दोलखा जिल्ला Dolakha District

परिचय

जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार बाग्मती प्रदेशमा पर्ने  १३ वटा जिल्लामध्ये दोलखा एउटा हिमाली जिल्ला हो । प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । दोलखा जिल्लाको नामाकरणको सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई बरदान दिएकोले योगी खुसीले गदगद भई अब म एक पटक सवैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कंदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले सो स्थानलाई दो + लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाइ रहेको पाइन्छ ।

dolakha him srinkhal
दोलखाको कालिञ्चोकवाट देखने हिमश्रृङ्खलाहरू तस्विरः Purvi Blues

त्यस्तै अर्को भनाइ अनुसार तिब्बती भाषामा —दो‘ को अर्थ ढुङ्गा —ल‘ को अर्थ मन्दिर र —खा‘ को अर्थ घर भएकोले दोलखामा प्रसस्त मात्रामा ढुङ्गा माटोबाट बनाइएको मन्दिर र घरहरु रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो । दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ । जब केन्द्रमा किराँतहरुको शासन चल्यो त्यसबेलादेखि नै किराँतहरु दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको र पछि १४ औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त बस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि

“दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन” भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो । दोलखा प्रदेश अन्तर्गत रहेको विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि (लप्चि) भई भोट जाने बाटो मल्लकालको उत्तरार्द्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तरार्द्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ । त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।

Kalinchowk Bhagwati
दोलखा कालिञ्चोक भगवती तस्विरः Purvi Blues

दोलखा राज्यको मध्यकालीन सीमानामा पूर्वमा दूधकोशी, पश्चिममा दोलालघाट, उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा तिरहुत राज्यको सीमाना रहेको कुरा इतिहासबाट जान्न सकिन्छ । दोलखाको राज्य व्यवस्था कहिले स्वतन्त्र त कहिले अधिनस्थ भई चलिरहेको थियो । त्यसै समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान शुरु गरेका थिए । त्यसबाट दोलखा पनि अलग रहन सकेन । पहिला दोलखा भक्तपुरका राजा रणजीत मल्लको रेखदेखमा छोडेको र वि.सं. १८११ मा दोलखाली देशावर प्रधानहरुलाई “नालादुम पूर्व मेरो अम्बल भयो, तिमी प्रजापात्र हौ, मेरो हजुरमा आउ, तिम्रो रक्षा गरुलाँ” भनेर पत्र पठाएपछि दोलखाका देशावर प्रधानहरुले सो कुरा मञ्जुर गरी विना संर्घष दोलखा बृहत नेपालको एक भागको रुपमा रहन गयो ।

जिरी बजार दाेलखा
जिरी बजार दाेलखा अर्थात मिनी स्विजरल्यान्ड तस्विरः Purvi Blues

आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि.सं. १६१७ देखि १६३१ सालको वीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि.सं. १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु संचालन समेत गरेको देखिन्छ ।यसरी राजनैतिक, धार्मिक, आर्थिक तथा सामाजिक रुपमा छुट्टै पहिचान भएको दोलखा जिल्ला वर्तमान स्वरुप भने २०१८ सालमा भएको राजनैतिक विभाजनले कायम गरेको हो । त्यस भन्दा पहिले रामेछाप र दोलखाको एउटै प्रशासनिक इकाईबाट समेत काम कार्वाही हुने गरेको थियो ।

jireshwor mandir
जिरेश्वर मन्दिर दोलखा तस्विरः Purvi Blues
भाैगोलीक अवस्थिती

२७ डिग्रि २८ मिनेट उत्तरी अक्षांसदेखि २८ डिग्रि ० मिनेट उत्तरी अक्षांससम्म । देशान्तर – ८५ डिग्रि ५० मिनेट पूर्वी देशान्तरदेखि ८६ डिग्रि ३२ मिनेट पूर्वी देशान्तरसम्म । क्षेत्रफल – २,१४,२८७ हेक्टर ( २१९१ वर्ग कि.मि. ) जिल्लाको सवैभन्दा उच्च स्थान गौरीशंकर हिमाल ( ७,१३४ मीटर )  रहेको छ भने  यस जिल्लाको उत्तरमा चीनको स्वसासित क्षेत्र तीब्वत, दक्षिणमा  रामेछाप र काभ्रेपलाञ्चोक, पूर्वमा  रामेछाप र सोलुखुम्बु, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, त्यसैगरी यस जिल्लाको हावापानीको अवस्थम वार्षिक औसत तापक्रम  ८ डिग्रि देखि १९ डिग्रि सेल्सियस, वार्षिक औसत वर्षा  २०४३.५ मि.मि. रहेको छ ।

दोलखा जिल्लामा रहेका प्रमुख धार्मिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाहरु
दोलखा भीमेश्वर मन्दिर ११ शैलुङ्ग डाँडा
त्रिपुरा सुन्दरी मन्दिर १२ गौरीशंकर हिमाल
कालिञ्चोक भगवती १३ बेदिङ्ग गाउँ
चरिघ्याङ गुम्बा १४ लामावगर
मञ्जुश्री १५ च्छो–रोल्पा हिमताल
टासी गुम्बा १६ जिरी
देउलाङ्गेश्वर महादेव १७ तामाकोशी नदी
चर्नावती ( त्रिवोणी) १८ खरीढुङ्गा क्षेत्र
दोलखा बजार १९ गौरीशंकर संरक्षण क्षेत्र
१० टक्सार घर २० महांकाल मन्दिर
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार दोलखा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर २ वटा नगरपालीका र ७ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः जिरी गरपालिका

नेपालको मानचित्रमा २७°३३’४८” देखि २७°४६’२६” उत्तरी अक्षांससम्म र ८६°११’१९” देखि ८६°२५’५०”  पूर्वी देशान्तरसम्म फैलिएर रहेको जिरी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत दोलखा जिल्लाको साविकको श्यामा र जिरी नगरपालिका मिलेर बनेको नगरपालिका हो । समुद्र सतहबाट १६४९ मिटरदेखि ५३४१ मिटरसम्मको उचाइमा अवस्थित रहेको यस नगरपालिकाले कुल २११.२५ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ । नगरपालिकाको पूर्वमा रामेछाप जिल्ला, पश्चिममा बैतेश्वर र गौरीशंकर गाउँपालिका, उत्तरमा गौरीशंकर गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका र रामेछाप जिल्ला रहेका छन् ।

 जिरी नेपालको ज्युरिचको रुपमा चिनिन्छ । स्वीजरल्याण्डको ज्युरिचसँग तुलनागरी जिरीलाई नेपालको स्वीजरल्याण्ड उपाधि दिएको छ । यस जिरी नगरपालिका एक पर्यटकिय र व्यापारिक केन्द्रको रुपमा परिचित चारैतिर हरीयाली, सुन्दर झरना तथा ग्रामीण परिवेशले सजिएको पर्यटकीय नगरीको रुपमा सुपरिचित छ । पहिले हवाई यातायातको सुविधा नहुँदा, पर्यटकहरू सगरमाथाको लागि यस स्थानबाट जाने भएकोले यसलाई सगरमाथाको प्रवेशद्वार पनि भनिथ्यो ।

केन्द्रः साविक जिरी नगरपालिकाको कार्यालय

जनसङ्ख्याः १६१०९

क्षेत्रफलः  २११.२७ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

श्यामा

१-६

श्यामा

७-९

जिरी

जिरी

२,३

जिरी

जिरी

जिरी

जिरी

जिरी

८,९

जिरी

१०,११

 २.    नामः भीमेश्वर  गरपालिका

भीमेश्वर नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्ध एवम् रमणीय नगरपालिका हो । यो नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गाविसहरू समावेस गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी हालको भीमेश्वर नगरपालिका सङ्घीय स्वरूपमा पुनर्संरचना एवम् पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको छ । यस नगरपालिकाको केन्द्र चरिकोट नेपालको राजधानी काठमाण्र्डौबाट १३३ कि.मि. उत्तरपूर्वमा अवस्थित छ ।
२७ डिग्री ३६ मिनेट उत्तरदेखी २७ डिग्री ४४ मिनेट उत्तरी अक्षांशसम्म र ८५ डिग्री ५८ मिनेट पूर्वदेखी ८६ डिग्री ६ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस नगरपालिकाको क्षेत्रफल १३३ वर्ग कि.मि. रहेका छ भने पूर्व पश्चिम लम्बाई १७ कि.मि.सम्म र उत्तर दक्षिण चौडाइ १० कि.मि.सम्म रहेको छ । यस नगरपालिकाको पूर्वमा वैतेश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा शैलुङ्ग गाउँपालिका पर्दछन् । पहाडी प्रदेश अन्तर्गत पर्ने र न्यूनतम ८४० मिटर (चर्नावती त्रिवेणीधाम) देखि अधिकतम ३५४९ मिटर (गणेश थुम्की) सम्मका उचाइमा रहेका यस नगरपालिकाको केन्द्र चरिकोट १९७० मि. उचाइमा रहेको छ । नगरपालिकाको तल्लो भागमा उतोष्ण हावापानी पाइन्छ भने मध्ये भागमा न्यानो समशितोष्ण हावापानी र माथिल्लो भागमा शितोष्ण हावापानी पाइन्छ ।

केन्द्रः साविक भीमेश्वर नगरपालिकाको कार्यालय

जनसङ्ख्याः ३४७१२

क्षेत्रफलः १३२.५  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

सुष्पाक्षमावती

१-९

भीमेश्वर

२-४

भीमेश्वर

भीमेश्वर

५,७

भीमेश्वर

६,८,९

भीमेश्वर

१०

भीमेश्वर

११,१३

बोच

१-९

लाँकुरीडाँडा

१-९

 ३.    नामः कालिन्चोक गाउँपालिका

बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो| दोलखा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक भगवतिको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु   रहेका छन् |

नेपालको संघीय शासन प्रणाली अन्तर्गत राज्य पुर्नसंरचानामा स्थानीय तहको नयाँ सीमांकन गर्दा यो गाउँपालिका ६ वटा साविकका गाविसहरु ( कालिन्चोक, लापिलाङ, बाबरे, सुनखानी, लामीडाडा र सुन्द्रावतीबाट रुपान्तरण भइ स्थापना भएको हो | यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा बिगु गाउँपालिका र दक्षिणमा यसै जिल्लाको भिमेश्वर नगरपालिका रहेको छ |   दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट १६ कि.मि. उत्तरमा १३२.४९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ​ |

केन्द्रः साविक सुनखानी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २१०९७

क्षेत्रफलः  १३२.४९ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कालिञ्चोक

१-९

बाबरे

१-९

लामिडाँडा

६-९

लामिडाँडा

१-५

लापिलाङ

१-४

लापिलाङ

५-९

सुनखानी

४,५,८,९

सुनखानी

१-३,६,७

सुन्द्रावती

१-९

 ४.    नामः गौरीशंकर गाउँपालिका

केन्द्रः साविक सुरी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५९९५

क्षेत्रफलः ६८१.३९  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जुँगु

१,७-९

जुँगु

२-६

झ्याकु

५-९

झ्याकु

१-४

सुरी

१-९

चंखु

१-९

मार्वु

१-९

खारे

१-९

गौरीशंकर

१-९

 ५.    नामः तामाकोशी गाउँपालिका

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भुभागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ । साविकका भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।

केन्द्रः साविक जफे गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५१६३

क्षेत्रफलः १५३.०६ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

भिरकोट

१-९

झुले

१-९

जफे

१-९

मालु

१-९

शहरे

१-९

च्यामा

१-९

हाँवा

१-९

 ६.    नामः मेलुङ गाउँपालिका

नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस  गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । किम्वदन्ती अनुसार तिब्बतबाट लामागुरु आई बस्ती बसाउन ठाउँ खोज्ने क्रममा मन्त्र जपेर अक्षेता फ्याल्दा अहिलेको मेलुङ बजारमा आगो बलेकोले बस्ती बसाल्न थालियो र तामाङ भाषामा ‘आगो बलेको’ अर्थात ‘मे’ -‘आगो’ र ‘लुङ’ -‘बलेको ज्वाला’ भन्ने शब्दबाट मेलुङ नाम रहन गएको भन्ने भनाइ छ ।

यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल: शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिनुका साथै नजिकै रहेको जलबिध्युत विकास नमुनाको रुपमा निर्मित खिम्ती जलबिध्युत आयोजनाको समेत सजिलै अवलोकन गर्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ ।

केन्द्रः साविक भेडपु गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १५८९३

क्षेत्रफलः  ८६.५४ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

पवटी

१-९

घ्याङसुकाठोकर

१-४

घ्याङसुकाठोकर

५-९

भेडपु

१-९

डाँडाखर्क

२-६,८

डाँडाखर्क

१,७,९

मेलुङ

६,८,९

मेलुङ

१-५,७

 ७.    नामः विगु गाउँपालिका

वागमती प्रदेश  अन्तर्गत पर्ने दोलखा जिल्लाको  बिगु गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो| दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल बिगु गुम्बाको नामबाट नामकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु   रहेका छन् | यस गाउँपालिकाको सिमाना पूर्वमा गौरीशंकर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका, उत्तरमा विशाल चिन र दक्षिणमा यसै जिल्लाको कालिन्चोक गाउँपालिका  रहेको छ |   दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ३३ कि.मि. उत्तरमा ६६३.२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकाको ब्यापारिक केन्द्र सिंगटी बजार मुख्य प्रवेशद्वारको रुपमा चिनिन्छ |

जलस्रोत, पर्यटन र जडीबुटिले सम्मुनत यस गाउँपालिकामा निर्माणाधिन राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशी (४५६ मेगावाट), सिंगटी हाइड्रोपावर (२५ मेगावाट), पर्यटकीय स्थलहरु बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वोरी महादेव, तातोपानी कुण्ड, गोंल्मा राजा दरबार, ठाडोखोला महादेव आदि लाई मुख्य पर्यटन प्रबर्द्धन तथा आर्थिक सम्रिद्दीका आधारको रुपमा लिइन्छ | गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने यस गाउँपालिकामा यार्सागुम्बा, पांचऔले, सर्पगन्ध, चिराईतो, धुपी आदि जडिबुटीजन्य, आलम्पू ढुंगाखानी, बुलुङ तामाखानी जस्ता खनिजजन्य तथा आलु, गहुँ, मकै, कोदो, धान आदि बालिजन्य  बस्तुहरुको पनि प्रचुर सम्भावना रहेकोले आर्थिक बिकासमा थप टेवा पुर्याउने देखिन्छ |

केन्द्रः साविक लादुक गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १६४९०

क्षेत्रफलः  ६६३.२ (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

लामावगर

१-९

ओराङ्ग

१-९

बुलुङ्ग

१-९

लादुक

१-९

चिलङ्खा

१-९

अलाम्पु

१-९

विगु

१-९

खोपाचाँगु

१-९

 ८.    नामः वैतेश्वर गाउँपालिका

वैतेश्वर गाउँपालिका नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम स्थापना भएको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो । समुन्द्र सतहदेखि करिब ८८६ मि. देखि ३०४७ मि. सम्मको उचाईमा रहेको यस गाउँपालिकाको क्षेत्रफल ८०.४१ वर्ग कि.मि रहेको छ  । साविकका क्षत्रपा, नाम्दु, काबे्र, गैरीमुदी, मीर्गे गा.वि.स मिलेर यो गाउँपालिका ८ वडामा विभक्त छ । वडा नं. ६ को पाडुडाँडामा गाउँपालिकाकाे स्थायी केन्द्र रहेकाे छ र साेही स्थानमा पक्की भवन निर्माण गरी कार्यालय संचालन तथा सेवा प्रवाह गर्दै आएकाे छ ।

तामाङ, क्षेत्री, बाम्ह्रण, जिरेल, थामि लगायतको जातजातिको बाहुल्यता रहेको यस गाउँपालिकाको प्रमुख व्यापारिक नाका तथा बजारहरुमा मैनापोखरी, खाँवा, तामाकोशी, नाम्दु, लहरेमाने, पुतलीकाठ, क्षत्रपा आदि पर्दछन । पूर्वमा जिरी नगरपालिका, पश्चिममा भिमेश्वर नगरपालिका, उत्तरमा गैरीशंकर गाउँपालिका तथा कालिञ्चोक गाउँपालिका र दक्षिणमा तामाकोशी गाउँपालिका रहेको यो गाउँपालिका जिरी जाने प्रमुख नाकाको रुपमा रहेको छ ।

केन्द्रः बैतेश्वर गाउँपालिका -६ पाँडुडाँडा

जनसङ्ख्याः १७८९६

क्षेत्रफलः ८०.४१  (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

गैरीमुदी

१-५

गैरीमुदी

६-९

मिर्गे

मिर्गे

२-९

काब्रे

४-७

काब्रे

१-३,८-९

नाम्दु

१-४,७

नाम्दु

५,६,८,९

क्षेत्रपा

१-९

 ९.    नामः शैलुङ गाउँपालिका.

१२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटकिय महत्व बोकेको गाउँपालिका हो । बौद्ध, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रुपमा परिचित शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । शैलुङ सम्बन्धि स्थानीयहरु माझ विभिन्न किवदन्तीहरु प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो  । पछि अपभ्रश हुँदै शैलुङ रहन गयो ।

शैलुङ गाउँपालिका साविकको ताम्चेत दुधपोखरी, भुषाफेदा, काटाकुटी, शैलुङगेश्वरी, मागापौवा र फस्कु गाविसहरु मिलाएर बनाएको हो । शैलुङ गाउँपालिकाको पूर्वमा भिमेश्वर नगरपालिका, बैतेश्वर र तामाकोशी, गाउँपालिका पर्दछ भने पश्चिममा सिन्धुपाल्चोक र रामेछाप जिल्ला पर्दछ । उत्तरमा भिमेश्वर नगरपालिका र सिन्धुपाल्चोक जिल्ला छन भने दक्षिणमा मेलुङ गाउँपालिका र रामेछाप जिल्ला पर्दछ । शैलुङ गाउँपालिका आठ वटा वडामा विभाजन गरिएको छ ।

केन्द्रः साविक काटाकुटी गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १७९२३

क्षेत्रफलः १२८.६७  (वर्ग कि.मि.)

वडा संख्याः

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ताम्चेतदूधपोखरी

१-९

भुषाफेदा

१-९

मागापौवा

काटाकुटी

१,२,८,९

मागापौवा

२-९

काटाकुटी

३-७

फस्कु

६-९

फस्कू

१-५

शैलुङ्गेश्वर

१-९

 श्रोतः सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति दोलखा । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी  कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । दाेलखा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि समर्पक गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *