रुकुम पूर्व East Rukum

परिचय

जिल्ला प्रशासन कार्यालय रूकुम पुर्वका अनुसार रूकुम पुर्व जिल्ला नेपालकाे कान्छाे जिल्ला तथा प्रदेश न‌. ५ काे एकमात्र हिमाली जिल्ला हाे । यस जिल्लामा विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधता रहेकाे छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविक इलाका प्रशासन कार्यालय रुकुमकाेट, वि.स‌. २०७४ साल देखि नेपाल सरकारकाे राज्य पुन:स‌रचनाकाे क्रममा स्तराेन्निति भइ जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व बनेकाे हाे । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालहरु रुकुमकोटमा अवस्थित रहेका छन् । यस जिल्लाको पूर्वमा बाग्लुङ र म्याग्दी पश्चिममा  रुकुम(पश्चिम) उत्तरमा डोल्पा र दक्षिणमा रोल्पा जिल्ला रहेका छन् ।

Rukum Purba
तस्विरमाः रूकुम पुर्व हेमन्त फोटोग्राफी
रूकुम पुर्व जिल्लाको भौगोलिक अवस्थिती
देशान्तरः   ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि.  पुर्वी देशान्तरसम्म
अक्षांसः    २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म
समुन्द्र सतहदेखि उचाईः   ७२४६ मि.
जिल्लाको क्षेत्रफलः  १६६३ वर्ग कि.मि.
सदरमुकामको उचाईः  १६५० मि.
हावापानीः   समशितोष्ण/शितोष्ण
औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म
तापक्रमः  ०.२ देख ३४ सेल्सियस सम्म ।
कुल क्षेत्रफलः ११३५२३ हेक्टर
खेतियोग्य क्षेत्रफलः २०२६५ हेक्टर
पानीले ओगटेको क्षेत्रफलः ३४३ हेक्टर
चरन क्षेत्रः ५६५५ हेक्टर
वनजङ्गल क्षेत्रफलः ५९७४८ हेक्टर
हिउले ओगटेको क्षेत्रफलः  २४७६ हेक्टर
रूकुम पुर्व
तस्विरमाः रूकुम पुर्व
रूकुम पुर्व जिल्लामा रहेका प्रमुख नदी धार्मिक स्थलहरु र पर्यटकीय स्थलहरु
सानीभेरी, लुकुम गाड, पेल्मा खोला, रन्माखोला, रुजीखोला, चुन्वाङखोला, कोर्जाखोला, छिपखोला आदि प्रमुख नदि र खोलाहरू हुन ।वराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट, विन्द्यावासीनी मन्दिर रुकुमकोट, मस्तथान मैकोट,  आदि प्रमुख धार्मिक स्थलहरू हुन भने पुथा हिमाल, सिस्ने हिमाल, कमल ताल, पुपाल दह, सुन दह, गुप्ता दह, सम्पे ताल, देऊराली गुफा, तकसेरा गाँउ, लुकुम गाँउ, राङ्सी गाँउ, कोल गाँउ, हुकाम गाँउ, मैकोट गाँउ, काँडा गाँउ, महत गाँउ, सिमा गाँउका मगर वस्तीहरु, रुकुमकोट वस्ती, ढोरपाटन वन्यजन्तु आरक्ष आदि पर्यटकीय स्थलहरु हुन ।
rukum
तस्विरमाः रूकुम पुर्व
रूकुम पुर्व जिल्लामा उत्पादन हुने तरकारी तथा फलफुलहरु 
रूकुम पुर्व जिल्लामा उत्पादनहुने प्रमुख तरकारी तथा फलफुलहरुमा   मुला, आलु, पिडालु, प्याज, रायो, लसुन, बेसार, अदुवा, टमाटर, फर्सी, गोलभेडा, रामतोरिया, करेला, भेण्टा, खुर्सानी, केराउ, गाजर, काउली, बन्दा, सिमी, काँक्रा, स्कुस, बरेला, बोडी,  केरा, अम्वा, सुन्तला, कागती, मौसम, स्याँउ, नास्पति, आलु, आरुबखडा, ओखर आदि ।
रूकुम पुर्व जिल्लामा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरु
कस्तुरी, मृग, नाउर, रातो, बांदर, ढेडुं, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दुम्सी, लोर्खके, गोहोरो, डाँफे, मुनाल, च्याकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।
रूकुम पुर्व जिल्लामा पाइने जडीबुटीहरू
यार्सागुम्वा, पाँचऔले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराईटो, जटामसि, भलायो आदि ।
तस्विरमाः रूकुम पुर्व
तस्विरमाः रूकुम पुर्व
रूकुम पुर्व जिल्लामा उत्पादनहुने अन्नबालीहरु
धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर आदि ।
रूकुम पुर्व जिल्लामा पाइने खनिज पदार्थहरु
तामा, सिसा, कोईला, फलाम, चक, शिलाजित, गन्धक आदि ।
रूकुम पुर्व जिल्लामा रहेका हिम श्रृंखलाहरू
हिम श्रृंखलाको नाम   उचाई मी. अक्षांस  देशान्तर
पूथा हिमाल १ ७२४६  मी. उचाई २८ ४४ ५२ अक्षांस ८३ ०८ ५३ देशान्तर
पुथा हिमाल २ ५५९८  मी. उचाई ४४ ०५ अक्षांस ८३ ०८ ३४ देशान्तर
सिस्ने हिमाल १ ५९११  मी. उचाई २८ ४९ ४० अक्षांस ८२ २७ ०७ देशान्तर
सिस्ने हिमाल २ ५८४४ मी. उचाई २८ ५० २३ अक्षांस ८२ ३७  ३५ देशान्तर
दोगारी हिमाल ६५३६  मी. उचाई २८ ४६ ०० अक्षांस ८३ ०६ ०१ देशान्तर
सामजाङ्ग हिमाल ५९२४ मी. उचाई २८ ४६ ०२ अक्षांस ८३ ०५ ५७ देशान्तर
निम्कु हिमाल ५८४० मी. उचाई २८ ४६ ४७ अक्षांस ८३ ०४ ०५ देशान्तर
श्रोतः जिल्ला प्रशासन कार्यालय रूकुम पुर्व
रूकुम पुर्व जिल्लाको निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

रूकुम पुर्व जिल्लाको स्थानियतहको विभाजन

संघिय संरचना अनुसार रूकुम पुर्व जिल्लाको स्थानियतहको विभाजन साविकका  गा.वि.स. का वडाहरूलाइ समेटेर  ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः पुथा उत्तरगंगा गाउँपालिका

केन्द्रः तकसेरा

जनसङ्ख्याः १७९३२

क्षेत्रफलः ५६०.३४ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

रन्मामैकोट

१-३

रन्मामैकोट

४,५

रन्मामैकोट

६,७

रन्मामैकोट

८,९

हुकाम

१-७

हुकाम

८,९

जाङ

१,२

जाङ

३-७

जाङ

८,९

१०

तकसेरा

१-६,९

११

तकसेरा

७,८

१२

कोल

१-५,८,९

१३

कोल

६,७

१४

राङ्सी

१-९

 २.    नामः  भूमे गाउँपालिका

केन्द्रः वडा नं. २ खाबाङ बगर

जनसङ्ख्याः १८५८९

क्षेत्रफलः २७३.६७ (वर्ग कि.मि.)

वडा संख्याः ९

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

काँक्री

४-७,९

काँक्री

१-३,८

मोरावाङ

१-९

काँडा

१-३,८,९

काँडा

४-७

महत

१,२,९

महत

३-६

महत

७,८

रुकुमकोट (शोभा)

चुनवाङ

१-९

 ३.    नामः सिस्ने गाउँपालिका

केन्द्रः साविक रकुमकोट गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६४९७

क्षेत्रफलः ३२७.१२ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सिस्ने

१-९

प्वाङ

१-९

पोखरा

१-४

पोखरा

५-९

रुकुमकोट (शोभा)

१,३,७,९

रुकुमकोट (शोभा)

२,५,६,८

स्यालापाखा

७-९

स्यालापाखा

१,२,५,६

श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र जिल्ला प्रशासन कार्यालय  रूकुम पुर्व। तस्विरः सामाजिक सञ्जाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रूकुम पुर्व जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *