SURESHKUMARPANDEY

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ४

सुरेश कुमार पाण्डेका गजल संग्रहहरू

सबैलाई काम नगर्ने तर नेता बन्ने रहर हुन्छ,
बर्गिय गफ लगाउँछौँ प्यारो आफ्नै घर हुन्छ।

धेरैले थुकेका हुन्छन् आकास तिर सधैभरी,
थुक आफ्नै मुखमा परेपनि ऊ बेखवर हुन्छ।

अब गरिब किसान जुर्मुराउँनुपर्छ देशभित्रका,
जनता एकजुट भएपछि नेतालाई डर हुन्छ।

विदेशी हुलेर भन्छौ देशलाई धेरै खतरा भयो,
त्यो देश बन्दैन जहाँ देशभक्त नै वेकदर हुन्छ।

सियो देखी लुगा सम्म विदेशीको भरमा सधै,
कागज समेत किन्नुपर्छ जुनदेशमा खर हुन्छ।

दुश्मनको नजर लग्यो देशमा दलाल उनैका,
व्यवहारले शुरक्षित खोला हुन्छ नबगर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६-०४-२०२४,

मुटु पिरो हुन्छ सधै आँसु आँखा भरी हुन्छ,
कसैले रचना चोरिगर्दा दुःख घरिघरी हुन्छ।

कहिले ज्वाला बोल्छ आक्रोश हुन्छ कहिले,
यिनै आँखामा पनि अनायसै बर्खेझरी हुन्छ।

बिडम्वना यो हाम्रै समाज दुष्टहो कि मित्रहो,
आँसुकै भेल त कहिले पसिना धरधरि हुन्छ।

यो पैसा प्रधान समाज भित्र केके गर्छन् धनी,
सबथोकमै शोषण हुन्छ उनैको मनपरि हुन्छ।

रात भन्दैनन् दिन भन्दैनन् मिहेनत गर्नेहरूले,
चोर द्वारा उनैमाथि लुटमार नै खरखरी हुन्छ।

कसैले देश लुटे रचना समेत छाडेनन् असैले,
हाम्रै यो देशभित्र शोशण पनि थरिथरी हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७-०४-२०२४(२५-“चैत्र २०८०)

थाहा छैन मानिसले जिम्मा लिंदा डराउँछन किन,
आफ्नै शिक्षण संस्था सँग हुन्छ यस्तो अमन किन।

मान सम्मान् पाउँन त सबैको हुन्छ मरिहत्ते देशमा,
लगाम छोप्न सक्दैनन् यो देश भित्रका निर्धन किन।

एउटा कविले साहित्यमै नियाल्छ देशलाई आफ्नो,
देख्न सक्दैनन् नेताहरू काममा हुँदैन लगन किन।

बफादार हुन्छन् जनताका भोट लिएर विदेशीको,
लाग्दैन आफ्नै देश नेताहरूलाई आफ्नो पन किन।

सिप कर्मिहरूले देशभित्र आमूल परिवर्तन खोज्दा,
उनै सिपालुका योजना हुन्छन् सधैभरी दफन किन।

खोज्दा खोज्दै पनि शान्ति सु व्यवस्था नागरिक ले,
लगातार समाजमा जन्मिन्छन अपराधी डन किन।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

भन्छन् मानिस सबै भन्दा चेतनसिल हुन्छ,
प्रराणी विवेक सिल जस्मा न्रम दिल हुन्छ।

देशभित्र किन यस्तो अबस्था सिर्जित भयो,
कठै भन्यो की उस्कै आखा टिलमिल हुन्छ।

यस्तै बिचार गर्छन् मुर्ख उनलाई भुल्नै गारो,
बिषालु शब्दहरू छाति भित्रको खिल हुन्छ।

जहाँ न्याय मरेको हुँदैन मित्र विस्वास उस्कै,
उसै सँग तितम् पिरम न्यायको अपिल हुन्छ।

एक पटक कसैले धोका हुन्छ मन् अमिलो,
उसलाई हृदया सदैको लागि वझिल हुन्छ।

नयाँ वर्ष आयो भुलिदेउ तितमपरिम पुराना,
शुभकामना नदिए मनभित्र प्यार निल हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९-०४-२०२४,

घमण्ड रहित हुनैपर्छ सधै साहित्यकार देशमा,
यिनै हुँन् समाज परिवर्तनका कर्णधार देशमा।

धुरिखाँबा बलिया भएपछि घर सुरक्षित् हुन्छ,
तर छाडेन घुन र पुत्ला लाग्ने व्यवहार देशमा।

अहंकारले चुर भयो किन यही साहित्य जगत,
जसको शब्दले नै डाक्नु पर्थ्यो संसार देशमा।

हुनुपर्छ समाजमा देशभक्तीको कदर सधैं भरि,
शहीदकै पनि अवमूल्यन हुन्छ लगातार देशमा।

परिश्रम नगरेका समेत सम्मानित हँन्छन् यहा,
एउटै घरभित्र आपसमा हन्छ तकरार देशमा।

एउटा नागरिकले अस्सी हजार तिर्नैपर्छ याहाँ,
देश बेचेर खान लुकेक हुन्छन् खुँखार देशम।

________________________________
उसले सबैलाई घमण्डी र मुर्ख वेइमान भन्छ,
सधै आफुलाई मात्र सपुत्र देशकै महान भन्छ।

थाहा छ आकास तर्फ फर्कि थुकिरहेको पनि,
पानी माथिको ओबानो तर देशकै शान भन्छ।

रवी सँग लुकी बसेको कवि सँग कहाँ सक्थ्यो,
आफै डिलर भ्रष्टाचारको जताततै दोकान भन्छ।

शुभकामना देशभक्तहरू सबैलाई नयाँ वर्षको,
जस्ले आफुलाई व्यवहारमै देशको परान भन्छ।

भर कत्ति नपर्नु आफुलाई नेता भनौदाहरू को,
जसले बिकासको सट्टा भाषणमा उखान भन्छ।

श्रम सम्झौता गरेर युवा पठाउँछ खाडिमा अनि,
देशभित्र रोजगारको थाई भयो समाधान भन्छ।

अपराधी आफै भ्रष्टाचारी आफै र वेइमान आफै,
राक्षश भन्दा कम्सल छैन अरूलाई सैतान भन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
११-०४-२०२४

भनौँ त के घमण्डले भरिएको पनि साहित्यकार हुन्छ,
आफुलाई कवि भन्नेहरूको यस्तो पनि व्यबहार हुन्छ।

आश्चार्य हुन्छु म आफै देखेर चालचलन यिनिहरूको,
हाम्रो समाजमा कला र सिपको पनि व्यापार हचन्ज।

यहाँ सबथोक विक्रिमा हुन्छन् सरकार नै रखेल बन्यो,
पैसा प्रधान समाज पैसाको लागि देशको गद्धार हुन्छ।

बतास नलागेको त रूख कहाँ हुन्छर बन जङ्गल भरी,
सबैलाई उस्तै त हो धन र पैसा सँग अघात प्यार हुन्छ।

आस नै आसमा यो जिन्दगीले स्वास छाडेर जाने.हो,
यो स्वास चल्दा सम्म जिउँनलाई आस नै आधार हुन्छु।

गरिबहरूले खान लगाउँनलाई साररिक परिश्रम गर्दा,
शोशकले उनैलाई लुट्ने दाउँमा आजको संसार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२-०४-२०२४,

धेरै पाउँछन् गुमाउँछन् जिवनको डगर यस्तै हुन्छ,
मानिस भएपछि सबैको मनभित्र रहर यस्तै हुन्छ।

थाहा हुँदैन शुभ कामना दिंदादिदैँ जीवन टुङ्गिएको,
सांच्चैभन्दा जीवनको यो सुनौलो सफर यस्तै हुन्छ।

योजना लिएर आयौँ सपना बोकेर जान्छौँ हामिसबै,
पुग्दैन कहिल्यै मानिस जीवनको परपर यस्तै हुन्छ।

घरबार भन्नु विस्वासको पर्खाल हो सागर मायाको,
हो त्यसैमा हामि सबैको जिन्दगि निर्भर यस्तै हुन्छ।

बधाई तथा शुभकामना देश बिदेशमा नयाँ वर्षको,
छोंटो जीवन खुसि मै बिताउँ धर्ती सगर यस्तै हुन्छ।

मनभित्र लुक्न सक्दैन दुःख पिढा जति लुकाए पनी,
झलझली देखाउँछ ऊ लुकेका दर्द अधर यस्तै हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३-०४-२०२४(०१ ०१-२०८१)

नयाँ वर्षमा अपराधी नहुँनु बलात्कारी नहुँनु,
आतङ्कारी नहुँनु इज्जतको व्यापारी नहुँनु।

आफ्नो सम्मान आफ्नै हातमा हुन्छ साथी,
यही देशमा जन्मिएका देशको गद्धारी नहुँनु।

स्वास्थ रहनु र मस्त रहनु जहाँ गएपनि तिमी,
सबै नेपाली सन्तानहरू गम्भिर बिमारी नहुँनु।

भबिश्य देशको पनि तरल छ र हाम्रो उस्तै छ,
देश र जनताप्रति गम्भिर हुँनु खेलचारी नहुँनु।

आत्मा सम्मान हुनुपर्छ आत्मा विस्वासी सधै,
पौरखी बन्नु सहयोगि बन्नु कसैमा भारी नहुँनु।

मङ्स खान त हामी गर्भमै सुरू गरेका हुन्छौँ,
तर निर्दोशको बली चढाएर मासाहारी नहुँनु।

सुरेशकुमार पाण्डे दाङ घोराही 1८
१४-०४-२०२४

धोखा दिन्छन् बिचबाटोमा किन हो वर्गका कुरा हुन्छन्,
छाड्छन् मझधार मै जव आ-आफ्ना स्वार्थ पुरा हुन्छन्।

बिड्मवना हाम्रो समजको यथार्थ कुरा पचाउँदैन याहाँ,
त्यसै त समाजमा धेरैजसो काम छुट्छन् अधुरा हुन्छन्।

आमाले भन्नु हुन्थ्यो छोरा सबै सँग मिठो बल्नु सधैभरी,
तर थाहा छैन कसै-कसैको जवानमा समेत छुरा हुन्छन्।

ए हजुर पैसा पर्धान समाज हो विष पनि मिल्दैन सित्तै,
बिना धन् बा आमा भएपनि यो समाजमा टुहुरा हुन्छन्।

जस्को हातमा सत्ता हुन्छ नि उसैलाई समाजवाद आयो,
साला सिडियो साली मेहेर डिलर उनैका ससुरा हुन्छन्।

उनैले दिनेगर्छन् नयाँ वर्षमा उपहार प्रेमिकालाई महंगा,
उस्लाई कसले दिन्छ जस्का हातमा फुटेका चुरा हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१५-०४-२०२४

हिंजो गद्धार थियो आज बफादार बन्यो,
समय लागेन ऊ धारिलो हतियार बन्यो।

न उस्को व्यबहारमा सुधार भयो न निती,
समाजलाई लुट्यो अनि साहुकार बन्यो।

अहिले झन मन्त्री बन्ने तरखर उसैको छ,
जब धनमान भयो उस्कै जनाधार बन्यो।

हात्थि छाप पट्काउँथे विदेशी गल्लिमा,
कारमा गुड्छ हेंड्लाइन समाचार बन्यो।

पुँजिवादी युगमा धनको कमाल हो हजुर,
जस्को हातमा पैसा उसैको संसार बन्यो।

जनताले सोंचेका हुन्छन् गरिबकै छोराहो,
भोट दिन्छन् रत ऊ तानासाह जार बन्यो।

गरिबहरू देश र जनताको लागि लड्छन्,
तेही आन्दोलनबाटै गद्धार लगातार बन्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६-०४-२०२४,

हाम्रो देशमा त डांकाहरू पनि महान हुनथाले,
देशद्रोही र दलाल पनि देशका परान हुनथाले।

हाम्रो देशमा जेल कुन्नी किन बनाए थाहा छैन,
अपराधी बलात्कारीहरू पनि सम्मान हुनथाले।

सुन तस्कर बलात्कारी खुलेआम हिंड्दा लाग्छ,
देशको प्रमुख ठाउँमा उनैका खानदान हुनथाले।

जुनदिन कुरा बुझ्छन् नी सपुतले हुनेहार हुनेछ,
अचेल गाउँ सहरमा जनता साबधान हुनथाले।

पैसाको खेल हो जनताको बुद्धी भुटेर थुपार्छन्,
अचेल पैसानै समाजमा आँधी तुफान हुनथाले।

घर घरैको राजनीति जनताको बुद्दी भुट्नलाई,
निजी स्वार्थ पुरागर्न आन्दोलन उठान हुनथाले।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१७-०४-२०२४,

राजनीतिक कर्मि देश धितो राखेर रहर पुरा गर्दैछन्,
फिजिको बाटो सिक्किम पुराउँने खबर पुरा गर्दैछन्।

समाज पनि उस्तै छ मरेपछिको स्वर्गमा रम्न खोज्दा,
त्यो कुसँस्कारमा टेकेर कुनियतको डगर पुरा गर्दैछन्।

गास खोज्न हिंड्यो युवा बोकेर स्वाभिमानको झोला,
आर्काको देश चारेर मनको त्यही परपर पुरा गर्दैछन्।

ऋण बाट ऋण तिर्दा आर्को समस्या आइ लाग्छ अरे,
साहु भन्छ ऋणैऋणमा पुर्खौली पाटो घर पुरा गर्दैछन्।

साना किसान भूमिहिन,इमान्दार श्रमिक सडकमै पुगे,
देशमा बस्नु छैन नेताहरू विदेशको भर पुरा गर्दैछन्।

जुनसुकै पार्टीलाई चुनौँ जुनसुकै व्यक्तिलाई छान यहाँ,
सत्तामा पुगेपछि भत्ताको लोभमा वेखबर पुरा गर्दछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८-०४-२०२४

हत्थकडी लगाउ वा गोलीमार सरकार,
पावर हातमा छ कित गर उद्दार सरकार।

सन्तान् तिम्रै भएपछि माग्छन् न्याय पनि,
कस्ले दिन्छ भनौँ जिउँने आधार सरकार।

अमूल्य जीवन सँग खेलवाड नगरौँ कत्ती,
कुनै दिन अवश्य हुनेछ आर पार सरकार।

विदेशी दलाल बनी जनतामा दमन नगरौँ,
जनता बन्नेछन् घाँटी सेर्ने हतियार सरकार।

लुकाई बसेको रोग निको हुँदैन फैलिएला,
साबधान गर्नुपर्ला फेरी चिरफार सरकार।

समयमै आफुलाई सुधारौँ र देशभक्त बनौँ,
छोपौँ अपराधी र नगरौँ भ्रष्टाचार सरकार।

फलामले नै फलाम लाई काट्नेगर्छ याहाँ,
उसैको बन्छ ढाल उसको तरवार सरकार।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९-०४-२०२४,

उमिद गर्नु आस गर्नु तर विस्वास नगर्नु,
यि नेता हुँन ताली पिटे पनि पास नगर्नु।

झुट बोल्ने कला सिकेका हुन्छन् यिनले,
साँचो कुराको त कत्तिपनि आस नगर्नु।

दिन गए पराण जाला बचन नजालाका,
अब उनैका लागि समयको नाश नगर्नु।

नेता हुँन् बिचरा झोले हुँन भनेर जनता,
यिनिहरूकै मान सम्मानमा खास नगर्नु।

नेता तिमीहरूले पनि सुन आइन्दा फेरी,
जनताको माझ कहिल्यै वक्बास नगर्नु।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२०-०४-२०२४

पौरखले नै मानिसहरूको तक्दीर बन्छ,
जस्तै की कलाले संसारकै तस्बिर बन्छ।

हो हामी पनि समयका कटपुतली नै हौँ,
स्वास रोकिए त जीवनको लकिर बन्छ।

ऊ फकिर थियो तर समयले नेता बनायो,
केथा कुनवेल यही मैदान पनि भिर बन्छ।

समय त हिंडी रहन्छ आफै चाल बदलौँ,
समयले पछि छोड्दा कुनैवेल पिर बन्छ।

ख्याल ख्यालैमा निस्किएछ दुई शब्दहरू,
केथा मलाई शब्दपनि छातीमा झिर बन्छ।

यार म सधै स्वतन्त्र हुँन खोजे जिन्दगिमा,
केथा देशप्रेम जीवनभरीकै जञ्जिर बन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१-०४-२०२४,

गरिब बर्गिय आन्दोलनका परान हुन्छन्,
पैसाको लोभमा उनैपनि वेइमान हुन्छन्।

पुँजिवादले गरिबलाई लडाएर राज गय्रो,
आपसमा लडेका एउटै खानदान हुन्छन्।

गरिबको एकता हुँन गार छ आज भोली,
भन कसरी हाम्रो समस्य समाधान हुन्छन्।

नेताहरूले माछो-माछो भ्यागुतो गराइरहे,
विकासको बद्लामा मात्र उखान हुन्छन्।

आमा आखिरी स्वाँस लिंदैछन् बोटो कुर्दै,
छोरा छोरी अमेरिका केही जापान हुन्छन्।

सरकारले नागरिकको दर्द महेसुस नगर्दा,
सरकारको बिरूद्ध आँधी र तुफान हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२-०४-२०२४,

देखिराख्छौँ गउँथलिको समेत घर हुन्छ,
उस्लाई पनि त अनुसाशनको डर हुन्छ।

आ-आफ्ना बाल बच्चा पाल्छन सबैले,
जन्माएपछि हुर्काउँने पनि त कर हुन्छ।

कसैले पनि केहि लिएर आएन जन्मिदा,
सबैको टेक्ने धर्ती सिर माथि सगर हुन्छ।

महिँला पुरूषको सम्बन्ध पनि त उस्तैहो,
ढुङ्गा र माटोको एक आर्कामा भर हुन्छ।

तिमी लैण्डुव बनेर दलाली जतिगरे पनि,
अन्तमा एउटा देशभक्तको नै कदर हुन्छ।

हिंजो हामी आपसमा लड्यौँ र जितायौँ,
सोधौ् देश डुब्दा पनि किन बेखबर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३-०४-२०२४

कसैले खोला बेचे साँच्चै कसैल बगर बेच्छन्,
ति गरिब मात्रै हुँन जसले आफ्नो घर बेच्छन्।

तिमीहरूले त सधैभरी गास बासका कुरा गर्छौ,
बेच्नेहरू यहाँ खाद्यानको रूपमा जहर बेच्छन्।

श्रमजिविहरू बिदेशमा पसिना बगाउँछन सधैँ,
अपराधीहरू बाग भालु जङ्गली जनावर बेच्छन्।

छाडेनन् ढुङ्गा मुडा बालुवा उत्खनन् गर्छन् सधैँ,
मात्रृत्व नि दिए दुश्मनले धनको आफर बेच्छन्।

भन्छ किताब दिवस चोरिगरी छाप्नेहरू समेतले,
बनाउँछन् रङ्गबिरङ्गी अखबारमा खबर बेच्छन्।

कुनै मानिसको हातमा हुँदैन स्वर्ग नर्क पठाउँने,
पैसा कमाउँनेहरू आफै जन्माएको डर बेच्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२४-०४-२०२४

सबै गर्छौँ श्रमजिविहरू राजनीति बुझ्न सक्दैनौँ,
आफुमाथिको अन्याय जातिविती बुझ्न सक्दैनौँ।

हिंडिरहन्छौँ निरन्तर गनतव्य बिहिन गराइदिन्छ,
फुटाएर कम्जोर हुँदाको वेथिती बुझ्न सक्दैनौँ।

जसले फुटायो आफ्नो स्वार्थमा भाई भाईलाई,
त्यो दुश्मनलाई किन सितिमिती बुझ्न सक्दैनौँ।

आपसमा लडाएको छ अराजक बनाउँछ दुष्टले,
छैन कि हामिमा विवेक अलिकिती बुझ्न सक्दैनौँ।

पौरखी छौँ इमानदार छौँ धेरैजसो जिम्मेवार हामी,
तर किन राजनीतिको अनौठो रिती बुझ्न सक्दैनौँ।

ए गरिब सर्वहारा श्रमजिविहरू एक ढिक्का बनौँ,
फुटेर कहिल्यै हुँदैन आफ्नो हिती बुझ्न सक्दैनौँ।

जानिजानी फुटेर दुश्मनलाई बलियो बनाउनेहरू,
दुश्मनको रागमा नगाउ अब गिती बुझ्न सक्दैनौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५-०४-२०२४,

दुई हजार बहत्तर बैशाख बाह्रमा भुइचाल आउँदा,
कयौँ मानिसको अकालमा सधैलाई काल आउँदा।

रूवाबास थियो त्यो दिन प्रकृती प्रकोपमा परेपछि,
त्यसैमा नी राजनीति लुटमारगर्ने जञ्जाल आउँदा।

त्यो वेला छिमेकीले पनि मौकामा चौका हानेकै हो,
नाजुक अबस्था बनायो नाकाबन्दी बबाल आउँदा।

अनुदान दिएको समेत सबै मिलेन पिडितहरू लाई,
जस्तापातकै छान्बिन चलिरह्यो अर्को साल आउँदा।

त्यो वेला बिचरा पिडितहरूको नराम्रो हालात भयो,
बिदेशीले पठाएको त्यो चामल न त्यो दाल आउँदा।

लाशमा पनि राजनीति गर्छन् लाजै नमानी नेताहरू,
आपसमा नै लुछा लुछ हुन्छ राहतको माल आउँदा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१२-बैशाख २०८१(२४- ०४-२०२४)

मेल मिलाप गर्छन सत्ताको लागि मानिस,
कसरी छुट्याउँने समाजका दागि मानिस।

लड्छन् र लडिरहन्छन् गरिब बनेर गोटी,
उज्यालो दिनका लागि अभागी मानिस।

पैसा प्रधान समाजमा इमान र हुँन्न शान्ति,
सफल हुन्छन् सधै चम्चा र धागि मानिस।

नेताको अनुहार नहेरौँ न घोषणा पत्र हामी,
गर्छन सबैले आफुलाई सिमा नागि मानिस।

अन्याय गर्नु अपराध र अपराध सहनु पनि,
हुनै पर्ने भयो यो व्यबस्थाको बागि मानिस।

उठ जाग जुट जनता सुतेर काम छैन यहाँ,
केहीगर्न सकिन्छ निन्द्राबाट जागि मानिस।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२६-०४-२०२४,

देशभरी अन्याय र अत्याचार हुन्छ
रत सधै यहाँ बिद्रोह लगातार हुन्छ।

भ्रष्टाचार गर्छ गुण्डागिरी गर्छ सधै,
जसले उहि देशमा साहुकार हुन्छ।

हामीले चुनेर देशको लागि पठायौँ,
उनैको संसदमा सधै मारामार हुन्छ।

विदेशको राजा आउँदा गर्छन् छुट्टी,
किन अर्कैको लागि नै प्यार आउँछ।

जती विदेशीका लागि खर्च गरियो,
त्यो पैसा केहिलाई रोजगार आउँछ।

समय छँदै तिमि पाखा लाग्छौ भने,
सरकार देशमा कुनै बफादार आउँछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२७-०४-२०२४,

साँचैभन्दा पानीको दोस्रो नम्वरकै धनी गन्निन्छ,
हाम्रो यो देश संसारमा कृषिप्रधान भनि गनिन्छ।

धारामा आउँदैन पानी आहाल छन् तिर्खाले गर्दा
किसानका खुट्टा जस्तो खेत फुटेको पनि गनिन्छ।

महंगीको मार उस्तै छन् बेरोजगार युवाहरू पनि,
खर्च एक रूपियाँ र कमाई केवल अठन्नी गनिन्छ।

आन्दोलन हुन्छ नयाँ व्यबस्था संगार सम्म नपुग्दै,
फर्किन्छ उतै कयौँ पटक हामी फनफनी गनिन्छ।

हाम्रो देशमा त अपराध अन्याय अत्याचार महंगी,
भन्नै पर्दैन दिनानुदिन त्यही सधै दनादनी गनिन्छ।

एउटै सन्तान भित्र राजनीति फोहोर सिर्जना गर्दा,
अर्काको कमि पानीमाथिकै ओबानो बनी गनिन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८-०४-२०२४

हाम्रो देशले जन्माउछ मज्दुर पठाउँछ खाडि,
कामको आदेश दिन्छ भरपुर पठाउँछ खाडि।

आउंछन् कयौं त फर्किएर रातो बाकस भित्र,
बलीको बोका बनाई वेकसुर पठाउँछ खाडि।

सरकारले पाउँछ रेमिटेन्स श्रमसम्झौता हुन्छ,
उसलाई त लाशपनि कोहिनूर पठाउँछ खाडि।

नेतालाई के छ संसार घुम्छन् हाम्रो पसिना मा,
माग्न अनुदान लगाउनेगर्छ टूर पठाउँछ खाडि।

कुट खुबै थिंच थिलोथिलो पार्न तर फलाम हो,
बन्नेछ एकदिन तेज धार जरूर पठाउँछ खाडि।

जनता शान्ति सुव्यबस्थाको सपना देखिरहंदा,
सबै सपना हुनेगर्छन् चक्नाचुर पठाउँछ खाडि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२९-०४-२०२४,

शिकागोका शहीदहरूलाई रातो शलाम भनौँ,
प्रतिकृयावादी अब तिम्रो छैन कुनै काम भनौँ।

फलामलाई कुटी-कुटी त्यसको धार बनाउँदा,
तिम्रो घांटी शेर्छ व्यहोर्नु पर्नेछ अञ्जाम भनौँ।

एक मई अन्तरराष्ट्रिय मजदुर दिवसले सधैंभरि,
हाम्रै लागि लिएर आउँछ शंघर्षको पैगाम भनौँ।

श्रमजिविहरूले गुमाउँने नेल र हत्थकडी मात्र,
पाउँने संसारछ नगरे हुन्छ कसैले बद्नाम भनौँ।

अट्ठार सय नब्बेको दिन सुरूभयो में दिन प्रथम,
सबैका हातमा रातो झण्डा थिए सुभसाम भनौँ।

थर्कियो प्रतिकृयावादीको छाति हिलायो संसार,
मनायौँ मई दिन भयो रातै जहाँ तामझाम भनौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
३०-०४-२०२४

सन्तान अकालमै मर्छन सरकार बेखबर हुन्छ,
मर्दा परदेशमा आफ्नो भन्नु त धर्ति सगर हुन्छ।

जीवनभर काम गर्छन् अरूको लागि श्रमजिवि,
आफ्नो भन्नु त धन हुन्छ नओटलाग्ने घर हुन्छ।

यो कालपनि जन्मेको ठाउँमा आउँदैन आफ्नो,
सधैभरी आफ्नो मनभित्र त्यही मात्र डर हुन्छ।

आखिर हामी श्रमजिविहरू पनि त मानिस हौँ,
मिठो खाने राम्रो लगाउँने हाम्रैपनि त रहर हुन्छ।

कसलाई रहर हुन्छ आर्काकै कमारो बनि बाँच्ने,
न कसैले सम्मान् गर्छन् न कमारोकै कदर हुन्छ।

थाहा छ संसार भरिमा धनिको राज्यसत्ता भयो,
त्यसैले त गरिब माथि अत्याचार नै बरवर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०१-०५-२०२४

जसले सुन्दर घर बनायो उही वेघर किन हुन्छ,
साँच्चै मज्दुरहरू माथि दमन बर्वर किन हुन्छ।

अर्कैको गासलाई खोसेर आफु धनकुवेर भयो,
अर्कैको पसिनामा ऐयासी गर्ने रहर किन हुन्छ।

हामी जन्मिएका जती एकदिन मर्ने नै हौँ सबै,
अत्याचारको बिरोध गर्न मनमा डर किन हुन्छ।

ए सरकार भन तिम्रो देश कुन हो नगर दलाली,
तिमीलाई सन्तान भन्दा अरूकै भर किन हुन्छ।

भन्छन् पानीको खानी हाम्रो देश दोस्रो नम्वरकै,
तर जता हेर्यो उतै अचेल रित्तो बगर किन हुन्छ।

भन्छन् अचेल गणतन्त्र आएको छ हाम्रो देशमा,
सडक अनि सदन मै फेरी उस्तै गदर किन हुन्छ।

छैन रोजगार युवा संसार भरी काम खोज्दै पुगे,
मारिन्छन् अकाल मै सरकार वेखबर किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०२-०५-२०२४

दुःख लाग्छ जब क्रान्ति संघार सम्म पुग्छ,
सम्पन्न हुँदैन फर्किएर त्यो जार सम्म पुग्छ।

आस गर्छन् सर्वहारा सुकुमबासीहरू पनि,
मुटु पिरो हुन्छ जब उही गद्धार सम्म पुग्छ।

पुँजिवाद गरिबलाई कुटीकुटी मार्न थाल्यो,
अचेल राजनीति समेत व्यापार सम्म पुग्छ।

जसलाई नेता बनाउँन ठुलो लागत लाग्यो,
उही गरिबलाई काट्ने हतियार सम्म पुग्छ।

हात्थिछाप लगाई बिदेशी गल्लि चार्ने पनि,
आज प्रतिकृयावादीकै सरकार सम्म पुग्छ।

हामिले चौकिदारलाई नेता बनाएका थियौँ,
ऊ हाम्रो रगत पसिनामा संसार सम्म पुग्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०४-०५-२०२४

बिकासको नाउमा देशैभरी तमाश किन हुन्छ,
भाषण र घोषणापत्रमा वक्बाश किन हुन्छ।

जनतालाई मान्छे होइन बलिका बोका बनाए,
संसारमा हामी नेपालीको उपहाश किन हुन्छ।

जहीले पनि आन्दोलन चर्किए कै अबस्थामा,
क्रान्तिको मूल एजेण्डा सत्यानाश किन हुन्छ।

प्रसाशनले जवाफ दिनैपर्ने एउटा कुरा यही हो,
सियो छिर्दैन तेहाँ हात्थिको निकास किन हुन्छ।

हिंजो सम्म साम्राज्यावादको खैरो खन्नेहरूपनि,
सरकारमा पुगेपछि सधैँ उनैको दाश किन हुन्छ।

बुझ्न सकिन अनाडी जसले देशको कुरा उठायो,
वेला बखत दुर्घटनामा उसैको लाश किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
४-०५-२०२४

जनताहरूलाई सधै दुख्खै दुःखको रास भयो,
जुन सरकार आएपनि त्यो दलाल खास भयो।

रूसभित्र लडाइ भएपनि कारगिलमा भएपनि,
जस्ले जता मारेपनि नेपाली युवाकै लाश भयो।

छानेर पठाउँछौ आफ्नो देशको रक्षाको लागि,
सरकारभित्र पुग्दा नपुग्दै बिदेशीको दास भयो।

जनता जति आन्दोलन गरेपनि जनहित भएन,
सपना त आगन मै आएर पनि सत्यनाश भयो।

चम्चाहरूको राज छ अचेल देश विदेश भरिमा,
केही गर्नु पर्दैन मात्र जि हजुर त्यही पास भयो।

गरिबहरू मरेपनि दुइगज जमिन पाउंन गारो छ,
धनमानको धर्ती अनि कब्जामा आकास भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५-०५-२०२४,

कुनै जमाना थियो आफ्नै पनि मित्र आउँने गर्थे,
दुःख सुख्ख सोधनलाई मेरै घर भित्र आउँनेगर्थे।

मनभित्र केथियो त्यो थाहा छैन कुरा हुन्थे मिठा,
मेलमिलाप भेटघाटमा बिचार पबित्र आउँने गर्थे।

साहिद त्यो वेला मैपनि झिल्के थिएं होला लाग्छ,
व्लेकह्वाइट केमरामा पनि सुन्दर चित्र आउँनेगर्थे।

अचेल सुनसान छ झिङ्गा पनि त महमै रमाउँछन,
लोभी नातेदार आफ्नै देखाउँन चरित्र आउँनेगर्थे।

धनले मन खरानी पार्यो ऋण लाने फर्कि आएन,
कुनैवेला नयाँ कुण्ठा बोकी एकतित्र आउँनेगर्थे।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

थाहाभयो दुश्मन पनि ज्यानको हकदार हुँदोरैहिछ,
जस्तो की यही राजनीति समेत व्यापार हुँदोरहिछ।

आफ्नो भन्नु यो संसारमा के रहिछ मुर्दालाई सोधौँ,
जीउँदा छंदा मात्र आपसमा यस्तो दरार हुँदोरहिछ।

जनतालाई एउटा भ्रम हुन्छ सरकार हामिले बनायौँ,
विदेशीले छानेपछि बल्ल देशमा सरकार हुँदोरहिछ।

हामिले पसिनाको मूल्य चिन्न सकिनौँ कहिल्यै पनि,
असलमा यहाँ त हाम्रै पसिनामा कारोबार हुँदोरहिछ।

सहिदले आफ्नो रगत बगाए सुनौलो दिनको आसमा,
केथाहा अचेल त उनैको रगतमा भ्रष्टाचार हुँदोरहिछ।

सोंचिरहेका थियौँ कहिले त परिवर्तन आउला देशमा,
आफ्नै भित्र अवसरबादको जन्म लगातार हुँदोरहिछ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०६-०५-२०२४

यो सारा दुनिया समेत अदल-बदल हुन्छन्
आमा आफ्नो कर्तव्य मै सधैं अटल हुन्छन्,

थाहा छ यो पुरूष प्रधान समाजमा सदियौँ,
आमाहरू माथि नै पटक-पटक छल हुन्छन्।

नौँ महिना कोखमा राख्छन् अनि काखमा,
प्राणी रूपि समाजमा आमा अब्बल हुन्छन्।

आमा त शब्दनै काफीछ बराबरी छैन केही,
हृदयमा मायाँकै खानी अमृतको भल हुन्छन्।

आफ्नै जीवन दाउँमा लगाएर पाल्छन् बच्चा,
डराउँदैनन् भुइचालो आई उथलपुथल हुन्छन्।

आमाको महिमा नबुझ्नेहरूले अध्यायन गरौँ,
मानव समाजभित्र त केवल छलफल हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०८-०५-२०२४,

बिरानो लाग्छन् तिमी बिनाको संसार आमा,
हुन सक्दैन कोई तिमी बिना साहुकार आमा।

नौ मैना कोख तिन वर्ष काखमा गुरू तिमी नै,
को दिन सक्छ निस्वार्थ सेवा लगातार आमा।

मरेपछि दिएको दान कसैलाई मिल्छ मिल्दैन,
जीवित छँदै गरौँ सुसार दिनुपर्छ प्यार आमा।

आमा भन्ने शब्द आफैमा धेरै गहकीलो हुन्छ,
सन्तानहरूलाई गर्छिन बराबर व्यबहार आमा।

औलाद सँग मिठो बोलीको मात्र आस गर्छिन्,
पराण सम्म दिन्छिन् सधैभरी बफादार आमा।

मलाई भनिरहनस लाग्छ चराचर जगतमा साँचै,
कुनैछ भने प्रराणिहरूको जिउँने आधार आमा।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
०९-०५-२०२४,

कोहि इमानदार हुन्छन् कोही वेइमान हुन्छन्,
समाजमा सबैका आ-आफ्नै योगदान हुन्छन्।

जो जति कमाए पनि धन् सम्पत्ती जाने रित्तै हो,
सबै आकंक्षहरू एकदिन सांचै अपसान हुन्छन्।

दुःख लाग्छ समाजले पनि उसैको सम्मान गर्दा,
जसका छोरा अमेरिका युरोप र जापान हुन्छन्।

थाहा छ पुर्वज गिठा तरूल खाए र रमाए देशमै,
अचेल देशमा देखिदैनन् जो देशकै परान हुन्छन्।

सोध उसलाई विदेशमा पैसा कमाइन्छ कसोगरी,
जो युवाहरू खाडिमा हुन्छन् र अफ्गान हुन्छन्।

सरकार जसको आएपनि बोकेपनि जुन झण्डा,
कत्ति नसोंच्नु देशको समस्या समाधान हुन्छन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

सन्तान् कसोगरी मर्छन् सरोकार छैन,
सरकार भयपनि देशको बफादार छैन।

लगाम कसैको हातमाछ कटपुतली हो,
यो सँग जनहिताम कुनै अखबार छैन।

तिमी सधैँ युवालाई देशमा बस्नु भन्छौ,
जीवन यापनको देशभित्र आधार छैन।

थाहा छ एउटा देशभक्तको लागि सधैं,
आफ्नो देशभन्दा राम्रो यो संसार छैन।

समाज विक्रिती अन्मुख भयो देशै भरी,
कती बाँचौला वृद्धाहरूको उपचार छैन।

हिंजो आज साइनो समेत धरापमै पर्यो,
साइनोनुसारको देशभित्र व्यबहार छैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

नेता बनेर न खोला छाडे न बगर छाडे,
बरू हाम्रै युवाहरू आ-आफ्नै घर छाडे।

गाउँमा सुनसान छ अचेल भेटिदैन युवा,
उहिलेको जस्तो गाउँमा बस्ने रहर छाडे।

खोला विक्रि भए आकासले नि पताएन,
किसानहरूले पनि जमिनको भर छाडे।

अब यहाँ सबै काम कमिसनमा हुनेभयो,
सही बिचारमा लेख्न अचेल खबर छाडे।

अनुसाशनभित्र बस्न कसैलेपनि खोज्दैन,
केटा केटीहरू समेत समाजको डर छाडे।

जेपनि हुनसक्छ अचेल मानिसको स्वार्थ,
पुरा गर्न धर्म कर्म जात छाडे र थर छाडे।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

नचल्ने खोटो सिक्का पनि चलाए पार्टीहरू,
उनैलाई नेता बनाए र खुब रमाए पार्टीहरू।

देशलाई अचानो बनाए र जनतालाई ढाल,
सुकाए नदीनाला र आफु मोटाए पार्टीहरू।

हामिले परिवर्तन खोज्यौँ सङ्घीयता होइन,
सङ्घीयता भित्राउँन दुष्टले पठाए पार्टीहरू।

अपराधीलाई किन अविर माला लगाउँछन,
आफु जस्तैलाई यो देशमा रूचाए पार्टीहरू।

नागरिकले भन्छन् सरकार हामिले बनायौँ,
सत्ताकै लागि विदेशीलाई फकाए पार्टीहरू।

गद्धार दलाल मात्र छैनन् इमान्दार पनि छन्,
तर थोरै इमानमा वेइमानी मिसाए पार्टीहरू।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१३-०५-२०२४

यिनि आँखामा पनि कस्तो -कस्तो रहर हुन्छ,
आफ्नैमा सङ्का कहिले दुश्मनको भर हुन्छ।

कविले नयाँ नयाँ रचना पस्किन्छ साधना गरी,
नेताले झुटा गफ लगाउँछ उसैको कदर हुन्छ।

किन जिन्दगी अनौठो लाग्छ अचेल मलाई यो,
बुझ्न सकिन मन र मष्तिक किन वेखबर हुन्छ।

ऊ धनमान बन्नखोज्छ जाल थाप्छ अरूलाई,
थाहाछैन उसलाई सबैको जानेठाउँ बगर हुन्छ।

आफ्नो काल आफै जन्माउँछन मानिसहरूले,
तरपनि आफैले जन्माए पछि पाल्ने कर हुन्छ।

दुःख सँग आर्को काल सँग को भाग्न सक्ला,
जो सँगसगै हिंड्ने आफ्नै पर्छाँई र अधर हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१४-०५-२०२४,

रूचाएन उसले अन्याय अत्याचार बिरूद्ध लड्यो,
मर्यो जो महंगी भ्रष्टाचारी व्यबहार बिरूद्ध लड्यो।

पगरी गुथाए अपराधीलाई अबिर लगाए उसैलाई,
अपरिचित भयो ऊ गलत व्यापार बिरूद्ध लड्यो।

अचेल मान सम्मान गर्ने तरिका बदलिए जस्तो छ,
उसलाई देख्नै सक्दैनन् जो गद्धार बिरूद्ध लड्यो।

देश धरापमा छ स्वाभिमान दाउँमा छ हिंजो आज,
भन्छन् उ अराजक हो जो सरकार बिरूद्ध लड्यो।

जो मानिस भएर जिउँन खोज्छ नलडी सुख्खै छैन,
किन एक्लै हुन्छ जो देशमा लुटमार बिरूद्ध लड्यो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

जो इमानदार हुन्छ उसैको घर लिलाम हुन्छ,
जसतै सोजो देशभित्र विकासमा जाम हुन्छ।

उनैको पसिना र रगतमा आफ्नो देश बनाए,
छिमेकीले जब सरकार देशमा वेकाम हुन्छ।

भाडामै बली चढ्नुपर्छ देशका युवाहरू सधैँ,
निकम्मा सरकार भएपछि देश बद्नाम हुन्छ।

हामीले बिरोधका लागि बिरो गर्दैनौँ कहिल्यै,
शान्ती सुव्यबस्था भए सबैलाई आराम हुन्छ।

मुटु पिरो हुन्छ जब युवा मर्छन खानकै लागि,
देशमा काम न माम न ओटलाग्ने ठाम हुन्छ।

मण्डि बन्यो सबै आयात गर्छ विकास हरायो,
विदेशीको इसारामा विकासमा लगाय हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१६-०५-२०२४

सधै देशभक्तका इरादा द्रबिला हुनुपर्छ,
दुश्मनका छातीमाथिका किला हुनुपर्छ।

एउटा मानिस सबैको लागि हुँदैन राम्रो,
दुष्टका लागि त सधैँ अगतिला हुनुपर्छ।

फरक यत्तिहो व्यबहार पढ्दा जनताले,
सरल र बुझ्न सक्किने सजिला हुनुपर्छ।

ठिक हुँदैन सबै ठाउँमा मिठो हुँने बानी,
देश हितमा पिरा कतै अमिला हुनुपर्छ।

सयौँ फूल फुल्न सक्ने यो देशको माटो,
सबै फलफूल संसारमै रसिला हुनुपर्छ।

न उठ्न बनोस् न सुत्न दुष्टलाई सदियौँ,
छातिको किलो र पिंदको पिला हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

किन यो देशभित्र इमानको बलिदान हुन्छ,
जसले अपराध गर्छ उसैको सम्मान हुन्छ।

कसैले देशको लागि जीवन दाउँमा लगायो,
यहाँ त पद प्रतिष्ठाको लागि हानाहान हुन्छ।

नेताको कुचक्र कसैलाई थाहाछैन पर्छकहा,
छेपारोले रङ्ग बदल्दा सबै संसार हैरान हुन्छ।

जसलाई कुनै स्वार्थछ गर्छ ढाकछोप उसैले,
यसैमा रोमलिएको वेइमानि खानदान हुन्छ।

भन्छन् हामिले सम्झौताहिन शङ्घर्ष गर्छौँ,
तर सबै योजना सम्झौतामा अफ्सान हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१८-०५-२०२४

अखिर जसलाई प्रेम गर्यो उहि मुटुको झिर भयो,
कहिले खुट्टामा बेढी कहिले हातमा जञ्जिर भयो।

अप्ठारो सँग सधै डर लाग्छ र सजिलो खोज्दै हिडे,
कुन्नी जहिले पनि जिन्दगीमा अपठ्यारो भिर भयो।

देशमा छैन जीवन यापनका आधार भयौँ परदेशी,
सबैले भन्छन् दुःख पाउँने त तेरो यो तक्दिर भयो।

खान लगाउँन मै जीवन बिताउँछन् गरिबहरू किन,
अङ्शमा पाउँने की ऋण भयो कित यही पिर भयो।

सबैको लागी जीवन अमूल्य हुन्छ तर हाम्रो लागि,
रगत पसिना बगाउँदा पनि संसारभरि फकिर भयो।

श्रोत साधन छ विकासको नेताहरूको नियतनै छैन,
देश कङ्गाल जनता दाश नेता संसार कै अमिर भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९-०५-२०२४

सबैले स्वतन्त्र खोज्छन् सबैलाई खास हुन्छ,
स्वतन्त्र आफै पनि त सबैको सधै दाश हुन्छ।

जब सरकारमा जान्छन् पहिलो हुन्छ हमला,
स्वतन्त्रता पहिले उनैको हातबाट नाश हुन्छ।

भाषनमै मात्र प्रेस स्वतन्त्रता वाक स्वतन्त्रता,
पुजिसनमा पुगेपछि फेरी सबै वकबास हुन्छ।

नेताहरूलाई केथाहा जनताको पिढा देशमा,
गाउँ सहरमा सधैभरी समस्याको रास हुन्छ।

लाहुरेहरूलाई मात्रै हो भन्सार लाग्ने अरूको,
सुन चाँदी समेत भन्सार बाटै बाईपास हुन्छ।

ऊ अवसरबाद थिएन रत शहिद भयो देशमा,
इमानदार हुनेहरूको ठाउँ ठाउमा लाश हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२०-०५-२०२४

नागरिकहरूनै हाम्रो देशको चौकिदार हुनुपर्छ,
दलालहरूलाई कार्वाही गर्ने अधिकार हुनुपर्छ।

संसदमा के हुँदैछ र विदेश जान्छन् किन नेता,
नागरिकहरू सबैलाई यस्को समाचार हुनुपर्छ।

विदेशमा श्रम स्विकृती भन्दा देश विकास गरौँ,
युवाहरूलाई आफ्नै देशभित्र रोजगार हुनुपर्छ।

जातिय कोटा भन्दा सिपमूलक बनाउँ योजना,
नागरिकहरूमा सम्मानजनक व्यवहार हुनुपर्छ।

ग्यारन्टी गर्नैपर्छ सबैलाई शिक्षा सुरक्षाको यहाँ,
स्वाभिमानी भई बाच्ने सबैलाई आधार हुनुपर्छ।

ए नेताजी यो देशको कुना-कुनानै जनताको हो,
जनताको माझमा अब त्यो बालुवाटार हुनुपर्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१-०५-२०२४

गरिबी निवारणका लागि छलफल गर्छौँ,
सदन सडकमा हामी दिनदिनै कल गर्छौँ।

गरिबी बाटै हामिसँग सुन र चाँदी थुप्रियो,
फेरी मौका मिले धन चल अचल गर्छौँ।

पानी माथि पनि ओवाना देखिन्छौँ हामी,
कसले भन्छ यहाँ हामीले सधै छल गर्छौँ।

पैसा प्रधान समाजमा विना पैसा बाँचिन्न,
पैसा जुटाउँन त सधै राजनीति दल गर्छौँ।

सहकारीमा भ्रष्टाचार ले सुन चाँदा प्रसस्तै
झुट लुक्दैन तर पनि झुट त दलबल गर्छौँ।

सुधार आफुलाई गर जनता सुध्रिनौ हामी,
नेता हौँ बिचारकै लागि बिचार अटल गर्छौँ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२२-०५-२०२४,

देश पक्का पक्की बन्छ साम्राज्यवाद पास भएपछि,
अब उनिहरूको हाम्रो देशभित्र सधैं निवास भएपछि।

चिन्ता नगरौँ कसैले अवश्य हुन्छ स्वाभिमानको रक्षा,
उनिहरूको कलो खाएर सधैका लागि दाश भएपछि।

तिमीले भन्छौ देशमा कुटो कोदालो गरेर बस्छौँ हामी,
तिम्रो दाबा समेत झुट हुनेछ समस्यको रास भएपछि।

सरकार आज पनि आफ्नो भोली पनि नेताले भन्छन्,
नागरिकको खाँचो छैन विदेशीहरू नै खास भएपछि।

उसले उपचार अवश्य गर्छ आज नभए भोली रोगको,
जीवित गर्न नसके पनि गर्छ रोगि मरेर लाश भएपछि।

एकदिन यसतो आउँछ हाम्रो यही चाला रहिरह्यो भने,
कि त सिक्किम हुन्छ देश देशबाटनै निकास भएपछि।

ऊ नेता हो किन सुध्रिन्थ्यो देशलाई नै अचानो बनायो,
बुद्धी अवश्य पनि पलाउँछ यो देशको नाश भएपछि।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२३-०५-२०२४

बुद्ध पुर्णिमा बाट केही सिकौँ सिकाउँ हामी,
सबै मिलेर यो देशलाई बलियो बनाउँ हामी।

गौतम बुद्ध शान्तिका दुत् प्रेणालिनुपर्छ सधैं,
बुद्धको संदेश बोकेर हिंडौँ गाउँ गाउँ हामी।

देशमा आकारमण हुँदैछ बुद्धकै नाउ लिएर,
सारा नेपाली फाटेको मनलाई सिलाउँ हामी।

देश विदेशमा छरिएर बसेका नेपाली सबैले,
यो देशको निमित्त थोरै पसिना मिसाउँ हामी।

आउ सारा नेपालीहो हिमाल पहाड तराईका,
देश बिदेशमा बुद्धको अभियान उठाउँ हामी।

संसारमा बुद्धको इतिहासलाई बङ्गाएकै वेला,
वीरहरूको नसान- सामा जोस देखाउँ हामी।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

विदेशी आउँछ केही दिनमै साहुकार बन्छ,
के खानदिन्छ सरकार पनि बफादार बन्छ।

आज सन्तानले देश छाड्न बाध्य भए हाम्रो,
आधा नागरिक बिदेश देशमा सरकार बन्छ।

पत्तै लाग्दैन कुन निर्दोश हुन्छ कुन अपराधी,
न्याय निसाब समेत यो देशमा व्यापार बन्छ।

राजनीति भित्र पनि ठुलो राजनीति हुँनेगर्दा,
आफ्नो सन्तान्,सन्तान मार्ने हतियार बन्छ।

खै कसलाई रहर हुन्छ देश छड्ने घर छाड्ने,
बेरोजगार भएपछि बाध्यता नै आधार बन्छ।

भत्ता खाएर गफ लगाउँन सजिलो हुन्छ सधैं,
किन विदेश जान्छ सोध जो वेरोजगार बन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२५-०५-२०२४,

सबैमा पुजा भन्दा कामको लगन हुनुपर्छ,
गलत संस्कार सँग सधैभरी अमन हुनुपर्छ।

अनुसाशन भित्र बाँधिएको हुन्छ बलियो,
अन्याय अत्याचार सँग सधैं जलन हुनुपर्छ।

घमण्ड गरेर केगर्छौ मसान घाटमा जानेहो,
सबैलाई त्यहाँ सम्म पुराउँने दर्पन हनुपर्छ।

उसले धन कमायो र कमाउँदै छ अँझै पनि,
भन्छ सबैलाई नभैनहुँने आज धन हुनुपर्छ।

मानवतानै कुहिराको काग भयो धनले गर्दा,
म भन्छु चारजना मलामी र कफन हुनुपर्छ।
सुरेशकुमार पाण्डे
२६-०५-२०४,

समाजमा मायाँ प्रिती भन्ने मात्र रहर भयो,
मनभित्र त पानी सुकेको एउटा बगर भयो।

आफ्नो पराण बलिदान गरायो जस्कालागि,
उसैले देखेन र मायाँ प्रतिबाटै वेखबर भयो।

त्याग र बलिदानको मिश्रणनै हो मायाँ प्रती,
त्यसैमा कयौँ मानिसको जीवन निर्भर भयो।

निस्वार्थ भेट्न गारैछ प्रेम नि पैसामा बिक्छ,
अचेल कसैलाई रहर र कसैलाई कर भयो।

मानिसहरू स्वास्थ बन्न औषधी कती खान्छ,
एकघन्टा पदयात्रा गर्नलाई नै किन डर भयो।

सुरेशकुमार पाण्डे दाङ घोराही १८,
२७-०५-२०२४,

म माथि सधैं अन्याय हुन्छ अत्याचार हुन्छ,
मलाई भने किन यिनै कुपुत्रसँग प्यार हुन्छ।

मात्रृत्वसँग प्यार गर्छन् अरूका छोरा-छोरी,
यहाँ किन मै माथि अनैतिक व्यवहार हुन्छ।

घायल बनायो छिमेकीले कुपुत्र दलाल हुँदा,
जहिल्यै पनि यहाँ आकार्मण लगातार हुन्छ।

हेरी रहन्छन् ट्वालपरी अश्मिता लुटिंदा पनि,
किन आफ्नै शन्तान् दुश्मनकै बफादार हुन्छ।

कसको भर परौँ राता र सेता सबैले दुनो सारे,
उनैले घांटी जोड्छन् जसको सरकार हुन्छ।

भन्छन् राजनीतिले मात्र देश बनाउँछ बलियो,
तर यहाँ त राजनीतिमै सधैंभरी व्यापार हुन्छ।

कस्तो गणतन्त्र आयो यार यस्तो हाम्रो देशमा,
कहिले सडक कहिले सदनमा मारामार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२८-०५-२०२४

माथीका गजलहरू सुरेशकुमार पाण्डेमा सर्वाधीकार छन । निज विश्व साहित्य महासंघ दाङको अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो अध्यावधिक २०८० ज्येष्ठ १५ गते

Leave a Comment

Your email address will not be published. Required fields are marked *