परिचय
मध्यकालिन वाइसे राज्यमध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोट राज्यहरु पनि पर्दथे । यी राज्यमध्ये रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर रहेको थियो । रुक्मीणी देवीको नाम अपभ्रंस भएर रुकुमकोट भएको र रुकुमकोट शब्दबाटै रुकुम नाम रहन गएको किम्बदन्ती पाइन्छ । वि.सं. २०७४ मा रुकुम जिल्लालाई २ जिल्लामा विभाजन गरेपछि रुकुम पश्चिम र रुकुम पूर्व गरी दूई भागमा यो जिल्ला विभाजन भयो । हाल कर्णाली प्रदेश अन्तरगत पर्ने यस रुकुम पश्चिम जिल्लाको पूर्वी सीमानामा रुकुम पूर्व, पश्चिम सीमानामा जाजरकोट, उत्तरमा डोल्पा र दक्षिणमा सल्यान र रोल्पा जिल्लाहरु पर्दछन । करीब १ लाख ५५ हजार जनसख्या भएको यस जिल्लाको सदरमुकाम मुसिकोट हो । यस जिल्लामा हिमाली, पहाडि र तराईसम्मकै हावापानी पाइन्छ । विभिन्न ताल तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो जिल्लमा विभिन्न जात जाति र भाषा भाषीका मानिसहरु वसोवास गर्दछन । उनीहरुको रहन सहन र कला संस्कृति पनि विविध खालको छ ।

रुकुम(पश्चिम) जिल्लाको ऐतिहासिक पृष्ठभूमी :
नेपालको एकात्मक राज्य प्रणाली अन्तर्गतको रुकुम जिल्लालाइ संविधान सभा बाट निर्माण गरिएको संघीयता सहतिको संविधान २०७२ बाट राज्यको गठित नया संघीय संरचना बमोजिम जिल्लालाई पुर्वी रुकुम र पश्चिम रुकुम गरि २ जिल्लामा विभाजन गरेको छ । हाल पुर्वी रुकुम ५ नं. प्रदेश र पश्चिम रुकुम कर्णाली प्रदेशको सबैभन्दा पुर्बी भागमा अबस्थित छ । यस जिल्लाको ऐतिहासिक अभिलेखको आधारमा जुम्लाका राजा मेदनी बर्माले आफ्ना माइला भाइ पिताम्बरलाई रुकुमको राज्य दिएका थिए ।
केही राज्यहरू स–साना नाम मात्रका थिए । ती स–साना रजौटाहरूको अधिनमा थोरै जनसंख्या भएका गाँउ हुन्थे । राज्यको आम्दानी पनि थोरै हुन्थ्यो । उनीहरूलाई आफ्नो अस्तित्व जोगाउन कठिन हुन्थ्यो । शक्तिशाली राज्यहरूको इशारामा चल्नु पर्ने बाध्यात्मक स्थिति र बृहत नेपालको सृजना गर्ने दृढ संकल्पका साथ पृथ्वीनारायण शाहले आफ्नो एकीकरण अभियान पूर्वतिर चलाइराखेका थिए । उनको मृत्यु पछि राजा प्रताप सिंह शाहले बाबुको सपना साकार पार्न कविलासपुरमा हमला गरी विजय प्राप्त गरे ।

उनको अल्पआयुमै मृत्यु भए पछि राजमाता राज्यलक्ष्मीको लमजुङ्ग, तनहु, नुवाकोट, भिर्कोट, कास्की रिसीङ, घिसिङ माथि विजय प्राप्त गरी राजमाताको देहान्त पछि बहादुर शाहले नायवी भइ काम गरे । बहादुर शाह (रणबहादुर शाहको राज्यकाल) ले पिता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न अघि सरे । पाल्पासँग आफ्नो वैवाहिक सम्बन्ध कायम राखी कुटनैतिक दृष्टिको आधारमा पश्चिम पाल्पा र सल्यानबाट मद्दत लिने योजना बनाए । पश्चिमबाट बहादुर शाहले पाल्पा बाहेक सबै राज्यहरू विजय गरे ।
सल्यानले नेपाल सरकारलाई सहयोग गरेको देखेर दाङ्ग, जाजरकोट र रुकुम राज्यले आपसमा मिलेर सल्यानमाथि सामूहिक हमला गर्ने मिलोमतो गरे । तर काजी दामोदर पाण्डे, काजी जगत्जङ्ग पाण्डे, सरदार परवल राना र सुब्बा फौदसिंहको नेतृत्वमा नेपाली सैन्यले दाङ माथि विजय गरी सल्यानलाई सुम्पेको देखिन्छ । काजी जिप शाह, सरदार अमरसिह थापा, सरदार पारथ भण्डारी र सुब्बा जोग मल्लले उपल्लो खसीको बाटोगरी जहारीटार पुगि जाजरकोट संग सिढि सन्धि पत्र गरे ।
यसरी रुकुमकोट लगायत मुसिकोट, बाँफिकोट, जहारीकोट, आठविसकोट, गोतामकोट जस्ता स–साना राज्यहरू रणबहादुर शाहको राज्यकालमा नेपालमा एकीकरण भयो । यसरी एकीकरण भएको रुकुम जिल्ला वि.स. २०१८ सालमा १४ अञ्चल ७५ जिल्लामध्ये मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलको उत्तरी भेकमा सुन्दर सिस्ने हिमालको काखमा अवस्थित रुकुम जिल्ला एक दुर्गम जिल्लाको रुपमा चिनिन्छ ।

रूकुम पश्चिम जिल्लाको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज,जातजाति र भाषाभाषी
यहाँ पौराणिक लोक संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज विद्यमान छन् । विविध, जातजाति, भाषाभाषी, संस्कृति यस जिल्लाको विशेषता हो । अग्ला अग्ला पर्वतको खोचमा रुकुमकोट (जिल्लाको पुरानो सदरमुकाम) नामको उपत्यका पनि छ । पोखरी आकारमा साना साना खाल्टाखुल्टी र थुम्का टाकुरा भएको यस स्थानलाई ५२ पोखरी ५३ टाकुरी पनि भनिन्छ । वि.स. २०३० सालमा रुकुमकोटवाट सदरमुकाम जुम्ली खलंगा मुसिकोटमा सरेको हो । आजभोलि यसलाई खलंगा मुसिकोट भन्ने गरिन्छ । यो जिल्ला ऐतिहासिक पुरातात्विक, प्राकृतिक एवम सांस्कृतिक सम्पदामा अति नै वैभवशाली मानिन्छ ।
बाउन्न पोखरी त्रिपन्न टाकुरी भनेर चिनिने रुकुममा पहिलो पटक पाइला टेक्ने जो कोहि पनि हर्षविभोर नभई रहन सक्दैन । सानोभेरी, ठुलोभेरी जस्ता नदीले फन्को मारी बग्ने सयौं खोला तथा नदीनालाहरू, झर्नाहरू अनि लेकमा फुल्ने गुराँसको मनोरक दृश्य र डाँफे मुनाल तथा कालिजका सुमधुर संगितमय आवाजले जिल्लालाई अझै सुन्दर बनाएको छ । बाह्रै महिना सेतो घुम्टो ओढी उत्तरतर्फ रहेको सिस्ने हिमालको दृश्य अति नै मनमोहक देखिन्छ । धार्मिक तथा ऐतिहासिक दृष्टिले समृद्ध मानिने प्रमुख दर्शनीय स्थलहरूमा डिगे्र शाईकुमारी मन्दिर, स्यार्पू दह, कमल दह, रुकुमकोट, जुम्ली खलंगा, मुसिकोट, ढोरपाटन शिकार आरक्ष, देउराली गुफा आदि रहेका छन् ।

रूकुम पश्चिम जिल्लाको भौगोलिक अवस्थिति
अक्षांश : २८ ं २९’ देखि २९ ०’ उत्तरी अक्षांश
देशान्तर : ८२ ं १२’ देखि ८२ ं ८३’ पूर्वि देशान्तरसम्म
उचाइ : ७१४ देखि ६६०२ मी. सम्म
सदरमुकाम मुसिकोटको उचाइ : १४४८ मिटर
क्षेत्रफल : २८७७ वर्ग कि.मी.
हावापानी
औषत वर्षा : १६०० देखि २४०० मि.मि.सम्म
तापक्रम : न्युनतम ०.४ ंसेल्सिियस अधिकतम
तापक्रम : ३४ ं सेल्सियस
हावापानी : अर्धउष्ण, समशितोष्ण, शितोष्ण
रूकुम पश्चिम जिल्लाको सिमानाका जिल्लाहरू
पुर्व : बाग्लुङ र म्याग्दी जिल्ला
पश्चिम : जाजरकोट जिल्ला
उत्तर : डोल्पा जिल्ला
दक्षिण : सल्यान र रोल्पा जिल्ला
रूकुम पश्चिम जिल्लाका प्रमुख धार्मिक स्थलहरू
डिग्रे साईकुमारी भगवती र कालिका मन्दिर खलंगा, बराह मन्दिर र शिवजी मन्दिर रुकुमकोट , गाधिघर देउती मन्दिर बांफिकोट, देवीस्थान, सिस्ने, शिवजी मन्दिर विजयश्वरी चौरजहारी, चर्चघर मुसिकोट र तकसेरा , मस्तथान मैकोट ,कालिका मन्दिर गोतामकोट, लक्ष्मीनारायण मन्दिर आठविसकोट आदि ।
रूकुम पश्चिम जिल्लाका प्रमुख पर्यटकीय स्थलहरू
सिस्ने हिमाल, पुथा हिमाल, स्यार्पू ताल, कमल ताल, सुन दह, गुप्ता दह, सम्पे ताल, देउराली गुफा, तकसेरा गांउ, लुकुम गाउँ, राङसी गाउं, कोल गाउँ, हुकाम गाँउ, मैकोट गाउँ, महत गाउँ, कांडा गाउँ र सीमा गाउँका मगर वस्तीहरू, गोतामकोटको बस्ती, रुकुमकोटको वस्ती, चौरजहारी वस्ती, चांपा तरकारी विऊ उत्पादन केन्द्र, कानखाने लेक मौराखारा लेक, सिमैछरी झरना, सातामाटे कालापोखरा क्षेत्र, चित्री पाटन, लालपाटन, ढोरपाटन वन्यजन्तु आरक्ष आदि ।
रूकुम पश्चिम जिल्लामा पाइने प्रजातिहरू
बांज, खस्रु, शिसौ, गुरांस, ओखर, साज, साल, पाङ, ठिङ्गो, चिउरी, टुनी, चांप, काफल, सल्लो, उत्तीस, चिलाउने, कटुस आदि ।
रूकुम पश्चिम जिल्लामा पाइने वन्यजन्तु तथा चराचुरीहरू
कस्तुरी, मृग, नावर, रेड पाण्डा, रातो बांदर, ढेडु, झारल, थार, बाघ, खरायो, स्याल, दुम्सी, लोखर्के, गोहोरो, डांफे, मुनाल, च्याुकुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं आदि ।
रूकुम पश्चिम जिल्लामा पाइने जडीबुटीहरू
यार्सागुम्बा, पांचऔंले, कुरिलो, टिमुर, दाल्चिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, भलायो आदि ।
रूकुम पश्चिम जिल्लाको जिल्लाको निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
रूकुम पश्चिम जिल्लाको स्थानियतहको विभाजन
संघिय संरचना अनुसार रूकुम पश्चिम जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ३ नगरपालिका र ३ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः मुसिकोट नगरपालिका
केन्द्रः साविक मुसिकोट नगरपालि
जनसङ्ख्याः ३२९३९
क्षेत्रफलः १३६.०६ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मुसिकोट |
१ |
|
|
स्यालापाखा |
३,४ |
|
|
|
२ |
मुसिकोट |
२,३ |
|
|
३ |
मुसिकोट |
४ |
|
|
४ |
मुसिकोट |
५ |
|
|
५ |
मुसिकोट |
६ |
|
|
६ |
मुसिकोट |
७,८ |
|
|
७ |
मुसिकोट |
९,१० |
|
|
८ |
मुसिकोट |
११ |
|
|
चौखावाङ |
३ |
|
|
|
९ |
चौखावाङ |
१,२,४,५ |
|
|
१० |
चौखावाङ |
६-९ |
|
|
११ |
भालाक्चा |
१-४,७-९ |
|
|
१२ |
भालाक्चा |
५,६ |
|
|
छिवाङ |
४,९ |
|
|
|
१३ |
छिवाङ |
१-३,५ |
|
|
१४ |
छिवाङ |
६-८ |
|
|
२. नामः चौरजहारी नगरपालिका
केन्द्रः साविक चौरजहारी नगरपा
जनसङ्ख्याः २७४३८
क्षेत्रफलः १०७.३८ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
चौरजहारी |
१,२ |
|
|
२ |
चौरजहारी |
३ |
|
|
३ |
चौरजहारी |
४,५ |
|
|
४ |
चौरजहारी |
६ |
|
|
५ |
चौरजहारी |
७ |
|
|
६ |
चौरजहारी |
८ |
|
|
पुर्तिमकाँडा |
४,५ |
|
||
७ |
चौरजहारी |
९ |
|
|
८ |
चौरजहारी |
१० |
|
|
पुर्तिमकाँडा |
९ |
|
||
९ |
चौरजहारी |
११ |
|
|
१० |
खोलागाउँ |
१,२,९ |
|
|
११ |
खोलागाउँ |
३-५ |
|
|
१२ |
खोलागाउँ |
६-८ |
|
|
१३ |
नुवाकोट |
५-८ |
|
|
१४ |
नुवाकोट |
१,२,४,९ |
|
३. नामः अठबिसकोट नगरपालिका
केन्द्रः साविक अठबिसकोट गा.वि.
जनसङ्ख्याः ३३६०१
क्षेत्रफलः ५६०.३४ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
स्यालाखादी |
८,९ |
|
|
२ |
स्यालाखादी |
१,२,६,७ |
|
|
३ |
स्यालाखादी |
३-५ |
|
|
४ |
गोतामकोट |
१-३ |
|
|
५ |
गोतामकोट |
४-६ |
|
|
६ |
गोतामकोट |
७-९ |
|
|
७ |
आठविसकोट |
३,५ |
|
|
८ |
आठविसकोट |
४,८ |
|
|
९ |
आठविसकोट |
२,६,७ |
|
|
१० |
आठविसकोट |
१,९ |
|
|
मग्मा |
७,८ |
|
||
११ |
आठविसडाडा |
१-५ |
|
|
१२ |
आठविसडाडा |
६-९ |
|
|
१३ |
घेत्मा |
४-७ |
|
|
१४ |
घेत्मा |
१-३,८,९ |
|
४. नामः बाँफिकोट गाउँपालिका
केन्द्रः साविक बाँफिकोट गा.वि.
जनसङ्ख्याः १८६९६
क्षेत्रफलः १९०.४२ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पिपल |
१,२ |
|
|
२ |
पिपल |
३-९ |
|
|
३ |
बाँफिकोट |
३,८,९ |
|
|
४ |
बाँफिकोट |
१,२,४ |
|
|
५ |
बाँफिकोट |
५-७ |
|
|
६ |
मग्मा |
२-४,६ |
|
|
७ |
मग्मा |
१,५,९ |
|
|
८ |
दुली |
४-६ |
|
|
९ |
झुला |
१-५ |
|
|
१० |
झुला |
६-९ |
|
५. नामः त्रिवेणी गाउँपालि
केन्द्रः सिम्रुतु खारानेटा
जनसङ्ख्याः १९४०४
क्षेत्रफलः ८५.४९ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
रुघा |
१,६-९ |
|
|
२ |
रुघा |
२-५ |
|
|
३ |
खारा |
१-३ |
|
|
४ |
खारा |
४-६ |
|
|
५ |
खारा |
७-९ |
|
|
६ |
मुरु |
१-३,९ |
|
|
७ |
मुरु |
४-८ |
|
|
८ |
पेउघा |
५-७ |
|
|
९ |
पेउघा |
२-४ |
|
|
नुवाकोट |
३ |
|
||
१० |
पेउघा |
१,८,९ |
|
६. नामः सानीभेरी गाउँपालि
केन्द्रः साविक सिम्ली गा.वि.स.
जनसङ्ख्याः २२१९४
क्षेत्रफलः१३३.८ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पुर्तिमकाँडा |
६-८ |
|
|
२ |
पुर्तिमकाँडा |
१-३ |
|
|
३ |
गरायला |
१-३,८ |
|
|
४ |
गरायला |
१-४,९ |
|
|
५ |
दुली |
१,३,९ |
|
|
६ |
दुली |
२,७,८ |
|
|
७ |
सिम्ली |
३-५ |
|
|
८ |
सिम्ली |
२,६,७ |
|
|
९ |
सिम्ली |
१,८,९ |
|
|
१० |
अर्मा |
१-४ |
|
|
११ |
अर्मा |
५-९ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति रुकुम पश्चिम र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम। तस्विरः सामाजिक संजाल । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । रुकुम पश्चिम जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।