परिचय
जिल्ला समन्वय समिति मनाङका अनुसार प्रदेश नं. ४ मा पर्ने मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित छ । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपुर्ण छ ।प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपुर्ण छ । विश्वको र्सवाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स-साना तालहरुको बेजोड संगम भएको यो जिल्लाको कुल क्षेत्रफल २२४६ वर्ग कि.मि. छ ।
भाैगोलीक अवस्थिति
मनाङ जिल्ला भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्रि २७ मिनेट देखि २८ डिग्रि २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्रिं ४०मिनेट पूर्वी देशान्तर देखि ८४ डिग्रि ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाईको हिसाबले यो जिल्ला समुन्द्री सतहबाट १६८० मिटर देखि ८१६३ मिटरसम्मको उचाईमा रहेको छ । ४ वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दा बढि ग्रामिण बस्ती भएको मनाङ्ग जिल्लामा ६५३८ जनसंख्या रहेको छ ।
अक्षांश : २८० ३४’ देखी २८० ५४’ उत्तरी अक्षांश
देशान्तर : ८३० ४७’ देखी ८४० ३४’ पुर्वी देशान्तर
पुर्व : गोरखा र लमजुङ जिल्ला
पश्चिम : मुस्ताङ र म्याग्दी जिल्ला
उत्तर : मुस्ताङ जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत
दक्षिण : कास्की र लमजुङ जिल्ला
उचाइ : समुन्द्र सतहबाट करीब १,७०० मीटर देखी ५,४१६ मीटरसम्म
जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरु
गोर्खाको सामा र साम्दो गाउँ हुँदै थोंचे, मनाङ
कास्कीको सिक्लेस-दुधपोखरी-डाँफे लेक हुँदै तिमाङ-चामे,मनाङ
मुस्ताङको मुक्तिनाथबाट थोराङलापास हुँदै टंकी मनाङ, मनाङ
तिब्बतबाट नार-फू हुँदै चामे, मनाङ
लमजुङ-बेसिशहर हुँदै ताल, धारापानी, मनाङ
निर्वाचन क्षेत्रको विभाजन
प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या १ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ।
स्थानियतहको विभाजन
संघिय संरचना अनुसार मनाङ जिल्लाको स्थानियतहको विभाजन साविक गा.वि.स. का वडाहरूलाइ समेटेर ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।
१. नामः चामे गाउँपालिका
नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मनाङको मध्य भागमा अवस्थित चामे गाँउपालिका समुन्द्रि सतहवाट २६५० मी. देखि ६७८० मि. उचाइ सम्म रहेको छ । भौगोलिक हिसाबले ‘चामे’ उत्तरी नेपाल गण्डकी प्रदेशको २८० ३३′ ७″उ, ८४० १४′ २७″पू सापेक्ष स्थानमा अवस्थित छ ।करिब १००६.७४ हेक्टर वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस पालिकाको कुल क्षेत्रफलमध्ये ३२.०४ हेक्टर खेतीयोग्य जमिन, १००.८८ हेक्टर पाचौँ तह जमिन, ५०७.५९ हेक्टर जंगल, ३४६.८५ हेक्टर चरण क्षेत्र र १९.३७ हेक्टर सरकारी जग्गाको रुपमा रहेको छ ।यस गाउँपालिकाको पूर्वमा नासों गाउँपालिका,पश्चिममा मनाङ निस्याङ गाउँपालिका, उत्तरमा नार्फु गाउँपालिका तथा दक्षिणमा कास्की जिल्लाको मादी गाउँपालिका सँग सिमना जोडिएको छ। यस चामे गाउँपालिकामा तिमाङ‚ थानचोक, कोतो, चामे नयाँ बजार र पारि चामे गरि ५ वटा बस्तिमा पाँच वटा वडा कार्यालयहरु रहेका छन् ।चामे गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ४ नँया वजार स्थित वहुउदेश्यीय भवनमा संचालनमा रहेको छ।
भौगोलिक हिसाबले नेपालको उत्तरी हिमाली भागमा रहेको चामे गाउँ पालिका तिब्बतसंगको सिमाना नजिक पर्ने भएकोले पनि यहाँको सांस्कृतिक पक्षमा तिब्बतीय प्रभाव पाउन सकिन्छ । गुरुङ्ग, लामा, तामाङ, मगर, शेर्पा, थकाली, ब्राहमण, क्षेत्री, लगायतका जातिय समुहहरु यस पालिकाको मुख्य बासिन्दाहरु मध्य हुन । यस पालिकामा हिन्दु, तिब्बती बौद्ध धर्ममा आधारीत संस्कार र रिती–रिवाज प्राचिन काल देखि चलिआएको पाईन्छ । चामे गा.पा. प्राकृतिक सुन्दरताको दृष्टिले त्यतिनै धनी छ । विविध सांस्कृतिक तथा प्राकृतिक सम्पादनका कारण हुनाले चामे गा.पा. पर्यटनको दृष्टिकोणले पनि एक महत्वपूर्ण पर्यटन गन्तव्य स्थानको रुपमा रहेको छ ।
यस गाउँपालिकाको कूल जनसंख्या ९१८ (२०७४ र ७५को तथ्याङ्क) रहेको छ, जस मध्ये पुरुष ४५८ र महिला ४६० जना रहेको मध्ये ४०७ (४५.३२%) आर्थिक रुपले सक्रिय देखिन्छ ।चामे गाँउपालिकाको कुल जनसंख्याको ठूलो हिस्सा (४०.२१%) कृषि तथा पशुपालनमा संलग्न भएको देखिन्छ । अधिकांश जनसंख्या कृषि तथा पशुपालनमा संलग्न भएपनि कृषि भूमि ज्यादै सीमित भएबाट आर्थिक उपार्जन भने न्यून रहेको छ । कृषि तथा पशुपालन पछि रोजगारीको दास्रो व्यापार (होटल तथा रेष्टुरेण्ट, पसल आदि) देखिन्छ जसमा केबल २२.१०% मात्रै संलग्न देखिन्छ । व्यापार पछि बैदेशिक रोजगार ११.९८%, जागिर ८.४५%, ज्याला मजदुर ३.८३%, सरकारी नोकरी ३.७१% र अन्य पेशामा ९.७२% संलग्न रहेको छ ।
यस गाउँपालिकाको अर्थतन्त्रको प्रमुख पाटोको रुपमा कृषि, पर्यटन साथै हाइड्रो को प्रचुर सम्भावना रहेको छ । त्यसमध्ये पनि पर्यटनसँग सम्वन्धित विभिन्न संभावनाहरु यस गाँउपालिकामा रहेको छ । कृषि उत्पादन मूलतः निर्वाहमुखी देखिन्छ । व्यवसायिक रुपमा कृषिको प्रवर्धन गर्नु आवश्यक छ । उच्च भेगमा उत्पादन गरिने आलु, खाप्से, फापर, कोलो, सिस्नो का साथै स्याउ, ओखर आदीको व्यवसायीक रुपमा उत्पादनमा बृद्धि तथा स्थानीय र उन्नत जातका बाख्रा, च्याङ्ग्रा, चौरी/याक पालन एवं अर्थतन्त्रमा उल्लेख्य योगदान दिनसक्ने पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नुपर्दछ । हिमाल पारी अवस्थित चामे गाउँपालिकाको भौगोलिक रुपमा सहज सडक सुविधा र पुर्वाधारको कमीले यो ठाउँ भौगोलिक दृष्टिकोणले सोचेजति विकसित हुन सकेको छैन । भौगोलिक विकटताका कारण यो ठाउँ आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा पछि परेको छ । चामे गाउपालिकामा कृषि क्षेत्र र पशुपालन तर्फ पनि व्यवसायिकरण हुन सकेको देखिदैन ।
संघिय राजधानी काठमाण्डौं जोड्ने लमजुङको वेशिसहर देखि चामे गाउँपालिका सम्म जोडिएको सडक संजाल ५६ कि.मी दुरी भौगोलिक कठिनाईका कारण यात्रा गर्न झन्डै ६ घण्टाको सवारी यात्रा गर्नुपर्दछ । वर्षातमा हुने पहिरो, वाढिका कारण महिनौ सडक अवरुद्व हुने तथा जिखिम पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । चामे देखि मनाङ निस्याङ गा.पा. को खाङसार जो विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने सडक संजाल जोडिएता पनि भौगोलिक कठिनाईका कारण यातायातको सुविधा नियमित उपलब्ध हुन सकेको छैन ।धार्मिक हिसावमा चामे गाउँपालिकामा हिन्दू धर्मको वाहुल्यता रहेको छ । कूल जनसंख्याको ४९.५५% हिन्दू धर्मावलम्बीहरु छन् भने ४७.५५% बौद्ध छन् । अन्य धर्महरुमा क्रिस्चियन र जैन धर्मावलम्बी न्युन संख्यामा रहेको छन् ।
चामे गाँउपालिकामा पर्यटकिय दृष्टिकोणबाट एउटा महत्वपूर्ण गन्तव्य स्थान रहेको छ ।अन्नपुर्ण पदयात्रा साथै तिलिचो ताल यात्राको मार्गको रुपमा रहेको छ । यस क्षेत्रको मुख्य आकर्षक त्यहाँबाट देखिने हिम श्रृङखलाहरु, ताल एवं सांस्कृतिक स्वरुप र प्राचिन बौद्ध गुम्बाहरु, वनजंगल र जाति, वनस्पतिहरु हुन् । चामेमा अवस्थित पर्यटकिय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदाहरु लमजुङ हिमाल, कजिन सरा ताल, तातोपानी कुण्ड, पदमार्गहरु, लालिगुँरास बगैंचा रहेका छन । चामेमा चाडपर्वहरु घोडे जात्रा (यारतुङ), ल्होसार, बढे, थेलो, तीर हान्ने (मेथा, धज्याङ ) रहेका छन भने पर्यटकिय दृष्टिले महत्वपूर्ण धार्मिक, ऐतिहासिक सम्पदाहरु साङछिलिङ गुम्बा, क्याङछ्याङ जिङ्जोलिन गुम्बा, तलेखु गुम्बा रहेका छन ।
केन्द्रः साविक चामे गा.वि.स.को
जनसङ्ख्याः १२७६
क्षेत्रफलः ७८.८६ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
चामे |
१,३ |
|
|
२ |
चामे |
२,४ |
|
|
३ |
चामे |
५ |
|
|
४ |
चामे |
६,७ |
|
|
५ |
चामे |
८,९ |
|
|
२. नामः नार्पा भूमि गाउँपालिका
नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै सुन्दर गाँउ हो । २०७३ को पुनःसंरचनामा यसलाई नार र फु मिलाइ एउटा गाँउपालिका निर्माण गरिएको हो । यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो । यो गाँउ चिनको नजिक पर्ने भएको र खम्पाहरुले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सून्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ ।नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै शुन्दर गाँउ हो । २०७३ को पुनःसंरचनामा यसलाई नार र फू मिलाइ एउटा गाँउपालिका निर्माण गरिएको हो ।
यो गाँउलाई सन २००३ देखि पर्यटकको लागि खोलिएको थियो । यो गाँउ चिनको नजिक पर्ने भएको र खम्पाहरुले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ । यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फीटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानब जीवन संचालनको सुन्दरताको समागम स्थलनै यसको खास बिशेषता भेटिएको छ । नार र फू धार्मिक महत्व, सामारिक महत्वका ठाउ पनि हुन् । यो क्षेत्रको बिकाशमा चीन संगको नाका निर्माण र उत्पादित बस्तुहरु जस्तै याकको मासु, चौरीको घिउ, आलू जस्ता सामाग्रीहरुको निर्यातमा सहज बन्न सक्छ । यहाँका बिशेषता समेटेर, यहाँ भएका जीबनशैली, बन जंगल, पहाड, जडिबुटि, पशुपालन र गोम्पाहरुबाट पाएको शास्ती र सिकाइ आदि समेटीएको छ ।
केन्द्रः वडा नं. ३ च्याँखु
क्षेत्रफलः ८३७.५४ (वर्ग कि.मि.)
वडा संख्याः ५
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
नार |
२,३,४ |
|
|
२ |
नार |
१,५,६ |
|
|
३ |
नार |
७,८,९ |
|
|
४ |
फु |
१,२,४,७,८ |
|
|
५ |
फु |
३,५,६,९ |
|
३. नामः नासोँ गाउँपालिका
नासोँ गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानीय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको ४ नं. प्रदेश अन्तर्गत मनाङ जिल्लाको तल्लो भेगमा अवस्थित छ । साविकका धारापानी‚ ताचैवगरछाप र थोँचे गाविस लगायत ३ वटा गा.वि.स.हरु यसमा समावेश भएका छन । ७०९.५८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा गोरखा जिल्ला, पश्चिममा चामे गाउँपालिका र लमजुङ जिल्ला, उत्तरमा नार्पा भूमी गाउँपालिका र चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा लमजुङ जिल्ला रहेका छन । यस नासोँ गाउँपालिकामा ९ वटा वडाहरु रहेका छन भने यसको केन्द्र नासोँ ३ स्थित साविक धारापानी गा.वि.स.को कार्यालय (२१६० मि.) मा रहेको छ ।
नासोँ गाउँपालिका नेपालको संघीय संरचना अन्तर्गत प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङ जिल्ला अन्तर्गतको प्रदेश सभा “क” निर्वाचन क्षेत्र भित्र पर्दछ । यस क्षेत्र पर्यटकीय पदयात्राका दृष्टिकोणले महत्वपुर्ण रहेको छ । वर्षेनि हजारौँको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु मनाङ जिल्ला प्रवेश गर्ने द्वारको रुपमा यस गाउँपालिकालाई लिन सकिन्छ । अन्नपुर्ण संरक्षण क्षेत्र पदयात्रा, लार्केपास मनासलु पदयात्रा तथा माथिल्लो मनाङ पदयात्राका लागि यस गाउँपालिका क्षेत्र भएर यात्रा गर्नुपर्दछ । यस गाउँपालिका भित्र पर्यटकको सेवालाई मध्यनजर राख्दै विभिन्न सुविधासम्पन्न होटल, लज तथा गेष्टहाउसहरु सञ्चालनमा छन् । ग्रामीण भेग भएका कारण शहरी सुविधा भन्दा पनि गाउँले परिवेशमा रमाउने तथा पदयात्राको मज्जा लिन चाहने प्रकृतिप्रेमीका लागि मनाङ अनुपम गन्तब्य हो ।
यस गाउँपालिकामा विशेष गरी वौद्ध र हिन्दु धर्म मान्ने धर्मावलम्बीको हिस्सा उच्च रहेको पाउन सकिन्छ । गुरुङ जातीको बाहुल्यता भएपनि पुनेल, वि.क.लगायतका जातीहरु पनि रहेको यस गाउँपालिकाका अधिकांश जनताले गुरुङ भाषा बोल्ने गर्दछन् । बेशीसहर–चामे सडक खण्डमा पर्ने यस गाउँपालिकामा सडक यातायातले छोएपनि कच्ची साँघुरो र अत्यन्तै अप्ठ्यारो ग्रामीण सडक भएका कारण यात्रा गर्न त्यति सहज भने छैन । सञ्चारको हिसाबले नेपाल टेलिकमको जि.एस.एम. र सि.डी.एम.ए.मोबाईल सेवाको सुविधा पुगेको अवस्था छ भने प्राईभेट कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याइरहेका छन् ।
एकाध ठाउँमा बाहेक अधिकांश जनताले विद्युतको सुविधा उपभोग गरीरहेका पाउन सकिन्छ । खानेपानी तथा सरसफाईको अवस्थालाई हेर्दा कुल जनसंख्याको करिब आधा हिस्साले यो सुविधा उपभोग गरिराखेको अवस्था छ । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भने आशातीत रुपमा विकाश हुन सकेको छैन । कृषियोग्य जमिनको उपलब्धता अत्यन्तै कम रहेको कारण यहाँ कृषि उपज उत्पादन ज्यादै न्युन भएतापनि पशुपालन व्यवसायलाई भने यहाँका कृषकहरुले केही महत्व दिएको पाउन सकिन्छ । पदमार्ग क्षेत्रमा बसोबास गर्ने वासीन्दाको मुख्य आम्दानीको श्रोत होटल व्यवसाय नै हो भने पदमार्गमा नपर्ने गाउँलेहरु निर्वाहमुखी कृषि र पशुपालन गरी जीवनयापन गर्न बाध्य छन् ।
केन्द्रः साविक धारापानी गा.वि.
क्षेत्रफलः ७०९.५८ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
धारापानी |
१ |
|
|
२ |
धारापानी |
२,३,४ |
|
|
३ |
धारापानी |
५ |
|
|
४ |
धारापानी |
६,७,८,९ |
|
|
५ |
थोचे |
६,७,८,९ |
|
|
६ |
थोचे |
१,२,५ |
|
|
७ |
थोचे |
३,४ |
|
|
८ |
ताचैबगरछाप |
१-५ |
|
|
९ |
ताचैबगरछाप |
६-९ |
|
४. नामः मनाङ ङिस्याङ गाउँपालिका
हिमाल पारिको जिल्ला अति सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलको रुपमा चिनिने मनाङ जिल्लामा रहेका ४ गाउँपालिका मध्ये मनाङ ङिस्याङ गाउँपालिका पनि एक हो । समन्द्री सतहदेखि ३५४० मिटरको उचाईमा रहेको मनाङमा यस मनाङ ङिस्याङ गाउँपालिका ६९४.६३ वर्ग कि.मी मा फैलिएको छ । भौगोलिक रुपमा पुर्वमा चामे र नार्फू गाउँपालिका, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा नार्फू गाउँपालिका र तिब्बत र दक्षिणमा कास्की र लमजुङ जिल्ला रहेका छन।
यस गाउँपालिकामा अधिकांश मानिसहरु बौद्ध धर्म मान्दछन् । यहाँका मुख्य जातिहरुमा गुरुङ, घले, लामा, विश्वकर्मा रहेका छन् । यहाँको औसत तापक्रम २ देखि १० डिग्री सेल्सीयस रहेको यस गाउँपालिकामा धार्मिक ऐतिहासिक पुरातात्विक एवं पर्यटकीय स्थलहरु जस्तै तिलिचो ताल, गंगापुर्ण ताल, आइस लेक, मम्छो ताल, ग्रीन लेक, घले राजाको दरवार, याकखर्क, थोराङपास, काङलापास, मेसोकान्तपास, ने गुफा, मिलेरेपा गुम्बा, मनाङ गुम्बा, भ्राका गुम्बा, तरे गुम्बा, पोचो गुम्बा, पिसाङ गुम्बा, पोतोंचे गुम्बा, ध्यारु गुम्बा, ङावल गुम्बा, टंकी गुम्बा, खाङसार गुम्बा, कर्की गुम्बा र शेर गुम्बा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् ।
कुल क्षेत्रफल मध्ये ५ प्रतिशत खेतियोग्य जमिन, जंगल १० प्रतिशत, चौरी खर्क र चरण क्षेत्र ५० प्रतिशत र डाँडाकाँडा र हिमाली क्षेत्रले ३५ प्रतिशत ओगटेको छ । यहाँको जनताको मुख्य पेशा कृषि, पशुपालन र होटेल व्यवसाय रहेको छ । हिमाली हावापानी पाइने भएको यस मनाङ ङिस्याङ गाउँपालिकामा एक सिजनमा मात्र गहुँ, करु, फापर, आलु लगाएत तरकारी खेतिवाली हुन्छ । बाँकी खाद्यान्नको जोहो खाद्य संस्थान बाट वितरण हुने गरेको साथै हाल सडक सञ्जालको पहुँच पुगाको हुँदा व्यक्तिगत तवरबाट पनि व्यवस्था मिलाउने गरिन्छ ।अन्नपुर्ण सरक्षण क्षेत्रभित्र पर्ने यस गाउँपालिकामा वर्षेनि हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरु भित्रिने भएकाले यहाँको बासिन्दाको प्रमुख आय आर्जनको माध्यम होटल व्यवसाय नै हो । त्यस्तै कतिपय युवाहरु वैदेशिक रोजगारमा रहेका छन् भने कतिपयले स्थानीय सिकर्मी डकर्मी पेशा अंगालका छन् ।
विकासको गतिमा फट्को मार्न नसके पनि लमजुङ, बेसीशहर, चामे हुँदै खाङसार सडकले यस गाउँपालिकामा सडक संजाल पुगेको छ भने लघु जलविद्युतको माध्यमबाट विद्युत सेवा उपलब्ध छ । यस गाउँपालिकाको सबै वडामा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावकारी रहेको छ । यस गाउँपालिकामा धेरैजसो जमिन कडा हिमाली चट्टानले ढाकेको केहि क्षेत्रमा सल्ला लगायत घाँसे मैदान रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका जंगली च्याउ लोथ्रे सल्ला, पाँचऔले, बनलसुन, यार्सागुम्बा, जिम्बु, निरमसी जस्ता अन्य विभिन्न किसिमको जडीवुटीहरु पाईन्छ । साथै विभिन्न प्रजातीका चराचुरुङ्गी तथा वन्य जन्तुहरु पाइन्छ ।
केन्द्रः वडा नं.-४ हुम्डे
क्षेत्रफलः ६९४.६३ (वर्ग कि.मि.)
वडा संख्याः ९
वडा नं. |
समावेश भएका साविक गा.वि.स./न.पा.हरू |
साविक वडा नं. |
क्षेत्रफल
|
जनसङ्ख्या |
१ |
पिसाङ |
१-९ |
|
|
२ |
घ्यारु |
१-९ |
|
|
३ |
नवाल |
१-९ |
|
|
४ |
मनाङ |
९ |
|
|
५ |
बार्खा |
१-९ |
|
|
६ |
मनाङ |
१-८ |
|
|
७ |
टङ्कीमनाङ |
१,२,३ |
|
|
८ |
टङ्कीमनाङ |
४-९ |
|
|
९ |
खाङसार |
१-९ |
|
Very nice information
सम्पूर्ण जानकारी महत्वपूर्ण छ तर यसमा गाउँपालिकाहरूले समेटेको क्षेत्रफललाइ समाबेश गरीएको छ, वडाले समेटेको क्षेत्रफललाइ पनि समाबेश गर्न सकेको भए अझै उत्तम हुनेथियो। धन्यबाद