सर्वाधीकार चिनारी नेपाल

 

Pokhara Chinarinepal/ /Narayan Bhusal

 

१) भूमि 

नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपुर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource Mapping Project (१९७८÷७९) का अनुसार नेपालमा खेतीयोग्य भू–भाग १८ प्रतिशत रहेको छ ।

नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था रैकर शब्दको उत्पत्ति दुई अर्थबाट भएको हो ।  ‘रै’ भन्ने शब्दले राज्य र ‘कर’ भनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो। त्यसैले रैकर भूमि वा जग्गा भन्नाले सरकारी स्वामित्वमा रहेको र भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गालाई जनाउँदछ ।

यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा मालपोत सरकारलाई बुझाउनुपर्दछ । भुमीलाइ पनि विभिन्न भागमा छुट्याइको छ ।

-विर्ता भूमि 

कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई ‘वृत्ति’ स्वरूप प्रदान गरिने जग्गालाई विर्ता जग्गा भनिन्छ ।

नेपालमा विशेषगरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो । ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश विर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्ता, युद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवट विर्ता भनिन्थ्यो ।

 राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा दिने प्रचलन थियो । यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताकारूपमा वितरण भएको थियो । वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण  विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो ।

-गुठी भूमि 

कुनै विशेष सार्वजनिक वा सामूहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको ‘गोष्ठी’ बाट भएको हो ।

यसको अर्थ ‘परिषद्’ भन्ने जनाउँदछ ।  नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध गराइएको जग्गा गुठीको रूपमा रहेका छन् ।

नेपालमा विशेष गरी पशुपतिनाथ, जयबागेश्वरी, रामजानकी मन्दिरजस्ता धेरै मठमन्दिरहरूका गुठी जग्गाहरू छन् । यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवं जिर्णोद्वार गर्न सजिलो हुन्छ ।

यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि बढी मात्रामा पाइन्छन् । नेपालमा भूमिसुधार ऐन, २०२१ अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गुठी संस्थानको स्थापना गरिएको छ ।

-किपट भूमि 

नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो । यस्ता जग्गामाप्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए ।

यसरी किपट जग्गा प्राप्त गरेका ती क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान गर्नुपर्दथ्यो ।

यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो । तर वि.सं. २०२१ मा भूमिसुधार लागू भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न पाउने व्यवस्था गरियो ।

२) माटो 

प्राकृतिक श्रोत मध्ये माटो पनि प्रकृतिले  दिएको एउटा उपहार हाे । माटोका पनि धेरै प्रकारका हुने गर्दछन नेपालमा पाइने  विभिन्न प्रकारका माटोहरू लाइ यसरी छुट्याइएको छ ।

(क) पाँगो माटो 

तराई प्रदेश र बेँसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटोमा बालुवा र चिम्टे माटोको मात्राकरिब बराबर हुन्छ ।

यस किसिमको माटोमा चुन,फस्फोरस र पोटास आदिखनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यको लागि उत्तम मानिन्छ ।धान, सनपाट, उखु, सुर्ती, तेलहन आदि यो माटोमा ज्यादै सप्रिन्छ ।

(ख) बलौटे पत्थरिलो माटो 

भाबर प्रदेश, भित्री मधेश र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटोनदीद्वारा जम्माभएका बालुवा, कङ्कड, पत्थरजस्ता खुकुला खस्रा पदार्थ मिली बनेको हुन्छ । 

मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ । 

यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ ।  यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तरसाल, सिसौ आदि आर्थिक दृष्टिले महत्वपूर्ण रूखहरू यस्तो माटोमा ज्यादै सप्रिनेहुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले ढाकिएको छ ।

(ग) रातो फुस्रो माटो 

महाभारतका ठाडा भीरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेकोमाटोलाई रातो फुस्रो माटो भनिन्छ । किनकी यस माटोको जैविक पदार्थ र ओजनीकृत फलामको मात्रा कमहनु हुँदा यस क्षत्रको माटाकोरङ्ग रातो फस्रो वा पहेंलो हुन्छ । 

चनू , नाइटाेजे न र फस्फोरस जस्ता खनिज तत्व कम हने र माटाको गहिराइ पनि कम हनु हुँदा यस किसिमको माटामा धान, उखु, सनपाट, सुर्ति आदि खेती प्राय गरिदैनै । तर यस्तो माटामा अम्ल, फलामजस्ता खनिज तइभ्व हनु हुँदा फलफूल, चिया, आलु, मकै, कोदोको खेती गर्न योउपयोगी हुन्छ ।

(घ) तलैया माटो

उपत्यकाका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ्ग कालो हुन्छ ।

माटोको गहिराइ बढी हुनका साथै जैविक पदार्थ पनि प्रशस्त हुनेहुँदा तलैया माटोकृषिका लागि सर्वोत्तम मानिन्छ । खासगरी यो माटोमा धान, गहुँ, सागपात राम्ररी सप्रिन्छन् । यस किसिमको माटोमा कम वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।

३ वन 

 कुनै पनि ठाँउको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबीचअन्योन्याश्रित सम्बन्ध रहेको छ ।

नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महइभ्वपूर्ण स्थान छ । यद्यपि विगत केही दशकयता वन सम्पदामा व्यापक ह्रास आएको छ ।

सन् १९५४ को तथ्याङ्कअनुसार देशको ४५ प्रतिशतभन्दा बढी भू–भाग वन जङ्गलले ढाकेकोथियो तर सन् १९७९ तिर ४३ प्रतिशत, सन् १९८६ मा ३७.४ प्रतिशत र सन् १९९८ मा गरिएको एकसर्वेक्षणले वन क्षेत्र केवल ३९.६ प्रतिशत रहेकोमा सन् २०१४ को वन सर्वेक्षणलेहाल वनक्षेत्र ४४.७४ प्रतिशत पुगेको तथ्य खुलासा गरेको छ ।

विगतकादशकहरूमा आवास तथा पुनर्वासका लागि धेरै ठाँउहरूमा वन फडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो ।नेपालको भू–धरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पतिजगतलाई निम्न ५ समूहमा वर्गीकरण गर्न सकिन्छ

(क) उष्णप्रदेशीय सदाबहार जङ्गल (Sub Tropical Evergreen Forest) 

तराई, भाबर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदेशीय सदाबहा र जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरियाभरिया हुन्छन् ।

पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकोले यसलाई चारकोशे झाडी पनि भनिन्छ । 

यहाँ साल, सिसौँ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुदाँ यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिलेनिकै महइभ्वपूर्ण मानिन्छ ।

(ख) समशितोष्ण पतझर जङ्गल (Temperate Deciduous Forest

नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागको समशितोष्ण पतझर जङ्गलमा पाइने रूख अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छाँयादार भए पनि माथिल्लोभाग चिसो हुनुका साथ तुसारो पर्ने भएकोले अधिकाशं पातपतिङ्गर झर्ने हुँदा यो वन श्रृङ्खलालाई पतझर भनिएको हो ।

उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातकासदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारु,चाँप, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाकुरी, चाँप प्रमुखछन् । यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।

(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल (Coniferous Forest) 

महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ ।

यहाँ वर्षैभरि चिसो हुने र हिमपात भैरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् ।यँहाको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ ।

यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारु, कटुस, धुपी, सीमल, चिलाउने, वेतबाँस, उत्तिस, बाँस, गुँरास,भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन् ।

(घ) लेकाली वनस्पति वा घाँसे मैदान (Alpine Forest) 

नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन् ।

लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि घाँसका ठूला ठूला फाँटहरू पाइन्छन् । माथिल्लो भागमा रङ्गीबिरङ्गीका बुकीफूल, जडीबुटीहरू पाइन्छन् ।

(ङ) शीत मरुभूमिको वनस्पति (Tundra Vegetation) 

नेपालमा ५,००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअड्ने भिरालो ठाँउमा काई र लेउमात्र पाइन्छन् ।  उम्रिन र हुर्कन नसक्ने यस्तो ठाँउमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरुभूमिको वनस्पति भनिन्छ ।

३) खनिज 

खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महइभ्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरु, सिसा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ ।

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । आर्थिक वर्ष २०६५÷२०६६ मा यस क्षेत्रकोकुल ग्रार्हस्थ्य उत्पादनमा ०.५४ प्रतिशत योगदान रहेको थियो ।

 नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्नसकिएको छैन ।

नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्र

१ फलाम – पाइने स्थानहरू – फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्यूठान, बझाङ,डोटी, जन्तर, लब्धी, फर्पिङ ।

२ तामा – पाइने स्थानहरू – तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे,मार्फा, बन्दीपुर,

ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।

३ अभ्रख – पाइने स्थानहरू – भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवागाँउ, रसुवा, बझाङ,

लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल

४ चुनढुङ्गा- पाइने स्थानहरू -चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत

५ सिसा- पाइने स्थानहरू – गणेश हिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, बैतडी

६ जस्ता – पाइने स्थानहरू – गणेश हिमाल, फूलचोकी, माजेर खोला, नाम्पा

७ गन्धक – पाइने स्थानहरू – चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र

८ खरी – पाइने स्थानहरू – सिन्धुपाल्चोक, खोटाङ, भोजपुर

९ स्लेट – पाइने स्थानहरू – बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर

१० मार्वल – पाइने स्थानहरू – गोदावरी, महाभारत पर्वत श्रृङ्खला

११ गेरु- पाइने स्थानहरू – सिन्धुपाल्चोक, चौतारा

१२ कोइला – पाइने स्थानहरू -दाङ, सल्यान, चौतारा, चितवन, मकवानपरु , काठमाडौ उपत्यका

१३ पेट्रोलियम- पाइने स्थानहरू – कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्यूठान, दाङ र

तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।

१४ ग्याँस – पाइने स्थानहरू -तराइ क्षेत्रका विस्ततृ भ–ू भाग, मुस्ताताङ क्षत्रे र काठमाडाै उपत्यका

१५ सुन – पाइने स्थानहरू -सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ,

कोशी नदीमा प्लेसर सुन पाइएको छ ।

१६ चाँदी- पाइने स्थानहरू – चिसापानी गढी, बाग्लुङ, फूलचोकी

१७ कोवाल्ट – पाइने स्थानहरू – पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा

१८ सोडा – पाइने स्थानहरू – सल्यान, डोटी

१९ सिधेनून, वीरेनून – पाइने स्थानहरू – रसुवा, स्याप्रुबेँसी

२० निओवेरस र अन्य पत्थर दुर्लभ धातुगोरखा पाइने स्थानहरू , डडेल्धुरा, जाजरकोट

२१ निकेल – पाइने स्थानहरू – खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले

२२ म्याग्नेसाइट – पाइने स्थानहरू – दोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानी

 

४ जलश्रोत 

नेपाल समुद्री सुविधाबाट बञ्चित भए पनि जलसम्पदाको दृष्टिले ब्राजिलपछिविश्वको दोश्रो सबैभन्दा समृद्ध र एसियाको पहिलो राष्ट्र मानिन्छ । नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् ।

नेपालका तीन ठूला नदीहरू कोशी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार क्युविक मिटर अर्थात कुल जलभण्डार क्षमताको ७४ प्रतिशत रहेको छ ।

 कुल जलविद्युत् उत्पादन क्षमता करिब ८३ हजार मेगावाट रहेको छ । नेपालका साना ठूला नदीहरूको प्रवाह, जलभण्डार र उपयोगिताका दृष्टिले नदीहरूलाई निम्नानुसार ३ श्रेणीमा वर्गीकरण गरीएको छ ।

(क) पहिलोस्तरका नदी

हिमालको हिउँ पग्लेर वा हिमालयबाट उत्पत्ति भई निरन्तर रूपमा ठूला जलराशिका साथ प्रवाहित हुने सप्तकोशी, सप्तगण्डकी र कर्णालीजस्ता ठूला नदीहरू पहिलो स्तरका नदी हुन् । यस्ता नदी ठूला जलविद्युत् र सिँचाइ आयोजनाहरूका लागिउपयोगी मानिन्छन् ।

ख) दोश्रोस्तरका नदी 

हिमालय पर्वतभन्दा तलको महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भई कहिल्यै नसुक्नेनिरन्तर रूपमा जलप्रवाहितहुने भएता पनि वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको मात्रा निक्कै घट्ने मेची,  कनकाई, त्रिजुगा, कमला, बाग्मती, वाणगङ्गा,तिनाऊ, राप्ती, बबई, मोहना आदि दोश्रो स्तरका नदीहरू हुन् ।

(ग) तेश्रोस्तरका नदी 

शिवालिक पर्वतमाला चुरे पहाडबाट उत्पति भई मनसुनमा निकै ठूलो रूप लिने र हिउँदमा निकै कम हुने वा सुक्ने अस्थायी प्रकृतिका नदीहरू तेस्रो स्तरका नदीहरू हुन् ।

यस्ता नदीहरूमा सिर्सिया, तिलाबे, जमुनी, हर्दिनाथ, डुँडुवा, अर्जुन खोला पर्दछन् । यस्ता नदीहरू वर्षेखेती तथा अल्पकालीन सिँचाइका लागि उपयोगी हुने गर्दछन् ।

नेपालका प्रमुख ताल, कुण्ड र पोखरीहरू

तिलिचो ताल 

 विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित तिलिचो ताल समुन्द्रसतहदेखि ४,९१९ मिटरको उचाइमा फाक्चे हिमालको काखमा रहेको छ ।

यो मनोरम ताल मुस्ताङको साँधमा अन्नपूर्ण हिमालको उत्तरी भेक मनाङ जिल्लामा पर्दछ । यो तालको लम्बाइ करिब ४ की.मी. तथा चौडाइ १.२ की.मी. छ ।

 यो तालको गहिराइ करिब २०० मिटर जति रहेको छ । यस ताललाई तिरि–चो वा तिलिजो पनिभनिन्छ । यस तालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्दछ । हिउँ, जल तथा ढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अति नै मनमोहक छ ।

फोक्सुण्डो ताल 

फोक्सुण्डो ताल कर्णाली अञ्चलको डोल्पा जिल्लामा अवस्थित छ । कान्जिरोवा हिमालको दक्षिण फेद तथा भेरीको मुख्य शाखा जगदुल्ला खोलाको शिरान कागमारा लेकको काखमा अवस्थित फोक्सुण्डो ताल समुद्र सहतदेखि करिब ३,६१३ मिटरको उचाइमा अवस्थित छ ।  यो ताल उत्तर दक्षिणतर्फ लामो एवं पूर्वपश्चिमतर्फ चौडा देखिन्छ । यो तालको लम्बाइ करिब ४.८२की.मी. तथा चौडाइ १.६१ की.मी. रहेको छ ।

यस तालको स्थानीय नाम ‘रिग्मो’ हो । यो  ताल तीनकुने लाम्चो आकारको छ ।यो ताल रारा तालपछिको दोस्रो ठूलो र मुलुकको सबैभन्दा गहिरो ताल हो जसको गहिराइ करीब ६५० मिटर रहेको अनुमान गरिएको छ । यो तालको पानी अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालमा कुनै किसिमका जीवात्मा पाइँदैनन् । यस तालको निकासको रूपमा रहेको सुलीगाँड खोलामा करिब १७६ मिटरको झरना पनि छ ।

रारा ताल 

 मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो तालको रूपमा प्रसिद्धछ । यसको लम्बाइ ५.२ की.मी., चौडाइ २.४ की.मी. र गहिराइ १६७ मिटर छ । यो समुन्द्र सतहदेखि ३,२०० मिटर उचाइमा रहेको छ र यसलाई महेन्द्रताल पनि भनिन्छ । यो ताल अति रमणीय छ ।

च्छो रोल्पा ताल 

 यो ताल दोलखा जिल्लामा पर्दछ । यो समुन्द्र सतहदेखि ४,५८० मिटरको उचाइमा अवस्थित छ । यस तालको लम्बाइ ३ की.मी., चौडाइ ०.५ की.मी.र गहिराइ १०० मिटर रहेको छ ।

यो तालमा करिब ८ करोड घनमिटर पानी रहेको अनुमान छ । विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिर निकाल्न साइफन जडान गरिएको छ ।

फेवा ताल

कास्की जिल्लाको पोखरामा रहेको फेवातालको लम्बाइ ४.८ की.मी.,चौडाइ १.५की.मी. र गहिराइ २४ मी. रहेको छ । यो तालमा माछापुच्छे को छायाँ देखिने हुनाले बडो मनमोहक हुनाको साथै पर्यटकीय दृष्टिकोणले महइभ्वपूर्ण छ ।

रानी पोखरी

राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए ।

यो पोखरीको लम्बाइ १८० मिटर, चौडाइ १४० मिटर र क्षेत्रफल झण्डै ३२ रोपनी छ । यस पोखरीको उत्तर पूर्व र उत्तरपश्चिम कुनामा भैरव, दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिम कुनामा सोहर हाते गणेश स्थापना गरिएको छ ।

टौदह 

 काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवान श्रीकृष्णले चक्र प्रहार गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाएपछि यहाँका नागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमा पोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोले टौदहलाई कर्कोटक नागको वासस्थान पनि भनिन्छ । यो८४ रोपनी जलक्षेत्रसहित ९६ रोपनी जग्गामा फैलिएको छ । दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुँदा चराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।

घोडाघोडी ताल

 कैलाली जिल्लाअन्र्तगत महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल रहेको छ ।

यस तालको बीचबीचमा चारपाँचओटा थुम्का थुम्कीहरू बनेका छन् । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकोले सोही मन्दिरको आधारमा तालको नामाकरण गरिएको हो ।

यो तालको छेउको जङ्गलमा दुर्लभ पक्षी धनेशका अतिरिक्त अनेकाँै पशुपक्षीहरू पाइन्छन् । तालभित्र माछा, गोही, कछुवा आदि पशुपक्षीहरू पाइन्छन् ।

गोसाईकुण्ड 

जनैपूर्णिमाको दिन मेला भर्न हजारौँ धर्मावलम्बीहरू आउने साथै धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित रहेको गोसाईकुण्ड बाग्मती अञ्चलको रसुवाजिल्लामा पर्दछ ।

हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल समुद्र सतहबाट करिब ४,६०२ मिटर उचाइमा रहेको छ । सूर्यकुण्ड (पूर्व र उत्तरी झरनाबाट गोसाईकुण्ड बन्न पुगेको हो ।

बेगनास ताल

 रूपातालसँगै पचभैया डाँडाको अर्को पाखामा बेगनास ताल रहेको छ । समुद्री सतहबाट ६७७ मिटर उचाइमा अवस्थित ७.५ मी. गहिरो यो ताल २२५ हेक्टरमा फैलिएको छ ।

रूपा ताल

 कास्की जिल्ला पोखराको पूर्व उत्तरी भागमा पचभैया पर्वतको फेदमा रूपा ताल छ । समुद्री सतहबाट ७०१ मिटरको उचाइमा अवस्थित ४.५ मिटर गहिराइ भएको रूपा ताल १२०हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा हाल मत्स्यपालन गरी आर्थिक लाभ लिन थालिएको छ ।

नेपालका केही प्रसिद्ध ताल, कुण्ड र पोखरीहरू

१ रारा ताल मुगु २ फेवा ताल – कास्की
३ रूपा ताल – कास्की
४ मैदी ताल – कास्की
५ बेगनास ताल – कास्की
६ शे–फोक्सुण्डो वा रिग्म ताल – डोल्पा
७ बीसहजार ताल, नन्दभाउजू ताल – चितवन
८ गैडहवा ताल – रूपन्देही
९ लौसा ताल – रूपन्देही
१० सग्रहवा ताल – रूपन्देही
११ जाखिरा ताल – कपिलवस्तु
१२ घोडाघोडी ताल – कैलाली
१३ बुलबुले ताल सुर्खेत
१४ जगदीशपुर ताल – कपिलवस्तु
१५ रानी ताल – कञ्चनपुर
१६ झिलमिला ताल – कञ्चनपुर
१७ तिरीछो (तिलिचो ताल – मनाङ
१८ खप्तड दह – अछाम
१९ गोसाईकुण्ड – रसुवा
२० इन्द्रसरोवर – मकवानपुर
२१ टौदह – काठमाडौँ
२२ रानीपोखरी – काठमाडौँ
२३ नागदह – काठमाडौँ
२४ गङ्गासागर – धनुषा
२५ महाराजा सुन्वर्षी पोखरी – मोरङ
२६ माइदिया पोखरी – पर्सा २७ सुर्मा सरोवर बझाङ
२८ पञ्चासे ताल- स्याङ्जा, पर्वत र कास्की
२९ गिरी दह -जुम्ला
३० सुना दह -डोल्पा र बाग्लुङ जिल्लाको सीमा क्षेत्र
३१ गुफा पोखरी, सभापोखरी -सङ्खुवासभा
३२. माई पोखरी -इलाम