परिचय
राज्य पुनः संरचना अनुसार हाल काेशी प्रदेशका १४ जिल्ला मध्ये इलाम जिल्ला एक हो। इलाम जिल्लाको नामाकरणका सम्वन्धमा दुइवटा जनविश्वास रहि आएको पाइन्छ पहिलो इश्वीको १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम बंशी राजाले दक्षिण पश्चिम पर्सियाका काशी बंशी राजालाइ बिजय गरी सदाकालागि देश निकाला गरे र तिनीहरु पूर्वतर्फ लागे । तिनै मानिसहरु याहाँ आई बसोबास गरे र आफ्नो जन्मभूमिको सम्मानमा यो ठाउँको नामपनि इलाम राखे भन्ने जनविश्वास रहि आएको छ ।त्यस्तै दोश्रो इलामको अर्थ लेप्चा भाषामा पुत्का (एक प्रकारको मौरी) को मह हुन्छ, भने लिम्बु भाषामा घुमाउरो बाटो हुन्छ ।प्राचिन शास्त्रीय मत अनुसार राजा सरियातिले पुत्र प्राप्तिका लाlग हालको माईपोखरीमा पुत्रेष्ठि यज्ञ गरे । उनकी पत्नि छोराको सट्टा छोरी चाहन्थिन र यज्ञ गर्ने ब्राम्हणलाई खुसुक्क छोरी जन्मने यज्ञ गरिदिन आग्रह गरिन । ब्राम्हणहरुले पनि रानीको आग्रह अनुरुप छोरी जन्मने यज्ञ गरिदिए र छोरी (इला) जन्मिन । छोरी जन्मेको देखेर राजा सरियाती इलामा (इला-छोरी र मा चाहिदैन) इलामा भन्न थाले । यही इलामा पछि इलाम भयो भन्ने पनि भनाईछ ।
ऐतिहासिक चिनारी
नेपाल एकिकरण पूर्व दश लिम्वुवानको एक अंग स्वशासित प्रशासनमा रहेको थियो । यसक्षेत्रको सदरमुकाम नागरिगढीमा थियो । सुगौली सन्धिपछी २ वर्ष करफोक (लाप्चा भाषामा ढुकुर बस्नेठाउँ) मा वसेपछि विक्रम सम्वत १८७५ मा सदरमुकाम इलामडाँडामा सारियो । त्यसैले यो एकीरणकै समयदेखिको पुरानो सदरमुकाम कायम रहिरहेको जिल्ला पनि हो । नागरिगढीका पहिलो सुब्बा (प्रशासकीय प्रमुख) जयन्त खत्रीले नै सदरमुकाम करफोक हुदै इलाम डाँडामा सारेका थिए ।
इलामका जिल्लाका प्राकृतिक, सांस्कृतिक, धार्मिक र जातजातीको चिनारी
महाभारत र शिवालिक पर्वत शृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखरहरु (श्री अन्तु, सन्दकपूर, सिध्दिथुम्का आदि) तथा अन्य प्राकृतिक सुन्दरता आदिले पर्यटकलाई आकर्षण गरिरहेका छन् । प्रकृतिको वरदानको रुपमा रहेको यहाँको उर्वर भूमि एवम् पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला कृषि उत्पादनमा अग्रणी मानिन्छ ।
सांस्कृतिक, र प्राकृतिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘’पूर्वी पहाडकी रानी”, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम जिल्लालाई विभिन्न ‘अ’ (हाल आठ) ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ । हाल किवि फलको उत्पादन पनि बढिरहेको छ ।
भारतको दार्जिलिङसँग सीमा जोडिएको इलाममा हल्का भिराला पहाड, ससाना थुम्काथुम्कीमा देखिएको हरियाली एवं स्वच्छ हावापानीबाट पर्यटकहरू आकर्षित हुने गर्छन् । मनै लोभ्याउने प्राकृतिक सौन्दर्य नै यहाँको प्रमुख आकर्षण मानिन्छ । सन्दकपुर, छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्काजस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन् । जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ । यहाँका ऐतिहासिक बौद्ध गुम्बा, मन्दिर तथा लोपोन्मुख लाप्चा जातिका साथै राई, लिम्बु लगायतका अन्य जातजातिको संस्कृति नै इलामको सांस्कृतिक आकर्षण र पहिचान हो ।
विभिन्न जातजातिको आवासभूमि इलाम सांस्कृतिक रूपले अनेकतामा एकताको थलोका रूपमा पनि चिनिन्छ । लाप्चा, लिम्बू, राई, तामाङ, गुरूङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिस यस जिल्लामा बसोबास गर्छन् । धान नाच, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन् ।
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।
स्थानियतहको विभाजन
नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचना अनुसार इलाम जिल्लाका साविकका गाउँ विकास समिति र नगरपालीकालाइ गाभेर जम्मा १० वटा स्थानीयतह निर्माण गरेको छ । जसमा ४ नगरपालिका र ६ वटा गाउँपालीका रहेका छन । जसलाइ तल प्रस्तुत गरीएको छ ।
१. नामः ईलाम नगरपालिका
इलाम नगरपालिका देशका पुराना नगरपालिका मध्ये एक हो । इलाम नगरपालिका १७३.३२ वर्ग कि.मी क्षेत्रमा फैलिएको छ । यस नगरपालिको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपाकिला सँग जोडिन पुगेको छ भने उत्तरमा सन्दकपुर गाउँपालिका र पाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपाकिला र दक्षिणमा माई र सूर्योदय नगरपालिका पर्दछन् । दुई सय बर्षदेखि जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकाले जिल्लासंग नाम मिल्नाले अन्यत्रका मानिसका लागि जिल्लाकै प्रतिनिधित्व गर्दै आएको छ ।
भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरु उल्लेख्य रुपमा छन् । जिल्लाको शिक्षा, स्वाथ्य, खेलकूद, उद्योग, व्यापार वाणिज्य, पर्यटन समेतको केन्द्रको रुपमा रहेको यस नगरपालिकाको कूल जनसङ्ख्या ५००,८५ रहेको छ । यो नगरपालिकाको जनघनत्व २८० प्रति वर्ग कि.मी. छ । जिल्लाका ठूला खोलहरु माई, जोगमाई, पुवामाईका वेसीँहरु पर्ने भएकाले अन्नवाली उत्पादनका अव्वल क्षेत्रहरु यस नगरपालिकामा पर्दछन् । राई, लिम्वु, ब्राह्मण क्षेत्री, तामाङ, मगर, नेवार आदि जातिहरुको बसोवास रहेको छ । अनाथालय, बृद्धाआश्रम, फरक क्षमता भएका बालवालिकाका लागि विद्यालयल, प्राविधिक शिक्षालय आदिले यो नगरपालिकाको विशिष्टलाई चिनाउने कार्य गरेको छ ।
कोशी प्रदेशकाे इलाम जिल्ला, पहाडी भेगमा स्थापित इलाम नगरपालिका बि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै बि.सं. २०१५ नगरपालिका, बि.सं. २०१९ नगर पंचायत र बि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो। इलाम नगरपालिकाको वार्ड बिभाजन १ देखि १२ सम्म छ। इलाम नगरपालिका एउटा पर्यटकीय नगरको रूपमा विकसित भएर गइरहेको र इलाम भविष्यमा सङ्घीय राज्यको राजधानीको रूपमा प्रस्तावित नगर हो। यस क्षेत्रमा पर्यटकीय पूर्वाधारका लागि विमानस्थल, जैविक विविधताले युक्त विभिन्न पर्यटकीय स्थल, सभागृह र शैक्षिक संस्थाहरूको व्यवस्थापन कार्य तीब्रतर गतिमा भइरहेको छ।
केन्द्रः साविक ईलाम नगरपालिका
जनसङ्ख्याः ५००८५
क्षेत्रफलः १७३.३२ (वर्ग कि.मि.)
वडा संख्याः १२
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
साखेजुङ |
१-९ |
२ |
सुम्वेक |
१-९ |
३ |
पुवाझुवा |
१-९ |
४ |
बरबोटे |
४-५ |
माईपोखरी |
१-३ |
|
५ |
बरबोटे |
१-३,६-९ |
६ |
ईलाम |
८-९ |
७ |
ईलाम |
१-२ |
८ |
ईलाम |
६-७ |
९ |
ईलाम |
३-५ |
१० |
गोदेक |
१-९ |
११ |
सोयाक |
१-९ |
सिध्दिथुम्का |
७ |
|
१२ |
साङरुम्बा |
१-६ |
२. नामः देउमाई नगरपालिका
प्रकृतिकस्रोत कृषि र पर्यटन सम्मृद्ध देउमाई हाम्रो अभियान” नाराका साथ अघि बढेको देउमाई नगरपालिका इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । देउमाई नगरपालिका इलामका १० स्थानीय तह मध्ये प्राकृतिक सुन्दरता, पर्यापर्यटनले भरिपूण नगरपालिका हो । भौगोलिक हिसावले २६ दशमलब ८१ देखि २७ दशमलब०४ उत्तरी अक्षांस र ८७ दशमलब ७४ देखि ८८ दशमलब ८८ पूर्वीय देशान्तर को विचमा देउमाई नगरपालिका अवस्थित छ । १ सय ९१ दशमलब ६३ वर्ग किलो मिटरमा फैलिएको देउमाई नगरपालिका समुद्री सतहको २ सय ५० मिटर देखि २ हजार ७०० मिटरको उचाईसम्म फैलिएको छ ।
नेपालको कुल भूभागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्ला को ११ दशमलब २२ प्रतिशत भूभाग यस नगरपालिकाले ओगटेको क्षेत्रफल हो । यस नगरपालकिाको जलवायु उष्ण मनसुनी, न्यानो शीतोष्ण तथा ठण्डा शीतोष्ण गरि तीन प्रकारका हावापानी भएको क्षेत्र हो । श्रावन महिना मा सबभन्दा गर्मि हुने गर्दछ भने पौष महिना सबभन्दा ठण्डा महिना हो । उचाई अनुसार यहाँ को हावापानी र तापक्रम फरक पर्दछ । यस नगरपालिकाको सरदर तापक्रम गर्मी याममा १६ देखि २३ डिग्री से। सम्म हुन्छ भने शीतकालमा (४ देखि ११ डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुको मध्यमा यहाँ मासिक सरदर ३५ सेन्टिमिटर ९३५० मिलिमिटर० वर्षा हुन्छ।
पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र दक्षिणमा इलामको माई नगरपालिका संग देउमाई नगरपालिका सिमाना हुन । इलामका चार खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामाबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मीक र सांस्कृतिक महत्व रहेको छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिकाको घोषणा गरेको थियो । नेपालको संविधान २०७२ जारी भएसंगै देशको पुनः संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाडा, शिद्धिथुम्का , जितपुर र सांङरुम्बा गा.वि.स का केहि वडा समेटिएको थियो ।
केन्द्रः साविक देउमाई नगरपालि
जनसङ्ख्याः ३०९६९
क्षेत्रफलः १९१.६३ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
चामैता |
१-६ |
२ |
चमैता |
८ |
देउमाई |
१-२ |
|
३ |
देउमाई |
५ |
शान्तिडाँडा |
५-८ |
|
साङ्गरुम्बा |
७ |
|
४ |
देउमाई |
३-४ |
५ |
देउमाई |
६-९ |
६ |
शान्तिडाँडा |
१-४,९ |
७ |
सिध्दिथुम्का |
१-६,८-९ |
८ |
जितपुर |
१-२ |
साङ्गरुम्बा |
८-९ |
|
९ |
जितपुर |
३-९ |
३. नामः माई नगरपालिका
गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं – ५ मिलाएर बनेको माई नगरपालिका प्रदेश नं १ को ईलाम जिल्ला अन्तर्गत पर्दछ । २६४.०९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३०७३२ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।
यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ । बहुजातीय , बहुधार्मिक , बहुसांस्कृतिक , बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । धान , केरा र मासु उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । जिल्लामा सबै भन्दा बढी सामुदायिक बन रहेको माई नगरपालिका प्रबल पर्यटकीय सम्भावना रहेको क्षेत्र पनि हो ।
केन्द्रः साविक दानावारी गा.वि.
जनसङ्ख्याः ३०७३२
क्षेत्रफलः २४६.११ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
दानावारी |
८-९ |
२ |
दानावारी |
१ |
३ |
दानावारी |
५-७ |
४ |
दानावारी |
२-३ |
५ |
दानावारी |
४ |
लक्ष्मीपुर |
५ |
|
६ |
महमाई |
१-४ |
७ |
महमाई |
५-७ |
८ |
महमाई |
८-९ |
९ |
चिसापानी |
१-४,९ |
१० |
चिसापानी |
५-८ |
४. नामः सूर्येदय नगरपालिका
फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २२५.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाउँपालिका, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्फको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदेबालीका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ ।
आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटन विकास सँग सँगै हुन सक्ने शहरीकरणलाई व्यवस्थित गरि आधुनिक शैलीको व्यवस्थित नगर विकास योजना निर्माण गरि सिमित आर्थिक र सामाजिक स्रोत र सक्षम स्थानीय निकायका रुपमा शहरी व्यवस्थापनलाई प्रर्वद्धन गर्ने उद्धेश्यका साथ प्रारम्भिक चरणमा प्रवेश गरेको छ । प्राकृतिक सुन्दरता र संस्कृति तथा पर्यटनलाई प्रर्वद्धन गर्ने क्रममा यस नगरपालिका स्थित कन्याम उपयुक्त गन्तव्य हो । जहाँ मनोरम चियाबगान, सूर्योदय/सूर्यास्त, सुन्दर हरियाली डाँडाकाँडा, हिमशृङ्खला र तराईका फाँटहरु, रमणिय प्राकृतिक सौन्दर्यले भरिपुर्ण दृष्यावलोकन गर्न पाउनु आफैमा गौरवान्वित महसुश हुन्छ ।
विविध जातजाति, धर्म, वर्ग, पेशा व्यवसाय भएका मानिसहरुको बसोबास रहेको नगरपालिकामा थुप्रै सम्भावनाहरु रहेका छन् । एकातिर पर्यटकीय क्षेत्रका रुपमा कन्याम अवस्थित छ भने अर्कोतिर श्रीअन्तु र पशुपतिनगरले सौन्दर्य थपेको छ । लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक स्थलको रुपमा पनि यस क्षेत्रले आफ्नो छुट्टै पहिचान बोकेको छ । यो नगरपालिका भित्र एउटा स्नातक तहसम्म अध्ययन हुने क्याम्पस संचालित छ भने सामुदायिक विद्यालय अन्तर्गत प्राथमिक विद्यालय देखि दश जोड दुई सम्मका ९ वटा र सामुदायिक र निजी गरी थुप्रै शैक्षिक संस्थाहरु संचालित छन् ।
स्वास्थ्यका दृष्टिले हेर्ने हो भने यस सूर्योदय नगरपालिका क्षेत्र भित्र ठूला सरकारी अस्पताल स्थापना नभए पनि मेचि अञ्चल आयुर्वेद कार्यालय आइतबारे, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र पशुपतिनगर, स्वास्थ्यचौकी कन्याम, पञ्चकन्या, लक्ष्मीपुर, गोर्खे, समालबुङ र श्रीअन्तुमा रहेका छन् भने वडा नं. १२ मलिममा २०७३/०१/२५ गते देखि शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । यस नगरपालिका क्षेत्रको पर्यटकीय स्थलको रुपमा कन्याम, पन्चकन्या मन्दिर, गोर्खे, श्रीअन्तु, चित्रेगुम्बा, पशुपतिनगर लगायतका विभिन्न ठाउँहरु प्रचलित रहेका छन् भने शिक्षा र खेलकुदको गन्तव्यको रुपमा करफोक/पञ्चकन्या तथा औद्योगिक विकासको प्रशस्त संभावना फिक्कलमा र व्यापारिक सम्भावना पशुपतिनगरमा रहेको छ ।
केन्द्रः साविक सूर्येदय नगरपा
जनसङ्ख्याः ५४७२७
क्षेत्रफलः २५२.५२ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
गोर्खे |
१-९ |
जोगमाई |
८-९ |
|
२ |
पशुपतिनगर |
३-५,७ |
३ |
पशुपतिनगर |
१,२,६,८,९ |
४ |
श्रीअन्तु |
१-९ |
समालवुङ |
९ |
|
५ |
समालवुङ |
१-८ |
६ |
सूर्येदय |
१२-१३ |
७ |
सूर्येदय |
१४-१५ |
८ |
सूर्येदय |
१०-११ |
९ |
सूर्येदय |
८-९ |
१० |
सूर्येदय |
६-७ |
११ |
सूर्येदय |
३-५ |
१२ |
सूर्येदय |
१-२ |
१३ |
लक्ष्मीपुर |
३,६,७,९ |
१४ |
लक्ष्मीपुर |
१,२,४,८ |
५. नामः फाकफोकथुम गाउँपालि
इलाम जिल्लाको पश्चिम छेत्रमा रहेको महाभारत पर्वत शृंखला राँके रबि सडक अन्तर्गत दक्षिणतर्फको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो साबिकका ५ वटा गाबिसहरु फाकफोक, आम्चोक, फुयेतप्पा, लुम्दे, एकतप्पा र साबिक चमैता गा.वि.स. को ९ नं. वडा विलय गरि स्थापना गरिएको हो | यस गाउँपालिका पूर्वमा देउमाई नगरपालिका दक्षिणमा मांगसेबुङ्ग गाउँपालिका उत्तर र पश्चिम मा पांचथर जिल्ला अन्तर्गतका दुईवटा गाउँपालिकाहरु फाल्गुनन्द र मिक्लाजुङ्ग रहेका छन् ।
यहाको क्षेत्रफ़ल 109 km² र जनघनत्व 200/km2 (510/sq mi) रहेको छ र नेपालको २०७८ को जन गणना अनुसार यहाको जनसंख्या १९७०६ रहेको छ । यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो, यहाँ मुख्य रुपमा लिम्बु जतिको बसोबास रहेको छ, साथ साथै अन्य जातजातिहरुको पनि बाक्लो बसोबास रहेको छ| यस क्षेत्रका मनिषहरु विभिन्न पेशा व्यवसायमा आवद्ध छन् र यो क्षेत्र जडिबुटी तथा कृषि उपज उत्पादन को लागि धेरै प्रख्यात छ।
केन्द्रः साविक आमचोक गा.वि.स.को कार्यालय
जनसङ्ख्याः १९७०६
क्षेत्रफलः १०८.७९ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
आमचोक |
७-९ |
फाकफोक |
१-४ |
|
२ |
फाकफोक |
५-९ |
३ |
आमचोक |
१-६ |
४ |
फूएतप्पा |
१-९ |
५ |
लुम्दे |
१-९ |
६ |
एकतप्पा |
१-४ |
चमैता |
७,९ |
|
७ |
एकतप्पा |
५-९ |
६. नामः चुलाचुली गाउँपालिका
इलाम जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका साबिकका चुलाचुली र साकफारा दुई गा.वि.स. मिलाएर बनाइएको छ . जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा अवस्थित यस गाउँपालिकाको कूल क्षेत्रफल १०८.४६ वर्ग किलोमिटर रहेको छ . छ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको पूर्वमा माई नगरपालिका,पश्चिमका मोरंग जिल्ला उत्तरमा मांग्सेबुंग गाउँपालिका तथा दक्षिणमा झापा जिल्लासंग सिमाना जोडिएको छ . पूर्वपश्चिम राजमार्गसंग कच्ची सडकले जोडिएको यस गाउँपालिकामा पहाडी भूभागका अतिरिक्त केहि समथर भूभाग समेत पर्दछ . यहाँ पर्ने चुरे क्षेत्रमा चुला ढुंगासरी मसिना पहाडहरु उठेकाले तिनकै आधारमा ठाउँको नाम चुलाचुली रहेको हुनसक्छ .<p>
दक्षिणको मैदानी भागमा उस्ण हावापानी र कृषियोग्य भूमि भएकोलेपहाडी क्षेत्रबाट बसाइ सराइ गरी एक मानिसहरुको बाहुल्यता रहेको क्षेत्र हो साबिकको चुलाचुली . ठुलो क्षेत्र वनजंगलले ढाकिएको भएकाले जिल्लाको काष्ठ उद्योगहरुको राम्रो सम्भावना यस क्षेत्रमा रहेको छ . जिल्लाको कुल जनसंख्याको करिब ७.२ प्रतिशत जनसंख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १९२ प्रति वर्गकिलोमिटर रहेको छ . सामाजिक वनावट को आधारमा करिव ५५ प्रकारका जातजातिहरु मद्धे ३० प्रतिशत राई र २५ प्रतिशत ब्राम्हणछेत्री तथा बाँकि अन्य जातजाति वसोवास गर्दछन . तराई क्षेत्रसंग जोडिने भएकोले तराई मूलका मानिसहरुको पनि यस क्षेत्रमा उल्लेखनिय वसोवास पाइन्छ ।
केन्द्रः साविक चुलाचुली गा.वि.
जनसङ्ख्याः २३१५७
क्षेत्रफलः १०८.४६ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
चुलाचुली |
१,२ |
२ |
चुलाचुली |
३,४ |
३ |
चुलाचुली |
५,६ |
४ |
चुलाचुली |
७ |
५ |
चुलाचुली |
८,९ |
६ |
साकफारा |
१-९ |
७. नामः माईजोगमाई गाउँपालि
माईजोगमाई गाउँपालिका इलाम जिल्लाको सुदुरपुर्बी छेत्रमा रहेको गाउँपालिका हो | नेपालको संधीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचनामा स्थानिय तहको नंया सिमांकन गर्दा यो गाउँपालिका साबिकका ५ वटा गाबिसहरु बाट रुपान्तर भइ स्थापना भएको हो | यो गाउँपालिका जातिगत तथा सास्कृतिकरुपमा बिशिस्टता र विविधता बोकेको गाउँपालिका हो | इलामको पुर्बी भागमा मात्र बसोबास गर्ने न्यूनसंख्यामा रहेका लेप्चा र थामी जातिहरुको समेत यस गाउँपालिकामा बसोबास रहेको छ |
ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहेको समाजसेबी सन्त बालागुरु कर्मभुमि नयाँबजार, प्रसिद् धार्मिक आस्थाको केन्द्र नामसालिंगमा रहेको माइबेनी धाम, नयाँबजारको बौद्ध गुम्बा, सिंहदेवी मन्दिर, गोर्खेको शीवालय आदि प्रमुख रहेको छ | प्यांग को सुर्योदयको दृश्य देखिने टाकुरा, जोगमाईमा रहेको प्राकृतिक खर्क तथा सतही जलभन्डार, ऐतिहासिक ब्यापारिक केन्द्र गोर्खे बजार , शिवधाम प्रसिद् माई, जोगमाई, मेची नदि तथा नामसालिङ मा रहेको सातले झरना, काली ओडार, उत्तरे पोखरी साङछोलिङ गुम्बा मेघ्मा गुम्बा पर्यटकीय स्थल जौबारी तारे भिरमा रहेको सिंहदेवि मन्दिर आदि यस गाउँपालिकाका ऐतिहासिक महत्वका स्थलहरु हुन् |
केन्द्रः साविक नयाँबजार गा.वि.
जनसङ्ख्याः १९१३१
क्षेत्रफलः १७२.४१ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
नयाँबजार |
१-४, ६-९ |
२ |
जोगमाई |
१-७ |
३ |
नामसालिङ्ग |
१-४ |
नयाँबजार |
५ |
|
४ |
नामसालिङ्ग |
५-९ |
५ |
सोयाङ |
१-९ |
६ |
प्याङ्ग |
१-९ |
८. नामः माङसेबुङ गाउँपालिका
माङसेबुङ्ग साबिक गाउँपालिका ईलाम जिल्लाको एक सुन्दर गाउँपालिका हो । यो साबिक गजुरमुखी, ईभाङ र बाजो गा.वि.स. मिलेर बनेको गाउँपालिका हो । यस गाउँपालिकामा पुर्वकै प्रसिद्ध मानिने गजुरमुखी धाम, माङमालुङ, किरात धर्मावलम्बीहरुको धार्मिक स्थल लारुम्बा जस्ता प्रसिद्ध तिर्थस्थलहरु रहेका छन्। ईलाम जिल्लाको पश्चिम दक्षिणमा अवस्थित माङसेबुङ्ग गाउँपालिका कुल १४२.४१ बर्ग किलोमिटरमा फैलिएको छ। झापा जिल्लासँग उत्तर दक्षिण कच्ची सडक यातायातले जोडिएको यस गाउँपालिका मा राँके रवि सडक अन्तर्गत पाचथर जिल्लाको रवि बजार हुदै आवतजावत गर्न सकिन्छ। पश्चिम क्षे त्रका बाँझो, गजुरमुखी र इभाङ गरी तिनवटा साबिकका गा वि स हरु मिलाएर यो गाँउपालिका बनाइएको छ। पूर्वमा देउमाई, र माई,नगरपालिका, पश्चिम र दक्षिणमा चुलाचलि गाँउपालिका तथा उत्तरमा फाकफोकथुम गाँउपालिका र पाँचथर जिल्ला सँग सिमाना जोडिएर रहेको छ।
६ वटा वडामा विभाजित यो गाउँ पालिकाको केन्द्र साबिकको इभाङ्ग गा.बि.स कार्यलय रहनेगरि ब्यवस्था मिलाइएको छ। अम्लिसो र अदुवा यस क्षेत्रको प्रमुख नगदेबालि हो भने अन्न उत्पादन गर्ने ठुलठुला फाँटहरु यस क्षेत्रमा पर्दछन। गजुरमुखीधाम, माङसेबुङ्ग जस्ता प्रसिद्ध धार्मिक स्थलहरु रहेको यो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना एकदमै बढी छ।
जिल्लाको कुल जनसंख्याको करिब ६.४ प्रतिशत जनसख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १३० वर्ग कि.मि. रहेको छ। सामाजिक वनावटका आधारमा लिम्बु जातिको बाहुल्यता ४३%, रहेको यस क्षेत्रमा राई जाति दोस्रो प्रमुख ३६% जाति हो। त्यसपछी नेवार, मगर, दलित, ब्राम्हण, क्षेत्री आदि बिबिध जातिको बसोबास भएको पाईन्छ। किराँत धर्म गुरु आत्मानन्द लिङ्गदेनको कुटि र मन्दिरहरुका कारण यस क्षेत्रलाि देवस्थल मान्दै यसको नामाकरण गरिएको हो। माङसेबुङ्ग लिम्बु भाषामा राखिएको नाम हो जसको अर्त देवाताको उत्पति भुमि देवताले रुचाएको भूमि भन्ने हुन्छ।
केन्द्रः साविक ईभाङ गा.वि.स.को
जनसङ्ख्याः १६८१०
क्षेत्रफलः १४२.४१ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
गजुरमुखी |
१-९ |
२ |
ईभाङ |
१-५,९ |
३ |
बाँझो |
७-८ |
ईभाङ |
६-८ |
|
४ |
बाँझो |
२ |
५ |
बाँझो |
९ |
६ |
बाँझो |
१,३-६ |
९. नामः रोङ गाउँपालिका
साविकको जिर्मले, इरौटार, कोल्बुङ र शान्तिपुर गा.वि.स मिलाएर हालको रोङ गाँउपालिकाको निमार्ण भएको हो । १७३६७ जनसंख्या रहेको यस गाँउपालिकाको क्षेत्रफल १५५.०६ वर्ग कि.मी रहेको छ । हाल केन्द्रीय कार्यलय साविक कोल्बुङ गा.वि.स को कार्यलयमा रहेको यस गाँउपालिकामा ६ वटा वडाहरु रहेका छन् । जसमा, वडा न. १ मा ः साविकको शान्तीपुर १,२,४–६,८,९ वडा न २ माः साविकको शान्तीपुर ३,७ वडा न ३ माः साविकको इरौटार २,४ र कोल्बुङ १,२,५–८ वडा न.४ मा ः साविकको इरौटार ३ र कोल्बुङ ३,४,९ वडा न ५ माः साविकको इरौटार १,५–९ वडा न ६ माः साविकको जिर्मले १–९, रहेका छन् । पूर्वमा भारत, पश्चिम र उत्तरमा सूर्योदय न.पा र दक्षिणमा झापा जिल्ला गाउँपालिकाको सिमानाको रुपमा रहेका छन् । धार्मिक, पर्यटकिय एवं कृषिका लागी ईलाम जिल्लामा मात्र नभई नेपालभर यस गाँउपालिका प्रसिद्ध रहेको छ ।
केन्द्रः वडा नं. ४ पहाडी गाउँ
जनसङ्ख्याः १७३६७
क्षेत्रफलः १५५.०६ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
शान्तिपुर |
१,२,४-६,८,९ |
२ |
शान्तिपुर |
३,७ |
३ |
इरौटार |
२,४ |
कोल्बुङ |
१,२,५-८ |
|
४ |
इरौटार |
३ |
कोल्बुङ |
३,४,९ |
|
५ |
इरौटार |
१,५-९ |
६ |
जिर्मले |
१-९ |
१०. नामः सन्दकपुर गा
केन्द्रः वडा नं. ३ माबुमोड देउराली
जनसङ्ख्याः १५,४४४
क्षेत्रफलः १५६.०१ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
१ |
माईपोखरी |
४-९ |
२ |
माईमझुवा |
१-९ |
३ |
सुलुबुङ्ग |
१-९ |
४ |
मावु |
१-९ |
५ |
जमुना |
१-९ |
स्राेतः नेपाल सरकार संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय , जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला समन्वय समिति इलाम । याे लेखमा कमिकमजोरी भएमा कमेन्ट बक्समा छोडिदिनुहोला । यदि तपाइ आफैले इलाम जिल्लाकाे कुनै स्थान र विशेषको लेख लेखेर चिनारी नेपालमा प्रकाशन गर्न चाहेमा chinari2020@gmail.com मा सम्पर्क गर्न सक्नुहुने छ ।