परिचय
नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । पूर्वमा तनहुँ, पश्चिममा गुल्मी र पाल्पा, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा पाल्पा (काली गण्डकी नदी) अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रफल १०३७.४६ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला समुद्र सतहबाट ३६६ मिटर (केलादी) देखि २५१२ मीटर (पञ्चासेको) लेक सम्मको उचाइमा रहेको यस जिल्लाको भौगोलिक र प्राकृतिक स्वरूप विविधायुक्त छ । जिल्लाको पूर्व पश्चिम लम्बाई २२.५०८ देखि ५२.३५५ कि.मि. सम्म रहेको छ । उत्तर दक्षिण चौडाई २७.३३ देखि ३७.८३९ कि मी रहेको छ । जिल्लाको कुल क्षेत्रफल मध्ये २.९६ प्रतिशत लगभग समथल, ३.८३ प्रतिशत मध्यम भिरालो , ०.४५ प्रतिशत अलिकति उतार चढाव भएको, २.४४ प्रतिशत बढि उत्तार चढाव भएको, ४५.९६ प्रतिशत भिरालो पहाडी क्षेत्र र ४४.३४ प्रतिशत अति भिरालो क्षेत्र रहेको छ । यस जिल्लाको क्षेत्रफल ११६४ वर्ग कि.मी. रहेको छ ।

ऐतिहासिक परिचय
विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरुको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई ऐतिहासिक कालमा भृगु ऋषिको तपस्यास्थल (हालको चण्डीभञ्ज्याङ्ग गाविसको भृगतुम), श्रवण कुमार र अन्धाअन्धीको किंवदन्तीसंग जोडिएको आँधीखोलाको उद्गमस्थल अन्धाअन्धी दह र स्वस्थानी ब्रतकथामा उल्लेख भए अनुसार सती देवीको शेषअंग पतन भएको छाङ्छाङ्दीको छाँया क्षेत्र आदिको भौगोलिक स्वरुपमा लिन सकिन्छ ।

प्राचीन कालमा हालको स्याङ्जा जिल्लाको भूबनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्डकी किनारका सेतीबेणी, रुरु क्षेत्र, केलादीघाट, राम्दीघाट, छाँया क्षेत्र हुँदैं उत्तर पञ्चासेधाम (बालाचतुर्दशीका दिन मेला लाग्ने स्थान) वरिपरिको धार्मिक पवित्रस्थल भनी शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरुबाट सौन्दर्यित स्याङ्जा जिल्लाले, नेपाल एकीकरण पूर्व चौबिसे राज्य अन्तर्गत छ टुक्रे रजौटाहरु गह्रौं, भीरकोट, सताै, नुवाकोट, ढोर र पैंयुले आफ्नो ऐतिहासिक पहिचान बोकेको छ । ढोर र पैंयुको धेरै जसो भूभाग क्रमशः तनहुँ र पर्वतमा विलय भएपछि बाँकी चार रजौटाबाट शासित भूभाग नै आधुनिक स्याङ्जा जिल्लाको पहिचान बनेर रहेको छ ।

निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार स्याङ्जा जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ५ नगरपालिका र ६ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः गल्याङ नगरपालिका
साविक मालुंगा,जगत्रदेवी,पकवादी,तिन्दोबाटे,तुल्सिभन्ज्याङ,निवुवाखर्क,पिडिखोला र पेलाकोट गा.वि.स.मिलाएर नेपाल सरकारले गल्याङ नगरपालिकाको रुपमा घोषणा गरेको थियो ।स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा रहेको यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्विनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको छ । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको ।
केन्द्रः गल्याङ बजार
जनसङ्ख्याः ३१०३४
क्षेत्रफलः १२२.७१ (वर्ग कि.मि.)
वडा संख्याः ११
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
मालुङ्गा |
१-९ |
|
|
२ |
जगत्रदेवी |
१-७ |
|
|
३ |
जगत्रदेवी |
८-९ |
|
|
४ |
निवुवाखर्क |
४-९ |
|
|
५ |
निवुवाखर्क |
१-३ |
|
|
पिडीखोला |
७-९ |
|
|
|
६ |
पिडीखोला |
१-६ |
|
|
७ |
पेलाकोट |
१-४,७-९ |
|
|
८ |
तीनदोवाटे |
१,६-९ |
|
|
९ |
पक्वादी |
१-४,९ |
|
|
१० |
पिडीखोला |
५-७ |
|
|
११ |
तुलसीभन्ज्याङ |
१-९ |
|
|
२. नामः चापाकोट नगरपालिका
स्थानिय स्वायत्त शासन ऐन, २०५५ को दफा ७२ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारको मिती २०७३/११/२७ को निर्णयानुसार यस नगरपालिकाको गठन भएको हो । संघियता लागु भए संगै साबिकको २०७१/०१/२५ को मन्त्रिपरिषदको निर्णय अनुसार चापाकोट, कुवाकोट र रत्नपुर गा. बि. स. मिलेर बनेको चापाकोट नगरपालिका ( जसमा १४ वटा वडा थिय ) मा पकवादी गा. बि. स. को ८ नं वडा, मल्याङ्गकोट गा. बि. स.को ८ वटा वडा, सांखर गा. बि. स. र सेखाम गा. बि. स. थपेर गठन भएको यस नगरपालिका मा हाल १० वडा रहेका छन्। भौगोलिक रुपले सुन्दर नगरी चापाकोट नगरपालिका जसको क्षेत्रफल १२०.५९ वर्ग कि. मि. र जनसंख्या २६०४२ रहेको छ ।
यस चापाकोट नगरपालिकाको पुर्वमा तनहुँ जिल्ला,पश्चिममा गल्याङ नगरपालिका स्याङ्गजा, उत्तरमा हरिनाश गाउँपालिका र विरुवा गाउपालिका स्याङ्गजा र दक्षिणमा पाल्पा जिल्ला रहेकोछ । समुन्द्र सतहवाट करिव ४६५ मिटर उचाईमा रहेको यस नगरपालिकाको तापक्रम न्युनतम ६ डिग्रि र अधिकतम ३५ डिग्री सेल्सीयस रहेको छ । यस नगरको अवस्थिति ८३ डिग्री ४९ मिनेट पुर्वि देशान्तर देखि ८३ डिग्री ८२ मिनेट पुर्वी देशान्तर र २७ डिग्री ५४ मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री ९० मिनेट उत्तरी अक्षांश फैलिएको छ । बिद्युत , खानेपानी, यातायात, शैक्षिक संघसंस्था र संचारको विकाश सामान्य रुपमा रहेको यस चापाकोट नगरपालिकाको केन्द्र साविक चापाकोट नगरपालिकाको गा.वि.स केन्द्र मा रहेको छ । विश्वको एकमात्र शालिग्राम पाईने कालिगण्डकी नदि यसै नगरपालिकाको दक्षिणी बाटो भएर वग्दछ उत्तर तर्फ ज्याग्दी खोला कलकल बगेको छ जसमा ज्याग्दीको सभ्यता लुकेको छ
केन्द्रः साविक चापाकोट नगरपालि
क्षेत्रफलः १२०.५९ (वर्ग कि.मि.)
वडा संख्याः १०
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
चापाकोट |
१३,१४ |
|
|
पक्वादी |
८ |
|
||
२ |
चापाकोट |
२,८,९ |
|
|
३ |
मल्याङकोट |
५-९ |
|
|
४ |
मल्याङकोट |
१-३ |
|
|
सेखाम |
७ |
|
||
५ |
सेखाम |
१,२,४,६,८,९ |
|
|
६ |
साँखर |
१६ |
|
|
७ |
साँखर |
७-९ |
|
|
सेखाम |
३ |
|
||
८ |
चापाकोट |
१,३,४ |
|
|
९ |
चापाकोट |
५-७ |
|
|
१० |
चापाकोट |
१०-१२ |
|
३. नामः पुतलीबजार नगरपालिका
पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |
केन्द्रः साविक पुतलीबजार नगरपा
क्षेत्रफलः १४७.२१ (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पुतलीबजार |
१ |
|
|
२ |
पुतलीबजार |
२ |
|
|
राङभाङ |
१-३ |
|
||
३ |
पुतलीबजार |
३-५ |
|
|
४ |
पुतलीबजार |
६,७ |
|
|
५ |
पौवेगौडे |
१-९ |
|
|
६ |
टक्सार |
१-९ |
|
|
७ |
ठूलाडिही |
१-९ |
|
|
८ |
बहाकोट |
१-९ |
|
|
९ |
कोल्माबराहचौर |
१-९ |
|
|
१० |
पुतलीबजार |
१२ |
|
|
राङपाङ |
९ |
|
||
११ |
पुतलीबजार |
१३ |
|
|
१२ |
पेल्काचौर |
१,२,४,८ |
|
|
१३ |
पुतलीबजार |
१०,११ |
|
|
१४ |
पुतलीबजार |
८,९ |
|
४. नामः भीरकोट नगरपालिका
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा ८० मा व्यवस्था भए अनुरुप नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७२ असोज १ गते भीरकोट नगरपालिकाको घोषणा भएको हो । गण्डकी प्रदेश स्याङ्गजा जिल्ला अन्तर्गत पर्ने एक पहाडी भेगमा अवस्थित भीरकोट नगरपालिका। सदरमुकाम बयरघारी समुन्द्रिक सतहबाट करीब ७३० मिटर उचाइमा रहेको छ । यसको न्यूनतम उचाइमा रहेको छाङ्गछाङ्गदी फाँट समुद्री सतहबाट करीब ७१३ मिटर रहेको र अग्लो भु-भागका रुपमा वडा नं ९ स्थित नारायणगिरी मन्दिर तथा वडा नं ८ स्थित तामुको लेक समुद्री सतहबाट करीब १७३५ मिटर उचाइमा रहेको छ । भीरकोट नगरपालिकाको पुर्वमा विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिका, पश्चिममा पर्वत जिल्ला, उत्तरमा अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार नगरपालिका तथा दक्षिणमा वालिङ्ग नगरपालिकालसँग सिमाना जोडिएको छ ।
मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलार्इ प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।उहिले आँधिखोलादेखि पश्चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ । यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर-१, देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर-३ को भुरुङ्गखोला देखी पश्चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।
केन्द्रः साविक भीरकोट नगरपालि
जनसङ्ख्याः २२६४५
क्षेत्रफलः ७८.२३ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
भीरकोट |
१,५,१५ |
|
|
२ |
भीरकोट |
९,१३ |
|
|
३ |
भीरकोट |
४,८,१२ |
|
|
४ |
छाङ्छाङ्दी |
२,३,७-९ |
|
|
५ |
स्वरेक |
१,५-७,९ |
|
|
६ |
भीरकोट |
२,१४ |
|
|
७ |
भीरकोट |
६,१० |
|
|
८ |
भीरकोट |
३,७,११ |
|
|
९ |
कालीकाकोट |
३-८ |
|
५. नामः वालिङ नगरपालिका
साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट मिति २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । वि.सं. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको (१,४-६) वडाहरू, मल्याङकोटको वडा नं. ४ तिनदोबाटेको (२-५) वडाहरू, कालिकाकोटको (१,२,९) वडाहरू, पेलाकोटको (५,६) वडाहरू स्वरेकको (२-४,८) वडाहरूलाई समेटिएको छ।
वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो ।त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ। वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट ६५ कि.मि. तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ कि.मि. टाढा रहेको छ ।आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७३१ मिटर देखि १५९६ मिटर उचाई सम्म रहेको छ ।
केन्द्रः साविक वालिङ नगरपालिका
क्षेत्रफलः १२८.४० (वर्ग कि.मि.)
वडा संख्याः १४
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
वालिङ |
८ |
|
|
छाङछाङ्दी |
४ |
|
||
२ |
वालिङ |
७ |
|
|
छाङछाङ्दी |
१,५,६ |
|
||
३ |
माझकोट शिवालय |
१-९ |
|
|
४ |
एलादी |
१-९ |
|
|
मल्याङ्कोट |
४ |
|
||
५ |
जगतभन्ज्याङ |
२-९ |
|
|
६ |
वालिङ |
५,६ |
|
|
जगतभन्ज्याङ |
१ |
|
||
७ |
केवरभन्ज्याङ |
१-७ |
|
|
८ |
वालिङ |
३,४ |
|
|
केवरभन्ज्याङ |
८,९ |
|
||
९ |
वालिङ |
१,९ |
|
|
१० |
वालिङ |
२ |
|
|
तीनदोबाटे |
२-४ |
|
||
११ |
वालिङ |
११ |
|
|
स्वरेक |
२-४,८ |
|
||
१२ |
सिर्सेकोट |
१-९ |
|
|
१३ |
थुमपोखरा |
१-४ |
|
|
तीनदोबाटे |
५ |
|
||
पेलाकोट |
५,६ |
|
||
१४ |
वालिङ |
१० |
|
|
थुमपोखरा |
५-९ |
|
||
कालिकाकोट |
१,२,९ |
|
६. नामः अर्जुनचौपारी गाउँपा
स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौर र दरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।वडा संख्या ६ भएको गाउँपालिकाको कार्यालय साविक अर्जुनचौपारी गा.वि.स कार्यालयकै केन्द्रमा रहेको छ । अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।भौगोलिक दृष्टिकोणले अत्यान्तै मिलेको कचौरा आकारमा रहेको यस गाउँपालिकालाई एकै नजरबाट वारीबाट पारी, पारीबाट वारी हेर्न सकिन्छ ।
केन्द्रः साविक अर्जुनचौपारी गा
क्षेत्रफलः ५७.२२ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
अर्जुनचौपारी |
१-५ |
|
|
२ |
अर्जुनचौपारी |
६-९ |
|
|
३ |
रापाकोट |
३,५-८ |
|
|
४ |
रापाकोट |
१,२,४,९ |
|
|
पन्चमूल |
३ |
|
||
५ |
आरुचौर |
१-९ |
|
|
६ |
सतौदरौ |
१-९ |
|
|
पन्चमूल |
७ |
|
७. नामः आँधिखोला गाउँपालिका
आँधिखोला, सेतीखोला, सरादीखोलाको काखमा अवस्थित अन्धाअन्धी , श्रवणकुमार र डहरेले सिंचित गरेको अनेकन धार्मिक, सांस्कृतिक एवं प्राकृतिक विविधतायुत्त भूमीको रुपमा रहेको यस गाउँपालिका देशमा लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापना पछि फारथुम, सेतीदोभान, वाङसिङ देउराली, विचारीचौतारा, चिलाउनेबास र पञ्चमूल गाविसको वडा नं.७ र ३ बाहेकका क्षेत्रलाई समेटेर २०७३ साल फागुन २७ गते आँधीखोला गाउँपालिका नामाकरण गरी घोषणा गरिएको हो । यो गाउँपालिका पोखरादेखी १ घण्टा ३० मिनेट, पोखरा स्याङ्जा सडकको नागडाँडाबाट करीब ७.५ कि.मि. दुरीमा स्याङ्जा सदरमूकामबाट पूर्वउत्तरमा अवस्थित छ ।
केन्द्रः साविक सेतीदोभान गा.वि
क्षेत्रफलः ६९.६१ (वर्ग कि.मि.)
वडा संख्याः ६
वडा नं. |
समावेश भएकासाविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
पञ्चमूल |
१२४६८९ |
|
|
२ |
चिलाउनेबास |
१-९ |
|
|
३ |
विचारीचौतारा |
१-९ |
|
|
४ |
वाङसिङ देउराली |
१-९ |
|
|
५ |
सेतोदोभान |
१-९ |
|
|
६ |
फापरथुम |
१-९ |
|
८. नामः कालीगण्डकी गाउँपालि
दोस्रो संबिधान सभाबाट जारी ऐतिहासिक संबिधान २०७२ ले राज्यको पुर्नसंरचना गरि मुलुकलाई ७ वटा प्रदेशमा बिभाजन गरे पश्चात गण्डकी प्रदेशको सुदुर पश्चिम स्याङ्जामा अबस्थित यो गाउँपालिका स्थानिय निकाय पुनर्संरचना आयोगले साबिक श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेबी र चण्डीभञ्ज्याङ गाबिस मिलाएर बनाईएको हो । यसको जनसंख्या १७९५५ (२०७८ को जनगणना अनुसार ) छ भने क्षेत्रफल ७३.५१ वर्ग कि.मि छ। पुर्ब तर्फ गल्याङ नगरपालिका उत्तर तर्फ गल्याङ नगरपालिका, गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिम तर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका यति चार किल्ला भित्र कालिगण्डकी गाउँपालिका रहेको छ ।
केन्द्रः साविक बिर्घा गा.वि.स.
क्षेत्रफलः ७३.५१ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
चण्डीभन्ज्याङ |
२-९ |
|
|
अलमदेवी |
९ |
|
||
२ |
चण्डीभन्ज्याङ |
१ |
|
|
अलमदेवी |
१-५,८ |
|
||
३ |
अलमदेवी |
६,७ |
|
|
विर्घाअर्चले |
७-९ |
|
||
४ |
विर्घाअर्चले |
१-६ |
|
|
५ |
श्रीकष्णगण्डकी |
१-४ |
|
|
६ |
श्रीकष्णगण्डकी |
५-७ |
|
|
७ |
श्रीकष्णगण्डकी |
८,९ |
|
९. नामः फेदीखोला गाउँपालिका
केन्द्रः साविक फेदीखोला गा.वि.
क्षेत्रफलः ५६.७३ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
फेदीखोला |
४-६,८,९ |
|
|
२ |
फेदीखोला |
१-३,७ |
|
|
आरुखर्क |
९ |
|
||
३ |
भाटखोला |
१-९ |
|
|
४ |
आरुखर्क |
१-८ |
|
|
५ |
बाङ्गेफड्के |
१-९ |
|
१०. नामः बिरुवा गाउँ
विरुवा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारबाट दक्षिण पूर्वमा पर्दछ। नेपाल सरकारको मिति २०७३/११/२७को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलकाअन्तर्गत साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९,राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू पर्दछन्।जम्मा ८ वटा वडाहरू रहेको यस गाउँपालिकाको केन्द्र विरुवा वजारमा अवस्थित छ जहाँ पुग्नका लागि सिद्धार्थ राजमार्गको राङ्खोला भन्ने स्थानबाट भित्र करिब १७ किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ ।
केन्द्रः साविक बिरुवा गा.वि.स.
क्षेत्रफलः ९५.७९ (वर्ग कि.मि.)
वडा संख्याः ८
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
बिरुवाअर्चले |
६-९ |
|
|
किचनास |
२ |
|
||
२ |
बिरुवाअर्चले |
१-५ |
|
|
पेल्काचौर |
३,९ |
|
||
३ |
राङभाङ |
४-८ |
|
|
४ |
ओरष्टे |
१-९ |
|
|
५ |
किचनास |
१,३-५,७ |
|
|
६ |
चन्नेबाँस |
१-६ |
|
|
७ |
मनकामना |
१,२,५,७ |
|
|
८ |
मनकामना |
३,४,६,८,९ |
|
११. नामः हरिनास गाउँ
नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७३/११/२७ को निर्णय अनुसार स्याङ्जा जिल्लामा गठित ११ स्थानिय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित, जनसंख्या १३१९१ तथा ८७.४८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका साविक किचनास गा.वि.सको ६,८ र ९ वडा, चिसापानी गा.वि.सको १-९ वडा, चित्रे गा.वि.सको १-९ वडा, क्याक्मी गा.वि.सको १-९ वडा तथा चिन्नेवास गा.वि.सको ७,८ र ९ वडालाई मिलाई स्याङ्जा जिल्लाकै ठुलो एवम् प्रख्यात हरिनासको वन बाट यस गाउँपालिकाको नामकरण भएको हो। यस गाउँपालिकामा ७ वटा वडा हरु रहेका छन् भने यसको केन्द्र साविक चित्रेभन्ज्याङ गा.वि.स कार्यालयमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा तनहुँको भिमाद नगरपालिका, उत्तरमा तनहुँको शुक्लागण्डकी नगरपालिका, पश्चिपममा बिरुवा गाउँपालिका र चापकोट नगरपालिका तथा दक्षिणमा चापाकोट नगरपालिका र तनहुँको भिमाद नगरपालिका रहेका छन्।
केन्द्रः साविक चित्रेभञ्ज्याङ
क्षेत्रफलः ८७.४८ (वर्ग कि.मि.)
वडा संख्याः ७
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल |
जनसङ्ख्या |
१ |
किचनास |
६,८,९ |
|
|
२ |
मग्याम चिसापानी |
१-५ |
|
|
३ |
मग्याम चिसापानी |
६-९ |
|
|
४ |
चित्रेभन्ज्याङ |
२-९ |
|
|
५ |
चिन्नेवास |
७-९ |
|
|
६ |
क्याक्मी |
१,२,७-९ |
|
|
७ |
क्याक्मी |
३-६ |
|
|
चित्रेभन्ज्याङ |
१ |
|
श्रोतः सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समिति स्याङ्जा। यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नु भएमा कृपया सुझाव तथा सल्लाह दिनुहोला । सुझाव तथा सल्लाहको लागी कमेन्ट बक्स अथवा chinari2020@gmail.com मा समर्पक गर्न सक्नुहुनेछ । स्याङ्जा जिल्लाको कुनै पनि स्थान विशेषको लेख प्रकाशन गर्न चाहानु भएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।