटे गा.वि
जनसङ्ख्याः १५५५९
क्षेत्रफलः १७९.७७ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
रगनी |
१-५ |
|
|
२ |
रगनी |
६-९ |
|
|
३ |
खिजीचण्डेश्वरी |
१-९ |
|
|
४ |
खिजीकाती |
१-९ |
|
|
५ |
खिजीफलाटे |
१-५ |
|
|
६ |
खिजीफलाटे |
६-९ |
|
|
पोकली |
९ |
|
||
७ |
रावादोलु |
१-९ |
|
|
८ |
भुसिंगा |
१-९ |
|
|
९ |
पात्ले |
३-६ |
|
३. नामः चम्पादेवी गाउँपा
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थापनको माध्यमद्धारा दिगो, सुशासन, विकास र समृद्धिको आंकाक्षा पूरा गर्ने संविधान सभावाट पारित गरी लागू गएिको नेपालको संविधानले सवैधानिक अंगकै रुपमा स्थापित स्थानिय तहको उपज चम्पादेवी गाँउपालिकामा तत्कालिन पलापु, कालिका, फेदिगुठ, फूलबारी, रानीवन र विलन्दु गाँउविकास समितिलाई समेटी १० वटा वडामा विभाजित यस गाउँपालिकाको क्षेत्रफल १२६.९१ वर्ग कि.मि र कुल १६३११ जनसंख्या रहेको छ ।
चम्पादेवी गाउँपालिका राजनैतिक विभाजनका दृष्टिकोणमा कोशी प्रदेश ओखलढुंगा जिल्लाको कालिकामा गाउँकार्यपालिकाको केन्द्र रहि साविकका ६ वटा गाविस हाल वैज्ञानिक विभाजन भई दश वटा वडाहरुमा फैलिएर पूर्वमा सुनकोशी गाउँपालिका पश्चिममा लिखु गाउँपालिका र रामेछाप जिल्ला उत्तरमा लिखु, खिजिदेम्बा र मोलुङ गाउँपालिकालाई छुदै दक्षिण तर्फ सिन्धुली जिल्लासम्म फैलिएको छ ।
श्री चम्पादेवीको तीनतले, ककनी, सेरलुङ थिनल, फेन्दीछोक, टाँसी छोलिङ सोनाम गुम्बा,सिद्धपोखरी,कवासे थुम्का,थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, चमेरे गुफा, वन झाक्रीँ गुफा, इसाई गुफा, कार्जु दमार,मालिङ्गेडाडाँ, भिमल दुलो आदी यस क्षेत्रको पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।
यस गाउँपालिका भएर बग्ने सबैभन्दा ठूला नदीहरुमा सुनकाशी, लिखु र शेरा खोला पर्दछन भने साना मध्येका पत्ताले खोला, फेदीखोला,फेदीखोला, सिम्ले खोला, कालो खोला, घ्याङले खोला,पात्ले खोला लगायतका खोला गाउँपालिकाका प्राकृतिकजल सम्पदाहुन र कमिलेचौर, सिद्धपोखरी, कवासे थुम्का, थामडाँडा, थामचुरी, थलारी डाँडा, डल्ली डाँडा, लगायतका पहाडी थुम्का र डाडांहरु पर्दछन भने चमेरे गुफा, वनझाक्री गुफा जस्ता गुफा साथै लोभलाग्दा फाटहरु, रमणीय डाडां पाखाहरु रहेका छन जसले आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य स्थलको रुपमा यस क्षेत्रलाई पर्यटकीय प्रवद्घ्र्र्रन, विकाश र व्यवस्थापन गर्न सकिने प्रचुर सम्भावना छ ।
केन्द्रः साविक कालिका गा.वि.स.
जनसङ्ख्याः १६३११
क्षेत्रफलः १२६.९१ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पलापु |
१-५ |
|
|
२ |
पलापु |
६-९ |
|
|
३ |
कालिका |
१-३,५-९ |
|
|
४ |
फेदीगुठ |
१-३,९ |
|
|
५ |
फेदीगुठ |
४-८ |
|
|
६ |
फूलबारी |
१-६ |
|
|
७ |
फूलबारी |
७-९ |
|
|
कालिका |
४ |
|
||
८ |
विलन्दु |
१-५ |
|
|
९ |
विलन्दु |
६-९ |
|
|
१० |
रानीवन |
१-९ |
|
४. नामः चिशखुगढी गाउँपालि
चिशंखुगढी गाउँपालिका ओखलढुंगा जिल्लाको उत्तर पूर्वीय भागमा अवस्थित रहेको छ । यस गाउँपालिका १२६.९१ वर्ग कि.मि.मा फैलिएको छ । वि.स. २०७८ को जनगणना अनुसार यहाँको जनसंख्या १३८४४ रहेको छ । साविकका कुइभिर गा.वि.स., दियाले गा.वि.स., पोखरे गा.वि..स, सेर्ना गा.वि.स., रातमाटे गा.वि.स र माम्खा गा.वि.स मिलेर यो गाउँपालिका बनेको छ ।
केन्द्रः साविक सेर्ना गा.वि.स.
जनसङ्ख्याः १३८४४
क्षेत्रफलः १२६.९१ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
कुईभिर |
१-९ |
|
|
२ |
पोखरे |
१-९ |
|
|
३ |
दियाले |
१-९ |
|
|
४ |
रातमाटे |
१,२,४-९ |
|
|
५ |
सेर्ना |
१-९ |
|
|
रातमाटे |
३ |
|
||
६ |
भदौरे |
१-९ |
|
|
७ |
माम्खा |
७-९ |
|
|
८ |
माम्खा |
१-६ |
|
५. नामः मानेभञ्ज्याङ गाउँ
संघीय व्यवस्था अनुसार नेपालमा संघ,सात प्रदेश र ७५३ वटा स्थानिय तहको गठन भएको छ। जसमा प्रदेश नं. १ ओखलढुङगा जिल्लामा ८ स्थानिय तह छन । जिल्लामा १ नगरपालिका र सात गाउँपालिका मध्ये मानेभन्ज्याङ गाउँपालिका एक हो। यो गाउँपालिका १४६ दशमलव ६१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ वडा नं. ५ मा रहेको छ।
यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ,पश्चिममा सुनकोशी गाउँपालिका ,उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । १९५९७ जना कुल जनसंख्या भएको यस गाउँपालिकामा मुख्यतः राई, मगर, तामाङ, क्षेत्री, बाहुन, नेवार,भुजेल,माझी,कामी ,दमाई,सार्की आदि जातजाति भाषा-भाषीको बसोबास रहेको छ। ९ वटा वडामा बिभाजित यस गाउँपालिकामा कुल ४ हजार ७ सय ८५ घरसंख्या रहेका छन्।
केन्द्रः साविक मानेभञ्ज्याङ गा
जनसङ्ख्याः १९५९७
क्षेत्रफलः १४६.६१ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मोली |
१-९ |
|
|
२ |
वाक्सा |
१-९ |
|
|
३ |
उवुँ |
१-९ |
|
|
४ |
केत्तुके |
१-९ |
|
|
५ |
मानेभञ्ज्याङ |
१-९ |
|
|
६ |
थाक्ले |
१-९ |
|
|
७ |
टेकसेले |
१-४ |
|
|
८ |
टेकसेले |
५-९ |
|
|
९ |
माधवपुर |
१-९ |
|
६. नामः मोलुङ गाउँपालिका
काेशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अबस्थित थोले देम्बा सिरान बाट बगेको शिबदुती गङ्गा “मोलुङ खोला” को नामबाट साबिकका गाबिस कुन्तादेबी , बरुणेश्वर (१-८) , हर्कपुर , प्राप्चा श्रीचौर रागादिप र पात्ले (१,२,७-९) समाहित गरि सिमाङ्कन गरिएको भौगोलिक क्षेत्र मोलुङ गाउँपालिका को नामले नामङ्कित छ । ओखलढुंगा जिल्लाको सदरमुकाम सि.न.पा ओखलढुंगा बाट २३ किमि पश्चिम सडक यात्रा गरेपछी यो गाउँपालिका को केन्द्र प्राप्चा देउराली पुग्न सकिन्छ ।जिल्लाका ८ स्थानिय तह मध्ये यश मोलुङ गाउँ पालिकाको जनसंख्या १६४४० र क्षेत्रफल ११२ बर्ग किमि रहेको छ ।
मोलुङ गाउँपालिका को भौगोलिक अबस्था
सिमाना:- पुर्ब सिद्दिचरण नगरपालिका पश्चिममा खिजिदेम्बा गाउँपालिका र चम्पादेबी गाउँपालिका ,उत्तरमा सिद्दिचरण नगरपालिका र खिजिदेम्बा दक्षिणमा शुनकोशी गाउपालिका र सिद्दिचरण नगरपालिका रहेको छ ।
प्रमुख नदिनाला धार्मिक दर्शनिय स्थल:-
यस गाउँपालिका मा मोलुङ,पोक्तिङ, कुलखोला, गैराबारी खोला, डोले खोला ,झगरपुर खोला , पेकु खोला अनि सेप्ली झरना , सेप्ली मोलुङ दोभान झरना च्यादी झरना लगायत प्रचुर सम्भाबना बोकेका पर्यटकिय स्थान हरु रहेका छ्न । कुन्तादेबी मन्दिर (सेतिदेबी , सान्तादेबी कालिदेबी रक्तकाली ), बरुणेश्वर महादेब मन्दीर ,कालिकादेबी मन्दीर सोलाखार्क ,जलजलेस्वर महादेव त्रिवेणी मकरधाम , मालिका देबी दिप्ली , जलकन्या देबी मन्दिर, भङ्गाले तिन कन्यादेबि ,बेलि चमेली,पन्चकन्या देबी केउरिनी र ढाडबेसी, कमला माइ मन्दिर कुलखोला बगर लगायत का मन्दिरहरु पनि यहि गाउँपालिका रहेको छ्न । गौरीसङ्खर हिमाल देखिने तिनतले पहाड पनि यहि गाउँ पालिकामा अवस्थित रहेको छ । उर्गेन छ्योलिङ गुम्बा श्रीचौर र पात्ले तेन्जुर तेङ गुर गुम्बा पनि यहि गाउँपालिका पर्दछन ।
केन्द्रः साविक प्राप्चा गा.वि.
जनसङ्ख्याः १६४४०
क्षेत्रफलः ११२ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
कुन्तादेवी |
१-९ |
|
|
२ |
वरुणेश्वर |
१-८ |
|
|
३ |
प्राप्चा |
१,२ |
|
|
हर्कपुर |
७-९ |
|
||
४ |
हर्कपुर |
१-६ |
|
|
५ |
प्राप्चा |
३-९ |
|
|
श्रीचौर |
१-३ |
|
||
६ |
श्रीचौर |
४-९ |
|
|
७ |
पात्ले |
१,२,७-९ |
|
|
८ |
रागाँदिप |
१-९ |
|
७. नामः लिखु गाउँपालिका
लिखु गाउँपालिका कोशी प्रदेश अन्तरगत ओखलढुंगा जिल्लामा पर्दछ । लिखु गाउँपालिका ओखलढुंगा जिल्लाकाे सदरमुकाम ओखलढुंगा बाट करिव ७५ किलाेमिटर उतर पश्चिम तर्फ ८८.०३ वर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकोछ । यस गाउँपालिकामा जम्मा ६ अाेटा गा.बि.स. हरु (सिहदेवी, नर्मदेश्वर, यसम, गाम्नाङटार, टारकेरावारी र पोकली (१-८) गा.वि.स.) मिलेर बनेको छ भने गाउँ कार्यपालिकाकाे कार्यलय वडा नम्वर ४ काे यसम भन्ने ठाउमा रहेकाे छ । यस गाउँपालिकाकाे पुर्वदक्षिण तर्फ चम्पदेवी गाउँपालिका, पश्चिम तर्फ रामेछाप जिल्ला र उत्तर पूर्व तर्फ खिजिदेम्बा गाउँपालिका पर्दछ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेकाे छन् भने केहि मात्रामा सरकारि नाेकरि, व्यापार व्यवसाय, वैदेशिक राेजगार, सिकर्मि तथा डकर्मि पेशामा निर्भर रहेकाछन् ।
केन्द्रः साविक यसम गा.वि.स.को
जनसङ्ख्याः १२१०४
क्षेत्रफलः ८८.०३ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
सिंहदेवी |
१-५ |
|
|
२ |
सिंहदेवी |
६-९ |
|
|
३ |
नर्मदेश्वर |
१-९ |
|
|
४ |
यसम |
१-५ |
|
|
५ |
यसम |
६-९ |
|
|
६ |
गाम्नाङटार |
१-५ |
|
|
७ |
गाम्नाङटार |
६-९ |
|
|
८ |
टारकेरावारी |
१-९ |
|
|
९ |
पोकली |
१-८ |
|
८. नामः सुनकोशी गाउँपालि
बि.सं. २०७३ साल फागुन २७ गते नेपाल सरकारले स्थानीय तहहरुलाई नेपाल राजपत्रमा सूचना प्रकाशित भए बमोजिम स्थानीय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ र ओखलढुंगा जिल्लामा ८ वटा स्थानीय तह घोषणा गर्दा सुनकोशी गाउँपालिकालाई १० वटा वडामा बिभाजिन गरिएको छ । ओखलढुंगा जिल्लाका साविकका कटुञ्जे, च्यानम, मुलखर्क, सिस्नेरी र बलखु गरी ५ वटा गा.वि.स हरु मिलाएर सुनकोशी गाउँपालिका घोषणा गरे अनुसार २०७३ साल अषाढ २३ गते विधवित रुपमा स्थापना भएको हो ।
जिल्ला सदरमुकाम देखी करीब ३४ कि.मी पश्चिममा अवस्थित सुनकोशी गाँउपालिका कृषि सिसा, खरी ढुङ्गा उच्च स्थानमा रहेको रमणिय डाँडाहरु, पर्यटकिय स्थलहरु,रमणिय गुम्बाहरु, वन सम्पदाको हिसावले अत्यन्त संभावना बोकेको गाँउपालिका हो । बेशी, खोच, मध्य पहाड भुगोल भएको विविधतापुर्ण हावापानी रहेको पाईन्छ । यस गाँउपालिकाको पुर्वमा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण.नगरपालिका, पश्चिममा चम्पादेवी गाउँपालिका, उत्तरमा मोलुङ गाँउपालिका र दक्षिणमा सिन्धुली जिल्लाको सिमाना सँग जोडिएको छ ।
विश्व मानचित्रमा २७.२८४उत्तरी अक्षाशं देखी ८६.३७७ पुर्वी देशान्तर सम्म फैलिएको यसगाँउपालिकाको सवै भन्दा होचो मोलुङ दोभान देखी करिव २५०० मिटर उचाइ सम्म अवस्थीत छ । १४३.७५ वर्ग कि.मी क्षेत्रफलमा पैmलिएको यस गाँउपालिकाको औषत तापक्रम ११ डिग्री सेल्सीएस देखी ३२ डिग्री सेल्सीएस सम्म रहेको छ । यस गाँउपालिकाको सामाजिक रितीरिवाज रचाड पर्वमा बडा दशैं, तिहार, चैते दशै, साउने संक्रान्ती, ल्होसार, माघे संक्रान्ती, बुद्ध जयन्ती लगायतका स्थानिय कला संस्कृती भेषभुषाहरु रहेका छन् । स्थानिय भेषभुषा रहेता पनी युवा वर्गहरु आधुनिकता तर्फ आर्कषित भएको पाईन्छ
केन्द्रः साविक मूलखर्क गा.वि.स
जनसङ्ख्याः १७७८३
क्षेत्रफलः १४३.७५ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बलखु |
१,७-९ |
|
|
२ |
बलखु |
२-६ |
|
|
३ |
सिस्नेरी |
१-५ |
|
|
४ |
सिस्नेरी |
६-९ |
|
|
५ |
मूलखर्क |
१-५ |
|
|
६ |
मूलखर्क |
६-९ |
|
|
७ |
च्यानम |
१-३,६,७ |
|
|
८ |
च्यानम |
४,५,८,९ |
|
|
९ |
कटुन्जे |
१-५ |
|
|
१० |
कटुन्जे |
६-९ |
|
श्रोतः नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नुभएमा सल्लाह तथा सुझाव दिनुहोला । तपाँइ आफ्नो जिल्लाको कुनै पनि स्थान र बिशेषको चिनारी लेखेर प्रकाशन गर्न चाहानुभएमा अवश्य लेखि पठाउनुहोला । जसको लागि chinari2020@gmail.com अथवा info@localhost मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।